Sunday, August 14, 2016

माओवादी केन्द्रका जिम्मेवार नेतालार्इ गंभीर याैन दुराचारकाे अाराेप


याे घटनापछि छानबिन समिति गठन, माअाेवादी केन्द्रकाे सांस्कृतिक माेर्चामा व्यापक खैलाबैला


काठमाडौं, ३० साउन: २०७३ 
gnesh 3
नेकपा माओवादीका केन्द्रीय सदस्य एव एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष गणेश भण्डारी यौन काण्डमा फसेका छन् ।
उनीसँगै महासंघका केन्द्रीय सदस्य एवं चल्तीका संगीतकार चेतन सापकोटा समेत सो काण्डमा फसेपछि माओवादी केन्द्रमा ठूलो खैलाबैला मच्चिएको छ ।
केही दिनअघि गणेश भण्डारी र सापकोटा काठमाडौंस्थित देसार थरका राप्रपाका नेतालाई माओवादी केन्द्रमा प्रवेश गराउन पार्टीको अनुमति बिना छलफल चलाइरहेका थिए ।
छलफलकै क्रममा देसार माओवादी केन्द्रमा प्रवेश गर्न राजी भए । र, उक्त खुशीयालीमा काठमाडौंको एक रेष्टुरेन्टमा भव्य जाँडपाटी पनि भयो ।
जाँडपाटी राती अबेरसम्म चलेपछि गणेश र चेतन देसारसँगै उनको घरमा गए । मध्यरातमा देसारको घरमा पुगेका भण्डारी र सापकोटालाई अतिथिकै रुपमा घरमा सम्मानपूर्वक राखे ।
जाँडले मात्तिएका भण्डारी र सापकोटा आफ्नो राजनीतिक संस्कार र मुल्यमान्यतालाई तिलाञ्जली दिदै देसारकै श्रीमती र छोरी–बुहारीमाथि जर्बजस्ती करणी गर्न प्रयास गरे ।
उक्त घटनापछि देसारकै श्रीमतीले ‘गुहार’ भनेपछि देसार के भो भन्दै श्रीमतीभएतिर आइपुग्छन् । उनी नजिक पुग्दा भण्डारी र सापकोटाले श्रीमती र बुहारीमाथि जर्बजस्ती गर्न खोजेको देख्छन् ।
त्यसपछि रिसले चुर भएका देसारले भण्डारी र सापकोटालाई निर्घात कुटेर प्रहरीसामु बुझाउन खोज्दा त्यहाँबाट उनीहरु भाग्न सफल हुन्छन् ।
यसरी पाउना पर्न गएका भण्डारी र सापकोटाले पाउना घरकै नारीहरुमाथि गिद्दे नगर लगाउनु पुग्नुको परिणाम उनीहरु अहिले अर्ध भूमिगत बस्न बाध्य भएका छन् ।
अहिले पीडित पक्ष देसार परिवारले गणेश भण्डारी र चेतन सापकोटालाई हदैसम्मको कार्वाहीको माग गर्दै माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा उजुरी दर्ता गराएका छन् ।
सोही उजुरीलाई आधार मानी प्रचण्डको ठाडो आदेशमा पार्टीका नेता विश्वभक्त दुलाल आहुती र बलराम तिमिल्सिना रहेको दुई सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
अहिले छानबिन प्रक्रिया अगाडि बढिरहेको छ । तर, आरोपित भण्डारी र सापकोटा भागिरहेको पार्टीका नेताहरु बताउछन् ।
chetan
अाराेपित चेतन सापकाेटा
यसै सिलसिलामा छानबिन समितिका संयोजक आहुतिलाई फोन हान्दा फोन सम्पर्क हुन सकेन । यता  पीडित पक्षले भने पार्टी कार्यालयको अलावा प्रहरी कार्यालयमा पनि उजुरी दर्ता गरेको सूचना प्राप्त भएको छ ।
यसै काण्डलाई लिएर सोही संगठनका उपाध्यक्ष केपी पाठकले सामाजिक संजाल फेसबुकबाट भण्डारी र सापकोटालाई लक्षित गर्दै विरोध गरेका छन् ।
उनी लेख्छन् –
‘हैट, अब त जिम्मेबार साथी भनेर घरमा लान पनि डर भो । भनौ लाजमर्दो कुरा …… सहकार्य पनि कसरी गर्नु खै …??’
kp pathak
केपी पाठकको उक्त स्टाटसमाथि सोही जनसांस्कृतिक महासंघका पूर्व संयोजक तथा पार्टी केन्द्रीय सदस्य मातृका पोखरेल यस्तो प्रतिक्रिया दिन्छन् –
‘खै पेरिसडाँडामा सांस्कृतिक मोर्चा गनायो भन्दारैछन् । कुरो चाहिँ के हो, पटक्कै थाहा छैन । मैले सोधेपछि कुरा सुनाउनु होला । पेरिसडाँडामा हाकिमहरुले बोलाका छन् । जान पनि राम्ररी खुटट लागेका छैनन् । बोलाएपछि यही पार्टीमा बसुन्जेल जानै परो ।’
matrika
त्यही घटनामा माओवादी केन्द्रका नेता बलराम तिमिल्सिना लेख्छन् –
‘छोरी र बुहारीलाई कोठामा थुनेर राखे पनि भो कि त पाइन्टको बेल्ट र चेनमा ताल्चा लाउने नियम बनाए पनि भयो पाहुनाको । जे होस थैली मुख कस्ने चोरबाट जोगिने ।’
balaram


http://janapati.com बाट साभार
======================================
के.पी. पाठकको फेसबुक वालबाट 
=======================================
हैट ! अब त जिम्मेवार साथी भनेर घरमा लान पनि डर भो , भनौ लाजमर्दो कुरा........सहकार्य पनि कसरी गर्नु खै ....??
मनपर्‍यो
Comment
टिप्पणीहरू
Khem Thapaliya जुँगा चल्यो, कुरा बुझ्यो
मातृका पोखरेल
Write a reply...
Madan Pravat के भो र केपी सर? हामी पनि पो सचेत हुनु पर्यो नि
Khem Thapaliya जुँगा चल्यो, कुरा बुझ्यो
Kp Pathak Bhupendra Khadka यो भन्दा बढी अहिले भन्न मिल्दैन गतीछाडाहरुको के कुरा गर्नु र ?
Balaram Timalsina Biplab छोरी र बुहारीलाई कोठामा थुनेर राखे पनि भो कि त पाइन्टको बेल्ट र चेनमा ताल्चा लाउने नियम बनाए पनि भयो पाहुनाको . जे होस थैलीको मुख कस्ने चोरबाट जोगिने !!
Kp Pathak balaram com. ko last ko kura ali chitta bijena. thailiko mukh kasne ani chor lai chahi swotantra chhodne ?
Khem Thapaliya हुन त यो तपार्इंहरुको अन्तरिक कुरा हो केपीजी । तर ती दुवैजनालाई आ–आफ्नो भूगोलमा पठाएर सांस्कृतिक मोर्चामा नयाँ नेतृत्व ल्याउँदा राम्रै होला ।
मातृका पोखरेल कहाँ केके भो हौ साथीहरु ? कुरो त गम्भीर छ जस्तो छ ।
Balaram Timalsina Biplab खै केपी सर के कुरा गर्छन गर्छन
मातृका पोखरेल
Write a reply...
Kp Pathak laxmi ji , chodna pani ali bhari nai parne, ali tala ka netalai nai garai parne k .
मातृका पोखरेल कहाँ केके भो हौ साथीहरु ? कुरो त गम्भीर छ जस्तो छ ।
Kp Pathak khai sir yo bhanda badhi kura ta yeha bhanna na milne hola. hami kaha aaipureko kura tapain kaha ta pakkai aayeko hola.
मातृका पोखरेल खै ! पेरिसडाँडामा साँस्कृतिक मोर्चा गनायो भन्दारैछन। कुरो चाहिँ क़े हो ? पटक्कै थाहा छैन ।मैले सोधेपछि कुरा सुनाउन होला, पेरिसडाँडामा हाकिमहरुले बोलाका छन्। जान पनि राम्ररी खुट्टा लागेका छैनन्। बोलाएपछि यही पार्टीमा बसुन्जेल जानै परो।
मातृका पोखरेल
Write a reply...
Khadaga Pandey धेरै हुनुहुन्छ छानेर मात्र लानु पर्ला सर
मातृका पोखरेल केपीजी नरिसाउनुस न ! यो साँस्कृतिक मोर्चा, साँस्कृतिक मोर्चाको भूमिकामा छैन। आजमात्र होइन । हिजो म नेतृत्वमा हुँदा मैले पनि चलाउन नसकेकै हुँ। केही साथीहरु गुण्डागर्दीकै स्तरमा ओर्लिनुभयो। तर त्यसरी गुण्डागर्दीकै स्तरमा ओर्लिने २/४ जनामात्रै हुनुहुन्थ्य...अझ धेरै हेर्नुहोस्
Bom Kagiraj Tehi fataha hoki k ho. Jo harek hesable patita ho,,,,khute namrda.
Madhukar Devkota पूर्व अनुभबी र इमान्दार मन्त्रि हरु किन दोहोरिदैनन?पालै पालो देश बर्मलूट गर्ने .................
RC Neupane कुरा गम्भीर छ । यसको छिनो फानो सांस्कृतिक मूल्य मान्यताको आधारमा गरियोस । सत्य तथ्य छानविन समितिले बाहिर ल्याउला ।त्यतिन्जेल पर्खनु पर्छ । छानबिन समितिमा बसेकाले प्रतिक्रिया जनाउने भन्दा पनि गहिरो छानबिन तर्फ लागेर यथार्थ बाहिर ल्याउन ढिला गर्न हुद...अझ धेरै हेर्नुहोस्
Madhav Dhungel के भयो ? पहिलो चोटि केही भएको हो र ? सांस्कृतिक रुपान्तरण साँच्चै हुन्छ कि क्या हो ?
Liladhar Rimal गुमाउनु पर्ने सबै गुमाए। प्राप्ती गर्ने आशाहरु लगभग लगभग मरी सके। एस्तो अवस्थामा एउटा सचेत मान्छे रमीता हेरेर बस्दैन उसले बिद्रोह गर्छ। सचेत बिद्रोहको आवस्यकता देखियो
RamBir Manandhar हिन्दीमा ,लोगका काम है कहना ,छोडो बेकार कि बातों मे कहिं बितन जाय रहना ,कुछ तो लोग कहे गे,never end?
Bom Kagiraj कति रमाइलो हो कामरेड हरू खुल्लमखुल्ला बहस छ त ।फेसबुक पेज जॅनसास्कृतिक संघ को बैठक बस्ने गोप्य स्थान हो कि के हो ।
RamBir Manandhar कु्ण्ड कुण्ड पानी मुण्ड मुण्ड बिचार ?
मातृका पोखरेल हामीले छलफल यहाँ नगरौं । छलफल गर्ने हाम्रा आफ्ना ठाउँहरु छन् । उतै गरौं है साथीहरू । यहाँ बन्द गरौं ।
RamBir Manandhar भाइ भाइ रावण र बिभिषण पनि हो ।
Bom Kagiraj हैन हो को मान्छे हो यो अरुको छोरी चेली लाई आँखा लगाउने ।कि तेही त होइन? पुरानो बानी अझै गएन छ है त्यो पात को, ,,,,,
Ananda Pun कुराे बल्ल बुझियाे के पि दाजुकाे फेसबुक कमेन्टमा धेरै गन्थन देखेर यसाे कल घुमाकाे हैट कारवाहि गर्नुपर्छ , प्रसंग सापकाेटा र भण्डारि ज्युकाे रहेछ सत्यतत्थ बाहिर अाउन जरुरि छ र पार्टिले गम्भीर रुपले साेच्चु पर्छ सायद क , अाहुति काेरियाबाट फर्केपछि निष्कर्ष अाउला अास गराेै भर नपराै त्यसै त ठुला मान्छेकाे कुरा गुपछुप पार्ने चलन छ हाम्राे पार्टिमा। धेरै नलेखु बांकि ........ जय सम्भाे!
Samrat Kusari हैट कुरो त गम्भीर छ जस्तो लाग्यो.......

..........
मातृका पोखरेल
Write a reply...
Raju Kc aafulai katha kathit krantikari vanne tara nitikta ani samajik saskar laai bewasta garnelai k vannu ta

Monday, August 8, 2016

जब चित्रबहादुर केसी उपप्रधानमन्त्रीको सपनाबाट ब्युँझिए

रोहित खतिवडा

‘सबै मन्त्री त्यस्तै छट्टुहरूले घेरिएका हुन्छन्’
































बीचमा साँघुरो प्यासेज, एकातिर भान्छासमेत भएको साँघुरो कोठा। अर्कातिर एउटा पलङ, एउटा टेबलमाथि १४ इन्चको टिभी, एउटा स्टिल दराज, ह्याङ्गरमा झुन्डिएका केही लुगा। बीचमा मिलाउन बाँकी खित्रिङमित्रिङ सामानको थुप्रो। जताततै धूलैधूलो।
अर्थात् एउटा अस्तव्यस्त कोठा। ओली सरकारका छमध्ये एक उपप्रधानमन्त्री चित्रबहादुर केसीको डेरा यही हो भन्दा पत्याउनै गाह्रो।
हरिहरभवनको मन्त्रीक्वाटरबाट शनिबार उनी पुरानै डेरा फर्किए। २०५६ सालमा सांसद भएलगत्तै उनी यो डेरमा बस्न थालेका थिए। अहिले उनकी श्रीमती, एउटी बुहारी र दुई नाति गरी पाँच जनाको परिवार यही डेरामा अटाएको छ।
भित्र पस्दै गर्दा उनले भने, 'अलि साँघुरो छ तर चलकै छ।'
'अब घर बनाएर सर्ने होला नि?'
'बनाउलान् नि छोरानातिले। बनाएछन् भने सरौंला।'
भित्र पसेपछि उनले भने, 'यो सामान मिलाउन पनि भ्याएकै छैन। उताबाट हिजो त सरेको।'
एउटा तीन जना बस्न मिल्ने अत्यन्तै साधारण बेञ्चमा खोल हालिएको थियो, हेर्दा सोफा जस्तै देखिने अलि फराकिलो बेञ्च। म त्यसैमा अलिकति ठाउँ बनाएर बसेँ। उनी खाटमा बसे।
'त्यस्तो राम्रो, सुविधासम्पन्न क्वाटर छाडेर साँघुरो डेरामा फर्किनुभो, कस्तो लागिराखेको छ?'
मेरो प्रश्न भुइँमा खस्न नपाउँदै उनले जवाफ दिए, 'कस्तो लाग्नु नि? सपनाबाट ब्युँझिएजस्तो लागिराखेको छ।'
'कस्तो सपना? के सपना?'
उनी उपप्रधानमन्त्रीका रुपमा नौ महिना देखेको सपनाजस्ता प्रसंग एकएक गर्दै बताउन थाले। नेपाली राजनीतिको सबैभन्दा माथिल्लो तहमा यो तहको विकृति छ भन्ने उनले विश्वास गरिहालेका रहेनछन्।
***
गत साल असोजको कुरा हो। संविधान जारी हुने बेला थियो। संघीयतामा जान हुन्न भन्ने अडान छाडेरै भए पनि उनी संविधान जारी गर्नुपर्छ भन्ने पक्षमा उभिए। नभन्दै संविधान जारी भयो। एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने भयो। संविधान जारी गर्ने कुरामा मत मिलेको थियो भन्दै ओलीले उनलाई फोन गरे र भेट्न बोलाए। सरकारमा सहभागी हुन आग्रह गरे।
त्यसबेला केसी मन्त्री बन्ने कुराले धेरैको ध्यान तानेको थियो। यसको मुख्य कारण थियो उनको जीवनशैली। जीवनभर वामपन्थी राजनीति गरेका उनले कहिल्यै सार्वजनिक पदको लोभ गरेनन्। ०५६ सालमा सांसद भएदेखि अहिलेसम्म यही डेरामा बसिरहेका छन्, घर बनाउनेतिर ध्यान दिएनन्। छोरानाति पढाउन छात्रवृत्ति माग्दै दूतावासका ढोका ढकढक्याएनन्। उनका दुई छोरा वैदेशिक रोजगारमा छन्। नातिनातिना विदेशी लगानी भएका विशेष स्कुलमा पढ्दैनन्। साधारण बोर्डिङमा पढ्छन्।
उनले सुविधासम्पन्न गाडीको मोह राखेनन्। ट्याम्पु यात्रामै रमाए। आमनेपालीको जीवन उनले सधैंभरि बाँचिरहे।
मन्त्री भएपछि उनी पनि 'बिग्रिएलान्' भन्ने धेरैलाई परेको थियो।
'त्यतिबेला छिमेकी मुलुकले संविधान कार्यान्वयन गर्न नदिने देखिएको थियो। नाकाबन्दी लाइदिएको थियो,' मन्त्री हुनुको कारण प्रष्ट्याउँदै उनले भने, 'त्यही भएर सरकारमा जाने निर्णय पार्टीले गर्यो। सबैले मलाई नै मन्त्री हुन आग्रह गरे।' 
'राम्रा' मन्त्रालय एमाले, तत्कालीन एमाओवादी, राप्रपा नेपाल, फोरम (लोकतान्त्रिक) लगायतका मन्त्रालयले रोजिसकेका रहेछन्। उनको भागमा पर्‍यो, सबैले उपक्षा गरेको गरिबी निवारण तथा सहकारी मन्त्रालय। केसीले नौ महिना यो मन्त्रालय सम्हाले।
मन्त्री हुनासाथ उनको वरिपरि मान्छेको भीड लाग्न थाल्यो। पहिले चिन्दा पनि मतलब नराख्ने मान्छेहरू नमस्कार टक्राउन आउन थाले। हरिहरभवनको क्वाटरमा बिहान बेलुकै भेट्न आउनेको भीडै लाग्न थाल्यो।  खास गरेर विभिन्न खालका सहकारीका सञ्चालक उनलाई भेट्न आउँथे।
कोही 'राजदूत बनाइदिन परो' भन्दै आफ्ना प्रमाणपत्र बोकेर उनलाई भेट्न पुग्थे। तिनलाई उपप्रधानमन्त्री केसीको जवाफ हुन्थ्यो,'मसँग राजदूत बनाउन सक्ने हैसियत छैन। मेरो पार्टीको भागमा राजदूत पर्दैन।'
सहकारीका नानाथरी काम लिएर आउनेलाई पनि उनी यस्तै जवाफ दिन्थे। उनको जवाफका कारण भेट्न आउनेहरू प्राय: निराश भएर फर्किन्थे। पछि भेट्न आउनेहरूको क्रम घट्दै गयो। सरकार ढल्ने बेलासम्म आइपुग्दा त क्वाटरमा परिवार मात्रै हुनथाले।
'मन्त्रीका वरिपरि त धेरै छट्टुहरू घुम्दा रहेछन्,' उनले आफ्नो भोगाइ सुनाए, 'मन्त्रीलाई उपयोग गरेर फाइदा लिने। मन्त्रीहरू त्यस्तैका घेरामा परिसकेका हुँदा रहेछन्।'
मन्त्री क्वाटरको सपना सुनाउँदा सुनाउँदै उनी सिंहदरबार पुगे। त्यहाँका कर्मचारीको कुरा गरे।
उनका अनुसार कर्मचारीहरू पनि नयाँ आउने मन्त्रीलाई पुरानो ढाँचामा ढाल्न निकै मेहनत गर्दा रहेछन्। नसकेपछि मत मिल्ने मन्त्री भएको मन्त्रालयतिर सरुवा ताक्दा रहेछन्। हुन त यस्ता कर्मचारी उनको मन्त्रालयमा पनि थिए तर उनकै शब्दमा भन्दा औंलामा गन्न मिल्ने मात्र।
धेरै कर्मचारीले उनलाई खुलेर सहयोग गरे। व्यक्तिगत फाइदमा काम गराउन सकिँदैन भनेपछि यस्ता काम लिएर आएनन्।
मन्त्री भएपछि केसीले एउटै कुरामा जोड दिए, सहकारी ऐन बनाउने। कर्मचारीको मेहनतले दुईअढाई महिनामै यसको मस्यौदा तयार भयो। संसदमा पठाइपाउँ भनेर उनले क्याबिनेटमा दाखिला गरे। क्याबिनेटले समितिमा पठायो। समितिका मन्त्रीहरूले यो विधेयक फेरि मन्त्रिपरिषदमा ल्याउनै नचाहेको दु:खेसो छ उनको।
किन ल्याएनन् त मन्त्रिपरिषदमा?
'हर्नुस् न आफैं,' कुरो बुझाउन उनले भूमिका बाँधे, 'मन्त्रीका वरिपरि को छन्? सबै मन्त्री त्यस्तै छट्टुहरूले घेरिएका हुन्छन्। तिनकै स्वार्थमा मन्त्री चल्छन्। कति मन्त्री त आफैं सहकारीका मालिक छन्।'
मन्त्री र अधिकांश सांसदले कुनै न कुनै सहकारी चलाइरहेको उनले मन्त्री भएपछि मात्रै थाहा पाए। कतिपय सहकारीका संघ बनाएर नेता हुँदै देशविदेश घुमिरहेका छन्। यस्ता व्यक्तिलाई तिनै सहकारी सञ्चालकले आफ्नो नेता बनाएका हुन् जसले सहकारीका नाममा जनता ठगिरहेका छन्।
'उनीहरू यो ऐन बन्न दिने पक्षमै छैनन्,' उनले भने।  
अर्थ समितिको बैठकमै उनलाई सांसदले धम्क्याएछन्, 'पाँच वर्ष यो ऐन ल्याउन दिन्नौं' भनेर। अनि पो उनी कम्मर कसेर ऐन बनाउन लागि परेछन्। तर दु:खको कुरा ओलीको जम्बो मन्त्रीमण्डलमा सहकारी ऐन बनाउनुपर्छ भनेर उनलाई साथ दिने एक जना मन्त्री पनि थिएनन्। चित्रबहादुर एक्लै लडिरहे। बल्ल मन्त्रिपरिषदमा छलफल भयो र संसदमा गयो। अहिले यो विधेयक संसदीय समितिमा पुगेको छ।
'समितिमा को छन् हेर्नु त!' उनी निकै निराश छन्, 'सहकारीका नाममा जनता ठग्ने सूतखोरहरू सांसद छन्। छलफल तिनले नै गर्ने हुन्।'
ऐन बन्न दिन्छन् जस्तो उनलाई लागेकै छैन। कांग्रेस-एमाले होस् कि माओवादी, धेरै सांसदले सहकारीमा लगानी गरेकै छन्। कतिपय त पाँचवटासम्म सहकारीका अध्यक्ष छन्। उनीहरू सबै यो ऐन रोक्न जोडतोडले लागेका छन् रे। अनि एक्ला चित्रबहादुरको के लागोस् र! सरकार ढलेपछि उनले हार खाएजस्तो भयो।
'अब आउने मन्त्रीले यति जोड गर्ने हुन् कि नाईं,' उनले शंका जताए।
'ऐन बनाउन किन यति जोड गर्नुभा' त?'
'सहकारीबाट ठगिएका चार-पाँच जना दिनैपिछे मन्त्रालय आइपुग्थे,' उनले सहकारीको हाल सुनाए, 'धेरै सहकारी नाममा बहुउद्धेश्यीय लेख्छन् र विशुद्ध बैकिङ कारोबार गर्छन्। बैंकले भन्दा चर्को ब्याज असुल्ने सूतखोरहरू छन् यहाँ सहकारीका नाममा।'
उनले मोटामोटी हिसाब निकालेका रहेछन्- सहकारीले दैनिक ६० जना ठगिरहेका छन् भने १५ अरब रुपैयाँ सोझा नेपाली जनताबाट ठगिसकेका छन्।
संसद र मन्त्रालयमा भएका यस्ता सहकारीका 'मालिक'ले ऐन बन्न नदिएको उनको गुनासो छ। प्रधानमन्त्री ओलीले पनि सहयोग नगरेको उनको गुनासो छ।
'उहाँले पनि मलाई सहयोग गर्नु भएन,' उनले भने, 'उहाँ पनि सूतखोरहरूको घेराबन्दीमै हुनुहुन्छ। त्यस्तै, मान्छेले घेरा हालेका छन्। दबाब थियो उहाँमाथि।'
सबैभन्दा धेरै त एमालेकै मान्छेहरू सहकारीमा भएको उनको अनुभव छ।
सहकारीमा ऐन मात्रै होइन, बैंकका मालिकले बैंकिङ ऐन बनाउने, स्कुल कलेजका मालिकले शिक्षा ऐन बनाउने, अस्पतालका मालिकले शिक्षा ऐन बनाउने 'अनौठो' चर्तिकाला उनले नजिकबाट नियालेछन्।
'कति ऐन शक्तिकेन्द्रको स्वार्थमा बन्दा रहेछन्,' क्याबिनेटमा उनले पाएको ज्ञान सुनाए, 'कति यस्तै व्यापारीको स्वार्थमा। जनपक्षीय काम त गर्नै नसकिने रैछ।'
नौ महिना मन्त्री हुँदा बल्ल उनले थाहा पाए, नेपाली राजनीति कसरी बिचौलियाको पकडमा गइसकेछ। सबका सब आफ्नो स्वार्थ पूरा गर्न मन्त्री बन्दा रहेछन्। अनि छोराछोरी, नातिनातिनालाई। त्यसपछि आफन्तका काम। अनि आसेपासे र नजिकका कार्यकर्ताको। बचेखुचेको तिनको कामबाट आमजनताले फाइदा पाउनु भाग्यकै कुरा जस्तो। 
'राष्ट्र र जनताको सेवा गर्छु भन्ने मन्त्री त औंलामा गन्न सकिन्छ। साह्रै थोरै। बाँकी त सबै जनताको पसिनामा दाइँ हाल्नेहरू हुन्।'
उनले पाएको ज्ञान अर्को पनि छ, मन्त्रीहरूका लागि कमिसन ठूलो आयस्रोत रहेछ। योजनाहरू जनताको सेवासुविधा र विकासका लागि कम तर कमिसनका लागि ज्यादा बन्दा रहेछन्।
'अस्ति अर्थ समितिमा निर्माण व्यवसायीहरूले भने नि, योजनाको २० प्रतिशत सचिव मन्त्रीलाई कमिसन दिनुपर्छ भनेर,' उदाहरणसमेत राख्दै उनले भने, 'त्यो एकदमै ठीक कुरा हो। त्यै भएर विकास नभएको हो। मैले त मन्त्री भएर देखेँ नि। नभए कहाँ यस्ता कुरा पत्याउँथेँ होला र?'
यही कुरामा जोड्दै उनलाई सोधेँ, 'एकथरि छन् नेताले देश बिगारे भन्छन्। अर्काथरि छन् कर्मचारी पो उस्ता त भन्छन्। नेता धेरै खराब कि कर्मचारी धेरै खराब?'
'हो, नेताले देश बिगार्‍या हो,' उनले भने, 'कर्मचारी त नेता ठीक भएपछि डराइहाल्छन् नि।'
उनले नेपाली राजनीतिको यो विकृत पाटो यति नजिकबाट यत्तिका वर्षको राजनीतिमा पनि राम्ररी देख्न सकेका रहेनछन्। मन्त्री बन्नुअघिसम्म उनी सरकारले यो किन गरेन, त्यो किन गरेन भनेर चर्को स्वरमा कराउन खोज्थे। अब राम्रोसँग थाहा पाएका छन्- सरकारकले जनपक्षीय काम किन गर्न सक्दैन?
'अलिअलि त थाहा थियो तर राजनीति यति विकृत भइसकेको छ जस्तो लागेको थिएन,' उनले अनुहार पूरै खुम्च्याएर भने, 'देश त व्यापारी र ठगहरूले चलाउँदा रहेछन्।'
अझै पनि यी सबै कुरा सपनामा देखेजस्तो लागिरहेको छ उनलाई ।
***
सरकार फेरिएसँगै उनी यो दुश्वप्नबाट ब्युँझिसकेका छन्।
'नौ महिना हरिहरभवनको हावा खाएर निकै फेरिनुभएछ,' मैले भनेँ, 'अनुहार पनि निकै झर्झराउँदो भएछ। अब त ट्याम्पुमा हिँड्न गाह्रो हुन्छ होला है! बानी बिग्रियो होला!'
उनले भने, 'केही पनि भएको छैन। मैले मेरो आचरणभन्दा बाहिर गएर एउटा काम पनि गरिनँ। मन्त्री क्वाटरमा बस्दा पनि यहाँ जे पाक्थ्यो त्यही खाएँ। खालि त्यो गाडीको कुरा हो, मेरो बानी बिग्रेको छैन।'
सायद उनी 'चित्रबहादुर बिग्रिएला' भन्नेहरूलाई जवाफ दिइरहेका थिए।
अब उनी यही घट्टेकुलोको साँघुरो डेरामा बस्छन्। ट्याम्पु चढेर कार्यक्रमस्थल, संसद भवन र पार्टी कार्यालय जान्छन्। उनीसँग खास योजना केही छैन।
म निस्किनै लागेको थिएँ। उनको घरबेटीको कुकुर जोडजोडले भुकिरहेको थियो। उनले मलाई फेरि माथि बोलाए। म झरिसकेका तीन सिँढी उक्लिएँ र उनको अगाडि उभिएँ।
उनले भने, 'यो कुरा दोहोर्याएर लेखिदिनु है, जनताको चेतनास्तर माथि नउठेसम्म देश यिनैले चलाउँछन्।'
मैले डायरीमा नोट गरेँ। उनले अझै थपे, 'यी सबै जनताले नै जिताएका मानिस हुन्। पैसा लिएर गएपछि, दुईचार तुन्द्रेमुन्द्रे अगाडि लाएपछि जसले पनि जित्छ। एकपटक आएर बदमासी गरेको सांसदले फेरि जित्छ। जनतामा चेतना नआएसम्म यस्तै हो।'

प्रकाशित मिति: आइतबार, साउन २३, २०७३ २२:२८:४७




http://setopati.com बाट साभार 

सरकारबाट हटेपछि चित्रबहादुरको प्रतिक्रियाः ‘पिँजडाबाट उम्केको चरी जस्तै अनुभव गर्दैछु’

सत्ताको रस चुस्न पल्केका मन्त्रीहरुको गलत निर्णय देखेर लज्जित छु’
चित्रबहादुर केसी
सुशील पन्त


काठमाडौं, २३ साउन- राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं निवर्तमान उपप्रधानमन्त्री चित्रबहादुर केसीले सरकारबाट बाहिर बस्दा आफूलाई हाईसञ्चो भएको प्रतिक्रिया दिएका छन् ।



सरकारको मन्त्रीहरूका नाजायज निर्णयको साक्षी बस्दा आफूलाई पीडाबोध भएको उनले बताए । ‘म देशको माटो जोगाउन मात्र मन्त्री परिषद्मा गएको थिएँ । म एक्लैले कति गर्न सकें, त्यसको लेखाजोखा गरौंला । तर मन्त्रिपरिषद्का सदस्यहरुका घृणीत काम देखेर मन्त्री पदप्रति नै वितृष्णा जागेर आयो, उनीहरुका क्रियाकलापले म वास्तवमा लज्जित छु,’ केसीले लोकान्तरसँग भने ।

बर्षौं देखि सत्ताको रस चुस्न पल्केका व्यक्तिहरूको स्वार्थपूर्ण निर्णयको साक्षी बस्नुपर्दा आफूलाई अहिले पनि पीडाबोध भइरहेको उनले बताए । उपप्रधानमन्त्री हुँदा राज्यकोषको कसरी लुट हुँदो रहेछ भनेर आफूले धेरै थोक देखेको तर त्यसको वेलीविस्तार लगाउन समय लाग्ने उनले बताए ।

‘मन्त्रीपदबाट हटेपछि अहिले मलाई हलुका र शीतल भइरहेको छ । कम्तीमा अनियमित काम गरेको देख्नु परेको छैन,’ केसीले सुनाए ।

‘टेम्पोमा फर्किएँ’
भर्खरै राजनीतिमा आएका ‘नवप्रवेशी’हरु महंगा गाडी चढे पनि पटक –पटक सांसद र पहिलो पटक उपप्रधानमन्त्री बनेका केसी पुनः टेम्पो चढ्न थालेका छन ।

‘मन्त्रीको गाडि भन्दा जनतासंग टेम्पोमा हिंडदा आनन्द महसुश भयो,’ केसीले भने, टेम्पोमा चढ्दा फोटो खिच्ने र अन्तर्वार्ता लिनेको भीड लाग्यो ।’ अब गाडि किन्ने होला नि ? भन्ने लोकान्तरको सवालमा केसीले भने, ‘के को पैसाले किन्ने ? म सरकारमा लूट्न गएको थिएँ र गाडी किन्नलाई ?’

उनले आफूलाई विलासी गाडि चढ्ने कुनै शोख नभएको बताए । पुल्चोकस्थित मन्त्री क्वाटर छोडे लगत्तै केसी घट्टेकुलोस्थित पुरानै डेरामा फर्किएका छन् ।

‘नौ महिना देखि भाडा तिरेर राखेको थिएँ, मलाइ कोठा नै प्यारो’ उनले भने, ‘गलत निर्णयमा हस्ताक्षर गरेको भए घर आउँथ्यो होला, जुन मेरा लागि आत्महत्या सरह हुन्थ्यो ।’

ओली साहशी प्रधानमन्त्री
नेता केसीले निवर्तमान प्रधानमन्त्री ओली साहशी भएकै कारण चीनसँंग पारवहन सम्झौता सम्भव भएको बताए ।

‘प्रधानमन्त्रीमा केही गरौं भन्ने सोच थियो, तर एमाले भित्रबाटै उनलाई (ओलीलाई) असहयोग भयो,’ केसीले भने, ‘कहिले अब बाँध फेर्ने बेला भयो भनेर झलनाथले भने, कहिले माधव नेपाल बोले, ओलीविरुद्ध एमालेमा औडाहा थियो ।’

नेता केसीले आफू सरकारमा रहुन्जेल प्रधानमन्त्री ओलीसँग सौहार्दपूर्ण सम्बन्ध रहेको बताए ।

‘सायद प्रधानमन्त्री ओलीजीलाई पनि मजस्तो निश्वार्थी नेताको आड भरोसा चाहिएको थियो । त्यसैले मैले संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्दा पनि उहाँले केही भन्नु भएन ।’ नेता केसीले भविष्यमा आफू मन्त्री नबन्ने बताए ।

‘पार्टी सरकारमा जाने समयमा पनि मैले सरकारमा जान्न भनेको थिएँ, तर साथीहरुले म नगए निर्णयमा पुनर्विचार हुन्छ भनेपछि गएको थिएँ,’ केसीले लोकान्तरसंग भने, मन्त्री पदसँग मोह भंग भएको छ । अब मलाई मन्त्री बन्नु छैन ।’

आइतवार २३ साउन २०७३ मा प्रकाशित
http://lokaantar.com बाट साभार 

Tuesday, August 2, 2016

नेपाली लेखक संघ : चोरलाई चौतारो - – वसन्तप्रकाश उपाध्याय




मध्य वैशाखमा चुनिएका नेपाली लेखक संघका अध्यक्षले साउन नलाग्दै आफ्नो तीन वर्षे कार्यकाललाई राजीनामा मार्फत् समापन गराएछन् । र, सुनियो हिजै संघको केन्द्रीय समितिले आफ्नो केन्द्रीय कार्यालय, थापाथलीको कोठा नखोलेर पद्मकन्या क्याम्पसको टहरामा बसेर माइन्यूट लेख्दै राजीनामा स्वीकृत गरेछ । बैठक बस्न कार्यालय पुग्नुको सट्टा पद्मकन्याको चौरमा भेला हुने समितिले ‘कोरम’पु¥याउन ‘फेसबुके’ समर्थन पनि लिएछ । 
राजीनामा दिइसकेका अध्यक्षलाई ‘मुक्ति’ दिनै पथ्र्यो, यसअर्थमा केन्द्रीय समितिले ‘भयंकर–राम्रो’ काम ग¥यो । अपितु राजीनामा क्रममा अध्यक्षले उठाएका मुद्दाहरुमध्ये माइन्यूट कागजात र खातापाता पद्मकन्याको टहरामा कसरी ‘फुत्त’ आइपुग्यो ? त्यसबारे पदाधिकारी र सदस्यहरुले खोजविनै नै गरेनछन् । ‘झापाली लेखक संघका नाममा स्थापित संघभित्र झापाली महासचिव विरुद्ध बोल्ने आँट कस्को होस् ? प्रश्न योसँगै धेरै छन् । 
महाधिवेशन भएको धेरै भएको छैन । जम्मा अढाई–तीन महिना मात्रै भयो । यति चाँडै महाधिवेशनको खातापाता, कागजात र ऐतिहासिक माइन्युट खोजेर नवनिर्वाचित अध्यक्षले गतल काम गरेका थिए । सबैलाई थाहा छ र थाहा थियो, संघको विगतको अपारदर्शी हिसावकिताब र खातापाता मिलाउन समय लाग्छ । दाताले दिएका खाता अद्यावधिक गर्न गराउन गाह्रै हुन्छ ।
फेरि विगतमा कहाँ कहाँबाट कति ल्याइयो र खाइयो भन्ने सन्दर्भ भन्नासाथ ‘प्राज्ञ’ भइसकेका पदाधिकारीहरुले कसरी सम्झने ? लेखा परीक्षणको औपचारिकताले ढाक्न छोप्न नसकेका अंकहरु मिलाउन नदिएर अध्यक्षले अक्षम्य अपराध गरेको प्रष्टिन्छ । 
त्यति मात्र होइन, हुँदै नभएको इतिहासको झुठो विवरणमा संघको परिचय उभ्याएर गरिएको दर्ता र नवीकरण प्रक्रिया बुझ्न अध्यक्षले चाहनु कतिपयको दृष्टिमा ‘नाकाम’ थियो र हो । जानकारका दृष्टिमा इतिहासमा वि.सं. २००८ सालमा नेपाली लेखक संघ भन्ने कुनै संस्था नै दर्ता थिएन र अहिले त्यसका पुराना पदाधिकारी भनिएका नामहरुको संघमा संलग्नता नै थिएन । इतिहास र मूर्धन्य साहित्यकारको नाम पनि थिएन ।
इतिहास र मूर्धन्य साहित्यकारको नाम भजाएर संघका केही मठाधीशहरुले कारोबार चलाइरहेका थिए । र, ती दस्तावेजहरु दिँदा आफ्ना विगत छताछुल्ल हुने भय र डर उनीहरुलाई थियो । 
फेरि संघको विधि–विधानमा नै नभएको पदाधिकारी र सदस्य चयनको संख्या र कोटा निर्धारण गरिएको परिप्रेक्ष्यमा ‘पुराना–दस्तावेज’ नयाँलाई दिँदा आफू नांगिने काम हुन्छ भन्ने त्रास उनीहरुलाई छँदै थियो । संघमा आफ्ना अकर्मण्यताको किलो गाडेर ठाउँ ओगटेकाहरुको भीडलाई नवनिर्वाचित अध्यक्षले चिर्न सक्नु पर्दथ्यो । उनले त्यसो गरेनन् । अध्यक्षको राजीनामाले चोरलाई चौतारोमा बसाउने काम ग¥यो, यो विडम्वना हो । 
संघका अदृश्य पाटाहरुका बारेमा सिंगो कार्यसमिति नै बेखबर छ भन्ने लाग्छ । जित्नेले जिते, हार्नेले हारे । जीतभित्र केहीले आफूलाई ‘रविन्सन् क्रुसो’ ठानेर संघमा हैकम जमाउने ताकमा छन् भने हारभित्र कोही बदलावको राजीनामा हड्डी फुकेर मसान जगाउन उद्यत बनेका छन् । 
वास्तवमा नवराजलाई अध्यक्ष पदको माला कुनै हात्ती आएर लगाइ दिएको थिएन । त्यसभित्र बहुमत सदस्यको आशा, अपेक्षा र भरोसा मिश्रित थियो । त्यस पाटोलाई अध्यक्ष आफैले जुन भावावेश र उत्कर्षमा आएर विर्सिए, सिंगो कार्यसमितिले समेत त्यसलाई ‘सनाखत’ विना नै स्वीकृत ग¥यो ।
केहीलाई लागेको होला, अब ‘नवराज–अध्याय’ सकियो र उनका पक्षधर भनिनेहरु मौसमी स्वस्थानी पढेर बस्नेछन् । यो भ्रम हुनेले त्यसलाई त्यागे हुन्छ । मान्छे मर्दैमा ‘मुद्दा’ मर्दैन । मुद्दा केवल सत्य–असत्यमै प्रकट भएर एकदिन छिनोफानो अवश्य हुन्छ ।  

http://chartaranews.com बाट साभार