मध्य वैशाखमा चुनिएका नेपाली लेखक संघका अध्यक्षले साउन नलाग्दै आफ्नो तीन वर्षे कार्यकाललाई राजीनामा मार्फत् समापन गराएछन् । र, सुनियो हिजै संघको केन्द्रीय समितिले आफ्नो केन्द्रीय कार्यालय, थापाथलीको कोठा नखोलेर पद्मकन्या क्याम्पसको टहरामा बसेर माइन्यूट लेख्दै राजीनामा स्वीकृत गरेछ । बैठक बस्न कार्यालय पुग्नुको सट्टा पद्मकन्याको चौरमा भेला हुने समितिले ‘कोरम’पु¥याउन ‘फेसबुके’ समर्थन पनि लिएछ ।
राजीनामा दिइसकेका अध्यक्षलाई ‘मुक्ति’ दिनै पथ्र्यो, यसअर्थमा केन्द्रीय समितिले ‘भयंकर–राम्रो’ काम ग¥यो । अपितु राजीनामा क्रममा अध्यक्षले उठाएका मुद्दाहरुमध्ये माइन्यूट कागजात र खातापाता पद्मकन्याको टहरामा कसरी ‘फुत्त’ आइपुग्यो ? त्यसबारे पदाधिकारी र सदस्यहरुले खोजविनै नै गरेनछन् । ‘झापाली लेखक संघका नाममा स्थापित संघभित्र झापाली महासचिव विरुद्ध बोल्ने आँट कस्को होस् ? प्रश्न योसँगै धेरै छन् ।
महाधिवेशन भएको धेरै भएको छैन । जम्मा अढाई–तीन महिना मात्रै भयो । यति चाँडै महाधिवेशनको खातापाता, कागजात र ऐतिहासिक माइन्युट खोजेर नवनिर्वाचित अध्यक्षले गतल काम गरेका थिए । सबैलाई थाहा छ र थाहा थियो, संघको विगतको अपारदर्शी हिसावकिताब र खातापाता मिलाउन समय लाग्छ । दाताले दिएका खाता अद्यावधिक गर्न गराउन गाह्रै हुन्छ ।
फेरि विगतमा कहाँ कहाँबाट कति ल्याइयो र खाइयो भन्ने सन्दर्भ भन्नासाथ ‘प्राज्ञ’ भइसकेका पदाधिकारीहरुले कसरी सम्झने ? लेखा परीक्षणको औपचारिकताले ढाक्न छोप्न नसकेका अंकहरु मिलाउन नदिएर अध्यक्षले अक्षम्य अपराध गरेको प्रष्टिन्छ ।
त्यति मात्र होइन, हुँदै नभएको इतिहासको झुठो विवरणमा संघको परिचय उभ्याएर गरिएको दर्ता र नवीकरण प्रक्रिया बुझ्न अध्यक्षले चाहनु कतिपयको दृष्टिमा ‘नाकाम’ थियो र हो । जानकारका दृष्टिमा इतिहासमा वि.सं. २००८ सालमा नेपाली लेखक संघ भन्ने कुनै संस्था नै दर्ता थिएन र अहिले त्यसका पुराना पदाधिकारी भनिएका नामहरुको संघमा संलग्नता नै थिएन । इतिहास र मूर्धन्य साहित्यकारको नाम पनि थिएन ।
इतिहास र मूर्धन्य साहित्यकारको नाम भजाएर संघका केही मठाधीशहरुले कारोबार चलाइरहेका थिए । र, ती दस्तावेजहरु दिँदा आफ्ना विगत छताछुल्ल हुने भय र डर उनीहरुलाई थियो ।
फेरि संघको विधि–विधानमा नै नभएको पदाधिकारी र सदस्य चयनको संख्या र कोटा निर्धारण गरिएको परिप्रेक्ष्यमा ‘पुराना–दस्तावेज’ नयाँलाई दिँदा आफू नांगिने काम हुन्छ भन्ने त्रास उनीहरुलाई छँदै थियो । संघमा आफ्ना अकर्मण्यताको किलो गाडेर ठाउँ ओगटेकाहरुको भीडलाई नवनिर्वाचित अध्यक्षले चिर्न सक्नु पर्दथ्यो । उनले त्यसो गरेनन् । अध्यक्षको राजीनामाले चोरलाई चौतारोमा बसाउने काम ग¥यो, यो विडम्वना हो ।
संघका अदृश्य पाटाहरुका बारेमा सिंगो कार्यसमिति नै बेखबर छ भन्ने लाग्छ । जित्नेले जिते, हार्नेले हारे । जीतभित्र केहीले आफूलाई ‘रविन्सन् क्रुसो’ ठानेर संघमा हैकम जमाउने ताकमा छन् भने हारभित्र कोही बदलावको राजीनामा हड्डी फुकेर मसान जगाउन उद्यत बनेका छन् ।
वास्तवमा नवराजलाई अध्यक्ष पदको माला कुनै हात्ती आएर लगाइ दिएको थिएन । त्यसभित्र बहुमत सदस्यको आशा, अपेक्षा र भरोसा मिश्रित थियो । त्यस पाटोलाई अध्यक्ष आफैले जुन भावावेश र उत्कर्षमा आएर विर्सिए, सिंगो कार्यसमितिले समेत त्यसलाई ‘सनाखत’ विना नै स्वीकृत ग¥यो ।
केहीलाई लागेको होला, अब ‘नवराज–अध्याय’ सकियो र उनका पक्षधर भनिनेहरु मौसमी स्वस्थानी पढेर बस्नेछन् । यो भ्रम हुनेले त्यसलाई त्यागे हुन्छ । मान्छे मर्दैमा ‘मुद्दा’ मर्दैन । मुद्दा केवल सत्य–असत्यमै प्रकट भएर एकदिन छिनोफानो अवश्य हुन्छ ।
http://chartaranews.com बाट साभार
No comments:
Post a Comment