आधा भाँडो बढी छचल्कन्छ त्यसै भनिएको होइन रहेछ । नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा ५९ औं जन्मदिवसका अवसरमा गत असार ९ गते आयोजित राष्ट्रिय कविता महोत्सव २०७३ गतबर्ष भन्दा बढी नै विवादित बन्नपुग्यो ।
कविता छनोट समितिका सदस्यहरु कविता बुझ्ने भएनन भन्ने आरोप आइरह्यो र पुरस्कृत कविताहरु स्तरीय भएनन भन्ने गुनासो सुन्न पाइयो । सामाजिक सञ्जाल र केही पत्रिकाहरुमा यही अवसरमा पुरस्कृत कवि र कविताहरु प्रति अनेक टिका टिप्पणी भइरहदा यही मौका छोपी विष्णु भण्डारी अगाडि देखा परे । उनले एकेडेमीको काव्य विभागको सदस्य पदबाट राजीनामा दिए । सो राजीनामालाई आफ्नो फेसबुक र आफैं आवद्ध एक अनलाइन मार्फत सनसनी बनाएर प्रस्तुत गरे ।
कतिलाई के भान पर्यो भने भण्डारी एकेडेमीकै प्राज्ञ सदस्य हुन र उनी आवद्ध विभागले सन्तोषजनक रुपमा काम नगरेको हुनाले उनले राजीनामा दिएका हुन् यसकारण एकेडेमी ठूलो विवादमा पर्यो । तर वास्तविकता भने अर्कै रहेछ ।
उनले जुन विभागबाट राजीनामा दिए त्यो विभागमा उनको जिम्मेवारी भनेको एउटा सामान्य सदस्यको मात्र थियो । जस्को कुनै जिम्मेवारी हुँदैन । त्योत एउटा औपचारिकताका लागि मात्र थियो । त्यो पनि माओवादीको कोटा र मातृका पोखरेलको विशेष दयामा उनी परेका थिए ।
भण्डारीको हैसियत
भण्डारीलाई नजिकबाट चिन्ने साहित्यकारहरु भन्छन ‘माओवादीले जनयुद्ध लड्दै गर्दा राजावादीका रुपमा चिनिएका भण्डारी उक्त समयमा घरजग्गा दलाली गर्दथे । जब ज्ञानेन्द्र शाहले बहुदलीय व्यवस्थाको घाँटी निमोठेर आफ्नो हातमा शासनसत्ता लिए पछाडि कोटेश्वरमा भएको आमसभामा पूर्वराजा ज्ञानेन्द्रको कदमको समर्थनमा भण्डारीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
माओवादी शान्ती प्रक्रियामा फर्कियो । भण्डारी खुखार माओवादी मात्र भएनन । अलि अलि कविता लेखिटेपल्ने उनी मातृका पोखरेलको दयामा परेर नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (पद्य) विभागको सदस्य बन्न पुगे । तर उनको चाहना चाहिँ प्राज्ञ सभा सदस्य थियो । त्यही भए पनि उनी खुशी नै भए ।
विभागमा प्राज्ञ परिषद् सदस्य प्रमुख रहने व्यवस्था हुन्छ भने प्राज्ञसभा सदस्य र बाहिरबाट विज्ञका रुपमा केही व्यक्तिलाई सदस्यका लागि मनोनयन गर्ने व्यवस्था छ । उनी त्यसै मध्यका एक थिए । तर कतिपय ठाँउमा उनले आफूलाई प्राज्ञ सदस्यकै रुपमा भजाए ।
अलोकप्रिय भण्डारी
काव्य शिविर नामक मासिक साहित्यिक श्रृंखला उनी चलाउथे । त्यसमा कला अनुरागी, प्रोल्लास सिन्धुलीय,राजु स्याङतान आदि थिए । त्यसको नेताका रुपमा भण्डारी आफूलाई प्रस्तुत गर्दथे । तर,उनको स्वभावलाई अरुले मन पराएनन । अन्तत उनी एक्लिए । शिविर बन्द भयो । अब भण्डारीको छटपटाहट सुरु भयो । उनी चर्चामा आउने अनेकन उपायको खोजीमा लागे । त्यसै क्रममा उनले एउटा व्लग बनाएर त्यसमा आफ्ना रचना माग्ने र साथी सर्कलमा कमेन्ट माग्दै हिड्न थाले । त्यो पनि सफल हुन सकेन । यसरी चर्चामा आउने उपायको खोजी गर्दागर्दै कविता महोत्सव उनका लागि उपयुक्त अवसर मिल्यो ।
हालै सम्पन्न कविता महोत्सवमा धाधली भएको भन्दै उनले राजीनामा बुझाए । र, त्यसलाई उनले सनसनीपूर्ण बनाउन खोजे । यही पछाडि कवि प्रोल्लास सिन्धुलीयले ठोकी हाले ‘यो राजीनामा पत्र पढ्दा लेन्डुप काजीको कथा याद आयो । ‘सिक्किम भारतमा बिलय भैसकेपछि पनि उनले आफूलाई प्रधानमन्त्री नै ठानेका थिए रे । पछि मुख्य मन्त्रीमात्रै हो भनेर सम्झाउनु परेको थियो रे । कविजीको दावी हेर्दा त पूरै एकेडेमीको सल्लाहकार नै नियुक्त गरेको ठान्नुभएजस्तो छ । हुन चैं एकेडेमीका अनेकौं विभागमध्ये एक काव्य विभागको एक साधारण सदस्य हुँ भन्ने भुल्नुभएजस्तो छ ।’
सिन्धुलीय जस्तै धेरै कवि साहित्यकारहरुले उनलाई यसैगरी सामाजिक सञ्जालमा उडाएका छन ।
No comments:
Post a Comment