Wednesday, May 25, 2016

माओवादी जनयुद्का ऐतिहासिक साछी

मुटु कम्जोर हुनेहरुले यो पोस्ट नहेर्नु होला अग्रिम सुझाब सहित बिगतका ईतिहास फेरिपनी पल्टाउने जमर्को गर्दैछ भैरे स्मरण रहोस् छिटफुट छुटेका घटनाक्रम हरुलाई जोड्ने कोषिस गरि दिनुहोला ???
वि.स. २०५२ देखि २०६३ साल सम्म माओवादी जनयुद्का ऐतिहासिक साछी ईतिहासका पान्नामा कैद छ्न् नितान्त दु:खको कुरोको चुरो भने तल लेखिएका दुई लाइन भाबुक शब्दकोष बिपरित हुन सक्दैन ।
छोराछोरी आउने दिन गन्दैछन्,मेरो बाबा खै आमा भन्दैछ्न् 
सलाम तिमीलाई सहिद तिम्रो सपना बाँकी छ पुरा गर्नलाई !!!

२०५२ फाल्गुन १ गते - रोल्पा , रुकुम र सिन्धुली जिल्लाको एक एक वटा प्रहरी चौकी आक्रमण ।
२०५३ पुस १९ गते - रामेछापको बेथान प्रहरी चौकी मा आक्रमण , दुई प्रहरी र तीन माओवादी को मृत्यु ।
२०५५ पुस १८ गते - ललितपुरको भट्टे डाडा प्रहरी चौकिमा आक्रमण ।

२०५५ फल्गुन २० गते - दाङ को चिराघाट ईलाका प्रहरी कार्यलयमा आक्रमण , ७ प्रहरिको मृत्यु ।
२०५५ फाल्गुन २१ गते - रुकुम को एमाले साम्सद उमेदवार यदु गौतामको हत्या ।
२०५६ जेठ ३१ गते - माओवादी द्वार रुकुमको लह १ प्रहरी चौकिमा आक्रमण ।
२०५६ पुस १९ गते - जुम्लाको रारालिमा आक्रमण , ९ प्रहरिको मृत्यु ।
२०५७ जेठ २५ गते - जाजरकोटको पाँच कटरिया प्रहरी चौकी मा आक्रमण ।
२०५७ असोज ९ गते - डोल्पा दुनै मा आक्रम्ण , १४ प्रहरी को मृत्यु , ४० घाईते ।
२०५७ मङ्सिर १४ गते - कालिकोटको कोटबाडा प्रहरी चौकीमा आक्रमण , ११ प्रहरिको मृत्यु , ८ घाईते ।
२०५७ माघ २१ गते - प्रध्यानान्यायाधिस केशब प्रसाद उपध्यायको भ्रमण दल सुर्खेत जान लाग्द असफल आक्रमण ।
२०५७ माघ २१ गते - सुर्खेत को बिरेन्द्र नगर बाट 
प्रध्यान्यायाधिस को भ्रमण दल लाई जिल्ला सिमाना बबई नदि पुल सम्म स्वागत गर्न गएका पुनरबेदन अदालत सुर्खेतका रजिस्टार बलदेब धिताल सहित ५ सुरक्षा कर्मी को मृत्यु ।

२०५७ चैत २० गते - रुकुम को रुकुमकोट ठाटी डाडामा 
आक्रमण , ३० प्रहरिको घटना स्थलमानै मृत्यु ।

२०५७ चैत्र २१ गते - दोलखा मैन पोखरी चौकी मा आक्रमण , ५ प्रहरी सहित ३ माओवादी को मृत्यु ।
२०५७ चैत २४ गते - नौ मुले ईलाका प्रहरी कार्यलय दैलेख तोलि गा.बि.स. ५ मा आक्रमण ' ३२ प्रहरी र १ नागरिक को मृत्यु ।
२०५८ असार २३ गते - लमजुङ , नुवाकोट र गुल्मी प्रहरी चौकी हरु माथी एकसाथ आक्रमण । ४१ प्रहरिको मृत्यु ।
२०५८ असार २६ दाङ को भरतपुर क्याम्पस उप प्रा नारायण सल्यानिको अपहरण गरि हत्या ।
२०५८ असार २८ गते - माओवादी द्वार ७१ जना प्रहरिको अपहरण ।
२०५८ साउन ७ गते - बाजुराको पाण्डुसेन प्रहरी चौकिमा आक्रमण ।
२०५८ मङ्सिर ८ गते - पहिलो पटक सैनिक ब्यारेक मा आक्रमण , दाङको सदरमुकाम घोराही मा आक्रमण , १४ सैनिक सहित ३७ सुरक्षाकर्मिको मृत्यु ।
२०५८ मङ्सिर १० गते - सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरिमा आक्रमण ,प्रजिअ बुद्धिसागर त्रिपाठि लगाएत २७ प्रहरी सहित ३ सेनाको मृत्यु ।
२०५८ फाल्गुन ४ गते - अछामको सदरमुकाम मंगलसेन र साफेबगर स्थित बिमनास्थल मा एकैसाथ आक्रमण , प्रमुख जिल्ला अधिकारी मोहन सिंह खत्री सहित ५७ जना सेना तथा ७९ प्रहरी सहित १५० जनाको मृत्यु ।
२०५८ चैत ३० गते - पुर्व पश्चिम को राजमार्ग को दाङ खण्डमा तीन ठाउमा एकै साथ आक्रमण , सशस्त्र जनपद का अधिकृत सहित ४६ प्रहरिको मृत्यु ।
२०५९ बैशाख २४ गते - रोल्पा गामस्थित सुरक्षा फौजको अस्थायी शिविरमा आक्रमण ।
२०५९ जेठ १० गते - रुकुमको खारा मा नेपाली सेनाको ब्यारेक माथी असफल आक्रमण ।
२०५९ भदौ २३ गते सिन्धुलिको भिमानमा आक्रमण , प्रहरी निरीक्षक सहित ४९ को मृत्यु ।
२०५९ भदौ २४ गते - अर्घाखाची को सदरमुकाम सन्धिखर्कमा आक्रमण , ६५ सुरक्षा कर्मी सहित १ सर्बसाधरण को मृत्यु ।
२०५९ कात्तिक १० गते - ओखलढुङगा को रुम्जाटार विमनास्थल मा आक्रमण , आक्रमणमा नेपाली सेनाका क्याप्टेन दिनेश थापा सहित ३ जना सैनिक को मृत्यु ।
२०५९ कात्तिक २९ गते - जुम्लाको सदरमुकाम खलङगा र गोरखाको ताकुकोटमा आक्रमण , प्रमुख जिल्ल अधिकारी सहित ६१ सुरक्षा कर्मी र २ सर्बसाधरण को मृत्यु ।
२०५९ कात्तिक २४ गते - काठमाडौं विराटनगर जान लागेको अग्नि दिवा बसलाई सर्लाहिको रानिगन्जमा दिउँसो ३ बजे यात्रु उतारी आगजनी , सर्लाहिमै विरगन्ज जान लागेको भाडाको जिप एम्बुसमा परि दुई जनाको मृत्यु ।
२०५९ माघ १२ गते - ललितपुर मा सशत्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ , उहाकी पत्नी नुडुप श्रेष्ठ र अंगरक्षक स.हि. सुर्य बहादुर रेग्मी को गोलि प्रहार गरि हत्या , घटनास्थल बाट अस्पताल पुर्याइएका तिघ्रामा गोलि लागि घाईते कृष्ण हरि सैजु पक्राउ ।
२०६० भदौ २१ - दोलखाको मैनपोखरी मा यात्रुबाहक बसमा आक्रमण, चरिकोट बाट काठमाडौ तर्फ आउन लागेको यात्रु बस चरिकोटमै विद्युतीय धराप्मा पर्दा २ जना यात्रुको मृत्यु , त्यस्तै काठमाडौ बाट सिन्धुली गएको सिद्धबाबा बस सेवाको ना२३ख ५८३७ नम्बरको यात्रु बाहक बस सिन्धुलिको सदरमुकाम कमलामाई पुग्न १२ किमि अगाबै करकरेमा बिहान ७:३० मा एम्बुस म परि ५ यात्रु को घटनास्थलमानै मृत्यु , १४ घाईते ।
२०६० चैत्र ७ गते - म्याग्दिको सदरमुकाम बेनिमा आक्रमण , सैनिक सहित ५१ जनाको मृत्यु ।
२०६१ जेठ ६ गते - डोटिको घण्टेश्वोरमा नेपाली सेना माथी आक्रमण , डेढ दर्जन जति नेपाली सेनाको मृत्यु ।
२०६१ मंसिर १ गते - माओवादी द्वार धादिङ को कृष्णभिरमा एम्बुस थापी आक्रमण ।
२०६१ पुस ३ गते - काठमाडौ को साखु ईलाका प्रहरी कार्यलयमा आक्रमण ।
२०६२ बैशाख २३ गते - माओवादी द्वार वाचन शीरोमणी पण्डित नारायण पोखरेलको गोलि हानी हत्या ।
२०६२ साउन २३ गते - कालिकोट को पिलिमा आक्रमण , ५० भन्दा बढी सैनिक को मृत्यु ।
२०६२ जेठ २३ गते - चितवनको बादरमुडेमा यात्रु बाहक बसमा आक्रमण , ३९ सर्बसाधरण को मृत्यु ।
२०६२ जेठ २९ गते - कैलालिको अत्तेरियामा सशस्त्र प्रहरिको ७ परिवारको हत्या ।
२०६२ माघ २ गते - थानकोट प्रहरी चौकिमा आक्रमण , प्रहरी निरीक्षक सहित ११ जना प्रहरिको मृत्यु ।
२०६२ चैत्र ७ गते - काभ्रेको दाप्चा मा आक्रमण , १३ सैनिक को मृत्यु ।
२०६२ चैत्र २३ गते - सर्लाहिको मलङ्गवा मा आक्रमण , सैनिक हेलिकप्टर ध्वोस्त , १० सैनिक सहित २३ को मृत्यु ।
२०६३ बैशाख १० गते - सिन्धुपाल्चोक को सदरमुकाम चौतारामा अन्तिम आक्रमण, ५ माओवादी सहित १ सुरक्षा कर्मिको मृत्यु । 

अन्तत:नेपालका लागि माओवाद अथवा माओवादी आन्दोलन बिगतका बर्षहरुमा पनि निकै अभिसाफका रुपमा देखा परेको थियो । माओवादी आन्दोलनले देशको अस्तित्वनै धरापमा पार्ने काम गरेको थियो । राष्ट्रिय सुरक्षा पुरै अस्तब्यस्त बनाएको थियो । हजारौ युवा युवतीहरुको जीवन समाप्त पार्ने काम गरिएको थियो । ति होनहार युवाहरुको रगतले बाबुराम र प्रचण्ड जस्ता पतित मानिसहरुलाई जन्माउनु बाहेक राष्ट्र र जनताका लागि कुनै ठोस् उपलब्दी भएन । नेत्र बिक्रम चन्द बिप्लव क्रान्ति सकिएको छैन भन्दै फेरी युवा युवतीहरुलाई खुल्ला मन्चमा ल्याएर नचाउँदै छन ! कहिले पनि नसकिने क्रान्तिको आगोमा गरिव नेपाली युवा युवतीका जीवन पोल्ने कुकर्मलाई अव राजनीतिक आवरण दिनु अपराध मानिनु पर्छ । बाबुराम र प्रचण्ड सँगै कुम जोडेर भारतीय बिस्तारवाद सँग शुरुङ्ग युद्ध गर्ने हावादारी गफ हाक्ने बिप्लवहरु नेपालको राजनीतिमा पत्तासाफ भएका नालायक प्राणी हुन । नालायक यस कारण हुन कि यिनीहरुले प्रचण्ड र बाबुरामलाई सत्तामा पुगाउनका निमित्त निकै ठुलो जनताको बलीदानी गराउने कुरामा नेपाली युवाहरुलाई उक्साए ! बाबुराम र प्रचण्ड सँग बदला लिने उनिहरुको योजनामा नेपाली युवा युवतीहरुले फेरी बलीदान दिनु कुनै पनि अर्थमा जाहेज मानिने छैन । गरिवी,अन्याय,अत्याचार र बिभिन्न कारणले अभाव र दुखको जीवन बाँची रहेका जनतालाई उचालेर स्वदेश वा बिदेशका बिरुद्ध जनतालाई उत्तेजित गराउने र आफ्नो राजनीतिक अभिष्ट पुरा गर्ने घटिया खेल अव बन्द गरिनु पर्छ । बिप्लवहरुले अरु १५ २० हजार नेपाली युवाको जीवन समाप्त पारेर तिनै बाबुराम,प्रचण्ड र बाँची रहे भने केपी वली सँग हात मिलाएर क्रान्ति समाप्त भएको घोषणा गर्ने छन यो सत्य हो । कसैलाई अरुकै लागी मर्नुमै आनन्द आई रहेको छ भने मेरो भन्नु केही छैन ! भारतीयहरुका उक्साहटमा बिप्लवले हुँकार दिएका हुन भने फेरी पनि क्रान्ति होला र नेपालीहरुले मर्नु पर्ला । हेक्का रहोस् यदी भारतीयहरुको मिलेमतो छैन भने झल्ला क्रान्तिकारीहरुको श्रीलङ्कामा लिट्टेको के हालत भयो ? अन्तत: त्यही हालत हुने निश्चित छ अग्रिम सुझाब दिन्छ भैरे चेतना भया !

मनपर्‍योथप प्रतिक्रिया देखाऊनुहोस्
Comment
72 comments
टिप्पणीहरू
Khim Bdr Kc Yo sabai ma madar chood haru ho kutta haru garib jantako khun chusne bhusyaha haru.
Raj Belbase यो मान्छे मार्ने हत्यारा हो यस्को कारणले कति टुहुरा कति चेलीबेटी सिउदो पुछियो अनि देशलाई ५० बर्ष पछि धकेलिदियो जस्ले जे भनेपनी यो देशद्रोही हो
Tej Narayan Adhikari १० बर्से युद्धको पुरै फोटो हालियो त हौ भैरे ?
Tribikram Kunwar तस्बिर आफै बोल्छन केका लागि भएछ क्रान्ती केका लागी हुदैछ मदेश आन्दोलन ।
Kisan Darlami अबको सरकारले ती हत्यारालाई अद्दालत् मा उभ्याउनिहोकि भन्ने दरले फेरि एकता भै दराउन दिने गरि रहेका छन। यिन्ले उब्जाएको हत्या हिंसा अनमुलन गर्न अब असल नागरिक को अाबस्यक छ।
बिशाल बिक्रम श्रेष्ठ आतंककारी शैलीमा क. विप्लवले बिनासित्ति ताइनतुईको फुर्ती हाक्नुको औचित्य छैन सकियो भन्नुस् । मुलुक धेरै अगाडि बढी सकेको स्थिति हो । कथित् नपुङ्सक लेन्डुप ज्ञानेन्द्र शाह लाई पुन राजा बनाउने दिवा सपना नदेखे हुन्छ ? यस्ता...अझ धेरै हेर्नुहोस्
बिशाल बिक्रम श्रेष्ठ भैरेलाइ घम्पुलर एकतामा सरिक हुन आग्रह नगरेको अवस्था थिएन इमान्दरिताका साथ अनुरोध गरिएको स्थित थियो तर गास खाने क्रान्तिकारीताले बिद्रोह गर्न रुचाए घास खान रुचाएन भन्नुस् ।
Rabin Budhathoki प्रचण्ड लाई जिउदै काटेर नुन खोर्सानी दिनको दल्दै मार्नु परर्ने हो
अनिस तामाङ यो खाते बौलाहा हो।। थुक्का पाजी।। गद्दार भगौडा।
बिशाल बिक्रम श्रेष्ठ ०५२ साल देखि माओवादी आन्दोलनका पूर्णकालिन कार्यकर्ता युद्धकालिन घाईते वेपत्ता २ छोराका बाबु धादिङका जिल्ला अध्यक्ष रामबहादुर भण्डारीलाई केन्द्रीय सदस्य नबनाउन यस अघिका ३ प्रदेश सेक्रेटरी नारायण दाहालले लाखौं रकम पार्टी भित्रैबाट लिएको खबर आएछ घम्पुलर एकता केन्द्रमा तेरिमा टोक्ने हात्तिको दात !
तुल बहादुर थिङ भैरे तत्कालीन जनयुद्धको रिपोर्टिङ त देखियो तर मकवानपुर जिल्ला, फापरवारि गाबिस स्थित झुरझुरेमा भएको ६२ को रिपोर्टिङ चाहिँ खोइ? मेमोरिमा अटेन कि डिलिट भा?
बिशाल बिक्रम श्रेष्ठ भैरेले माथि उलेख गरेको छ जानकारी पाउ ?
Sushil Kumal Sushil Kumal भैरे यो सब गरेर तिमीहरूले खुब सुखद दिन बिताएका छौ है अब नेपाल देखी कांग्रेस र माओवादी पतन हुनु जरुरी छ 17000 जनता को हत्यारा प्रचण्ड बाबुराम लगायत अरु ह्त्यारा हरु लाई सजाय हुनु पर्छ ।
Teju Rawal Baburam. R prachand. Sun vateharu timi harule feri pani. janyudda chalayo vave thaha pauxau timra xori banilai ani timlai khetma kam ..salaharu aaudai xx vaire
Laxman Bhattrai Khub ramro kam gare vnne thanehola khateharu
बिशाल बिक्रम श्रेष्ठ जब म खाडीबाट अन्तिम पत्र लेख्दै थिए ???
http://www.majdooronline.com/2016/05/09/15380/
प्रिय क. विप्लव, अन्तिम जुझारु रातो सलाम ! भैरे घाम पर्खेर बस्ने मान्छे अलिकती कुहिरो फाटेपनि खुशीनै लाग्थ्यो जाबो कुहिरो…
MAJDOORONLINE.COM
Nabin Bro Dounda kal ma 11 jana matra mawobadi ko mritu vayako tho?????? Kina mawobadi ko mritu vayako record kam dakhayinxa??? Ani nepal army ra police ko chai kina dhar dakhinxa???? Yo post garna pakkai mawobadi nai hunu parxa????? Ki ta satya record dakhaunu paryo na vaya yesto joot ko post na garum????
बिशाल बिक्रम श्रेष्ठ भैरेलाइ घम्पुलर एकतामा सरिक हुन आग्रह नगरेको अवस्था थिएन इमान्दरिताका साथ अनुरोध गरिएको स्थिती थियो तर गास खाने क्रान्तिकारीताले बिद्रोह गर्न रुचाए घास खान रुचाएन भन्नुस् ।
Surya Prakash एकातिरको फोटो र प्रसंग लाई अर्कोसंग जोडेर यथार्थलाई वङ्ग्याउने काम नगरौं नेपाली जनता सबै क्रान्तिकारी हुन लडाई हामी पनि लडेका हौं।तपाईको परिवार का कोही मरेको लास संग तपाई हासेको फोटो जोडेर राख्यो भने कस्तो महसूस होला?
Nabin Magar ho aakarman ko gatna t sarba janik garnu vayo tara sabai garnuni ho kai salenko dama raorko aakrmn rolpa satipolr leko taor ani fast rolpako holero ilaka pahari caoki dui dui coati vako tiyo diosai aakrmn sfl vako tiyo ani rolpa gartigao ani lisne lagayt sauo vako tiyo ni sabai sarba janik garnu na garne nai vay
Nabin Magar parcnd vaneka t desvakt hon kina ki garib sarb hara barg ka nitito gas bas kapas wste sixey surxe ko gerenti oha bat huna sakxa maks bad lelin bad mao bad ra parcnd pad ho samune xiti ta vai halxa ni kihi paon ko lagi hehi gumanu parxa xiti bina op...अझ धेरै हेर्नुहोस्
Bibek R Magar सर्व साधारण जनतालाई माओवादीको नाममा सरकारबाट मारिएका १३ हजार जनताको रेकर्ड छ मिस्टर एडमिन ज्यू??? कि तिनीहरू मान्छे थिएनन् र? सुरक्षाकर्मी मात्र मरेको रेकर्ड रहेछ त तपाईसंग हँ?सरकारमा विराजमान महामहिमहरूको ठाडो आदेशमा तमाम निर्दोष जनता मारिएको रेकर्ड देखाउन सक्नुहुन्छ? सर्व साधारण जनतालाई जिउदै आगोमा जलाइएका रेकर्ड छ तपाईसँग?
Shambhu Kushwaha नेपाली जन्ता र युवाहरुले माओवादी लाई के के दिएन र माओवादी ले के दिएको छ नेपाली जन्तालाई र युवाहरूलाई
आचार्य डा. केशव शरण बिर्तामोड को चौकी मा र ट्राफिक मा गरेर झण्डै १५ जना मारिएको थियो ६२ सालमा त्यो छुटेछ ।
Nepal Hari sarba sadharan mare tara yin ka xora wa xori mareta priya ho tesaile le jana aandolanko bahanama yini harule nam kamai hale aba yina lai k ko wastha jantako
Nepal Hari janatako nam ma aafno nam banai hale hama abiswasi kamred harule
Durga Thapa ज्यानमारा हो साले कुकुरहरू----!
Nabin Kumar janata aafai jagaruk hunuparxa natra kura garo kuraiko dukh ho
Preeti Kamal asko bapjut nepal ma ganatanta prapta



https://www.facebook.com बाट साभार 

माओवादी एकताका ४ नकारात्मक सन्देश - मदन अर्याल

अबको बाटो के हो ? माओवादीले के गर्नुपर्छ ?



Maoist Centerलामो समयको प्रयत्नबाट एकीकृत नेकपा (माओवादी) र अन्य माओवादी घटकहरुको बलिदानीपछि बढो तामझामका साथ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को घोषणा भयो । घोषणामा १० वटा माओवादी पार्टी वा समूहको मिलनपछि माओवादी केन्द्रको उदय भएको बताइयो ।
पार्टी अध्यक्ष प्रचण्डले बढो भावुक भएर शहिद, घाइते र बेपत्ता योद्धाका परिवारको आँशु पुछ्न अब घर-घर जाने घोषणा गर्नुभयो । ६९९ सदस्यीय केन्द्रीय समितिका साथ अब माओवादीलाई कसैले हराउन नसक्ने उदघोष भयो । तर, एकता घोषणाको २४ घण्टा नबित्दै फेसबुक र अनलाइनका भित्ताभरि पद मिलान र केन्द्रीय समिति थपका विषयमा तरह-तरहका सामाग्रीहरु छाउन थाले ।
माओवादीहरुको एकता जरुरी, आवश्यक र सही थियो, यो सत्य कुरा हो । तर, के संक्रमणकालीन कार्यदिशा भन्दै वैचारिक र संगठनात्मक सवाल नटुंग्याइकन भावनाको बलमा हतारोमा एकता घोषणा गरिहाल्नु सही थियो ? आज एकता घोषणाको हप्ता दिन पनि नवित्दै यो प्रश्नले उत्तर पाइसकेको छ । सबैले अनुभूति गरिरहेका छन् कि संगठनात्मक लगायतका विषयहरु नटुंग्याई भावनात्मक रुपमा हतार-हतार गरिएको एकताले सकारात्मक सन्देशहरु त दिएको छ नै, तर त्योभन्दा धेरै नकारात्मक सन्देशहरु दिन थालेको छ ।
यस्तो अवस्थामा ती नकारात्मक सन्देशहरुलाई चिर्न र तिनका बिरुद्ध लड्न पनि ती नकारात्मक सन्देशहरुको चर्चा गर्नु र माओवादी केन्द्रले लिनुपर्ने अबको बाटोबारे केही सुझावहरु पेश गर्नु नितान्त जरुरी छ ।
माओवादी एकताका नकारात्मक सन्देशः
१. फुट विभाजनलाई प्रोत्साहन
मदन अर्याल
मदन अर्याल
माओवादी एकताले धेरै सकारात्मक छाप र सन्देश त छाडेको छ नै, तर नकारात्मक छाप र सन्देश पनि त्यत्तिकै मात्रामा छाडेको छ, जसको चर्चा गरेर त्यसलाई निमिट्यान्न नपार्ने हो भने कालान्तरमा त्यसले सिंगो माओवादी आन्दोलनलाई नै सिध्याउनेछ ।
जस्तो कि- यो एकताले आम कार्यकर्ता पंक्तिलाई माथिल्लो कमिटीमा बढुवा हुनका लागि पार्टी विभाजन जरुरी छ भन्ने एउटा गम्भीर मनोबैज्ञानिक प्रभाव छोडेको छ । त्योसँगै विगतमा पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसकिरहनुभएका तात्कालीन नेकपा -क्रान्तिकारी माओवादी)का नेताहरुले कमरेड बादलको नेतृत्वमा नै सही, पार्टीको नाम र केन्द्रीय समितिदेखि तात्कालीन एकीकृत माओवादीको अधिकांश संरचना फेरबदल गरेर फुट र विभाजन सही थियो भनेर पुष्टि गरिसक्नुभएको छ । यसले पार्टी विभाजन गर्नु गलत हुँदैन भन्ने नजिर स्थापित गर्न खोजेको छ । त्यसैले यो एकता र एकतापछि बनेको केन्द्रीय समितिले फुट र विभाजनलाई निरुत्साहित होइन, प्रोत्साहित गरेको छ । आज पार्टी विभाजन वा विद्रोह गरेर भोलि नयाँ पार्टी बनाई फेरि पर्सी पदको बार्गेनिङ्ग गर्दै एकता गर्नुपर्ने प्रवृृतिलाई यसले मलजल गरेको छ ।
२. माओवादी आन्दोलनमा तरलता अर्थात संगठनात्मक संक्रमणकाल
लामो समयको संगठनात्मक संक्रमणकाल चिरेर माओवादी आन्दोलन, एकीकृत माओवादीको नेतृत्वमा आन्दोलनवाट एउटा सुव्यवस्थित पार्टी बन्ने अभियानमा थियो । त्यसलाई चिर्दै यो एकताले त्यो माओवादी आन्दोलनलाई फेरि तरल बनाएको छ ।
पार्टी संगठन र संगठनात्मक सवालहरुको जवाफ सिस्टमले अथवा बिधानले होइन, परिस्थिति र नेतृत्वले दिनुपर्ने अवस्था सिर्जना भएको छ । जसका कारण पार्टीभित्र फेरि नयाँ संगठनात्मक संक्रमणकाल शुरु भएको छ । यसले पार्टीलाई भद्दा र अकर्मण्य बनाउने निश्चित छ । यस्तो संक्रमणकालको चाँडै अन्त्य नगर्ने हो भने “तंै रानी, मैं रानी को भर्ने कुवाको पानी” को अवस्था नहोला भन्न सकिन्न ।
३. अकर्मण्य कार्यदिशा
माओवादी केन्द्रको अहिलेको संक्रमणकालीन कार्यदिशा भनेको जनवाद र समाजवादको कक्टेल कार्यदिशा हो । त्यो भनेको न जनवाद हो, न समाजवाद हो ।
अर्को अर्थमा भन्दा त्यो अकर्मण्य कार्यदिशा हो । यस्तो अकर्मण्य कार्यदिशाले पार्टीलाई मात्र होइन, सिंगो देशलाई अकर्मण्य बनाउने छ । क्रान्तिकारी पार्टीको कार्यदिशा त क्रान्ति सम्पन्न गर्ने मात्र होइन, क्रान्ति अघि र पछि देशलाई विकास र समृद्धितर्फ डोर्‍याउने पो हुनुपर्छ त ।
४. संगठनात्मक असन्तुलन र भद्रगोल
एकतापछि बनेका सबै तहका समितिहरु असाध्यै असन्तुलित भएका छन् र हुँदैछन् । जसका लागि ६९९ सदस्यीय केन्द्रीय समितिको उदाहरण नै काफी छ । बैचारिक सैद्धान्तिक छलफल हुने र सबैखाले नीतिगत निर्णय गर्नुपर्ने पार्टीको केन्द्रीय निकाय त यस्तो छ भने अब यसपछि बन्ने प्रदेश समिति, जिल्ला समिति, गाउँ/नगर समिति र जनवर्गीय संगठनका विभिन्न समितिहरु कस्ता होलान् ? सहजै अनुमान लगाउन सकिन्छ ।
त्यसैले यस्तो असन्तुलित पार्टी संगठनले चारैतिर क्रान्ति होइन, भद्रगोल सिर्जना गर्ने काम मात्र गर्नेछ । जसले गर्दा चारैतिर निराशा र कुण्ठा व्यापक मात्रामा बढ्नेछ । यसले पार्टी संगठनलाई मालेमावादी विचारले लैस, श्रमजीवी वर्गको संघर्षको मजवुत हतियारमा होइन कि एउटा बोधो प्रशासनिक निकायमा बदल्नेछ ।
अझ “पहिलो गाँस मै ढुंगा” भनेझैं ठोस रुपमा पार्टी पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो समेत टुंग्याउन नसक्नु र एकताका नाममा एकतामा सामेल पार्टीका केन्द्रीय सदस्य पनि नभएका (अझ कोही कोही त कम्युनिष्ट पार्टीका सदस्य समेत नभएका) हरुलाई जथाभावी केन्द्रीय सदस्य बनाइनुले सम्बन्धित नेताहरु एकताप्रति वास्तबमै इमान्दार छैनन् भन्ने देखिएको छ ।
अबको बाटो के हो ?
यी नकारात्मक सन्देशहरुलाई चिर्दै फेरि एकपटक तरल भएको माओवादी आन्दोलनलाई सँगेटेर ठोस कार्यक्रमसहितको समाजवादी क्रान्तिको ठोस कार्यदिशा, एकतावद्ध, जुझारु एवं सक्रिय क्याडरसहितको, आशावादी जनता भएको एउटा क्रान्तिकारी माओवादी पार्टी बनाउनु नै माओवादी केन्द्रको आजको मुख्य चुनौती हो ।
फुट विभाजनले निराश भएका समर्थक जनतालाई आशा जगाउन सफल यो एकताले के ती आशातीत जनताको मुहारमा खुसी छर्न सक्ला ? आज सन्देहको बिषय बनेको छ । यदि जनताको मुहारमा खुसी छर्ने नै हो र अध्यक्ष प्रचण्डले भनेजस्तो पार्टीलाई एक नम्बरको बनाउने हो भने नेकपा (माओवादी केन्द्र)ले यसो गर्नुको बिकल्प छैन ।
१. आत्मालोचना र नयाँ संकल्प
एकतापछि बनेको नयाँ पार्टीले बिगतमा भएको पार्टी विभाजन गल्ती थियो भनेर त्यसवाट आम जनता र कार्यकर्तामाझ परेको असर तथा पार्टी र क्रान्तिकारी माओवादी आन्दोलनमा भएको क्षतिप्रति संवेदनशील भएर माफी माग्नुपर्दछ तथा विगतका गल्ती कमजोरीप्रति आत्मालोचित हुनुपर्दछ । अब नयाँ शिरावाट माओवादी आन्दोलनको पुनर्गठन गर्ने र यसलाई समाजवादी क्रान्तिसम्म लैजाने प्रतिवद्धतासहित नेतृत्वले आम कार्यकर्ता र जनताको विश्वास जित्न नयाँ संकल्प गर्नुपर्छ ।
२. तत्काल पार्टी महाधिवेशन
६९९ सदस्यीय जम्बो महाधिवेशन आयोजक समितिले सकेसम्म छिटो (बढीमा ३/४ महिनाभित्रै) महाधिवेशन गर्नु पर्दछ । महाधिवेशनमा आयोजक समिति सदस्यसमेत तल जिल्लावाट चुनिएर आउने व्यवस्था गरिनुपर्दछ ।
तुरुन्तै वैज्ञानिक कार्यविधि बनाई केन्द्रीय सदस्यको निगरानीमा वडा, गाउँ नगर र जिल्ला सम्मेलन सहभागितामूलक जनवादको आलोकमा सम्पन्न गरिनु पर्छ । यसले मात्रै पार्टी संगठनको संक्रमणकाल अन्त्य गरी तरल माओवादी आन्दोलनलाई ठोस माओवादी पार्टीमा रुपान्तरण गर्नेछ ।
जेसुकैको होस् नाम भनेको एउटा पहिचान हो । एक दशकमा तीन पटकसम्म पार्टीको नाम फेरिँदा आम सर्वसाधारण जनतालाई पार्टीको पहिचान गर्न नै समस्या भैरहेको छ । त्यसैले महाधिवेशनबाट पुरानो स्थापित नामलाई नै पुनर्जीवित गर्नु उपयुक्त हुन्छ ।
३. संगठनात्मक सवालमा नयाँ अभ्यासको थालनी गरौं
हाम्रो कम्युनिष्ट आन्दोलन यति धेरै रुढ छ कि यसले हिजो मार्क्स, लेनिन र माओले गरेको अभ्यास र नीति आज जतिसुकै अवैज्ञानिक भए पनि त्यसलाई गलत भन्ने र परिवर्तन गर्ने आँट गर्दैन । हाम्रो संगठनात्मक सवाल पनि आज त्यसैको शिकार भएको छ ।
कि लेनिनवादी संगठनात्मक ढाँचा गलत छ, कि त हाम्रा नेताहरु त्यसलाई गलत ढंगले लागु गर्दैछन् । यो विषयमा गम्भीरतापूर्वक बहसहरु हुन जरुरी छ । हाम्रो सामाजिक सांस्कृतिक धरातल र चेतनास्तर अनुरुपको तथा सहजतापूर्वक सबैको अहम व्यवस्थापन गर्न सक्ने संगठनात्मक ढाँचा अवलम्बन गर्न जरुरी छ ।
संगठनात्मक सवालमा नयाँ ढंगले सोच्ने र नयाँ अभ्यासको थालनी नगर्ने हो भने माओवादी आन्दोलन अब एक इञ्च पनि अगाडि बढ्न सक्दैन ।
संगठनात्मक सवालमा हामी र हाम्रा नेताहरु रुढ मात्र हैन, असाध्यै संकीर्ण र स्वार्थी प्रवृतिका छौं र छन् । हो, अध्यक्ष प्रचण्डले बेलाबेला भन्नुहुन्थ्यो कि पार्टी संगठनमा जनसंख्याको अनुपातमा प्रतिनिधित्वको व्यवस्था गरिनेछ । युवा, अधबैंशे र बुढाहरुको बराबर ‘कम्बिनेसन थ्री इन वान’ लागु गरिनेछ । तर, आजको पार्टीलाई नियाल्ने हो भने ती सबै फगत बकबासमा परिणत भैसकेका छन् । संगठनात्मक सवालमा माओवादी केन्द्रको अबको बाटो भनेको केन्द्रीय समितिको संख्या किटानी गरी समानुपातिकरुपमा सबैको (युवा, बृद्ध र अधबैंशेको समेत) कोटा निर्धारण गरिनु तथा त्यो थ्री इन वान र समानुपातिक प्रतिनिधित्वको प्रचण्ड मिसनलाई हरहालतमा कार्यान्वयन गर्नुपर्छ । फेरि त्यसको कार्यान्वयन नेताहरुको मनोमानी मनोनयनवाट होइन, सम्बन्धित प्रदेशका क्याडरहरुको विवेकवाट गरिनुपर्छ । त्यो कुरा महाधिवेशन अगावै बलियो कार्यविधि र विधान निर्माण गरी त्यही विधान र कार्यविधिबाट बाँधिएर र त्यसलाई अक्षरशः पालना गरेर मात्र सम्भव छ ।
४. समाजवादी क्रान्तिको नयाँ बाटोका लागि नेपाली समाजको अनुसन्धान
हामी आफूलाई वैज्ञानिक समाजवादी भन्छौं । तर, हाम्रो कम्युनिष्ट आन्दोलनमा नेपाली समाजबारे एकरत्ति पनि वैज्ञानिक अनुसन्धान भएको छैन । अनि हामी कुन बैज्ञानिक निष्कर्षका आधारमा, कसरी क्रान्तिको बैज्ञानिक बाटो तय गर्न सक्छौंं ?
हामी धेरैलाई लाग्छ कि नेताहरुको दिमाग नै सबै थोक हो, जसले सबै कुराको निकास र निष्कर्ष दिन सक्छ । जुन असाध्यै गलत मात्र हैन, सामन्तवादी चिन्तनको एउटा निकृष्ट नमूना पनि हो । माओवादी केन्द्रले आफुलाई बैज्ञानिक समाजवादी ठान्छ भने तुरुन्तै एउटा शक्तिशाली अनुसन्धान केन्द्र निर्माण गरी त्यसको निष्कर्षका आधारमा पार्टीको आगामी दिनको बाटोबाट नेपाली क्रान्तिको ठोस कार्यदिशा निर्माण गरिनुपर्दछ, जसले मात्र माओवादी केन्द्रलाई बैचारिक रुपमा सुस्पष्ट क्रान्तिकारी पार्टीमा रुपान्तरण गर्न सक्छ ।
५. अनुभूति हुने गरी नेतृत्वको जीवनशैली र कार्यशैलीमा रुपान्तरण
आजको माओवादी केन्द्र र यसका नेतृत्वलाई आम जनता र कार्यकर्ताले धरै अगाडिदेखि आफ्नो जीवनशैली र कार्यशैलीमा रुपान्तरण गर भनेर भनेका हुन् । तर, नेतृत्व र एक स्तरका कार्यकर्ताहरुले त्यो कुरा, सधैँ बेवास्ता गर्दै आए । तर, अब पनि त्यसलाई बेवास्ता गर्ने हो र आफ्नो बिलासी तथा जनताबाट कटेको शहरिया जीवनशैली र गैरमार्क्सवादी कार्यशैलीलाई सबैले अनुभूति गर्ने गरी नसच्याउने हो भने माओवादी नेतृत्वप्रति आम जनताको बिश्वास जागृत हुन सक्दैन ।
यस सन्दर्भमा अध्यक्ष प्रचण्डको जीवनशैली फेर्ने प्रतिवद्धता र पार्टीले विगतमा गरेका गल्तीहरुको स्वीकारोक्तिको दस्तावेजलाई नियाल्न जरुरी छ । र, सबैले त्यसलाई पछ्याउन आवश्यक पनि छ ।
अन्त्यमा आम माओवादी पंक्ति र समर्थक शुभचिन्तकलाई उत्साह दिन सफल माओवादी एकताबाट सिर्जित माओवादी केन्द्रले आफैले आफुलाई नथेग्ने पो हो कि भन्ने चिन्ता सर्वत्र छाएको बेला भएका कमजोरीहरु सच्याउँदै फेरि कमजोरी नदोहोर्‍याउने दृढता देखाउन जरुरी छ । तत्काल महाधिवेशन गरी नेतृत्वको अहम् व्यवस्थापन गर्दै माओवादी आन्दोलनलाई पार्टी सिस्टमको एउटा साँचोमा ढालेर मात्रै माओवादी केन्द्रले आफ्ना तमाम चुनौतीलाई चिर्न सक्छ । विचारमा दृढता, कार्यान्वयनमा (व्यवहारमा) लचकता र संगठनमा चुस्त दुरुस्तता कायम गरौं, माओवादीको यसैमा भलाइ छ ।
(अर्याल अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष हुन्)
http://www.onlinekhabar.com बाट साभार