Monday, September 26, 2016

चिनियाँ पत्रिकाले लेख्योः भारतको दबाबमा दाहालले नेपाल–चीन सम्बन्ध बिगारे

काठमाडौं, ४ असोज– अरुको आन्तरिक मामिलामा दखल नदिने नीति लिएको चीनले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा जारी गरेको विज्ञप्तिप्रति चर्को असतुष्टी व्यक्त गरेको छ । उसले प्रधानमन्त्रीका रुपमा नेपालमा दाहाल आएपछि नेपाल–चीन सम्बन्धमा झेल भएको महसुस गरेको छ । चिनियाँ समाचारपत्र ग्लोबल टाइम्सले भारतको चर्को दबाब परेको बेला चीनसँग सम्बन्ध बढाउने तर भारतसँग सम्बन्ध अलि सामान्य हुने बित्तिकै चीनलाई बेवास्ता गर्ने प्रबृति नेपालमा रहेको जनाएको हो । उक्त अखवारले नेपालका प्रधानमन्त्री दाहालले नेपाललाई भारतद्वारा नियन्त्रित गराउन खोजेको भन्दै उनीबिरुद्ध आक्रोस पोखेको हो । ‘जेसुकै होस्, चीन नेपाल–भारत सम्बन्धमा टाढा नै बस्नेछ ।

बेइजिङले केही पाउने छैन तर, नेपालले बढी नै अवसर गुमाउँदै त छैन ? यसमा बिचार गर्नुपर्छ ।’ ‘प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजना, भूकम्पपछिको पुनर्निर्माण र पूर्ब पश्चिम रेलमार्ग उच्चस्तरीय बैठकका एजेण्डा थिए । यी सबै एजेण्डा चीनको ‘वान बेल्ट वान रोड’ पहल अन्तगर्तका मुख्य एजेण्डा थिए, जसले नेपाललाई फाइदा पुर्याउन सक्छन्’ अखवारले लेखेको छ ,‘यो पृष्ठभूमीमा दाहाललाई नेपाली जनताले समर्थन गर्न सक्दैनन् तर, प्रश्न गर्न सक्छन् । के उनी भारतसँग पुन मेलमिलाप गर्न खोजिरहेका छन् वा नेपालको अवस्थालाई भारतद्वारा नियन्त्रित गराउँदैछन् ?’ केपी शर्मा ओली नेतृत्वको सरकारलाई हठात् हटाएर दाहाल प्रधानमन्त्री बनेलगत्तै बाहिर आएका चीनँंगको सम्बन्धलाई अघि नबढाउने खालका टिप्पणीहरु सत्य प्रमाणित भएको समेत अखवारले जनाएको छ । ‘

प्रधानमन्त्री दाहालले मोदीबाट भारत भ्रमणको निम्तो पाएलगत्तै त्यसलाई भारतसँगको सम्बन्ध सुधारको प्रस्थानबिन्दु ठाने, त्यसबेला पूर्बप्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणमा भएका सहमति÷सम्झौताको कार्यान्वयन समयमा नहुने सन्देश प्रबाह भयो,’ अखवारमा लेखिएको छ, ‘यसले गर्दा नेपाल र चीनको सम्बन्ध एकाएक अवरुद्ध भयो । र, चीनियाँ नेताको नेपाल भ्रमण स्थगन भयो । । जुन नेपाल– चीन सम्बन्धमा अनपेक्षित अवस्था हो ।’ ‘दाहाल सन् २००८ को बाटोबाट धेरै टाढा पुगेका छन् । भारतको दबाबबाट उनी नेपाल–चीन सम्बन्धलाई गलत बाटोमा लैजाँदैछन् । के दाहालले उनको प्रारम्भिक प्रतिवद्धता बिर्सेका छन् ? जनता उत्तर खोजिरहेका छन् ।’ प्रधानमन्त्री भएलगत्तै दाहालले उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महारालाई बिशेष दूतका रुपमा पठाउनुको अर्थ नरहेको ठहर समेत अखवारको छ । ओली सरकारका पालामा भएका सहमति÷सम्झौता कार्यान्वयन हुँदैनन् कि भन्ने शंकाका बीचमा महरालाई पठाइए पनि त्यो देखाउनका लागि मात्र रहेको टिप्पणी अखवारको छ । दाहाल प्रधानमन्त्री भएसँगै नेपाल–चीन सम्बन्ध अचानक तरल र संवेदनशील भएको भन्दै दाहालको राजनीतिप्रति तिब्र आक्रोस पोखेको हो । 

‘प्रष्टरुपमा चीनले झेल भएको अनुभव गरेको छ । नयाँदिल्लीले दबाब दिएको बेला त्यसबाट मुक्त हुन काठमाडौंलाई बेइजिङ आवश्यक थियो, चीनसँग नजिक भयो र महत्वपूर्ण सम्झौता गर्यो । तर भारतको काठमाडौंप्रतिको प्रबृत्ति अलिकति सामान्य हुनेबित्तिकै र भारतले नेपाललाई केही प्रतिबद्धता जनाउने बित्तिकै नेपाली राजनीतिज्ञहरुले तत्कालै चीनसँगको सम्बन्धलाई पछाडि छाडिदिए’ अखवारले लेखेको छ । ‘चीनले नेपाल–भारत समबन्धलाई कहिले पनि अवरोध गरेको छैन । तर नयाँदिल्लीले भने चीन–नेपाल सम्बन्धमा हस्तक्षेप गरिरहेको छ ।’ चीनले दाहाल लगायतका केही राजनीतिज्ञले बेइजिङलाई नयाँदिल्लीबिरुद्ध सन्तुलनमा राख्न हतियारको रुपमा प्रयोग गरेको हो कि भन्ने शंका समेत गरेको छ । अखवार लेख्छ, ‘नेपाली यी राजनीतिज्ञले बेइजिङलाई नयाँदिल्लीबिरुद्ध सन्तुलनमा राख्न हतियारको रुपमा प्रयोग गर्न चाहेका होइनन् होला । तर भारतको नेपालबिरुद्ध दबाबबाहेक नेपाली राजनीतिज्ञहरुका वास्तविक अल्पकालीन चाहनाले बेईजिङ–काठमाडौं सम्बन्धलाई नकारात्मक प्रबाभ पारिरहेको छ ।’

 नयाँदिल्लीले नेपाल र चीनको द्विपक्षीय सम्बन्धमा हस्तक्षेप गरेको भन्दै त्यसलाई नसहने चेतावनी दिएको छ । ‘चीनले नेपाल–भारत समबन्धलाई कहिले पनि अवरोध गरेको छैन । तर नयाँदिल्लीले भने चीन–नेपाल सम्बन्धमा हस्तक्षेप गरिरहेको छ ।’ भारतले जतिसुकै प्रयास गरे पनि नेपालीहरुले उसलाई विश्वास नगर्ने भन्दै अखवारले लेखेको छ,‘ यसरी जुनसुकै कोणमा होस, बेइजिङ नेपालको विश्वास जित्न योग्य छ ।’ भारत र नेपालबीचको सम्बन्धलाई चीनसँग तुलना गर्न नसकिएपनि अवभने नेपालले चीनसँग निर्णायक सम्बन्धका बारेमा सोच्नुपर्नेतर्फ संकेत गरेको छ । ‘नेपाल–भारत सम्बन्धको तुलना गर्दा सिमामा रक्षाबल छैन र धेरै सम्पर्कका माध्यम छन् । चीनको नेपाल सम्बन्ध त्यतिकै असल छैन । यसको अर्थ यदि बेइजिङ र काठमाडौं तीन पक्षबीच सन्तुलन खोज्न चाहन्छन् भने, दुईले सम्बन्ध छिटो बिकास गर्नुपर्छ ।’ 

भारतलाई सन्तुलनमा ल्याउन नेपाल र चीनबीचको सम्बन्ध समुधुर हुनुपर्ने संकेत अखवारको छ । ‘आजको नेपाललाई अवसरवाद आवश्यक छैन तर बिचार र रणनीतिसहितका राजनीतिज्ञ आवश्यक छ । यस्ता राजनीतिज्ञले मात्र वान बेल्ट वान रोड पहलद्वारा दिइएका अवसरको प्रयोग गर्न सक्छन्, नयाँदिल्लीसँग कम निर्भर हुनसक्छन् र नेपाललाई पूर्णत स्वतन्त्र राष्ट्रमा रुपान्तरण गर्न सक्छन् ।’ नेपालमा अवसरको कमी नभएको तर बिचार र रणनीतिक सोचका राजनीतिज्ञको कमी रहेको समेत बताइएको छ । ‘आजको नेपाललाई अवसरवाद आवश्यक छैन तर बिचार र रणनीतिसहितका राजनीतिज्ञ आवश्यक छ । यस्ता राजनीतिज्ञले मात्र वान बेल्ट वान रोड पहलद्वारा दिइएका अवसरको प्रयोग गर्न सक्छन्, नयाँदिल्लीसँग कम निर्भर हुनसक्छन् र नेपाललाई पूर्णत स्वतन्त्र राष्ट्रमा रुपान्तरण गर्न सक्छन् ।’

 दाहालको भारत नीतितर्फ केन्द्रित रहेको उक्त रिपोर्टमा उनी पहिलो प्रधानमन्त्री हुँदा ताकाभन्दा अहिले धेर्रै टाढा पुगेको र त्यो सबै भारतीय निर्देशनमा भएको अखवारले उल्लेख गरेको छ । ‘दाहाल सन् २००८ को बाटोबाट धेरै टाढा पुगेका छन् । भारतको दबाबबाट उनी नेपाल–चीन सम्बन्धलाई गलत बाटोमा लैजादैछन् । के दाहालले उनको प्रारम्भिक प्रतिवद्धता बिर्सेका छन् ? जनता उत्तर खोजीरहेका छन् ।’ चीनले भने प्रधानमन्त्री दाहालका गतिबिधि सतकर्तापूर्बक हेरिरहेको बताए पनि नेपाल–भारत सम्बन्धमा आफै टाढा बस्ने जनाएको छ । ‘जेसुकै होस्, चीन नेपाल–भारत सम्बन्धमा टाढा नै बस्नेछ । नेपाल चीन सम्बन्धमा काठमाडौंले जहिले पनि बढी प्राप्त गरेको छ । बेइजिङले केही पाउने छैन तर, नेपालले बढी नै अवसर गुमाउँदै त छैन ? यसमा बिचार गर्नुपर्छ ।’ -

http://nepalinewsupdateinwlrld.blogspot.com बाट साभार 

No comments:

Post a Comment