नेपाल यस्तो देश हो, जहाँ प्रजातन्त्रका लागि लडेका चार जना योद्धालाई सहिदको सम्मान दिने क्रमसँगै उनीहरुलाई मार्ने आदेशमा हस्ताक्षर गर्ने राजा त्रिभुवनलाई सहिदहरुलाई भन्दा उच्च सम्मान र प्रतिष्ठा दिइएको छ । सात सालमा उनकै नेतृत्वमा प्रजातन्त्र आएको र उनी नै ‘राष्ट्रपिता’ भएको आख्यान अझै प्रचलित र स्थापित छ ।
राजा महेन्द्रले शाही शासन र त्यसको राष्ट्रवादी सिद्धान्तलाई बलियो बनाउन कथेको वा कथ्न लगाएको यस्तो आख्यान भने इतिहासका तथ्यसँग बाझिन्छ । आफ्नो शाही शासन पुनर्स्थापना गर्न सघाएको भारतलाई राजा त्रिभुवनले के कति सहुलियत दिएका थिए, ती सबै अनुसन्धानका विषय हुन् । तर यहाँ यस्ता प्रसंग दिइएका छन्, जसले थप अनुसन्धानका लागि सघाउन सक्छन् । केही उपशीर्षक थपथापका साथ प्रधानमन्त्री बीपी कोइरालाका सचिव कुमारमणि आचार्य दीक्षितको कलमबाट :
आफ्नो देशको हित हेर्दैमा भारतको अहित हुन्छ ?
भारतीय अधिकारीहरुले हाम्रा राजपरिवार र अन्य ठूला व्यक्तिहरु विषय बखतबखतमा गरेका चर्चाबारे ता उल्लेख समेत गर्न नहुने खालका थिए । राजपरिवारका सदस्यहरुबारे चीनसँग बढी झुकाव र त्यहाँबाट प्राप्त सहायता विषय हुन्थे ।
सन् १९५६ मा न्युजिल्याण्डमा भएको कोलम्बो प्लानको बैठकमा म गएको बखत योजनामन्त्री गुञ्जमान सिंह नजानु भएकोले मन्त्रिस्तरीय बैठकमा पनि मलाई नै नेपालको प्रतिनिधित्व गर्ने निर्देशन थियो । भारत तर्फबाट त्यसबखत अर्थ नायबमन्त्री रहेका बलिराम भगत आएका थिए ।
होटलमा एकदिन खाना खाँदा हामी दुई एकै टेबलमा थियौं । उनले बी.पी. विषय कुरा झिकी बी.पी.लाई ‘भारतमा पढेको बढेको मानिस, अहिले भारतप्रति मित्रता राख्नुहुन्न’ भनी दोष लगाई कुरा गरे ।
मैले ‘आफ्नो देशको हित हेर्दैमा भारतको अहित हुने कुरा भएन, त्यसो भए ता तपाईंको प्रधानमन्त्री, नेहरु पनि बेलायतमा बढे, त्यहीं शिक्षा पाए तर अंग्रेजलाई भारतबाट भगाउनेमा उनी कसरी सरिक हुन आए त’ भन्दा केही जवाफ नदिई अरु नै कुरा गर्न थाले ।
नेपालको प्रतिनिधित्व नभएको स्थानमा भारतले नेपालीको हित हेर्ने छुट !
न्यूजिल्याण्डबाट फर्केर अष्ट्रेलियामा सिडनी भन्ने सहरमा २ दिन बस्नुपर्ने थियो । सिडनीमा प्लेनबाट ओर्लंदा त्यहाँ रहेका भारतीय कुटनीतिक नियोगका फष्र्ट सेक्रेटरी (नाम सम्झना भएन) लिन आएका रहेछन् । मलाई लिन आएको होला भन्ने लागेको थिएन, तर मेरो पछि लागेपछि सोध्दा नेपालको प्रतिनिधित्व नभएको स्थानमा भारतले नेपालीको हित हेर्ने भन्ने दुई सरकारको सम्झौता भएको छ भने । मलाई अचम्म र लाज पनि लाग्यो ।
घर फर्केर आएपछि त्यसबखतका प्रधानमन्त्री टंकप्रसाद आचार्यलाई अफिसमा बैठक विषय रिपोर्ट गर्दा यो कुरा पनि बताएँ । उहाँ रिसाउनुभयो र नरप्रताप र स. भीमबहादुरलाई बोलाई यो कुरा सुनाउनुभयो र यस्तो प्रथा रोक्नुपर्छ भन्ने आसयको कुरा गर्नुभयो ।
मैले २००७ साल र त्यसपछि २ वर्ष जति मेरो पिताजी परराष्ट्रसचिव भएको बखत हुनाले यस कुरा उहाँसँग सोध्दा उहाँले २००७ को क्रान्तिमा भारतले आफूलाई बचाएकोले गुण लाउन राजा त्रिभुवनले यस्ता धेरै कुरा भारतलाई छुट (concede) गरिबक्सेको थियो भन्नुभयो ।
मैले २००७ साल र त्यसपछि २ वर्ष जति मेरो पिताजी परराष्ट्रसचिव भएको बखत हुनाले यस कुरा उहाँसँग सोध्दा उहाँले २००७ को क्रान्तिमा भारतले आफूलाई बचाएकोले गुण लाउन राजा त्रिभुवनले यस्ता धेरै कुरा भारतलाई छुट (concede) गरिबक्सेको थियो भन्नुभयो ।
यसै सिलसिलामा त्रिभुवन राजपथ बनाउने सम्झौता विषय पनि तेस्तो घुमाउने बाटो किन बनाउने, अरु विकल्पहरु पनि छन् भनी नेपालतर्फबाट प्रस्ताव गर्दा भारतीय पक्षले “There is no point in discussing this matter as this has already been decided at the highest level between our two countries” भनी जवाफ दिएको कुरा पनि पिताजीले बताउनुभएको थियो ।
एकपटक राजा त्रिभुवनले दर्शन भेट दिएको बखत उहाँले यी कुराहरु राजालाई सुनाउँदा श्री ५ त्रिभुवनबाट ‘राजपथ सैनिक दृष्टिकोणबाट उपयुक्त भनी भारतले भनेकोले आफूले स्वीकृति गरेको, तर नेपालको प्रतिनिधित्व नभएको ठाउँमा नेपालको हित भारतले हेर्ने भन्ने बारे कुरा उठेको चाहिँ सम्झना छ, तर स्वीकृति दिएको भने याद छैन, यो कुरा उठाई के रेकर्ड रहेछ हेर्नु’ भन्ने हुकुम भयो रे ।
यस विषय भारतसँग कुरा गर्दा आलटाल गरी कुनै जवाफ दिएनन् भनी पिताजीले बताउनुभएको थियो ।
राजा त्रिभुवनले भारतले आफूलाई गुन लगाएको भनी विश्वास गरी यस्ता धेरै कुराहरु भए– भारतको मिलिटरी मिशन नेपाल आउने, चीनको सिमानामा भारतीय राजदूतावासको अग्रिम स्वीकृति लिएर मात्र भिसा दिनुपर्ने इत्यादि अनेक उदाहरणहरु छन् । यस्ता स्वतन्त्र मुलुक नेपाललाई अठ्याउँदै लैजाने बुँदाहरु स्व. राजा महेन्द्रले विस्तार हटाइबक्सेको हो, यसमा उहाँलाई श्रेय दिनु पर्छ ।
“राजा त्रिभुवन खोई ? मैले ता राजालाई राम्री सेता छाला भएकी आइमाईहरुको संगत मन पर्छ भन्ने सुनेकीले मलाई लिन आउने होला भनी ठानेकी थिएँ ।”
समुद्रपारकालाई नेपालको भिसा दिँदा भारतीय निर्णय चाहिने
राजा भएपछि श्री ५ महेन्द्रबाट सन् १९५५ मा मातृका सरकार हटाई परामर्शदातृ सरकारको गठन भयो । यसमा स. गुन्जमान सिंह प्रमुखका साथै परराष्ट्र सल्लाहकार पनि हुनुहुन्थ्यो । उहाँले मलाई बोलाई ‘भारतले चलाएका कुन कुन कुरा नेपाललाई नमिल्नेछ’ भनी सोध्नुभयो । मैले ‘आफूले काम गरेको फाँटको मात्र यकिन भन्न सक्छु’ भनी समुद्रपारका विदेशीलाई नेपाल आगमनको भिसा दिँदा दिल्लीको हाम्रो राजदूतावासबाट आ.वा.बाट भिसा माग्नेको विवरण आउँदथ्यो । सो खबर लिखतमा भारतीय राजदूतावासमा पठाई त्यहाँबाट भिसा दिने नदिने निर्णय आएपछि सोही खबर हाम्रो राजदूतलाई जान्थ्यो । यस्ता सयौं निवेदनहरु हप्तापिछे आउँदथे । मलाई यो ज्यादै मनमा खडकिरहेको जान्थ्यो ।
परराष्ट्र सचिवहरुद्वारा अरु यस्तै कुराको पनि नोट गएकोमा मेरो आफ्नो विषय भोलिपल्टै अब त्यसरी भारतीय राजदूतावासमा खबर पठाउने बन्द गर्नु भन्ने आदेश आयो । सो प्रथा बन्द भयो ।
केही दिनपछि राजदूतावासका प्रथम सचिव (मेनन, जो कही वर्षपछि राजदूत भएर पनि आए) आई यसबारे सोधपुछ गर्न आए । मैले अब उप्रान्त ज्यादै धेरै आवेदनहरु आउन थालेकाले सूचना दिन नसकिने भएको हुँदा श्री ५ को सरकारको निर्णयअनुसार खबर नदिएको हो भनी जवाफ दिएँ । यसअघि भारतीय राजदूतावासका प्रथम सचिव हामीजस्ता तल्ला तहका कर्मचारीसँग भेट गर्न ता के, कुरासम्म गर्दैनथे– परराष्ट्रमन्त्री अथवा सचिवबाहेक अरुलाई भेट गर्दैनथे ।
क्रमशः अब राजदूतले समेत हाम्रो परराष्ट्र सचिवसँग लेखापढी गर्ने प्रथा शुरु भयो । हामी सबैलाई यस्तो परिवर्तनबाट खुसी लागेको थियो ।
अमेरिकन युवती : ‘राजा त्रिभुवन खोई ?’
यो विदेशीलाई भिसा दिने सम्बन्धमा एउटा रमाइलो कुरा याद आउँछ । एउटा अमेरिकन युवती (Ms.Weil) गौचर विमानस्थलमा ओर्लेर “राजा त्रिभुवन खोई ? मैले ता राजालाई राम्री सेता छाला भएकी आइमाईहरुको संगत मन पर्छ भन्ने सुनेकीले मलाई लिन आउने होला भनी ठानेकी थिएँ ।” (Where is King Tribhuvan. I had heard he was very fond of pretty white girls and was expecting him to meet me) भनी भनेकी थिइन् भन्ने कुरा दरबारमा पुगेछ । चन्द्रेश्वर सिन्हा (भारतीय राजदूत) मार्फत् । सात दिनको भिसा लिई आएकी केटीलाई तेस्रो दिनको दिन नै भारत फिर्ता गर्नुपरेको थियो । यी सन् १९५२–५३ का कुरा हुन् ।
त्रिभुवनको देहान्त हुँदा भारतबाट ४५ हजारको श्रीखण्ड
राजा त्रिभुवनको स्वर्गारोहण हुँदा चिता बनाउन श्रीखण्डको दाउरा यहाँ नभएकोले भारत सरकारले विशेष वायुयानद्वारा सो श्रीखण्ड यहाँ ल्याइपु¥याइएको थियो । खर्च करिब रु। ४५,०००।– जति लागेको जस्तो लाग्छ । तर धेरैसम्म त्यसको बिल नआएकोले भारतको राजदूतावासमा कति परेको सोधी सो रकम तिरिदिनू भन्ने हुकुम भएको कुरा स. गुञ्जमानले अह्राउनुभयो ।
हाम्रो चिठी पाएपछि प्रथम सचिव मेनन परराष्ट्र मन्त्रालयमा आउनु भै लागेको खर्चबारे भन्नुभयो र यो भारत सरकारले श्रद्धाको रुपमा ल्याएको हुँदा यसको खर्च भर्ना लिन भारत सरकार अनिच्छुक भएको कुरा बताई सोही कुरा जनाएको चिठी छोडी जानुभयो ।
सो पत्र सरदार साहेबमा पेस हुँदा यस्तो काममा अरुबाट माल या नगद लिई गर्ने हाम्रो चलनसँग नमिल्ने हुँदा मेननले भनेको रकम भारतीय राजदूतावासमा धन्यवादसहित पठाउनु भनी अह्राउनुभयो । मैले ‘हाम्रो यस्तो चलन छ’ भनी बताई पत्र लेखूँ कि भन्दा ‘पर्दैन, पैसा मात्र पठाएको कुरा उल्लेख गरे पुग्छ’ भनी भन्नु भएकोले सोहीअनुसार पत्र गयो ।
मेनन खेलकुदमा रुचि राख्ने व्यक्ति भएको र त्यसबखत त्रिकेट खेलमा काठमाण्डूमा २÷३ मात्र टीमहरु भएको र तीनमध्ये भारतीय राजदूतावासको टिम पनि भएकोले उनीसँग खेल मैदानमा पनि बरोबर भेट हुन्थ्यो । एकदिन यस्तै भेटमा उनले फेरि यो श्रीखण्ड विषय चर्चा गरे, पैसा पठाएकोमा भारत सरकारलाई दुःख लागेको कुरा गरे । मैले हाम्रो चलनबारे बताएपछि ‘यही कुरा चिठीमा खुलाइदिएको भए दिल्लीलाई पनि अवस्था बुझन सजिलो हुने थियो’ भने । यो कुरा स. गुञ्जमान सिंहलाई सुनाउँदा उहाँले केही भन्नुभएन ।
उच्च भूकम्पीय जोखिममा रहेका काठमाडौँलगायत विभिन्न सत्रवटा जिल्लामा जमिनको हलचलबारे जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) मा आधारित अध्ययन सकिएको छ । बैशाख १२ को बिनाशकारी भूकम्पपछि फ्रेन्च युनिभर्सिटी सा भ्वाँसँगको सहकार्यमा त्रिभुवन विश्वविद्यालय को भूगर्भ विभागले विभिन्न सत्र जिल्लामा जीपीएस प्रणालीबाट जमिनको चालबारे अनुसन्धान सुरु गरेको थियो ।
‘फिल्ड मेजरमेन्ट’ सकिएर जीपीएस डिभाइससहितका सम्पूर्ण डाटा प्रशोधन तथा विश्लेषणका लागि फ्रान्समा पठाइएको छ । जमिनको चालबारे गरिएको अनुसन्धानमा संलग्न भूगर्भविद् प्राडा अनन्त गजुरेलका अनुसार बैशाख १२ को ठूलो भूकम्पपछि जमिनको मुभमेन्ट धेरै सक्रिय देखिएको छ । जीपीएसको प्रारम्भिक अध्ययनलाई हेर्दा काठमाडौँ अझैपनि भूकम्पको उच्च जोखिममा छ । ‘बैशाख १२ को भूकम्पपछि काठमाडौँको उत्तरतर्फको भूभाग सर्दै काठमाडौँको दक्षिणमा आएर ‘लक’ भएको छ ।
‘उत्तरतिरको भाग सरिरहेको छ । तर, काठमाडौँको दक्षिणतिरको भूभाग मुभ भएको छैन’ गजुरेलले भने, ‘उत्तरतिरबाट सर्दै वा धकेलिँदै आएको भूभाग दक्षिणतिर मुभ नभएर लक हुँदा यहाँ पावर सञ्चय भइरहेको छ । उत्तरतिरको भूभाग दक्षिणतिर सर्दै गर्दा दक्षिणको भूभाग पनि दक्षिणतिर सर्दै जानुपर्छ । त्यो भइरहेको देखिँदैन ।’गजुरेलका अनुसार काठमाडौँको दक्षिणमा आएर लक भएको भूभाग जति छिटो विस्तारै चिप्लिएर (क्रिप) दक्षिणतिर सर्छ, त्यति नै बढी पावर दक्षिणतिरबाट रिलिज हुन्छ अनि काठमाडौँमा जोखिम घट्दै जान्छ ।
उनका अनुसार काठमाडौँमा अडिएको प्लेट उत्तरतिर सर्दै जाँदा दक्षिणतिर शक्ति सञ्चय भइरहेको छ । गजुरेल भन्छन्, ‘काठमाडौँको १० देखि १५ किलोमिटर मोटाइएको भूभाग बिस्तारै चिप्लिएर दक्षिणतिर महाभारत हुँदै चुरे पर्वततिर मुभ भएमा सञ्चय भएको इनर्जी छिटो रिलिज हुन्छ तर बैशाख १२ गतेपछि लक भएको भूभाग अहिलेसम्म दक्षिणतिर क्रिप भएको छैन । अन्नपूर्ण पोष्टमा खबर छ ।
हर्लिसको एउटा विज्ञापन आउँछ। एक गृहिणी दुध उमाल्न राख्छिन् र बिसिन्छिन्। दुध भकलक्क उम्लिन खोज्छ तर गृहिणीले दौडेर गएर ग्यास निभाउँछिन्। एउटा आवाज आउँछ, ‘दुध उम्लेपछि २५५ पौष्टिक तत्व नष्ट हुन्छ। त्यसैले हर्लिक्स मिलाएर बच्चालाई दिनुस् र दुधको पोषण बढाउनुस्।’
यो अति गलत र भ्रमपूर्ण विज्ञापन हो। महंगो हर्लिक्सलाई स्वास्थबर्धक खाना मान्ने मानिसहरुले जौको सत्तु बच्चालाई दिनुस् भन्दा ‘छया’ भन्लान् तर त्यस्तै अन्नबाट बनेको हर्लिक्स चाँही दिन खोज्छन्।
टेलिभिजनमा आउने विज्ञापनमा एकजना स्वास्थ्यकर्मी आएर यस्तो खानेकुराले “बालबालिकाको बुद्धि बढाउँछ’ भनेर उल्लेख गरिन्छ। वास्तवमा यो भ्रमपूर्ण विज्ञापन हो। कुनै पनि बजारिया प्याकेटमा राखिएका खानेकुराहरुले बच्चालाई न अग्लो बनाउँछ, न बढी बुद्धिमान बनाउँछ। बच्चालाई घरमा नै बनाइएका दाल, भात, तरकारी, दूध, दही, फलफुल, गेडागुडी आदिको उचित पोषणले नै स्वस्थ बनाउँछ। कुनै खास खानेकुराले बच्चालाई बढी बुद्धिमान बनाउने भए त धनी मातापिताका सन्तान, राजा र नेताहरुका छोराछोरी कति बुद्धिमान हुन्थे होलान?
यस्तै भ्रमपूर्ण विज्ञापन प्रसारण भइरहेको छ। “तपाईका बच्चाहरुले घरको खाना खाँदैनन्? त्यसैले हर्लिक्स खुवाउनुस्, यो खाएपछि बच्चा छिटो बढ्छ, बढी बुद्धिमान हुन्छ।’ घरको खाना नखाए पनि यसरी हर्लिक्स खाएपछि पोषणयुक्त तत्व शरीरमा पुग्छ भन्ने भ्रम जनमानसमा फैलाइएको छ। यस्तै भ्रमपूर्ण विज्ञापनका कारणले गर्दा धेरै बाबुआमाले बच्चाहरुलाई घरको दालभात, रोटी, तरकारी खान प्रेरित नगरेर बाहिरका महंगा खानेकुराहरु दिने प्रचलन बढ्दै गएको छ। पौष्टिकताको विषयमा गरिएको अनुसन्धानमा हर्लिक्समा कति प्रोटिन, कति कार्बोहाइड्रेट हुन्छ र त्यसको मूल्य के छ भनेर तथ्य अगाडि ल्याइएको छ।
अध्ययन अनुसार १०० ग्राम हर्लिक्समा पाइने यी तत्वलाई ५० रु. तिर्नुपर्छ तर यिनै तत्व पाइने खाद्य पदार्थ हामी रु.४ मा नै पाउन सक्छौ। झन् अहिले त साना शिशुको लागि, ५–६ वर्षको बच्चाको लागि, गर्भवती महिलाको लागि भनेर आउने हर्लिक्सको विज्ञापन र तिनमा देखाइएको तथाकथित चित्रहरुले त मानिसहरुलाई साँच्चि नै भ्रम पर्न जान सक्छ। वास्तवमा यी पदार्थ व्यापारिक प्रयोजनको लागि बनाइएको र यिनमा भनिएका धेरै कुरा अति बढी प्रचारित र भ्रमपूर्ण हुन्छन्। हर्लिक्स जस्तै अर्को बस्तु बोर्नभिटाका बारेमा गरिएको विज्ञापनमा भनिएको छ, यसको प्रयोगले बच्चा बढी काम गर्न सक्ने, बढी खेल्न सक्ने हुन्छ। यसरी बोर्नभिटाले बढी काम गर्न सक्ने भए त यो किनेर खुवाउने सबैका छोराछोरीहरु बढी खेल्न सक्ने, लामो समय काम गर्न सक्ने हुन्थे होलान् तर त्यस्तो भएको कहिँ देख्नुभएको छ?
साबुनका विज्ञापनहरु पनि निकै भ्रमपूर्ण हुन्छन्। कुनै पनि साबुनको मुख्य काम छालाको सफाइ गर्ने हो। लुगा धुने साबुनले लुगाको मैलो निकाल्छ, नुहाउने साबुनले शरीरको फोहोर निकाल्छ।
अनुहार र शरीरमा लगाउने साबुनको विज्ञापन चाहिँ फिल्मका नायक÷नायिका, मोडललाई अघि सारेर गर्ने गरिन्छ। कुनै खास किसिमको साबुन लगाएपछि अनुहारको रंग गोरो, छाला नरम हुन्छ भनिएको हुन्छ। यस्तो लाग्छ मानौ कुनै खास साबुन प्रयोग गरेपछि अनुहार नै फरक हुन्छ। अहिले आउने विज्ञापनहरुमा लक्स साबुनको विज्ञापन निकै नै बढी छ। विज्ञापनको भ्रममा परेर मानिसहरु नै ‘ऐश्वर्य राय’ जस्तो अनुहार पाउने आशामा साबुन किन्ने गरेको देखिन्छ। विज्ञापनमा भनिए जस्तो गोरो अनुहार साबुनले पार्न सक्दैन। किनभने शरीरको छालाको रंग त मानव शरीरमा भएको ‘मेलानिन’ नामक तत्वले गर्दा गोरो, गहुँगोरो वा कालो हुने हो। यसलाई बाहिरबाट साबुनले धोएर वा क्रिम लगाएर परिवर्तन गर्न सकिन्न।
प्राकृतिक छालाको रगं गहुँगोरो वा कालो हुनु मानौं कुनै अभिशाप नै जस्तो गरेर यस्ता साबुनले प्रचार गरिन्छ र मानिसको गहुँगोरोको अपमान गरिन्छ। यो नैतिक हा ?
छालाको सफाइको लागि महङ्गा साबुन किन्नु पर्ने जरुरत नै छैन, जुनसुकै साबुनले पनि त्यो काम गर्नसक्छ। जाडोको बेलामा त बरु साबुनको सकेसम्म प्रयोग नै बन्द गर्नुपर्छ। साबुनको धेरै प्रयोगले जाडोमा छाला सुख्खा हुने र फुट्ने हुन्छ। त्यस्तै खाना खानुभन्दा अगाडि कुनै खास साबुनले हात धुनु पर्दैन। हात धुने जुनसुकै साबुनले धोए पनि हुन्छ। अहिले ‘लाइफबय’ नामको साबुनले अति आक्रामक भएर विज्ञापन गरिरहेको छ। लाइफबय साबुनले हात धोएपछि शरीरका १० थरि किटाणु भर्ने र यो साबुनले हात धोएपछि रुघाखोकी नलाग्ने, पेट नदुख्ने आदि आदि विज्ञापनमा दिइन्छ। डाक्टर अंकलको भेसमा सेतो कोट ओेडेर दिएको यस्तो परामर्श गलत हो। पहिलो त हातको ९९.९ प्रतिशत किटाणुको सफाइ गर्ने भन्ने विज्ञापन नै गलत छ। ९९.९ प्रतिशत किटाणु नष्ट भए भने त रोगसँग लड्ने हाम्रो शक्ति नै खत्तम हुन्छ।
यस्तै फलफूलको रसहरु तथा जुसको विज्ञापनमा पनि निकै झुट कुराहरुको प्रचार गरेको पाइन्छ। यस्ता बिज्ञापनमा ‘ताजा फलफूलबाट बनाई केही नमिसाई बट्टामा बन्द गरिएका स्वस्थ’ भनेर प्रचार गरिन्छ। फलफूलको वास्ना र चिनी मिसाएर बनाइएका रसलाई हामी साच्चिकै फलफूलको रस भनेर पत्याउँछौं। फलफुलकै रस हो भने के कुनै पनि बाहिरी वस्तु नमिसाई फलफूलको रस ‘ताजा’ रहिरहन सक्छ? फलफूलका रस बनाएर राख्दा फलफूलमा भएका कतिपय पोषणतत्व नष्ट हुन्छन्।
त्यसैगरी दाँत सफा गर्न प्रयोग गरिने विभिन्न किसिमका दन्त मञ्जनहरुको बारेमा पनि भ्रमपूर्ण विज्ञापनहरु प्रकाशन प्रसारण गर्ने गरिएको छ। ‘दाँत एकैचोटी झलमल हुने’ भनेर विज्ञापन गर्ने गरेको देखिन्छ। यस्तै विज्ञापनको भर परेर मानिसहरु त्यस्तो दन्तमञ्जन खरिद गरेर प्रयोग गरिरहेका हुन्छन्। वास्तवमा जुन मञ्जन प्रयोग गरेपनि खास केही फरक पर्दैन, दाँत सफा गर्ने काम मञ्जनको नभई ब्रसको हो। हरेक मञ्जनमा रंग, स्वाद र फिज निकाल्ने तत्व हुन्छन्। भिन्दा भिन्दै कम्पनीले भिन्दा भिन्दै वास्ना र स्वाद आउने तत्व मिश्रण गरेका हुन्छन्। मञ्जनको प्रयोग गरेपछि फिँज निकालेर सफा गर्दा एक छिन ‘गुलियो र ताजापनको’ आभास चाँहि आउँछ, तर त्यसमा मिलाइएका तत्वहरुले दाँतमा क्याल्सियम पुर्याउने र विज्ञापनमा देखाइएका जस्ता ‘डरलाग्दा’ काला हरिया किराहरु मार्ने काम चाँहि गर्दैन। विज्ञापनको बहकाउमा आएर मानिसहरुले बारम्बार टुथपेस्ट परिवर्तन गर्ने गरेका हुन्छन्। विशेषज्ञका भनाइमा प्राय सवै प्रकारका टुथपेष्ट उस्तै नै हुन्छन। वास्ना र स्वाद मात्र कम्पनीअनुसार फरक हुन्छ। त्यसकारण कुन टुथपेस्ट प्रयोग गर्ने भन्ने कुराले दाँतको सफाइमा खासै महत्व राख्दैन बरु नियमितरुपमा सही तरिकाले ब्रस गरेको छ कि छैन भन्ने कुराले चाहिँ बढी महत्व राख्छ।
गुलिया आइसक्रिम र चकलेटहरु जति खाए पनि कुनै खास मञ्जनले दाँत माझेपछि चाँहि दाँतमा केही पनि हानी नगर्ने भन्ने किसिमका विज्ञापनहरु दिने गरिएको छ। यसबाट बच्चाहरु मात्र नभई आमा बाबुहरुमा पनि ठूलो प्रभाव परेको देखिन्छ। तर यस किसिमका भनाइ गलत हुन्। बालबालिकाहरुको दाँतमा चकलेट, आइसक्रिम, कोकाकोला, पेप्सी आदि गुलियो वस्तुको नकारात्मक असर निकै हुन्छ।
यस किसिमका गलत विज्ञापनको विरोध गर्दै आउनु भएका दन्त विशेषज्ञ डा. सुशील कोइराला भन्नुहुन्छ, ‘हामीले करिव दुई वर्ष अघि विभिन्न किसिमका दाँत माझ्ने मञ्जनहरुको जाँच गरेर त्यसमा के के कुरा छन भन्ने अध्ययन गरेर हेरेका थियाँै। त्यस अध्ययन अनुसार विभिन्न मञ्जनहरुले आफ्नो उत्पादनमा समावेस गरिएको भनेर विभिन्न तत्वहरुका वारेमा उल्लेख गरिएका कुरा बढाइँचढाइँ गरिएको पत्ता लागेको थियो। त्यस अध्ययनलाई हामीले जनताको माझ लगेर भ्रममा नपर्न आग्रह गर्ने प्रयास गरेका थियौँ।
जति बढी कुनै वस्तुको विज्ञापन आउँछ त्यो वस्तु वास्तवमा नै हामीलाई नचाहिने रहेछ भनेर बुझे हुन्छ। भटमास, कोदो, मकैजस्ता वस्तुको विज्ञापन गर्न पर्दैन होइन र?
विवेकहीन विज्ञापनकै प्रभावले गर्दा तपाईं हामी जीवनका हरेक पलमा ठगिइरहेका हुन्छौं। विवेकहीन विज्ञापनकै प्रभावमा परेर हामीलाई आवश्यक नपरेका बस्तुहरु पनि किन्छौं। थोरै व्यय गर्ने ठाउँमा धेरै खर्च गर्छौ र आफ्नो स्वास्थ्य खराब गर्न आफैं अघि सर्छौं। विज्ञापन देखेर कुनै वस्तु प्रयोग गर्नु अघि सोच्नुस् साँच्चि विज्ञापनमा भनिएका कुरा विश्वास गर्न लायक छन् त? के हामीहरु विज्ञापनको प्रभावमा परेर विबेक गुमाइरहेका त छैनौँ?
यूरोपियन लोगो को हजारो सालो से भारत के लोगो में बहोत जादा interest है. क्यूँ की यहाँ व्यवस्था है -,धर्मव्यवस्था है, वर्णव्यवस्था है, जातिव्यवस्था है , अस्पृश्यता है, रीती रिवाज है, जिसने हजारो सालो से विदेशियों की जिज्ञासा को जगाया.की ये जो खास विशेषता है भारत के लोगो की जिसका मिलन कहीं दुनिया में नहीं होता. इसीलिए वैज्ञानिको को हमेशा ये जिज्ञासा रही कि इस विशेषता का “मूल” कारण क्या है. मुश्किल हालात होने के बावजूद भी उसे हमेशा प्रेरित किया.इस वजह से इनके माध्यम से शोध हो रहा है ॥
अमेरिका के उताह विश्वविद्यालय (washington) में माइकल बामशाद जो Biotechnology Dept. का HOD हैं . इसने ये प्रोजेक्ट तैयार किया था। उसे अगर लागू कर दिया जाए कैसे ? क्योंकि भारत के लोग इस conclusion को मान्यता देने से इनकार कर देंगे। इसीलिये उसने एक और रास्ता निकाला .भारत के वैज्ञानिको को involve करके उसे transperent method से प्रोजेक्ट तैयार किया जाये। इसीलिए मद्रास विशाखापटटनम का Biotec.Dept.,भारत सरकार का मानववंश शास्त्र – enthropology के लोग मिलकर प्रोजेक्ट में शामिल किया जो joint प्रोजेक्ट था. उन्होंने research किया .सारे दुनिया के sample के आधार पर उन्होंने ब्राम्हणों का DNA compare (सारे जाती धर्म के लोगो के साथ) किया गया.।
यूरेशिया प्रांत में मोरुवा समूह है रशिया के पास काला सागर नमक area में ,अस्किमोझी भौगोलिक क्षेत्र में,** मोरू नाम का DNA भारत के ब्राम्हणों के साथ मिला.इसीलिए ब्राम्हण भारत के नहीं है.** महिलाओं में mitocondriyal DNA(जो हजारो सालो बाद भी सिर्फ महिला से महिला ही ट्रान्सफर होता है) के आधार पर compare किया गया.विदेशी महिलाओं के साथ का DNA भारत की *sc,st,obc* की महिलाओं के साथ नहीं मिला.। बल्कि ब्राम्हण के घरों में जो महिलाएं है.उनका *DNA sc,st,obc* के महिलाओं के साथ मिला. आर्यन,वैदिक ये theory हुआ करती थी.अब तो इसका 100% वैज्ञानिक प्रमाण ही मिल गया है. सारी दुनिया के साथ साथ भारत के भी सुप्रीम कोर्ट ने भी इसे मान्यता दी है.
क्यूँ कि यह प्रमाणित हो गया है. DNA कितना मिला किसका यूरेशियन के साथ
राजन दीक्षित नाम का ब्राम्हण (oxford में प्रोफेसर है) ने किताब लिखी. उनके चाचा जोशी है पूना में उन्होने वो किताब publish की india में. के **“ब्राम्हण का DNA और रशिया के पास काला सागर area में ,मोरुआ लोगो का और यहूदी (ज्यूज=हिटलर ने जिनको मारा था) लोगो का DNA एक ही है **.” ऐसा क्यों किया उसने क्यों की अमेरिकन लोग भारत के लोगो को अमेरिका में asian ना कहें!! . राजन दीक्षित ने बामशाद के ही संशोधन को आधार बनाकर exactly वो प्रांत ,आप जो यूरेशिया कह रहे हो ये कहाँ है, वो भी बताया.(राजन दीक्षित=एक महान संशोधक. ये आदमी सही मायने में भारतरत्न का हक़दार है). DNA टेस्ट की जरुरत क्यों पड़ी???
संस्कृत और यूरोपियन language में हजारो शब्द एक जैसे मिले है.फिर भी ब्राम्हणों ने नहीं माना.फिर ये बात पुरातत्व विभाग ने सिद्ध की,मानववंशशास्त्र विभाग ने सिद्ध की,भाषाशास्त्र विभाग ने सिद्ध की फिर भी ब्राम्हणों ने नहीं माना जो की सच था। वो खुद भी जानते थे.कि ब्राम्हण भ्रांतिया पैदा करने में बहोत माहिर लोग है । इस महारथ में पूरी दुनिया में उनका मुकाबला कोई नहीं कर सकता। इसीलिए DNA के आधार पर संशोधन हुआ.। ब्राम्हणों का DNA प्रमाणित होने के बाद उन्होंने सोचा के अगर हम लोग अब इस बात का विरोध करते हैं तो दुनिया की नजर में हम लोग बेवकूफ साबित हो जायेंगे. दोनों तथ्यों पर चर्चा होने वाली थी इसीलिए उन्होंने चुप रहने का निर्णय लिया.। ”ब्राम्हण जब जादा बोलता है तो खतरा है .ब्राम्हण जब मीठा बोलता है तो खतरा नजदीक में पहुँच गया है और जब ब्राम्हण बिलकुल ही नहीं बोलता.एकदम चुप हो जाता है तो भी खतरा है.। its a conspiracy of silence= Dr.B.R.Ambedkar”.। अगर वो कुछ छुपा रहे हैं तो हमें जोर से बोल देना चाहिए. इसका DNA टेस्ट का परिणाम क्या हुआ.??अब हमें सारा का सारा इतिहास नए सिरे से लिखना होगा .जो भी लिखा है अनुमान प्रमाण पर .। अब DNA को आधार बनाकर आप विश्लेषण कर सकते हो .जो ऐसा नहीं करेगा उसे लोग backward historian कहेंगे. DNA ट्रान्सफर होता है पीढ़ी से पीढ़ी without change. । आक्रमणकारी लोग हमेशा अल्पसंख्याक होते है और वहां की प्रजा बहुसंख्यांक होती है
और जब आपस में वो आते हैं .तो हमेशा अल्पसंख्याक लोगो के मन में बहुसंख्यांक लोगो के प्रति inferiority complex develop होता है । .जनसंख्या के घनत्व की physchology होती है.। इसीलिए उस समय ब्राम्हणों के मन में हीन भावना पैदा हो गया होगा .अपनी हिन् भावना को इन पराजित लोगो में ट्रान्सफर करने के लिए उन्होंने योजना बनायीं.।
युद्ध में पराजित किये हुये लोगो को गुलाम बनाना एक बात है और गुलाम बनाये हुये लोगो को हमेशा के लिए गुलाम बनाये रखना ये दूसरी बात है .ये समस्या ब्राम्हणों के सामने थी.।
*रुग्वेद में ब्राम्हणों को देव कहा जाता था(देवासुर संग्राम = देव + असुर) मूलनिवासियों को दैत्य,दानव,राक्षस,शुद्र,असुर कहते थे.। ये evidence है .। अब देव ब्राम्हण कैसे हो गए??? दीर्घकाल तक लोगो को गुलाम बनाये रखने के लिए उनको व्यवस्था बनानी पड़ी. इसीलिए उन्होंने वर्णव्यवस्था बनायीं.। दैत्य,दानवो का नाम परिवर्तन करके उनको शुद्र घोषित किया.क्रमिक असमानता है तो ब्राम्हण,क्षत्रिय,वैश्य को अधिकार है तो शुद्र को भी अधिकार होना चाहिए .मगर वो अधिकार वंचित है .ऐसा क्यूँ किया?? खुद को ब्राम्हण घोषित करने के लिए .।
ब्राम्हण, क्षत्रिय, वैश्य अगर एक ही है तो उन्होंने अपने को ३ हिस्सों में क्यूँ बाटा???? हमको शुद्र घोषित, याने गुलाम बनाने के लिए व्यवस्था बनाना जरुरी था. संस्कृतभाषा में वर्ण का अर्थ होता है रंग.इसका मतलब है की ये रंगव्यवस्था है (वर्णव्यवस्था). संस्कृत डिक्शनरी में भी आपको ये मिलेगा. ये वर्णव्यवस्था/रंगव्यवस्था क्यूँ है???? क्यूँ के ब्राम्हण,क्षत्रिय,वैश्य ये एक ही रंग के लोग हैं. इसीलिए रंगव्यवस्था में ये अधिकार संपन्न है.।
चौथे रंग का आदमी उस रंग का नहीं है अर्थार्त.इसिलए अधिकार वंचित है.DNA की वजह से ये विश्लेषण करना संभव है. Racial Discrimination Ideology है ब्राम्हणवाद. .वर्णव्यवस्था बनाने से गुलाम बनाना और दीर्घकाल तक गुलाम बनाये रखना ब्राम्हणों को संभव हुआ.
ब्राम्हणों ने सभी धर्मशास्त्रों में सभी महिलाओं को शुद्र घोषित क्यूँ किया ???? ये आजतक का सबसे मुश्किल सवाल था .ब्राम्हण की माँ,बेटी,बहन,बीवी को भी उन्होंने शुद्र घोषित किया. DNA में **mitocondriyal DNA** के आधार पर ये सिद्ध हुआ.। ब्राम्हणों के महिला और एससी एसटी और ओबीसी महिला का DNA मिलता है .वो जानते थे की जब उन्होंने प्रजनन के लिए यहीं की महिलाओं का उपयोग किया है.इसीलिए उन्हें शुद्र वर्ण में ढकेल दिया.।
इसीलिए ब्राम्हण हमेशा purity की बात करता है.आदमी का DNA आदमी में ट्रान्सफर होता है. ये बात वो जानते थे इसीलिए औरत को तो वो हमेशा पाप योनी मानता आया है.क्यूँ की वो उनकी कभी नहीं थी. DNA और धर्मशास्त्र दोनों के आधार पर ये सिद्ध कर सकते हैं. इससे ये भी सिद्ध हुआ के आर्य ब्राम्हण स्थलांतरित नहीं हुये थे.वो आक्रमण करने के लिए ही यहाँ आये थे .क्यूँ के जो आक्रमण करने के लिए आतें हैं ,उनके साथ महिलाएं बिलकुल भी वो नहीं लातें हैं । .ऐसी उस समय दृढ़ मान्यता भी थी.इसीलिए उनका आक्रमणकारी स्वभाव आजतक बना हुआ है….
**बुद्ध ने वर्णव्यवस्था को समाप्त किया.** ओबीसी / एससी / एसटी के गुलामी के विरोध में लढने वाला वो सबसे बड़ा पुरखा है .इसका मतलब है वर्णव्यवस्था बुद्धपूर्वकाल में विद्यमान थी.ये evidence है.इस जनआंदोलन में बुद्ध को मूलनिवासियों ने ही सबसे जादा जनसमर्थन दिया.तो जैसे ही वर्णव्यवस्था ध्वस्त हुई और चतुसुत्री पर आधारित नई समाज रचना का निर्माण हुआ.उसमे समता,स्वतंत्रता,बंधुता और न्याय पर आधारित समाजव्यवस्था निर्माण की गयी.। इसका मतलब है की बुद्ध गुलामी के विरोध में लढ रहे थे.
इस क्रांति के बाद ही प्रतिक्रांति हुई जो पुष्यमित्र शुंग(राम) ने बृहदत्त की हत्या करके की .वाल्मीकि शुंग के दरबार में राजकवि था और उसे सामने रखकर ही रामायण लिखी गयी .इसका evidence रामायण में खुद है.हत्या पाटलिपुत्र में हुई थी.शुंग की राजधानी अयोध्या है और रामायण में राम की राजधानी भी अयोध्या है archeological evidence है.कोई भी राजा अपनी राजधानी का निर्माण करता है .तो वो उसे युद्ध करके जीतता है ,फिर अपनी राजधानी खड़ीं करता है.मगर अयोध्या युद्ध जीतकर खड़ीं की गयी राजधानी नहीं थी .इसीलिए उसका नाम रक्खा अयोध्या.(अ+योध्या) . युद्ध ना होकर निर्माण की गयी राजधानी .शुंग ने अश्वमेध यज्ञ किया.रामायण में रामने भी अश्वमेध यज्ञ किया.
ये जो प्रतिक्रांति शुंग ने की इसके बाद जातिव्यवस्था का निर्माण हुआ.पहले गुलाम बनाने के लिए वर्णव्यवस्था और क्रांति के बाद जब प्रतिक्रांति हुई उसके बाद जातिव्यवस्था का निर्माण हुआ.फिर उन्होने योजना बनायीं के हमेशा के लिए अब बहुजनों का प्रतिकार ख़त्म कर दिया जाये.बिलकुल भी लायक ना रक्खा जाये.इसीलिए उन्होंने बहुजनों को 6000 अलग अलग जातियों के टुकडो में बाटां.इससे इन लोगो की एक pshychology तैयार हो गयी के हम प्रतिकार करने लायक नहीं है.। गुलामो की ही ऐसी प्रतिक्रिया होती है.ये सबुत है गुलामी का .दुनिया में जाती व्यवस्था नहीं है इसीलिए दुनिया में कुटुंब व्यवस्था नहीं है.बुढोके लिए old age home है foreign में.। जाति व्यवस्था को फिरसे क्रमिक असमानता पर खड़ा किया ब्राम्हणों ने .अ-समान लोग आपस में समान होने चाहिए थे मगर क्रमिक असमानता में अ-समान लोग भी आपस में समान नहीं है। .प्रतिकार अंदर ही अंदर होता है .जिसने गुलामी लादी उसके बारे में प्रतिकार करने का खयाल ही नहीं आता.। ब्राम्हणों ने जातीअंतर्गत लढाई शरू करवा दी .ये DNA सिद्ध करता है की निर्माणकर्ता ब्राम्हण है.उसने सभी को विभाजित किया लेकिन खुद को कभी भी विभाजित नहीं होने दिया .
जाती को बनाये रखने के साथ ब्राम्हणों की supremacy जुडी हुई है .इसीलिए उनके सामने ये हमेशा संकट खड़ा रहा की कैसे इस जातिव्यवस्था को बनाये रक्खा जाये . Evidence= कन्यादान system = ये कोई वस्तु नहीं है दान करने के लिए .धार्मिक व्यवस्था इस के लिए ऐसी बनायीं गयी.स्त्री अगर उपवर हो गयी ,शादी योग्य हो गयी तो उसकी शादी करने के की जिम्मेदारी माँ,बाप की ही होगी . Bramhanical Social Order. परिवार ही शादी करेगा.अगर कन्या खुद अपनी पसंद से शादी करेगी तो जाती के बहार जाकर शादी कर सकती है । । .तो जातिव्यवस्था ख़तम हो जाएगी। । .ब्राम्हण की supremacy ख़तम जो जाएगी .तो बहुजनों की गुलामी ख़तम हो जाएगी.ये नहीं होना चाहिए .इसीलिए कन्यादान system निकाला .
*****बालविवाह= कन्या के विवाह योग्य होने के पहले ही शादी कर दी जाये.क्यों कि विवाह योग्य होगी तो अपने पसंद से शादी कर सकती है .इसीलिए बचपन में ही उसकी व्यवस्था कर दी .माँ,बाप जाती अंतर्गत ही शादी करेंगे.For more information read Cast in india & anhilation of cast= *Dr.B.R Ambedkar* .
*****विधवाविवाह= विधवाविवाह पर पाबंदी क्यों थी??? अगर किसी विधवा से कोई शादी योग्य लड़का समाज के अंदर का उससे हुई.तो समाज में उसके लिए एक लड़के की कमी होगी .वो लड़की जाती के बाहर जाकर शादी कर सकती है .तो भी जाती व्यवस्था खतरे में पड़ेगी.जाती अंतर्गत विवाह जाती बनाये रखने का सूत्र है. जातिव्यवस्था बनाये रखने के लिए उन्होंने महिलाओं का इस्तेमाल किया.
मतलब विधवा को शादी ना करने का बंधन . विधवाविवाह पर पाबंदी थी .लेकिन उन्होंने देखा की ये इसे टिकाये रखना जाद्त्ती है.ये सम्भव नहीं है.तो ये विधवा सुंदर नहीं दिखनी चाहिए.तो उसके बल कांट दिए गए .ताकि कोई उसकी तरफ आकर्षित ना हो और कोई उसके साथ शादी करने के लिए तैयार ना हो जाये.याने किसी भी स्थिति में ये जाति व्यवस्था बने ही रहनी चाहिए.
****सतीप्रथा= दूसरा रास्ता ब्राम्हणों ने निकाला.अपने पति के साथ मरनेवाली जो स्त्री है ये पतिव्रता स्त्री है और ये पतिव्रता स्त्री है .ये सचचरित्र स्त्री है.इसीलिए ये सती है.ब्राम्हणों ने ये जो गलत और घटियाँ कम किया .इस गलत और घटियाँ काम का उन्होंने गौरव किया.सच के लिए जान दे रही है .गौरवभाव निर्माण किया.जो जिवंत रही है वो अपने पति की चिता पर जिन्दा जलनी चाहिए .इसके लिए स्त्री में प्रेरणा पैदा की जाये.ये प्रेरणा पैदा करने के लिए उन्होंने औरतो के लिए खास त्यौहार बनाया.जिसका नाम था वडसावित्री.
***वडसावित्री= (प्रेरणा) संस्कार बनाया योजनाबद्ध तरीके से .औरत धागा लेकर चक्कर काटती है और कहती है यही पति मुझे सातों जनम जनम तक मिलना चाहिए .ये शराबी है फिर भी मीलना चाहिए.मारता-पिटता है फिरभी मिलना चाहिए। .यही मिलना चाहिए.गहरी बात है .समझिए .ये बार बार हर साल त्यौहार आता है .तो हर साल उनके मन में ये संस्कार किया जाता है .यही पति तुमको मिलने वाला है और कोई पति मिलने वाला नहीं है .और अगर तुम जिन्दा रहती हो तो जबतक जिंदा रहोगी तबतक तुम्हारा पुनर्मिलन होने के लिए तुम देर कर दोगी। .क्यों की अगर तुम अपने पति की चिता पर मार जाओगी.तो एक ही तारीख को,एकही समय को पैदा हो जाओंगी ,पुनर्जन्म हो जायेगा.फिर दोनों का मिलन भी हो जायेगा,अगर एकसाथ जाओगी.जिन्होंने षड्यंत्र किया ,जिन्होंने योजना बनायीं,जिन्होंने प्लानिंग बनायीं.कोई चोर में चोर हूँ ये नहीं बताता.ऐसा ही ब्राम्हणों के बारे में है.जनम जनम की theory महिलाओं में प्रेरणा देने के लिए की गयी.परंतु अब यह प्रथा समाप्ती पर है ॥
****क्रमिक असमानता= जातिव्यवस्था बंधन डालने के बाद ही निर्माण करना /maintain करना संभव है.गुलाम बनाने के लिए .हर कोई किसी ना किसी के ऊपर होने से वो समाधानी रहता है.ये सारे लोग अपने आप में लड़ते रहे.इसीलिए ब्राम्हणों के लिए वो unite हो ही नहीं सकते.consolation prize is not a real prize. यहीं पर लगना चाहिए .ये ऊंचनीच की भावना एक आदमी को नहीं पुरे humanity को ख़तम करती है.
****अस्पृश्यता= ये बुद्ध पूर्व काल में नहीं थी.जातिव्यवस्था बुद्ध पूर्व काल में नहीं थी.इसीलिए literature में नहीं है.इसीलिए भ्रांति होती है.जिन बुद्धिष्ट लोगो ने ब्राम्हणी धर्म से compramise किया .उसे अपना लिया. वो आज obc है.उनपर ब्राम्हणवाद का प्रभाव है .obc,untouchable,tribe भी प्रतिक्रांति के बाद के वर्ग है.।
सिंधु घाटी की सभ्यता पैदा करने वाले भारतीय लोगो से इतनी बड़ी महान सभ्यता कैसे नष्ट हुई,जो 4500, 5000 पूर्व थी ??? ये इंग्रेजो ने पूछा था.एक अंग्रेज़ अफसर को इस का शोध करने के लिए भी बोला गया था.बाद में इसके शोध को राघवन और एक संशोधक ने continue किया .पत्थर और इटें के टेस्ट में पता चला की ये संस्कृति अपने आप नहीं गीरी वो गिराई गयी । .दक्षिण राज्य केरल में हराप्पा और मोहेंदोजड़ो के 429 अवशेष मिले.ब्राम्हण भारत में ईसा पूर्व 1600,1500 शताब्दी पूर्व आया. ऋग्वेद में इंद्र के संदर्भ में 250 श्लोक आतें हैं.सबसे अधिक श्लोक इंद्र पर है.जो ब्राम्हणों का नायक है.बार-बार ये श्लोक आता है. “हे इंद्र उन असुरों के दुर्ग को गिराओं” उन असुरों(बहुजनों) की सभ्यता को नष्ट करो.ये धर्मशास्त्र नहीं बल्कि criminal दस्तावेज हैं.
भाषाशास्त्र के आधार पर ग्रिअरसन ने भी ये सिद्ध किया की अलग-अलग राज्यों में जो भाषा बोली जाती हैं,वो सारी origion from पाली है. DNA का evidence निर्विवाद और निर्णायक है.क्यूँ के वो तर्क,दलील पर खड़ा नहीं है.जिसे lab में जाकर प्रमाणित किया जा सकता है.lab कोई जाती नहीं है science है.lab धर्मनिरपेक्ष है.इसीलिए lab निर्णायक और निर्विवाद है.। कोई भी आदमी अपना DNA टेस्ट lab में जाकर करा सकता है.इस DNA के शोध में पूरी दुनिया से शोध करनेवाले 265 लोग थे. **बामशाद का ये शोध 21 may 2001 को *nature* नाम के अंक में ,जो दुनिया का वैज्ञानिक सबसे जादा मान्यता प्राप्त अंक है उसमे आया था.**
बाबासाहब आंबेडकर की उम्र सिर्फ 22 साल थी जब उन्होंने विश्व का जाती का origion क्या है ?इसका खोज किया था और 2001 में जो DNA reasearch हुआ था .बाबासाहब का और माइकल बामशाद का मत एक ही निकला था.।
ब्राम्हण सारी दुनिया के सामने पुरे expose हो चुके थे.फिर भी मापदंड के आधार पर ये जो दक्षिण राज्य के ब्राम्हणों ने दो विभिन्न नस्लों की संतान है / दो पूर्वज समूह की संतान है भारतीय ऐसा झूठा प्रचारित करने के लिये,अपना विदेशीपण छिपाने के लिए, उन्होंने हमेशा की तरह ब्राम्हण theory use करते हुये ,पूर्व के DNA संशोधन को ख़ारिज नहीं किया और एक झूठ media के द्वारा प्रचारित करना शुरू कर दिया .की अभी कोई भी मूलनिवासी कह नहीं सकता है .सब अब संमिश्र है । .उन्होंने कहाँ का मापदंड ढूंडा????? उन्होंने अंदमान और निकोबार द्वीप समूह में जो आदिवासी जनजाति है.उसका दलील देकर कहा की ये अफ्रीकन का वंशज है .वो इधर से आया था और इधर से यूरोपियन countries में चला गया .तो कैसे गया?? इसका शोध करना चाहिए.ऐसा कहा. माइकल बामशाद के विज्ञानं द्वारा किये गए शोध को नाराकने के लिए । उन्होंने विज्ञानं का सिर्फ नाम लिया .सिर्फ उस प्रचार में विज्ञानं ये शब्द डाला.उससे झूठ प्रचारित किया. ब्राम्हण अगर तुमको यही झूठी कहानी बताये तो पूछो के इन दो में से कौनसा विदेश से आया ??? विदेशी का DNA बताओं?????
लेकिन वो ये साबित कर ही नहीं सकते.
ब्राम्हण मुसलमान विरोधी घृणा अभियान क्यूँ चलाते हैं????? क्यूँ कि ब्राम्हणवाद और बुद्धिजम के टकराव में जो ब्राम्हण विरोधी बुद्धिष्ट मुसलमान बने.उन्होंने ब्राम्हण धर्म को नहीं अपनाया.इसीलिए ये सब पहले से किया जा रहा है.क्यूँ के ब्राम्हण जानता है की ये मूल के बुद्धिष्ट लोग हैं.
इंग्रेजो के गुलाम ब्राम्हण थे और उनके गुलाम मूलनिवासी बहुजन थे.। जो आज तक आजाद नहीं हुये हैं.आजादी की जंग में जो आजादी का आंदोलन लड़ रहे थे .उनके सामने ये समस्या थी.इसीलिए बाबासाहब ने इंग्रेजो को कहा था की ब्राम्हण को आजाद करने के पहले हम बहुजनों को आजाद जरुर कर देना.। अगर तुमने ब्राम्हणों को हमसे पहले आजाद कर दिया .तो ब्राम्हण हमको आज़ाद करने वाले नहीं है .। ये आशंका सिर्फ बाबासाहब के मन में ही नहीं थी बल्कि मुसलमानों के भी मन में थी.ये बात जिन्ना के संगयान मेन थी इसीलिए 14 aug.को पाकिस्तान बना.मुसलमानों ने इंग्रेजो को कहा कि गाँधी के पहले एक दिन हमको आझादी दे देना.। और हमारे बाद गाँधी को देना.। अगर तुमने गाँधी को पहले दे दिया तो गाँधी बनिया है हमको कुछ नहीं देगा। . ब्राम्हणों ने अपने आजादी की लढाई हमको सीढ़ी बनाकर लढी.और वो इंग्रेजो को भगाकर आज़ाद हो गए.
DNA संशोधन आया.उसने सिद्ध किया के ब्राम्हण यहाँ के नहीं है .ब्राम्हण विदेशी है. जब ये देश इनका कभी था ही नहीं,उन्होंने कभी ये माना नहीं. इसीलिए तो ब्राम्हण हमेशा हमको राष्ट्रवाद की theory बताता आया है.कि हम कितने राष्ट्रभक्त है और मूल बात छुपाता है.इसका मतलब एक विदेशी देश छोड़कर गया.दूसरा विदेशी देश का मालिक हो गया.DNA ने ये सिद्ध कर दिया.दुसरे विदेशी यानि ब्राम्हणों ने ये propaganda किया के भारत आज़ाद हो गया. । भारत आज़ाद नहीं हुआ । ब्राम्हण आज़ाद हुआ । अर्थात विदेशियों का राज है. बहुजनों को आझादी हासिल करने का कार्यक्रम भविष्य में चलाना ही पड़ेगा.ये मामला अभी समाप्त नहीं हुआ.इतने conclusion draw होते है DNAके आधार पर.ये दुनिया के 600 cr. में से 100 cr. जिनकी प्रजा है.उन 100cr. को प्रभावित करने वाला संशोधन है.कल्पना करो कितना मुलभुत और कितना महत्वपूर्ण संशोधन।
पछिल्लो समयमा विभाजित माओवादी पार्टीहरूबीच एकताको प्रयास भइरहेको सुनिन्छ । यसै सन्दर्भमा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेको विश्लेषण यस्तो छ :
जनयुद्धबाट आएको माओवादी र त्यसका नेता–कार्यकर्ता अहिले ६ समूहमा विभाजित छन् । आजको आवश्यकता माओवादी आन्दोलनकै पुनर्गठनको हो । एकताका लागि एमाओवादी र क्रान्तिकारी माओवादीबीच अलि बढी छलफल चलिरहेको देखिन्छ । माओवादीका कार्यकर्तादेखि जनस्तरसम्म हेर्दा धेरै गाह्रो भयो, घेराबन्दीमा परियो, धेरै अप्ठ्यारोमा परियो, छिटै एकता गरिहाल्नुपर्छ भन्ने भाव छ ।
जुन सकारात्मक पक्ष हो । माओवादीहरूबीच एकता कति सम्भव छ त ? यो अर्को विश्लेषणको पाटो हो । आवश्यकतालाई सम्भावनायुक्त बनाउने विषयवस्तु धेरै पक्षसँग जेलिएर आउँछ । जनयुद्धको बिरासतसहित आएको पार्टी विभाजित भइसकेको सन्दर्भमा ‘त्यत्तिकै छुट्टियौँ, अब मिसिऔँ, दुईवटा चुल्हो भत्काएर एउटै चुल्हो बनाइहालौँ’ भनेजस्तो एकता सहज छैन । एकताका लागि केही अप्ठ्यारा पनि छन् ।
१. सैद्धान्तिक अप्ठ्यारा
एकताको पहिलो आधार सैद्धान्तिक प्रस्तावना हो । जनयुद्धमा हामीले के भनेका थियौँ ? शान्तिप्रक्रियामा आएपछिको स्थिति के छ ? हाम्रो विश्लेषण के छ ? र, आगामी दिनमा के गर्छौँ ? यी विषय नै हाम्रा मुख्य सैद्धान्तिक प्रस्तावना हुन् । एमाओवादी नयाँ जनवादी क्रान्तिको फेज सकियो, अबको क्रान्ति समाजवादी क्रान्ति हो भन्छ । क्रान्तिकारी माओवादी जनवादी क्रान्ति नै पूरा भएको छैन भन्नेमा छ । राज्यसत्ता र शासन सत्ता फरक हुन् । शासन सत्ता त परिवर्तन भयो, राज्यसत्ता परिवर्तन भएको छैन । राज्यसत्ताको प्रश्नसँग क्रान्तिको परिभाषा जोडिन्छ । राज्यसत्ता परिवर्तन नहुँदै ‘क्रान्तिको एउटा चरण पूरा भयो’ भन्ने एमाओवादीको निष्कर्ष एकताका लागि सहज छैन । एउटा उदाहरण– जनयुद्ध राज्यसत्ता परिवर्तनको उद्देश्यमा थियो । क्रान्तिको एउटा चरण पूरा हुँदा बालकृष्ण ढुंगेल, अग्नि सापकोटाहरूको मुद्दा फिर्ता हुनुपथ्र्यो । तर, नयाँ जनवादी क्रान्ति पूरा भयो, समाजवादी क्रान्तिको तयारीमा जानेभन्दा नयाँ जनवादी क्रान्ति गर्दा लागेका मुद्दा यथावत् छन् । यो सामान्य घटनाले पनि जनवादी क्रान्ति पूरा भएको मान्न सकिँदैन । बहसमार्फत एकताको ढोका खोल्न सकिएला । तर, एउटाले गरेको विश्लेषणमा अर्कोले सहवरण गर्ने कुराले एकता सम्भव हुँदैन ।
२. संविधानसभा र संविधानमाथिको बुझाइ
एमाओवादीको भर्खरै सम्पन्न केन्द्रीय समितिले पारित गरेको प्रतिवेदनमा संविधानको पक्षमा व्याख्या छ । त्यसैअनुसार समग्र कार्यक्रम बनाउन निर्देशन छ । क्रान्तिकारी माओवादी संविधान प्रतिगामी भयो भन्छ र च्यात्छ । संविधानसभाबाट बनेको संविधानलाई हेर्ने दृष्टिकोणमा दुई माओवादीबीच आकाश–जमिनको फरक दृष्टिकोण छ । यससँगै संविधानसभा रणनीति थियो कि कार्यनीति भन्ने जोडिन्छ । संविधानसभा कार्यनीति थियो । कार्यनीतिलाई रणनीतिक उपलब्धिका रूपमा बुझ्यौँ भने गल्ती हुन्छ । एमाओवादीले संविधानसभाबाट संविधान बनाउनेलाई रणनीतिका रूपमा बुझेको पाइन्छ । यसले एकतालाई सहज बनाउँदैन । संविधानसभा कार्यनीति थियो । कार्यनीतिक नारा कार्यान्वयन भयो । परिणामको विश्लेषण गर्दै गरौँला । कार्यनीतिक नाराले केही सकारात्मक योगदान गर्यो, रणनीतिक योगदान होइन । संसदीय भए पनि गणतन्त्र ल्यायौँ, धर्मनिरपेक्षता आयो, मूर्त नभएको भए पनि संघीयता आयो । संविधानसभाको चुनाव रणनीतिक थिएन, त्यसकारण त्यसको उपलब्धिलाई रणनीतिक उपलब्धिका रूपमा मान्नुहुन्न भन्ने बुझाइमा जटिलता छ । शब्दावली प्रयोग नगरे पनि संविधानसभालाई रणनीतिक रूपमा बुझ्ने एमाओवादी र कार्यनीतिक रूपमा बुझ्ने र यसले सामान्य उपलब्धिबाहेक केही दिएन भन्ने क्रान्तिकारी माओवादीको निष्कर्षले उनीहरू एकै ठाउँमा आउन सहज छैन ।
३. चुनावप्रतिको बुझाइ
चुनाव हारियो, फेरि हारिएला, सबैले हेपे भन्ने एमाओवादीको र आन्दोलन पनि खास उठाउन सकिएन, अरू केही गर्न सकिएन भन्ने क्रान्तिकारी माओवादीको बुझाइ छ । त्यसकारण एक ठाउँमा आउने मात्र उद्देश्यले एकता गर्न जरुरी छैन । देश र जनताका लागि माओवादीले जति योगदान गर्नुपथ्र्यो, त्यो पुगेन । त्यसका लागि एकता गर्न जरुरी होला । आधारभूत तहका जनतालाई राज्यसत्ताको मालिक बनाउने या राज्यसत्ताको चरित्र फेर्नका लागि एकता आवश्यक हो । त्यो प्रतिस्पर्धात्मक संसदीय व्यवस्थामा गएर सम्भव हुँदैन भन्ने एकताको आधार बन्न सक्छ । तर, स्थानीय होस् या केन्द्रीय चुनाव होस्, संविधानसभाबाट बनेको संविधानले परिकल्पना गरेको चुनावलाई एमाओवादीले रणनीतिका रूपमा बुझेको देखिन्छ । क्रान्तिकारी माओवादी कार्यनीतिक रूपमा मात्रै कहिले बहिष्कार र कहिले उपयोग गर्न सकिन्छ भन्छ । चुनावलाई रणनीतिक रूपमा बुझ्ने हो भने दुई माओवादीको एकता तत्काल सम्भव देखिन्न ।
४. विगतको समीक्षा
०६२/६३ को आन्दोलनपछि प्राप्त उपलब्धिलाई रणनीतिक तहमा बुझ्ने हो भने विगतको हाम्रो विश्लेषण कि सच्याउनुपर्छ कि गल्ती गर्यौँ भन्नुपर्छ । क्रान्तिको आधारभूत चरित्र राज्यसत्ताको परिवर्तन हो । मूर्त रूपमा जाँदा आर्थिक आधारमा परिवर्तन हो । राजनीतिक परिवर्तनसँगै आर्थिक आधार कति परिवर्तन भयो भन्नेमा क्रान्ति हुने कि नहुने निर्भर हुन्छ भन्ने हाम्रो विगतको लामो व्याख्या छ । ००७ र ०४६ को परिवर्तनलाई हेर्ने दृष्टिकोणमा हाम्रो धेरै लामो विश्लेषण छ । ००७, ०४६ र ०६२/६३ को आन्दोलनका राजनीतिक परिवर्तन केही फरक छन् । तर, आर्थिक प्रणाली र राज्यसत्ताको अवयव भने यथावत् छन् । जनयुद्धको जगमा भएको ०६२/६३ को आन्दोलनबाट हामीले संसदीय गणतन्त्र ल्याएका छौँ । संसदीय गणतन्त्र ल्याउनु क्रान्ति होइन । यसैलाई क्रान्ति मान्ने हो भने ००७, ०४६ का आन्दोलनलाई पनि क्रान्ति मान्नुपर्छ । ती आन्दोलनले पनि केही न केही राजनीतिक परिवर्तन ल्याएका थिए । क्रान्ति सम्पन्नपछि जनयुद्ध सुरु गर्ने कुरा सैद्धान्तिक हिसाबले मिल्दैन । संसदीय गणतन्त्र ल्याउन जनयुद्ध भएको थिएन । त्यसकारण क्रान्ति सम्पन्न भएको छैन । यसलाई कार्यनीति मात्र मान्न सकिन्छ । रणनीतिक रूपमा बुझ्ने हो भने जनयुद्ध अन्यायपूर्ण थियो भन्ने ठाउँमा पुर्याउँछ हाम्रै विश्लेषणले । हामी त्यसो भन्न सक्छौँ त ? जनयुद्धका सुप्रिम कमान्डर प्रचण्डले त्यसो भन्न सक्नुहोला ? लिखित रूपमा नगरे पनि एमाओवादीको प्रतिवेदन हेर्दा उहाँहरू जनयुद्धले यत्रो संविधानसभा ल्यायौँ भन्नेमा पुग्नुभएको छ । यसले एकता हुन गाह्रो पार्छ ।
५. दोहोरो चरित्र कि भित्रैबाट ?
एकताको कुरा दोहोरो चरित्र हो कि भित्रैबाट आएको हो ? आफ्ना कार्यकर्तालाई ‘इन्टेक’ गर्न एकताको प्रचार गर्ने, तर भित्रैदेखि रुचि नभएजस्तो देखिन्छ । औपचारिक रूपले यो कुरा समाउन सकिँदैन । क्रान्तिकारी माओवादीमा एकताका निम्ति सबैलाई ढोकाबाट छिराउन नसक्ने समस्या छ । ढोकाबाट छिर्ने आधिकारिक भए अध्यक्ष, महासचिव होलान्, त्यसको नेतृत्व गर्ने । एकथरी साथी झ्यालबाट, अर्काथरी धुँवाको प्वालबाट छिरेका छन्, एकता गर्नुपर्छ भनेर । एकताका लागि सबैलाई ढोकाबाटै छिराउनुपर्छ । एमाओवादीमा प्रचण्डपछिको नेतृत्व दाबी गर्ने नेताहरूले एकताका निम्ति त्यत्ति रुचि देखाइरहेका छैनन् । स्वयं प्रचण्डको कति इच्छा हो एकताका निम्ति ? व्यक्ति–व्यक्ति तान्नका निम्ति उद्यत हुने, टुक्रा टुक्रा ल्याएर कमजोर बनाउने मात्र उद्देश्य राख्नुभएको हो या संस्थागत एकता गरेर एउटा सन्देश दिन खोज्नुभएको हो ? यो प्रस्ट छैन । एकता वा फुटमा कम्युनिस्ट पार्टीमा शीर्ष नेता नै निर्णायक हुन्छन् ।
६. सांगठनिक अवस्था
विचारसँग नेतृत्व जोडिन्छ कम्युनिस्ट पार्टीमा । एमाओवादी छाड्नुअघि डा. बाबुराम भट्टराईको दाबी ‘विचार मेरो हो, त्यसकारण मैले नेतृत्व पाउनुपर्छ’ भन्ने थियो । ‘विचार त मेरै हो, कहाँ तेरो हो’ भन्ने प्रचण्डको दाबी होला । एकताको आधार हामी कुन विचारलाई बनाउँछौँ भन्नेसँग नेतृत्वको कुरा होला । एमाओवादीमा होस् या क्रान्तिकारी माओवादीमा, पुरानो लिडरसिप प्राविधिक हिसाबले केही समय रहे पनि अबको पुस्ता, प्रविधि, मनोविज्ञानको नेतृत्व गर्न एउटा सीमा अभिव्यक्त हुने समय सुरुवात भइसकेको छ । त्यसभन्दा पछाडिको पुस्ता कस्तो छ भनेर पनि हेर्नुपर्छ । त्योभन्दा पछाडिको पुस्ता दुवै पार्टीमा झन् समस्याग्रस्त देखिन्छ । पार्टी विभाजनअगाडि हाम्रा जिम्मेवारी के थिए भन्ने आधारमा एकतापछिको संगठन बनाउन सकिन्छ । एउटै पार्टीमा बसेको हुनाले हिजो हामी कुन स्ट्याटसमा थियौँ भन्ने छर्लंग छ । त्यसलाई आधार मान्न सकिन्छ । मुख्य नेतृत्व प्राविधिक कुरा होला । सिद्धान्तका हिसाबले नेतृत्व प्राविधिक कुरा होइन । तर, एकताका लागि प्राविधिक विषय बनाउन सकिन्छ । पार्टी विभाजित भएकाले एकताका लागि यो पनि अर्को जटिल विषय हो ।
७. सबै समूहबीच एकता हुन्न
जनयुद्धबाट आएको माओवादी ६ वटा टुक्रामा विभाजित भयो । त्यसमध्ये एमाओवादीबाट निस्किएको डा. बाबुराम भट्टराईले नेतृत्व गरेको शक्ति र माओवादीबाट निस्किएको विप्लव नेतृत्वको शक्ति रूपमा फरक धारमा छ । सारमा कहाँ छ ? अहिले टिप्पणी गर्दा हतार र पूर्वाग्रह होला । नयाँ शक्तिको धार सामान्य कम्युनिस्ट पार्टीको नाममा पनि संगठित नहुने भनेपछि पूर्वमाओवादी त भन्न सकिएला, तर माओवादीको नाममा संगठित नहुँदा त्यसलाई चिन्ताको विषय ठान्नुहुन्न । त्यो एकतामा आइहाल्दैन । विप्लवहरू सिद्धान्तमा एकता गर्नुपर्छ भने पनि एकताका लागि त्यत्ति रुचि देखाउनुहुन्न । उहाँको पार्टीले सामान्य राष्ट्रियता, जनजीविकाका मुद्दामा सहकार्य गर्ने, संयुक्त मोर्चा बनाउने, एउटै नारामा सडकमा निस्कने कुरामै अनिच्छा देखाएको छ । बाँकी रहेका चारवटा शक्ति एमाओवादी, क्रान्तिकारी माओवादी, मणि थापा र मातृका यादव नेतृत्वका माओवादीबीच एकता सम्भव छ । एकताका लागि उल्लिखित अप्ठ्यारा फुकाउन सक्नुपर्छ । नेतृत्वको भित्री इच्छा भए यी अप्ठ्यारा फुक्नसक्छन् । र, एकता हुनसक्छ । हामी माओवादी आ–आफ्नो तहबाट यी अप्ठ्यारा फुकाएर एकताको आधार तयार पार्ने दिशामा अघि बढ्नुपर्छ ।