Sunday, January 31, 2016

यी हुन्, शुक्रराजको शव उतार्ने ब्यक्ति

त्यो दिन यसरी सम्झिन्छन्, चिरिबाबु


काठमाडौं । हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ । सरकारले सहिद दिवसको दिन सार्वजनिक विदा समेत दिने गरेका छ । माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताह मनाइँदै आएको छ ।
जहाँनियाँ राणा शासनको विरुद्ध आवाज उठाएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्द ठाकुरलाई तत्कालिन राणा शासकहरुले वि.सं.१९९७ सालमा एकै साता भित्र पालैपालो रुखमा झुण्ड्याएर फाँसी दिएका थिए ।
Shukra_statueतिनै चार वीर सपुतहरुमध्येका एक थिए, शुक्रराज जोशी । काठमाडौंको खिउँल, थाय्मदुमा जन्मिएका शुक्रराजले उच्च श्रेणीमा संस्कृत भाषामा शास्त्री उतीर्ण गरेकाले उनलाई पछि शुक्रराज शास्त्री भनियो । तिनै शुक्रराज, जसलाई वि.सं. १९९७ माघ १० गते टेकुको पचलीस्थित रुखमा झुण्ड्याएर फाँसी दिइएको थियो ।
राणा शासनको विरोध गरेकोमा राजद्रोहको अभियोग लगाई शुक्रराजलाई पक्राउ गरी तीनवर्ष कैद सुनाइयो । आठ वटा मुद्दामा फसाई वि.सं. १९९७ साल माघ ६ गते दिउँसो झण्डै १०–११ बजेतिर सर्वस्वहरणसहित फाँसीको सजाय सुनाइयो र वि.सं. १९९७ साल माघ १० गते राती झुण्ड्याएर मारिएको थियो ।
रुखमा झुण्ड्याएर मारिएका शास्त्रीको शव निकाल्ने हिम्मत समेत कसैले गरेन । रुखमा झुण्डिरहेको शव निकाल्ने ब्यक्ति थिए, डिठ्टा चतुरमान श्रेष्ठ, चिरिबाबु महर्जन र चिरिबाबुका बाबु । महान सहिद शुक्रराजको शव स्पर्श गर्ने मध्येका एक चिरिबाबु आज पनि शुक्रराजको शव निकालेको कुरा विर्सन सक्दैनन् । काठमाडौंको स्बयम्भू ठूलोभ¥याङमा आफ्नो माहिला छोराको घरमा बसिरहेका चिरिबाबु शुक्रराजको शव रुखबाट झार्दा मात्र ११ वर्षका थिए । अहिले उनी ८६ वर्षका छन् ।
त्यो दिन यसरी सम्झिन्छन्, चिरिबाबु
बेलाबेलामा हाम्रो घरमा आइरहने डिठ्टा चतुरमान श्रेष्ठ त्यो दिन पनि आउनुभएको थियो । केही काम लिएर आएपछि बाबालाई लिएर उहाँ जानुहुन्थ्यो । तर त्यो दिन बाबा उहाँसँग जान मान्नु भएको थिएन । तर केही कुरा गरिसकेपछि बाबा तयार हुनुभयो । र बाबाले मलाई लैजान खोज्नुभयो तर आमा मान्नुभएन । त्यस्तो ठाउँमा छोरालाई पठाउदिन भनेर मलाई च्याप्नुभयो । मलाई उत्सुकता लाग्यो । बाबाले मलाई कहाँ लैजान लाग्नुभएको होला । मलाई पनि जान पाए हुन्थ्यो जस्तो लाग्यो ।
chiribabuचतुरमानको सम्झाई बुझाईका अगाडि आमाका के लाग्थ्यो र मलाई समातिरहनु भएको आमाले हात खुकुलो बनाउनुभयो । म, डिट्ठासाब र बाबासँगै घरबाट निस्कियौं । तर मलाई थाहा थिएन कहा जान लागेको भन्ने बारेमा ।
कुरा वि.सं. १९९७ साल माघ ११ गतेको बिहानको हो । बाटोमा मैले बल्ल थाहा पाएँ, चर्तुमानले बाबालाई शुक्रराजको त्यो शब रुखबाट भुइँमा झार्नको लागि बोलाउन आउनुभएको रहेछ ।
हामी टेकुतिर बढ्दै थियो, टेकु दोभान क्षेत्र सुनसान थियो । त्यहाँ पुग्दा खेरी दिउँसोको १२ बजिसकेको थियो तर एक जना पनि हिडेँकोे देखिदैनथ्यो । मैले टेकुको एउटा ठूलो रुखमा एउटामान्छे झुण्ड्एको देखेँ । म झसङ्ग भएँ । मेरो पाईला टक्क रोकियो । बुबाको हात समातिराखेको मेरो हात कस्सियो ।
त्यतिबेला त मलाई थाहा भएन तर पछि थाहा भयो उहाँ शुक्रराज शास्त्री हुनुुहुँदोरहेछ । म रोकिएको देखेर चतुरमान जिले मलाई गाली गरेर अगाडि बोलाउनुभयो । मैले बचाउका लागि बुबालाई हेरेँ उहाँ मेरो हात छोडेर अगाडि बढिसक्नु भएको थियो ।
मैले आफूलाई तानेर अगाडि बढेँ । बुबाले रुखमा झुण्डिरहेको लाश समात्नुभयो । मैले पछाडिबाट समातेँ, चतुरमानजीले डोरी खोल्नुभयो । हामीले शवलाई बिस्तारै सुतायौँ यति गरिसकेपछि शव चतुरमानजीको जिम्मामा छोडेर हामी हतार हतार घर फर्कियौं । बाटोमा बुबाबाट थाहा पाएँ– उहाँलाई राणाहरुले गाठगादी ताकेको आरोपमा राति त्यहाँ ल्याएर झुण्ड्याएको रहेछ ।
(स्रोत :गोप)

http://www.khabardabali.com बाट साभार 

Wednesday, January 13, 2016

नेवारी समुदायलाई यसरी फाँसी दिन थाल्यो (लुकाइएको नेपाली इतिहास) ।

पृथ्बीनारायण शाह एकताको होइन साम्राज्यवादीको प्रतिक हो


अब यसले गरेको अत्याचारको विरूद्ध यसरि उठ्दैछ काठमाडौंको नेवारी समुदायको जनता, हेर्नुहोला भिडियोमा ।
पृथ्बीनारायण शाह नेपालको मूलवासी समूदायको सबै भन्द ठूलो र क्रुर अपराधी हो । पृथ्बीनारायण शाहले नेवारी समूदायको मात्र होइन मरिसकेको तामाङ राजाहरूको छाला र मासुलाई टुक्रा-टुक्रा पारेर कुकुरलाई खुवाउने काम गरेको थियो । जीवित तामाङ युवाहरूलाई उनीहरूको हरूवा चरूवा र पिपा बनाएको थियो ।
काठमाडौंको कालिकास्थानमा रहेको पिपाग्वासरा यसैको एउटा प्रमाण हो । राई, लिम्बु, गुरुङ, मगर र थारूलाई पनि यो अत्याचारी र अपराधी व्यक्तिले यस्तै गरेको थियो । यसकारण पृथ्बीनारायण शाह नेपालको मूलवासी समूदायको सवैभन्द ठूलो र प्रमुख शत्रु हो ।
त्यस पछि यसको सन्तानले पनि हामीलाई र हाम्रो पुर्खालाई यसरि नै सोषण गरेको छ । हामी तामाङहरूको सम्भोटा लिपिमा लेखिएको दोंगराप, फाराप र केरापमा पनि यो कुराको उल्लेख गरिएको छ ।
.............................................

नेवारी समुदायले बुझ्नुपर्ने कुरा
राजा महेन्द्रले उनको पुर्खाको गुनगान गरि लेख्न लगाइएको इतिहास हाम्रो पाठ्यक्रममा छ । तर वास्तविक इतिहास लुकाइएको छ । यो लेखमा धेरै त्यस्ता लुकाइएका तथ्यहरु अनुसन्धान गरि सार्बजानिक गर्ने प्रायस गरेको छु । पृथ्वीनारायण शाह सम्बन्धि केहि लेख यहाँ प्रस्तुत गर्दैछु । वास्तविकता थाहा पाए पछि निश्चित रुपमा पृथ्वीनारायण शाहका अन्ध भक्तहरु मर्माहत हुने छन् । त्यसैले अन्धभक्तहरुलाई यो लेख पढेर दिमाग खराब नगर्न जानकारी गराउँछु ।
सम्बत १७१६ सम्म गोरखा नरेश नरभूपाल शाह माटोले पोतेको आसन (राजगद्दी) मा बस्थे । उक्त आसन उनलाई असाध्यै अप्ठ्यारो लाग्थ्यो । नेपाल (हाल काठमाडौँ, पाटन, भक्तपुर) का राजाहरु चाँदीको आसनमा बस्थे भन्ने उनले सुनेको थिए । उनि पनि एउटा चाँदीको आसन बनाउन पाए हुन्थ्यो भन्ने सोच्न थाले ।
शक्तिशाली रजौटासित बिहे गरि सम्बन्ध बनाउने र कम्जोर रजौटाहरुलाई कज्याउने राजनीति पछ्याउदै सम्पन्न र शक्तिशाली बन्न सिमा बिस्तार गर्ने उद्धेश्य लिएर उनले धेरै पल्ट बिहे गरे, तर उनि सफल भएनन् । अन्तमा उनले आफ्नो नीति परिवर्तन गर्ने निश्चय गरे ।
सम्बत १७३२ मा उनले आफ्नो छोरा पृथ्वीनारायण शाहलाइ भक्तपुरको राजासित बस्न पठाए । नरभूपाल शाहले भक्तपुरको राजालाई एउटा चिठ्ठी लेखेको थिए । जुन चिठ्ठी अनुसार उसको छोरालाई यथोचित हुर्काउन र शिक्षादीक्षा दिन नेपालमा मात्रै सम्भव भएको हुनाले त्यस्तो ब्यबस्था मिलाइदिन अनुरोध गरेका थिए । तर, उनको वास्तविक उद्धेश्य भने उनको छोरालाई त्यहाँको दरवारमा राख्न पाए हुन्थ्यो भन्ने थियो । छोरा नेपाल दरबार छिर्न पायो भने त्यहाँको गोप्य र महत्वपूर्ण कुरा थाहा पाइन्छ भन्ने थियो ।
हुन त राजा नरभूपालले यस्तो प्रस्ताब काठमाडौँ र पाटनको राजालाई पनि पठाएका थिए । तर पाटनको राजाले चिट्ठीको कुनै जवाफ दिएनन् भने काठमाडौँका राजाले न्वाक्वस्मा राखेर हुर्काउने पढाउने भए सहयोग गरौंला भनि मौखिक जवाफ दिएर पठाए । न्वाक्वस् भनेको हाल नुवाकोट हो जुन काठमाडौँ राज्यको एक प्रदेश थियो र त्यहाँको शासनभार काठमाडौँबाट नियुक्त मल्लले हेर्दथे । काठमाडौँ र पाटनको राजाहरुको यस्तो ब्यबहारबाट नरभूपाल शाहले अपमानित महशुस गरे । तर अत्यन्त धार्मिक स्वभाव र उदार दिलका भक्तपुरका राजाले भने हार्दिक निमन्त्राणा दिइ शिक्षा दिक्षा दिन स्विकार गरे ।
भक्तपुरका मल्ल राजाले अत्यन्त मित्रवत व्यवहार देखाउदै बालक पृथ्वीनारायण शाहलाई दरबारमा पाहुनाको रुपमा स्वीकारे । उनलाई दरवारको सबै कुना कुना देखाए । उनका राजकुमार/राजकुमारीहरुलाइ पृथ्वीनारायण सित खेल्न छुट दिए र उनलाई कुनै किसिमको भेदभाव नगरी अत्यन्त सम्मानका साथ राखे । धर्मको काम भन्ठानी भक्तपुरका राजाले पूर्ण सहयोग गरि उत्कृस्ट शिक्षा दिक्षा दिएर राखे । यसबापत कुनै दस्तुर वा सम्झौता पनि गरेनन् ।
पृथ्वीनारायण शाह स्मरण शक्तिमा तेज थिए । एकपल्ट देखेको कुरा हम्मेशी नबिर्सने । उनले भाषा पनि छिटै सिके र दरबारमा प्यारो बनेर हुर्किए । पाँच वर्ष पछि उनि आफ्नो गृह नगर गोरखा फर्किए । उनले मल्लकालीन दरबारका धेरै जानकारीहरु बटुलेका थिए । मल्ल खानदान भित्रका कलहलाइ नजीकबाट नियालेका थिए । के कुरामा तिनीहरु मिल्छन्, के कुरामा झगडा गर्छन्, के कुरामा ईर्ष्या गर्छन्, के कुरामा रीस गर्छन्, ती सबै कुरो बुझेका थिए । त्यस्तै गरि कति सेना छन्, कति हतियार छन् र सामरीक महत्वका ठाउँहरु कता कता छन्, त्यो जानकारी पनि बटुलेका थिए ।
फर्केर गएपछि पृथ्वीनारायण शाह यति उत्साहित थिए कि नुवाकोट हमला गरेर सजिलै जित्न सक्छु भनि निश्चित जसो थिए । काठमाडौँका राजाको अपमानको बोझ बोकेर बसेका राजा नरभूपालको सहमतिमा तुरुन्तै नुवाकोट आक्रमण थाले । तर युवा पृथ्वीनारायणको गलत आंकलन र बुबा राजा नरभूपालको अनुमान बिपरित गोरखाले नराम्रो हारको सामना गरे ।
त्यो बेला देखि गोरखाले उपत्यका आसपास क्षेत्रहरुमा हरेक बर्ष जसो आक्रमण जारी राखे । गोरखाली आक्रमण सधैजसो मनसुन सिजन पश्चात हुन्थ्यो । मनसुन सिजन पश्चात आक्रमण गर्दा लुटपाट गर्न सजिलो हुने र धेरै धनसम्पत्ति लुट्न सकिने विश्वास गोरखाले राखेको थियो । त्यसैले आक्रमण ठ्याक्क सेप्टेम्बरको अन्त्य तिर (भदौ, असोज अर्थात् दशैंको मुखमा) गरेको देखिन्छ । तर यो आक्रमण कहिले पनि सफल भएको देखिन्न । यस्तो लुटमार गर्ने उद्धेश्यले आक्रमण गर्ने र असफल भै फर्कने क्रम सम्बत १७६४ सम्म जारी रह्यो ।
तत्पश्चात पृथ्वी नारायण शाहले एउटा शान्ति प्रस्ताव नेपालका मल्ल राजाहरु तर्फ पठाए । अन्त्यहीन जस्तो बार्षिक लडाई र प्रतिरोधले मल्ल राजाहरु दिक्दार थिए । त्यो भन्दा पनि यस्तो सानो सानो स्तरको लडाइले त्यो बेला नेपालको अन्तराष्ट्रीय ब्यापारलाइ (तिब्बत भारत तिरको ब्यापार) नोक्सान पुगी राखेको थियो । मल्ल राजाहरु त्यसैले शान्तिको प्रस्ताव सित वास्तवमा खुशी भएका थिए ।
तर पृथ्वीनारायणको प्रस्ताव बास्तवमा एउटा चलाखी मात्र थियो । उनले वास्तविक शान्ति चाहेका थिएनन् । जव गोर्खाले उत्तरतिर रहेको व्यापार मार्गमा नाकाबन्दी लगाउन थाले, मल्ल राजाहरुले गोरखाको मनशाय बुझ्न थाले । साथसाथै त्यो समय गोरखाली सेनाले युद्धमा अत्यधिक हतियार प्रयोग गरेको र ती हतियार उच्च कोटीको रहेको समेत थाहा पाए । मल्ल राजाहरु एउटा निर्धन गोरखा राज्यसित त्यस्तो हतियार कहाँबाट आयो भनेर चकित परेका थिए । लडाई अत्यन्तै महँगो हुन्छ भनेर बुझेका मल्ल राजाहरु गोरखाले वर्षेनी लडाई लड्न पैसाको जोहो कताबाट गर्छन्, गोरखाबाट टाढा टाढा पुगेर लड्ने सेनाको रासन पानी, उपचार खर्च, तलबमान, लुगाफाटो, हतियार गोलीगट्ठा आदि कताबाट आपूर्ति हुदै थियो भन्ने सोचेर चकित परेका थिए । गोर्खाली सेनालाई प्रशस्त आर्थिक र उच्चस्तरीय हतियार उपलब्ध गराउने स्रोत तत्कालिन बेलायती सरकार थियो । तर यो कुरो नेपालको मुलधारको इतिहासबाट लुकाइएको छ । यो सम्बन्धि गरिएको एक गोप्य सम्झौताको दस्तावेज हालसम्म पनि लण्डनमा सुरक्षित छ । इस्ट इंडिया कम्पनि सम्बन्धि आर्काइवमा त्यो सुरक्षित छ ।
माथि उल्लेख गरेको त्यो गोप्य सम्झौतामा गोर्खाली प्रतिनिधि र क्याप्टेन सिअने को दस्तखत छ । जुन दस्तावेज अनुसार बेलायती सरकारले सैन्य सहायता तथा रणनैतिक सरसल्लाह उपलब्ध गराउने र त्यसको बदलामा गोरखाले नेपालको ब्यापारिक मार्ग ध्वस्त गर्नु पर्ने सम्झौता भएको थियो । यो त्यहि ब्यापारिक मार्ग हो जहाँबाट हालको भारत र चीन बीच नेपाल भै ब्यापार चलेको थियो ।
भारतको मुगल ब्यापारीहरु नेपालको मल्ल राजा सित मिलेर ब्यापार बढाउदै थिए । बेलायतको अनुमानमा झन्डै ३० प्रतिसत मुगल सम्पत्तिको मुख्य श्रोतनै उत्तरसित रहेको यो व्यापार थियो । त्यसैले बेलायतिहरु यो श्रोत हात लगाई भारतीय उपनिवेशबाट हुने आम्दानि बढाउन चाहन्थे ।
लण्डनमा रहेको दस्ताबेजमा उल्लेख भए अनुसार पृथ्वी नारायण शाहका सेनाले ८ सय वटा काँधमा राखेर प्रहार गर्नु पर्ने लामो नाल भएको शक्तिशाली बन्दुक र २१ जना बेलायति सैन्य सल्लाहकार प्राप्त गरे । सम्बत १७६६ मा बेलायतको हतियार, सैन्य सूचना र सल्लाह समेतको सहयोगमा गोरखाले किर्तिपुरमा कठिन युद्द गरि जिते । कीर्तिपुरले अदम्य शाहस देखाउदा देखाउदै पनि उच्चस्तरीय हतियार सामु टिक्न सकेनन । त्यो लडाईमा कीर्तिपुरका दुइ तिहाइ जनसंख्या मारिएका थिए । मारिएकाहरुमा सबै नेवारी समुदायका थिए ।
हिंस्रक गोर्खाली सेनाले विजय उन्मादमा बाँचेका कीर्तिपुरे जनताको नाक काटे । आजसम्म पनि त्यो ’ठाँउ नाक नभएको मान्छेको गाँउ’ भनेर परिचित छ । यो घटना घटिसकेपछि बल्ल मल्ल राजाहरुले परिस्थिति निकै गम्भीर बनिसकेको चाल पाए ।
काठमाडौँका राजा जयप्रकाश मल्ल एक विद्वान शासक थिए । उनले इस्ट इंडिया कम्पनीलाई गोरखाको आक्रमण बिरुद्ध सहयोगको याचना गर्दै एक मार्मिक चिट्ठी लेखे । इस्ट इंडिया कम्पनीले पनि तत्कालै १५ जवान प्रभावशाली सैन्य टुकडी क्याप्टेन किनलोक (प्ष्लयिअज) को नेतृत्वमा नेपालका मल्ल राजालाई सहयोग गर्न पठाए । यी क्याप्टेन असाध्यै मदिराप्रेमी थिए ।
क्याप्टेन किनलोक नेतृत्वको बेलायती सेना जव काठमाडौँ उपत्यका नजिकको पहाडी इलाका पुगे तिनले गोर्खालीसित लडाई लडेको नाटक गरे र उक्त लडाइमा बेलायती सेना हारेको भनि गलत प्रचार गरे । गोर्खाली आक्रमणमा परि क्याप्टेन आफै घाइते बनेको प्रचार गरे । यो घटना ’म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर’ भन्ने नेपाली उखानसित मिल्दोजुल्दो छ । यस्तो फर्जी घटना घटाएर गोरखा अत्यन्त शक्तिशाली छ, हामी केहि गर्न सक्तैनौ भनि बेलायतीले मल्ल राजाहरुको मनोबल गिराउन चाहन्थे ।
बेलायती सहयोगको आश मरेपछि जय प्रकाश मल्ल धार्मिक आस्थातिर ढल्किन थाले ्र एक जोतिषले उनलाई नेपालको भविष्य कुमारी मातामा निर्भर हुने योग छ भनि बताईदिए । राज्य बचाउने आशमा सम्बत १७६८ मा उनले कुमारी माताको भब्य पुजा गर्दै इन्द्र जात्रा धुमधाम मनाए । त्यो बर्ष सेप्टेम्बर १३ का दिन रथ यात्रा पनि थियो र त्यो दिन सम्पूर्ण नेपालका जनता चामलको मदिरा (जाँड) खाएर रमझममा मस्त रहेका थिए ।
जात्रामा मस्त राजा र जनताले गोरखाली सेनाले चारैतिरबाट शहर घेरेको चालै पाएनन् । जब गोर्खाली सेनाले जात्राको रथ घेरे अनि बल्ल हाहाकार मच्चियो, दिग्भ्रमित जनता, राजा र सेनाले के गर्ने कसो गर्ने ठम्याउन सकेन । रथमा सवार जयप्रकाश रथबाटै हाम फाले । उनका दुइ श्रीमती पनि उनकै पछि पछि लागे र पाटन तिर सकुशल भागे । अशान्त भीडका बीचबाट पृथ्वीनारायण शाह अगाडी बढे र चिच्चाए ( ’म तिमीहरुको राजा हुँ, जात्रा जारी राख्नु’। मारिने डरले आक्रान्त नेवार जनसमुदायले त्यस आदेश पछाडी झन् धेरै मदिरा पिए । हात हातमा नाङ्गो तरवार बोकेका गोर्खाली सेना सामुन्ने थिए । कतिपय सेनाले बलिया देखिने जवानका गर्धनमा तरवार तेर्साए । निहत्था र मदिरामा लट्ठ नेवार सेना र जनता सामु आदेश पालना गर्नु सिवाय कुनै बिकल्प थिएन ।
त्यहि सालको जाडो याममा गोर्खाले ललितपुर पनि कब्जा गरे । ललितपुर कब्जा गर्न पनि खासै बल प्रयोग गर्नु परेन । त्यहाँबाट लखेटिएका मल्लहरु अब भक्तपुरमा जम्मा भए । भक्तपुरले दरवार र देश प्रतिरक्षा गर्न बलियो प्रबन्ध गरिसकेको थियो । तत्पश्चात बेलायति सल्लाहकारको योजना मुताबिक भक्तपुरलाई नाकाबन्दी गरियो ।
तीन बर्षको नाकाबन्दी पछि भक्तपुरको खाद्य भण्डार रित्तिन थाल्यो । अभाव सितै त्यहाँ दरबार भित्र बेचैनी पनि बढ्दै थियो । त्यहि बीच एक रात एक मल्लका ल्याइते सन्तानले शहर पस्ने ढोकाको चुकुल खोलिदिए । गोर्खाली सेनाको टुकडी सिधै मल्ल राजाहरुका शयन कक्षसम्म पुग्न सके । जयप्रकाश मल्लले आत्महत्या गरे । उनि प्रति उदारता देखाउदै पृथ्वी नारायणले उनको शवलाई पशुपतिमा दाहसंस्कार गर्ने ब्यबस्था मिलाई दिए ।
भक्तपुरको राजा रणजित मल्ल, जसले पृथ्वीनारायण शाहलाइ पाले, पोसे, हुर्काए, उनले आफु असाध्यै अपमानित भएको महशुस गरे । उनि मारिएनन तर उनको आँखा फोडियो र हिन्दु पवित्र शहर बनारस तिर निर्वासनमा पठाइयो । ललितपुरका राजा तेजनरसिंह मल्ल पृथ्वीनारायण शाह सित कुनै शब्द बोल्न चाहदैन थिए र मौन मात्रै बसी रहे । तेजनरसिंहलाइ एउटा शव राख्ने जस्तो इटाको च्याम्बरमा थुनियो ( त्यहाँ सानो प्वाल थियो, जहाँ बाट दिनको एक कचौरा भात छिराउथ्यो । केहि दिन पछि त्यो कचौराको भात जस्ताको तस्तै देखियो, अनि त्यो प्वालमा इटाले छोपी टालियो ।
पृथ्वी नारायण शाहले जे जति गरे त्यो सबै क्याप्टेन सिअनेको सरसल्लाहमा गरे । उनले पृथ्वीनारायणलाई भनेका थिए, ’नेपालका जनता ज्यादै मेहनती र बुद्धिमान छन । त्यसैले तिनीहरु एकदम खतरनाक छन् । तिमीले उनीहरुमाथि शासन गर्ने हो भने उनीहरुको मुटुमा गढ़ने गरि आतंक फैलाउन सक्नु पर्छ । उनीहरुलाई अबको कयौं शताब्दि सम्म पनि शासन सत्तामा आउन दिनु हुदैन । शासन सत्तामा कब्जा जमाउने बिचार श्रीजना गर्ने कुनै पनि कुराहरु उनीहरुको दिमागबाट मेटाउनु पर्छ । यस्तो गर्न कडा नियम र तरवार (हत्या हिँसा) को साथ लिनै पर्छ ।’
तत्पश्चात, स्थानीय नेवारहरुलाई पढ्न लेख्नबाट बन्चित गरियो । नयाँ निर्माण कार्य गर्न रोक लगाइयो । भत्केको घर मन्दीर पुनर्निर्माण गर्न पनि रोक लगाइयो । व्यापार ब्यबसायमा नियन्त्रण गरियो । सम्बत १७६७ को कर श्रेस्ता फेला परेको छ, जसमा उल्लेख भए अनुसार उपत्यकामा त्यो बेला तरकारी र फलफुल मात्रै पनि १७६ थरिको उत्पादन हुने गर्थ्यो, जुन आज पर्यन्त काठमाडौँमा अस्तित्वमा छैन । स्थानीय नेवारहरुलाई सानो भन्दा सानो नियम उल्लङ्घन गरेको देखिए पनि फाँसी दिन थालियो । सम्बत १७७० मा मात्रै पनि २५ सय नेवारहरु सजायको नाममा मारियो । यस्तो व्यापक दमनको नतिजा स्वरूप दोस्रो पुस्ताको नेवारहरु एकदम काथर र पलायनबादी बन्न थाले । दमन र अत्याचार बिरुद्द बोल्नासाथ मारिने स्थिति बन्यो । तेस्रो पुस्ताका नेवार सम्म आइपुग्दा ती अत्याचारबारे जानकारी भएका मान्छे नै बाँकी रहेनन् र ती कुराहरु बिर्सन थाले ।
पृथ्वीनारायण शाहको शासन पश्चात ती शहरहरुमा विकास ठप्प भयो । श्रीजनशील दिमागहरु निमिट्यान्न पारेपछि ती शहरको जीवन्तता गुम्न थाल्यो । तत्पश्चात बेला बेला भूकम्प आएर ठुल्ठुला पुनर्निर्माणको खाँचो र्पयो, पुनर्निर्माणको निमित्त राज्यले मनग्य पैसा खर्च गरेता पनि ती शहरहरुको जीवन्तता फेरी कहिल्यै फर्किएन ।
बेलायतीहरुको हिंश्रक योजना मुताबिक चलेको गोर्खाली सैन्य योजनाको फलस्वरूप बेलायतले ठूलो आर्थिक फाइदा स्वभाबिक रुपले हासिल गरे । सम्बत १७७८ मा मुगल साम्राज्य टाँट पल्टियो र तिनले बेलायती अधिनस्थता सजिलै स्वीकारे । यसको असर समग्र मध्य एशियामा पर्‍यो । पृथ्वी नारायणलाइ हतियार बनाइ त्यस क्षेत्रको पुरानो र चालु आर्थिक मार्ग बन्द गरेपछि बेलायतले आर्थिक साम्राज्य निर्धक्क चलायो ।
यो घटनाबाट तिब्बतको अर्थतन्त्र पनि नराम्ररी प्रभावित भयो । फलस्वरूप संकुचित तिब्बती अर्थतन्त्रले स्वाभिमानको निमित्त गुम्बाहरुमा भर पर्नु र्पयो, जसको फलस्वरूप त्यस क्षेत्रमा बुद्धका शालीन अनुहारको छत्रछायामा सामन्ती व्यवस्था फस्टाउन पुग्यो । यस्तो नकारात्मक असर तिब्बतमा मात्र हैन उत्तरी चीन सम्म पनि बिस्तृत भएको थियो ।
पछिल्लो समयमा बेलायतिहरु गोरखा सित खुशी रहेनन् । गोरखाले रगतको स्वाद चाखी सकेको थियो र जीतको उन्माद तिब्र थियो। उनीहरु हत्या हिँसाबाट मुक्त भएर बस्न सक्तैन थिए । त्यसैले उनीहरु वरपरका पहाडी इलाकामा लडाई छेडदै हिड्न थाले । त्यस्तै आफुले जितेका क्षेत्रलाइ ’निषेधित इलाका’मा परिणत गर्दै गए । उनीहरु पहाडी आधार क्षेत्रतिर चुपचाप बसुन्जेल बेलायतले वास्ता पनि गरेन । तर सम्बत १७८९ मा उनीहरु युद्दउन्मादी भएर चीन तथा बेलायतले अधिकार क्षेत्र ठानेको ठाउहरुमा समेत हमला गर्न थाले ।
बेलायतका जनरल अक्टरलोनीले लेखेका छन्, ’हामीले गोर्खाली सेनालाइ कतै न कतै अल्झाउनु पर्छ ताकी उनीहरुको दिमाग राज्य बिस्तारबाट अन्त मोडियोस ।
लर्ड हेस्तिन्गले सम्बत १८१७ मा उनको डायरीमा लेखेका छन्, ’नेपालमा शान्ति ल्याउन नेपालको गोर्खाली सेनालाइ व्यस्त राख्नु पर्छ र त्यो पनि तिनको देशभन्दा धेरै टाढा,’
यो नीति अनुरुप गोरखा भर्ति केन्द्र खोलेर गोर्खालीलाई बेलायति सेनामा हुल्न थालियो । गोर्खाली सेनालाई दिने गरेको तलबको १/३ (एक तिहाई) रकम नेपालको शासक (सरकार) लाइ दिने गरियो, जुन नेपालको महत्वपुर्ण आम्दानी श्रोत बन्न गयो । 
गोर्खाली जवानहरु देश छोडदै बिदेशमा लड्न जान थालेपछि नेपालभित्र तुलानत्मक रुपमा शान्ति देखिन थालियो । तर दरबार भित्र भने शान्ति आएन । शाहहरु एक आपसमा भिड्न थाले । उनीहरुले देश र जनताको बारेमा खासै चासो लिदैन थिए । तिनीहरु आफ्नो सानो सानो स्वार्थमा नै अल्मलिएका थिए ।
यस्तै घटनाक्रम संगै कोत पर्व भयो । यस पछि जंगबहादुर राना शक्तिशाली बनि निस्किए र उनले शाह राजा सित शक्ति खोसेर शासन चलाए ।

Monday, January 11, 2016

पृथ्वीनारायण शाहको लुकाइएको इतिहास - पुष्प मुनकःमि

हाम्रो इतिहासमा कान्तिपुरका राजा जयप्रकाश मल्लले भारतमा रहेका बेलायती सैनिकहरुसित सैनिक सहयोग मागेको र त्यसै कारण मेजर किनलोकको नेतृत्वमा आएको विदेशी सेनालाई पृथ्वीनारायण शाहले बाटैमा आक्रमण गरी विदेशी प्रभावले मुक्त गरेको भनी लेखिएको छ। तर, पृथ्वीनारायण शाहलाई युरोपले सामरिक स्रोत साधन दिएर सहयोग गरेका थिए। ब्रिटिस कम्पनी सरकारले गोरखाका राजालाई अनुशासनको महत्व सिकाएर युरोपेली व्यापारीमार्फत् हातहतियार दिएर सहयोग गरेका हुन्। त्यही हतियारको सहयोगबाट तीन पटकको आक्रमणमा धोका दिएर उनले कीर्तिपुर जितेका हुन्।
ललितपुरका पाँच प्रधान (मन्त्री)हरुले पृथ्वीनारायण शाहलाई राजा बन्न आमन्त्रण गरेका थिए। पृथ्वीनारायण शाह राजा भइसकेपछि र प्रधानहरु कान्तिपुर नगई बाटैमा विदा हुन लागेका बेला उनले उनीहरुलाई त्यहीँ मारेर उनीहरुको सर्वस्व हरण गरेका थिए। अर्थात् पृथ्वीनारायण शाहको नियत भनेको आफू सत्तामा आइसकेपछि त्यहाँकाहरुलाई सफाया गर्ने थियो, चाहे ती उनलाई सहयोग गर्ने हुन् वा प्रतिरोध गर्ने।
१ हजार अमूल्य ग्रन्थ ध्वस्त
गोरखालीहरुको यस्तो सन्काहा कामकारबाहीले गर्दा नै चिनियाँ सम्राट किएन लोङ (सन् १७३६-१७९६) ले आफ्ना उत्तराधिकारीहरुलाई यसो भनेका थिए- “अति नभएसम्म गोरखाको मामलामा हस्तक्षेप नगर्नू”

भक्तपुर पनि जितिसकेपछि पृथ्वीनारायण शाहले यहाँ निकै लुटपाट मच्चाएका थिए। इतिहासकार पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार त्यतिबेला जंगबहादुरले लखनउ विद्रोह दबाएपछि जति लुटपाट गरेका थिए, त्योभन्दा चर्को रुपमा यहाँ उनले लुटपाट मच्चाएका थिए। उनका सेनाले हस्तलिखित १ हजार अमूल्य ग्रन्थ पनि खात लगाई जलाइदिएका थिए। त्यसमा तन्त्रशास्त्र, रसायनशास्त्र, ज्योतिषशास्त्र, आयुर्वेद ग्रन्थ, शब्द विद्याशास्त्र (ध्वनिसम्बन्धि पुस्तक) आदि रहेका थिए। नेपालमा क्रिश्चियन धर्म प्रचार गर्नका लागि आएका कयापुचिनहरुले ६० वर्षसम्म नेपालमा बसेका बेला हजारौँ हस्तलिखित पुस्तक जलाएर गर्व गरेका थिए। मल्लकालमा हिन्दु धर्म प्रचार गर्नका लागि भारतबाट आएका शंकराचार्यले बुध्द धर्मसम्बन्धी ७०० ग्रन्थ जलाइदिएका थिए। त्यसैले पृथ्वीनारायण शाह र विदेशीमा के भिन्नता भयो ?
पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि विदेशी क्रिश्चियनहरुलाई मात्र हैन, ललितपुरका १२ स्थानीय बासिन्दा क्रिश्चियनहरुलाई समेत देश निकाला गरेका थिए, अनि बौध्दमार्गीहरुलाई हेला गर्ने क्रम सुरु गरेका थिए। जबकि उपत्यकाका आदिवासी भनेका बौध्दमार्गीहरु पनि हुन्।
राज्य जसले जिते पनि ग्रन्थ भनेको सबैको साझा हुन्। तर विजयको नशामा पागल भएका शासकले यस्तो कुरालाई विचार गरेनन्। त्यति पुस्तक जलाइसकेपछि पनि बाँकी भएका पुस्तकहरु मात्र वीर शमशेरको पालामा पुस्तकालय बनाएर राष्ट्रिय अभिलेखालयमा राखिएका हुन्। यहाँ के कुरा पनि भन्न जरुरी छ भने राज्यस्तरबाट पुरातात्विक सामान नष्ट गर्ने अभियान आधुनिक कालसम्म पनि जारी नै थियो। पुरातात्विक सामान, मूर्ति आदि चोरेर, चोर्न लगाएर विदेशमा निर्यात भइरह्यो। नत्रभने भक्तपुरको तलेजु मन्दिर भित्र रहेको मूलढोकाबाट भित्र नछिर्ने दुई वटा गजुर हराउने थिएनन्, २४ घण्टा सेनाको पहरा भएको ठाउँमा भएको सुन्धारामा रहेको मकर चोरेर लगिँदैन थियो। नत्र भने कसको तागत थियो क्रेन लिएर भूपतिन्द्र मल्लको शालिक चोर्न जाने ?
मल्लकालमा अ‍ौद्योगिक क्रान्तिको वातावरण तयार भइसकेको थियो, तर पृथ्वीनारायण शाहले गरेर आजसम्म हुन सकेन भन्ने तथ्यलाई यसबाट पनि पुष्टि हुन्छ कि मल्लहरुले राम्राराम्रा नक्साहरु समेत बनाएर विकास गरिसकेका थिए, जसको सुरुवात जयस्थिति मल्लले गरेका थिए। त्यस्तो नक्साहरुलाई अंग्रेजहरुले समेत प्रशंसा गरेका थिए। त्यही नक्साका आधारमा गोरखालीहरुलाई अरु ठाउँहरुमा हमला गर्न पनि निकै काम आयो। त्यसैगरी थ्यासफूमा कोरिएको भक्तपुरको न्यातपोल मन्दिरको चित्र, जुन जर्मन नागरिक बर्नहार्ड कोल्भरको हातमा पुगिसकेको छ, आजभोलि युरोपमा प्रयोग भइरहेको मोडुल स्केलमा कोरिएको हो। त्यतिबेलै भवनको नक्सा बनाउने बेलामा यस्तो स्केल राम्रोसित प्रयोग भइसकेको यसले देखाउँछ। यसबाट प्रष्ट हुन्छ कि नेपालको वास्तुकलाको विकास चरण कति माथि पुगिसकेको थियो भनी।
सबै व्यापारी भागाभाग
यहाँ पुनः स्मरण गराउँ कि त्यतिबेला नेपाल (उपत्यका) ले तिब्बतका लागि मुद्रा छापेर त्यता पठाउने र त्यस वापत् नेपाललाई राजस्व आउने गर्थ्यो। तर पृथ्वीनारायण शाहले त्यसलाई निरन्तरता दिन सकेनन्, साथसाथै व्यापारमा पनि धेरै कर बढाए। हिन्दुस्तान र तिब्बतबीच व्यापार गर्ने व्यापारीहरुलाई पनि देशनिकाला गरिदिए। अनि ठूल्ठूला व्यापारीहरु पनि व्यापार गर्नका लागि अरु देशमा गए। सन् १७७४ मा नेपालमा तिब्बतसित कारोबार गर्ने दुई वटा मात्र कश्मिरी पसल बाँकी रहेको थियो। पृथ्वीनारायण शाहको कानुन, नियम पालना नगर्ने व्यापारीहरुको कान काटेर देश निकाला गरिन्थ्यो।ता-सि-लुन-पोया तेसु लामा(दलाई लामापछिका दोस्रा लामा) ले नेपालका राजालाई पत्र समेत पठाएका थिए यसो भनेर-“हिन्दू होस् वा मुसलमान, सबै व्यापारी तपाईँदेखि डराउँछन्, कोही पनि तपाईँको देशमा बस्न राजी छैनन्।”

भक्तपुर जितेपछि यहाँ यति दमन बढ्यो कि मानिसहरु बस्न नसकेर आफ्नो ठाउँ छाडेर भाग्नु पर्‍यो। आजभोलि नेपालका विभिन्न जिल्लामा रहेका बहुसंख्यक उपत्यकावासीहरु पृथ्वीनारायण शाहको कोपभाजनबाट जोगिनका लागि भागेकाहरु हुन्। आजभोलि पनि वृध्दवृध्दाहरु सुनाउने गर्छन् छलफलका लागि भनेर राजाले भोजमा बोलाएर त्यहाँबाट फर्किएकाहरुलाई गल्लीगल्लीमा पहरा राखिएका सेनाले धमाधम काटेर नरसंहार गरेका थिए। दोस्रो पटकको कीर्तिपुर हमला असफल भएपछि भक्तपुर वरपर रहेको गौकोटमा पृथ्वीनारायण शाहले हमला गरेको बेलामा त्यो ठाउँमा सशक्त प्रतिकार भएको थियो। १५ दिनसम्म भएको त्यो युध्दमा ३३२ जना गोरखा सैनिकको मृत्यु भएको थियो। पछि उनीहरुले जितिसकेपछि त्यो सिङ्गो गाउँलाई जलाइदिए। त्यतिबेला चौकोट युध्दको नेतृत्व गर्ने महिन्द्र सिंहले वीरगति प्राप्त गरेका थिए। त्यसैको बदला लिन पृथ्वीनारायण शाहले त्यस्तो नरसंहार गरेको हुनुपर्छ। पृथ्वीनारायण शाहले भक्तपुर आक्रमण गर्नुअगाडि भित्र्याउने तयारीमा रहेको धानमा आगो लगाएर अन्न सबै जलाउन लगाएका थिए। अनि भक्तपुर जितिसकेपछि पनि नरसंहार जारी राखेकोले बचेका पुरुषहरु भाग्नुपरेको कृषि कार्य गर्ने पुरुषहरुको अभावमा अनिकाल समेत भएको थियो। तत्कालीन राज्यका काजी (मन्त्री) हरु (धौकाजी, ध्वँकाजी, भौकाजी, तिमिलाकाजी) मध्य प्रमाणका रुपमा अगाडि आएका तिमिलाकाजीका बारेमा तथ्य यस प्रकार रहेको छ।
विक्रम संवत् १८२६ मा राजा रणजित मल्ललाई कैद गरिसकेपछि तिमिलाको चल अचल सम्पति बेच्न, किन्न, भोगचलन गर्न र व्यापारसमेत गर्न नमिल्ने गरी पृथ्वीनारायण शाहले घोषणा गरेका थिए। पछि राजाले तिमिला काजीसित १८ हजार यानी राष्ट्रिय आम्दानीको ०.७२ प्रतिशत सलामी लिएर त्यसलाई छाड्न आदेश दिएका थिए। पछि एक मध्यस्थकर्ताको सहयोगले बिन्तिभाव गरेर १८१ रुपैयाँ अर्थात् राष्ट्रिय आम्दानीको ०.००६ प्रतिशत जरिवाना तिरेर बिना अपराध क्षमा माग्न लगाएर पृथ्वीनारायण शाहले अरु पैसा माफी गरिदिएको व्यहोराको पंजाछाप (लालमोहर) राखर फारखती गरिदिए, विसं १८२७ साल फागुन सुदी १३ रोज ४ दिनमा भक्तपुरमा बसेर। यो फारखतीको कागज अहिलेसम्म पनि भक्तपुरको दरबारक्षेत्र निवासी चक्रराज तिमिलासित छ।
भक्तपुर तमारी न्यातपोल पश्चिम बस्ने भाजुमुनि तिमिलालाई पनि यसै गरिएको थियो। पछि १८ हजार रुपैयाँ सलामी लिएर छाडिदिन आदेश दिएका रहेछन्। उनलाई पनि एक मध्यस्थकर्ताको सहयोगमा ५१ रुपैयाँ जरिवाना तिराएर बाँकी सबै माफी गरेको भनी सम्पति फिर्ता दिए, विसं १८२७ साल अगहन सुदि १५ रोज १ मा काठमाडौंमा कागज गरेर।
अर्थात् गल्ती नै नगरी गल्ती गरेको भनी बलजफ्ती स्वीकार गर्न लगाएर जरिवाना तिर्न लगाए। कर्क प्याट्रिकका अनुसार सन् १९७२ (विसं १८४९) मा नेपालको वार्षिक आम्दानी २५-३० लाख मानिएको छ। त्यो १५१ रुपैयाँको मूल्य त्यतिबेला कति थियो होला ?
द्वैध चरित्रका शासक
त्यसैले फ्रेञ्च इतिहासकार सिल्भाँ लेभीले भनेका यी गोरखाली भनेका समयभन्दा अति क्रुर अथवा दानीका रुपमा अगाडि आउनसक्ने द्वैध चरित्रका शासकहरु हुन्। उनीहरुको त्यस्तै जालझेल अनि शंकास्पद कामहरुका कारण नै ब्रिटिशहरुले दिक्क मानेर नेपालविरुध्द आक्रमण गरेका थिए। सन् १८१४ मा। (फ्रेञ्च र बेलायत त्यतिबेला आफ्नो राज्य सीमा विस्तार गर्ने क्रममा युध्द भएका देशहरु हुन्, जसका फ्रेञ्चहरु पराजित भएका थिए। त्यसैले फ्रेञ्चहरुले ब्रिटिशहरुको पक्ष लिएर इतिहास लेख्दैनन्) यसका कारण दुई वर्षसम्म नेपाल इस्ट इन्डिया कम्पनीसित लड्नु परेको थियो भने नेपालको तीन भागको एक भाग भूभाग समेत गुमाउनु पर्‍यो। नेपालको भूभाग गुम्नुको गल्ती पनि उनीहरुकै थियो। त्यसैले सिल्भाँ लेभीले भनेको- गोरखा भनेका स्पष्ट वक्ता बोल्नका लागि, तर बेइमान जाति हुन्। धोका दिने काममा निकै माथि।

आधुनिक नेपालका निर्माता भनिएका पृथ्वीनारायण शाहको राज्य गोरखाका बारेमा एक पटक विचार गरेर हेरौँ- इतिहासकार सूर्यविक्रम ज्ञवालीका अनुसार गोरखा एकदम सानो र आर्थिक रुपले एकदम कमजोर राज्य थियो। यस्तो ठाउँका राजाले एकीकरण अभियान सुरु गर्ने परिकल्पना गर्नु नै असंभव छ। त्यतिबेला भुटानका देवाधर्मका एक लामा भिक्षुलाई गोरखाका राजा नरभुपाल शाहले मेरो काममा सहायता गरिदिनु, तिमीलाई जग्गाजमिन दिन्छु भन्दाखेरी उनले “तिम्रो राज्य कति ठूलो छ भनेर मलाई जमिन दिन्छु भन्यौ” भनेर भनेको यहाँ स्मरणीय हुन आउँछ। आफ्नो राज्य सानो भएर सीमा विस्तारका लागि नरभुपाल शाहले धेरै पटक नजिकका राज्यहरुमा हमला गर्दा पनि जित्न नसकेपछि बहुलाएर आफ्नो घरको बाहिरको पिँढीमा बसेर त्यहीँ प्राणत्याग गरेका थिए।
पृथ्वीनारायण शाहले दिएको उपदेश भनिएको पुस्तकमा लेखिएको छ कि पृथ्वीनारायण शाह आफ्नो ससुराली मकवानपुरमा साढुदाइ दिगबन्ध सेनसित कचकच भएपछि उनीसित युध्द गर्ने चुनौति दिएर फर्केका थिए। फर्कने क्रममा राप्ती नदी किनार हुँदै मल्ल राजाहरुले चिन्लान् भन्ने डरले घुम अ‍ोढ्दै चन्द्रागिरी पर्वत पुगेका थिए। त्यहाँ पुगेपछि आफूसँगै आएका भानु जैसी, कुलानन्द जैसीलाई उनले सोधेका थिए- नेपाल भनेको कुन हो ? अनि उनीहरुले त्यो भादगाउँ, त्यो ललितपुर र त्यो कान्तिपुर भनी देखाइदिएका थिए। यहाँको वैभव, अन्न प्रशस्त फल्ने समथर भूमि देखेर उनमा लोभलालच जन्मिएको थियो। त्यतिबेला नै उनले विचार गरेका थिए कि म यो उपत्यकाको राजा हुन पाएको भए कति हुन्थ्यो ? यहाँको कला कौशलले भरिपूर्ण दरबार, घर, मन्दिर, तिब्बतसँगको राम्रो व्यापारिक सम्बन्धका कारण राम्रो आर्थिक समृध्दिले भरिएको ठाउँमा पृथ्वीनारायण शाहको गिध्ददृष्टि परेको यसले पुष्टि हुन्छ। त्यतिबेला यहाँको कलाकौशल यति उच्चस्तरमा थियो कि यहाँ जति घर थिए, त्यति नै मन्दिर थिए र जति मानिस थिए, त्यति नै मूर्ति थिए। बहाः, ननि, चुकका रुपमा विकास गरिएका व्यवस्थित बस्ती, त्यहाँभित्र आवश्यक पर्ने पानी (इनार वा ढुंगेधारा) , पूजा गर्नलाई मन्दिर/ देवदेवी, अन्न, लुगा सुकाउन फराकिलो ठाउँ- सबैको व्यवस्था गरिएको थियो। यस्तो शहरी विकासलाई आज पनि वास्तुकलाको उत्कृष्ट नमूनाका रुपमा अन्तर्राष्ट्रिय क्षेत्रले प्रशंसा गर्दै आएको छ।
यो ठाउँ कति राम्रो थियो भनी पृथ्वीनारायण शाहको उपदेश पुस्तकमा लेखिएका यी वाक्यले पनि प्रष्ट पार्छ- “त्यो तीन सहरको कालिगढीका विभिन्न काम हेर्दा मानिसहरु त्यसै लठ्ठ हुन्छन्” त्यस्तो ठाउँ चन्द्रागिरी पर्वतबाट हेर्दै जुंगा मुसार्दै गरेका बेला उनीसित रहेका दुई जैसी ब्राम्हणले “महाराज, तपाईँको नेपाल खाल्डोको राजा हुने इच्छा अवश्य पूरा हुनेछ” भनेका र पृथ्वीनारायण शाहले “तिमीहरुलाई कसरी थाहा भयो?” भनेर सोध्दा उनीहरुले “हजुरको अनुहारले भनिरहेको छ” भनी भनेको कुरा त्यही पुस्तकमा लेखिएको छ। त्यसपछि नै उनले आफ्ना अन्तपाल (सीमारक्षक) रणजित बस्न्यात, वीरभद्र पाठक, मानसिंह रोकाहालाई “नेपालमा प्रहार गर्ने विचार गरेको छु, के विचार छ ?” भनी सोधेका थिए। त्यतिबेला उनीहरुले मनासिब विचार भनी सल्लाह दिएका थिए। त्यसैगरी पृथ्वीनारायण शाहले आफ्ना मामासित पनि यसबारेमा छलफल गर्दा उनले पनि नेपालमा हमला गर भनेर सल्लाह दिएका थिए, एकीकरण गर भनेर हैन।
यो ठाउँ कृषि उत्पादनका लागि पनि महत्त्वपूर्ण थियो। यसले पनि प्रमाणित गर्छ कि पृथ्वीनारायण शाहले उपत्यका आक्रमण एकीकरणका लागि नभएर आर्थिक लाभका लागि गरेका थिए, टुक्राटुक्रा अवस्थामा रहेको ‘नेपाल’ लाई एउटै राज्य बनाउने उद्देश्यले हैन।
नेपालका बारे फ्रेञ्च इतिहासकार सिल्भाँ लेभीले प्रमाणहरु सहित राखेर “नेपाल” पुस्तक लेखेका छन्। सिल्भाँ लेभीका अनुसार तिब्बतका विभिन्न गुम्बामा रहेका धनको लोभमा धर्मको नारा दिँदै त्यहाँ पनि गोरखा सैनिकहरु हमला गर्न गएका थिए। तर चिनियाँ फौजले नराम्रोसित लखेटेपछि सम्झौता गर्न बाध्य भएका थिए। त्यसपछि हरेक पाँच वर्षमा एक पटक चिनिया बादशाहलाई देव मञ्जुश्रीका अवतार भन्दै कर तिर्न जानु परेको कुरा यहाँ उल्लेखनीय हुन आउँछ।
पृथ्वीनारायण शाहले सिमाना विस्तार गर्नका लागि सैनिक गठन गरेका बेला सेनामा लिन सकिने, मिल्ने भएभरका मानिसहरु जम्मा गर्दा पनि १३०० भन्दा बढी संख्या पुर्‍याउन सकेका थिएनन्। पहिलो पटकको कीर्तिपुर हमलामा शक्ति बल्लभ सरदारले भारतको मैदानबाट ल्याएका १२०० जवान फौज प्रयोग गरेका थिए। यसले पनि गोरखाको हैसियत के थियो भनी देखाउँछ। त्यतिबेला इटालीका शासक मेजिनीले सन् १८७१ मा घोषणा गरेरै अरु राज्यसित मिलेर एकीकरणको पाइला अगाडि बढाएका थिए, तर यहाँ त्यसो भएको हैन। पृथ्वीनारायण शाहको उपदेश पुस्तकमा कतै पनि एकीकरण गर्नुपर्छ भन्ने उल्लेख गरिएको छैन।
इतिहास सँधै तरवारले लेखिन्छ। जित्नेको नाममा रामायण लेखिन्छ, हार्ने रावणलाई राक्षस घोषणा गरिन्छ। सीतालाई जंगलमा पठाउने राम नै मर्यादापुरुषोत्तम हुन्छन्। पृथ्वीनारायण शाहलाई त्यसैले वडा महाराजधिराज भनाइएको हो। यदि एकीकरण नै गर्ने भनी पाइला चालेका नै भए हारेको ठाउँका सेनालाई शत्रुका सैनिकलाई पनि नगरिने व्यवहार नगर्नु पर्ने हो। तर पृथ्वीनारायण शाह अति नै क्रुर, तानाशाह भएर निस्के।
अति नै सन्काहा पृथ्वीनारायण शाहको आँखा नुवाकोट जितेपछि बेलकोटमा परेछ। अनि त्यहाँका प्रमुख जयन्त राना भनेर थाहा पाउनासाथ तुरुन्तै त्यहाँ आक्रमण गर्ने भन्दै उनी एक्लै जोस्सिएर गएका थिए। यो कुरा थाहा पाएपछि अरु सैनिक पनि पछाडि-पछाडि दौड्दै गएका थिए। तर उनका धेरै योध्दाको मृत्यु भएपछि उनी खाली हात फर्केका थिए। तर साहसी कालु पाण्डेले पृथ्वीनारायण शाहलाई फकाएर फेरि युध्द गरेर जयन्त रानालाई पराजित गरेका थिए। त्यसपछि त जयन्त रानालाई उनले गर्नुनगर्नु सास्ती गरे। जयन्तको छाला काढेर दिनुसम्मको सास्ती दिएर मारिएको थियो। जयन्त रानालाई छाला काढेर मारेको त्यो घटनाले पृथ्वीनारायण शाहको अति नै क्रुर, तानाशाह, निरंकुश शासकको तस्वीर प्रस्तुत गर्न सफल भएको छ। त्यसैले त होला, पृथ्वीनारायण शाहको सालिकमा तरवार पनि राखिएको !
एकीकरण हैन, सिमाना विस्तार
पृथ्वीनारायण शाहले एकीकरण गरेका हैनन्, राज्यको सिमाना विस्तार गरेका हुन्। त्यसैले आफूले जितेको स्थानमा उनले अत्याचार र अमानवीय यातना दिनसमेत पछि परेका थिएनन्। खोज्दै जाने हो भने काठमाडौँ लगायत अन्य विभिन्न स्थानमा आतयायी यातना दिएको प्रमाण भेटिनेछ। वास्तवमा एकीकरण गरेको भए त्यहाँका जनताको भावना पनि जितिन्थ्यो, दुश्मनलाई पनि नगर्ने व्यवहार गरिँदैनथ्यो। यदि वास्तविक एकीकरण गरिएको भए देशका सबै जनजातिलाई पनि अवसर दिएर देश निर्माणका कार्यमा योगदान दिने अवसर दिइन्थ्यो। तर सेना र पुलिसमा बाहुन, क्षेत्री र शाह र राणाहरुको मात्र बोलवाला रहेको छ। खै गुरुङ, तामाङ, यादव, थारुहरुलाई अवसर दिइएको ?

इतिहासकार सिल्भाँ लेभीले पुष्टि गरेका छन् कि पृथ्वीनारायण शाहका पुस्ता द्रव्य शाहले वर्षको एक पटक विजया दशमीका दिन हुने दौड प्रतियोगितामा अगाडि दौड्ने सबैलाई छुरा प्रहार गरी हत्या गरेर आफू पहिलो भई राज्य हडपिएका थिए। द्रव्य शाहले आफू राजा भइसकेपछि फेरि यो दौडको आयोजना गरेनन्। बरु आफ्नो वंशबाट राजा हुने परम्परा कायम गरे।
हार्नेको वाहवाही, जित्नेको इतिहास खोई?
नेपाललाई विदेशी (अंग्रेजी) प्रभावबाट मुक्त गरेको भन्ने गरिन्छ। तर इतिहासकार नयनराज पन्तका अनुसार अंग्रेज र नेपालबीच भएको युद्धका क्रममा पाँच स्थानमा युद्ध भएको थियो। त्यसमा तीन ठाउँमा नेपाल पराजित भएको थियो भने दुई स्थानमा विजयी भएको थियो। तर नेपाल हारेका तीन युद्ध मोर्चा सम्हालेका कमाण्डरहरुलाई शत्रु सेनाले वीर, बहादुर भनेकाले भक्ति थापा, अमरसिंह थापा र बलभद्र कुँवरलाई निकै सम्मान गरियो। पछि उनीहरुलाई राष्ट्रिय विभूतिसमेत घोषणा गरियो। तर बाँकी दुई मोर्चा, जहाँ नेपाल विजयी भएको थियो, त्यहाँका कमाण्डरहरुको नामसमेत इतिहासबाट मेटाइसकिएको छ। के उनीहरु अराष्ट्रिय तत्त्व हुन् ? यसबाट पनि प्रष्ट हुन्छ यहाँका शासकहरु आफै अंग्रेजको प्रभावमा कति परेका छन् भनेर।

शाह वंशको कलाकौशलमा योगदान हेर्ने हो भने शून्य देखिन्छ। उनीहरुले नयाँ त केही बनाएनन् बनाएनन्, उल्टो पहिला बनाइसकिएका स्मारकहरुप्रति प्रशस्त इर्ष्या गर्ने काम गरे। त्यसैले त्यस्ता स्मारकहरुमा पत्तो नदिई आफ्नो नाम राखेर आफूले बनाएको भन्ने भ्रम फैलाउन खोजे।
उदाहरणका लागि बालाजुमा भएका २२ धारा रणबहादुर शाहले बनाएको भनेर हामीले स्कूलमा पढ्ने गरेका थियौँ। तर राजा जयप्रकाश मल्लले त्यहाँ पहिले नै २१ वटा ढुंगेधारा बनाइसकेका थिए। नेवार वास्तुकलाको दर्शनशास्त्रमा ढोका, झ्याल आदि राख्दा बिजोडा राखिन्छ। त्यसैले भक्तपुरको दरबारमा पनि ५५ वटा झ्याल राखिएका हुन्। जयप्रकाश मल्लले पहिले नै बनाइसकेको २१ वटा धारामा एउटा धारा थपेर रणबहादुर शाहले बनाएको भन्ने गलत इतिहास लेखाउने प्रयत्न भयो।
भक्तपुरको न्यातपोल मन्दिर भूपतिन्द्र मल्लले बनाएको भनी इतिहासमा मात्र लेखिएको छ तर न्यातपोलमा कतै लेखिएको छैन। राजा महेन्द्रको पालामा न्यातपोल मन्दिर भवन विभागबाट जिर्णोद्धार गर्न लगाइएको थियो। त्यतिबेला उनले यति खर्च भयो भनी खस भाषा र अंग्रेजी भाषामा शिलापत्र राख्न लगाए, भित्ता नै फोडेर। महेन्द्रको नामको संकेत पनि राख्न लगाइयो। वास्तुकलाको मर्ममा आघात पुग्ने गरी त्यहाँ फलामको बार र ढोका पनि राख्न लगाइयो। (धेरैपछि मात्रै त्यहाँको फलामको बार हटाइएको थियो) त्यति मात्र हैन, पुराना इँटालाई फुटाएर त्यसमा सिमेन्ट प्रयोग गरी प्वाइटिङ्ग गर्न लगाइयो। पानी पस्न नदिनका लागि पुरानै प्रविधि छ, तर त्यसलाई वास्ता गरिएन। मन्दिरका टुँडालमा पनि पहिला कालो र सेतो रंग लगाइएको हुन्थ्यो तर राजा वीरेन्द्रको राज्याभिषेकको बेला त्यसमा रंगीचंगी रंग पोतियो। ५५ झ्यालमा अझै पनि कालो रंग नै लगाइएको छ।
आर्थिक, राजनैतिक, धार्मिक, भाषिक जुनसुकै दृष्टिकोणले हेरे पनि पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका हैनन्, उनको विस्तारवादी नीति अन्तर्गत राज्यको सिमाना विस्तार मात्र गरेका हुन्। जसलाई पछि राज्य एकीकरणको जलप लगाएर उनको बदमाशीलाई छोप्ने प्रयास मात्र गरिएको हो। 

यो लेखको मूल स्रोत बहुचर्चित ब्लग साईट माई संसार डट कम हो !
http://ratonews.com बाट साभार 

झण्डै प्रचण्डहरुले मेरो हत्या गरे - प्रभुनारायण बस्नेत

वि.सं. ०४६ साल चैत्र २६ गते राति राजा वीरेन्द्रले शाही घोषणामार्फत दलहरुमाथि लागेको प्रतिबन्ध खारेज गरे । पार्टीहरु माथिको प्रतिबन्ध हटेपछि नयाँ दल खोल्ने, चलिरहेका राजनीतिक पार्टीहरुबीच एकता गर्ने, एउटा दल छाडेर अर्कोमा प्रवेश गर्ने लहर चल्यो ।
प्रभुनारायण बस्नेत
प्रभुनारायण बस्नेत
विसं. ०४७ को संविधान घोषणा नहुँदै पञ्चहरुले एउटै समयमा एकै नामका दुईटा पार्टी खोले । राष्ट्रिय प्रजातन्त्र पार्टीको नाममा खुलेका ती नयाँ दलका नेता सूर्यबहादुर र लोकेन्द्रबहादुर छानिए । पञ्चायतको अन्त्यसँगै मरिचमानसिंह भूमिगत भइसकेका थिए ।
राजनीतिक पार्टीहरु तीस वर्ष प्रतिबन्धित रहेका र पञ्चायतको गाउँ वडासम्म सञ्जाल फैलिएकाले जनमत पनि पञ्चायतकै पक्षमा छ कि भन्ने डर कांग्रेस, कम्युनिष्टहरुमा हुनु स्वाभाविक हो । पञ्चायतको अन्त्यपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेको र जनआन्दोलनको पनि नेतृत्व सम्हालेकाले कांग्रेसको चुरीफुरी अलि बढ्तै थियो ।
दलहरुमाथि प्रतिबन्ध लागेसँगै राजालाई साथ दिएर पञ्चायत पसेको ठूलो जमात ०४७ पछि कांग्रेसमै फर्कियो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आफ्नो स्वार्थ पूरा नहुने देखेपछि कांग्रेस प्रवेश गर्नेको जमात पनि ठूलै थियो । परशुनारायण चौधरी, भरतमणि शर्मा, बखानसिंह गुरुङ, श्रीभद्र शर्मा जस्ता पञ्चायतमा पसेर मन्त्री बनेका पुराना बूढा कांग्रेसमात्रै होइन, अर्जुननरसिंह केसी, केशरबहादुर विष्ट पनि कांग्रेस भइसकेका थिए । यसरी कांग्रेस एउटा आकर्षणको केन्द्र र ठूलो शक्तिकेन्द्र बन्न थाल्यो ।
कांग्रेसको मुख्य प्रतिस्पर्धी शक्ति वाममोर्चा विघटन भइसकेको थियो । नेताहरुको अभाव भए पनि वामपन्थी दलहरुमा सबैभन्दा ठूलो शक्ति नेकपा (माले) को थियो । जनतामा शून्य प्रभाव र कार्यकर्ताविहीन भए पनि मनमोहन, सहाना, सिद्धिलाल, केशरमणिहरुको मार्क्र्सवादीको प्रचार राम्रै थियो ।
वाममोर्चाको अध्यक्ष तथा पुष्पलालकी पत्नी भएकीले सहाना र पुरानो नेता भएकाले मनमोहनको अन्तर्राष्ट्रिय छवि थियो । मालेले मनमोहनलाई लिएर चुनावमा जाने सोचाइ बनायो र मार्क्र्सवादीसँग पार्टी एकीकरण गरी एमाले बन्यो ।
यसरी कांग्रेस र एमाले ठूला प्रतिस्पर्धी शक्ति भएपछि ०४६ सालको आन्दोलनको सहयात्री दल नेकपा (चौम) र कांग्रेस वाममोर्चाको आन्दोलनलाई विरोध गरेर छुट्टै संयन्त्र बनाएर हिँडेका दुई मशाल, रुपलाल विश्वकर्माको सर्वहारा श्रमिक संगठनबीच पनि एकता वार्ता चल्न थाल्यो । मोहनविक्रमको मसालले एकता प्रक्रियामा सहभागी हुन अस्वीकार गर्‍यो । चौम, मोहन वैद्यको मोटो मशाल र श्रमिक संगठन मिलेर नेकपा एकता केन्द्र निर्माण भयो । त्यसैमा पछि मोहनविक्रमबाट चोइटिएर बाबुराम भट्टराईहरु पसे । पञ्चायतको अन्त्यसँगै अलपत्र परेका रुपचन्द्र विष्टका जनमुखी कार्यकर्ताहरु पनि थपिए ।
यसरी निर्माण भएको एकता केन्द्र गठनमा देवप्रकाश त्रिपाठी, तोयनाथ थपलिया र म स्वयंजस्ता युवा नेताहरुको बढ्तै जोडबल थियो ।
तर, पार्टी एकताका लागि हतारिने हामीमा अनुभवको कमी थियो । उमेरजन्य कारणले जोश, जाँगर र सक्रियता प्रचुर भए पनि दूरदर्शिता, परिपक्वताको कमी थियो । पञ्चायती चुनावलाई नै क्रान्तिको पक्षमा उपयोग गर्नुपर्छ भन्ने मत राख्ने चौम र पञ्चायती चुनाव त के, कुनै पनि संघ-संस्थाको चुनावलाई सदा वहिष्कार गर्नुपर्छ भन्ने वहिस्कारवादी मशालबीचको एकता सम्भव भए पनि एकतापछि पार्टी सहजरुपले चल्न सकेन ।
एकताकेन्द्र बन्दा चौमबाट अध्यक्ष र मशालबाट महामन्त्री परेका भए पनि नेतृत्व क्षमता र व्यक्तित्वका कारण निर्मल लामा नै सबैभन्दा प्रभावशाली नेता मानिन्थे । लामो संघर्षपछि आएको अवसर भएकाले आम चुनावमा भाग लिनुपर्छ भन्ने लामालाई मशाल पक्ष र तिनका उग्र कार्यकर्ताले दक्षिणपन्थी भनेर खेद्ने गर्थे ।
Prachanda
दुर्भाग्यवश निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने बेलामा बिरामी परेर लामा लामै समय अस्पताल बसे । त्यसताका मशाल पक्ष, बहुमतमा रहेको पार्टी -एकताकेन्द्र) ले चुनाव बहिष्कार गर्ने र पार्टीलाई निर्वाचन आयोगमा दर्ता नगर्ने निर्णय गर्‍यो ।
त्यतिबेला महत्वाकांक्षी स्वभावका बाबुराम भट्टराई मोहनविक्रमका कार्यकर्ता थिए । लामाले उनलाई अस्पतालमै बोलाएर मसाल, एकता केन्द्र, नारायणमान बिजुक्छेको नेमकिपा र कृष्णदास श्रेष्ठको मालेमाका प्रतिनिधि राखेर एउटा मोर्चा गठन गर्न लगाई जनमोर्चाको नाममा निर्वाचन आयोगमा दर्ता गर्न लगाए ।
पछि लामाकै जोडबलमा एकता केन्द्रले जनमोर्चाको नाममा चुनाव लड्यो । अरु पार्टीले आफ्ना प्रतिनिधि फिर्ता गरिदिएर जनमोर्चालाई एकता केन्द्रको चुनावी मोर्चा बनाउन सहयोग गरे ।
जनआन्दोलनको भूमिकाका कारण ०४८ को आम निर्वाचनमा मैले पनि टिकट पाउने सम्भावना थियो । कांग्रेसले बालकृष्ण खाँड र एमालेले तुलबहादुर गुरुङलाई टिकट दियो । तर, पार्टी एकतापछि निर्मित संरचना मेरो अनुकूल थिएन । उग्र कुरा गर्ने मशालहरुको पार्टीमा दबदबा थियो । त्यस्तो अवस्थामा टिकट पाउने सम्भावना नै हुँदैनथ्यो र म स्वयं पनि टिकटको आकांक्षी थिइँन ।
हामी त्यतिबेला चुनाव लड्ने, सांसद, मन्त्री बन्ने कुरालाई सकारात्मक ठान्दैनथ्यौँ । क्रान्ति, परिवर्तन, मुक्ति नै हाम्रो एकमात्र ध्येय थियो । त्यसैले टिकट नपाउँदा खिन्नता वा निराशा हुने कुरा पनि भएन ।
अचम्मलाग्दो कुरा त के भने निर्वाचनमा सहभागी हुनुलाई दक्षिणपन्थी भनेर तीव्ररुपमा विरोध गर्नेहरु नै टिकटका लागि हत्ते हाल्न थाले । बाबुराम भट्टराई पक्ष, मोहन वैद्य, प्रचण्ड पक्ष, लामा पक्ष, रुपलाल पक्ष भनेर पार्टीभित्र टिकट पाउने कुरामा पनि विभेद हुन थाल्यो ।
एक दिन निर्मल लामाले मलाई प्रचण्डसँग कुरा गर्न पाटनढोकाको एउटा डबलीमा पुर्‍याए । कुराकै सिलसिलामा प्रचण्डले ‘साथीहरुले त सफाया गरिदिउँ भनेका थिए, मैले पर्दैन भनेँ’ भन्ने कुरा गरे
लामा पक्ष क्षमता, त्याग, निष्ठा र इमान्दारिताको हिसाबले अब्बल भए पनि टिकटका लागि मरिमेट्ने खालको थिएन । त्यति हुँदाहुँदै पनि ०४८ सालको चुनावमा लीलामणि पोख्रेलसहित ९ जना जनमोर्चाका नेताले जिते । यसमा ६ जना लामा पक्षकै थिए ।
एक वाम एक ठाम भनेर चुनावमा उम्मेदवारी दिने बेलामा पनि एमाले, एकता केन्द्र, नेमकिपा, मानन्धर, बर्मा, अमात्य समूहबीच अनेक चरण वार्ता भए । अन्त्यमा एमाले र एकताकेन्द्रबीच समझदारी पनि भयो । परिणामस्वरुप ०४८ को निर्वाचनमा एमालेपछि जनमोर्चामार्फत एकता केन्द्र नै ठूलो वाम दल बन्न सफल भयो ।
त्यस घटनापछि रुसी धुरीका कम्युनिष्टहरु मानन्धर, वर्मा र अमात्यबीच पनि एकीकरण भयो । तर, त्यो एकता लामो समय टिकेन ।
आम निर्वाचनमा अत्यन्त व्यस्त रहेर भर्खर अवकाशको समय निस्केको थियो । एक दिन एकजना पूर्व चौम पक्षकै साथीले युवा बुलेटिन नामको एउटा पत्रिका थमाए । उनले महामन्त्री प्रचण्डको अन्तर्वार्ता पढ्न र तपाईंको कलम चल्ने भएकाले केही लेख्न सुझाए । साप्ताहिक पत्रिकाको साइजमा बत्तीस पृष्ठको अन्तर्वार्ता पहिले त मलाई पढ्नै अत्यास लाग्यो । मुस्किलले पढिसकेपछि म आफैं छाँगाबाट खसेँझै भएँ ।
दक्षिण अमेरिकी मुलुक पेरुमा चलिरहेको दीर्घकालीन युद्ध र तिनका नेता गोञ्जालोको अन्तर्राष्ट्रिय प्रचारबाट लोभिएका महामन्त्री प्रचण्ड त्यस्तै प्रचार चाहन्थे । तर, उनी सुस्पष्ट दृष्टिकोण, प्रष्ट सैद्धान्तिक अडान भएका नेता थिएनन् ।
प्रचण्डले अन्तर्वार्ताभरि अनेक अन्टसन्ट कुरा गरेका रहेछन् । मशाल युवा संघको मुखपत्र युवा बुलेटिन नामको उक्त पत्रिकाका सम्पादक शशिकुमार श्रेष्ठ यसअघि रवीन्द्र श्रेष्ठ भनेर मन्त्री भएका प्रभाकर प्रधानाङ्ग थिए ।
अन्तर्वार्तामा प्रचण्डले अनेक अन्टसन्ट कुरा गरे पनि मूलरुपमा उनले नौलो जनवादबारे दिएको उत्तरमै केन्दि्रत रहेर मैले उषा साप्ताहिक भन्ने पत्रिकाको दुई अंक प्रचण्डको आलोचनात्मक टिप्पणी प्रकाशित गराएँ ।
‘तपाईहरु नौलो जनवादी क्रान्ति भन्नुहुन्छ, नौलो जनवाद भनेको चाहिँ के हो’ भन्ने प्रश्नमा प्रचण्डले दृढताका साथ नौलो जनवाद भनेको माओको गुरिल्ला ‘वारफेयर’ हो भनेका रहेछन् । माओको नौलो जनवादबारे पढेका, ज्ञान राख्ने र सुनेका हामीलाई त्यो पाच्य भएन ।
मैले महामन्त्री प्रचण्डविरुद्ध त्यसरी लेखेपछि ठूलो हंगामा भयो । कतिले प्रचण्डलाई समर्थन गर्ने साप्ताहिक पत्रिकामा मेराविरुद्ध निम्नस्तरमा उत्रिएर गालीगलौज गरे । यहाँसम्म कि एउटा पत्रिकामा प्रचण्डको आलोचना गरेबापत मलाई ‘जल्लाद’ भनेर समेत लेखियो ।
आन्दोलनमा मेरो सक्रियता र संगठनमा समर्पित भएर लाग्ने स्वभावले म त्यतिबेला संगठनभित्र निकै लोकपि्रय थिएँ । पार्टीभित्रै मेरो लोकपि्रयताप्रति डाहा गर्नेको कमी थिएन । म त्यसबेला पार्टीको ललितपुर जिल्ला सदस्य थिएँ । देवेन्द्रलाल श्रेष्ठ (काइँलाबा) अध्यक्ष र शशिकुमार सचिव थिए । ललितपुरमा चाहिँ पुरानो चौमको वर्चश्व थियो ।
यस्तो अवस्थामा पनि चौम पक्षहरुले नै मलाई पार्टीबाट निकाल्ने षड्यन्त्र रचे । पत्रिकामा लेख प्रकाशित भएकै राति चण्डेश्वर श्रेष्ठ नाम गरेका एकजना जिल्ला सदस्यले प्रचण्डलाई फोन गरेर ममाथि कारबाही गर्न माग गरेछन् । प्रचण्डलाई ‘के खोज्छस् काना आँखो’ भयो । आलोचना पटक्कै मन नपराउने स्वभावका प्रचण्डले तपाईंहरु जिल्लाले कारबाही गरेर पठाउनुस्, हामी केन्द्रले त्यसलाई अनुमोदन गरिदिउँला भनेछन् । मेरो सक्रियताले अस्तित्व नै गुम्न थालेको महसुस गर्ने दिलबहादुर श्रेष्ठ र चण्डेश्वरहरुले अब कारबाहीको तानाबाना बुन्न थाले ।
जिल्ला समिति बैठक बोलाइयो, तीन दिनसम्म त्यही विषयमा छलफल भयो । बैठकमा मलाई आत्मालोचना गर्न भनियो, मैले त्यसलाई स्वीकार गरिनँ । मैले लेखेको ठीक छ, बरु महामन्त्री प्रचण्डले अध्ययनलाई बढाएर क्रान्ति, नौलो जनवाद जस्ता विषयमा प्रष्ट हुनुपर्छ भन्ने मेरो अडान थियो ।
मैले आत्मालोचना नगरेपछि बैठकले मेरो आलोचना गर्ने निर्णय गर्‍यो । त्यसलाई मैले स्वीकारेँ । त्यो दिन बैठक अन्त्य भयो, माइन्युट भएको थिएन । भोलिपल्ट सबै भेला हुने र माइन्युटमा हस्ताक्षर गर्ने भन्ने सहमति भयो र हामी सबै छुट्टयिौं ।
तर, भोलिपल्ट त सचिव शशिकुमारले हिजोको निर्णय उल्ट्याएर प्रभुनारायण बस्नेत -जगदीश पार्टी नाम) लाई सदस्यताबाटै हटाउनुपर्छ भन्ने नयाँ प्रस्ताव ल्याए । रातभरिमा अर्कै खिचडी पाकिसकेछ । दिलबहादुर, चण्डेश्वर, प्रचण्ड मण्डलीले कारबाही नै गर्नुपर्छ भन्ने टुंगो गरेछन् । कारबाही गर्ने कुराले हैन, निर्णय उल्ट्याएकोमा मलाई अस्वाभाविकरुपमा आक्रोश बढ्यो । मैले शशिकुमारको कठालो समातेर यो पार्टी तेरो बाउको बिर्ता हो ? भनेँ । मैले त्यति गर्नै बित्तिकै चण्डेश्वरहरु आएर छुट्याए । म बैठक कक्षबाट बाहिरिएँ ।
उनीहरुले मलाई महामन्त्री प्रचण्डविरुद्ध पत्रिकामा लेखेबापत ६ महिना पार्टी सदस्यबाट निलम्बित गर्ने निर्णय गरेछन् । पत्र मलाई पठाए ।
यसै मेसोमा एक दिन निर्मल लामाले मलाई प्रचण्डसँग कुरा गर्न पाटनढोकाको एउटा डबलीमा पुर्‍याए । कुराकै सिलसिलामा प्रचण्डले ‘साथीहरुले त सफाया गरिदिउँ भनेका थिए, मैले पर्दैन भनेँ’ भन्ने कुरा गरे ।
त्यतिबेला त मैले त्यो कुरालाई प्रचण्डले धम्क्याउन खोजेको भनेर हल्कारुपमै लिएँ । तर, कालक्रममा जनयुद्ध नामको आतंकमा माओवादी सामेल भएपछि घटाएका घटनाले भने त्यो कुरो सम्झेर मलाई धन्न बाँचिएछ भन्ने लाग्यो ।
जे भए पनि मैले त्यो कारबाहीलाई अस्वीकार गरी पार्टी नै छाडिदिएँ । यसरी आफैंले अनेक दुःख गरेर गरेको एकताले मेरो राजनीतिक जीवनको अन्त्य गराइदियो ।


http://www.onlinekhabar.com बाट साभार 

Wednesday, January 6, 2016

नेपाली समाज अब सामन्तवादी होइन - आहुती

अहिले नेपाली कम्युनिस्ट आन्दोलनमा कार्यदिशाका विषयमा जवरजस्त वहश चलिरहेको छ । नेपालको क्रान्ति अब पनि नयाँ जनवादी हो कि समाजवादी हो ? यसको छिनोफानो नगरिकन कम्युनिष्ट आन्दोलन अगाडि बढ्दैन, त्यसैगरी दलित आन्दोलन पनि अब स्पष्ट रूपमा अगाडि जाँदैन।
कार्यदिशाबारेको यो बहसको मुख्य सरोकार भनेको नेपाली समाज अहिले पनि मूल रूपमा सामन्तवादी वा अर्धसामन्ती नै छ कि पूँजीवादी भैसक्यो भन्ने नै हो। नेपाली समाज मूल रूपमा सामन्तवादी वा अर्धसामन्ती छ भने अबको क्रान्ति नयाँ जनवादी नै हुनुपर्ने हुन्छ भने समाज मूल रूपमा पूँजीवादी भैसकेको हो भने अबको क्रान्ति स्वतः समाजवादी हुनपुग्दछ।
त्यसैले नेपाली समाजको चरित्र कस्तो हो भन्ने विश्लेषणले निर्णायक महत्व राख्दछ। नेपाली समाजको आजको चरित्रलाई बुझ्न सामन्तवादी र पुँजवादी समाजको आधारभूत चरित्रबारे एकपल्ट घोत्लिनु आवस्यक छ। सामन्तवाद भनेको के हो ? यहाँवाट चर्चा सुरु गरौं।
कुनै पनि राजनीतिक व्यवस्थाको समाज वैज्ञानिक चरणको ३ वटा खुट्टा हुन्छन्, चाहे त्यो दास-मालिक व्यवस्था होस्, सामन्तवादी होस् या पूँजीवादी व्यवस्था । ती तीन खुट्टाहरूमा एउटा अर्थतन्त्र हो, अर्को राजनीति व्यवस्था र तेस्रो सांस्कृतिक अवस्था हो।
यो तीनवटा कुरा मिलेर कुनै पनि वाद स्तरको समाज व्यवस्था बन्छ । सामन्तवादी अर्थव्यवस्था भनेको के हो रु पहिलो कुरा, उत्पादनका साधनहरु, मूलत त्यतिवेला जमिन हुन्छ , त्यसको मुख्य हिस्सा, यसरी बुझौं कि पचास प्रतिसतभन्दा बढी जमिन सामान्तहरुको हातमा हुन्छ, खेत नजोत्नेहरुको हातमा हुन्छ र खेत जोत्नेहरु बहुसख्यक मोही किसानहरु हुन्छन् वा भूदास किसान हुन्छन् ।
सामन्तवादको आधारभूत जग नभत्केकोले क्रान्ति चाहिँ पूँजीवादी नै गर्न नयाँ जनवादी अर्थात् कम्युनिस्टको नेतृत्वमा पूँजीवादी क्रान्ति गर्ने रणनीति अघि सारेको कुरा इतिहाससिद्द छ।
दोस्रो कुरा, सामन्तवादको आर्थिक व्यवस्थाको आधारभुत मुख्य अर्को कुरा के हो भने, त्यो समाजको पचास प्रतिशत भन्दा बढी श्रमशक्तिको क्रय विक्रय चाँही ज्याला प्रणालीमा हुँदैन बरू त्यो बाली प्रणालीमा हुन्छ । जे कामको ज्याला पनि नगदमा होइन बालीमैं तिर्ने अवस्था हुन्छ। सामन्तवादको आर्थिक ढाँचाको मूल चरित्र यही हो।
माओ त्से तुङले चीनलाई अर्धसामन्ती समाज अर्थात् आधा सामन्ती समाजको रूपमा किटान गरे। माओको अर्धसामन्ती व्याख्याभन्दा पहिले राजनीतिकशास्त्रमा अर्धसामन्ती भन्ने जस्तो कुनै समाजको व्याख्या नै थिएन, कि सामन्तवाद थियो की पुँजीवाद थियो। माओले उद्योगदन्दा, व्यापार जस्ता पूँजीवादी व्यवस्थाका अङ्गहरू पनि सुरू भई त्यसको प्रभाव पनि समाजमा पर्न थालिसकेको तर सामन्तवादको आधारभूत जग पनि नभत्केको संक्रमणकालीन अवस्थालाई अर्धसामन्ती अवस्था मानेको बुझिन्छ।
सामन्तवादको आधारभूत जग नभत्केकोले क्रान्ति चाहिँ पूँजीवादी नै गर्न नयाँ जनवादी अर्थात् कम्युनिस्टको नेतृत्वमा पूँजीवादी क्रान्ति गर्ने रणनीति अघि सारेको कुरा इतिहाससिद्द छ। त्यही माओको विश्लेषण नेपालमा पुष्पलालले रोप्दै नेपालमा पनि जुट मिललगायत उधोग र व्यापार सुरू भैसकेको तर सामन्तवादी आधार पनि नभत्केको वि स २००६ को अवस्थामा नेपाललाई अर्धसामन्ती समाज पनि चित्रण गरे जुन सही नै थियो। जुन समाज २००६ सालमैं सामन्तवादी होइन, आधा सामन्ती थियो भने के ६५ वर्षपछि पनि जस्ताको त्यस्तै रहेको छ त रु कदापि छैन।
बितेको ६५ वर्षमा २०१६ सालको ‘क’ वर्गको विर्ता उन्मूलन, २०२१ सालको सामन्तहरूलाई जग्गा लुकाउन प्रेरित गर्ने कथित भूमिसुधार, भूमि ऐनका पटक पटकका संशोधन, उत्पादकत्व घट्नेक्रमबाट सामन्तहरूमा जन्मेको निरासा, जनसंख्याको वृद्धिले गरेको खण्डिकरण, लगातारको सामन्तवादविरोधी राजनीतिक आन्दोलन, जमीनबाट नेपालमा क्रमशस् हैकमसाली प्रगतिको संभावना घट्दै जानु र त्यसको सट्टा दलाल तथा नौकरशाही पुँजीको दवदवा बढ्दै जाने सिलसिलाले नेपालको जमीनसँग जोडिएको सामन्तवादी सम्बन्ध ध्वस्त हुन पुगेको छ।
अहिले नेपालमा आर्थिक सम्वन्ध कस्तो छ त भनेर हेर्‍यो भने, नेपालमा दर्ता भएका र दर्ता नभएका मोही किसानहरुको करिव ३ लाख परिवार छन् जबकि नेपालमा ५५ लाखभन्दा बढी परिवार छन् । ५५ लाखभन्दा बढी परिवारमध्ये जम्मा ३ लाख परिवार मात्र मोही भएको देश सामन्तवादको अवशेष भएको त मान्नुपर्छ तर त्यो मूल रूपमा सामन्तवादी वा अर्धसामन्तीअर्थ व्यवस्था भएको देश हुन्छ कि हुँदैन रु अर्को कुरा अहिले वाली प्रथा कहाँ कहाँ वाँकी छ भन्यो भने,करिब ३५ प्रतिशतको हाराहारीमा दलितबीच वाँकी छ ।
दलितमध्ये पनि ६५ प्रतिशतभन्दा बढी ज्याला प्रणालीमा गइसके जुन नगदको ज्याला प्रणाली पुँजीवाद हो सामन्तवाद होइन। यसरी जुन समाजमा श्रमशक्तिको क्रय विक्रयमा १० प्रतिशत पनि मानिसहरु बालिप्रथामा छैनन् । त्यो समाजको अर्थतन्त्र कसरी सामन्तवादी हुन्छ । कि त सामान्तवादको परिभाषा नै हामीले उल्ट्याइदिनुपर्यो हैन भने नेपालको अर्थतन्त्र मुल रुपमा सामान्तवादी छ भन्न अब मिल्दैन । त्यसैले आजको नेपालको अर्थतन्त्र पूँजीवादी नै हो भन्ने प्रष्ट छ। यो पुँजीवाद राष्ट्रीय र प्रगतिशील छैन, सत्य कुरा हो । यो दलाल पुँजीवाद हो। तर जस्तो भए नि पुँजीवाद हो, सामन्तवादचाहिँ होइन। राजनीतिक व्यवस्थामा सामन्तवाद भनेको के हो ? राजनीतिक व्यवस्थामा सामन्तवाद भनेको राज्यका मुलभुत राजनीतिक अंगहरुमा जनताले आफ्ना प्रतिनिधी चुनेर पठाउन नपाउने व्यवस्थालाई सामन्तवाद भनिन्छ ।
बितेको ६५ वर्षमा २०१६ सालको ‘क’ वर्गको विर्ता उन्मूलन, २०२१ सालको सामन्तहरूलाई जग्गा लुकाउन प्रेरित गर्ने कथित भूमिसुधार, भूमि ऐनका पटक पटकका संशोधन, उत्पादकत्व घट्नेक्रमबाट सामन्तहरूमा जन्मेको निरासा, जनसंख्याको वृद्धिले गरेको खण्डिकरण, लगातारको सामन्तवादविरोधी राजनीतिक आन्दोलन, जमीनबाट नेपालमा क्रमशस् हैकमसाली प्रगतिको संभावना घट्दै जानु र त्यसको सट्टा दलाल तथा नौकरशाही पुँजीको दवदवा बढ्दै जाने सिलसिलाले नेपालको जमीनसँग जोडिएको सामन्तवादी सम्बन्ध ध्वस्त हुन पुगेको छ।
राजपरिवारमा जन्मेपछि स्वतः राजा हुने , चुन्न नपाइने नपर्ने। गाउँमा मुखिया तोकिदिएपछि हुने, चुन्न नपाइने । जन्मने वित्तिकै वा शाषनले व्वयस्था गरे अनुसार नै पोष्टहरुमा पुग्ने मुल परिपाटी जहाँ हुन्छ त्यसलाई नै सामन्तवादी राजनीतिक प्रणाली भनिन्छ । अहिले नेपालमा कुन त्यस्तो पद छ जहाँ नियमपुर्वक वा नचुनिकन स्थापित गरिन्छ रु ती नियम र निर्वाचन जतिसुकै देखावटी वा औपचारिक किन नहुन् तर ती सामन्तवादीचाहिँ कदापि होइनन्। तथ्यमा आधारित कुरा गर्नुपर्‍यो, त्यत्तिकै भनेर त भएन । हिजोको सुव्वालाई, सुव्वा मान्नुपर्दैन ।
राईलाई, राई मान्नुपर्दैन । मिजारलाई मान्नुपर्दैन । अव झुक्किएर भनौं वा जे भनौं गुरूङ पनि सेनापति भइसक्यो । जे जे गरेर भए नि नियमअनुसार नै भएको हो । पद्धतिमै भएको हो, सैनिक ऐन अनुसार नै भएको हो । राष्ट्रपति पनि, अरु जो जो पनि चुनिएर भएको हो । औपचारिक लोकतन्त्र अनुसार भएका हुन् ।औपचारिक पुँजीवादी लोकतन्त्रअन्तर्गत भाका हुन् । त्यसकारण यो राजनीतिक परिपाटी सामन्तवादी होइन, पूँजीवादी हो। यो पुँजीवाद नै हो । त्यसो त मूल राजनीतिक व्यवस्था पूँजीवादी भैसक्दा पनि अवशेषहरू सामन्तवादी रहन सक्दछन्। जस्तै युरोपेली देसहरूका राजतन्त्र, ती सामन्तवादका अवशेष हुन्, पुँजीवादका अङ्ग होइनन्। समाज व्यवस्थाको तेस्रो खुट्टा संस्कृतिबारे कुरा गरौं । नेपालमा संस्कृतिमा सामन्तवाद अलि बढी नै बाँकी छ । नेपालको सामन्तवाद हिन्दू वर्णव्यवस्थामा आधारित हो जुन सामान्तवाद आर्थिक प्रणाली सम्बन्धमा भन्दा सांस्कृतिक सम्बन्धमा झन् बलसाली हो ।
कसरी हो भन्दाखेरी एउटा थकाली धनी छ भने पनि आफूभन्दा गरिव ब्राम्हणलाई थकालीले नमस्कार गर्नुपर्थ्यो । हाम्रो विशिष्ट सामान्तवाद यस्तो हो। अन्तको सामन्तवाद त्यस्तो होइन, अन्त केवल धनीलाई नमस्कार गर्ने हो, जातलाई होइन । यहाँ गरिव नै छ भने पनि ठकुरी वावुसाहेव हुने हो । एउटा सुनार धनी नै छ भने पनि उसले ठकुरीलाई नमस्कार गर्नै पर्छ । सम्पत्तिले मात्रै काम चल्दैन । नेपाली समाजमा सामन्तवाद विशिष्ट प्रकारको वलशाली सांस्कृतिक पछ्यसहितको हो । अहिले पनि कयौ सांस्कृतिक क्षेत्रमा सामन्तवादको जवरजस्त प्रभाव छ तर सामन्तवादी संस्कृति नै अब मूल र निर्णायक प्रवृत्ति छ भन्न सकिंदैन। विवाह प्रथाको कुराबाट छलफल सुरु गरौं । यो विषय अलि रोचक पनि होला। नेपालमा विवाह सामन्तवादी प्रथामा दुई प्रकारको थियो। एउटा मागी विवाह ।
अर्को जनजाति समुदायमा मागी र लुटी विवाह । विवाहको यो मूल सामन्ती प्रवृत्तिबाहेक रोजी वा प्रेम विवाह पनि थियो तर त्यो बिद्रोही काम थियो, आम प्रवृत्ति थिएन। विस्तारै मान्छेहरु वनारस गएर पढ्न थाले अन्तराष्ट्रिय सम्पर्कमा हुन थाले, हिन्दी सिनेमाहरु हेर्न थाले, पढेको केटाले ‘ठिक छ विवाह आफ्नै जातमा गर्ने तर एकपटक हेर्न पाउनुपर्छ’ भन्न थाले । त्यो पुँजीवादको विवाह मामलामा ‘दस्तक’ थियो । संस्कृतिको क्षेत्रमा पुँजीवाद र सामन्तवादको आधारभुत अन्तर के हो भने, सामन्तवादमा संस्कृतिको छेत्रमा छनौटको स्वतंत्रता हुँदैन । पुँजीवादमा छनोटको स्वतन्त्रता हुन्छ । छनौटको स्वतत्त्रता भएको संस्कृति सामन्ती होइन,पुँजीवादी हो । अनि केटीले केटा पनि हेर्ने भन्ने कुरा आयो । हेरेर मात्र पुगेन एकछिन कुरा गरौं भन्ने हुन थाल्यो । त्यसपछि दाई, भाउजु ,फुपु, मामा लगायत ढोकामा पाले बसेर १०, १५ मिनेट कुरा गर्न दिन थालियो । हुँदाहुँदाहँ अहिले पुर्वदेखी पश्चिमसम्म तपाईलाई कुन विवाह ठिक लाग्छ भनी सोध्दा मन परेरै गरेको ठिक भन्ने ठाउँमा पुग्यो । यो पुँजीवाद हो , सामन्तवाद हैन । तपाईलाई पहिला कुनै कुरा छनौट गर्न सम्भव थिएन ।
तपाई रोदी गाउने परम्पराको हुनुहुन्थ्यो भने, रोदी नै गाउनुपर्थ्यो । तपाईले कुनै अर्को गीत गाउँछु भन्ने सम्भव थिएन । संस्कृतिको कुनै पनि चिजमा तपाईलाई स्वतन्त्रताको छनौट थिएन । तर अहिले संस्कृतिको स्वतन्त्रताको छनौट नयाँ ठाउँमा गयो । एउटै टेलिभिजनमा पाँच सेकेन्ड दृष्य मन परेन भने तपाई अर्को च्यानल फेरिहाल्नुहुनेछ, कसैले रोक्न सक्दैन। अव हामी छनौटको स्वतन्त्रताको व्यापकतामा पुगिसक्यौं । अब संस्कृति मूलत सामन्ती छ भन्न मिल्दैन । सामन्तवादी संस्कृतिका अवशेषहरु जवरजस्त छन् , कहाँ कहाँ छन् , भन्दाखेरी दलितहरुको उत्पिडनमा सामन्तवादी संस्कृति नै छ तर त्यो पनि क्रमश घट्दो छ । दोस्रो मधेसमा , हिन्दु महिला र मुस्लिम महिलामाथी साँस्कृतिक उत्पीडन गम्भीर छ ।
त्यसपछि सल्यान जिल्ला काटेर भेरी नदी काटेर गएपछि दार्चुलासम्मको पहाडी भेगमा दलित र महिलालाई पुरुष सरहको उच्च जाति सरहको मान्छेसम्म मान्दैनन् । त्यहाँ छ संस्कृतिमा सामन्तवाद। अव हामीले तथ्यमा आधारित कुरा गर्नुपर्छ । ३ लाख करिव हलिया प्रथामा मान्छे थिए, हलियाप्रथाबाट अन्यायपूर्ण ढंगले हलियालाई मुक्त गरियो, त्यहाँ हलियालाई पटक्कै न्याय भएन तर त्यसले सामन्तवादी बन्धन त कम्तीमा तोडिदियो । कमैया र कम्लरी प्रथाको प्रसंग पनि मूलतः यस्तै नै हो। त्यसकारण नेपालमा सामन्तवाद छ भन्ने कुरा तथ्य र तथ्याङ्कको आधारमा भन्नुपर्यो ।
मैले भनेको हो त्यसकारण ठिक भन्न मिल्दैन । पुष्टि हुने कुरा गर्नुपर्छ, आजको युवा युनिभसिर्टी जाने युवा हो । जुन वेला सामन्तवाद थियो, महेश रेग्मी सामन्तवादको अध्ययन गर्दैथिए, त्यतिबेला महेश रेग्मी नपढ्ने अनि आज जुन वेला सामन्तवाद छैन तब महेश रेग्मीले भन्दा बढी भूमिको कुरा गर्न खोजेर कुरा मिल्दैन। अब वर्ग विश्लेषणको कुरा गर्दाखेरी सामन्त कस्लाई भन्ने भन्दा आज पनि भन्न खोजिन्छ कि दस विघा हद राखौं अर्थात् दश विघाभन्दा माथी जग्गा भएकालाई सामन्त भनौं । यस्तो चेतनाको स्रोत के हो रु नेपालमा तिहुन खाने पहाडिया समुदाय छ । तिउन भनेको तरकारी पर्याप्त खान नपाउनेहरुको खाना रहेछ । मज्जाले तरकारी खान पाउने समुदायले तिउन खाँदैन । तरकारी पनि छैन, दाल पनि छै भने जे जे पाइन्छ नुन हालेर उमालेपछि त्यो तिउन भयो, त्यसमा मुछेर खाने, पहाडिया समुदाय छ नेपालमा ।
उसको जग्गा कम छ, भीरपाखा छ, त्यो तिउन खाने समुदाय जव तराईमा जाँदो रहेछ, त्यसले सबैलाई सामन्त देख्छ । यस्तो मनोविज्ञान तिउनबाट सुरु भएको छ । तराईमा हेर्दाखेरी त आँखाले नभ्याउने जमिन देख्छ त्यसले, अनि ओहो भन्छ ! दश विघा जमिन हुने मान्छेले, दुई सिजन गरेर धान र गहुँको राम्रो फलेको वेला आज सालाखाला पाँच लाख आम्दानी हुन्छ । घटेको वर्ष त्यो साढे तिन लाख, पौने चार लाख मात्र आम्दानी हुन्छ ।
पाँच लाख पैसाले त्यसको परिवारले के खान्छ र त्यसले अरु किसानलाई उत्पीडन गर्नेगरी के गर्न सक्छ रु पाँच लाख त वर्षमा आज मावि टिचरले कमाउँछ । मावि टिचर र सामन्तको हैसियत वरावर हुन्छ भने त्यो सामन्त कसरी हुन्छरु १० विघा जमिन भएका सामन्त हो भने त्यसले राज्य व्यवस्थामा प्रभाव कसरी जमाउँछ रु हैट१ यो त हास्यास्पद कुरा हो । पञ्चायतकालको मध्य समय विशेषत नगेन्द्रप्रसादको रिजाल प्रधानमन्त्री भएको काल २०३१/०३२ सालसम्म तराईमा केही हात्ती पाल्ने सामन्त थिए ।
आज व्यक्ति सामन्त नै नभएको देस हो नेपाल। भूमिमा सामन्तवादी सम्बन्ध अब केवल दुई सन्दर्भमा बाँकी छ। एक, मन्दिर गुठीको नाममा रहेको जमिन र तिनका जोताहा मोहीबीच। दुई, पुस्तैनी रूपमा बन्न पुगेका जग्गा धनी जो सामन्त होइनन् र जोताहा मोही।
तर आज त्यो स्थिति छैन। अहिले मधेस( तराईको आन्दोलन जुन छ, त्यसलाई जमिन्दारको आन्दोलन पनि कतिपयले भन्छन् । यो तिउन मानसिकताद्वारा गरिएको फन्टुस प्रशिक्षणको परिणाम हो । वास्तवमा मधेसमा जति पनि ठूला सामन्त थिए सबैभन्दा बढी जमिन कुम्लाएका त राजा महेन्द्रले नियुक्त गरेका पहाडका शाषकहरु थिए । मधेसी समुदायका सामन्त वास्तवमा पहाडिया पञ्चायती वर्चस्वमुनि कमजोर हँदै जाने क्रम त्यतिबेलै तीब्र भैसकेको थियो। पञ्चायती पहाडिया हिन्दू उच्च जातीय आर्यखस अहंकारवादमा आधारित समग्र राज्यको नीतिले मधेसी-थारू समुदायका सामन्तहरू स्थानीय रूपमा जतिसुकै हैकमसाली भए पनि राष्ट्रियस्तरमा पहाडिया सामन्तको हैकममुनि पारिसकिएको तथ्य नै सत्य हो। मैले यो बोलेको गलत लाग्छ भने तथ्याङ अध्ययन गर्न म सुझाव गर्न चाहन्छु, अरू केही भन्न जरूरी ठान्दिन।
यथार्थमा आज व्यक्ति सामन्त नै नभएको देस हो नेपाल। भूमिमा सामन्तवादी सम्बन्ध अब केवल दुई सन्दर्भमा बाँकी छ। एक, मन्दिर गुठीको नाममा रहेको जमिन र तिनका जोताहा मोहीबीच। दुई, पुस्तैनी रूपमा बन्न पुगेका जग्गा धनी जो सामन्त होइनन् र जोताहा मोही।
यस यथार्थलाई गंभीर रूपमा आत्मसात गर्दा आधारभूत रूपमा ‘जसको जोत उसको पोत’ भन्ने क्रान्तिकारी भूमिसुधारको परम्परागत नाराको औचित्य नेपालमा समात्त भैसक्यो, भूमिसुधारका अन्य पछ्यको मात्र सान्दर्भिकता बाँकी छ।
तसर्थ, नेपाली क्रान्तिको अबको रणनीति वा कार्यदिशा भनेको समाजवादी क्रान्ति स्वतः बन्न पुगेको छ, सामन्तवादका जति अवशेष बाँकी छन् तिनका विरुद्धको संघर्ष पनि समाजवादी क्रान्तिको रणनीतिअन्तरगत राखेर गरिनुपर्ने हुन्छ। अबको नेपाली दलित आन्दोलन पनि अब समाजवादी क्रान्तिको अंगको रूपमा विकाश हुन्छ र गरिनुपर्दछ।

http://dalitonline.com बाट साभार