Wednesday, October 26, 2016

म दोहर्याएर भन्छु नयाँ शक्ति र प्रचण्ड माओवादीको एकता हुन्छ : मुमाराम खनालको अन्तर्वार्ता

पूर्व माओवादी हुँदै बामविश्लेषक बनेका मुमाराम खनालले केही महिना बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको राजनीति गरे । तर, नयाँ शक्तिमा पनि उनी लामो समय टिकेनन् । यसअघि नै उनीमाथि अस्थिर स्वभाव रहेको आरोप पनि लाग्ने गरेको थियो । नयाँ शक्तिले अनुशासन कारवाही गरेकै दिन असोज २१ गते उनले आफु नयाँ शक्तिबाट अलग भएको घोषणा गरे । नयाँ शक्तिमा किन जोडिएका हुन् र किन छाडे ? खनालसँग रातोपाटीले गरेको अन्तर्वार्ता :
muma ram khanal (7)मुमाराम खनाललाई मानिसहरु अस्थिर आत्माको रुपमा किन व्याख्या गर्छन् ?
मेरो जीवन विल्कुल अस्थिरतामा छैन । २५–३० वर्ष कमिटेड जीवन बिताउने मान्छे कसरी अस्थिर हुन सक्छ ? कम्युनिस्ट पार्टीको चौथो महाधिवेशन हुँदै २०६२/६३ को जनआन्दोलनसम्म वामपन्थी राजनीतिमै सक्रिय छु । पछि माओवादी आन्दोलनको आन्तरिक सङ्घर्षबाट आफूलाई अलग्याए र केही समय स्वतन्त्र जीवन व्यतित गरेँ । तर कुनै पनि पार्टी चाहर्दै हिँड्ने काम भने कहिलै पनि गरिनँ । मेरो जीवनको दुईवटा पाटा छन् एउटा राजनीतिक कार्यकर्ताको दोस्रो स्वतन्त्र नागरिकको ।
लामो समयसम्म वामपन्थमा जोडिएको मान्छे त्यहाँबाट विकर्षित हुनुको कारण ?
मेरो वामपन्थप्रतिको विकर्षण होइन, १९७० को दशकयता भएको रसियन समाजवादी क्रान्तिको मोडेल र चिनियाँ समाजवादी क्रान्तिको मोडेलमा परिवर्तन भएर जसरी क्रमशः युद्ध समाजवाद र व्यक्तिवादी चिन्तन प्रणालीको विकास भयो त्यसबाट माथि उठेर मूल्याङ्कन गर्ने कि नगर्ने भन्ने मेरो सोचाइ हो ।
तर माओवादीबाट आउनुभएका साथीहरुलाई के लाग्यो भने तुरुन्तै पार्टी बनाएर पैसा उठाउन हिँडिहाल्नु पर्यो । उहाँहरुलाई पार्टी बनाएर पैसा उठाउने निकै हतारो भएको मैले पाएँ । जतिबेला रङ्गशालाबाट पार्टी घोषणा गरियो त्यसबेला समेत मलगायत साथीहरुको ठूलो समूहले अहिले नै पार्टी घोषणा गर्नु हुँदैन भन्ने मत राखेका थियौँ । तर हामी त्यसमा असफल भयौँ ।
माघ १० मा नयाँ शक्तिमा जोडिनुभयो र लगत्तै रिजाइन पनि गर्नुभयो त्यहाँको अनुभव कस्तो रह्यो त ?
म फेरि निवेदन गरौँ माघ १० मा मैले कुनै पार्टी ‘ज्वाइन’ गरेको होइन । नेपालमा नयाँ शक्तिको आवश्यकता छ भन्ने भएपछि विभिन्न कोणबाट यस बहसलाई अगाडि बढाउने क्रममा मसहित अन्य साथीहरु पनि लागेका थिए । त्यसमा बाबुरामजी पनि लाग्नुभएको थियो । मैले त्यो बहसलाई लामो समयसम्म चलाउन पर्छ भन्ने सोचमा थिएँ र पार्टीलाई डिडक्टिभ होइन कि इन्डक्टिभ मोडेलबाट अगाडि बढाऊँ भन्ने थियो । बाबुरामले एउटा खाले पार्टीको कल्पाना गरेर त्यहाँ मान्छेहरुलाई भर्ती गर्ने होइन कि नयाँ शक्तिको समाजमा आवश्यकता छ कि छैन भन्ने बारेमा बहस गरेर अगाडि बढ्ने मेरो सोच हो ।
आश्चर्यजनक ढङ्गबाट बाबुरामजी वैचारिक छलफलहरुमा पूरै उदासिन हुनुभयो । हामीले थ्योराइज गरेको मूल कुरा भनेको नेपाल लेफ्ट डेमोक्रेटिक सोसलिजमको कोणबाट अगाडि बढ्छ भन्ने हो । त्यो भनेको परम्परागत कम्युनिस्ट पार्टी होइन तर त्यसको सार प्रगतिशीलता नै हो ।
तर माओवादीबाट आउनुभएका साथीहरुलाई के लाग्यो भने तुरुन्तै पार्टी बनाएर पैसा उठाउन हिँडिहाल्नु पर्यो । उहाँहरुलाई पार्टी बनाएर पैसा उठाउने निकै हतारो भएको मैले पाएँ । जतिबेला रङ्गशालाबाट पार्टी घोषणा गरियो त्यसबेला समेत मलगायत साथीहरुको ठूलो समूहले अहिले नै पार्टी घोषणा गर्नु हुँदैन भन्ने मत राखेका थियौँ । तर हामी त्यसमा असफल भयौँ । बाबुरामजीले पार्टी तुरुन्तै घोषणा गरौँ भनेर जोड दिएकाले हामीले हाम्रो मान्यता छोड्यौँ । अहिले पनि वैकल्पिक शक्तिका लागि नेपालमा धरातल तयार भएको छैन । नयाँ शक्ति पार्टीको संरचना नै माओवादी संरचनामा खडा गरिएको हुनाले अन्य समूह आउनै सकेन । त्यसैले म यो पार्टी बन्नुभन्दा अघि नै त्यहाँबाट बाहिरिएको हुँ । बच्चा जन्माउनका लागि ९ महिना कुर्नुपर्नेमा ३ महिनामै हामीले बच्चा जन्माइ दियौँ ।
muma ram khanal (1)
एउटा ब्युरोक्रेसी, एउटा अल्ट्रा लेफ्ट तथा अर्को दक्षिणपन्थी कोणबाट आएका विभिन्न समूहलाई मिलाउन बाबुरामलाई कतिको सकस परेको छ होला ?
आश्चर्यजनक ढङ्गबाट बाबुरामजी वैचारिक छलफलहरुमा पूरै उदासिन हुनुभयो । हामीले थ्योराइज गरेको मूल कुरा भनेको नेपाल लेफ्ट डेमोक्रेटिक सोसलिजमको कोणबाट अगाडि बढ्छ भन्ने हो । त्यो भनेको परम्परागत कम्युनिस्ट पार्टी होइन तर त्यसको सार प्रगतिशीलता नै हो । आजसम्म डेमोक्रेटिक मुभमेन्ट राइट खुट्टाबाट र लेफ्ट डेमोक्रेटिक मुभमेन्ट लेफ्ट खुट्टाबाट मात्रै अगाडि बढेको हुनाले त्यो पनि लङ्गडो भयो । दुवै खुट्टाले टेक्ने समाजवाद कस्तो हुन्छ भनेर हामीले छलफल गर्नु पर्ने हुन्छ । दुवै खुट्टाले टेक्ने समाजवाद भनेको अबको लेफ्ट डेमोक्रेटिक मुभमेन्ट हो । लेफ्टभित्र प्रचुर मात्रामा डेमोक्रेसी भने हुनै पर्दछ ।
बाबुरामजीको राम्रो पक्ष भनेको पुरानो कुरा अडिएर बसी रहनुहुन्न । अहिले एकाध अपवादलाई छोड्ने हो भने बाबुरामसँग सरकारमा रहँदाखेरी प्रत्यक्ष लाभ लिएका साथीहरु नै उहाँको पार्टीमा बढी सक्रिय हुनुहुन्छ । ती उहाँको व्यक्तिगत सम्बन्ध भएका साथीहरु नै हुन् । व्यक्तिगत सम्बन्ध बनाएकाहरु राजनीतिक मुद्दामा धेरै रुचि राख्दैनन् । किनभने उनीहरु लामो राजनीतिक विकास प्रक्रियासँग अवगत नै छैनन् । त्यसकारण नयाँ शक्तिमा माओवादीबाट अएको हिजोको जुन जमात छ अथवा माओवादीभित्र जुन अन्तरसङ्घर्ष थियो त्यही यस पार्टीभित्रको सङ्घर्ष हो ।
भनेपछि माओवादीबाट आएकाहरु र राइटिस्टहरु बीचको सङ्घर्षको उर्वरभूमि नयाँ शक्ति हो भन्न खोज्नुभएको ?
त्यो सङ्घर्षले अझै वैचारिक क्ल्यासको रुप धारण गरी सकेको त छैन तर सङ्घर्ष भने निरन्तर छ । यही नेर अर्को महत्वपूर्ण कुरा के छ भने पराम्परागत पार्टी जस्तो भएको भए यसले क्ल्यासमा निम्त्याइ सक्ने थियो । यो त पार्टी नै बनिसकेको छैन ।
कुन–कुन राजनीतिक लाइनहरु त्यहाँ सबैभन्दा धेरै सङ्घर्षरत छन् त ?
अझै लाइन बनिसकेको छैन । त्यहाँ पूर्व माओवादीहरुको एउटै लाइन छ । उनीहरु रमाउने भनेकै व्यक्तिवादमा हो । गैरमाओवादीहरुको लाइन भनेकै बाबुरामसँग नजिक हुने लाइन हो । अहिले उहाँहरुले कुनै पनि डिबेड ओपन गर्नुभएको छैन । त्यसमा रामेश्वरजीको र मेरो पार्टी विधिमा चल्नुपर्यो भन्ने भनाइ हो ।
भनेपछि विधि छैन ? त्यो भनेको के हो त ?
पार्टीमा पूरै व्यवक्तिवाद छ । पार्टीमा कसले कसलाई भर्ती गर्यो भन्ने नै थाहा हुँदैन । कुनै पनि कमिटीमा छलफल नै नगरी केन्द्रीय समितिमा, परिषदमा मान्छे थपिन्छन् । कहीँ पनि छलफल नै नभई कार्यक्रम तय गरिनछन् र ती कार्यक्रमहरुमा माओवादी साथीहरु मात्रै जानु हुन्छ । संस्थागत निर्णयहरु भएनन् भन्ने गुनासो नयाँ पार्टीमा छ । म पनि त्यस कुरामा सहमत छु । मेरो कुरा के हो भने नयाँ शक्ति भनेको बाबुरामको माओवादी समूह नै हो । नयाँ शक्ति भन्ने कुरा मेरो आवश्यकताले खोल्ने हो कि जनताको आवश्यकताले ? राष्ट्रको आवश्यकता हो कि बाबुरामको ? उहाँहरुलाई बाँच्नका लागि पार्टी चाहिएको हो कि मुलुक परिवर्तन गर्न ? यी आधारभूत प्रश्नहरुका विषयमा मेरा अझै पनि प्रश्नहरु छन् ।
muma ram khanal (6)
पार्टीमा जनताको प्रत्यक्ष सहभागिता र विधिको कुरा गर्ने तपाईंले बाबुरामलाई मोदीलाई जसरी प्रोजेक्सन गरेर विज्ञापन छापिँदा किन नबोलेको ?
औपचारिक रुपमा म पार्टीमा छउन्जेल यो विषय पार्टीको सबैभन्दा धेरै बहसको विषय बनेको थियो । त्यतिबेला पनि त्यो विज्ञापनको कुरा बाबुरामबाहेक कसैलाई पनि थाहा थिएन । ज्याकेट एडको बारेमा हामी कसैलाई केही पनि थाहा थिएन । मैले यो कुराको आँकलन गरेर नै पार्टीको प्रचार विभागबाट राजीनामा दिएको थिएँ ।
स्वतन्त्र रुपमा बाबुरामजीको नयाँ शक्तिको कुनै भविष्य छैन । उहाँहरुले जुन अभ्यास गरी रहनुभएको त्यो माओवादी अभ्यास नै हो । त्यसका लागि माओवादी नै छ भने नयाँ शक्ति भन्ने माओवादी किन चाहियो ।
मानी लिउँ एडको विषयमा कसैलाई थाहा भएन कार्यक्रम स्थलमा बनेको बोर्डमा बाबुरामलाई प्रोजेक्ट गरिन्छ भन्ने पनि थाहा थिएन ?
त्यसलाई त मैले हटाउन मिलेन । त्यसमा पनि सबैको विरोध भयो । बाबुरामको व्यक्तिवादको विषयलाई लिएर विरोध भयो । त्यो कुन संस्थाबाट अनुमोदित भयो भन्ने कुरा पनि अगाडि आयो तर त्यसले निष्कर्ष पाउन सकेन । त्यसैले बाबुरामजीको अपारदर्शिताको कुरा पनि उठेको थियो । उहाँले जहिले पनि त्यस कुरालाई अरु साथीहरुले राखिदिए भनेर उम्कनुभयो । अहिले पनि यो कुरा असन्तुष्टिको मूल कारण बनेको छ । बाबुरामको विषयमा यो लज्जास्पद कुरा हो ।
नयाँ शक्तिभित्र बहस चल्दै गरेका पाँच मूल विषय के–के हुन् ?
पहिलो– साङ्गठनिक स्वरुप । दोस्रोः लेफ्ट डेमोक्रेटिक सोसलिजममा जाने कि लेफ्ट भन्ने कुरालाई समाहित नगर्ने भन्ने । यसमा मुख्य बहसको केन्द्र माओवादीबाट आएको शक्ति र अर्को माओवादी इतरको शक्तिबीच नै हो । तेस्रोः पार्टीको पारदर्शिता । किनभने अहिलेसम्म भेलामा कति पैसा खर्च भयो, कहाँबाट जुट्यो कसैलाई पनि थाहा छैन । चौथोः व्यवस्थापन । व्यवस्थापकीय हिसाबबाट नयाँ शक्तिको कार्यालय १८औँ शताब्दीको छ । पाँचौँः संस्कृतिको बहस । चरित्रका हिसाबले कोही त्यहाँ मानव तस्कर छन् भने कोही अख्तिारले १० लाखसहित समाएका मान्छे । जस्तै एमाओवादी केन्द्रको नाममा गाडी छ चड्ने मान्छे भने नयाँ शक्तिको छ । यो चरित्र र संस्कृतिको कोणबाट कति मिल्ने कुरा हो ।
नयाँ शक्तिको भविष्य कस्तो देख्नु हुन्छ ?
स्वतन्त्र रुपमा बाबुरामजीको नयाँ शक्तिको कुनै भविष्य छैन । उहाँहरुले जुन अभ्यास गरी रहनुभएको त्यो माओवादी अभ्यास नै हो । त्यसका लागि माओवादी नै छ भने नयाँ शक्ति भन्ने माओवादी किन चाहियो । उहाँको सबै अभ्यास प्रचण्डसँग एकता गर्ने उद्देश्यले लक्षित छन् । म फेरि दोहर्याएर भन्छु नयाँ शक्ति र प्रचण्ड माओवादीको एकता हुन्छ । अर्को निर्वाचनसम्म उहाँहरु एक हुनुहुन्छ । किनभने उहाँका सबै गतिविधि एकतातर्फ नै लक्षित छन् । प्रचण्डसँग एकता हुन्छ भन्नेमा म ढुक्क छु ।
तपाईं फेरि नयाँ शक्तिमा फर्कने सम्भावना नि ?
उहाँहरुको पाटोबाट फर्किन पर्यो भनेर छलफल चलाइ रहनुभएको छ । नयाँ शक्तिको अभियानमा म सक्रिय हुन्छु । त्यो नेपाललाई आवश्यक छ । बाबुरामजी पनि पार्टी सङ्गठनलाई इन्डक्टिभ मेथडबाट अगाडि बढाउन राजी हुनुभयो भने म तयार छु । मलाई केही समस्या छैन । म बाबुरामसँग होइन कि प्रचण्डसँग पनि जान तयार छु । उहाँहरुले विगतको कुरा छोडेर नयाँ ढङ्गले आउनु हुन्छ भने किन त्यो सङ्कुचन छ र हामीमा । उहाँ र मेरो व्यक्तिगत केही पनि होइन । समाजलाई बुझ्ने सवालमा दुवैको मत अन्तर परेको मात्र हो ।
http://www.ratopati.com बाट साभार 

Sunday, October 23, 2016

प्रचण्ड र बाबुरामकै कारण यो हालत भयो : आहुती (विषेश अन्तरवार्ता)


विश्वभक्त दुलाल अर्थात् आहुती, एमाओवादीका नेता हुन् । एमाओवादीमा आएको समस्याबारे भन्छन्, ‘प्रचण्ड र बाबुरामको ब्रान्ड हो पार्टी, दुवै नेताहरुका लोकमानसिंह कार्कीलाई अख्तियारमा लैजानेदेखि ल्हारक्याल लामालाई समासद् बनाउनेसम्ममा विवाद छैन । तर उनीहरु दुईको आन्तरिक गुटबन्दीकै कारण एमाओवादी कमजोर भयो ।’ संसारमा कम्युनिष्टको लोप हुँदैछ । ८५ प्रतिशत भूमि कब्जा गरेको भन्नेको हालत खराब छ । यस्तो बेला नेताहरुको गुटबन्दी ठीक होइन । उनीसँगको कुराकानीः

माओवादी आन्दोलनको पछिल्लो अवस्था के छ ?
नेपालमा ०४५–०४६ सालको वरपर पुगेपछि एमालेको जो धारा थियो, त्यसले औपचारिक रुपमा कम्युनिस्ट आन्दोलनको आधारभूत चिजसँग सम्बन्धविच्छेद ग¥यो । त्यसपछि नेपालमा नेकपा (एकताकेन्द्र) बन्ने जो प्रक्रिया सुरु भयो, त्यसले नै सांगठनकि रुपमा पनि सिर्जनात्मक रुपमा पनि नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्व गरेर आयो । त्यसको उत्कर्षको रुपमा जनयुद्ध देखाप¥यो । सहायक पक्षका रुपमा जनआन्दोलनहरु भए ।

शान्ति प्रक्रियामा आएदेखि आजसम्म आइपुग्दा मलाई के लाग्दछ भने नेपालमा अहिले संगठित रुपमा कम्युनिस्ट आन्दोलन छैन । माओवादी आन्दोलनका रूपमा रहेको कम्युनिस्ट आन्दोलन विसर्जित हुन पुगेको छ । यतिखेर माओवादी आन्दोलनका रूपमा रहेको कम्युनिस्ट आन्दोलन व्यक्ति, झुन्डहरु र आम समर्थक पंक्तिमा जीवित रहन पुगेको छ । अब सांगठनिक रुपमा समेत यसको पुनर्निर्माण मुख्य एजेन्डा बन्न पुगिसकेको छ ।

कम्युनिस्ट आन्दोलन के कारणले यसरी विसर्जन हुन पुग्यो त ?
यसको कारण के हो भने माओवादी आन्दोलनको मुख्य नेतृत्व पंक्तिले विगत केही वर्षमा आफ्ना तीन आधारभूत सत्वमाथि खेलबाड ग¥यो । एउटा हो– वर्ग पक्षधरता । यसले आफ्नो वर्ग पक्षधरताको विचारमाथिको आफ्नो सत्व छाडिदियो । आध्यात्मवाद र भौतिकवादलाई फ्युजन गराउने भन्ने स्तरको विचलन आउन थाल्यो । यसले सर्वहारा वर्गीय पक्षधरता छोड्दै गयो । दोस्रो, यसले सर्वहारा वर्गको आत्मनिर्णयको अधिकार भन्ने जो हुन्छ, त्यसलाई कमजोर पार्दै विजातीय वर्गको संसर्ग र सिफारिसमा समेत काम गर्न थाल्यो ।

तेस्रो कुरा, जतिसुकै खराब भने पनि जतिसुकै असल भने पनि एउटा सुव्यवस्थित पद्धति भएन भने जति राम्रो विचार भए पनि जति राम्रो पार्टी भए पनि त्यो व्यवस्थित ढंगले लागू हुँदैन । पद्धति–प्रक्रिया पूरै भत्काउने काम ग¥यो यसले । आधारभूत रुपमा यी तीन कुरामा भएको खेलबाडले एकातिर वर्गपक्षधरतासहितको विचारमा ह्रास हुँदै गयो ।

यो ह्रास हुँदै जानु भनेको विजातीय वर्गको पार्टीमा रुपान्तरण हुने प्रक्रिया तीव्र हुनु हो, त्यही भयो । सर्वहारा वर्गको आत्मनिर्णयको अधिकार छोड्दै गएपछि विजातीय पर्यावरणसँग सम्बन्ध बढाउन तँछाडमछाड हुन थाल्यो । विचार र पद्धति–प्रक्रियामा स्खलनको तीव्रतासँगै कम्युनिस्ट मूल्य–मान्यता, नैतिकता ह्रास हुन थाल्यो । समग्रमा भन्दा सांस्कृतिक रुपमा भयावह विजातीयकरणको प्रक्रिया अगाडि बढ्यो र त्यो बढी नै रहेको छ ।

विघटित कम्युनिस्ट आन्दोलनलाई पुनर्संगठित गर्न अब के गर्नुपर्ला ? के छन् त उपाय ?
संगठित गर्ने उपाय नहुने भन्ने त हुँदैन किनकि आवश्यकता भएपछि उपाय निस्कन्छ नै । नेपाली समाज र विश्व समाजमा रहेको श्रमजीवी वर्गको मुक्तिको समस्या समाधान पुँजीवादबाट सम्भव छैन । जतिसुकै सुधारिएको पुँजीवादले पनि सम्भव छैन । पुँजीवाद आफैं पनि तीव्र संकटमा फस्दै गएको छ । त्यसैले स्वाभाविक रुपमा समाजवादी क्रान्तिका निम्ति कम्युनिस्ट आन्दोलन अनिवार्य छ । त्यसका निम्ति एक, नेपाली कम्युनिस्ट आन्दोलनको ६५ वर्षको सिंहावलोकन हुनु जरुरी छ ।

दुई, ६५ वर्षमा माक्र्सवादी भनेर अमाक्र्सवादी अवधारणाहरु कम्युनिस्ट आन्दोलनमा के–के लागू हुन पुगे भनेर संश्लेषण आवश्यक छ । तीन, कम्युनिस्ट आन्दोलनले नेपाली समाजको सर्वांगिण विशिष्टतालाई रणनीति र कार्यनीति निर्धारणको आधारभूत आधार बनाउनेबारेमा भएको त्रुटिका विषयमा गम्भीर छलफल आवश्यक छ । चार, नेपाली कम्युनिस्ट आन्दोलनको कार्यशैलीको मुख्य पक्ष षड्यन्त्रमा आधारित हुँदै आयो, त्यसबारे नयाँ छलफल जरुरी छ । पाँच, कम्युनिस्ट आन्दोलनमा बहुमत–अल्पमत र भिन्नमतबीचको सम्बन्ध र अन्तर्संघर्ष सञ्चालनको विधिलाई पुनरावलोकन गरी सही निष्कर्ष निकाल्न सक्नुपर्दछ । छ, कम्युनिस्ट आन्दोलनमा रहेको अपारदर्शिताको रोगबाट मुक्त गर्न पारदर्शितासम्बन्धी विधिको विकास गर्नुपर्दछ ।

सात, कम्युनिस्ट आन्दोलन राजनीतिक सत्ता प्राप्तिको आन्दोलन मात्र नभई यो विश्वदृष्टिकोण परिवर्तनको आन्दोलन भएकाले सांस्कृतिक रुपान्तरणको विषयलाई तत्कालीन आवधिक कार्यसूचीमा कसरी नीतिगत रुपमा ढाल्ने भन्ने विषयमा नयाँ निष्कर्षमा पुग्नु जरुरी छ । आठ, मालेमावादका आधारभूत प्रस्तावनाहरुको दृढतापूर्वक रक्षा गर्दै आजको नयाँ स्तरको साम्राज्यवादी माहौललाई परास्त गर्न मालेमावादमा आवश्यक विकासका निम्ति काम गर्दै जानुपर्दछ ।

नौ, आजको एक्काईसौं शताब्दीको विश्वबाट समाजवादी क्रान्ति र वैज्ञानिक समाजवाद प्राप्तिको स्पष्ट रणनीति र व्यापक खाका तयार पार्न लागिपर्नु पर्दछ । र दस, माक्र्सवादी पद्धति, विज्ञानको गुदी कुरा भनेको आलोचनात्मक चेतसहितको क्रान्तिकारी र अन्ततः आम समाज निर्माण गर्ने कुरा हो । तर, सिंगो कम्युनिस्ट आन्दोलनमा आलोचनात्मक चेतलाई प्रबद्र्धन गर्नेभन्दा त्यसलाई कुन्ठित गर्ने प्रक्रिया नै मुख्य रुपमा हावी हुँदै आयो । तसर्थ, यस विषयमा नयाँ संश्लेषणतिर बढ्नु पर्दछ ।

यसप्रकार समग्रमा भन्दा नेपाली कम्युनिस्ट आन्दोलनको सामन्तवादविरोधी आधारभूत चक्र सकिएको छ । अब पुँजीवादविरोधी समाजवादी क्रान्तिको चक्र सुरु भएको छ । त्यस चक्रमा सफलतापूर्वक अगाडि बढ्न सैद्धान्तिक, राजनीतिक र संगठनात्मक सबै विषयमा सिंहावलोकनसहित अगाडि बढ्ने संकल्प गर्दा नेपाली कम्युनिस्ट आन्दोलन फेरि नयाँ तागतका साथ अगाडि बढ्न सम्भव छ र बढाउनै पर्दछ ।

पार्टी यो हालतमा पुग्नुमा शीर्ष नेताहरुको के–कस्तो भूमिका रहेको ठान्नुहुन्छ ?
माओवादी पार्टी प्रचण्ड–बाबुराम ‘ब्राण्ड’ मा बनेको पार्टी हो । ‘ब्राण्ड’ भनेको ‘व्यापारिक’ शब्द हो, मैले बुझाउन मात्र यो शब्दको प्रयोग गरेको हुँ । यो पार्टीको आधारभूत नेतृत्व को हो त भनेर हे¥यो भने दुनियाँले बुझ्ने कुरा के हो भने यो पार्टी प्रचण्ड–बाबुरामको पार्टी हो । यी दुइ मुख्य नेतृत्व हुन् । त्यसकारण माओवादी आन्दोलन अहिलेको हालतमा पुग्नुको मुख्य कारण प्रचण्ड–बाबुराममा देखापरेको समस्या नै हो ।

यो अद्र्धशताब्दीको सबैभन्दा ठूलो सामन्तवादविरोधी प्रहार भनेको जनयुद्ध हो । त्यो अवधिसम्ममा सबैभन्दा बढी सिर्जनशील भएर, सबैभन्दा बढी काम गरेको र सफल भएको नेता पनि उहाँहरु नै हो । उहाँहरुले गरेको योगदान इतिहासमा सुरक्षित हुनेवाला छ । यसको मतलब के पनि होइन भने उहाँहरुले जे चिज गर्न सक्नुभएन, त्यसबारे पनि मौन बस्नु पर्दछ । त्यसैले पार्टी यो अवस्थामा पुग्नुमा उहाँहरु दुई जनामा भएको गडबडीले नै मुख्य रुपमा काम गरेको छ । त्यसपछिका नारायणकाजी श्रेष्ठलगायतका नेताहरु सबैको पनि यो अवधिमा भएको भूमिकाबारे आवश्यक मूल्याङ्कन हुनै पर्दछ र हुने नै छ ।

अहिलेको स्थितिमा प्रचण्ड–बाबुराम मिल्दैमा पार्टीका सबै समस्या हल होलान् त ?
अहिलेसम्म पनि उहाँहरुको आधारभूत लाइन एउटै छ । उहाँहरुले राजनीतिक रुपमा पार्टीभित्र वा बाहिर प्रभावशाली हुनका लागि आ–आफ्नो फरकपन भएजस्तो देखाउनु अर्कै कुरा हो । आधारभूत रुपमा उहाँहरुको कुन कुरामा फरक छ ? जस्तो– शान्ति प्रक्रियामा आउने कुरामा फरक छ ? छैन । संविधानसभामा जाने विषयमा फरक छ ? छैन । दोस्रो संविधानसभा निर्वाचनमा जाँदा प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्को प्रमुख बनाउने विषयमा फरक मत छ ? छैन ।

लोकमानलाई अख्तियारमा लैजाने कुरामा फरक मत छ ? छैन । ल्हारक्याल लामालाई सभासद बनाउन वा माथिल्लो कर्णालीको सम्झौतामा फरकपन छ ? छैन । आम रुपमा सांस्कृतिक जीवन उस्तै छ । अब फरक कहाँ छ त भन्दा अहिले गर्नु नपर्ने कुरामा फरक छ । जहाँसम्म उहाँहरुले आ–आफ्ना गुटहरुलाई चलाउने कुरा छ, त्यो त पुँजीवादी पार्टीमा पनि स्थायी प्रकारका गुट त चलिहाल्छन् नि । पुँजीवादी पार्टीमा समेत स्थायी प्रकारका गुट त तलसम्म हुन्छन् ।

स्थायी प्रकारको गुट कसैले बनायो भन्दैमा त्यो विचार–राजनीतिमा फरक हुने कुरा हो र ? पार्टीभित्र आ–आफ्नो राजनीतिक अस्तित्वलाई सुरक्षित गर्न वा समग्र राजनीतिमा एउटा हैसियत निर्माण गर्नका निम्ति पनि गैरसर्वहारावर्गीय स्थायी प्रकारका गुटहरु कम्युनिस्ट आन्दोलनमा पनि बनेका छन्, बुर्जुवा पार्टीहरुमा त झन् स्वतः बनेका छन् नै । त्यसको आधारमा उहाँहरु फरक त हुनुभएन नि !

उसोभए तपाईं प्रचण्ड–बाबुरामका बराबर कमजोरी देख्नुहुन्छ ?
बैठकहरुमा अध्यक्ष स्वयंले भनिसकेको कुरा हो कि अध्यक्षको नाताले पार्टी बिग्रनुको दोष मैले बढी लिनुपर्छ भनेर । तर, पनि म चाहिँ पार्टी बिग्रनुको प्रधान पक्ष व्यक्ति देख्दिनँ । नेपाली कम्युनिस्ट आन्दोलन मात्र होइन, संसारभरिकै कम्युनिस्ट आन्दोलनमा ‘हिरोइज्म’ दबदबाको विषय बन्यो । त्यसको परिणाम पनि हामीले भोगिसक्यौं ।
स्टालिन नहुनेबित्तिकै, लेनिन नहुनेबित्तिकै के भयो ? ८५ प्रतिशत भूभाग कब्जा भएको भनिएको गोन्जालोको पार्टी के भयो ? माओ मर्नेबित्तिकै त्यहाँको हालत के भयो भन्ने हामीले देखिसकेका छौं । त्यसकारण सिंगो कम्युनिस्ट आन्दोलनमा नै हामीले जुन ढंगको नायकवादमा आधारित भएर नेतृत्व निर्माणको जो प्रक्रिया लग्यौं– त्यहाँ समस्या छ । त्यसबारेमा छलफल गर्नुपर्ने छ । अहिले जरुरत के छ भने सिङ्गो माओवादी आन्दोलनभित्र आधारभूत सैद्धान्तिक माक्र्सवादी प्रस्तावनाको बारेमा छलफल गर्ने कि नगर्ने ? हरेक मानिसहरुको बारेमा आलोचनात्मक वर्गदृष्टिकोण राख्न खोज्ने कि नखोज्ने ?
आलोचनात्मक दृष्टिकोण राख्न खोजिएन भने चाहिँ यो आन्दोलन नयाँ ढंगले अगाडि बढ्न असम्भव छ । व्यक्तिहरु जो पनि हुन सक्छन् । व्यक्ति प्रचण्ड पनि हुन सक्छन्, बाबुराम पनि हुन सक्छन्, नारायणकाजी पनि हुन सक्छन् र अर्कै व्यक्ति पनि आउन सक्छ, यो ठूलो कुरा होइन । यहाँ हल्ला भएजस्तै बाबुरामजीले अर्को पार्टी बनाउनुहोला रे । तपाईंको नेतृत्वप्रणाली जो छ र सोच्ने तरिका जे छ, त्यही तरिका लागू गर्ने हो भने हुन्छ के त ? यही स्थितिमा जतिसुकै फुटाए पनि केही हुँदैन । विरासतको ¥याल–सिंगान सफा गर्नेतिर नलागी जति जुटाए पनि केही हुँदैन ।
त्यसो भए अब गर्नेचाहिँ के त ?
६५ वर्ष लामो सामन्तवादविरोधी संघर्ष जो चल्यो, नेपाली जनताको विशेष गरी कम्युनिस्टहरुको नेतृत्वमा त्यसका उपलब्धिहरुलाई अधिकतम रुपमा संस्थागत गर्ने काम हो संविधान बनाउने कुरा । त्यसमा माओवादी मान्दोलनको मूल पङ्क्ति लागिरहेको छ, त्यो ठीक छ । त्यो सकिसकेपछि नेपाली कम्युनिस्ट आन्दोलनको बारेमा एउटा ठूलो बहस सिर्जना हुन्छ, हुनुपर्दछ ।
नेपालमा कम्युनिस्ट नै रहेर अगाडि बढ्न चाहने मानिसहरुले सबैभन्दा पहिले २००६ सालदेखि यहाँसम्मको सिंहावलोकन गर्न आफूलाई तयार पार्नुपर्दछ । त्यसो गर्न सकियो भने फेरि हामी त्यो बहसबाट अगाडि बढ्न सक्दछौं । जो मानिस आजको आवश्यकताअनुसार आन्दोलन सिर्जना गर्न चाहन्छन्, उनीहरु कम्युनिस्ट आन्दोलन निर्माण गर्दै अगाडि जान समर्थ हुन्छन्, जो मान्छे कम्युनिस्ट आन्दोलन चाहँदैन, अब यसबाट पार लाग्दैन भन्ने ठान्छ– ऊ आफ्नो बाटो लाग्दछ ।

माओवादी आन्दोलन नै अहिले सबैभन्दा धेरै क्रान्तिकारीहरु संगठित रहेको आन्दोलन हो । ६५ वर्षमा कम्युनिस्ट आदर्शका बारेमा, योगदानका बारेमा पनि सामन्तवादविरुद्ध सबैभन्दा बढी योगदान गरेको पनि माओवादी आन्दोलनले नै हो । यसलाई फेरि पुनर्जीवित पार्न सकिएन भने हाम्रो समाजको आस्था, संस्कृति र कम्युनिस्ट मूल्य–मान्यतामा सबैभन्दा ठूलो घाउ पनि यसैले बनाउनेवाला छ । त्यसकारण सिर्जनात्मक ढंगले हर चिजका बारेमा प्रश्न गर्ने र आलोचनात्मक बन्ने ढंगले कम्युनिस्ट क्रान्तिकारीहरुले जति मेहनत गर्लान्, त्यसैको आधारमा भोलिको कम्युनिस्ट आन्दोलन कसरी अगाडि बढ्छ भन्ने कुराको मापन गर्न सकिन्छ ।

http://www.netpatrika.com  बाट साभार 

नेपाल आदिकालदेखि गाईखाने देश होः डोरबहादुर विष्ट

बाहुन युवाहरु बुझ्दैछन् ‘बाहुनवाद’

समाजशास्त्री डोरबहादुर विष्टसँग २०५२ जेठ २० शनिबार दिउँसो चर्चित पत्रकार÷सम्पादक गुणराज लुइटेलले विष्टकै घर ललितपुरमा यो अन्तर्वार्ता लिएका थिए । त्यसबेला राजतन्त्र ढलिसकेको थिएन । मुलुकमा भर्खर प्रजातन्त्र पुनःस्थापना भएयता जातीय चिनारी (पहिचान)को राजनीतिले विस्तारै गति लिन थालेको थियो । प्रजातन्त्रको खुलापनमा विस्तारै खुल्न थालेको नेपाली समाजमा रहेको ‘बाहुनवाद’सम्बन्धी धारणा सार्वजनिक गरेर विष्टले यसलाई छलफलमा ल्याइदिएका थिए । मुलुकमा प्रजातन्त्र आइसकेको भए पनि अझै धेरै विषयमा हाम्रो राजनीति र समाज खुलिसकेको थिएन ।

अन्तर्वार्ताका क्रममा विष्टले सामाजिक विशिष्टताको चर्चा गर्ने क्रममा ‘अहिलेका राजाका पुर्खा मगर हुन्’ भनेका थिए । जनआस्था साप्ताहिकले सोही भनाइलाई शीर्षक बनाएर यो अन्तर्वार्ता प्रकाशित गरेको थियो । चर्चा झन् चुलियो । प्रजातन्त्र आए पनि राजदरबार अझै एउटा टापुजस्तै थियो । अहिलेको परिस्थितिबाट हेर्दा त्यसबेला विष्टले व्यक्त गरेका यी बिचार, तर्क र उनको यो अन्तर्वार्तामा व्यक्त धारणा विस्फोटक लाग्छन् । विष्टका ‘फेटलिज्म एन्ड डेभलपमेन्ट’, ‘पिपुल्स अफ नेपाल’, ‘सोताला’लगायत पुस्तक प्रकाशित छन् । 

दुई दशकअघि यो अन्तर्वार्ता दिएको केही दिनमै विष्ट बेपत्ता भए वा पारिए । त्यसयता उनको खोजी भइरहेको छ । लुईटेल र फोटो पत्रकार सन्तोष पोखरेलले विस्टसँग गरेको यो अन्तर्वार्ता अहिलेको सन्दर्भमा पनि सान्दर्भिक हुने ठानेर (दुईवर्षअघि अन्नपूर्णमा शिर्षक परिवर्तन गरी प्रकाशित) साभार गरी यहाँ प्रस्तुत गरिएको छ । यहाँ यस अन्तर्वार्तालाई प्रस्तुत गर्दा शिर्षक परिवर्तन गरिएको छ ।



नेपालमा अहिले ‘नाक चुच्चे’ र ‘नाक थेप्चे’ अर्थात् ‘आर्य’ र ‘अनार्य’ भन्नेजस्ता साम्प्रदायिक चिन्तन हावी हुन थालेको छ । यसको कारण के होला ?

अहिले मानिसहरूले जातीय कुरा गर्नु अति स्वाभाविक हो। नेपालका दुई जाति खस र किराँतमध्ये खस बढी बसाई सरेको जाति हो। खस—आर्यहरू पशुपालन गर्ने घुमन्ते हुन्। उनीहरूले छिटो हिँड्ने जनावरहरू गाई, घोडा, भेडाबाख्रा, कुकुरजस्ता जनावरहरू लिएर हिँड्दा घाँसेमैदानमा धेरै चाँडो हिँडे। किराँत जातिहरू चाहिँ हाम्रो हिमालको पुछार, दक्षिण चीन, बर्मा, थाइल्यान्डजस्तो बढी पानी पर्ने, घनाजंगल भएको ठाउँमा बस्ने भएकाले उनीहरूको जीवनशैली छिटो नहिँडेर ढिलो भयो। त्यही भएर उनीहरूले भैंसी, सुंगुरजस्ता छिटो नहिँड्ने जनावर पाले। किरात वर्गको पश्चिमतिर बढ्ने प्रवृत्ति ढिलो हुँदै गएको देखिन्छ। खस पूर्व्तिर लाग्दा छिटो हिँड्ने हुनाले बाटामा भेटिएका सानातिना समूहलाई पेल्दै मिच्दै आफ्नो आधिपत्य कायम गर्दै अगाडि बढ्ने वर्ग गर्‍यो ।
किरात भनेको ढिलो जाने भएकोले काठमाडौं आएर केही पश्चिमतिर गएको देखिन्छ । त्यसले गर्दा खस—आर्यहरूको दबदबा बढ्दै गएको हो। इतिहासमा को, कसरी अगाडि बढ्यो भन्ने कुरा नसिकाइएपछि, हाम्रा विद्यालयहरूमा यो कुरा नपढाइएपछि नाक चुच्चे—सेतो धोती लाउनेले पेलेर खायो भन्ने कुरा देखा परेको हो ।

तपाईंले भन्ने गरेको ‘बाहुनवाद’ कतिजनाले बुझे त ?

धेरै नै युवा बाहुनहरूले यो कुरा बुझ्न थालेकाले म अहिले असाध्यै खुसी छु । मैले ‘बाहुनवाद’ भनेपछि बाहुनलाई गाली गर्‍यो भन्ने अर्थ लगाए । अनि बाहुनलाई गाली गरेपछि हिन्दू धर्म पनि बच्दैन, हिन्दूहरू नबाँचे हामी बाँच्दैनौं भन्ने सोचाइ पुरानो वर्गमा रह्यो । तर त्यसो होइन, नेपाली भएर बाँच्नुपर्‍यो । नेपाली मान्छे भएपछि मन लागेको धर्म पछ्याउनोस्, मन लागेको दाल, तरकारी खानोस्, मन लागेका ठाँटको घर बनाउनोस्, मन लागेको पार्टनर छानेर विवाह गर्नोस् र मन लागेका कम्पनीको मोटरसाइकल चढ्नोस्, कसले के भनेको छ र ?

यथार्थमा ‘बाहुनवाद’ भनेको के हो ?

ब्राम्हणवाद भनेको यस्तो कुरा हो जसले निरन्तर भाग्यवादको प्रचार गरिरहन्छ । अहिले जे जति भएको छ अघिल्लो जन्मको कमाइले भएको हो, अहिले तिम्रो पौरखले केही गर्दैन । सबै कुरा ईश्वरले गरिसकेको छ भनेर जबसम्म भाग्यवादी सिद्धान्तलाई विश्वासमा लिन्छौं, हामी पौरखहीन हुन्छौं । पौरख नगर्ने हामी कहिले खुसी हौंला त ? अर्काले कहिले दिन्छ र खाउँला भनेर सहायताको ठूलो थैलो लिएर संसारभरि घुम्ने चलन जुनसुकै सरकार आए पनि त्यो गरिरहेको छ, त्यो लाजमर्दो कुरो हो, पौरखशून्य नेपाली भएकाले त्यसो भएको हो । हामीलाई बाहुनहरूको भाग्यवादले पौरखशून्य बनायो । त्यसैले त्यसको नाम मैले ‘बाहुनवाद’ भनेको हुँ । ‘बाहुनवाद’ नफालेसम्म देशले पौरख गर्दैन । पौरख गर्ने जनता नहुन्जेल देशले उन्नति गर्दैन ।

तपाईं त संस्कृत राम्रोसँग बुझ्ने र पढ्ने मान्छे हुनुहुन्छ । एमाले सरकारको पालामा रेडियोबाट संस्कृतमा समाचार आउँदा त निकै राम्रो लाग्यो होला ?

संस्कृतमा समाचार दिनुपर्ने बिल्कुलै आवश्यकता थिएन । गलत परम्परा तोड्ने मार्क्सवादी सरकार आएको बेलामा पनि संस्कृतको प्रतिरक्षा गर्ने काम भयो । केही अदूरदर्शी पण्डितहरूले संस्कृतलाई कतै न कतै झुन्ड्याइदिए बाहुन वर्गको कल्याण र हिन्दू धर्मको रक्षा हुन्छ कि भन्ने सोचाइ राखे र त्यो गलत सोचाइको कारण संस्कृतमा समाचार दिन थाले । संस्कृत भाषा आज विकास गर्न बाँकी भाषा होइन ।
कसैकसैले त्यसलाई ‘मृतःभाषा’ पनि भन्छन् किनभने संस्कृत भाषामा बोल्ने चलन कहीँ पनि छैन । यसभित्र अनन्त ग्रन्थ छन्, आवश्यकता ती ग्रन्थहरू पढ्नु र त्यसबाट शिक्षा लिनुमात्र हो । संस्कृत भाषाकै विकास गर्नु होइन । चेपाङ भाषामा खबर दिएको भए दुइटा चेपाङले त देशको कार्यक्रम बुझ्थे । अब यो संस्कृत समाचार दिएर कसलाई शिक्षित बनाउन खोजिएको हो ?

तपाईं ‘खस’ हरूलाई पनि जनजातिको दर्जा दिन थाल्नुभएको छ । यसको कारण चाहिँ के हो ?

खस जाति शोषित, गरिब र उपेक्षित कुनै पनि वर्ग नेपालमा छैन । खस सबैभन्दा ठूलो समूह भएको जनजाति हो । आजको नेपाली भाषा (खस कुरा) धेरै भाषाको सम्मिश्रणले आदिकालको ‘खस’ कुरासँग मिल्दैन । त्यसकारण आफ्नै भाषा भएको, आफ्नै भौगोलिक क्षेत्र भएको, आफ्नै चालचलन भएको, देवीदेवता कुनै पनि पूजा नगर्ने, बाहुन पुरोहित हुँदै नभएको ‘खस’ लाई जनजाति नभने कसलाई भन्ने ? अहिले मैले जुम्लामा बसेर गरिरहेको काममध्ये एउटा खसहरूलाई जनजाति हौ भनेर चिनाउनु पनि हो । अहिले पूर्वतिर धमाधम जनै लगाएर किरातीलाई बाहुन बनाउने काम डा. प्रपन्नाचार्य र पं. छविलाल पोख्रेलजस्ता विद्वानहरूले गरिरहनुभएको छ । जनजातिलाई कसरी भविष्यमुखी बनाउने भन्ने आजको समस्या हो । तर, मान्छेहरू दुई सयको जनै लगाउन हुरुरु कुदेका छन् । आज त यो स्थिति छ भने आजभन्दा ६ सय वर्षअघिका बाहुनहरूलाई कस्तो भयो होला ?
पहिले विशाल साम्राज्यका शक्तिशाली खसहरूलाई तिमी ठकुरी हौ भन्दै जनै लगाइदिदा तिनै खस बडा सम्मानित भए । पछि बाँकी खसलाई शुद्र हौ भनिरहे । जनै लाउनेले आफ्नै खस दाजुभाइलाई तल्लो जातको ठान्न थाल्यो । पुर्खाले ठगेको त्यही कुरालाई सच्याउन नै म त्यहाँ गएको हुँ ।



तपाईं आफ्नो पुस्तक ‘फेटलिज्म एन्ड डेभलपमेन्ट’ को प्रयोग गर्ने भनेर जुम्लाको चौधबीसमा काम गरिरहनुभएको छ । अहिले प्रयोग कति सार्थक हुँदैछ ?

बाहुनहरूले कहिल्यै परिस्कृत कुरा गरेनन् । सधैं मलाई दान देऊ, तिमी बैकुण्ठ जान्छौ भन्ने मिथ्या प्रचार गरिरहे । बैकुण्ठ छ भन्ने विश्वास भएको भए ती बाहुनहरू आफैं जान्थें । भाग्यवादले गर्दा हामी पौरखशून्य भयौं । बाहुनवादले मानिसको प्रतिभालाई कुण्ठित बनाइदियो । त्यो कुण्ठित पारिएको वर्गमा खसभन्दा बढी कसैलाई नोक्सान भएन । त्यसकारण खसहरूलाई उठ्न असाध्यै गाह्रो प¥यो । ‘फेटलिज्म एन्ड डेभलपमेन्ट’ लेखिसकेपछि पूर्वतिर जाउँ कि भन्ने सोचें । तर, पूर्वतिर एउटा सकसकी आइसकेको छ, किरात वर्गमा । त्यसैले म खसान क्षेत्रतिर गएँ । योगी नरहरिनाथ पनि खस हुन् । उनी आफू बाहुन भएर हिँड्छन् । तर, मैले खसको जुन कुरा गरेको छु उनले त्यो कुरा गरेका छैनन् । योगी नरहरिनाथमा पनि हिन्दू धर्मको वर्णाश्रम व्यवस्थालाई हेर्ने कमजोरी छ ।
खसमा किन अवन्नति आयो भन्ने कुरालाई योगीले राजनीतिक ढंगले मात्र हेरेका छन्, ऐतिहासिक ढंगले हेरेका छैनन् । तर, मैले सामाजिक, आर्थिक, सांस्कृतिक ढंगले किन खसलाई लात्ती हानियो भनेर हेरेको छु । जबसम्म खसभित्र हामी पनि उठ्नुपर्छ भन्ने चेतना हुन्न, त्यतिन्जेल नेपाल ज्यान गए पनि बन्ने छैन । बरु नेपाललाई जनजातिको राजनीतिले जर्जर बनाइरहनेछ । मेरो उद्देश्य साम्प्रदायिक होइन । खसहरूलाई जनजाति बनाउनु हो । अहिले नेपालमा ‘गाईखाने’ कुराको विवाद निकै चर्केको छ । यो विवाद तपाईंलाई कस्तो लाग्यो ? यो कुनै मुद्दा होइन । पद्मरत्न तुलाधरले पहिले बोल्दा र पछि माफी माग्दा दुवैपटक राजनीतिक बोली बोलेका हुन् । यथार्थ कुरा के हो भने नेपाल आदिकालदेखि गाईखाने देश पनि हो । अहिलेसम्म पनि हामीले गाई खाइरहेको देखिरहेका छौं, खान्छन् । नेपालभित्र गाई काटेर खाने परम्परा नभएको होइन । नेपाल हिन्दू—अधिराज्य बन्यो र कानुनका हिसाबले गाई काट्नु हुन्न, काटे सजाय हुने भन्ने कानुन बनेपछि त्यो कामले अन्डरग्राउन्ड हुनुपर्‍यो ।
राणाशासनमा राजनीतिले अन्डरग्राउन्ड जानुपर्थ्यो, पञ्चायती व्यवस्थामा दलीय कुरामा विश्वास गर्नेले अन्डरग्राउन्ड जानुपरेजस्तो गाई काटेर खानेकुरा अन्डरग्राउन्ड भएको थियो । यथार्थमा मूल कारण गाई होइन, गाईखाने कुरा पनि अहिले यही मौकामा भन्यो भनेर साम्प्रदायिक हिसाबले पद्मरत्नलाई लेखट्ने एउटा वर्ग निस्कियो । यही मौकामा हामीले पनि कति लुकेर खानु भनेर उनीहरू पनि बढ्ता उपद्रो गर्न थालेका छन् । स्याङ्जा, दोलखामा गाई खाएका कुरा आएका छन्, त्यो पद्मरत्नको भाषण सुनेर होइन, गाई खाइरहेकै मानिसले खाएका हुन् । यो झगडा गर्ने एउटा निहुँ मात्र हो, यो नभए अर्को निहुँ निस्कन्छ ।

योगी नरहरिनाथले गाई काट्ने कुरालाई बहुतै उचाल्नुभएको छ । तपाईं योगीजीको गतिविधिलाई कुन रूपमा हेर्नुहुन्छ ?

म भए त्यसरी उचाल्ने थिइनँ । जेसुकै कुरालाई पनि बढी उचाल्नुको अर्थ हो— बढी दंगा मच्चाउनु । दंगा भोलि हिंस्रक पनि हुन सक्छ । व्यक्तिले दीर्घकालीन कुरा गर्नुपर्छ । एकै छिनलाई पनि नहुने कुरा गर्न हुँदैन ।

तपाईं बाहुन युवाहरूलाई के सल्लाह दिनुहुन्छ ?

पुरोहितका छोराहरूलाई भन्ने गरेको छु— तिमीहरूको पुरानो पुस्ता बदलिन सक्दैन । त्यसैले सिदा बटुलेर खानुभन्दा पौरख गरेर खान सिक । पुराण भनेर र फटाहा कुरा गरेर ‘दान देऊ, तिमी भुर्र उडेर स्वर्ग जान्छौ’ भन्नुभन्दा उत्पादनशील काममा लाग्नुपर्छ ।

नेपालका शाह राजाहरूलाई मगरका सन्तान भन्दै आउनुभएको छ । यसलाई प्रमाणित गर्ने कुरा के हुन् ?

नेपालका एकीकरण गर्ने राजा क्षेत्रीय नै हुनुपर्छ भन्ने व्याख्या पढाइ नभएका बाहुनहरूले गरे । राजालाई राज्य जोगाउनुछ, जे नाउँ राखे पनि पुगिहाल्यो । म विकासको इतिहास हेर्छु राजसत्ता र सत्ता परिवर्तनको इतिहाससँग मलाई चासो छैन । हाम्रो राजाका पुर्खामा मिचा, खान्चा भन्ने थिए । नाम देख्नेबित्तिकै यहाँ मुस्लिम भने । तर, मगर भाषामा ‘मिचा’ ‘खान्चा’ को अर्थ ‘जेठा’, ‘कान्छा’ हो । पछि मुस्लिम प्रभाव परेपछि सिंह, खाँ, आदि राखे । चितौनगढबाट भागेर आएका हुन् भनेर हिन्दुस्थानका राजपुतले किन आफ्नो छोरालाई जेठा (मिन्चा), कान्छा (खन्चा) भन्नुपथ्र्यो ? पृथ्वीनारायण शाहका मावली दिग्वन्धन सेन मगर हुन् । उनकी आमा पनि मगर हुन् ।
नेपालमा तीन देवीका मन्दिर छन्— पाल्पाको लसर्गादेवी, गोरखाको गोरखकाली र मनकामना । त्यहाँका पुजारी मगरमात्र छन्, अरूले प्रवेश गर्न पाउँदैनन् । त्यहाँ अझ पाल्पाको लसगीदेवीमा सुँगुर काट्नुपर्छ र जाँडरक्सी पनि जान्छ । अहिले सुँगुरको साटो बनेल जान्छ । यहाँ आएर राजा भएको भनेर लंगडो तर्क दिइएका छन् । राजपाठ छोडेर भागेर आएको कुनै व्यक्तिलाई आउनासाथ यहाँ कसले ‘ओ हो ! तँ आइछस्, राजा हो’ भन्छ ? न त यहाँ आएर नेपालको राजालाई परास्त गरेको छ । यसकारण नै मैले अहिलेका राजाका पुर्खा मगर हुन् भनेको हुँ । मैले कुनै नयाँ कुरा गरेको होइन ।

Thursday, October 20, 2016

इच्छुक प्रतिस्ठानलाई ज्ञापनपत्र ?

भर्खरै विप्लव माओवादी निकट जनसाँस्कृतिक संघले इच्छुक साँस्कृतिक प्रतिष्ठानलाई ज्ञापनपत्र दिएको छ । ज्ञापन पत्रमा अनाधिकार इच्छाहरु पनि छन् । यो औचित्यहीन पनि छ । सँगसँगै यसलाई एक महिने अल्टिमेटम पनि भनिएको छ । ती मागको सम्वोधन नभए जे पनि हुनसक्ने र त्यसको जवाफदेही आफै हुनुपर्ने पनि उल्लेख छ । मानौं यो संस्था कुनै सरकारी निकाय हो र उनीहरुको लागि यो संस्था नै सरकार हो । जससित माग र अल्टिमेटम दिएर पूरा नभए कारवाही गरिनेछ ।
विप्लव नेतृत्वका साँस्कृतिककर्मीहरुलाई कुन वर्ग उनीहरुको प्रमुख दुश्मन हो र कुन वर्गसँग उनीहरुको मुख्य अन्तरविरोध हुन्छ भन्ने पनि थाहा नभएको देखियो । कोसँग लडाईंको केन्द्रविन्दु हुन्छ र कोसँग मागहरु तेर्साउनु पर्छ भन्ने पनि थाहा छैन भन्ने देखियो । अहिलेसम्म उनीहरुले सरकारसँग भने कुनै माग राखेका छैनन् । देशभरि यस्ता प्रतिष्ठान धेरै छन् र ती सत्ताधारी पार्टीसँग सम्बन्धित छन् जससँग साधन र स्रोतको पहुँच पनि छ । सरकारी प्रज्ञा प्रतिष्ठानसँग पनि उनीहरुले माग राख्ने जरुरत ठानेनन् । ती संस्थासँग होइन आफै सत्ताबाट पाखा रहेको संस्थासँग यस्ता माग गर्नुको आसय बुझिनसक्नु छ ।
आफ्नो क्षेत्रभित्र नपर्ने हकको पनि त्यहाँ माग गरिएको छ । त्यसमा विप्लवको पार्टीसम्बद्ध साँस्कृतिक मोर्चाका संयोजक माइला लामाले हस्ताक्षर गरे पनि अरुको नै इन्टरेस्ट लुकेको स्पष्ट देखिन्छ । जो हिंजो टाढा थिए, ती आज नजिक भएका छन् । स्वार्थबाट पे्ररित आत्मकेन्द्रित व्यक्तिवादी चरित्रका चैतेहरुको घेरामा माइला लामा जस्ता हिजोदखि नै समर्पित व्यक्तिहरु पर्नु दुखद कुरा हो । अनैतिक सिर्जना चोरीको आरोप प्रमाणित भएपछि कारवाहीमा परेका अशोक सुवेदी जस्ता नैतिक पतन भएका व्यक्ति होऊन् वा अवसरवादी ढुलमुले स्वार्थी द्रव्यधूर्त व्यक्ति स्वार्थ लम्पट अन्य कोही होऊन् ती सबैले बदनाम गर्ने माइलाको पार्टीलाई नै हो । पैसा भनेपछि नालीमा पनि मुख टटोल्नेहरु अहिले धेरै क्रान्तिकारी बन्दै माइला लामालाई बदनाम गराउने प्रक्रियामा लागेका छन् । प्रलेसले किन कारवाही गरेर अशोक सुवेदी जस्ताहरुलाई निकाल्न विवश भयो भन्ने कुरा त जग जाहेर भइसकेको छ । तर त्यसरी गनाएका नैतिकहराम गैरप्रगतिशील चरित्रका तुच्छ र क्षुद्र मुर्दाहरुलाई काँधमा बोकेर हिंड्दा भने माइलाहरुको काँध पनि अवश्य गनाउँछ नै । साँस्कृतिक क्षेत्रका विसंगतिलाई सफा गर्ने भन्नेहरुले नै साँस्कृतिक क्षेत्रमा खडा गरेको यो असाँस्कृतिक चरित्रको फण्डाफोर मात्र गर्न सकिन्छ । पाण्डव
http://www.jhilko.com बाट साभार 

यसरी के गरिखालान् विप्लवले ?!


तत्कालै हतियार उठाउने भन्दै पार्टी विभाजन गरेको विप्लव माओवादीमा गम्भीर सङ्कट देखापर्न थालेको छ । पार्टीमा विप्लवलगायत केही मानिस असल भए पनि केही अत्यन्त खराब मानिसका कारण यो समूह धरापमा पर्न थालेको बताइन्छ । कृष्ण सेनलाई पक्राउ गर्न सुराकीको काम गरेका तथा जनयुद्धको समयमा पार्टीको नाममा अकुत सम्पत्ति कुम्ल्याउने अशोक सुवेदीहरूका कारण विप्लवले नेतृत्व गरेको माओवादीको ओरालो यात्रा सुरु भएको नेकपा माओवादीसम्बद्ध स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आफ्नी बिमार आमाको नाममा किताब नकाल्दै हिँड्ने सुवेदी आमाको उपचारमा लागेको पैसा नतिरी फरार रहेका छन् । कलङ्कीमा रहेको सो अस्पतालले अब आफ्नो खर्च रकमको माग गरेर विप्लवको हेडक्वार्टरमा पेस गर्न लागेको बताइन्छ । अनावश्यक रूपमा दाजुभाइसित झगडा गरेर बोलचालसमेत बन्द गरेका सुवेदीले अहिले आफूलाई विप्लवको अत्यन्त नजिकको मानिस भन्दै व्यापारीहरूसित सम्बन्ध बढाएका छन् । मित्रघात र टावर परिवर्तन गरिरहने सुवेदी जनयुद्धकालदेखि नै बदनाम हुँदै आएका मानिस हुन् । आफ्नो स्वार्थका लागि जे पनि गर्न सक्ने र जोसित पनि नाजायज सम्बन्ध राख्न पछि नपर्ने उनले राप्रपाका नेता शङ्कर कार्कीको किताब सम्पादन गरेर पूरा पेजभरि आफ्नो बायोडाटा छपाएका थिए ।

कुनै समय अरूले लेखेको कविता आफ्नो बाबुको नाममा छपाएर बदनामी कमाएका सुवेदीले अहिले भाइ जीवन सुवेदीको अंश हडपेर घोर अन्याय गरेका छन् । जनयुद्धमा कुनै साइनो पनि नभएका अशोक सुवेदी अहिले आफूलाई खाँटी जनयुद्धकालीन माओवादी भएको विज्ञापन गर्दै हिँडेका छन् । पार्टीका केही नेतालाई प्रभावमा पारेर उनले विप्लवलाई समेतलाई भ्रमित पार्ने कोसिस गरिरहेको कुरा विप्लव मुख्यालयका एक केन्द्रीय सदस्यले बताए । पार्टी निर्माण भएको यति छोटो समयमै पार्टीमा यस्ता तत्वहरूको चलखेलबारे विप्लव माओवादीको पार्टी केन्द्र निकै गम्भीर भएको बताइन्छ । ‘रअ’द्वारा सञ्चलित एक दैनिक पत्रिकाका प्रुफरिडर रहेका सुवेदीको चुरीफुरी देखेर असल माओवादीहरू अचम्म मान्ने गरेका छन् । जनयुद्धको नाममा उठाएको पैसाले काठमाडौंमा तीनवटा घर किनेको र अहिले कपनमा एउटा घर बाँकी राखेर दुईवटा घर बिक्री गरी उक्त रकम विभिन्न बैंकमा राखेको बताइन्छ । सुवेदीको पारिवारिक स्रोतका अनुसार अहिले उनीसित करिब दुई करोड नगद मौज्दात रहेको छ । अशोक सुवेदीको सम्पर्क विभिन्न अवान्छित निकायसँग पनि रहेकाले पार्टीको गम्भीर सूचनावाहकका रूपमा पनि उनले काम गरिरहेको स्रोतको दाबी छ ।

उनी कार्यरत सञ्चार संस्थाका एक पत्रकारका अनुसार उनले शक्तिशाली डिजिटल रेकर्डर साथमा राख्न कहिल्यै टुटाउँदैनन् । सुवेदीको यही घोर अवसरवादी र गैरराजनीतिक चरित्रका विरुद्ध अखिल नेपाल जनसांस्कृतिक महासङ्घका नेता एवम् माक्र्सवादी लेखक खेम थपलिया आत्म–स्वाभिमानमा चोट पुगेको भन्दै महासंघको बैठकबाट बाहिरिएका थिए ।

http://www.ghatanarabichar.com बाट साभार 

प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य अशोक सुवेदी चोरीको अभियोगमा लेखक सङ्घबाट निलम्बित















Sunday, October 9, 2016

कमरेड गौरवको जाली चिन्तन - डा. ऋषिराज बराल


Baral NP





















डा. ऋषिराज बराल


विषयप्रवेश
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को मुखपत्र ‘माओवादी’ को पूर्णाङ्क १०, २०७३ मा सो पार्टीका वरिष्ठ नेता तथा अन्तर्राष्ट्रिय विभागका प्रमुख कमरेड सिपी गजुरेल ‘गौरव’ को ‘अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन : वर्तमान सन्दर्भमा’ शीर्षकको लेख प्रकाशित भएको छ । त्यसमा थुप्रै विरोधाभासपूर्ण भनाइहरू रहनुका साथै कतिपय सत्यतथ्यलाई समेत तोडमरोड पारिएकाले यहाँ केही कुरा प्रस्ट पार्ने प्रयास गरिएको छ ।
विश्लेषण
१. सो लेख ७ ओटा उपशीर्षकमा विभाजित छ । आरम्भको भाग विषयप्रवेश हो र यसलाई उपशीर्षक दिइएको छैन ।  पहिलो उपशीर्षक ‘अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई बुझ्ने समस्या’ हो । कमरेड गौरवले कमरेड लेनिनका भनाइहरूको सहयोग लिँदै कुनै एक देशको क्रान्ति त्यस देशको मात्र क्रान्ति नभएर, त्यो विश्व सर्वहारा क्रान्तिको अङ्ग भएकाले त्यसलाई संसारभरिका क्रान्तिकारीहरूले समर्थन र सहयोग  गर्नुपर्छ भन्ने धारणा व्यक्त गर्नुभएको छ । यो सर्वमान्य र सार्वभौम  प्रस्थापना हो ।  यसमा सहमत नहुने कुरा छैन । परन्तु,  यो मूल्यलाई स्वयम् कमरेड गौरव र उहाँको पार्टीले कति गम्भीरताका साथ आत्मसात  गरिरहेको छ भन्ने प्रश्न अहिलेको अहम् प्रश्न हो । कमरेड गौरवको पार्टीका दस्ताबेजहरू र व्यवहारमा कमरेड गौरवले उठाउनु भएको अन्तर्राष्ट्रिय सर्वहारावादी मूल्यको बोध गर्न सकिने स्थिति पटक्कै छैन ।
पाखण्डी पण्डितहरू यसो गर्नु हुँदेन, उसो गर्नु हुँदैन भनेर बडो अर्तिउपदेश दिन्छन्, तर आफू स्वयम् व्यवहारमा त्यसको पालना गर्दैनन् । प्रस्ट रूपमा भन्दा कमरेड गौरवको लेख यसै प्रवृत्तिको उदाहरण बनेको छ । कमरेड गौरवले कुरा त बडो सर्वहारावादी अन्तर्राष्ट्रियतावादको गर्नुभएको छ, परन्तु, सो पार्टीको दस्ताबेज र पारित प्रस्तावहरूमा भारत, टर्कीलगायत विश्वमा चलिरहेका जनयुद्ध तथा राष्ट्रिय मुक्तियुद्धलाई समर्थन  गरौँ भन्ने एउटा  शब्द पनि  पढ्न पाइँदैन ।  सहयोग र समर्थनको कुरा परै जाओस्,  राज्यआतङ्कको निन्दा र विरोधको प्रस्ताव पनि पारित गरेको पाइँदैन । यसका लागि पछिल्लो भेलाले पारित गरेको २५ बुँदे प्रस्ताव मात्रै पनि हेरे पुग्छ । त्यतिबेला केन्द्रीय समितिको पोखरा बैठकमा निकै ठूलो दबाबपछि, भारतीय जनताले चलाएको जनयुद्धका विरुद्ध भारतीय फासिवादी सरकारले चलाएको ‘अपरेसन ग्रीन हन्ट’ नामका हत्या अभियानको विरोध प्रस्ताव पारित गरिएको थियो । तर अक्षरमा बाहेक यसको व्याहारिक रूप कतै देख्न पाइएन ।
विश्वभरिका  माओवादीहरू,  उत्पीडित वर्ग र समुदायले भारतीय उत्पीडित जनताले लडेको जनयुद्धको समर्थन र फासिवादी हत्या अभियान ‘अप्रेसन ग्रिन हन्ट’ को विरोध गर्दा कमरेड गौरवहरूले यसको  आवश्यकता नदेख्नु र नठान्नुमा कतै आत्मसुरक्षावादी चिन्तनले काम गरेको त छैन ? भनेर प्रश्न उठ्नु/उठाउनु स्वाभाविक छ । यहाँ भारतीय विस्तारवाद रिसाउँछ कि भन्ने चिन्ता अर्थात् उसलाई नचिढ्याउने मनोदशाले काम गरेको छ भन्न सकिन्छ । प्रस्ट रूपमा भन्दा यो घुमाउरो पाराले जनयुद्धको राजनीतिप्रतिको विमति पनि हो । के भारत, फिलिपिन्स, टर्की भाइचारा पार्टीहरू होइनन् ?  ती मुलुकहरूमा चलिरहेको जनयुद्ध अन्तर्राष्ट्रिय सर्वहारा क्रान्तिको अङ्ग होइन ? उसो भए किन मौनता ? वास्तवमा यसप्रतिको मौनतालाई सहज रूपमा लिन मिल्दैन । अमेरिकाका काला जातिमाथि भएको दमन देख्ने गौरव कमरेडहरू भारत र टर्कीका जनतामाथि फासिवादी सत्ताद्वारा  गरिएको दमन, मणिपुर, काश्मिर र कुर्दिस्तानमा भएको दमन किन देख्नुहुन्न ? गजबको सर्वहारवादी अन्तर्राष्ट्रियतावाद छ गौरव कमरेडहरूको !
कमरेड गौरवहरू भाइचारा पार्टीहरूसम्बद्ध सूचना र सम्बन्धमा निकै पछि हुनुहुन्छ । उहाँहरूले जेलमा रहेका भाकपा (माओवादी) का वरिष्ठ नेताद्वय कमरेड अजिथ र कमरेड कोबाध गान्धीका बारेमा त प्रश्न उठाउनु भएन नै प्राध्यापक साइबाबा र अप्पा रावका बारेमा पनि उहाँहरूसित सही जानकारी रहेनछ । नेकपा (क्रान्तिकारी माओवादी) को पछिल्लो भेलाले पारित गरेका २१ औँ बुदामा लेखिएको छ : “भारतको दिल्ली विश्वविद्यालयका प्राध्यापक जी.एन साइबाबा र अप्पा राओको भारत सरकारबाट गरिएको गैरकानुनी  गिरफ्तारीको  घोर विरोध गर्दै यो भेला उहाँहरूको शीघ्र रिहाइको माग गर्छ ।” यो बुँदा  विप्लव कमरेडहरू अलग्गिएपछिको राष्ट्रिय भेला अर्थात् २ वर्षअघिको भेलाले पास गरेको प्रस्ताव हो र अमेरिकाका काला जातिसम्बन्धी प्रस्ताव पनि २ वर्ष अघिकै हो । अप्पा रावको पूरा नाम जारा अप्पा राव हो र उनी आन्ध्र विश्वविद्यालयका तेलगु भाषाका प्राध्यापक हुन् । उनी  छिटै जेलबाट छुटेका र लामो दबाबपछि प्राध्यापक साइबाबा जमानतमा छुटेका थिए । गौरव कमरेडहरूले पछिल्ला सूचनासमेत नबुझी जस्ताको तस्तै गत साल पारित प्रस्तावहरू राखिदिनुभएको छ । यसबाट उहाँहरूको सूचनाप्रतिको पहुँच र भाइचारा पार्टीहरूसितको सम्बन्धको स्थितिबारे राम्रो जानकारी मिल्छ ।
२. कमरेड गौरवको लेखको दोस्रो बुँदा ‘विश्व परिस्थिति र एकदेशमा हुने क्रान्ति’ हो । विश्व परिस्थितिको व्याख्याका सन्दर्भमा उहाँले रिमको पहिलो घोषाणपत्रबाट उद्धरणहरू लिनुभएको छ । तर त्यसको पनि सारतत्व छोड्नु भएको छ । यसमा उहाँले भन्नुभएको छ : “यो कुरा सत्य हो कि यतिखेरको विश्व परिस्थिति क्रान्तिका लागि अनुकुल छैन ।” यस किसिमको विश्लेषणमा सत्यता र वैज्ञानिकताको अभाव छ ।  यो मनोगतवादी व्याख्या हो । यो निरासावादी बुझाइ हो । यतिबेर साम्राज्यवाद, त्यसमा पनि अमेरिकी साम्राज्यवादको जेजस्तो स्थिति छ,  अन्तरसाम्राज्यवादी अन्तर्विरोध जसरी चर्केको छ, यसले विश्व परिस्थिति क्रान्तिका लागि अनुकूल छ । यो अन्तर्राष्ट्रिय क्रान्तिकारी माओवादी पार्टीहरूको ठहर  हो । साथसाथै माओवादी पार्टीहरूको  आत्मगत स्थिति कमजोर भएकाले क्रान्तिका लागि परिस्थिति अनुकूल बनाउन सकिएको छैन भन्ने पनि माओवादी पार्टीहरूको बुझाइ  हो । समस्या विश्व परिस्थितिको नभएर आत्मगत स्थितिको हो । यहाँ आत्मगत पक्ष र वस्तुगत पक्षलाई गाँजेमाजे पारिएको छ ।
वास्तवमा कमरेड गौरवका भनाइ आफैँमा विरोधाभासपूर्ण छन् । यो कुरा उहाँको अर्को लेख ‘साम्राज्यवादी  देशमा बढ्दो अन्तर्विरोध’ बाट पनि थाहा पाउन सकिन्छ । एकातिर उहाँ विश्व परिस्थित प्रतिकूल छ भन्नुहुन्छ, अर्कोतिर ‘विश्व परिस्थिति र एकदेशमा हुने क्रान्ति’ र ‘विश्वव्यापी आर्थिक सङ्कट’ मा आफ्नै भनाइ विपरीत व्याख्या गर्नुहुन्छ । जस्तो उहाँ भन्नुहुन्छ : “यो कुरा सत्य हो कि विश्वस्तरमा कम्युनिस्ट आन्दोलन शक्तिशाली भएको भए संसारका धेरै देशमा क्रान्ति सम्पन्न हुन सक्ने अवस्था थियो ।” अवश्य पनि हो, विश्वको स्थिति अनुकूल भएर पनि आत्मगत कमजोरीका कारण क्रान्तिले गति लिन सकेको छैन । यतिखेर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) नै आशाको केन्द्र बनेको  छ ।  साथसाथै प्रतिक्रियावाद र साम्राज्यवादी आतङ्कले मात्र नभएर दक्षिणपन्थी अवसरवादले पनि सर्वहारावादी क्रान्तिमा ठूलो नोक्सान पपुर्याएको छ । यो हाम्रो सन्दर्भमा पनि त्यत्तिकै सत्य हो । यस्तो बेला जनयुद्ध चलिरहेका देशका आन्दोलनहरू खास गरेर भारतमा चलेको जनयुद्धलाई बढीभन्दा बढी सहयोग र समर्थनको आवश्यकता छ । परन्तु यस कार्यमा कमरेड गौरवहरूको भूमिका अलिकति पनि सर्वहारवादी अन्तर्राष्ट्रियतावादी मूल्यअनुरूप हुन सकेन ।  यो तीतो सत्यलाई कमरेड गौरवहरूले आत्मसात गर्नु जरुरी छ ।
३ कमरेड गौरवको लेखको एउटा उपशीर्षक ‘मालेमावादीहरूको संयुक्त वक्तव्य’ रहेको छ । यो समसामयिक र महत्वपूर्ण सन्दर्भ हो । यो सन्दर्भले केही व्याख्या र इतिहासको पनि माग गर्छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ‘शान्तिप्रक्रिया’ मा आएपछि यसलाई लिएर भाइचारा पार्टीहरूले आआफ्ना धारणाहरू सार्वजनिक गरे । सन् २००९ पुग्दा नपुग्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी) लाई लिएर भाइचारा पार्टीहरूबीचमै विभिन्न किसिमका मतमतान्तरहरू  देखापरे । आरसिपी, अमेरिका र भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले पुस्तकाकारकै रूपमा  दस्ताबेज सार्वजनिक गरेर नेकपा ( माओवादी) विचलनको दिशामा गएको ठहर गरे । यसैबीच आरसिपी, अमेरिकाले ‘न्यु सिन्थेसिस’ को धारणा अघि सार्दै पेरिस कम्युनदेखि माओसम्मको इतिहास ‘मिति नाघि सकेको औषधी’ भएकाले यसबाट क्रान्ति सम्पन्न नहुने  र अबको क्रान्ति ‘न्यु सिन्थेसिस’ का आधारमा मात्र हुने भन्दै यसलाई नै विश्वका  क्रान्तिकारीहरूको नयाँ केन्द्र निर्माणको आधार बनाउनुपर्ने जिकिर गर्यो  । आरसिपी, अमेरिकाबाहेकका पार्टीहरू ‘न्यु सिन्थेसिस’ उत्तर–मालेमावादी चिन्तनमा आधारित भएको र यसले विसर्जनवादको पुर्पक्ष मात्र गर्छ भन्ने निष्कर्षमा पुगे र यसलाई पूर्णरूपमा खारेज गरिदिए । आरसिपी, अमेरिकाले ‘न्यु सिन्थेसिस’लाई आधार बनाए मात्र नयाँ केन्द्र बनाउन सकिने हठधर्मिता देखाएपछि यो बाहेकका पाटीहरू नयाँ केन्द्र निर्माणको वातावरण बनाउन सक्रिय भए । कमरेड अजिथद्वारा प्रस्तुत ‘अन दि प्रिजेन्ट सिचुएसन अफ दि रिम एन्ड दि  च्यालेन्ज अफ रिग्रुपिङ माओइस्ट पार्टीज एट दि इन्टर्नेस्नल लेवल’, यसैको उपज थियो ।
यस प्रयासलाई निरन्तरता दिन सन् २०११ देखि आरसिपी अमेरिका बाहेकका माओवादी पार्टी तथा सङ्गठनहरूले बैठक, सभा आदि गर्दै संयुक्त रूपमा  ‘मे डे घोषणापत्र’ जारी गर्दैआएका छन् । विश्वका ३० ओटा क्रान्तिकारी सङ्गठनहरूको सन् २०१६ को संयुक्त वक्तव्य यसैको पछिल्लो कडी हो । यो मूलतः विश्वका क्रान्तिकारी माओवादीहरूबीच सम्बन्ध विस्तार गर्ने र नयाँ केन्द्र निर्माण गर्ने उद्देश्यद्वारा गरिएको प्रयास हो । यस किसिमको संयुक्त वक्तव्यमा सन्  २०११ पछि नेपालका कुनै पनि माओवादी पार्टीको सहभागिता रहेको छैन । सन् २०१४ देखि नेपालका तर्फबाट ‘क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च’ को तर्फबाट यस टिप्पणीकार सहभागी बनेको छ । र सन् २०१६ को संयुक्त वक्तव्यमा ‘कम्युनिस्ट न्युक्लिअस, नेपाल’  सहभागी भएको छ ।
प्रचण्डसित सम्बन्ध विच्छेद गरेको चार वर्षपछि अहिले आएर कमरेड गौरवले यसप्रति चासो राख्नु भएको छ । तर उहाँ इमानदारीका साथ प्रस्तुत नभएर रकमी र काइते शैलीमा प्रस्तुत हुनुभएको छ–एक किसिमको ठालुपनको आभास हुन्छ उहाँको अभिव्यक्तिमा  । जस्तो उहाँले लेख्नुभएको छ : “यसै वर्ष मई दिवसको अवसरमा ३० ओटा माओवादी सङ्गठनहरूले  एउटा संयुक्त वक्तव्य प्रकाशित गरेका छन् । त्यसका हस्ताक्षरकर्तामध्ये भारतीय कम्युनिस्ट पार्टी ( माओवादी) विश्वमा परिचित कम्युनिस्ट पार्टी हो । अरू त्यति परिचित सङ्गठन होइनन् ।”
पहिलो कुरा कमरेड गौरवको यो भनाइमा खिसिट्युरीको भाव छ र बुझाइ मार्क्सवादसम्मत छैन । कुनै पार्टी नयाँ होला, कुनै पार्टी  पुरानो, कुनै पार्टी सानो होला र कुनै ठूलो । प्रश्न आकार अथवा नयाँ र पुरानोको होइन, प्रश्न त्यसले उठाएको मुद्दाको हो । तर कमरेड गौरवको प्रस्तुतिमा नाम नचलेका अपरिचित भनेर होच्याएको जस्तो, खिसिट्युरी गरेजस्तो भाव झल्किन्छ । अहिलेलाई माओवादी नाम राखेका नेपालका पार्टीहरूमा प्रचण्डले नेतृत्व गरेको पार्टी ठूलो र परिचित होला ।  तर यसले केही अर्थ  राख्दैन । फेरि सही विचार भए आजको सानो पार्टी भोलि ठूलो बन्न सक्छ । यो देखे/बुझेको सत्य हो ।  नेपालको माओवादी आन्दोलनमा कतिबेर कुन पार्टी फुट्यो र कुन नयाँ पार्टी बन्यो, किन फुट्यो र किन अर्को बन्यो, कसको के हो स्थिति र कार्यदिशा भन्ने कुरा अन्यौलमा रहेकाले चिनाउन कमरेड किरणको नेतृत्वमा रहेको, कमरेड विप्लवको नेतत्वमा रहेको माओवादी पार्टी भन्नुपरेको स्थिति छ । देशभित्रै समस्या छ भने बाहिर झन् समस्या छ । अहिले पनि भाइचारा पार्टीहरू कमा, ड्यास,  ब्राकेट आदि नबुझेर अन्योलमा परेका देखिन्छन् । कमरेड किरण, कमरेड गौरव भनेर अन्तर्राष्ट्रिय जगतले   चिन्छ, तर नेकपा (क्रान्तिकारी माओवादी) अन्तर्राष्ट्रिय माओवादी आन्दोलनमा अझै परिचित र स्थापित हुन बाँकी छ भनेर कमरेड गौरवले बुझ्नु आवश्यक छ र प्रचण्डबाट विद्रोह गर्दाको नेकपा–माओवादीबाट दुईतिहाई हिस्सा बाहिरिसकेको छ भनेर पनि बुझ्नु आवश्यक छ । कमरेड गौरवको भनाइमा अहम् भाव र ठालुवाद छ, सर्वहारावादी भ्रातृत्वभाव छैन ।
अवश्य पनि ३०ओटा सङ्गठनको वक्तब्यमा साना सङ्गठन र मोर्चाहरू  पनि छन् । तर त्यसमा परिचित पार्टीका रूपमा भाकपा (माओवादी) मात्र छैन । त्यसमा रिमको गठनसँगै जोडिएका माओवादी पार्टी इटाली र पछि रिममा सहभागी भएको माओवादी पार्टी अफ्गानिस्तान पनि छन् । युरोपको  विशिष्टतामा त्यसले के–कति गर्नसक्यो, त्यो आफ्नो ठाउँमा छ, तर नयाँ केन्द्र निर्माण लगायत भारतमा चलिरहेको जनयुद्धका पक्षमा र राज्यआतङ्कका विरुद्ध विश्वजनमत निर्माण गर्न हिजोको रिम सदस्य माओवादी पार्टी इटालीको ठूलो भूमिका छ । यसका अन्तर्राष्ट्रिय विभाग प्रमुख नेकपा–माओवादीको  सातौँ महाधिवेशनमा शुभकामना दिन उपस्थित हुनुहन्थ्यो भन्ने कुरा पनि यहाँ स्मरणीय छ ।रिम स्थापनादेखि जोडिएको र सँगै उठबस गरेको पार्टी कसरी अपरिचित हुन्छ ? यताको कुरा गर्ने हो भने ती अपरिचित भनिएका पार्टीहरूको तुलनामा कमरेड गौरवको पार्टीले अन्तर्राष्ट्रिय क्षेत्रमा सिन्को पनि भाँचेको छैन । ‘परिचित’ भनिएकाहरू साम्राज्यवादी–विस्तारवादी शक्तिहरू रिसाउँछन् कि भनेझैँ गरी केही पनि नगर्ने अनि अरूलाई परिचित/अपरिचित भनेर होच्याउने काम कुनै पनि क्रान्तिकारीले गर्न  मिल्दैन ।  साना भएर पनि युरोपेली माओवादी पार्टीहरूले जे गरिरहेका छन्, त्यो उदाहरणीय छ । आवश्यकता प्रशंसा र उत्साहको छ, खिसिट्युरीको होइन  । पहलकदमी कसले लियो यो प्रमुख कुरा हो  । अनेक बहाना बनाएर पहलकदमी लिनबाट भाग्ने र अरूले गरेको राम्रो कामको पनि प्रशंसा गर्न नसक्ने प्रवृत्ति मार्क्सवादसित मेल खाँदैन । यो अहङ्कारी प्रवृत्ति हो–ठालुवाद ।
नयाँ रिम निर्माणमा लागेकाहरूको लगातार ५ वर्षदेखि मे दिवसका दिन संयुक्त वक्तव्य निकालेका छन् । गत वर्षहरूमा कमरेड  गौरवहरूले यसलाई बेवास्ता गरे पनि यसपल्ट सम्बोधन गर्न उहाँहरू बाध्य हुनुभएको छ । तर सो संयुक्त वक्तव्यको स्पिरिटलाई अझै कमरेड गौरवले समात्न सकेको बोध हुँदैन । यसपल्टको वक्तव्यमा ‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ ५० वर्ष पुगेको सन्दर्भलाई विशेष महत्व दिइएको छ । यसको महत्व र सान्दर्भिकताको विश्वव्यापी प्रचारका लागि विशेष कार्यक्रम र योजनाहरू बनाउन सो वक्तव्यले आह्वान गरेको छ । कमरेड गौरवले यस पक्षप्रति बेवास्ता गर्नुभएको छ ।
यो वक्तव्यप्रति आफनो धारणा राख्ने क्रममा कमरेड गौरवको निम्न भनाइ पनि ध्यान दिन योग्य छ । “सच्चा कम्युनिस्ट पार्टीहरू मिलेर अन्तर्राष्ट्रिय  केन्द्र निर्माण गर्नका लागि यो एउटा  आह्वानजस्तो  अवश्य हो । हाम्रो पार्टीका लागि यो विशेष महत्वको किन पनि छ भने हाम्रो पार्टीले आजभन्दा ठीक दुई वर्षअघि गरेको आह्वानको स्पिरिटसँग यसले मेल खान्छ ।” यहाँ कमरेड गौरवले दुनियाँलाई मुर्ख बनाउन खोज्नु भएको छ । जानी नजानी बेइमानीभाव देखाउनु भएको छ । यसलाई काम गर्ने कालु, मकै खाने ठालु भन्न सकिन्छ । आफूले २ वर्षअघि उठाएको अहिलेको संयुक्त वक्तव्यमा आयो भनेर एकातिर आफूहरू निकै अगाडि भएको देखाउन खोज्नुभएको छ भने अर्कोतिर नयाँ रिम निर्माणका लागि सन् २०१० देखि त्यसमा पनि २०११ देखि खास गरेर तत्कालीन भारतीय कम्युनिस्ट पार्टी (माले) नक्सलवाडीका कमरेड अजिथ (हाल भाकपा (माओवादी) का नेता जो जेलमा  हुनुहुन्छ ) र माओवादी पार्टी इटालीको ठूलो भूमिकालाई खारेज गर्नुभएको छ । यो हद दर्जाको बेइमानी हो । ४ वर्षसम्म बेवास्ता गर्ने कमरेड गौरवले अहिले श्रेय लिन खोजेको देख्दा साँच्चिकै आश्चर्य लाग्छ । म कमरेड गौरवलाई सन् २०११ देखि २०१५ सम्मका संयुक्त वक्तव्य अध्ययन गर्न अनुरोध गर्छु । यति मात्र नभएर सन् २०१० मा  कमरेड अजिथले पार्टीको तर्फबाट  अन्तर्राष्ट्रिय सेमिनार प्रस्तुत गर्नुभएको कार्यपत्र : ‘ अन दि प्रिजेन्ट सिचुएसन अफ दि रिम एन्ड दि  च्यालेन्ज अफ रिग्रुपिङ माओइस्ट पार्टीज एट दि इन्टर्नास्नल लेवल’ पढ्न पनि अनुरोध गर्छु ।
साँचो कुरा के हो भने कमरेड गौरवले छलफलका लागि पठाएको दस्ताबेजलाई माओवादी पार्टी इटाली लगायत नयाँ अन्तर्राष्ट्रिय केन्द्र निर्माणमा लागेका पार्टीहरूले प्रचण्डप्रभावबाट मुक्त हुन नसकेको, कार्यदिशामा प्रस्टता नभएको, भाइचारा पार्टीहरूको प्रयासप्रति बेवास्ता गरेको आदिआदि  भनेर खारेज गरिदिएका हुन् । यसको प्रमाणका लागि माओवादी पार्टी इटालीले जनवरी २०१५ मा तत्कालीन नेकपा –माओवादीलाई लेखेको चिठीलाई  लिन सकिन्छ, जसलाई नेक्स्ट फ्रन्टले ( www.thenextfront.com) अनुवाद गरी प्रकाशित गरेको थियो । इमानदारीपूर्वक भन्नुपर्दा चार वर्षसम्म पटक्कै चासो नदिनु अहिले आएर अपरिचित भनेर होच्याउनु र २ वर्षअघि आफूले उठाएको भनेर श्रेय लिन खोज्नु भनेको बेइमानीसिबाय केही होइन । यो बब अभाकियनवादी ठालुवादकै अर्को रूप हो ।
४. अन्तिम बुँदाको शीर्षक ‘अन्तर्राष्ट्रिय केन्द्र निर्माणको प्रश्न’ छ । यसमा नयाँ केन्द्र कसरी निर्माण गर्ने भनिएको छ । कमरेड गौरवले हिजो रिमले ‘ए वल्र्ड टु विन’ मार्फत  विचार निर्माण, सङ्गठन विस्तार लगायत थुप्रै कामहरू गरेको थियो र अहिले यस्तो हालतमा हुँदा ठूलो नोक्सान भएको भनेर दुख मनाउ गर्दै भन्नुभएको छ : “पेरू कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड गोन्जालोको जीवन रक्षा र रिहाइ, अमेरिकाका  अबु जमालको जीवन रक्षा र रिहाइ, तत्कालीन माओवादीका शीर्ष नेताहरू क. किरण र क. गौरवको जीवन रक्षा र रिहाइका निमित्त अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी अभियान चलाइको थियो ।”
कमरेड गौरवले गर्नुभएको चिन्ताप्रति विमति छैन ।  रिमले धुप्रै काम गरेको थियो । नेपालको माओवादी आन्दोलनलाई प्रचारप्रसार गरेर विश्वव्यापी बनाउन मात्र होइन, रोल्पामा बाटो खन्नसमेत भाइचारा पार्टीका कमरेडहरू समुन्द्र पारिबाट आउनुभएको थियो । कमरेड किरण र कमरेड गौरवको जीवन रक्षा र रिहाइका लागि विश्वव्यापी जनमत दबाब सिर्जना गर्न रिम र कम्पोसाले महत्वपूर्ण भूमिका खेलेका थिए । भारतीय मानवअधिकारवादीहरू, वकिल, प्राध्यापक र पत्रकारहरू उहाँहरूको जीवन रक्षा र रिहाइका लागि दिनरात नभनी लागेका थिए । कमरेड गौरवलाई नेपाल सरकारसमक्ष सुम्पिन खोज्दा भारतीय मनावअधिकारवादीहरू  र वकिलहरू सडकमै लम्पसार परेर बाटो अवरुद्ध गर्दाको त्यो क्षण कमरेड गौरवले पक्कै पनि नबिर्सनु पर्ने हो । तर कठै ! आज कमरेड किरण र गौरवले यी  सबै कुरा बिर्सिनुभएको छ  । कमरेडहरूले भारतमा चलिरहेको जनयुद्धको समर्थन त गर्नु भएन भएन, भारतीय फासिवादी सत्ताले भारतीय उत्पीडित जनताका विरुद्ध चलाएको ‘अपरेसन ग्रिन हन्ट’ नामको हत्याअभियानका विरुद्ध एक शब्द बोल्नु पनि आवश्यक ठान्नु भएन ।
यतिखेर भारतीय जेलमा भाकपा (माओवादी) को माथिल्लो स्तरका ९ जना कमरेडहरू बन्दी अवस्थामा हुनुहुन्छ, त्यसमा रिमका संस्थापक सदस्य कमरेड अजिथलगायत कमरेड कोबाध गान्धी पनि हुनुहुन्छ  । उहाँहरूको रिहाइका लागि अन्तर्राष्ट्रिय अभियान चलाइको छ । ‘रिलिज कमरेड अजिथ’, ‘फ्रि कमरेड अजिथ’  भनेर भारत र युरोपका भित्ताहरू पोस्टर र ब्यानरले रङ्गिएका छन्, तर कमरेड किरण, गौरव  र उहाँहरूको गौरवशाली पार्टीले एक शब्द पनि बोल्नु आवश्यक ठानेको छैन  । अरू कुरा त परै जाओस्,  गत वर्ष मुटुको उपचार गर्दागर्दै कमरेड अजिथ पुणेमा अस्पतालबाटै पक्राउ पर्नुभयो । भर्खरै पनि मुटु रोगले च्यापेपछि ठूलो दबाबस्वरूप उहाँको उचित उपचार गरियोस् भनेर भारतका संशोधनवादी पार्टीहरूसमेतले वक्तव्य जारी गरे । भारतका माक्र्सवादी बुद्धिजीवीहरूलगायत नोम चोम्स्की र प्राध्यापक जुडिथ बटलरले विश्वव्यापी हस्ताक्षर अभियान चलाए । तर कमरेड गौरव र उहाँको पार्टीका लागि यो सन्दर्भ चासोको विषय बनेन । कमरेड गौरव भाइचारा पार्टीहरूका कमरेडहरू र भारतीय बुद्धिजीवीहरूले आफ्ना लागि यसो गरे, उसो गरे भन्नुहुन्छ, तर संसार बोल्दा उहाँहरू आफूलाई केही थाहा नभएको जस्तो गरिरहनु भएको छ  । कस्तो विडम्बना ! व्यक्तिवादिता र स्वार्थीपनको गजबको उदाहरण हो यो । यस किसिमको प्रवृत्तिलाई  कसरी अन्तर्राष्ट्रियतावादी सर्वहारावादी मानवतावाद भन्ने ? कमरेडहरूको अन्तर्राष्ट्रियतावादी सर्वहारावादी चिन्ता र केन्द निर्माणको चिन्तन आफैँप्रति  व्यङ्ग्य भएको छ । भाइचारा पार्टीहरूबाट नेकपा–माओवादी (हाल क्रान्तिकारी माओवादी ) अविश्वसनीय, मध्यपन्थी र प्रचण्ड प्रभावबाट मुक्त हुन नसकेको भन्ने  टिप्पणी त्यसै आएको छैन ।
नयाँ केन्द्र निर्माणको वातावरण तयार पार्न विभिन्न किसिमका कार्यक्रम र योजनाहरू बनाइए ।  ह्यामबर्ग र मिलानमा विश्वका माओवादीहरू बैठक आयोजना गरियो र कमरेड गौरवहरूलाई सहभागी हुन अनुरोध गरियो । उहाँहरू जाने कुरा त परै जाओस्, शुभकामना पनि पठाउनु भएन । अपरिचित र  साना पार्टीहरूले गरेको भनेझैँ गरी ती बैठकहरूप्रति बेवास्ता गरियो । अहिले ढाँट कुरा गर्दै दुई लाइन सङ्घर्षका कारण पहल लिन नसकिएको प्रस्टीकरण कमरेड गौरवले दिनुभएको छ । यो अर्को धुत्र्याइँ र बेइमानी हो । ह्यामबर्ग र मिलान बैठक कमरेड गौरवहरू बुद्धनगर सरेपछि भएका थिए । सत्य  के हो भने त्यतिबेर भाइचारा पार्टी र नयाँ केन्द्र निर्माणमा भन्दा ‘राष्ट्रिय सहमति’ को रोइलोको मोहले उहाँहरूलाई घुमाएको थियो । त्यतिबेर अर्कै मानसिकताले काम गरेको थियो ।
नयाँ अन्तर्राष्ट्रिय केन्द्र निर्माणका लागि कमरेड गौरवले अघि सार्नुभएको धारणाप्रति  विमति छैन । कमरेड गौरवहरू भर्खर बौरिनु भएको छ, तर  भाइचारा पार्टीहरूको सन्  २०१० देखिकै प्रयास हो । ४ वर्षअघि यस टिप्पणीकारले “अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन : वर्तमान विवाद  र ‘न्यु सिन्थेसिस’” शीर्षकमार्फत स्थितिलाई यसरी प्रस्ट पारेको थियो : “इतिहासको समीक्षा गरेर नयाँ किसिमले अघि बढ्ने÷बढाउने कुरामा विवाद छैन तापनि आरसिपि अमेरिकाबाट आधारका रूपमा अघि सारिएको ‘न्यु सिन्थेसिस’  नै अहिले प्रमुख बाधक बनेको छ । र पनि आरसिपिबाहेकका पार्टी र सङ्गठनहरूको अगुवाइमा एउटा दरिलो अन्तर्राष्ट्रिय निर्माण गर्न सकिने आधारहरू बलियो रूपमा उपस्थित छन् । … भरिसक्के साझा आधार र अवधारणा बनाएर आरसिपी अमेरिका समेतलाई समेटेर अघि बढ्नुपर्छ । त्यसो हुन नसके आरसिपी अमेरिका बाहेकका  पार्टीहरूसित हातेमालो गरेर अघि बढ्नु अहिलेको सन्दर्भमा वैज्ञानिक उपाय ठहर्छ ।” । अहिलेको यथार्थ यही हो र यताका दिनमा भइरहेको प्रयास पनि यही हो ।
निष्कर्ष
शाब्दिक चिन्ताले मात्र पुग्दैन, मूल कुरा व्यवहारमा हामीले के गर्यो भन्ने हो । हिजोकोरिममै बसेका, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबारे लामो अनुभव र अध्ययन भएको, दसबर्से जनयुद्ध हाकेको  कारण भाइचारा पार्टीहरूले कमरेड किरण र गौरवप्रति हेरेकै हुन् र पहल लिन भनेकै हुन् । विभिन्न बहाना बनाएर यसप्रति कमरेड गौरवहरूले चासो नराखेकै हो । ‘राष्ट्रिय सहमति’ को अन्तर्यसित गाँसिएका कुराहरूले उहाँहरूलाई रोकेकै हो । कमरेड गौरवको लेखले भित्री कुरा थाहा नपाएका कार्यकर्ता लगायत अरूहरूमा पार्टी यस क्षेत्रमा निकै चिन्तित रहेछ भन्ने पनि भ्रम पर्न सक्छ । तर, जो यसबारे भुक्तभोगी छ, उसलाई अन्तर्निहित  सत्यतथ्य थाहा छ । यो टिप्पणीकार एक समय नेकपा—माओवादीको अन्तर्राष्ट्रिय विभागमा थियो र कमरेड गौरवको कोपभाजनमा परेको थियो भन्ने कुरा पनि सत्य हो । कमरेडहरूको व्यवहारले भाइचारा पार्टीहरू, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका नेताहरू त्यति आश्वस्त हुन सकेका छैनन्, एक हिसाबले विश्वास गुमेको स्थिति छ र अहिले नेकपा (क्रान्तिकारी माओवादी) ले लिएको राजनीति लाइनप्रति पनि उनीहरूको विमति छ । यस्ता रकमी लेखहरू र काइते शैलीले भाइचारा पार्टीहरूसितको सम्बन्ध सुमधुर हुनसक्तैन ।  ठालुवादी प्रवृत्ति त्यागेर अब कमरेडहरू इमानदारीसाथ प्रस्तुत हुनु आवश्यक छ । प्रचण्डहरू सिद्धिए, विप्लवहरू ‘उत्तरसाम्राज्यवाद’ को वकालत गर्न थाले र गर्ने भनेको कमरेड गौरवहरूको पार्टीले नै हो । विगतमा केही कमजोरी भएको र अब इमानदारीका साथ प्रस्तुत हुने कुरा व्यवहारद्वारा प्रमाणित गर्नु आवश्यक छ । अब खुलेर आउनु आवश्यक छ,  जाली शब्दहरू र  धुत्याइँपूर्ण लेखनको काम छैन ।
०००

http://thenextfront.com बाट साभार