Saturday, May 23, 2015

प्रचण्डको पैसाले त्यतातिर प्रलय

काठमाडौं । संसारभरका जति पनि कम्युनिस्ट आन्दोलन विघटन र पतन भए, पैसा, सत्ता र यौनको खेलो मुख्य कारक बनेको देखिन्छ । क्रान्तिकारी आन्दोलनबाट आएको पार्टीका केही नेताको स्वच्छन्द विलासिताले पार्टी नै छियाछिया हुने गरेको अन्तर्राष्ट्रिय नजिर हुबहु नेपालमा पनि प्रकट हुन थालेको छ । दुई वर्षअघि एमाओवादीबाट फुटेर बनेको नेकपा–माओवादीका मुख्य नेतृत्वले प्रचण्ड शैलीमा गद्धारीको बाटो समातेको भन्दै विप्लवपक्षीय कार्यकर्ता नेतृत्वविरुद्धको संघर्ष चर्काउनुपर्ने निष्कर्षमा पुगेका छन् । जनयुद्ध सुरु हुनासाथ पम्फा भुसालसँग यौनसम्बन्ध राखेर कारबाही भोगेका रामबहादुर थापा ‘बादल’ एमाओवादी फुटाउने बेला चर्को क्रान्तिकारी कुरा गर्थे । अहिले भने तिनै प्रचण्डसँग दसैँ खर्च लिएर गुजारा चलाउन थालेका छन् ।
एमाओवादी नेताका अनुसार दसैँको केही दिनअघि अब एउटै पार्टीमा हुने भइहालियो, विप्लवहरूलाई चन्दा उठाउन रोक्दा आफ्नै खर्च चलाउन गाह्रो भयो, अलिकति सहयोग गर्नुप¥यो भनेर प्रचण्डसँग रोइकराइ गरेपछि बादललाई एमाओवादीले पाँच लाख रूपैयाँ दिएको छ । पेन्सनप्राप्त लाहुरेको जस्तो दिउँसो सुत्ने र राति उठ्ने बेलामा नियमित मापसे गर्ने गरेका बादलकै बहुलट्ठीका कारण तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवालसँग लफडा भएको र त्यसले माओवादीलाई घाटा पुगेको प्रचण्डले पटक–पटक बताउँदै आएका छन् । प्रचण्डलाई कुनै बेला दिनको तीनचोटि गद्दार र दलाल भनेर गाली गर्ने गरेका उनी अहिले तिनै गद्धार भनिएका प्रचण्डसँग पैसा लिएर जीविका चलाउन थालेका छन् । प्रचण्डसँग मिलेर चितवनको सहिद स्मृति भवन र जग्गा बेच्न खोजेपछि ताम्सालिङका नेता–कार्यकर्ताले त्यसको भण्डाफोर गरेलगत्तै बादलले भण्डाफोरको नेतृत्व गर्ने अनिल शर्मा विरहीमाथि कारबाहीको एकल वक्तव्य जारी गरेका थिए । एमाओवादीको चुनावी ऋण तीन करोड तिर्ने र बाँकी बादलले लिने सहमतिबमोजिम मिलेर उक्त जमिन बेच्ने सहमति भएको एक एमाओवादी नेताले जानकारी दिएका छन् ।
विरहीमाथिको कारबाहीलाई विप्लव पक्षले खारेज गरेपछि उत्तेजित भएका बादलले असोज ९–१२ सम्म चलेको पोलिटब्युरो बैठकमा विरहीमाथि गरिएको कारबाही विवरण पढेर अनुमोदनका लागि अनुरोध गरेका थिए । विप्लवले आफूहरू कारबाही स्विकार्न तयार नरहेको र बहुमतका आधारमा कारबाहीको निर्णय गरेर जान चुनौती दिएका थिए । विप्लवको चुनौतीपछि बादलले बहुमतका आधारमा विरहीमाथि कारबाहीको निर्णय गराउन सकेनन् । महासचिव आफैँले गरेको कारबाही बैठकबाट अनुमोदन गराउन नसकेपछि उनले राजीनामा दिनुपर्ने विप्लव पक्षले माग गरेको छ । संविधानसभा निर्वाचन बहिष्कारका बेला पार्टी नीतिविपरीत चुनावमा मतदान गर्न विज्ञप्ति जारी गर्ने सूर्य सुवेदी पथिकलाई बादलले नै बचाउ गरेका थिए । कमलादी महाधिवेशनका बेला पम्फाले २५ लाख चन्दा हिनामिना गरेको र देव गुरुङले पनि गाडी किन्न २५ लाख रकम लगेको भन्दै केन्द्रीय समिति बैठकमा गुरुङको जोडी नै अघिल्लो संविधानसभा सदस्य भएर आएको पैसा कहाँ गयो भनेर प्रश्न उठेपछि बादलपक्ष मौन भएको थियो । प्रचण्डबाट पैसा लिएकोबारे बैठकमा कुरा उठ्दासमेत बादल टाउको निहु¥याएर मौन बसेका थिए ।
असोजको पोलिट्ब्युरो बैठकमा गुणराज लोहनी, ऋषिराज बराल, अनिल शर्मा विरही, ओमप्रकाश पुन, सुदर्शन मंगोल, मौसमलगायत नौ नेता–कार्यकर्तालाई कारबाहीको प्रस्ताव गरिएपछि विप्लवले पोलिटब्युरोले के निर्णय गर्ने हो गरे हुन्छ, तत्काल केन्द्रीय समिति बैठक बोलाइयोस् भनेर बैठकबाट बाहिरिएका थिए । एक वर्षभित्र महाधिवेशन गर्ने भनिए पनि बादलले त्यसमा बखेडा झिकेपछि महाधिवेशनको मिति तय हुन सकेको छैन । किरण र विप्लवले महाधिवेशनमा जाऔँ, त्यहाँ जसको बहुमत हुन्छ उसैको विचार बोकेर जनतामा जाऔँ भनेपछि बादलले सिद्धान्तमा अल्पमत÷बहुमत मानिन्न भनेर महाधिवेशनको मिति घोषणा गर्न अवरोध गरेका थिए । विप्लवले ०४८ सालमा पनि अल्पमत÷बहुमतकै आधारमा विचारको निक्र्याेल भएको बताएपछि नाजवाफ भएका बादल महाधिवेशन गरेर विप्लवको विचार मान्नुभन्दा एकता गरेर एमाओवादीमा जान इच्छुक देखिएपछि विवाद उत्कर्षमा जान थालेको उनी पक्षकै नेताहरूले बताएका छन् ।
माओवादी अध्यक्ष किरणले विद्यार्थीका उपाध्यक्ष पूर्ण सिंहलाई दुई लाख उठाएकोबारे निवासमै बोलाएर स्पष्टीकरण सोधेका थिए । किन उठाएको पैसा भनेर किरणले सोधेपछि, संगठन चलाउन तपाईंले पैसा नदिएपछि पैसा नउठाएर के गर्ने भन्दै उल्टै प्रश्न गरेका थिए । त्यसपछि किरणले सोधे–पैसा कहाँ गयो ? सिंहले पैसा पार्टीलाई दिएको बताएपछि किरणले उत्तेजित भएर ‘म पार्टीको अध्यक्ष, मै हो पार्टी भन्या, खोइ पैसा भनेर सोधेपछि सिंहले पार्टीमा तपार्इं मात्रै हुनुहुन्न, पार्टी तपार्इंको मात्रै होइन, विप्लव दाइलाई दिएको छु भनेर निस्किएको किरणनिकट स्रोतले बतायो ।

http://janaaasthanews.com.np  बाट साभार 

जनयुद्ध थाल्न माओवादीलाई दबाब, प्रचण्ड र बाबुरामलाई गद्धार घोषणा गर्न माग

पुस २७ – नेकपा माओवादीको सातौँ महाधिवेशनको समूहगत छलफलमा सहभागी प्रतिनिधि तथा पर्यवेक्षकहरुले प्रचण्ड र बाबुरामलाई दस्तावेजमै गद्धार र नोकरशाही घोषणा गर्न माग गरेका छन् । 

छलफलमा सहभागी उनीहरुले क्रान्तिलाई धोका दिएकाले प्रचण्ड र बाबुरामहरुलाई नव संशोधनवादी भनेर मात्रै नपुग्ने भन्दै दस्तावेजप्रति गम्भीर असन्तुष्टि पैदा गरेका छन् ।

छलफलका सहभागीहरुले प्रतिवेदनमाथि धारणा गर्दै सहभागीहरूले तत्काल पार्टी जनयुद्धमा जानुपर्ने, जनयुद्धको जगमा जनविद्रोहको तयारीमा पार्टी लाग्नुपर्ने पनि सुझाव दिएका छन् ।


राजधानीमा जारी नेकपा–माओवादीको ७ औँ महाधिवेशन अन्तर्गत आज समूहगत छलफल सकिएको हो ।
सो समुहगत छलफलका सहभागीहरुले जनताका अधिकार स्थापनाका लागि पार्टीले क्रान्तिकारी कार्यदिशा पास गर्नुपर्नेमा बढी जोड दिएका हुन् ।

बन्दसत्रमा हिजो अध्यक्ष मोहन वैद्यले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव र सचिव देवप्रसाद गुरुङले प्रस्तुत गरेको विधान प्रतिवेदनमाथि भएको समूहगत छलफल आज सकिएको छ ।

प्रतिवेदनमाथि छलफलका लागि हिजोको बन्दसत्रमा २१ वटा समूह बनाइएको थियो । ती २१ समूहका सदस्यले आफ्नो समूहमा आ–आफ्नो धारणा राख्ने क्रम आज सकिएको हो ।

छलफलको क्रममा आएका सुझाव र धारणाहरू समेटेर २१ वटा समूहका प्रमुखहरूले भोलिको बन्दसत्रमा आफ्नो समूहको संश्लेषित भनाइ राख्ने माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

पुस २५ गतेदेखि सुरु भएको महाधिवेशन पुस २९ गतेसम्म चल्नेछ । महाधिवेशनले पार्टीको कार्यदिशाका साथै नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

http://www.hellokhabar.com बाट साभार 

पेरिसडाँडामा प्रचण्ड र बाबुरामसँग कसरी कड्किए नारायणकाजी ?

एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूमाथि पार्टीभित्रैबाट जनयुद्ध नलडेको र आन्दोनलबाट भागेको भन्नेजस्ता आरोप लगाइएको भन्दै आपत्ति जनाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको केन्द्रीय समिति बैठकमा उनले पार्टीका नेता कार्यकर्तालाई जनयुद्ध लडेको र नलडेको कित्तामा वर्गीकरण नगर्न आग्रह गरे ।
पुष्पलाललाई गद्धार र निर्मल लामालाई सिआईडी देख्ने पूर्वाग्रही आँखाले आफूलाई पनि जनयुद्धबाट भागेको देखेको टिप्पणी उनको थियो ।

NARAYAN-KAJI-2
आफू एकता केन्द्र–मसालमै छँदा एकाथरिले प्रचण्डलाई दरबारिया र अर्काथरिले बाबुरामलाई भारतीय दलाल भनेको चर्चा गर्दै त्यही प्रवृत्तिले आफूमाथि जनयुद्धबाट भागेको आरोप लगाएको उल्लेख गरे ।
‘हिजो पुष्पलाललाई गद्धार, निर्मल लामालाई सआईडी, प्रचण्डलाई दरबारिया र बाबुरामलाई भारतीय एजेण्ट देख्नेहरुले आज मलाई जनयुद्धविरोधी देखेका छन्’, उनले भने, ‘यो कम्युनिष्ट आन्दोलनको खराब स्कुलिङको प्रभाव हो, यसलाई नसच्याउने हो भने हामी अगाडि बढ्न सकिँदैन ।’
श्रेष्ठले नेतृत्व हस्तान्तराण सम्बन्धमा प्रचण्ड–बाबुरामबीच भएको भनिएको सहमतिप्रति चर्को विरोध जनाए । महाधिवेशनमा विचार र कार्यदिशाको बहस हुनुपर्नेमा लेनदेनको थलो बनाएको भन्दै आपत्ति जनाए । उनले विचार र नेतृत्वमा पहिल्यै सहमति गरेपछि महाधिवेशन गर्नुको औचित्य नहुने बताए ।
‘प्रचण्डले नेतृत्व छाड्ने र बाबुरामले लिने भएपछि छोड्नेलाई छोड्नै हुँदैना र र लिनेलाई लिनै हुन्न म भन्दिन’, श्रेष्ठले भने, ‘यसले महाधिवेशनमा विचारको संश्लेषण गने कामलाई कमजोर पारेको छ ।’
उनले नेतृत्व निर्माण गर्ने काम समग्र पार्टी कार्यकर्ताको भए पनि एक दुईजना व्यक्तिको लेनदेनको विषय बनाइएको भन्दै असन्तुष्टि जनाए । यस्तो कार्यशैलीले नेतृत्व प्रणालीबारेको वैचारिक विकास नै कमजोर पार्ने उनको भनाइ थियो ।
श्रेष्ठले अध्यक्ष प्रचण्ड, नेता भट्टराई र आफूबीच पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा सहमति भए पनि विश्वासको संकट रहेको खुलासा गरे ।
‘हामी पार्टीलाई एकताबद्ध गरेर जाने कुरामा सहमत छौं’, श्रेष्ठले भने, ‘तर हामी तीनजना बीचमा विश्वासको संकटछ, एक अर्काले आफूलाई उपयोग गरिरहेको छ कि भन्ने आशंका छ ।’
श्रेष्ठले आगामी महाधिवेशनले विश्व परिस्थितिमा आएको फेरबदलको वस्तुनिष्ठ विश्लेषण गरी प्रतिक्रान्ति रोक्न सक्ने गरी माक्र्सवादको विकासका लागि २१ औं शताब्दीकोे कम्युनिष्ट घोषणपत्र तयार पार्नुपर्नेमा जोड दिए । त्यसका लागि अहिल्यैदेखि काम थाल्नुपर्ने उनको भनाइ थियो ।
श्रेष्ठले विगतमा पार्टीमा वैचारिक र व्यवहारिक रुपमा स्खलन आएको नष्कर्षसहित रुपान्तरण अभियान थाल्ने निर्णय भए पनि कार्यान्वयन नभएको गुनासो गरे ।
पार्टीको वर्ग दृष्टिकोण भुत्ते भएको, वर्ग निष्ठा कमजोर भएको र वर्ग चरित्रमा स्खलन आएको चर्चा गर्दै उनले तलदेखि ठूलै वैचारिक, राजनीतक र सांस्कृतिक आन्दोलनबिना पार्टीलाई रुपान्तरण गरेर क्रान्तिकारी बनाउन नसकिने श्रेष्ठको ठम्याई छ ।
‘पार्टीभित्र बढेको भ्रष्टीकरण र प्रदूषण नसच्याई क्रान्तिकारी संश्लेषण गर्न सकिंदैन’, उनले भने, ‘भ्रष्ट पार्टीको नेतृत्वमा जो आए पनि केही फरक पर्दैन ।’
http://itaharionline.com बाट साभार 

डाक्टर भट्टराई भारतीय राजदुत, प्रचण्ड क्रान्तिका गद्धार?

डाक्टर भट्टराई भारतीय राजदुत, प्रचण्ड क्रान्तिका गद्धार भएको आरोप एकिकृत नेकपा माओबादी बैद्य पक्षका नेताहरुले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेपालका लागि भारतीय राजदुत र अध्यक्ष प्रचण्ड क्रान्तिको गद्धार भएको आरोप लगाएका छन । संयुक्त राष्ट्रिय जनआन्दोलन समिति म्याग्दीले आयोजना गरेको दिगो शान्ती र जनताको संविधानका अन्तरवस्तु विषयक अन्तरक्रियाका बाम बुद्धिजिवि ऋषीराज बरालले विप्पा जस्तो राष्ट्रघाति सम्भौता गर्ने भट्टराई र उनलाई सर्मथन गर्ने प्रचण्ड नेपाली नेता नभएको समेत बताएका छन । “जनयुद्धका बेलामा पनि भारत संग सहकार्य गर्दा फाईदा हुन्छ भन्दै हामीलाई फकाउनुहुन्थ्यो” उनले भने,“उनको छातीमा नेपाली होईन तिरङ्गा भण्डा छ । माओबादीका केन्द्रिय सदस्य बाबुराम नेपालीले जनताको भावना विपरित लागेकाले प्रचण्ड र बाबुराम कान्तिका गद्धार सावित हुन लागेको बताएका थिए । त्यस्तै कार्यक्रममा सहभागि अन्य दलका नेताहरुले बैद्य पक्षले शान्ति र संविधानलाई विफल बनाउन लागि परेको आरोप लगाएका थिए । “ जनविद्रोहको औचित्य समाप्त भएको भन्दै माओबादीको अधिनायकबादले संक्रमणकालित अवस्थालाई लम्बाईरहेको छ” नेपाली कांग्रेसका सभापति रेशमबहादुर बानियाँले भने । अन्तरक्रिया कार्यक्रममा सहभागिले लोकतान्त्रिक संविधानको विकल्प नभएको बताएका थिए । कार्यक्रममा नेकपा एमालेका सचिव खुमबहादुर बानियाँ, नेकपा एकिकृतका शिवकुमार श्रेष्ठ लगायतले सहमित र सहकार्यबाट माओबादीको बैद्य पक्ष विचलित हुन लागेको आरोप लगाएका थिए ।
http://myagdikali.com  बाट साभार 

Thursday, May 21, 2015

प्रचण्ड रोडबाट खसिसकेको गाडी हो क्या ! - मात्रिका यादव

प्रचण्ड रोडबाट खसिसकेको गाडी हो क्या !

मात्रिका यादवको नजरमा सिके राउत र विप्लव उस्तै
राजकुमार श्रेष्ठ
५ चैत, काठमाडौं । विभाजित माओवादीवीच एकताको कुरो चलिरहेका बेला एउटा समूहका नेता मात्रिका यादवचाँहि अलि फरकरुपमा प्रस्तुत भइरहेका छन् । माओवादी पार्टीहरु मिल्नुपर्छ भन्दा यादवले किन प्रचण्डसँग एकता गर्नेबारे अरुची प्रकट गरेका होलान ? यसबारे जिज्ञासा राख्दा उनले प्रचण्डलाई ‘रोडबाट खसिसकेको गाडी’को उपमा दिए ।
नेकपा (माओवादी) का संयोजक यादवले वैद्य र विप्लवको समेत आलोचना गरे । तर, आफू नि ? तपाईचाँहि ठीक हुनुहुन्छ त ? जवाफमा उनले भने- ‘तपाईले गडबड गर्नु भो भनेर कसैले भनोस् न त मलाई ।’
from matrika yadav's view_650

जनयुद्धकालका प्रचण्ड साँचै बिग्रिएका हुन् र ? तपाईले एकताका लागि प्रचण्डमा रुपान्तरण हुनुपर्छ भनिरहनुभएको छ नि ?

– लाइनमै समस्या हो । उहाँ सम्झौतापरस्त हुनुभएको छ । उहाँले नै मार्क्र्स, एङ्गेल्सलाई पढेर हामीलाई अरुका बारेमा भन्नुहुन्थ्यो कि ती सम्झौतावादी हुन् ।
आवश्यकता अनुसार शक्ति सञ्चय गर्न, कुनैबेला आन्दोलनलाई यताउता गर्न सम्झौता गर्न हुन्छ । तर, सम्झौतावादी हुनुहुँदैन । आधारभूत चिज छोड्नुहुन्न । सामान्य चिजमा लचिलो हुन सकिन्छ तर, लक्ष्यप्रतिको दृढता हुनुपर्छ । उहाँले त लक्ष्य नै छोडिदिनु भो ।
३० दलीय क्रेनले त उहाँलाई झन डुबाइदिन्छ । किनभने त्यहाँ थुप्रै उहाँ जस्ता ड्राइभरहरु छन् क्या । उहाँभन्दा गएगुज्रिएका ड्राइभरहरु पनि छन्
– शान्ति प्रक्रियामा आएपछि पुरै सम्झौतावादी हुनुभयो । अहिले मलाई फिलिङ के भइरहेको छ भने उहाँ सम्झौतावादीबाट थोरै संघर्षतिर आउनुभएको छ । पुरै संघर्ष भइदिए त राम्रो हुन्थ्यो । तर, कुनैबेला के हुन्छ भने संघर्षलाई चटक्कै छोडिदिनुहुन्छ र सम्झौतामा जानुहुन्छ ।
हाम्रो भनाइ के छ भने प्रचण्ड कमरेडले संघर्षलाई प्रधान र सम्झौतालाई सहायक बनाउनुपर्छ ।
प्रचण्डमा साँच्चै आएको रुपान्तरण हो कि दोस्रो संविधानसभाको चुनावछि कांग्रेस र एमालेले पेलेर उहाँ क्रान्तिकारी देखिनुभएको हो ?
– मलाई लाग्छ उहाँहरु (कांग्रेस एमाले) ले पेलेर हो । मलाई लाग्छ, प्रचण्ड आकाशमा उडिरहनुभएको थियो । जब पछारिनु भो, अनि उहाँमा चेत आयो ।
चेत आएको चाहिँ हो ?
– चेत नआएको भए त यो अहिलेको क्रियाकलापमा उन्मुख हुँदैन्थ्यो । उहाँ अरुलाई डिजुरे शासक, आफूलाई डिफ्क्टो भन्ने सोच्नुहुन्थ्यो । म नै हुँ शासन, यो देश मेरै हातमा छ, यो देश मैले नै चलाइरहेको छु भन्ने सोच्नुहुन्थ्यो । कहिले काँही बोल्नु पनि भयो । तर, वर्गीय पक्षधरतामा मिस गर्‍यो भने चिज बिग्रँदो रहेछ । मालेमावादको वर्ग संघर्ष मुख्य कडी हो र त्यसले नै तपाई कतातिर जाने भनेर गाइड गर्छ ।
बाटो हिंसात्मक हुन सक्छ, शान्तिपूर्ण हुन सक्छ । घुम्ती हुन सक्छ । तर, वर्गसंघर्ष केन्द्रमा हुनुपर्छ । अनि न हाम्रो वर्गको अवस्था, दुश्मनको अवस्था, सबै चिजको हिसाब हुन्छ । वर्गसंघर्ष छोडेपछि दिशा नै देखिँदैन । उहाँले पनि प्रष्ट दिशा छोडेर वर्ग समन्वयतिर जानु भो । त्यसले शासक वर्गलाई फाइदा हुन्छ ।
अहिले प्रचण्डले हामी बिग्र यौं भनेर रियलाइजेशन गरेको जस्तो लाग्दैन तपाईलाई ?
matrika yadav
– थोरै रियलाइजेशन भएको छ । तर, यति बिग्रिनु भयो नि, एकैचोटि उताबाट आउन गाह्रो हुन्छ । एउटा के हुन्छ भने रोडमा भएको गाडी बिग्रियो भने एउटा मिस्त्री ल्याएर चलाउन सक्नुहुन्छ । अलिकति साइडमा गएको पनि ठेलठाल पारेर ल्याउन सक्नुहुन्छ । तर, रोडबाट खसिसकेको गाडीलाई त क्रेनस्रेन सबै लगाउनुपर्छ । उहाँ रोडबाट खसिसकेको गाडी हो क्या ।
भनेपछि उहाँलाई बाटोमा निकाल्न क्रेन नै चाहिन्छ ?
– क्रेन लगाउन गाह्रो परिसकेको छ । उहाँले आफैं लगेर गाडी खसाउनुभएको छ । खसिसकेपछि म ड्राइभर छु आफैं निकाल्छु भनेर सम्भव हुन्छ र ? क्रेन नै चाहिन्छ ।
अब ३० दलको क्रेनले निकाल्छ होला नि त प्रचण्डको गाडी
– ३० दलीय क्रेनले काम गर्दैन । ३० दलीय क्रेनले त उहाँलाई झन डुबाइदिन्छ ।
तर, प्रचण्ड त ३० दलको आन्दोलनमै आफ्नो सफलता देखिरहनुभएको छ त ?
– ३० दलको भरमा मात्र जान सक्नुहुन्न । किनभने त्यहाँ थुप्रै उहाँ जस्ता ड्राइभरहरु छन् क्या । उहाँभन्दा गएगुज्रिएका ड्राइभरहरु पनि छन् । ‘खलाँसी’भन्दा पनि लजाउनुपर्नेहरु छन् ।
एउटा कुरा लेखिदिनु होला, दुईवटा व्यक्ति चर्चित छन् । मधेसमा सीके राउत र माओवादी आन्दोलनमा विप्लव कमरेड । उहाँ कसैसँग छलफल गर्नुहुन्न ।
अनि तपाईले त्यस्तो ३० दलको आन्दोलनलाई किन समर्थन गरेको त ?
– तपाईलाई थाहा होला, हामीले त्योबेलामा बनाएका कार्यपत्रहरु फरक छन् । समर्थन त थोरै भए पनि जनताको पक्षमा आवाज उठाएकाले समर्थन गर्नु पर्‍यो ।
संकट रहेछ है ? थाहा पनि छ, प्रचण्ड काम लाग्ने ड्राइभर होइनन् । तर, उनैलाई समर्थन पनि गर्नुपर्ने किन ?
– जनताको पक्षमा बोल्नेलाई त समर्थन गर्ने हाम्रो प्रतिवद्धता नै हो । नेपालमा मात्र होइन, संसारको कुनै पनि ठाउँमा जनताको पक्षमा लडाइँ हुन्छ भने हामी त्यसको समर्थन गर्छौं ।
त्यसोभए त भोलि जनताबाट तिरस्कृत र भ्रष्टहरु जसले पनि यसो जनताको पक्षमा कुरा गर्‍यो भने समर्थन गर्नुहुन्छ ?
– त्यसको हामी गर्दैनौं । कांग्रेस र एमालेले गरेको कहाँ हामीले समर्थन गरेको छैन ।
अब सडकबाट खसेको प्रचण्डरुपी गाडीलाई सडकमा झिक्ने क्रेन बैद्य र मात्रिका यादव हुन् कि विप्लव ?
– विप्लवजी त खसेको निकाल्नेतिर हुनुहुन्न । अर्को गाडी बनाउने भन्दै हुनुहुन्छ । बनाउन सक्नुभयो भने त राम्रै हो । तर, पाटपूर्जा भने पल्टिएकै गाडीको लिएर जानुभएको छ । कस्तोमा फिट गर्नुहुन्छ हेर्न बाँकी छ ।
अहिलेको अवस्थामा विप्लव के हुन् ?
– मलाई धेरै थाहा छैन । किनभने एउटा कुरा लेखिदिनु होला, दुईवटा व्यक्ति चर्चित छन् । मधेसमा सीके राउत र माओवादी आन्दोलनमा विप्लव कमरेड ।
उहाँ कसैसँग छलफल गर्नुहुन्न । मार्क्र्सवादले के सिकाउँछ भने प्रधान दुश्मनविरुद्ध लड्न भएभरको मित्रलाई चिन्नुपर्छ र एकजुट गर्नुपर्छ र आवश्यक पर्‍यो भने सहायक दुश्मनसँग पनि मोर्चा बनाउनुपर्छ । मलाई कहिलेकाँही लाग्छ, हामी नै प्रधान दुश्मन हो कि ? त्यस्तै सीके राउत कुनै मधेसी पार्टीका नेताहरुसँग कुरा गर्दैनन् ।
आन्दोलनमा के हुन्छ भने अंशमा मात्र रमाउनु संशोधनवादी हो । अंश छाडेर पूर्णमा रमाउनु उग्रवादी हो ।
अहिले उहाँहरुको अवस्था त्यही हो ?
– उहाँहरुको के हो, उहाँहरुसँग सोध्नुहोला । तर, अंशबाट पूर्ण बन्छ र पूर्णभित्र अंश हुन्छ । मात्र र गुणलाई छुट्याउन मिल्दैन । त्यसले गर्दा उग्रहरुले अंशलाई हेर्दै हेर्दैनन् ।
विप्लव बैद्यबाट फुटेपछि एकजना नेत्री जयपुरी घर्तीले अब बैद्य माओवादी सकिन्छ भन्नुभएको छ । तपाईले बैद्यलाई अझै आदर्श व्यक्ति नै मान्नुहुन्छ । साँच्चै अवस्था त्यस्तै हो ?
– वैद्यजी आदर्श व्यक्ति हो । उहाँको लोभलालच छैन । मलाई माया पनि गर्नुहुन्छ । म पनि आदर गर्छु । तर, लाइनको हिसाबले कहिल्यै पनि मानेको छैन । मैले महाधिवेशनमै गएर भनेको हुँ । त्यही भएर होला, मलाई देख्नासाथ अलि पर हुनुहुन्छ ।
व्यक्तिगत रुपमा नि ?
– इतिहासमा के देखिन्छ भने मनमोहन अधिकारी पनि सादगी नै थिए । लप्पन छप्पन देखिएन । आर्थिक रुपमा पनि अहिलेसम्म त्यस्तो सुनेको छैन । तर, लाइनको हिसावले त खतम थियो । राजतन्त्रलाई स्वीकार गरेर पार्टीलाई खुला गराए । जहिले पनि दक्षिणपन्थी बाटोमा लगे । कमरेड निर्मल लामा पनि त्यागी नेता नै हो । झन स्पष्ट मान्छे हुनुहुन्थ्यो तर, लाइन थिएन ।
कमरेड किरणमा पनि त्यो त्याग छ । तर, लाइन नभएपछि गाह्रो हुन्छ । लाइन छैन । अकमन्र्यतामा फसेको छ । अहिले पनि हेर्नुस् न उहाँ भन्नुहुन्छ राष्ट्रिय राजनीतिक सम्मेलन गरौं । कोसँग भन्दा सबैसँग । आखिर सबैसँग मिलेर त केही हुँदैन । वर्गसंघर्षलाई छोड्ने न हो त्यो ।
तर, विप्लव माओवादीले पनि त्यही राष्ट्रिय राजनीतिक सम्मेलनको माग नै गरिरहेको छ नि ?
– त्यो नारा के हो भने सेयर खोज्ने । सेयर पाएर पनि किरण कमरेडले त लिनुहुन्न । उहाँसँग हुनेहरुले लिन्छन् । किरण कमरेडका सेयर खाने व्यक्तिगत इच्छा होइन जस्तो लाग्छ । तर, लाइन त्यस्तो छ ।
विप्लव कमरेड त सिधै भन्नुहुन्छ सेयर चाहियो । विचित्रको छ, प्रतिक्रियावादी सत्तामा सेयर खोज्ने अनि क्रान्ति गर्छु भन्ने । मलाई विचित्र लागेको के भने नयाँ जनवादी क्रान्ति गर्छु भन्ने तर, पुरानो सत्ताको सबै सुविधा उपभोग गर्ने । नेपालमा बुझिनसक्नु छ ।
मलाई लागेका आधारभूत चिजहरु मार्क्र्सवाद, लेनिनवाद र माओवादलाई छाडेर जनताले मुक्ति पाउँदैनन् । त्यो छाडेपछि यो दुर्दशा भएको हो ।
matrika yadav_1
आफ्नो वर्गलाई छोड्नुहुँदैन भन्न खोज्नुभएको हो ?
कांग्रेसले, ओलीले हेप्यो भनेर सबैजना मिलौं न, मलाई त गोद्न थाल्यो भनेर हुँदैन । त्यसैले मैले भनेको रुपान्तरणसहितको एकता हो ।

– गुदी कुरा के हो भने सत्ता बन्दुकको बलमा टिकेको हुन्छ । बलमा टिकेको हुन्छ । जनताको बलले बिनाबन्दुक पनि पछारिदिन सक्छ । म हतियार लिएर तपाईलाई मार्न गएँ भने तपाईले म कमजोर मान्छेको हात बटारेर पछार्न सक्नुहुन्छ । त्यसैले मुख्य कुरा बल हो । बन्दुक बोक्दा पनि जनताको बल हो, आन्दोलन पनि बल हो । जसले बल प्रयोगको सिद्धान्त छोड्यो, त्यो संशोधनवादी भयो ।
तर, मान्छेहरुले तपाईलाई पनि आलोचना गर्छन् क्या । कुरा त गर्नुहुन्छ, काम गर्न सक्नु भएन…
– मार्क्र्सले आफ्ना पालामा त बनाउनुभएन । उहाँकै पालामा पेरिस कम्युन भत्कियो । के त्यसो भए मार्क्र्सवाद गलत हो ?
मैले कुन राम्रो चिज भत्काउन खोजेको छु भन्नुस् न । मैले यी पार्टीहरु संशोधनवाद, प्रतिक्रान्तिमा लागे भनेर पो भनेको हो । सही बाटोमा गएको हो, तपाईले गडबढ गर्नु भो भनेर कसैले भनोस् न त मलाई ।
अहिलेसम्म मैले गलत गरेको छु भन्ने लाग्दैन ?
– लाग्दैन । किनभने मैले उठाएको विषय पुष्टि हुँदै आएको छ । म त एक्लै निस्किएको हो । अरु साथीहरु एकै ठाउँमा हुनुहुन्थ्यो । तर, किन रिजल्ट निकाल्नुभएन ?
त्यसैले मैले भनेको रुपान्तरणसहितको एकता हो । कांग्रेसले, ओलीले हेप्यो भनेर सबैजना मिलौं न, मलाई त गोद्न थाल्यो भनेर हुँदैन । नेपाली जनता, कार्यकर्ता एकताकै पक्षमा छन् ।
हेर्नुस्, प्रज्ञा भवनमा अस्ति आएजति मान्छे ल्याउन सत्तामा भएका कांग्रेस र एमालेलाई पनि हम्मेहम्मे पर्छ । मलाई लाग्छ, उनीहरुलाई आउ भनेर बोलाएको पनि होइन ।
http://antvus.com बाट साभार 

प्रचण्ड निवास घरधनी सुमार्गीकी जेठीसासु? बहाल दिदा डेढ करोड घाटा?

प्रचण्ड हालै बसोबास गरिरहेको र मासिक एक लाख तीन हजार भाडा तिरिरहेको घरको घरमुली को हो भन्नेमा अन्योल हुनु आफैमा अचम्मको कुरो छ । प्रचण्डले एक पेज लामो बक्तब्य निकाल्न लगाएर यो बिषयलाई झन रहस्यमय बनाएका थिए  । गिरीजाप्रसाद कोइरालाले समेत "नयाँ र फराकिलो घर खोज्न अनुरोध" गरेको उल्लेख गरिएको सो बक्तब्यमा घरधनी र सो घरमा भएको सुविधाको बारेमा केही पनि उल्लेख गरिएको छैन ।

हालै नागरिक दैनिकले "पार्टी उपाध्यक्ष मोहन वैद्य निकट एक केन्द्रीय सदस्य"को हवाला दिदै सो घरकी घर धनी शिशु आर्याल प्रचण्ड निकट व्यापारी अजय सुमार्गीकी श्रीमती अस्मिताकी दिदी भएको पत्ता लागेको बताएको छ।  रिपोर्ट अनुसार, अहिले अमेरिका बसिरहेकी शिशु आर्याल वा उनको परिवारको त्यति महंगो घर किन्न सक्ने हैसियत पनि नभएको बताइएको छ ।
आफूहरू सामान्य घरमा बस्ने अनि १ लाख ३ हजार रुपैयाँ भाडामा लगाउन कसैले पनि करोडौं लगानी गर्दैन
केही महिना अघिमात्र शिशु अर्यालको नाममा पास गरिएको सो भबनको बास्तबिक घरधनी प्रचण्डनै भए पनि देखाउनको लागि मात्र  शिशु अर्याल नाममा पास गरिएको हल्ला छ । प्रचण्डले मासिक एक लाख तीन हजार भाडा तिर्ने कुरा गरे पनि सो भाडाको आय श्रोत नखुलाउनु आफैमा बिबादास्पद छ ।
prachanda_house_lazimpat
मालपोत कार्यालय को रेकर्ड अनुसार ५ करोड २० लाख रुपैयाँमा पास गरिएको भए पनि स्थानीय मानिसहरु चल्तीको भाउअनुसार सो घरको मूल्य  १५ करोड सम्म पर्न सक्ने अनुमान गर्छन ।
साधारण ब्यापारिक हिसाब 
ब्यपारी नभए पनि पैसा ब्यांकमा राख्यो भने ब्याज आउछ भन्ने त सबैलाई थाहा हुन्छ। मलाइ प्रचण्डले काठमांडू बीचको तीनरोपनी जग्गामा बनेको घरलाई रु. १,०३,००० तिरेर बसेको भन्ने कुरा आफैमा हास्यास्पद लागेको थियो  । तेसैले, त्यो घरधनीले घर किन्ने पैसा ब्यांकमा राखेको भए कति आम्दानी हुने थियो भन्ने हिसाब गर्न मनलाग्यो:
मालपोत कार्यालय को रेकर्ड न्यूनतम् र तिरिएको भन्दा धेरै नै कम हो भन्ने थाहा पाउदा पाउदै पनि यदी घरको मूल्य ५ करोड २० लाख नै भएको भए पनि:
शिशु अर्यालले सो रकम (रु. ५,२०,००,०००) नेपालका कुनै पनि ब्यांकमा (नेपाल ब्यांक वा एभरेष्ट ब्यांक, वाकुमारी ब्यांक वा लुम्बिनी ब्यांक ) मा फिक्स डिपोजिटमा राखेको भए उनले पाउने ब्याज मात्र १०%को दरले रु ५२,००,००० हुने थियो । त्यस हिसाबले, उनले मासिक रु. ४ लाख ३३ हजार चानचुन कमाइ गर्ने थिइन ।
प्रचण्डलाई भाडामा दिनुले एक बर्षको घाटा – रु. ३९ लाख ६४ हजार।
नेपाल इन्भेस्टमेन्ट ब्यांकमा राखेको भए उनले अझ बढी ब्याजदर (प्राइम रेट १०.५%) पाउने थिइन भनेबाणिज्य ब्यांक र  बंगलादेश ब्यांकमा अझै बढी ११% पाउने थिइन ।
११% ब्याज आउने ब्यांकमा राखेको भए उनलाई भएको बार्षिक घाटा – रु  ४४ लाख ८४ हजार
उनका ब्यापारी साथीका नातेदारले झन्डै ४५लाख घाटामा प्रचण्डलाई घर भाडामा दिन किन त्यो घर किने त?
स्थानीय मानिसहरुले भनेको चल्तीको भाउलाइ साँचो मान्ने हो भने त शिशु अर्यालको बार्षिक घाटा मात्रै डेढ करोड भन्दा बढी हुन्छ । (१५ करोडको ११%का दरले ब्याज मात्रै मासिक १३ लाख ५० हजार हुन आउछ)
प्रश्न उठ्छ:
  • बास्तबिक घरधनी को हो ? (प्रचण्डको बक्तब्यमा यस बारेमा केही उल्लेख छैन)
  • घरमुलीले ४५ लाख देखि डेढ करोड सम्म घाटा खाएर प्रचण्डलाई किन भाडामा राखिन ? (ब्यांकमा नराखेर लगानी गरेमा अझै बढी प्रतिफल आउन सक्छ)
  • मासिक १ लाख ३ हजार भाडा तिर्ने र साथसाथै सोही अनुरुपको जीवनयापन गर्नको लागि चाहिने रकमको लागि प्रचण्डको आय श्रोत के हो?
  • नेताले जनता प्रति उत्तरदायी भएर पहिले नै बक्तब्य निकाल्नु पर्नेमा देशी तथा बिदेशी मिडियामा हल्ला खाल्ला भए पछि मात्र बक्तब्य निकाल्नु गैर जिम्मेबारीपन भएन ?
http://xnepali.net बाट साभार 

प्रचण्ड अलपत्र क्रान्तिकारी भएका छन् -जेपी गुप्ता


प्रचण्ड क्रान्तिकारी नै हुन् । तर, परम्परागत राज्यसंयन्त्रको निरन्तरतालार्इ भंगगर्ने सवालमा भने प्रचण्ड क्रान्तिकारी हुन सकेनन् । राज्यसतालार्इ रूपान्तरित गर्नुपर्ने कार्यभार भन्दापनि त्यहां क्रान्तिकारी व्यक्तित्वको शारिरीक पहुंच नै दिग्भ्रमवश उनको लक्ष्य हुन गयो । फलतः राज्यको मूलचरित्र तथा स्वरूप परिवर्तन बारे उनमा कुनै सोच नै बनेन । यथास्थितिको पृष्ठपोषणका अन्तर्निहित मनशाय साथ थोरै समयभित्र उनको अगाडी उपस्थित राज्यसंयन्त्रका चाकडहरूको अनजान अनुहारलार्इ उनले परिवर्तनका वाहकको रूपमा देख्ने ठूलो भूल गरे।


नेपाली सेनामा लोकतान्त्रिक नियन्त्रणको प्रविधि निर्माणमा भन्दा उनको ध्यान टहलुवा जर्नेलहरूको खोजी तर्फ गयो । भारदारी कर्मचारीतन्त्रका मुखियाहरू जो थाहै नदिकन बिशेषतः एमालेबाट सुटुक्क भक्तिभाव सारेर उनको अगाडी सेवा पस्कन लम्पसार परे–सबै उनका प्रियपात्र बने । अदालतमा अनुपराज शर्मालार्इ कांग्रेसी देखेर उनले थप एकजनाको समेत पालो मिचेर निकै पहिले खिलराजलार्इ प्रधान न्यायाधिश बनाउन तम्सेका थिए । खानापूर्ति गर्न पछि उनले झन् प्रधानमंत्री (मंत्रीपरिषदको अध्यक्ष) नै बनाए ।



वेलायती औपनिवेशिक राज्यप्रणालीका हस्तिहाडको रूपमा रहेको ʼकमन ल सिष्टम ʼ वा ʼ रूल वार्इ ल ʼ अंगालेका देशहरूमा खासगरी संक्रमणकालमा वस्तुतः परिवर्तनको दिशालार्इ रोक्ने काम नै अदालत र निजामति प्रशासनले गर्दछ । यस प्रतिको निर्भरता नै तत्कालिन वर्तमानको निरन्तरता हुन्छ, जुन प्रचण्डले समेत कायम गरे । यस्तो अवस्थामा अदालतहरूले बडेबडे क्रान्तिकारीहरूलार्इ कठघरामा उभ्याउंछ । खै त ? उहिलेका जवाहरलाल नेहरूले सुभाषचन्द्र बोसलार्इ र अहिलेका नरेन्द्र मोदीले भगत सिंहलार्इ किन जनअपेक्षा अनुकूलको सम्मान दिन सकेका छैनन् ? हो, त्यही ʼकमन ल सिष्टमʼ को परिपालन गरिएको शासन प्रणालीले गर्दा हो ।



ठूला र युगान्तकारी परिवर्तनको उपलब्धिलार्इ बडो न्यायिक र लोकतन्त्रका खम्बा भनिने राज्यका अंगहरूबाट जोगाउन बडेबडे क्रान्तिकारीहरूलार्इ हम्मे परेको हुन्छ । त्यसैले होला, भारत जस्ता देशमा संविधान बनाउदांको बखतमा सर्वोच्च न्यायालयलार्इ सामाजिक क्रान्तिका अभिभावक र नागरिक अधिकार र अल्पसंख्यक हीतका संरक्षकको रूपमा स्थापित गरियो । संविधानमा नै यो संविधान सामाजिक परिवर्तनका वाहक हुनेछ भनियो ।



अहिले प्रचण्ड र थप चार माओवादी दल अदालतको सवालमा सडकमा छन् । राजनीतिमा भने प्रचण्ड अलपत्र पारिएका छन् । प्रचण्ड अलपत्र क्रान्तिकारी भएका छन् । ब्वासाहरूको हातमा संविधान लेख्ने कलम परेको छ ।


-जेपी गुप्ताको फेसबुकबाट

http://www.mirrornepal.com बाट साभार