माओवाद र पहिचानको मुद्दालाई धरापमा पारेर एमालेसित एकता जस्तो भयानक संक्रमणकालको परिस्थितिले पार्टीमा गम्भीर विवाद उत्पन्न ग¥यो । सर्वहारा वर्गीय क्रान्तिकारी चेतका कारण हामीले खरो संघर्ष ग¥यौं र हाम्रो लाइन संघर्ष जारी छ । यो पृष्ठभूमिमा मुख्यमन्त्री उम्मेदवार बन्नु हुँदैन भनेर हामीले आत्मनिर्णय लियौं । साथसाथै, माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेर विकास निर्माण तथा सामाजिक न्याय सम्बन्धमा हामी के गर्न चहान्थ्यौं ? प्रदेश पार्टीका लागि हामीले नै तयार गरेर केन्द्रीय कार्यालयमा बुझाइएको निर्वाचन घोषणा–पत्र पनि यसैसाथ प्रस्तुत छः–
१. पूर्वमा प्रदेश पार्टी इन्चार्ज खटिएसँगै एक युवा कमरेडलाई मुख्यमन्त्री उम्मेदवार घोषणा गरेर निर्वाचनमा जानेबारे छलफल प्रारम्भ गरिएको थियो । कम्तिमा ३०–३२ गाउँ/नगर प्रमुख जितिन्छ भन्ने थियो । तर, स्थानीय तह निर्वाचनमा भारी पराजयपछि त्यो सोंच परिवर्तन गरी इन्चार्ज स्वयं उम्मेदवार हुने तयारी गरियो । १३ भदौ २०७४ मा विराटनगरमा सम्पन्न प्रदेश पार्टी सचिवालय बैठकमा हामी स्वयंले सो प्रस्ताव गरियो । कमरेडहरुको समर्थनमा एकमतको निर्णयबाट “क. गोपाल किराती मुख्यमन्त्रीको उम्मेदवार” भनी केन्द्रीय कार्यालयमा सिफारिस पठाइयो । मुख्यतः पराजित पार्टी सम्हाल्न उच्च केन्द्रीकरणका लागि हामीले यो प्रस्ताव गरेका थियौं ।
२. तर, पेरिसडाँडास्थित १६ असोजको बैठकमा अध्यक्ष क. प्रचण्डले माओवाद र पहिचानविरोधी एमालेसित हठात् एकता सहमतिको पत्र पढेर सुनाउनुभयो । एमालेको घाम चिन्हमा चुनाव लड्नुपर्ने बुँदा पनि एक थियो । दुनियाँलाई थाहा छ कि एमाले समूहले माओवाद र पहिचान किमार्थ स्वीकार गर्दैन । त्यस्तो समूहसित एकता कदमले निश्चय नै माओवाद र पहिचानको मुद्दा धरापमा पा¥यो । त्यसपछि विचार र मुद्दा रक्षार्थ हामीले खरो संघर्ष ग¥यौं । उपलब्ध सचिवालय बैठकमा माओवाद र पहिचानको मुद्दा नछाड्ने अध्यक्ष प्रचण्डको मौखिक प्रतिबद्धतापछि हामीहरु अन्तरपार्टी लाइन संघर्षको प्रक्रियामा छौं ।
३. विचार र मुद्धा रक्षार्थ हाम्रो लाइन संघर्षको परिणाम के हुन्छ, अहिले नै भन्न सकिन्न । तर, पार्टीमा अप्रत्यासित ठूलो विवाद उत्पन्न भएको सत्य हो । यस्तो परिस्थितिमा हामीले मुख्यमन्त्री उम्मेदवार बन्नु अन्तरपार्टी लाइन संघर्षका निम्ति गम्भीर प्रत्युत्पादक हुन्छ । अतः हामीले मुख्यमन्त्रीको उम्मेदवार परित्याग गर्ने सहज आत्मनिर्णय लियौं । यो नै सही राजनीतिक तरिका हुने हाम्रो ठहर छ । किनकि, हामी जस्तो गरीब परिवारबाट आएको सर्वहारा कार्यकर्ताको दुवै हातमा लड्डु सम्भव हुँदैन । हामीले कि विचार र मुद्दा रोज्नुपर्छ, कि त राजकीय पदभार । त्यसमा हामीले माक्र्सवाद–लेनिनवाद–माओवाद र पहिचानको मुद्दा रक्षाको क्रान्तिकारी बाटो रोज्यौं ।
४. परन्तु, हामी नेकपा माओवादी केन्द्र १ नं. प्रदेश इन्चार्जको जिम्मेवारीमा यथावत छौं । आफू उम्मेदवार नरहे पनि पार्टीका उम्मेदवार कमरेडहरुको विजयका निम्ति सम्पूर्ण शक्तिले डट्नेछौं र पार्टी उम्मेदवारको पक्षमा कुनै बिना हिच्किचाहट सक्रिय हुन सबै पार्टी सदस्य कमरेडहरु र जनसमुदायमा जोडदार आह्वान गर्दछौं ।
५. अर्को, हामी माओवाद र पहिचानबिना एक सेकेण्ड पनि बाँच्न नसक्ने मानिस । तर, एमाले भने माओवाद र पहिचानको घोर विरोधी । त्यो स्थितिमा एमालेको घेराबन्दीमा मुख्यमन्त्री भएर किरात प्रदेश नामाकरण आदि जनताको अपेक्षा सम्बोधन किमार्थ सम्भव हुँदैनथ्यो । जनताको अपेक्षा सम्बोधन गर्ने राजनीतिक वातावरण प्रतिकुल स्थितिमा अन्तरपार्टी लाइन संघर्ष मात्र होइन, हाम्रै क्रान्तिकारी हैसियत पनि समाप्त पारिने प्रष्ट देखिन्थ्यो । त्यसैले माओवाद र पहिचान मुद्दा रक्षार्थ मुख्यमन्त्री उम्मेदवार त्याग गरेका हौं ।
६. हामीलाई मुख्यमन्त्री उम्मेदवार सिफारिस गर्ने प्रदेश पार्टीका कमरेडहरुमा आभार । विजय अभियानका लागि अग्रसर किराती राष्ट्रिय मुक्ति मोर्चालाई धन्यवाद । शुभेच्छुक जनसमुदाय, पत्रकार साथीहरु तथा सामाजिक सञ्जालका साथीहरु, विशेषतः साथी रकम चाम्लिङलाई धन्यवाद छ ।
अन्त्यमा, बाबुछोरा र गधाको नीतिकथा बिर्साउने अनेक टिप्पणीहरु हुनसक्छन् । वस्तुगत यथार्थ के हो भने विचार र मुद्दामा सम्झौता गरेर, मौन रहेर हामीले प्रदेश मुख्यमन्त्रीको दाबीलाई जारी राखिएको भए गोपाल किराती मुख्यमन्त्री सुनिश्चित भइसकेको हो । तर, बुख्याँचा मुख्यमन्त्रीको पदभन्दा हामीलाई विचार र मुद्दा प्यारो छ । माओवाद र पहिचानकै निम्ति हामी मर्न हिडेका थियौं र अहिले बाँचेका छौं । कुनै भ्रम नरहोस् !
………….
नयाँ राष्ट्रिय एकता र आर्थिक समृद्धि समाजवादको आधार ! माओवादी नेतृत्वमा प्रदेश सरकार !!
http://temkenepal.org बाट साभार
No comments:
Post a Comment