काठमाडौं । कहिलेकाहीँ आफैले हानेको तिर आफै तिर फर्कँदो रहेछ । एमालेबाट छुट्टिएर नेकपा मालेमा हुँदा सो पार्टीका योगेश भट्टराई, घनश्याम भुषाल, नारायण ढकाललगायतले ५५ सालमा एक पुस्तक लेखेका थिए । त्यो पुस्तकमा एमालेले गरेका राष्ट्रघात र अपराधको विवरण राखिएको थियो । पुस्तकको नाम थियो, ‘राष्ट्रघाती विसर्जनवादी एमाले नेतृत्व गुटका ५१ अपराध ।’ यो पुस्तक क्रान्तिकारी युवा समूहका तर्फबाट घनश्याम भुषाल, योगेश भट्टराई, नारायण ढकाललगायतले लेखेका थिए । पुस्तकमा लगाइएका ५१ मध्ये एमालेले गरेका २४ राष्ट्रघात यस्ता थिएः
१. २००६ सालदेखि नै उठाइँदै आएको तथा नेपाल कम्युनिस्ट पार्टीको ‘पहिलो पर्चा’ र ‘घोषणापत्र’मा समेत उल्लेख भएको अमेरिकी साम्राज्यवाद र भारतेली एकाधिकार पुँजीवाद तथा प्रभुत्ववादलाई नेपाली क्रान्तिको आधारभूत शत्रुका रूपमा हेर्ने दृष्टिकोणलाई पार्टीको छैंटौं महाधिवेशनमा प्रस्तुत दस्तावेजमा उल्लेखै नगरी नेपाली कम्युनिस्ट आन्दोलनमा प्रथमपटक नेपाल राष्ट्र, नेपाली जनता र कम्युनिस्ट आन्दोलनलाई धोका दिई एमाले नेतृत्वले राष्ट्रिय आत्मसमर्पणवादको नीति लियो ।
२. तत्कालीन नेकपा मालेको चौथो महाधिवेशन र तत्कालीन नेकपा एमालेको पाँचौं महाधिवेशनले राजतन्त्रका सवालमा अगाडि सारेको क्रमशः ‘जनवादी गणतन्त्र नेपालको स्थापना गर्ने’ र ‘जनताको बहुदलीय जनवादी गणतन्त्र स्थापना’ गर्ने लक्ष्यलाई माधव र केपी (माधवकुमार नेपाल र खड्गप्रसाद शर्मा ओली) गुटले छैटौं महाधिवेशनमा परित्याग गरी आफ्नो दस्तावेजमा कहींकतै गणतन्त्रको ‘ग’ समेत उल्लेख नगरी सैद्धान्तिक र व्यवहारिक रूपमासमेत एमालेलाई राजावादी कम्युनिस्ट पार्टीमा परिणत गरायो ।
३. प्रतिपक्षमा रहँदा मणिपाल कलेज स्थापना गर्न दिइनु हुँदैन भनेर विरोध गरियो, तर सरकारमा जानासाथ मोदनाथ प्रश्रतिको शिक्षा मन्त्रित्व कालमा आफैंले स्वीकृति दिई ४१ लाख रुपैयाँ घूस खाइयो ।
४. तत्कालीन गृहमन्त्री केपी शर्मा ओलीले नियमविपरीत गृहमन्त्रालयका लागि गाडी खरीद गरी करोडौं खाएको कुरा लेखा समितिको रिपोर्टमा उल्लेख छ । यसरी ओलीले नौ महिना गृहमन्त्री हुँदा प्रहरीप्रशासन र तस्करहरूको नेर्टवर्कभित्र पार्टीलाई प्रवेश गर्राई सुनदेखि चरेशसम्मको तस्करी गर्ने, गराउने काम गरे ।
५. छैटौं महाधिवेशनको भिडिओ क्यासेट कार्यकर्तालाई थाहै नदिई एमाले नेताहरूले अमेरिकी खुफिया एजेन्सी ‘सिआईए’लाई सुटुक्क दिई साम्राज्यवादी अमेरिकाको निर्देशन पालना गरे ।
६. छैटौं महाधिवेशनको लेखाको हिसाबमा एक करोड एकचालीस लाख रुपैयाँ बेरुजु देखिन्छ । कार्यालय र आर्थीक फाँट हेर्ने जिम्मा लिएका माधव नेपाल, प्रदीप नेपाल, युवराज ज्ञवाली र इश्वर पोखरेलले उक्त रकम हिनामिना गरे ।
७. राज्यद्वारा जनताको जनस्वास्थ्यको ग्यारेन्टी गर्नुपर्नेमा जनताको सेवा गर्ने वीर अस्पतालका लागि जापानले दिएको १० करोड रुपैयाँ अनुदान रकम स्वास्थ्यमन्त्री भरत प्रधानले आफ्नो काठमाडौं मोडेल अस्पतालमा लगानी गरे ।
८. हालै चुनावी सरकारका नाममा कांग्रेसको पुच्छर समाएर वैतरणी तर्न बिनार्सत सरकारमा सामेल भएको एमालेका बन्दुके मन्त्री भीम रावलले चुनावी खर्च जुटाउन बिना टेन्डर चाइना साउथ एयरलाइन्ससँग प्रति उडान घण्टा २ हजार ५ सय ५० डलरमा प्राप्त हुने हवाइजहाजलाई ३ हजार १ सय ५० डलरमा एक वर्षका लागि सम्झौता गरी १४ करोड रुपैयाँ कमिसन खाए । उक्त कुराको विरोध गर्ने पाइलटहरूलाई हडतालमा उत्रिन बाध्य पारेर मुलुकको ५० औं करोड रुपैयाँ नोक्सान पारे । स्वाभिमानी पाइलटहरूलाई पञ्चायती कानुन प्रयोग गरी कार्बाही गरे ।
९. मदन र आश्रितको भिसेरा परीक्षण रिपोर्टमा अत्याधुनिक विष प्रयोग भएको कुरालाई लुकाइयो । राणा आयोगमा गएका एमालेका प्रतिनिधि हर्षनारायण धौभडेलले केपी ओलीको निर्देशनमा दासढुङ्गा हत्याकाण्डलाई ‘हत्या भएको होइन, दुर्घटना मात्र हो’ भनी सही गरे ।
१०. मनमोहन अधिकारी र माधव नेपालले पुँजीवादी राष्ट्रसामू अनुदान र भिक्षाको खातिर बारम्बार ‘हामी कम्युनिस्ट होइनौं’ भनेर पार्टी र कम्युनिस्टप्रेमी नेपाली जनताको बारम्बार उपहास गरे ।
११. निजीकरण र उदारीकरणलाई प्राथमिकता दिने एमालेले कम्युनिष्ट आन्दोलनलाई तहसनहस पार्न सुशील प्याकुरेलजस्ता अमेरिकी सिआइएका एजेन्टलाई काँधमा बोकेर पार्टीभित्र एनजिओ र आइएनजिओलाई चलखेल गर्न दिए । विश्वकै मुक्तिकामी जनताको मुख्य दुश्मन साम्राज्यवादीहरूको नाइके अमेरिकाद्वारा सञ्चालित इन्सेकले पार्टी नेतृत्वलाई सञ्चालन ग¥यो ।
१२. महाकलीसन्धि दुवै सदनबाट पारित गराउन देउवा सरकारसँग सांसद खरीद गर्छु भनी खड्ग ओलीले ५ करोड रुपैयाँ माग गर्नेजस्ता घृणित कार्य गरे । महाकाली सन्धि दुवै सदनबाट पारित गराउनका लागि २०५३ भदौ ३ मा भारतीय राजदूतका शरणमा सांसद र केन्द्रीय सदस्यलाई केपी र माधवले भोज खुवाउन लगे ।
१३. सरकार टिकाउने खेलमा गुरु बराल र सुबोध प्याकुरेलमार्फत साढे सत्र केजी हजार र हजारका नोट माधव र केपीले उमेश गिरीलाई खुवाए ।
१४. अनेरास्ववियु (अरुण)ले तस्करहरूको नाम सार्वजनिक गरेपछि तस्करमा नामांकित व्यापारीहरूले एमालेलाई आर्थीक सहयोग बन्द गर्ने धम्की दिए । त्यसपछि, ‘केटाहरूले त्यसो गरेछन, दुःख नमान्नु होला, आइन्दा यसो गर्दैनौ’ भनी तस्करहरूसँग माफी माग्ने काम भयो ।
१५. नौ महिने कालमा पर्यटनमन्त्री बनेका भीम रावलले जफ्फर अहमद र टासिपी लामालाई ऊन तथा गलैंचा विकास बोर्डमा ल्याउँदा अठहत्तर लाख रुपैयाँ नजराना लिए । निजहरूको कार्यकालमै भर्ना र राजनीतिक नियुक्तिमा समेत घूस लिने कामको सुरुआत गरेर भ्रष्टाचार गरी कम्युनिस्ट आचरण समाप्त पार्ने कार्य सुरु गरियो ।
१६. नौ महिने शासनकालमा सञ्चारमन्त्री बनेका प्रदीप नेपालले ताइवानी टेलिफोन सेट खरीद गरी सन्ताउन्न लाख रुपैयाँ कमिसन कुम्ल्याएर त्यही सेटमा जर्मनी स्टीकर टाँसी पुनः लाखौं रुपैयाँ भ्रष्टाचार गरे । यस सम्बन्धमा दूरसञ्चारबाट वितरित टेलिफोन सेटको पछाडिपट्टी टाँसेको स्टीकर हेरे थाहा हुन्छ ।
१७. कांग्रेसी सरकारले दिनेश धमिजालाई आरएनएसीको युरोपको २ वर्षका लागि दिएको जिएसएबाट संस्थानलाई ठूलो घाटा भएको थियो । पछि भीम रावल मन्त्री बनेपछि मुद्दा मिलापत्र गराउने नाममा ६ करोड घूस लिई १८ करोड रुपैयाँ उल्टै दण्ड तिर्नुपर्ने पारी संस्थानलाई डुबाई सो रकम पनि पार्टीमा नबुझाई महासचिव माधव नेपाल र पर्यटनमन्त्री भीम रावलले भ्रष्टाचार गरे ।
१८. तत्कालीन पर्यटनमन्त्री भीम रावलले माधव नेपालको निर्देशनमा नेपालका तीनवटा हिमशिखर आरोहण गर्ने नाममा त्यहाँ अत्याधुनिक उपकरण जडान गरी साम्राज्यवादलाई चीनविरुद्ध जासुसी गतिविधि सञ्चालन गर्न चारलाख अमेरिकी डलर कमिसन खाई अमेरिकी गुप्तचर संस्था (सिआइए) लाई स्वीकृति दिई साम्राज्यवाद र प्रभुत्ववादको निर्देशनमा चीनविरोधी क्रियाकलाप गर्ने वातावरण मिलाइदिए ।
१९. हुलासचन्द गोल्छाले विभिन्न प्रयोजनका लागि बैंकिंङ्ग कार्यगर्दा नेपाल सरकारलाई तिर्न बाँकी रहेको ब्याज रकम दस करोडमध्ये एक करोड घूस लिई अर्थमन्त्री भरतमोहन अधिकारीले तीन करोड मिनाहा गर्राई राष्ट्रको राजस्वमा घाटा पु¥याए ।
२०. उपप्रधानमन्त्री माधवकुमार नेपाल जापानको मैत्रीपूर्ण भ्रमणमा गएको बेला चालीस करोडको कुहिएको चामल स्वदेश (नेपाल) भित्र्याई ४ करोड कमिसन खाए । सोही भ्रमणमा जापानबाट प्राप्त ८० लाख रुपैयाँ पर्ने हीराको हार राष्ट्रको ढुकुटीमा जम्मा गर्नुपर्नेमा निजी बनाई बिक्री गर्न खर्च दिई विदेश पठाउने काम गरे ।
२१. नौ महिने कालका प्रधानमन्त्री मनमोहनसमक्ष तत्कालीन कानुनमन्त्री सुवास नेम्वाङ र अर्थमन्त्री भरतमोहन अधिकारीले मोहनगोपाल खेतानले विदेशी मुद्रा विनिमय नियमविपरीत काम गरी हङ्गकङ्गको इन्डोस्वेज बैंकमा जम्मा गरेको २५०७००० अमेरिकी डलरबाट ने.रु. १९ करोड ३९ लाख ७ हजार रकम अपचलन गरेकोमा कानुनतः ३ वर्ष कैद र सम्पूर्ण रकम राष्ट्रियकरण हुनेमा अर्थमन्त्री भरतमोहन अधिकारी र कानुनमन्त्री सुवास नेम्वाङ्गको सिफारिसमा प्रधानमन्त्री मनमोहन अधिकारीको क्याबिनेट बैठकद्वारा अदालतको मर्यादा र कानुनविपरीत मुद्दा फिर्ता गराउने काम गरी दुइ करोड रुपैयाँ नजराना लिई जनता र राष्ट्रमारा काम गरे ।
२२. दुइ सय किलो चरेशसहित अमेरिकामा गिरफ्तार भएका ससुराको कारोबारमा एमाले स्थायी समितिका सदस्य इश्वर पोखरेल संलग्न भएको कुरा खुल्यो । इन्टरपोलले इश्वरलाई गिरफ्तारी गर्न आदेश दिएपछि ओली र नेपालले प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलमार्फत इश्वरलाई कार्यबाही हुनबाट बचाई अवैध लागुऔषध कारोबारलाई प्रश्रय दिए ।
२३. टनकपुरको राष्ट्रघातलाई वैधानिक मान्यता दिने ‘महाकाली प्याकेज’को अवधारणा ल्याई राष्ट्रियताजस्तो संवेदनशील विषयसँग भारतीयहरूको वचनको पक्का देखिन १ खरब २० अरव वर्सेनि आम्दानी हुने सेटेलाइटबाट विदेशीलाई बिजुली बेच्नेजस्ता हावादारी कुराबाट जनता र कार्यकर्तालाई झुक्काउन खोज्दै नेपाललाई अहित हुने राष्ट्रघाती महाकाली सन्धि अनुमोदन गरियो ।
२४. मदन आश्रतिको हत्याकाण्डमा संलग्न भएका भनी आशंका गरिएका राजेन्द्र खेतानसँग विद्या भण्डारीको सुमधुर सम्बन्ध कायम भयो । खेतानकी ‘माता’ बनेकी विद्याको औकातमा एक्कासी वृद्धि भयो र विद्याले माताजीको नामबाट राजेन्द्र खेतानसँग प्राडो गाडी र करोडौं रुपैयाँ लिइन् ।
नेपालमा भारतको सूक्ष्म व्यवस्थापनको चर्चा, भारतको खुफिया एजेन्सी ‘रअ’का पूर्वअधिकारी आरके यादवको पुस्तक ‘मिसन रअ’मार्फत तराई टुक्र्याउने योजना सार्वजनिक हुनु र स्वतन्त्र मधेशका लागि चलाइएको अभियानले तीव्रता पाउनु संयोग जस्तै देखिए पनि नयाा घटनाले भने यसलाई पुष्टि गरेको छ । हालै पाकिस्तानको बलुचिस्तानबाट ‘रअ’का उच्च अधिकारी हुसेन मुबारक पटेल भनिने कल्भसन यादव पक्राउ परेपछि नेपालमा स्वतन्त्र मधेशका नाममा मधेश टुक्र्याउने अभियानलाई मूर्तरुप दिन खोजेको कुरा थप पुष्टि भएको छ । ३ मार्च २०१६ मा पाकिस्तानको बलुचिस्तानबाट पक्राउ परेका यादवले पटक–पटक नेपालको तराईमा स्वतन्त्र मधेश पक्षधरसाग भेटेको भनी बयान गरेको जानकारी स्रोतले जनाएको छ । यादवले पक्राउ पर्नुभन्दा पहिले कैयाौ पटक नेपाल आएर तराई क्षेत्रमा स्वतन्त्र मधेश पक्षधरहरुसाग छलफल गर्ने गरेको जानकारी प्राप्त भएको छ । इरानमा व्यापारीको भेषमा बसेका यादवले आफू पाकिस्तानको बलुचिस्तानलाई स्वतन्त्र बनाउने अभियानमा सक्रिय रहेको स्वीकार गरिसकेका छन् ।
फरक नाम र व्यापारीको भेषमा इरानमा बसेका उनी बलुचस्थानमा अस्थिरता पैदा गर्ने जिम्मा लिएर त्यहाा गएका थिए । उनले आफू पटक–पटक नेपालको तराई र श्रीलंका लगायतका मुलुकहरुमा पनि सक्रिय भएको जनाएको स्रोतले स्वाभिमान नेपाललाई जनाएको छ । भारतले नेपालको तराई क्षेत्रलाई टुक्र्याउन खोजेको विषयलाई ‘रअ’कै पूर्ववरिष्ठ अधिकारी आर के यादवले पुष्टि गर्दै पुस्तक प्रकाशन गरेलगत्तै स्वतन्त्र मधेश अभियानलाई सक्रिय बनाउनु र ‘रअ’कै अधिकारीले तराईमा आफ्नो सक्रियताबारे स्वीकार गर्नुले भारतको तराई टुक्र्याउने ‘गेम प्लान’ जारी रहेको पुष्टि हुन्छ । रअका पूर्वअधिकारी यादवले आफ्नो पुस्तकको २६३औं पेजमा सन् १९७५मा सिक्किम मर्जरपछि नेपालमा चीनको बढ्दो उपस्थितिलाई मध्यनजर गर्दै तराई मर्जरको तयारी गरेको, तर सन् १९७७ को निर्वाचनमा मुख्य योजनाकार इन्दिरा गान्धीको पराजय पश्चात् उक्त योजना तत्काल पूरा हुन नपाएको उल्लेख गरेका छन् ।
यादवको उक्त पुस्तक प्रकाशन भएको लामो समय बित्न नपाउादै तराईलाई नेपालबाट स्वतन्त्र बनाउने पुरानो योजनालाई भारतले पुन: निरन्तरता दिन लागेको यादवको गिरफ्तारी पछि पुष्टि भएको छ । स्वाभिमान नेपाललाई उच्चस्तरीय स्रोतबाट प्राप्त सूचनाअनुसार भारतले सन् १९७१मा तत्कालीन पूर्वी पाकिस्तानलाई टुक्र्याएजस्तै नेपाललाई टुक्र्याउने ‘गेमप्लान’ तयार पारेको छ । उच्चस्तरीय स्रोतका अनुसार पूर्वी पाकिस्तानमा सेख मुजिबुर रहमानलाई जस्तै नेपालमा सीके राउतलाई प्रयोग गरी नेपाल टुक्र्याउने योजनामा भारतले ‘गेमप्लान’ तयार पारेको स्रोतहरुले दाबी गरेका छन् । भारतले भित्रभित्रै रअका उच्च अधिकारी तथा नेपालकै विश्वसनीय भनिएका व्यक्तिहरुलाई समेत प्रयोग गरेर स्वतन्त्र तराईका लागि वातावरण बनाइरहेको सूचना उच्चस्तरीय स्रोतले दिएको छ ।
पूर्वी पाकिस्तान र स्वतन्त्र मधेश आन्दोलनबीचको समानता
पूर्वी पाकिस्तान टुक्रिएर बंगलादेश बन्नुभन्दा पहिले सेख मुजिबुर रहमानले पूर्वी पाकिस्तानलाई स्वतन्त्र बनाउन ६ बुादे एजेण्डा लिएर अभियान सुरु भएको थियो । हाल नेपालको तराईलाई स्वतन्त्र बनाउनुपर्छ भन्ने अभियानका अभियन्ता सीके राउतले पनि रहमानकै शैलीमा समान किसिमका ८ बुादे एजेण्डा नै तयार पारेर अभियान अघि बढाइरहेका छन् । राउतको हालको भूमिका र त्यतिबेला रहमानको भूमिका, तत्कालीन अवस्थामा उनलाई भारत सरकार र रअको सहयोग तथा हालै राउतलाई भारत सरकारले स्वागत गर्नु, रअका अधिकारीसाग उनको सम्बन्ध भएको खुलासा हुनुले राउत पनि रहमानकै शैलीमा बीजारोपण गरिएका विषालु पात्र हुन् भन्ने पुष्टि हुन्छ ।
के हो पूर्वी पाकिस्तानको वास्तविकता ?
भारतबाट पाकिस्तान अलग्गिएपछि पाकिस्तान पूर्वी र पश्चिमी पाकिस्तानमा विभक्त भएको थियो । पूर्वी पाकिस्तानमा विशेष गरी बंगाली मुस्लिमहरुको बाहुल्य रहेको थियो । पूर्वी पाकिस्तानीहरुको नजरमा पश्चिमी पाकिस्तानीहरु शासक जस्तै थिए । बंगालीहरुले हालको पाकिस्तानले आफूहरुमाथि विभेद गरेको, समान अवसरबाट वञ्चित गरेको, एउटै मुलुकभित्र पनि दुई किसिमको व्यवहार गरेको लगायतका आरोपहरु लगाउादै आएका थिए । भर्खर आफूबाट फुटेर पाकिस्तान बनेको कुरा भारतलाई मन परेको थिएन । अर्काेतर्फ पूर्वी पाकिस्तानसाग भारतको अधिकांश भूभाग जोडिएको थियो । त्यसैले भारतले पूर्वी पाकिस्तानलाई फुटाउने ‘गेम प्लान’ सुरु गरेको हो । स्वाभाविक रुपमा पूर्वी पाकिस्तान पश्चिमी पाकिस्तानको तुलनामा कम विकसित, अवसरबाट वञ्चित र केही विभेद पनि थियो । त्यही कमजोरीलाई अवसरमा बदल्दै भारतले शेख मुजिबुर रहमानलाई स्वतन्त्र पूर्वी पाकिस्तानका लागि उक्साएको थियो । पछि भारतकै सहयोगमा रहमानले पाकिस्तानलाई टुक्र्याएर बंगलादेश बनाउन सफल भएका थिए । यस विषयमा आर के यादवको ‘मिसन रअ’मा विस्तृत उल्लेख गरिएको छ ।
पूर्वी पाकिस्तान र शेख मुजिबुर रहमान :
सन् १९२०मा बंगालमा जन्मिएका शेख मुजिबुर रहमान पाकिस्तानमा बंगालीहरुमाथि हुने जातीय र संस्थागत भेदभावको विरोध गरेपछि एकाएक चर्चामा आएका थिए । पूर्वी पाकिस्तानमा उनको प्रभाव बढ्दै गएपछि भारतले पूर्वी पाकिस्तानलाई पाकिस्तानबाट टुक्र्याउनका लागि ठूलो योजना बनायो । पूर्वी पाकिस्तान र पश्चिम पाकिस्तानबीच विवाद बढ्दै गएपछि समस्या समाधानका लागि भन्दै रहमानले सन् १९६६मा ६ बुादे प्रस्ताव सार्वजनिक गरेका थिए । उनले पाकिस्तान समस्या हल गर्न भन्दै ती ६ बुादा सार्वजनिक गरे पनि उनको उद्देश्य पूर्वी पाकिस्तानलाई स्वतन्त्र बनाउनु नै थियो । रहमानले सन् १९७०मा पूर्वी पाकिस्तानलाई स्वतन्त्र बनाउन ‘अवामी लिग’को स्थापना गरी १९७० मा नै अवामी लिगको नेतृत्वमा निर्वाचन लडेका थिए ।
अवामी लिग स्वतन्त्र पाकिस्तानका लागि तयार पारिएको एउटा ‘दस्ता’ थियो । त्यसले प्राप्त गरेको निर्वाचन परिणाम मुलुकको हितमा नभएको भन्दै पाकिस्तानले अस्वीकार गरेपछि पाकिस्तानमा विद्रोह भएको थियो । विद्रोह नियन्त्रणका लागि पाकिस्तानले ‘अप्रेशन सर्चलाइट’ सुरु गरेको थियो । तर भारत सरकारको सहयोग र समर्थन भएकाले रहमानलाई पाकिस्तानले सुरु गरेको ‘सर्चलाइट अप्रेशन’ले खासै असर गरेन । भारतले पूर्वी पाकिस्तानलाई टुक्र्याउनका लागि आफ्ना सुरक्षा निकाय तथा गुप्तचरहरुको सहभागितामा ‘मुक्तिबाहिनी सेना’ तयार पारिसकेको थियो । जसले गर्दा पाकिस्तानले चाहेर पनि पूर्वी पाकिस्तानलाई सागै राख्न सकेन । अन्तत: २६ मार्च १९७१ मा पाकिस्तान टुक्रियो ।
पूर्वी पाकिस्तानलाई टुक्र्याउनका लागि बाहिर रहमानको भूमिका देखिए पनि उनले ल्याएका ६ बुादे प्रस्ताव तथा सैन्य सहयोगसमेत भारतले नै तयार पारेको खुलासा भारत आफैले गरेको छ । रहमानले पूर्वी पाकिस्तान स्वतन्त्र बनाउन ल्याएका ६ बुादाहरु भारतको आन्तरिक मामिला मन्त्रालयका एक अधिकारीले ड्राफ्ट गरेको रअका पूर्व उच्च अधिकारी आर के यादवले ‘मिसन रअ’कोमा पेज १९५ मा खुलासा गरिदिएका छन् । यादवले लेखेको उक्त पुस्तकमा पूर्वी पाकिस्तानलाई स्वतन्त्र बनाउन अस्तित्वमा आएको अवामी लिग नै पछि ‘मुक्तिबाहिनी’को रुपमा देखापरेको र मुक्तिबाहिनी भारतीय गुप्तचर संस्था रअका संस्थापक आर एन काओको अवधारणा भएको समेत उनले उल्लेख गरेका छन् । मिसन रअको पेज नम्बर २३० मा पूर्वी पाकिस्तान टुक्र्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मुक्तिबाहिनी काओकै अवधारणा हो भन्ने शीर्षक दिएर त्यसमा उनको र रअको भूमिकाको बारेमा लामो चर्चा गरिएको छ । साथै पाकिस्तान टुक्र्याउन भारतले खेलेको भूमिकाको बारेमा उक्त पुस्तकले तथ्यमा आधारित रहेर घटनाक्रमलाई उल्लेख गरेको छ ।
पाकिस्तान टुक्र्याउने बाहिरी पात्रका रुपमा रहमानलाई प्रयोग गरे पनि पाकिस्तान भारतकै योजनामा टुक्र्याइएको विषयलाई भारतका हालका प्रधानमन्त्री नरेन्द्र मोदीले ६ जुन २०१५ मा बंगलादेशको ढाका विश्वविद्यालयमा गरेको सम्बोधनमा समेत पुष्टि गरेका छन् । ‘आफूहरुले कसरी सहजै पाकिस्तानलाई टुक्र्याइदिएर बंगलादेश बनाइदिएको’ भन्दै मोदीले गर्व व्यक्त गरेका थिए । यसरी एउटा पात्रको सिर्जना गरेर भारत पाकिस्तानलाई टुक्र्याउन सफल बनेको थियो ।
यस्ता छन् रहमानका ६ बुादे प्रस्ताव
१. संविधानले लाहोर संकल्पअनुसार संघीय पाकिस्तानको व्यवस्था गर्नुपर्ने, सोही मान्यताका आधारमा संसदीय व्यवस्थाका आधारमा बन्ने सरकारमा मताधिकारको विश्वव्यापी मान्यताअनुसार विधायक सिधै चुनिन पाउनु पर्ने,
२. संघीय सरकारले दुई विषय मात्र हेर्न पाउने, रक्षा र परराष्ट्रबाहेक अन्य विषयको अधिकार संघीय राज्यमा निहित हुनुपर्ने,
३. पूर्वी र पश्चिम पाकिस्तानका लागि छुट्टा छुट्टै मुद्राको व्यवस्था हुनुपर्ने, यदि त्यो सम्भव नभएमा पूरै मुलुकका लागि एउटै मुद्राको व्यवस्था गर्ने, तर पश्चिम पाकिस्तानको राजधानीबाट पूर्वी पाकिस्तानमा उडान गर्न नपाउने प्रभावकारी संवैधानिक व्यवस्था हुनुपर्ने । र यसबाहेक पूर्वी पाकिस्तानका लागि छुट्टै बैंकिङ रिजर्व स्थापना हुनुपर्ने, छुट्टै आर्थिक तथा मौद्रिक नीति अपनाउन पाउनु पर्ने ।
४. राजस्व तथा कर संकलनको अधिकार संघीय इकाइहरुमा निहित हुनुपर्ने, केन्द्र सरकारलाई त्यसको अधिकार नदिने, संघले व्ययभार पूरा गर्न राज्यको करमा भने दाबी गर्न पाउने ।
५. विदेशी मुद्रा आर्जनका लागि दुई राज्यको छुट्टै एकाउन्ट हुनुपर्ने, संघीय सरकारले दुवै राज्यका लागि एक अनुपातमा वा समान रुपले विदेशी मुद्राको व्यवस्था गर्नुपर्ने, आदिवासीहरुद्वारा उत्पादित वस्तुहरुमा दुई राज्यका बीचमा कर लगाउन नपाइने र संविधानले विदेशी मुलुकसाग व्यापार सम्बन्ध बनाउन टेवा पुर्याउनु पर्ने ।
६. पूर्वी पाकिस्तानका लागि छुट्टै सैन्य तथा अर्धसैन्य दस्ता र नेभि मुख्यालयको व्यवस्था हुनुपर्ने ।
के हो नेपालको स्वतन्त्र मधेश अभियान ?
स्वतन्त्र मधेश गठबन्धनले तयार पारेको मधेश प्रोफाइलमा उल्लेख भएअनुसार तराई क्षेत्रलाई नेपाल सरकारले सधैं विभेद गरेको भनिएको छ । तराईका जनताहरु आर्थिक, सामाजिक तथा जातीय रुपमा विभेद गरेको, अवसरबाट वञ्चित गरेको र विकासबाट पछि पारेको लगायतका आरोप लगाउादै मधेश र मधेशीहरुको विकासका लागि स्वतन्त्र मधेशको आवश्यकता रहेको र त्यसैका लागि स्वतन्त्र मधेश गठबन्धन अभियान सुरु गरिएको उल्लेख गरिएको छ । सिके राउत प्रमुख रहेको गठबन्धनको अन्तिम लक्ष्य ‘स्वतन्त्र मधेश’ भनिएको छ भने मधेशको छुट्टै झण्डा र राष्ट्रिय गानसमेत सार्वजनिक गरिएको छ ।
को हुन् सीके राउत ?
मधेशलाई स्वतन्त्र बनाउनुपर्छ भन्दै हिाड्ने सीके (चन्द्रकान्त) राउत सप्तरी जिल्लाका बासिन्दा हुन् । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट पीएचडी अध्ययन पुरा गरेका उनी अमेरिकामा वैज्ञानिकको रुपमा काम गर्दागर्दै सन् २०११ मा नेपाल फर्किएका हुन् । त्यसपछि उनले एकाएक मधेशमाथि विभेद भएको भन्दै स्वतन्त्र मधेशको पक्षमा वकालत गर्दै आएका छन् । तराई क्षेत्रमा खासै जनसम्बन्ध विस्तार गर्न नसकेका राउत नेपालको राष्ट्रिय स्वाधिनताका लागि वीष वृक्ष बन्ने निश्चित छ ।
स्वतन्त्र मधेश बनाउने राउतका ८ बुदा यस्ता छन्
१. मधेशलाई सार्वभौम र स्वतन्त्र राष्ट्र घोषणा गर्दै अन्तरिम मधेश सरकार बनाउने । जसले राज्यको संक्रमणकालको व्यवस्थापन, प्रशासन निर्माण तथा निर्वाचन गरेर संविधानको मस्यौदा तयार पार्नेछ ।
२. नेपाली आधिपत्यसहितको प्रशासनिक संयन्त्र हटाएर मधेश प्रशासनको स्थापना गर्ने ।
३. नेपाली सेनालाई मधेशबाट हटाएर मधेशी सेनाको स्थापना गर्ने ।
४. सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई हटाएर मधेशी प्रहरीको स्थापना गर्ने ।
५. नेपाल सरकारले मधेशबाट उठाउने गरेका सबै ट्याक्स बन्द गराउने ।
६. मधेशीबाट लिएको भूमि फिर्ता गराउने ।
७. मधेशमा रहेको जमिन, पानी, वन तथा अन्य प्राकृतिक स्रोतमाथिको नेपाल सरकारको नियन्त्रण हटाउने, तथा
८. संयुक्त राष्ट्र संघ तथा विश्वका अन्य सार्वभौम मुलुकहरुमा कूटनीतिक तथा कन्सुलर कार्यालय सञ्चालनका लागि पहल गर्ने लगायत रहेका छन् ।
राउत स्वतन्त्र मधेशका पक्षमा कसरी ‘प्लाण्ट’ गरिए ?
तराईलाई काठमाडौंको विकाससाग तुलना गरी तराई पछि परेको भन्दै यसलाई विभेदको रुपमा लिादै आएको तराईको राजनीतिक नेतृत्वका कारण पहिलेदेखि नै तराई क्षेत्र आन्दोलित हुादै आएको छ । तराईको तुलनामा कर्णाली, हिमाल र पहाड समेत निकै विकट र पिछडिएको वास्तविकतालाई छायामा पार्दै तराईलाई जबर्जस्ती पछि परेको भ्रममा राख्ने प्रवृत्तिका कारण मधेशले पटक–पटक ठूला आन्दोलन सहेको छ । भौतिक पूर्वाधारका आधारमा मधेश हिमाल र पहाडभन्दा अगाडि रहेको मधेशकै बुद्धिजीवीहरु पनि स्वीकार गर्छन् । तर त्यो तथ्यलाई छायामा पार्दै मधेश विभेदमा परेको एकतर्फी रटानका कारण तराई अनावश्यक रुपमा आन्दोलनको शिकार हुने गरेको छ । त्यही अस्थिरताको फाइदा उठाउादै राउतलाई पूर्वी पाकिस्तान टुक्र्याउने रहमानकै शैलीमा भारतले मधेशमा बीजारोपण गरेको स्रोतहरु दाबी गर्दछन् ।
यस बीचमा राउत विखण्डनकारी भूमिका निर्वाह गरेको आरोपमा पटक–पटक पक्राउसमेत परेका छन् । तर प्रहरीले पक्रिादै छाड्दै गरेपछि राउतले आफ्ना गतिविधिप्रति सुरक्षा निकायले कडाइ नगरेको भन्दै थप सक्रियता बढाउादै लगेका छन् । राउतका विरुद्ध विखण्डनकारी भूमिका निर्वाह गरेको भन्दै सर्वाेच्च अदालतमा समेत रिट परेको थियो । तर सर्वाेच्च अदालतका न्यायाधीशहरुले भने राउतले खुल्लमखुल्ला मुलुक टुक्र्याउने चेतावनी र गतिविधि गरिरहादा पनि प्रमाण नपुगेको भन्दै सफाइ दिए । आफ्ना विखण्डनकारी गतिविधिलाई अदालतले समेत नदेखेपछि राउतलाई यस्ता गतिविधि गर्न थप बाटो खुलेको छ । यता स्वाभिमान नेपालको स्रोत भने राउतका गतिविधिमा भारतीय रअको प्रत्यक्ष सहयोग रहेको र उनका गतिविधि सामान्य हुन् भन्ने देखाउन सुरक्षा निकायका उच्च अधिकारीदेखि अदालतमा समेत रअको प्रभाव परेको दाबी गर्छ ।
कसरी चर्चामा ल्याइए राउत ?
पाकिस्तानमा बंगालीहरुमाथि हुने जातीय र संस्थागत भेदभावको विरोध गरेपछि एकाएक चर्चामा आएका रहमान जस्तै तराईमा पनि वैज्ञानिक भइसकेको एउटा युवा कथित मधेशको अधिकारको लागि लागेपछि तराईमा उनीप्रतिको सहानुभूति बढेको थियो । उनले मुलुक विखण्डनसम्बन्धी गतिविधि गरिरहेकै बेलामा पक्राउ परे, तर उनी पक्राउ परेलगत्तै केही मानव अधिकारकर्मीको भेषमा रहेकाहरुले उनी निर्दाेष रहेको भन्दै तत्काल रिहा गर्न माग गरे । उनको गतिविधिलाई जायज भन्दै रिहा गर्न माग गर्नेहरुमा पद्मरत्न तुलाधर, दमननाथ ढुंगाना, वीरेन्द्र मिश्र, खगेन्द्र संग्रौला, सीके लाल, मल्ल के सुन्दर, कृष्ण भट्टचन, कृष्ण हाछेथु, हरि रोका, श्याम श्रेष्ठ, विजयकान्त कर्ण, पासाङ शेर्पा, राजेन्द्र महर्जन, झलक सुवेदी, धीरेन्द्र प्रेमर्षि, गणेश कुमार मण्डल, विमल अर्याल, तुलानारायण साह, अनुभव अजीत, उज्ज्वल प्रसाइा, युग पाठक, चरण मानन्धर, राजेश अहिराज, रवि ठाकुर तथा ज्ञानु अधिकारी थिए । राउतलाई निर्दाेष भन्दै रिहा गर्न माग गर्नेहरुमध्ये अधिकांश विवादित छवि भएका व्यक्तिका रुपमा मानिन्छन् । राउतको रिहाइका लागि माथि उल्लेख गरिएका २५ जना व्यक्तिहरुले संयुक्त रुपमा पहल गरेपछि राउतको चर्चा जताततै हुन थाल्यो ।
त्यसपश्चात् मुलुक विखण्डन गर्न पाउनुपर्ने उनको मागलाई स्थान दिन तत्कालीन एमाओवादी नेता तथा हालका नयाा शक्तिका संयोजक बाबुराम भट्टराईले आफू सभापति भएको संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिमा २०७१ भदौ ५ मा सिंहदरबारमै बोलाएर सुझाव दिन लगाए । भट्टराईको आग्रहअनुसार राउत सिंहदरबारमा उपस्थित भई नयाा बन्ने संविधानमा राज्यबाट छुट्टिन पाउने ‘राइट टु सेप्रेशन’को व्यवस्था गर्न माग गरे । उनले सिंहदरबारमा राज्य छुट्टिन पाउने व्यवस्था संविधानमा उल्लेख गर्न सुझाव दिए लगत्तै पुन: आफ्ना गतिविधिमा निरन्तरता दिए । उनका गतिविधिलाई गलत भन्दै सुरक्षाकर्मीहरुले २८ भदौ २०७१ मा राउतलाई पक्राउ गरेपछि समितिका सभापति भट्टराईले नै आपत्ति जनाएका थिए । उनले राउतलाई पक्राउ गरेर राज्यले ठूलो गल्ती गरेको जनाएका थिए । पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिले समेत राउतको विखण्डनकारी गतिविधिलाई प्रोत्साहन गर्दै बचाउमा लागेपछि राउत थप चर्चामा आएका थिए । तर स्रोत भन्छ, ‘राउतलाई चर्चामा ल्याउन भारतले नै नेपालका गन्यमान्यहरुलाई प्रयोग गरेको थियो ।’ सामान्य रुपमा मधेश टुक्र्याउन सम्भव नहुने भएकाले राउतलाई रहमानलाई जस्तै चर्चाको चुलीमा पुर्याउने र त्यसको आडमा पूर्वी पाकिस्तानकै शैलीमा मधेशलाई पनि अलग गर्ने योजनाअनुरुप राउतको प्लाण्ट गरिएको स्रोतको दाबी छ ।
सेनाको अध्ययनमा पनि राउत ‘प्लाण्टेड विखण्डनकारी’
नेपाली सेनाले केही समयअघि आफ्ना पृतनापतिहरुको बैठकमा तराईमा विखण्डनकारी गतिविधि भइरहेको भन्दै त्यसलाई रोक्नका लागि सरकारको निर्देशनमा परिचालन हुनसक्ने संकेत गरेको थियो । सेनाले राउतको विषयमा अध्ययन गरिरहेको जनाएको छ । आधिकारिक रुपमा सेनाले विखण्डनकारी गतिविधि बारे अध्ययन भइरहेको मात्र जनाए पनि सेनाको उच्च स्रोतले राउतका गतिविधि विखण्डनकारी रहेको भन्दै राउत कतैबाट ‘प्लाण्टेड’ भएको दाबी गरेको छ । सैन्य उच्च स्रोतले सिके राउत कहााबाट ‘प्लाण्टेड’ भएका हुन् भन्नेबारे अध्ययन भइरहेको जनाएको छ । तर उनी कतैबाट ‘प्लाण्टेड’ भएका विखण्डनकारी हुन् भन्ने सेनाको पनि निष्कर्ष रहेको सैन्य स्रोतले जनाएको छ ।
तराईमा ‘मुक्तिबाहिनी’ शैलीमा सैन्य गतिविधि
सीके राउतले स्वतन्त्र मधेशका लागि भन्दै सुरु गरेको अभियानअन्तर्गत पछिल्लो समय उनले सैन्य दस्ता पनि तयार गरिरहेको सूचना तथा केही सञ्चारमाध्यमले तस्बिर समेत सार्वजनिक गरिसकेका छन् । यस्ता गतिविधिलाई उच्च स्रोतले असामान्य भनेको छ । स्रोत भन्छ, ‘पूर्वी पाकिस्तान टुक्रिनुभन्दा पहिले पनि त्यहाा यस्तै गतिविधि भएका थिए ।’ स्रोतका अनुसार तराईमा भइरहेका सैन्य गतिविधिहरु पाकिस्तानमा मुक्तिबाहिनीको शैलीमा भइरहेका छन् । रअले तराईलाई टुक्र्याउनका लागि बहालवाला तथा पूर्वसेनाका अधिकारीहरुसहित ठूलो संख्यामा सैन्य अभ्यास गराइरहेको छ । सबै ढंगले तराईलाई टुक्र्याउने वातावरण तयार पारेपछि पाकिस्तानकै शैलीमा तराईमा पनि सैन्य तालिमप्राप्त व्यक्तिहरुलाई खटाउने र अन्तत: स्वतन्त्र मधेशलाई मूर्तरुप दिने तयारीमा रअ लागेको स्रोतको दाबी छ ।
स्वतन्त्र मधेशको पक्षमा ‘रअ’का अधिकारीको सक्रियता
संविधान निर्माणपश्चात् असन्तुष्ट तराई केन्द्रित दलहरुले लामो समयसम्म गरेको आन्दोलनमा भारत सरकार तथा भारतीय जासुसी संस्थाको संलग्नताका बारेमा भारतका कतिपय सञ्चारमाध्यमहरुले तथ्यगत सामग्री प्रस्तुत गरेपछि तराईलाई अस्थिर बनाउन रअको भूमिका रहेको विषय बाहिर आएको थियो । तर पाकिस्तानमा पक्राउ परेका यादवको पटक–पटकको तराई भ्रमण पछि स्वतन्त्र मधेश समर्थकहरुसाग भेटेको विषयले भने भारतले स्वतन्त्र मधेशका लागि लगानी गरिरहेको पुष्टि भएको छ । मधेश आन्दोलनमा रअको संलग्नताले भारतले आफ्नो आन्दोलनमार्फत नेपाल सरकारमा दबाब सिर्जना गरी स्वार्थ पूरा गराउन खोजेको जस्तो देखिए पनि उसको स्वार्थ स्वतन्त्र मधेशसाग पनि जोडिएको स्पष्ट हुन्छ । नेपालका विषयमा भारतीय विदेश मन्त्रालयबाट जारी हुने विज्ञप्तिहरु तथा भनाइहरुमा ‘भारत शान्त र समृद्ध नेपाल चाहन्छ’ भन्ने गरिएको छ । यससाग भारतको सुरक्षा पनि जोडिएको विषयलाई पटक–पटक उल्लेख गरेको देख्न सकिन्छ । तर नेपाललाई विखण्डन गर्ने योजनाका प्रमुख योजनाकार सीके राउतलाई भारतमा स्वागत गर्नु, उनको योजनालाई सहयोग गर्न रअका अधिकारी यादवलाई पटक–पटक तराईमा पठाएको पुष्टि हुनुले तराईमा स्वतन्त्र मधेशका लागि रअका चलखेलको विषय छताछुल्ल भएको छ । तराईमा रअको योजनाका बारेमा नेपाल सरकार वा सुरक्षा निकायले चासो व्यक्त गरेमा थप रहस्य पनि खुल्ने स्रोतको दाबी छ । यस विषयमा नेपाल सरकार, सुरक्षा निकाय वा नेपाली सुरक्षा संयन्त्रहरुले कसरी पहल गर्छन् त्यो भने हेर्न बााकी नै छ ।
को हुन् कल्भसन यादव ?
१६ अप्रिल १९७० मा भारतमा जन्मिएका कल्भसन यादव मुम्बईका स्थानीय बासिन्दा हुन् । उनी सन् १९८७ मा नेशनल डिफेन्स एकेडेमीमा आबद्ध भएका थिए । त्यसपछि १९९१ मा उनले इन्डियन नेभिको इन्जिनियरिङ ब्राञ्चबाट आफ्नो सुरक्षा करिअर सुरु गरेका हुन् ।
यादवलाई पाकिस्तानी सुरक्षा निकायले बलचिस्तानबाट पक्राउ गरेपछि उनी आफौले भारतीय नेभिमा आबद्ध रहेको र पछि रअका लागि काम गरेको स्वीकार गरिसकेका छन् । यादवले आफू भारतीय संसद्मा भएको आतंकवादी हमलापछि रअका लागि सूचना संकलनमा लागेको जनाएका छन् । भारतीय जासुसी संस्था रअको ४१५५८ सिरियल नम्बरधारी यादव एल ९६३०७२२ नम्बरको भारतीय पासपोर्टसहित पाकिस्तानमा पक्राउ परेका हुन् । उनको कोड नाम ‘हुसेन मुबारक पटेल’ रहेको समेत पाकिस्तानी सुरक्षा निकायले पुष्टि गरिसकेको छ ।
उनले आफू सन् २००३ बाट रअमा आबद्ध भएको र पाकिस्तानको बलुचिस्तानमा आफ्नो अप्रेशन सञ्चालन गर्न इरानमा सानो व्यवसाय सुरु गरी बसेको र यस बीचमा नेपाल, श्रीलंका र बंगलादेशलगायतका मुलुकमा पनि जाने गरेको उनले जनाएको स्रोतहरुबाट बुझिएको छ । आफू विशेषगरी पाकिस्तानको बलुचिस्तान स्वतन्त्र बनाउने योजनाका लागि त्यहाा खटिएको स्वीकार गरेको भिडियो क्लिप्स समेत पाकिस्तानी सुरक्षा निकायले सार्वजनिक गरेको छ । त्यहाा बसेर उनले पाकिस्तानमा अस्थिरता कायम गर्ने जिम्मेवारी सम्हालेको खुलाएका छन् । उनै यादव पक्राउ पर्नुभन्दा पहिले स्वतन्त्र मधेश अभियानलाई सहयोग गर्न कैयाौ पटक नेपालको तराई क्षेत्रमा भ्रमण गरेको कुरा स्वाभिमान नेपालसाग स्रोतहरुले दाबी गरेका छन् ।
(निमकान्त पाण्डे/ वसन्त खड्काको को खोजमुलक लेख स्वाभिमान डटकमबाट साभार )
२०५७ सालतिर तत्कालीन माओवादीको चुनवाङ बैठक बस्नुअघि तत्कालीन माओवादी पार्टीभित्र तिव्र उतारचढाव थियो । कारण थियो, प्रचण्ड र बाबुरामको अन्तरसंघर्ष । अन्तरसंघर्षको अन्तर्य थियो, राजासँग मिलेर संसदवादी तह लगाउन खोज्ने प्रचण्ड र संसदवादीसँग मिलेर राजा तह लगाउने बाबुरामको लाइनबीचको लडाईं । बाबुरामलाई केही समय आफू सुप्रिमो भएको पार्टीको ‘जनअदालत’मा राखेपछि छोटै समयमा चतुर प्रचण्डले कुरो बुझे । ज्ञानेन्द्रको धोकाधडीका कारण प्रचण्डको भ्रम अझ छिटो हट्यो र बाबुरामलाई स-सम्मान जेलबाट मुक्त गरे । यसपछि चुनवाङ बैठक सम्भव भयो । त्यसैको जगमा अन्तरिम सरकार, गोलमेच सम्मेलन र संविधानसभाको निर्वाचन माओवादीको एजेन्डा बन्यो । यो एजेन्डाले राजासँग मिलेर संसदवादी तह लगाउने प्रचण्डको राजनीतिक लाइन होइन कि संसदवादीसँग मिलेर राजतन्त्र हटाउने बाबुरामको राजनीतिक लाइन कामयावी भयो र मुलुकमा अहिलेसम्मको राजनीतिक परिवर्तन सम्भव भयो ।
इतिहास एकदम निर्मम मात्रै नहुनेरहेछ, यो त साथसाथै बेहिसाबे पनि हुने रहेछ । किनकि जितेकाहरुले आफू तल पर्नेगरी हिसाब गर्न चाहँदैनन् । हारेकाहरुले सत्ता र शक्तिको छायाँमा पर्दा हिसाब गर्नै सक्दैनन् । जब जीवन र मृत्यूको खेल खेलेर बाबुरामले संविधानसभाको लाइन पास गराए र त्यो प्रचण्ड अथवा माओवादीको एजेन्डा भयो, अझै त्यो सिंगो देशको एजेन्डा बन्न सकेन (प्रचण्ड अथवा माओवादी किनकी यो एकअर्कामा पर्यायवाची जस्तै बनाइएको छ र तीन दशकभन्दा बढी प्रचण्ड मात्रै उक्त पार्टीको नेतृत्वमा अविछिन्न र अधिकारसम्पन्न छन्) ।
०५७ सालमा माओवादी जनयुद्धका कारण झण्डै १७ सय नेपाली नागरिकको ज्यान गएको थियो, तर ०५७ बाट त्यही संविधानसभालाई सिंगो मुलुकको एजेन्डा बनाउन ०६४ सालसम्म संघर्ष गर्नुपर्यो । यो समयले १७ सयबाट १७ हजारको संख्यामा नेपाली नागरिकको जीवन तमाम् गरिदियो ।
जसरी ०६४ पछिका माओवादीहरुले ‘संविधानसभा र गणतन्त्र संसदवादी दलहरुले बाध्यताले स्वीकारे पनि मनैदेखि स्वीकारेका छैनन्’ भनेर प्रचार गरे, त्यसैगरी प्रचण्डले पनि संविधानसभालाई मनैदेखि स्वीकारेका थिएनन् । प्रमाण खोज्न धेरै टाढा जानु पर्दैन र कुनै कुतर्कको सहारा लिनुपर्दैन । गोरखाको पालुङटार पुगे पुग्छ ।
पहिलो संविधानसभाको निर्वाचन अगाडि माओवादीको प्रशिक्षण हुन्थ्यो- मुखमा संविधानसभा, मनमा विद्रोह । चुनाव हुनै सक्दैन भन्ने प्रचण्डको भविष्यवाणीलाई महावाणी मानेर उनीपछिका नेताहरुले पार्टीका हरेक इकाइसम्म यो सन्देश पुर्याए । समयको आवश्यकलाई व्यक्तिको आशाले रोक्न सक्दैन । निर्वाचन भयो र माओवादीले मनग्य मत पायो । प्रचण्ड प्रधानमन्त्री भए । हरेक सम्बन्ध र अवसरलाई उपयोगको आँखाले हेर्ने प्रचण्डले विद्रोहद्वारा नै राज्य कब्जा गर्ने महत्वाकांक्षाको श्रीपेच लगाउन छाडेका थिएनन् ।
त्यसो त, एक थान संविधान बनाउन यतिधेरै पापड पेल्नु पर्दैनथ्यो होला यदि पहिलो संविधानसभाबाट संविधान बनाइदिएको भए । माओवादीहरु पालुंगटार प्लेनमतिर गए । इतिहास साक्षी छ, प्रचण्डले शान्ति र संविधानको लाइनलाई पाखा लगाइदिए र विद्रोहको लाइन बोकेर काठमाडौं फर्किए ।
निर्वाचन जित्न अकूत खर्च गर्नुपर्ने र निर्वाचन जितेपछि त्यही चुनावी खर्च उठाउन अकूत भ्रष्टाचार गर्नुपर्ने दुश्चक्रलाई राम्ररी बुझेका प्रचण्डले आफ्ना नजिकका नेतालाई स्पष्ट निर्देशन दिए- ‘अबको राजनीति गर्न आर्थिक सत्ता कब्जा गर्नुपर्छ । तिमीहरु नयाँ परिस्थितिका लागि योग्य बन्न चाहन्छौ भने सकेजति छिटो धनी होऊ ।’
७ दिने असफल आम हड्तालको अभ्यास भयो । एकातिर ७ दिने आम हड्तालबाट माओवादी नेता-कार्यकर्ता जीवनकै सबैभन्दा बढी रक्षात्मक भएर घर फर्किएका थिए भने शान्ति र संविधानको लागि मत दिएका लाखौं जनताले आफ्नो भावनामाथि माओवादी र खासगरी त्यसको नेतृत्व प्रचण्डले कुठाराघात स्पष्टै बुझे । किनकी जनयुद्ध र जनआन्दोलनले नेताको मात्रै होइन, जनताको चेतना पनि उत्तिकै उठिसकेको थियो । सम्भवतः यही विन्दूबाट हो, माओवादी विघटन र जनमुक्ति सेनाको तिव्र विदेश पलायनको नरोकिने श्रृंखला सुरु भएको । त्यो श्रृंखला आजपर्यन्त जारी छ । तर, अझै पनि ५० लाख मताधिकार भएका युवाहरुलाई मताधिकारबाट वञ्चित गर्दै विदेशमा राखेर समृद्धि र साम्यवादको सपना बाँढ्न प्रचण्डले छाडेका छैनन् ।
दोस्रो संविधानसभाको चुनाव भयो । जनताले सबै दललाई उस्तै देखे । किनकी पुराना दलहरु जनताले जाने/भोगेकै थिए । तत्कालीन नयाँ शक्ति माओवादीलाई पनि उनीहरुले छिट्टै भोग्न/जान्न पाए । माओवादीले जे गर्छ, क्रान्तिकारी तरिकाले नै गर्छ र क्रान्तिकारी कार्यशैलीको नतिजा थाहा पाउन धेरै कुर्नुपर्दैन । निर्वाचन जित्न अकूत खर्च गर्नुपर्ने र निर्वाचन जितेपछि त्यही चुनावी खर्च उठाउन अकूत भ्रष्टाचार गर्नुपर्ने दुश्चक्रलाई राम्ररी बुझेका प्रचण्डले आफ्ना नजिकका नेतालाई स्पष्ट निर्देशन दिए- ‘अबको राजनीति गर्न आर्थिक सत्ता कब्जा गर्नुपर्छ । तिमीहरु नयाँ परिस्थितिका लागि योग्य बन्न चाहन्छौ भने सकेजति छिटो धनी होऊ ।’
जसले प्रचण्डलाई बुझे, उनीहरुले क्रान्तिकारी तरिकाले प्रगति गरे । नबुझ्नेहरु पाखामा बसेर विगतप्रति नोस्टाल्जिक भएर पोखरीमा ढुंगा हानेर समय बिताइरहेका छन् । वैद्य फुटेर गए, बादल फुटेर गए, विप्लव फुटेर गए अनि बाबुरामले छाडेर गए । अझै पनि प्रचण्ड र उनका एसम्यानहरु आफूतिर फर्केर समीक्षा गर्ने पक्षमा छैनन् । चोर औंलो अन्तैतिर देखाइरहेका छन् । मार्क्सवाद मान्छु भन्नेहरुले यसकै कखराको रुपमा रहेको दार्शनिक मान्यता ‘वस्तुको विकास अथवा विनाशका लागि बाह्यभन्दा आन्तरिक कारण नै प्रधान हुन्छ’ भन्ने कुरालाई किन बिर्सिएका होलान्, सम्झिएकाले पनि किन नबुझेका होलान्, बुझेकाहरुले किन बुझ पचाएका होलान् ? अझै पनि षड्यन्त्रकै सहारामा अगाडि बढ्ने प्रचण्ड रणनीति रोकिएको छैन । यसको पछिल्लो उदाहरण हो, स्थानीय निकाय निर्वाचन ऐन २०७३ र नयाँ शक्तिलाई निर्वाचन चिन्ह नदिने प्रपञ्च ।
प्रचण्डले समीक्षा नै गर्दैनन् भन्ने होइन । उनी समीक्षा गर्छन्, सिक्छन् तर, समाधानको लागि षड्यन्त्रकै तरिका अपनाउँछन् । नेपालजस्तो तेस्रो विश्वको सामाजिक चेतना स्तरमा टिक्ने अस्त्र भनेको साम, दाम, दण्ड र भेद नै हो । यसमा उनी माहिर छन् । तर यो सही र स्थायी समाधान त होइन । यसर्थ, जब विचारको लडाई लड्नुपर्छ, उनी षड्यन्त्रकै सहारा लिने गर्दछन् । जहाँ जस्तो पनि बोल्न सक्ने र अस्थायीरुपमा जसलाई जसरी पनि फसाइदिन सक्ने उनको तरिका अब नेपालमा नौलो रहेन् ।
दोस्रो संविधानसभाको निर्वाचनको उनले समीक्षा गरे । फुटेर र छुटेर गएकाहरुले जति आफ्नो कमजोरी कसले बुझेको हुन्छर ? उनको निष्कर्ष हो, हार्नमा वैद्य र विप्लवको पनि भूमिका छ । दुई सय मतले पनि हारेको उदाहरण छन् भने केन्द्रीय तहका नेताहरुको र्याली नै बोकेर गएका वैद्य र बादलहरुले हराउन भूमिका नखेल्ने कुरै थिएन । अहिले त झन् पूर्वप्रधानमन्त्री समेत बनिसकेका डा. बाबुराम भट्टराईले नै नयाँ शक्ति बनाएका छन् र स्थापना भएको एक वर्ष नपुग्दै ७५ वटै जिल्लादेखि सबै गाउँपालिका/नगरपालिकामा संरचना खडा भइसकेको छ भने नेपाली पुगेका २८ देशहरुमा डायस्पोरा संगठनहरु बनिसकेका छन् । बाबुरामको प्रगतिमा प्रचण्ड निदाउन सक्ने कुरै भएन । किनकी बाबुराम-प्रचण्डको सम्बन्ध कृतज्ञभन्दा पनि कृतघ्न सम्बन्ध हो । अर्कोकुरा, बाबुरामको प्रगति प्रत्यक्षरुपमा आफ्नो दुर्गतिसँग जोडिएको उनले बुझेकै छन् । यसर्थ, नयाँ शक्तिलाई कसरी निमिट्यान्न पार्ने ? त्यसका लागि सजिला अस्त्रहरु के होलान् ?
प्रचण्डले सजिलै फेला पारे, चुनाव चिन्ह । गंगा चौधरीसँग एकता भएको साढे तीन महिना नाघिसकेको छ । संसदीय दल दर्ताको लागि बुझाइएको फाइल माओवादीबाट सभामुख बनेकी ओनसरी घर्तीबाट महिनौंसम्म पेन्डिङमा राखेकी छन् । यताबाट पनि बाबुरामलाई बन्द । र, राजपत्रमा पनि प्रकाशित नगरी र संवैधानिक मान्यताको पनि खिलाफ हुनेगरी स्थानीय निकाय निर्वाचन ऐन ल्याएर षड्यन्त्रपूर्वक नयाँ दलहरुलाई चुनाव चिन्ह नदिनूको पछाडि मुख्यतः यही कुराले काम गरेको छ ।
किन फेरि पालुंगटार ?
प्रचण्ड वाकपटुता भएका नेता हुन् । उनी मिठो बोल्न सक्छन् तर, सबै मिठा कुरा राम्रा र असल हुँदैनन् । उनको एउटा कमजोरी हो आफ्नो गल्ती कहिल्यै नस्वीकार्ने । पालुङटारमा शान्ति र संविधानको लाइनलाई बलि चढाएर विद्रोहको लाइन पास गरेका प्रचण्डले अहिलेसम्म जानी-नजानी त्यही शान्ति र संविधानकै रथ हाँकिरहेका छन् । प्रचण्डले मैले त्यतिबेला गल्ती गरेछु भनेर एकपटक पनि भनेका छैनन्, बरु यथार्थ लुकाउन कुतर्कहरुको सहारा लिने गरेका छन् । अर्कैको मननपरेको नीतिलाई चलाउने नेतृत्वका कारण मुलुक कसरी गोलचक्करमा फस्छ, हामीले देखे भोगेकै छौं ।
जनहिरासतमा थुनिएका र पालुङटारमा एक्लिएका बाबुराम मात्रै छैनन् अहिले संविधानसभाको जिम्मा लिनलाई । सुखको कुरो, समृद्धिको कुरा गर्दा एक्लिएका बाबुराम मात्रै छैनन् अहिले समृद्धिको नारा लगाउन ।
यसै साता वरिष्ठ पत्रकार किशोर नेपालले लेखे, बाबुरामलाई काठमाडौंको मेयर बनाउनुपर्छ, उनले मात्र काठमाडौंलाई सपनाको सुन्दरमाण्डु बनाउन सक्छन् । बाबुरामलाई कति पनि मननपराउनेहरुले पनि भूकम्प गएको दुई वर्ष भएको दिन अर्थात् २०७४ वैशाख १२ गते यदि बाबुरामले भूकम्प प्राधिकरणको नेतृत्व गरेको भए भनेर मुख मिठ्याउँदै पश्चात्ताप गरे । नेपालमा ‘जसको नीति उसको नेतृत्व’ भन्ने कुरा ‘जसको लाठी उसकै भैंसी’मा विकृत भएको छ । राजनीतिक ध्रुवीकरण यसरी बढेको छ कि राम्राले भन्दा हाम्राले सधैं प्राथमिकता पाउँछन् । जनहिरासतमा थुनिएका र पालुङटारमा एक्लिएका बाबुराम मात्रै छैनन् अहिले संविधानसभाको जिम्मा लिनलाई । सुखको कुरो, समृद्धिको कुरा गर्दा एक्लिएका बाबुराम मात्रै छैनन् अहिले समृद्धिको नारा लगाउन ।
७ दशक भूगोल एकीकरणमा, ७ दशक राजनीतिक अधिकार प्राप्तिको लडाईमा र अबको केही दशक भौतिक सभ्यता निर्माणमा अथवा समृद्धिका लागि भनेर नयाँ शक्ति बनाउँदा उनी उपहासका पात्र बनेका थिए । अब सडकमा राजनीतिक नारा लिएर जाने दिन सकियो, अब समृद्धिमा अर्जुनदृष्टि हुनुपर्छ भन्दा विदेशीको दलाल बनेका बाबुरामलाई उछिनेर अहिले सबै दलका घोषणापत्रमा भंगेरा टाउके अक्षरमा समृद्धि लेखिएकै छ ।
संविधान घोषणाको २० महिना नाघिसकेको छ । अहिले पनि उनले संविधानसभा भवन छाड्दा भनेका कुराहरु लागू भइरहेका छन् । प्रगतिशील र इन्द्रेणी राष्ट्रवाद जति छिटो सबैको एजेन्डा बन्छ, त्यतिबेला नेपाल मुक्त भइसकेको हुनेछ र विकासको गतिमा छलाङ मार्न थाल्नेछ ।
अनिश्चितताकै बीचमा भनेपनि स्थानीय निकायको चुनाव नजिकिएको छ । चुनाव चिन्ह नदिने प्रचण्डको योजनामा अन्य ठूला दलहरुले मौन समर्थन गरेका छन् । यतिबेला बालुवाटारमा प्रचण्डले कुटिल हाँसो हाँस्दै बाबुरामबाट ‘आँखा’ खोस्न सकेको रमाइलो मनाइरहेका छन् । आँखा खोसेर मात्र उनको सम्भावित संकट नटर्ने भएपछि उनी अहिले गोरखा केन्द्रित छन् । गोरखामा पनि पालुङटारमा केन्द्रित छन्, जहाँ बाबुरामको शान्ति र संविधानको लाइन असफल बनाइएको थियो । बाबुरामको जन्मथलो नयाँ संरचनाअनुसार पालुङटार नगरपालिका हो । चुनाव चिन्ह नदिएर बाबुरामलाई ५० प्रतिशत तह लगाइयो भन्ने निष्कर्षमा पुगेकाहरुको अबको अन्तिम अस्त्र हो गोरखा र विशेषगरी पालुङ्टार ।
बालुवाटार सम्हालेर बसेका प्रचण्डको बुझाई छ, गोर्खा र विशेषगरी पालुङटारबाट नयाँ शक्तिलाई हराउनुपर्छ । त्यसपछि झनै ठिक हुन्छ जति ठिक चुनाव चिन्ह नदिँदा भएको छ । यतिबेला माओवादी केन्द्रको ध्यान गोर्खामा छ यही कुत्सित मनसायसहित । आफू अग्लिएर होइन, अरुलाई होच्याएर आफू अग्लो हुने गएगुज्रेको लाइनमा प्रचण्ड छन् ।
तपाईं कल्पना गर्नुहोस्, बाबुरामले संविधानसभा भन्नासाथ प्रचण्डले मानेको भए के हुन्थ्यो ? बाबुराम प्रचण्डको हिरासतमा थुनिएर आँसुले मुख धुनु पर्दैनथ्यो ।
तपाईं कल्पना गर्नुहोस्, ०५७ सालमै देशले संविधानसभा स्वीकारेको भए के हुन्थ्यो ? अवश्य पनि १७ सय बाट बढेर ज्यान गुमाउनेको संख्या १७ हजार हुँदैनथ्यो ।
तपाई कल्पना गर्नुहोस्, पालुंगटारमा बाबुरामको शान्ति र संविधानको लाइन पास भएको भए देश कहाँ पुग्थ्यो ? पंक्तिकार यहाँ मौन बस्न चाहन्छ, उत्तर तपाई खोज्नुहोस् ।
तपाईं कल्पना गर्नुहोस्, संविधान बन्ने बेला असन्तुष्टिको सुरक्षित अवतरण गरेको भए संविधान कार्यान्वय कहाँ पुग्थ्यो होला ? जबकि मुलुक २० महिना अगाडि नै छ संविधान कार्यान्वयनको दृष्टिले ।
तपाईं कल्पना गर्नुहोस्, गोरखा र विशेषगरी पालुङटारमा नयाँ शक्तिले हार्यो भने के होला ? देशभरिकै कुरा त छँदैछ ।
जसरी इतिहास एउटा-एउटा घटनालाई मात्रै बुझेर बुझिन्न, त्यसैगरी भविष्य पनि इतिहासको आलोकबिना बुझ्न सकिँदैन । मुलुक एकपटक घुम्दै फेर्दै त्यही पालुङटार पुगेको छ र बल जनताको कोर्टमा छ । शान्ति र संविधानको नारा जस्तै शान्ति र समृद्धिको नारालाई पराजति गर्ने कि विजयी बनाउने ? यसपटक शान्ति र संविधानको लाइनलाई झैं पालुङटार अप्ठेरो बनाउनु हुँदैन । अथवा इतिहास दोहोरिन दिनु हुँदैन । नत्र मुलुकले पुनः दुःख पाउन सक्छ । यसर्थ, समृद्धिको लाइनले जित्नुपर्छ ।
सबै मतदाता विवेकशील बनौं । कुरा पालुङटारको मात्र होइन, गोरखाको हो । कुरो गोरखाको मात्र होइन, सिंगो मुलुकको हो । समुन्नत नेपालको लागि हरेक मतदाताले विवेक पुर्याउनै पर्दछ । मुलुक बनाउन कुनै भगवान जन्मिएका हुँदैनन् । यदि जन्मिएका छन् भने ती विवेकशील नागरिक हुन् । त्यो भनेको तपाईं हो र अहिले तपाईं मतदातारुपी भगवानको भूमिकामा हुनुहुन्छ । यदि निर्णय तपाईंकै हातमा छ भने समृद्धिको नयाँ र स्वर्णिम यात्रा किन सुरु नगर्ने ?
प्रचण्डलाई महाराजाको दर्जामा राख्दै उनकी छोरी रेणुलाई शाहज्यादी उपमा दिँदै फेसबुकमा एक कवयत्रीले स्टाटस लेखेपछि माओवादी केन्द्र चितवनमा चर्चाको विषय बनेको छ ।
मााओवादी केन्द्रको तर्फबाट रेणु दाहाललाई भरतपुर महानगरपालिकामा मेयरको उमेदवारको रुपमा घोषणा गरेपछि स्थानीय कार्यकर्ताको अवमुल्यन गर्दै काठमाण्डौबाट ल्याएकोमा कवयत्री सरिता तिवारीको असन्तुष्टी त्यो स्टाटसमा झल्किन्छ ।
परम पुज्य पिताजी प्रचण्डको शक्तिको आडमा उनलाई उमेदवार बनाएकोले जित सुनिस्चित हुने भन्दै व्यङ्ग्यातमक शैलिमा नैतिक रुपले एक भोट दिने बताएकी छिन् ।
यसै गरी अर्का माओवादी कार्यकर्ता बरदान कँडेलले समेत नाताबाद, कृपावादका आधारमा रेणुलाई उमेदवार बनाएको भन्दै भोट पनि नदिने र अरुलाई पनि भोट नदिन आग्रह गर्दै फेसबुकबाट विरोधको स्वर उरालेका छन् । यि दुवै फेसबुक स्टाटसले माओवादी केन्द्र भित्र चरम असन्तुष्टिको भाव झल्किन्छ ।
संगै कवयत्री तिवारी आफ्नै ससुरा बुबा ठाकुर ढकाललाई माओवादी केन्द्रले माडी नगरपालिकाको मेयरमा उमेद्वार बनाएकोमा खुसी व्यक्त गर्दै शुभकामना दिएकी छिन् । यसबाट प्रस्ट झल्किन्छ– व्यक्तिवाद, नातावाद र कृपावाद माओवादी केन्द्रभित्र जब्बर रुपमा रहेको देखिन्छ । स्थानीयता, क्षेत्रीयता र नाताबादलाई मुख्य आधार बनाई उमेद्वार बनाउने गलत परिपाटीको खुलेर आलोचना गर्ने कामको सुरुवातको रुपमा लिने पङ्ति कमि नभएको भरतपुरका स्थानीय माओवादी केन्द्रका कार्यकर्ताको भनाई रहेको छ । एकले अर्कालाई सहयोग र समर्थन विरोधमा प्रचार गर्न थालेपछि माओवादी केन्द्रको पराजय हुने र त्यसले पार्टी संगठनलाई कमजोर बनाउने काम भइरहेको कार्यकताहरुको भनाई रहेको छ ।
त्याग, समर्पण, बलिदान भावका साथ लागेका कार्यकर्ता भन्दा ठूला नेताका सन्तानले स्थान पाउने भएपछि केही कार्यकता निरास र हिनता बोधका साथ लज्जित बन्दै गएका छन् । नैतिक रुपमा जनताकामा भोट माग्न गाह्रो भएको माओवादी केन्द्रका एक पुराना कार्यकताले बताए ।
१३ वैशाख, काठमाडौं । जसले नेतृत्व गरेर विदेश लग्यो उसलाई आफैंले लगेका मान्छेबाट कुटाई खानुप¥यो भने के हालत होला ? त्यो पनि उत्तर कोरियाजस्तो अत्यन्त कडा कानुनी व्यवस्था भएको देशमा ?
उत्तर कोरियाका संस्थापक राष्ट्रनेता किम इल सुङको १०५ औं जन्मजयन्तीको अवसर पारेर नेपालबाट १५ जनाको समूह प्योङयाङ गएको थियो । जसमा फरक–फरक तीनओटा प्रतिनिधी मण्डल थिए । पुराना पत्रकार मञ्जुरत्न शाक्यको परिवारबाट चार जना थिए भने माणिकालाल लामके दम्पती अर्को समूहमा थियो । शंकर भारतीको नेतृत्वमा तीन जनाको अर्को समूह थियो । अनि झगडा प¥यो विप्लव समूहका अशोक सुवेदीले नेतृत्व गरेको ६ जनाको समूहमा । सुवेदीको टिममा त्रिविका इतिहासका प्रा.डा. सुरेन्द्र केसी र हस्तबहादुर केसीसँगै थप तिन जना थिए ।
काठमाडौंबाट सांघाई गएर त्यहाँबाट रेलमा सुवेदी समूह बेइजिङ पुग्यो । बेइजिङबाट चैत ३१ गते बिहिबार उत्तर कोरियाको राजधानी टेकेको टोली पुग्नासाथ आपसी झगडामा उत्रिएको हो । वैशाख ७ गतेसम्म प्योङयाङमा रहँदा अशोक समूहका कटुवाल, शाही र भण्डारीले आफ्नै नेता अशोक सुवेदीमाथि हात हालेका हुन् । विप्लव समूहबाट क्रान्ति गर्ने भन्दै घाँटीसम्म ट्याटु खोपेका तिनले विदेशमा नेपालको बेइज्जत गरेपछि आइन्दा उत्तर कारियाले नेपालबाट प्रतिनिधी लाँदा विस्तृत सोधखोज गर्ने र नरेशसम्पति शाक्यजस्ता फटिचरहरुलाई सहभागी नगराउने ललितपुरको कुपण्डोलस्थित उत्तर कोरियाली दूतावासले जनआस्थालाई बतायो ।
आफ्नै प्रतिनिधीमण्डलका नेतामाथि कुटपिट गर्नुपर्ने खास कारणचाँहि पैसाको लेनदेन रहेको बुझिएको छ । सबै सहभागीबाट नेपाल–कोरिया लेखक तथा पत्रकार संघका नाममा जनही तीन लाख रूपयाँ उठाइएको रहेछ । भिसाका लागि थप २ सय डलर पनि लिइएको बताइन्छ । कोरिया पुगेपछि जम्मा डेढ लाख रुपयाँमात्र बाटो खर्च परेको र भिसा शुल्क नलागेको थाहा पाएपछि कुटपिटमा उत्रिएका रहेछन् ।
हाम्रो पैसा फिर्ता दिन्छस् कि यहिँ मारिदिऊँ भन्दे अशोक सुवेदीलाई बाथरुममा लगेर युवाले मुड्की हानेको पार्टीमा उजुरी । उत्तर कोरिया पुगेका ४५ देशका पाहुनालाई आयोजकले बनभोज लगेको थियो । त्यहाँ पेय पदार्थ निशुल्क थियो । गोर्खालीले भेटेको निशुल्क रक्सी, त्यसमाथि नेपालमा जनयुद्ध गर्ने गुरिल्लाहरु । रक्सीमै पौडी खेलौंलाझैं गरेर पिएपछि आपसी झगडामा उनीहरु उत्रिएका हुन् । प्योङयाङबाट फर्कदा बेइजीङको विमानस्थलमा सोही समूहका एक व्यक्तिले अभद्र व्यवहार देखाएपछि चिनियाँ सुरक्षाकर्मीले १५ मिनेटजति सोधपुछ गरेको उजुरी पनि कोरियाली दुतावासले पाएको स्रोतको दावी छ ।
उत्तर कोरिया आफैंमा अत्यन्त कडा कानुनी प्रणाली भएको देश, त्यसमाथि त्यत्तिको अभद्र व्यवहार गर्दा सोझै लगेर जेल कोच्न सक्ने थियो । तर, आफ्ना नेताको जन्मजयन्तीका अवसरमा बोलाइएका पाहुनालाई थुन्नु पनि भएन । रक्सी त सबैले खान्छन् तर गोर्खालीले चाहिँ अपच हुनेगरि खाएर आपसी काटमार गरेपछि खै विप्लव कमरेडको अनुशासन भन्ने समाचार आजको जनआस्था साप्ताहिकमा प्रकार्शित छ । यो समाचार सत्यतथ्य हो होइन विप्लव माओवादीले तुरुन्त छानविन गरेर गलत हो भने कार्वाही गर्नुपर्छ भनेर विभिन्न विज्ञहरुले भनिरहेका छन् ।
एउटा चर्चित भनाइ छ– जिन्दगी भनेको आकस्मिक घटनाहरूको संगालो हो।
जतिबेला हामी कुनै रंगीन योजना बुन्नमा मग्न हुन्छौं, त्यही बेला ‘स्पिड–ब्रेकर’ झैं हाम्रो जिन्दगीको रफ्तार रोक्न आइपुग्छन्, ती घटना। हामीलाई पूर्वतयारीको मौकासम्म नदिई आउने यस्ता घटनाले नै हाम्रो जिन्दगीलाई नाजुक बनाउँछ। र, सुन्दर पनि।
साथीहरू, करिब २०–२५ वर्षअघि मैले यस्तो जिन्दगी बाँचेँ, जुन धेरैले कल्पना मात्र गर्न सक्छन्।
म ख्यातिप्राप्त कलाकार बन्न चाहन्थेँ। आफ्नो क्षेत्रको सर्वाधिक उचाइमा पुग्न चाहन्थेँ। एउटी नेपाली केटी भएर पनि म भारतको फिल्म उद्योगमा लोकप्रिय र सफल अभिनेत्रीका रूपमा स्थापित भएँ। पाँचवटा भाषाका लगभग ८० वटा फिल्ममा काम गरेँ। थुप्रै अवार्ड जितेँ। इमानदारीका साथ भन्नुपर्दा, गुणात्मक हिसाबले थोरै, तर संख्यात्मक रूपले धेरै काम गरेँ। र, जिन्दगीमा ती सबै चिज हासिल गरेँ, जुन हासिल गर्छु भनी सोचेकी थिएँ। वा, यसो भनौं, सोचेकोभन्दा बढी नै पाएँ।
ती आकर्षक र सुन्दर पलहरू बाँचिरहँदा मलाई थाहा थिएन, जिन्दगीले मेरो निम्ति अर्कै केही सोचेको छ। मलाई यस्तो मोडमा ल्याएर खडा गर्दैछ, जहाँ विगतका ती आकर्षक र सुन्दर पलहरू म विस्तारै–विस्तारै गुमाउन थाल्नेछु।
यसको सुरुआत पनि अत्यन्तै आकस्मिक र थाहै नपाउने गरी भयो। मैले केही नराम्रा फिल्महरूमा काम गरेँ। ती फिल्म फ्लप भए। मेरो कामको आलोचना भयो। त्यसपछि फेरि अर्को गल्ती भयो। फेरि अर्को। फेरि अर्को। एकपछि अर्को गल्ती थपिँदै गए। तर, मैले वास्ता गरिनँ। किनकि, त्यो खराब समयमा पनि केही राम्रा निर्देशकहरू थिए, जो मसँग काम गर्न चाहन्थे। त्यसैले म सोच्थेँ, म कुनै पनि बेला सफलतालाई फेरि पछ्याउन सक्छु।
तर, त्यो कहिल्यै भएन।
ती दिनहरूमा मेरो जीवनशैली अस्वस्थ हुँदै गयो। अस्वस्थ जीवनशैलीले मलाई खराब संगततर्फ तान्दै लग्यो। म एउटा खराब सम्बन्धबाट अर्को सम्बन्धतर्फ हुत्तिँदै गएँ। मेरो जिन्दगी झन् झन् अव्यवस्थित हुन थाल्यो। म सम्बन्धहरूबाट अस्वीकृत हुँदै गएँ। त्यही बेला जब मेरो वैवाहिक सम्बन्ध पनि असफल भयो, मलाई आफू सिधै जमिनमा उधोमुन्टो पछारिएको अनुभूति भयो।
जिन्दगीको परीक्षा यतिमै टुंगिएन।
वैवाहिक सम्बन्ध टुटेको केही समयमै मलाई क्यान्सर भयो। त्यो क्यान्सर आफैंमा भयानक खालको थियो। क्यान्सर उपचार र किमोथेरापीका क्रममा म झन् दर्दनाक समयबाट गुज्रिएँ। मेरो कपाल खुइलिँदै गयो। मेरा आँखीभौंहरू झरे। हातगोडा कमजोर भए। बलिउडको त्यो ग्ल्यामरस ‘डिभा’ बाट म अचानक सिकिस्त, दुर्बल र कमजोर क्यान्सर बिरामीमा परिणत भएँ।
मेरो निम्ति सुन्दरता गुम्नु मात्र ठूलो कुरा थिएन। त्योभन्दा दर्दनाक त मैले यस्तो मञ्जुरीनामामा हस्ताक्षर गरेकी थिएँ, जसले मेरो आत्मा काम्यो। मैले मेरो मुटु सधैंका लागि खराब हुन सक्छ भनेर स्वीकारेकी थिएँ। मेरो सुन्ने शक्ति सधैंका लागि गुम्न सक्छ र मेरा हातका औंलाहरू जिन्दगीभरि थरथर काम्न सक्छन् भन्ने जान्दाजान्दै त्यसमा मञ्जुरीको मोहर लगाएकी थिएँ।
हो, त्यो बेला मेरो अन्तरआत्मा भित्रैदेखि कामेको थियो। म साँच्चिकै निकै डराएकी थिएँ। कतै यी पलहरू मेरो जिन्दगीकै आखिरी पल त होइनन् भन्ने चिन्ताले म भित्रैबाट गलेकी थिएँ। म सोच्दै थिएँ, कतै म त्यो अविश्वसनीय र अकल्पनीय मृत्युको नजिक त पुगिरहेकी छैन!
त्यसपछि मैले सोच्न थालेँ, यो मेरो जिन्दगीको अन्त्य हो भने मैले अहिलेसम्म कस्तो जिन्दगी बिताएँ? के मैले जिन्दगीको भरपुर आनन्द उठाएँ? के मैले आफ्नो जिन्दगीमा गौरव अनभूति हुने कुनै काम गरेँ?
अहँ, गरिनँ।
मैले त आफ्नै जिन्दगीसँग खेलवाड गरेँ। स्वास्थ्यसँग खेलवाड गरेँ। आफ्नो करिअरसँग खेलवाड गरेँ। ती सबै मान्छेको भावनासँग खेलवाड गरेँ, जो मलाई साँच्चिकै माया गर्थे, जो मेरो ख्याल राख्थे।
साथीहरू, साढे चार वर्ष भयो, म आज क्यान्सरमुक्त छु। ईश्वरले ममाथि ठूलो उदारता देखाएको छ। जिन्दगीले ममाथि ठूलो उदारता देखाएको छ। यसबीच त्यस्तो कुनै समय छैन, जब मैले आफैंसँग गरेको बाचा बिर्सेको होस्। त्यो बाचा, जुन मैले मृत्युसँग जुधिरहेका बेला गरेकी थिएँ।
मैले अब जिन्दगीका तीन प्राथमिकता तय गरेकी छु, जसलाई म उपहार भन्न चाहन्छु।
यो प्राथमिकतामा सबभन्दा पहिला आउँछ, मेरो स्वास्थ्य। जब म क्यान्सरसँग जुधिरहेकी थिएँ, त्यतिबेला मैले आफ्नो स्वास्थ्यको महत्व बुझेँ। म अहिले स्वास्थ्यको सम्भार गर्दैछु। आफ्नो ख्याल राख्दैछु। म पढ्छु, खोजिनीति गर्छु, ती सबै काम गर्छु, जुन मेरो स्वस्थ जीवनका लागि अपरिहार्य छ।
दोस्रोमा आउँछ, मेरो परिवारसँगको सम्बन्ध। अहिले यो सम्बन्ध विश्वास, प्रेम र सम्मानले भरिपूर्ण छ। आखिर खराब समयमा सुरुदेखि अन्त्यसम्म मसँगै रहने, मलाई साथ दिने मेरो परिवार नै त थियो। मेरा साथीहरू पनि यो सूचीमा आउँछन्। कुनै समय यस्तो थियो, जब मेरा अनगिन्ती साथीहरू थिए। आज एकदमै थोरै छन्। तर, जति छन्, ती सबैसँग मेरो गहिरो र अर्थपूर्ण सम्बन्ध छ। म उनीहरूसँग आफ्नो सम्पूर्ण भावना साट्न सक्छु। उनीहरूसँग गहिरो सम्बन्धको अनभूति गर्न सक्छु।
र, तेस्रोमा आउँछ मेरो काम। म अन्तरआत्मादेखि नै एउटा कलाकार हुँ। कलाकारका रूपमा म आफ्नो क्षमता अझ निखार्ने चुनौती मोल्न चाहन्छु। म आफ्नो कामबाट सन्तुष्ट हुन चाहन्छु। त्यसैले, अचेल होसियारीपूर्वक फिल्म छनौट गर्दैछु। पहिलेजस्तो जथाभाबी जे मन लाग्यो त्यो काम गर्दिनँ।
मैले यो अवधिमा जिन्दगीको चौथो उपहार पनि पाएकी छु– सेवाको अनुभूति।
म यहाँ तपाईंहरूलाई एउटा कथा सुनाउन चाहन्छु।
जब म न्यूयोर्कको अस्पतालमा थला परेर बस्दा खासै धेरै मान्छे मलाई भेट्न आइरहेका थिएनन्, त्यो बेला एउटी महिला थिइन्, जो हरेक आइतबार मलाई भेट्न आउँथिन्। उनी न्यूयोर्कको कर्निल अस्पतालकी डाक्टर थिइन्। उनको नाम थियो, नवनीत नरुला। उनी अस्पतालको त्यो साँघुरो कुर्सीमा बसेर पूरा दिन मसँग बिताउँथिन्। उनी एक व्यस्त महिला थिइन्, तर व्यस्तताको बाबजुद उनले आफ्नो जिन्दगीको एक दिन मेरो नाममा समर्पण गरेकी थिइन्। म उनको यो समर्पण देखेर छक्क परेकी थिएँ।
मैले उनलाई सोधेँ, ‘तिमी यो किन गर्दैछौ? तिमी मेरो साथी होइनौ, र मलाई थाहा छ, तिमी मेरो फ्यान (प्रशंसक) पनि होइनौ?’
उनले जवाफ दिइन्, ‘मनीषाजी, म यहाँ यसकारण तपाईंलाई भेट्न आउँछु, ताकि कुनै दिन तपाईं यही काम अरूको निम्ति गर्नु हुनेछ।’
उनले कति सहज रूपमा कति गम्भीर जवाफ दिइन्!
त्यही बेला मैले बाचा गरेँ, जिन्दगीमा दोस्रो मौका पाएँ भने म जुनसुकै रूपमा, चाहे त्यो सानो होस् या ठूलो, आफ्नो सामर्थ्यले भ्याएसम्म अर्काको सेवा गर्नेछु।
यही कारणले हो, जब नेपालमा भुइँचालो गयो, म भुइँचालो प्रभावित क्षेत्रहरूमा गएँ। राष्ट्रसंघीय कार्यक्रम ‘युएनएफपिए’ को सहयोगमा हामीले भूकम्पपीडित महिलाहरूको आत्मसम्मान जागृत गराउने अभियान सञ्चालन गर्यौं। म अझै पनि नेपालका दुर्गम भेगहरूमा पुग्न चाहन्छु। त्यहाँ गएर केटीहरूको शिक्षाबारे जागरण ल्याउन चाहन्छु। बाल विवाहविरुद्ध वकालत गर्न चाहन्छु। र, म त्यो अवश्य गर्नेछु।
एक क्यान्सर विजेताका रूपमा म के सन्देश दिन चाहन्छु भने, क्यान्सर भनेको मृत्युदण्ड होइन। क्यान्सरपछि पनि जीवन छ। कोही मेरा परिचित वा साथीभाइ क्यान्सरसँग जुध्दै छन् भने म उसको निम्ति प्रेरणाको स्रोत बन्न चाहन्छु। उसलाई जिन्दगीसँग लड्ने हौसला दिन चाहन्छु।
मेरो कथाको ठूलो अंश, मेरो जिन्दगीको उतारचढाव, मैले कमाएको नाम, प्रतिष्ठा, ग्ल्यामर, मैले भोगेको क्यान्सरको दुरावस्था, त्यो दर्दनाथ किमोथेरापी र मृत्युको सामना– यी सबै कुनै अप्रत्यासित घटना मात्र होइनन्। जिन्दगीका त्यस्ता पल हुन्, जसले मलाई जिन्दगीको अर्थसँग साक्षात्कार गरायो। मैले यसबाट जिन्दगीका केही सामान्य पक्षहरू बुझेँ। ती सामान्य थिए, त्यही भएर हामीले सधैं बेवास्ता गर्यौं। मानौं, हाम्रो जिन्दगीमा त्यसको कुनै मतलबै छैन।
सामान्य लाग्ने तर जिन्दगीमा गहन अर्थ राख्ने ती पक्षहरूमा सबभन्दा पहिला त, यो हाम्रो जिन्दगी एउटा उपहार हो।
मलाई थाहा छ, यो धेरै भनिँदै र सुनिँदै आएको कुरा हो। तर, सत्य यही हो। हाम्रो जिन्दगी एउटा उपहार हो। जिन्दगीसँग जोडिएर आउने हरेक चिज उपहार हुन्। हाम्रो यो शरीर नै उपहार हो। यसलाई हामीले सम्भार गर्नुपर्छ। ख्याल राख्नुपर्छ। यो शरीर पाएकोमा आभारी हुनुपर्छ। यसलाई मायाले अंकमाल गर्नुपर्छ। यो जिन्दगीको यात्रामा हामीसँग ठोक्किन आइपुग्ने ती सबै मान्छे पनि उपहार हुन्।
दोस्रो, आफ्नो अन्तरआत्मालाई चियाएर हेर्नुको महत्व। हामीले आफ्नो अन्तरआत्मामा पौडिएर आफ्नो अस्तित्वको महत्व बुझ्नुपर्छ। आफ्नो सत्यलाई महसुस गर्नुपर्छ। आफ्नो सत्यमा बाँच्नुपर्छ।
हामीसँग समय थोरै छ, त्यसैले हामीले आफ्नो जिन्दगी जतिसक्दो धेरै बाँच्नुपर्छ, अर्थपूर्ण रूपमा। हामी कोही पनि अर्काको जिन्दगी बाँच्दैनौं। अर्कालाई ठिक वा सही लागेको जिन्दगी हामी किन बाँच्ने? हामीले आफ्नो जिन्दगी बाँच्नुपर्छ। आफ्नो इच्छाअनुसार, आफ्नो सर्तमुताबिक। यसका लागि हामीले आफ्नो अन्तरआत्मालाई चियाएर हेर्नुपर्छ। त्यस्तो चिजको खोजी गर्नुपर्छ, जसले हामीमा उत्प्रेरणा जगाउँछ। हामीलाई एउटा असल जिन्दगी बाँच्न घच्घच्याउँछ। ताकि, हरेक दिन आफ्नो अन्तरआत्माले मागेअनुसार हामी स्पष्ट र प्रेमपूर्वक बाँच्न सकौं।
तेस्रो, हामीले जति नै तयारी गरे पनि जिन्दगीका विभिन्न मोडमा आश्चर्यहरू ठोक्किन आइपुग्छन्। जिन्दगीले हामीलाई पत्तै नदिई नयाँ–नयाँ चुनौती दिइरहन्छ। हामीले त्यसको तयारी गर्ने मौकै पाउँदैनौं। तर, हामी छनौट गर्न सक्छौं। हामी कि त जिन्दगीले दिने ती आश्चर्यहरूबाट आहत भएर, त्यसैको दुःखमा पिल्सिएर बाँच्न सक्छौं वा त्यसलाई आफ्नो क्षमता निखार्ने चुनौतीका रूपमा प्रयोग गर्न सक्छौं। कस्तो जिन्दगी बाँच्ने, त्यो छनौट गर्ने अधिकार हामीसँगै छ।
जिन्दगीले दिने ती अप्रत्यासित चुनौती र समस्याका पछाडि एउटा सन्देश भने सधैं रहन्छ– हामीले जस्तोसुकै कठिन अवस्थालाई पनि आफ्नो विजयको कथा बनाउन सक्छौं, आफ्नो बुद्धिमता र साहसको उदाहरणका रूपमा प्रस्तुत गर्न सक्छौं। र, यो सामर्थ्य हामीभित्रै छ।
(अभिनेत्री मनीषा कोइरालाद्वारा भारतको जयपुरमा हालै आयोजित ‘टेड जयपुर’ मा अभिव्यक्त भनाइको अनुवाद)
अयोध्या का प्राचीन नाम साकेत है। मौर्य शासनकाल तक इसका नाम साकेत ही था। यहाँ पर कोशल नरेश प्रसेनजित ने बावरी नाम के बौद्ध भिक्षु की मृत्य के पश्चात उसकी याद में "बावरी बौद्ध विहार" बनवाया था। राजा प्रसेनजित गौतम बुद्ध के समय में थे। इस बौद्ध विहार को ब्राह्मण राजा पुष्यमित्र शुंग(राम)ने ध्वस्त कर दिया था। यह स्थान बावरी नाम से विख्यात हो गया था।
बाद में राजा पुष्यमित्र शुंग (राम) ने अपनी राजधानी पाटलिपुत्र से बदलकर साकेत किया और साकेत का नाम भी अयोध्या कर दिया । अयोध्या=बिना युद्ध के बनाई गयी राजधानी..
बाल्मीकि कवि ने अपने राजा पुष्यमित्र शुंग (राम) को खुश करने के लिए एक काव्य की रचना की जिसमे राम के रूप में पुष्यमित्र शुंग और रावण के रूप में मौर्य सम्राटो का वर्णन करके उसकी राजधानी अयोध्या का गुणगान किया।
बाद में राजा के निर्देश पर इस काव्य में कई दन्त कथाएं(बौद्ध धर्म की जातक कथाये) और काल्पनिक कथाएं,वंशावली आदि सम्मलित करके इसकी कथा में बदलाव किया और इसे धर्म ग्रन्थ बना लिया गया...
अयोध्या का बावरी नामक स्थान पर किसी मुस्लिम शासक ने मस्जिद का निर्माण कराया । यह मस्जिद बावरी नामक स्थान पर बनी होने के कारण बावरी मस्जिद कहलाती थी। कुछ दिनों में इसका नाम बिगड़कर बाबरी मस्जिद हो गया। यह मस्जिद बाबर ने नही बनवाई। अगर यह मस्जिद बाबर बनवाता तो मुगल काल में पैदा हुआ तुलसीदास भी अपनी रामचरित मानस में ज़रूर लिखते....
फिर unpaid police(अन्य पिछड़ा वर्ग) को आगे करके बाबरी मस्जिद को गिरा दिया। इसके बाद केस हाई कोर्ट में गया। पुरातत्व विभाग द्वारा इस स्थान की खुदाई की गयी लेकिन राम मंदिर का कोई प्रमाण नही मिला क्योकि वहाँ राम मंदिर नही था। खुदाई में बौद्ध विहार के अवशेष प्राप्त हुए तो उस स्थान की खुदाई रुकवा दी। हाई कोर्ट के वकील ने फैसला सुनकर इस जमीन के तीन हिस्से कर दिए।
हाई कोर्ट के वकील mr. Agrawal ने अपनी रिपोर्ट में लिखा की यह स्थान मूलतः बौद्ध स्थल था।अब केस सुप्रीम कोर्ट में है।
इस बात की खबर बौद्ध धर्म के अनुयायियों को चली तो उन्होंने भी अपना दावा ठोक दिया। अब तीन लोग इस भूमि के दावेदार है।
मूलतः यह ज़मीन बौद्धों की है और अयोध्या में उस स्थान पर राम मंदिर नही बनेगा....
ये आरएसएस के लोग जानते है लेकिन हमारे लोग नही जानते है।