आज जेठ १९ गते। १४ वर्षअघि आजैका दिन नारायणहिटी दरबारमा गोली चलेको थियो र तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको थियो। यो हत्याकान्डका बिर्सनै नसकिने र हालसम्म अनुत्तरित १० विषयको संगालो पुराना ब्लगहरुबाट यहाँ राख्दैछु।
१) निरीह गिरिजा र नखुलेको ग्रायन्ड डिजाइन
शवयात्राका क्रममा जनताको ढुंगामुढा सहेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि देशवासीका नाममा एउटा वक्तव्य दिएका थिए। वक्तव्य सार्है निरीह किसिमको थियो। घटना कसरी भएको थियो भन्ने बारेमा कुनै पनि जानकारी त्यसमा छैन।संवैधानिक राजतन्त्र भए पछि राजाले गर्ने सबै काम प्रधानमन्त्रीको सल्लाह सुझावमा गर्नुपर्ने भए पनि राजदरबारभित्र भएको त्यस्तो ठूलो घटनाको छानबिन गरिने प्रतिवद्धतासम्म त्यसमा देखाइएको छैन। बरु भनिएको छ- यथार्थ परिस्थिति र घटनाको सत्य-तथ्य विवरण जनसमक्ष आउनेछ भन्ने विश्वास छ। मानौँ, सत्यतथ्य नखोजीकन आफै प्रकट हुनेछ।
पछि उनले पटक पटक ग्रान्ड डिजाइन खोल्दिन्छु भन्दै भाषण गरे। तर नखोलेरै बिते।
२) गोली चलेको सुन्दा एडिसीहरु के गरिरहेका थिए ?
युवराज दीपेन्द्रले मात्र गोली हानी सबैको हत्या गरेका हुन् भने राजपरिवारका एडीसीहरू त्यसबखत कहाँ थिए र के गरिरहेका थिए, डा. शाहीका अनुसार उनले नै एडीसीहरूलाई एम्बुलेन्स र डाक्टर ल्याउन खबर गरेका थिए र त्यसपछि एडीसीहरू उनीहरूलाई ‘बन्द गरिएको’ कोठाको झयालको ऐना फोरेर बाहिर आउन सक्ने तालिम प्राप्त एडीसीहरू गोली चलेको सुन्नासाथ चाहिं किन बाहिर आएनन् – उनीहरू बन्द कोठामा थिए भने कोठा बन्द गर्दा नै किन प्रतिवाद गरेनन् ? हत्याकाण्ड भएको लगत्तै भारतीय प्रधानमन्त्री अटलबिहारी वाजपेयीले यो हत्याकाण्ड षड्यन्त्र होइन भनी किटानीसाथ बोले। साथै भारतीय गृहमन्त्रीले पनि जेठ २७ गते त्यही कुरा दोहोर्याए। प्रधानमन्त्री र गृहराज्यमन्त्री दुवैले यस अवस्थामा नेपालमा राजनीतिक स्थिरताको आवश्यकता छ र त्यसको लागि जुनसुकै हदको सहयोग गर्न पनि भारत तयार रहेको बताए। भारतीय शासकहरूको यो अभिव्यक्तिले के जनाउ“छ ?
(राजदरबार हत्याकाण्डको बारेमा छानविन समिति गठन भएको सर्न्दर्भमा एकता केन्द्रले एक वक्तव्य प्रकाशित गरी सार्वजनिक गर्न माग गरेका प्रश्नहरुबाट। यी प्रश्नहरु आजसम्म पनि अनुत्तरित रहेका छन्। थप प्रश्न थाहा पाउन क्लिक गर्नुस्)
३) डा. पाण्डेसित अरुण सायमिको प्रश्न
मेरो मनमा उठिराखेको तेस्रो प्रश्न म शाही हृदय चिकित्सक डा. मृगेन्द्रराज पाण्डेसँग राख्न चाहन्छु। शाही हृदय चिकित्सक डा. मृगेन्द्रराज पाण्डेको यस प्रसंगमा विशेष महत्त्व छ। उहाँ शाही चिकित्सक मात्र नभएर राजपरिषद्को सदस्य पनि हुनुहुन्छ। सुन्दछु, घाइतेहरूले वीरेन्द्र सैनिक अस्पतालमा ल्याउनासाथ यो हत्या कसले गरेको भनेर चिकित्सकहरूलाई बताइसकेका थिए। जुन बिरामी जीवन र मरणको दोसाँधमा हुन्छ उसले झुटो कुरा कहिल्यै बोल्दैन। एउटा चिकित्सकका अनुसार सायद डाक्टर मृगेन्द्रराज पाण्डेले पनि हत्या कसले गरेको भनेर सुरुमै थाहा पाइसक्नुभएको थियो। यदि हत्या श्री ५ दीपेन्द्रले गरेको भए राजपरिषद्ले हत्यारालाई किन राजा घोषणा गर्नुपर्यो ? चिकित्सक टोलीमा पनि सम्मिलित र राजपरिषद्का पनि सदस्य डा. पाण्डेले हत्यारालाई राजा बनाउँदा किन विरोध गर्नुभएन ? (चिकित्सक अरुण सायमिले हत्यकान्डबारे गरेको प्रश्न। विस्तृत पढ्न यहाँ क्लिक गर्नुस्)
४) प्रतिवेदनमा शंका
घटनाको छानबिन गर्न तत्कालीन प्रधान न्यायाधीश र सभामुखको दुई सदस्यीय उच्चस्तरीय समिति बनाइयो। प्रतिवेदन भन्छ, युवराज दीपेन्द्र आफैँले कन्चटमा पेस्तोल हिर्काएर पुल छेउतिर अचेतावस्थामा लडिबक्सेको थियो।
तर प्रश्न उठेको छ, आफैँले हतियार प्रयोग गरी आफैँ अचेत भएको व्यक्तिको हातबाट पेस्तोल फुत्केर कसरी पोखरीमा पुग्यो ? त्यस्तै घटनास्थलबाट जुन ढंगले सबुत प्रमाण- बन्दुक, गोली, पोशाकहरू ल्याइयो, त्यसमा पनि अपराधशास्त्रीहरूको आपत्ति छ। नेपाल ल क्याम्पसमा अपराधशास्त्रको समेत अध्यापन गर्दै आउनुभएका अधिवक्ता सुशील पन्त भन्नुहुन्छ, ‘घटनास्थलका सबुत प्रमाण नियन्त्रणमा लिँदा, अपराधीले छाडेको निशानाहरू नष्ट नहुन् भनेर हातमा पञ्जा लगाएर प्लाष्टिकले टिप्ने गरिन्छ र पारदर्शी प्लाष्टिकभित्र त्यसलाई सुरक्षित गरी राखिन्छ। तर प्रतिवेदन सार्वजनिक गर्ने दिन सभामुख तारानाथ रानाभाटले हरेक हतियार आफैँले प्रदर्शन गरेर देखाइदिनुभयो।’ यसलाई पनि शंकाले किन हेरिएको छ भने, यदि सबुत प्रमाणहरूले यसपूर्व दोषीको आरोप लाग्दै आएका दीपेन्द्रलाई नै पुष्टि गरेको भए त्यसरी प्रमाण मेटिने र नासिने गरी त्यस्तो उच्च समितिले काम कारवाही गर्नु उचित हुन्थेन।
रानाभाटले दीपेन्द्रले चलाएको भनिएको हतियार देखाउँदै त्यसलाई आफ्नै हातमा लिएर पत्रकारहरुतर्फ सोझ्याउँदै भनेका थिए- हान्दिम् ?
माथिका अंश असार ३, २०५८ मा देशान्तरमा छापिएको समाचारबाट सारिएको हो। पूरा पढ्न यहाँ क्लिक गर्नुस्। यसमा राजदरबार हत्याकाण्डको प्रतिवेदनका सम्बन्धमा गहकिला प्रश्नहरु उठाइएका छन्।
५) चक्र बाँस्तोलाको षड्यन्त्र सिद्धान्त
बजारमा बेच्नलाई राखेको उपन्यासका पात्रले त्यस्तो भनेको भए लौ त भन्नुहुन्थ्यो। तर अहँ, यो कुरा पूर्वमन्त्रीले भनेका हुन्। चक्रप्रसाद बाँस्तोला- जो दरबार हत्याकान्ड हुँदा परराष्ट्र मन्त्री थिए। एक जमानामा उनी भारतका लागि नेपालका राजदूतसमेत थिए। बाँस्तोलाले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १३ औँ दिनको पुण्यतिथिमा नागरिक दैनिकले निकालेको विशेषाङ्कमा भनेका छन् – राजदरबार हत्याकाण्ड भएको बेला म गिरिजाबाबुको मन्त्रिमण्डलमा परराष्ट्र मन्त्री थिएँ। त्यो राजदरबार हत्याकाण्डमा गिरिजाबाबुलाई समेत मार्ने षड्यन्त्र भएको रहेछ भन्ने निष्कर्षमा म पुगेको छु। त्यो भोजमा गिरिजाबाबुलाई पनि बोलाउने प्रस्ताव आएको रहेछ। राजाले ‘फेमिली म्याटर’मा नबोलाऔं। पछि परे बोलाऔंला’ भनेका रहेछन्। अर्को कुरा शवयात्रामा जाँदा शोभा भगवतीमा हामीमाथि ढुंगामुढा भयो। हामी भागेर हिँड्यौं। त्यहाँ ‘फायरिङ’ पनि भएको थियो, गिरिजाबाबुको गाडीमा। यसले के प्रश्न उठाउँछ भने राजदरबार हत्याकाण्डमा ठूलै मञ्चन भएको रहेछ। शाही सदस्यको हत्या गर्नेमात्रै होइन, गिरिजाबाबुलाई समेत मार्ने षड्यन्त्र भएको रहेछ।
त्यसको पछाडि को होला?
राजनीतिले गडफिलिङ भन्छ, सामाजिक अनुसन्धानमा ‘र्यासनल’ चाहिन्छ। मलाई चाहिँ के लाग्छ भने यो भारतीय र अमेरिकीहरूको संयुक्त योजना हो। किनभने, नेपालमा भारतीय संलग्न नभई केही गर्नै सकिँदैन। र, अमेरिका यति ठूलो विश्वशक्ति छ, उसको जानकारीविना केही हुँदैन। त्यसकारण दुवै संलग्न छन्। थप पढ्नुस्
६) त्यो घटनामा कुनै षड्यन्त्र थिएनः डा. उपेन्द्र देवकोटा
१९ जेठ शुक्रबारको राति १० बजेतिर रातो बत्ती पिलिक पिलिक बाल्दै सनसनाएर आएको सेनाको एउटा जीप थापाथलीमा बागमतीको पुलनेर पुगेर नर्भिक (नर्सिङ होम) तिर मोडिन लाग्दा झण्डै दुईवटा मोटरकारसँग ठोक्किएको थियो। सैनिक पोशाकमा आएका एक शाही अङ्गरक्षक जीपबाट हुत्तिँदै निस्केर अस्पतालभित्र पसे र न्यूरोर्सजन डा. उपेन्द्र देवकोटालाई क्लिनिकबाट तानेर बाहिर निकाले। “युवराजलाई गोलीको चोट लागेको छ, हामी छाउनी जाँदैछौँ,” त्यत्तिकै अलमल्ल परेका डाक्टरलाई उनले भने। प्रतिघण्टा असी किलोमिटरसम्मको बेगमा हुइँकिएर थापाथलीबाट छाउनीसम्मको दूरी चार मिनेट पनि नलगाई तय गरेको त्यो जीपलाई बाटो खाली गरिदिन सडकमा हिँडिरहेका कार, मोटरसाईकल र बटुवाहरूलाई हम्मे-हम्मे परेको थियो। प्रस्तुत छ, वीर अस्पताल, न्यूरोर्सजरी विभागका प्रमुख डा. उपेन्द्र देवकोटाले त्यो रात सैनिक अस्पतालको ‘ट्रमा हल’ (गम्भीर चोटपटक लागेका बिरामीहरूलाई उपचार गर्ने कक्ष) मा देखेको अकल्पनीय दृश्य र त्यसपछिका तीन दिनमा गरेको मार्मिक अनुभवको विवरण, उनकै मुखबाटः उपेन्द्र पछि ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा मन्त्री बन्नुभएको थियो। पढ्न क्लिक गर्नुस्
७) दीपेन्द्रलाई राजा बनाउन खोज्दा राजपरिषद्मा विवाद
राजपरिषद् बैठकमा श्री ५ युवराजाधिराजलाई श्री ५ महाराजाधिराज घोषणा गर्नुअघि केही विवाद उत्पन्न भएको थियो। श्री ५ युवराजाधिराज दीपेन्द्रले नै गोली चलाएको भन्ने आधार के हो र यदि गोली चलाएकै हो भने मौसुफलाई कसरी श्री ५ महाराजाधिराज मान्ने भन्ने प्रश्न राजपरिषद्का सदस्यहरूले उठाएका थिए। त्यो दिन गोरखापत्रले छापेको समाचार यस्तो थियो। पढ्न क्लिक गर्नुस्।
८) स्वचालित हतियार आकस्मिक रुपमा पडकेर मरेका रे
अन्ततः शुक्रबार हत्याकाण्ड भए पनि आइतबार रातितिर बल्ल राज्य सहायक ज्ञानेन्द्रले देशवासीका नाममा सन्देश दिए। यो सन्देश सँधै विवादास्पद सन्देशका रुपमा नेपालको इतिहासमा दर्ता हुनेछ। किनभने त्यसमा दरबारमा भएको घटनाका बारेमा ज्यादै हलका रुपमा स्पष्टिकरण दिइएको छ। नागरिकको सूचना पाउने अधिकारलाई खिल्ली उडाउँदै त्यसमा भनिएको छ- आकस्मिक रुपमा स्वचालित हतियार पड्कन गई त्यसो भएको हो। दोष जति त हतियारलाई पो ! हतियार पडकिएर पो भएको रे। अर्थात् हतियारै दोषी। ज्ञानेन्द्रले २०५८ को जेठ २१ गते दिएको सन्देशको पूर्ण विवरण यस्तो छ।
९) राज्यारोहणबाटै विरोध सुरु, चारको मृत्यु, दर्जनौँ घाइते
जेठ २२ गतेका दिन तत्कालीन राजा दीपेन्द्रको निधनपछि ज्ञानेन्द्रको राज्यारोहण भएको थियो। तर त्यति सहज भने भएको थिएन राज्यारोहण। ठाउँठाउँमा उत्तेजक प्रदर्शन, चर्का नाराबाजीका कारण सेनाले बाटो खुलाउँदै राज्यारोहण स्थल हनुमान ढोकाको नासलचोकमा पुर्याएको थियो। अनि त्यहाँबाट पनि त्यसरी नै फर्काइएको थियो। सवारी अगाडि बढ्नासाथ राजधानीका आक्रोशित युवाहरूले हनुमान ढोका परिसरमै नारा लगाएका थिए। हनुमान ढोका क्षेत्रमा चौतर्फी सैनिक सतर्कताअघि बढाइएको र प्रहरीले जनतालाई त्यहाँ प्रवेश गर्न रोक लगाएको थियो। त्यति हुँदाहुँदै पनि सवारी अगाडि बढ्ने बित्तिकै नारा लागेको थियो। सवारीको पछिपछि नारा लगाउँदै युवाहरूको जमातअघि बढेको थियो। उनीहरूले खासगरी ज्ञानेन्द्र र उनका छोरा पारस विरोधी नारा लगाएका थिए। त्यसको लगत्तै नयाँ सडक गेट, वीर अस्पताल, रत्नपार्क, बागजार, दरबारमार्ग, पुतलीसडक, नयाँ बानेश्वर, मैतीदेवी, पुरानो बानेश्वर, चाबहिललगायतका स्थानमा आक्रोशित युवाहरूले विरोध प्रदर्शन गरेका थिए। त्यसैको फलस्वरूप अपरान्ह ४ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यू लगाएर स्थितिलाई नियन्त्रणमा लिन प्रयास गरेको थियो। त्यति हुँदाहुँदै पनि नागरिकहरूले कर्फ्र्यूको अवज्ञा गरेका थिए। विभिन्न स्थानमा सडकमा टायर बालेर विरोध प्रदर्शन गरिएको थियो। उक्त घटना क्रममा केही व्यक्तिहरूको ज्यानसमेत गएको थियो।त्यतिबेलाका पत्रिकामा चार जनाको मृत्षु भएको र दर्जनौँ घाइते भएको बताइएको छ। बिचराहरुको ज्यान यत्तिकै खेर गएको छ। त्यतिबेलाकान्तिपुरमा छापिएको समाचार पढ्नुस्
१०) मास्क लगाएकोले हत्या गर्न सक्दैन : विवेक शाह
घटना हुनुको पछाडि के के कारण हुनसक्छन् भन्ने विषयमा विस्तृत छानबिन हुनुपर्ने पूर्व सैनिक सचिव विवेक शाह बताउँछन् आफ्नो पुस्तकमा। यस्तै माग जनताले पनि अनि नेताहरुले पनि वर्षौँदेखि गर्दै आएका हुन्। देशीविदेशी शक्ति केन्द्रको, दीपेन्द्रलाई उकास्ने व्यक्ति, उनलाई लागू पदार्थको कुलतमा फँसाउने गिरोह आदिको अनुत्तरित प्रश्न खोज्नु पर्ने माग उनको पुस्तकमा छ। जनताको भने एउटा अर्को प्रश्न पनि छ- ज्ञानेन्द्रले आफ्नो शासनकालमा गोली चलेको त्रिभुवन सदन किन भत्काउन आदेश दिए ? किन घटनास्थल अहिले भग्नावशेषमा परिणत गराइयो ? पुस्तकमा यसको उत्तर छैन। बरु केही हल्लाको खण्डन गरिएका छन्। मास्क लगाएर अरु कसैले हत्या गरेको होला भन्ने आशंकालाई उनले खण्डन गर्दै दरबारमा कडा सुरक्षा हुने भएकोले (सैनिक सचिव भएकोले उनी सुरक्षाको जिम्मेवारी लिनुपर्ने मानिस हुन्) कोही बाहिरिया मानिस त्यहाँ त्यसरी मास्क लगाएर हतियार ल्याउनै नसक्ने तर्क गर्छन्। तर उनले दरबारभित्र युवराज र अरु राजपरिवारका सदस्यलाई लागू पदार्थ कसरी सप्लाइ हुँदो रहेछ भन्ने बारे केही बताउन सकेका छैनन्। लागू पदार्थ जस्तै हतियार आयो कि ? लागू पदार्थ भित्री मानिसले ल्याए सरह मास्क पनि दरबार भित्रैकाले लगाएर प्रयोग गर्न सक्छन् कि सक्दैनन्- यस्ता प्रश्नको जवाफ पुस्तकमा पाइँदैन।
http://www.mysansar.com बाट साभार
===================================
शाहको पुस्तक ‘मैले देखेको दरबार’ र ‘भटट प्रतिवेदन’ उस्तै
दरबारमा दुई जना राजा वीरेन्द्र र ज्ञानेन्द्रसँग निकट भई काम गरेका पूर्व सैनिक सचिव विवेक शाहको पुस्तक “मैले देखेको दरबार” अहिले चर्चामा छ। आम मानिसको चासो यसले हत्याकान्डका विषयमा केही नयाँ खुलासा गर्छ कि भन्ने हो। यदि त्यस्तै सोचेर किताब किन्नुभएको भए तपाईँलाई यो किन्न खर्चेको आफ्नो नौ सय रुपैयाँको माया लाग्न सक्छ। किनभने हत्याकान्डका विषयमा यो पुस्तकको सार ‘भटट प्रतिवेदन’ अर्थात् ज्ञानेन्द्रले तत्कालीन प्रधानन्यायाधीश र सभामुखको सदस्यतामा बनाएको उच्चस्तरीय छानबिन प्रतिवेदनलाई सही प्रमाणित गर्नु मात्रै हो।
जेठ १९ को जुन रात दरबारमा गोली चल्दै थियो, त्यतिबेला लेखक शाह दरबारबाट निकै टाढा नयाँ बजारमा आफ्ना साथीहरुसँग रक्सी खाँदै थिए। पुस्तकको पेज १९ मा लेखिएको छ- ‘…हामी ड्रिङ्कस गरिरहेका थियौँ।’ रक्सी खाइरहेकै बेला दरबारबाट खोजी भयो भनी घरमा फोन आएपछि दरबारमा फोन गर्दा बल्ल उनले दरबारभित्र फायरिङ भयो रे भन्ने थाहा पाएका थिए। मृत्यु भएको कुरा त सैनिक अस्पताल, छाउनीमा शव देखेपछि मात्रै थाहा भएको रहेछ उनलाई। गोली चल्दा घटनास्थलबाट निकै टाढा ड्रिङ्कसमा मस्त व्यक्तिले हत्याकान्डका विषयमा कसरी नयाँ कुरा दिनसक्ने आशा गर्नुभएको तपाईँले ?
यो आशा गर्नु नै बेकार छ। उनले हत्याकान्डका विषयमा जति कुरा थाहा पाए, ती सबै अरुका मुखबाट सुनेका हुन्। जुन कुरा तपाईँले पनि अहिलेसम्म सुन्दै आउनु भएको छ। भटट प्रतिवेदन (प्रतिवेदन सार्वजनिक गर्ने क्रममा आयोग सदस्य तारानाथ रानाभाटले भटट शब्द उच्चारण गर्दै हान्दिम भनी दीपेन्द्रले चलाएको भनिएको बन्दूक पत्रकारतिर तेर्स्याएको कारण यो कान्डलाई भटट कान्ड पनि भनिन्छ। रानाभाटको चर्तिकला हेर्ने भए यहाँ क्लिक गर्नुस्) मा प्रत्यक्षदर्शीहरुको बयानमा पनि त्यही कुरा छ।
शाहले पेज ५४ मा लेखेका छन्- घटनास्थलको वास्तविकता त्यही हो। अर्थात् भटट प्रतिवेदनले जस्तो देखाएको छ, त्यही हो। घटनाका बेला उनी प्रत्यक्षदर्शी नभएकोले घटना हुनुको कारण बारे उनले अनेक थरि अनुमान लगाएका छन्, जस्तो कि तपाईँले पनि लगाउनु हुन्छ। फरक यति हो, उनले दरबारलाई नजिकबाट देखेका कारण उनको अनुमान हाम्रो अनुमानभन्दा फरक हुनसक्छ।
घटना हुनुको पछाडि के के कारण हुनसक्छन् भन्ने विषयमा विस्तृत छानबिन हुनुपर्ने उनी बताउँछन् पुस्तकमा। यस्तै माग जनताले पनि अनि नेताहरुले पनि वर्षौँदेखि गर्दै आएका हुन्। देशीविदेशी शक्ति केन्द्रको, दीपेन्द्रलाई उकास्ने व्यक्ति, उनलाई लागू पदार्थको कुलतमा फँसाउने गिरोह आदिको अनुत्तरित प्रश्न खोज्नु पर्ने माग उनको पुस्तकमा छ। जनताको भने एउटा अर्को प्रश्न पनि छ- ज्ञानेन्द्रले आफ्नो शासनकालमा गोली चलेको त्रिभुवन सदन किन भत्काउन आदेश दिए ? किन घटनास्थल अहिले भग्नावशेषमा परिणत गराइयो ?
पुस्तकमा यसको उत्तर छैन। बरु केही हल्लाको खण्डन गरिएका छन्। मास्क लगाएर अरु कसैले हत्या गरेको होला भन्ने आशंकालाई उनले खण्डन गर्दै दरबारमा कडा सुरक्षा हुने भएकोले (सैनिक सचिव भएकोले उनी सुरक्षाको जिम्मेवारी लिनुपर्ने मानिस हुन्) कोही बाहिरिया मानिस त्यहाँ त्यसरी मास्क लगाएर हतियार ल्याउनै नसक्ने तर्क गर्छन्। तर उनले दरबारभित्र युवराज र अरु राजपरिवारका सदस्यलाई लागू पदार्थ कसरी सप्लाइ हुँदो रहेछ भन्ने बारे केही बताउन सकेका छैनन्। लागू पदार्थ जस्तै हतियार आयो कि ? लागू पदार्थ भित्री मानिसले ल्याए सरह मास्क पनि दरबार भित्रैकाले लगाएर प्रयोग गर्न सक्छन् कि सक्दैनन्- यस्ता प्रश्नको जवाफ पुस्तकमा पाइँदैन।
उनले ठहर गरे सरह पुस्तकमा भनेका छन् कि दायाँ हातले स्वचालित मेसिनगनले फायर गरेर अन्त्यमा देब्रे हातले देब्रे कञ्चटमा गोली हानी दीपेन्द्रले आत्महत्या नै गरेका हुन्। ‘उक्त घटनामा तत्कालीन युवराज दीपेन्द्रकै प्रत्यक्ष र प्रमुख हात देखिन्छ’ (पेज ३८)
दीपेन्द्रको रामकहानी
दीपेन्द्रलाई दोषी ठहर गर्न सहायक हुने गरी उनले पुस्तकमा तत्कालीन युवराजका विभिन्न प्रसंग लेखेका छन्। आमाबाबु भएर पनि माया नपाएर टुहुरो जस्तो भएको दीपेन्द्र, सानैदेखि जिद्दी स्वभावका मात्र प्रसंग यसमा छैनन्, झण्डै झण्डै युधीर थापाको उपन्यासको प्लट जस्तो लाग्ने गरी दीपेन्द्रको यौनलोलुप प्रवृत्तिको पनि बयान गरिएको छ।
दीपेन्द्र सार्वजनिक रुपमा जस्तो देखिन्छन्, भित्र त्यस्तो नभएको उनको कथन छ। दीपेन्द्रको परपीडक प्रवृत्तिको बयानका लागि एक शीर्षक नै छुट्याएका छन् उनले। ठूलो मान्छेलाई मुक्का हानेर लडाएर छटपट गर्दा हाँस्ने, गुलेली हानेर परेवा झार्ने, नमरे तडपाउने, जिउँदो मुसा समातेर पुच्छरमा आगो लगाउने घटनाको बयान पुस्तकमा छ।
त्यसैगरी केटीका मामिलामा साह्रै कमजोर प्रमाणित गर्न पुस्तकमा दीपेन्द्रले सुरुमा सुप्रिया शाहसँग अफेयर चलाएको, ७ क्लासदेखि नै उनलाई लभलेटर लेख्ने गरेको, बेलायतमा पढ्न गएदेखि देव्यानीसँग पनि अफेयर चलेको, त्यसपछि दुवै जनासँग एकै पटक अफेयर चलाएको, बेलायत मै हुँदा एक जापानी केटीसँग पनि अफेयर चलेको, ती जापानीसँग पनि विवाह गर्छु भने फकाउने गरेको प्रसंगसहित पेज ४७ मा उनले लेखेका छन्- बेलग्रेडमा मैले के देखेँ भने युवराजधिराज सरकार केटीहरुका मामिलामा ज्यादै कमजोरी देखाइबक्सन्थ्यो। यसो गरेँ, उसो गरेँ भनेर विभिन्न प्रसंग सुनाइबक्सन्थ्यो। बेलग्रेड कै होटलमा एक स्थानीय केटीसँग लिफ्टभित्र साढे दुई घण्टा बसेर एकै पटक बिहान ‘हाँस्दै सवारी भएको’ कुरा लेख्न पनि उनले भ्याएका छन्।
भारतको हात ?
उनले हत्याकान्डका पछाडि भारतको हात हुनसक्ने भनी लगाएको अनुमान सर्वसाधारणले ज्ञानेन्द्र पारसको हात हुनसक्ने भनी लगाएको अनुमान जस्तो मात्रै हो। पुस्तक पढ्दा त्यस्तै देखिन्छ। बरु केही नयाँ रहस्य यस क्रममा खोलिएका छन् जस्तो कि हतियार कारखाना नेपाल मै खोलेर एसेम्बल हतियार दक्षिण एसियामा बेच्ने वीरेन्द्रको योजना, माओवादी समस्या समाधानका लागि वीरेन्द्रले बनाएको विशेष योजना। भारतको हात हुनसक्ने अनुमान जस्तै अर्को एउटा अनुमान पनि उनले गरेका छन्। वीरेन्द्र र ऐश्वर्य तन्त्रमन्त्रमा धेरै विश्वास गर्थे रे। तान्त्रिक प्रयोगको उल्टो परिणामस्वरुप हत्याकान्ड भएको त हैन ? उनले यस्तो अनुमान पनि गरेका छन्।
हत्याकान्डको विषयमा मूलतः यिनै कुरा पुस्तकमा छन्। त्यसबाहेक उनको पुस्तकको अधिकांश भाग उनको डायरीले ओगटेको छ, जुन इतिहासप्रति रुचि राख्नेहरुका लागि राम्रो छ। रुचि नराख्नेलाई यो वाक्कलाग्दो हुन्छ। किनभने प्रसंग र सन्दर्भ बिना के भनेको हो बुझ्न पनि गाह्रो हुन्छ केहीलाई। केही प्रसंगहरु ‘नेपाली विकिलिक्स’ जस्ता छन्। आगामी दिनमा म त्यस्ता केही विषय लेख्नेछु।
========================================
दरबार हत्याकान्डबारे पारस र हिमानीको बयान
१४ वर्षअघि दरबार हत्याकान्ड हुँदा पारस श्री ५ शाहज्यादा थिए अनि हिमानी श्री ५ शाहज्यादी। हत्याकान्डपछि उनका बुबा ज्ञानेन्द्र श्री ५ महाराजधिराज भए। तर उनीहरुलाई युवराज/युवराज्ञी घोषणा गर्न भने दशैँसम्म कुर्नुपर्यो। देशमा गणतन्त्र घोषणा भएपछि दुवै पूर्व युवराज/युवराज्ञी भएका छन्। २०५८ जेठ १९ गते नारायणहिटी दरबारमा हत्याकान्ड हुँदा दुवै घटनास्थलमा थिए। उनीहरुले घटनाबारे छानबिन गर्न तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित सभामुख तारानाथ रानाभाट सदस्य भएको उच्चस्तरीय आयोगलाई के बयान दिएका थिए? धेरैले बिर्सिसके होलान्। पढ्नुस् पारस र हिमानीको बयान।
श्री ५ शाहज्यादा पारस वीर विक्रम शाह
समितिः सरकार, राजदरवारमा भएको १९ गते जुन पारिवारिक जमघट थियो, त्यसमा सरकारको उपस्थिति छ भन्ने जानकारी हामीलाई प्राप्त भयो । त्यसबाट सरकारले के नजर गरिबक्स्यो, के अनुभव गरिबक्स्यो, त्यो सबै जानकारी भएको सुनेको कुराहरु चाहीँ हामीलाई प्राप्त भएमा रिपोर्ट दिन सजिलो पर्ने थियो ?
जवाफः अब, हामी पुग्यौं त्यहाँ त्यस्तै अन्दाजी साढे ७ भन्दा अलि ढिलो पुग्यौं । हामी त्यही …. ७ ।४० तिर पुग्यौं, सबै जना आइसकेको थियो । मुमा, म, बहिनी, हिमानी र हामी अलि ढिलो पुग्यौं । ७ ।४० तिर पुग्यौं, पुग्दाखेरी अ… युवराजाधिराज अलिकति ककटेल ज्यूनार भैसक्या जस्तो थियो । अनि के खाने–मैले कोक मात्र खाने विचार गरेँ ।
ए कोकमात्र खाने ! म त ह्विस्की खाएर बसेको छु हुकुम भयो । त्यो बेलासम्म ठिक्कै होइबक्सन्थ्यो, एकदमै लागेको जस्तो गरिबक्सी राखेकोथ्यो । अ ….. कुरा गर्दाखेरी के भो भन्दाखेरी हैन यहि विवाहको कुरा भइ राखेको छ। मेरो, मुमासँग पनि कुरा गरें । आफूमुमासँग पनि कुरा गरें अनि, दुवै जनाले हुन्न भन्नु भयो । अब आइतवार बुबासँग कुरा गर्छु हुकुम भयो । त्यति कुरा भइ राखेको थियो, त्यत्ति हुँदा हुँदै आठ बज्यो । सबै जनालाई ड्रिंक्स सिंक्स टक्राइबक्स्यो ।
आठ बज्यो आफूमुमा, मुमा बडामहारानी सवारी होइबक्स्यो, फेरी सरकारबाटै सवारी चलाइबक्सेका, फेरी …… ड्रिंक्स दिइबक्स्यो, अनि यस्तै साढे आठतिर महाराजाधिराज सवारी होइबक्स्यो । अफिस सक्याएर सवारी होइबक्स्यो, त्यो बेलामा दाइ हामीसँग भित्र होइबक्सन्थ्यो । जहाँ घटना भयो त्यही कोठामा होइबक्सन्थ्यो । एकदमै लागेको जस्तो ढलिबक्स्यो, बेहोसै होइबक्सेको जस्तो सुकला नै भयो, त्यही भुइमा नै सुकला भयो, म, गोरख, निराजन र राजिव भएर उठाएर लगेर सरकार यहाँ त मिलेन ठूलो बुबा सवारी होइबक्स्यो, अब यसो यस्तो कति छ …… छ माथि सवारी चलाउँछौं भनेर हामी चार जना भएर माथि खोपीमा सवारी चलायौं, त्यो खोपीमा लगेर गद्दीमा त सुकला गराउन पाइन । गद्दीको मुन्तिर सानो ओछ्यान छ नि त्यहीं नै सुताएर गयौं हामीले ।
करीब साढे आठ, जस्तो भाथ्यो, साढे आठ त्यस्तै ३१।३२, आठ ३१ ।३२ होला। हामी तल आयौं। वत्तिसत्ति निभाएर तल आयौं । तल आएपछि अब महाराजाधिराजको भित्रै, मुमा बडामहारानी सरकार जहाँ राज होइबक्सेकोथ्यो त्यहीं नै हेलेन शाहसँग मिटिङ्ग भइ राखेको थियो । हामीले दर्शन गर्न पनि पाएको थिएन, वाहिर कुरेर बसिराखेको थिएँ, त्यहाँ भित्रको मिटिङ्ग आधा घण्टा जति चल्यो होला, मेक्सीमम आधा घण्टाजति चल्यो होला । त्यसपछि हामी दर्शन गरेर यता आयौं । महाराजाधिराज सरकार र मुमा बडामहारानी सरकार पनि यतै सवारी भयो । त्यही कोठामा जहाँ यो घटना भयो, त्यही कोठामा सवारी भयो । भर्खर ड्रिंक्स लिई बक्सेको थियो, महाराजाधिराज सरकारले ।
हामीले चियर्स पनि गरेको छैनौं, भर्खर ड्रिक्स लिई बक्सेको थियो, यसै बीचमा अब हामीचाँही एतापट्टी कुनामा थियौं हजुर, देखिएन युवराजधिराज सवारी भएको । अ….. हामीले युवराजधिराज सवारी भएको देखेनौं, हामी कुनामा थियौं । मैले त यो ….. …….. ……………….
समितिः कुना भनेको त्यो बडामहारानी सरकार राज भएको कुर्सितिर कि?
जवाफः होइन क्यारेमवोर्ड छ नि ।
समितिः क्यारेमवोर्ड यो?
जवाफः क्यारमबोर्ड, क्यारमबोर्ड छ नि ।
समितिः त्यो वारको पछाडि ?
जवाफः हो, बारको पछाडि त्यो …… कुनामा हामी बस्ने कुना त्यही हो । हामी Youngs हरुको, अब त्याहाँ उताबाट चुरोट सुरोट समाएको नदेखियोस् भनेर त्यो कुनामा हामी धेरै जस्तो बस्ने त्यही कुनामा हो । अनि त्यहाँ मैले सवारी भएको कोही देखेको थिइन, मैले सवारी भएको भनेको थाहा पाएको पहिलो बन्दुक पड्केपछि थाहा पाएँ । गड्याङ्ग ग¥यो, त्यत्ति ३ राउण्ड जति फायर भएको छ । पहिले सवारी हुने वित्तिकै ३ फाएर भएको छ । एउटा माथि छ, एउटा सिधा छ । त्यसरी दागि बक्सदाखेरी एउटा सिधै गएको छ, एउटा माथि गएको छ । ३ राउण्ड जस्तो लाग्छ मलाई जहाँसम्म लाग्छ । अब त्यस्तो हुँदाखेरी ३ राउण्ड जस्तो लाग्छ फर्स्ट मैं त्यो पनि आवाज ।
महाराजाधिराजले के गरेको मात्र हुकुम भएको थियो ड्याङ्ग ड्याङ्ग एउटा यस्तोमा एउटा यस्तोमा । महाराजाधिराज ढलिबक्स्यो । म र डाक्टर राजीव सँगसँगै । दुइजना कुदेर गयौं । डा. राजीव चाही महाराजाधिराज भएको ठाउँमा कुद्न भ्यायो हजुर, मलाई चाहीं अधिराजकुमारी शोभाले जानै दिन बक्सेन, तिमी त्यहीं बस हिड्ने होइन, हुकुम भयो। त्यही नै मैले पछाडी फर्केर बहिनीहरु सबै जनालाई ढल्नलाई सुत तिमिहरु यहाँ भने । यहाँ वाङ्ग वाङ्ग पड्कन थालिसक्यो सबै जना सुत भनेर त्यो लाइन क्रोसियरमा सबैजनालाई राखें । उता दुई जना सिनियर मेम्वरहरु पनि महेशकुमार र रवी शम्शेर दुवै जना पनि मेरै छेउमा थियो । दुवै जनालाई पनि मैले लाइन क्रोसियरमा राखें ।
यत्तिमै यत्ति हुँदा हुँदै युवराजधिराज सरकार, फेरि फर्केर सवारी भयो । मैले देखेको चाहीं हजुर, महाराजाधिराजलाई हानिबक्सेको देखें । धिरेन्द्र सरकारलाई हानी बक्सेको देखें, बाबा enough, you done enough damage भनेर second time फर्केर जाँदाखेरी, धीरेन्द्र सरकारले के हुकुम भयो भने you done damage हुकुम भयो । त्यति हुकुम हुँदाखेरी ड्याङ्ग ड्याङ्ग अर्को एउटा यस्तोमा लागेको छ । एउटा होकी दुइटा त्यो पनि धीरेन्द्र सरकारलाई, राम्रो सँग सम्झन सकेको छैन । ढलिबक्स्यो । धीरेन्द्र सरकार ढलिबक्स्यो, ढलिबक्से वित्तिकै त त्यसपछि त अरुहरु मान्छेहरु त one after another को ढल्यो को ढल्यो त्यसपछि राम्रोसँग भन्न सक्दिन । म पछाडि फर्केर बहिनीहरु सुताउन थाली सकेको थिए, अं…… मैले ढलिबक्सेको देखेको महाराजाधिराज ढलिबक्सेको देखें यता, कुमार खड्ग ढलिबक्सेको थियो, उता कुमार गोरख ढलेको देखें।
त्यो चाही फर्स्ट मै ठूलो बुबा सँगसँगै ३ जना ढलेको छ। त्यो First Automatic weapon MP-5 को फाएरले ३ जना ढलेको छ । वाहिर सवारी भयो, फेरी फर्केर सवारी भयो, त्यसपछि त्यो सानो weaponMP-5 automatic त्यो फालिबक्स्यो, त्यो weapon महाराजाधिराज सरकारले टिपिबक्स्यो । त्यो weapon टिपिबक्सेको थियो । अधिराजकुमारी शोभा सवारी भएर त्यो weapon लिई बक्स्यो, म्यागजिन पनि झिकिबक्स्यो । त्यही भइमा राख्दीबक्स्यो त्यो । अब के भन्ठानी बक्स्यो भने त्यही एउटा मात्र होला भन्दठानी बक्सेछ । दाइले चाही अरु पनि बोकिबस्केको मैले पनि देखेको हो । अरु तीनवटा बोकिबस्केको थियो, चारवटा थियो weapon । एउटा चाहीने बन्दुक लेफ्ट साइडमा थियो ह्यान्ड गन। ह्यान्ड गन चाहीँ लेफ्ट साइडमा थियो । दाहिने वगलिमाः MP5 थियो । भिरिबक्सेको Shot Gun र एम १६, त्यो Automatic हो । भ्यार्रर गरेर ठूलो बुबालाई हानीबक्स्यो, कान्छो बुबालाई पनि हानी बक्स्यो, यता खड्ग विक्रम ढलिबक्स्यो उता गोरख ढल्यो । त्यो first attack मै कता कता दागेर वाहिर सवारी भयो । त्यसछि हामी त कुनैमा थियौं । वाहिरपट्टी के भयो मैले त देखिन फेरी भित्र सवारी भयो । सवारी भएर ठूलो बुबालाई ………………
समितिः समयको त्यस्तो कुनै ग्याप लामो ग्याप त हैन ?
जवाफः छैन, एक मिनेट पनि छैन, ३० सेकेण्ड होला म्याक्सिमम्, म्याक्सिमम् भए ३० सेकेण्ड, भित्र बाहिर भित्र वाहिर गरिबक्स्यो । सवारी भयो ठूलो चाही बन्दुक एम १६ एम १६ ले पहिले नै ठूलो बुबाको माथमा हानिबक्स्यो, सट त्यस पछि यता सवारी भयो, खड्ग फुपाजु ढलिबक्स्यो, कुमार खड्ग त्यो वारको ठ्याक्कै तल ढलिबक्स्यो ।
…………. हजुर, उतापट्टी गोरख, ठूलो बुबा बीचमा स्नुकर बोर्डको तल गोरख ढलिराखेको थियो, …… श्रुति, त्यसपछि श्रुति मैले आएको देखिन, गोरखलाई गएर बाबा तिमीलाई पनि लाग्यो भनेको देखें । त्यो गएको बेलामा उताबाट फर्कि बस्क्यो, युवराजाधिराज सवारी भयो, यतापट्टी ढली राखेको थियो हजुर, पहिला कुमार खड्ग ढलेकोमा अधिराजकुमारी शारदा सवारी भो । तिमिलाई के भयो तिमीलाई के भयो भनेर सवारी भई माथि पट्टी सुतिबक्स्यो, खड्ग फुपाज्यूको माथि ढलेर कवर गरिबक्स्यो । युवराजधिराज सवारी भयो ड्याङ्ग ड्याङ्ग point blank ड्याङ्ग ड्याङ्ग ड्याङ्ग यस्तो घारीबाट देखेको त्यही देखेको । त्यो भएको म यताको कुनाको मेचमा त्यो वारको मूनिबाट त्यो चाही राम्रो सँग देखेको हो मैले । ड्याङ्ग हानी बक्स्यो । त्यो गोली आएर यतापट्टी कार्पेटमा लागेछ ।
भएर आएर मेचको यतापट्टी काठमा लागेर मेरो साइडमा महेश कुमारलाई राखेको थिएँ मैले, त्यो गोली उछिट्टिएर गएर उसको यस्तोमा लागेको हो । त्यो चाही लागेको उसलाई । अब त्यस पछि फेरी वाहिर सवारी भएको हो कि म राम्रो सँग सम्झन सकिन, वाहिर सवारी भएको जस्तो लाग्दछ, दुईतिन चोटी गरिबक्स्यो भित्र, वाहिर, Third time सवारी हुँदा चाही यता … अ… शाहज्यादी जयन्ती दिदी, केतकी अ… श्रुति ३ जनालाई हानी बक्स्यो । श्रुती Third time ‘। अनि बाहिर सवारी भयो युवराज सरकार चाही मैले त्यसपछि, यता कुनामा सवारी भयो, त्यो अग्लो मेच जस्तो छ नि हजुर, त्यो, कुनामा सवारी भयो, त्यसपछि डाइरेक्ट नजरमा हामी प¥यौ ……. के गरिबक्स्या हजुर ….. हामी ….. के गरिबक्स्या please …… गई बक्स्योस भनेर त्यो विन्ति जाहेर गरें मैले । नत्र भए सवै जनालाई हानेको भए म थिएँ, महेश मेरो पछाडि थियो, रवी उतापट्टी ठ्याक्कै वारको मुनि रवि थियो । अ…… महेशको पछाडि मेरो वहिनी छ । पछाडी मेरो वाइफ थियो, मेरो वाइफ पछाडि मेरो ३ जना वहिनीहरु मैले राखेको थिएँ । लुकाएर राखेको थिएँ । एउटा वहिनी चाँही त्यो सोफा जस्तो छ त्यसको पछाडि राखेको थिएँ ।
एकदमै कभर गरेर राखेको थिए मैले । मैले चाही दाइसँग के गरिबक्स्या हामी यस्तो यहाँ त हामी मात्र छौं please …. one by one सबैलाई हेरेर छोडेर बाहिर लागिबक्स्यो, त्यसपछि थाहा भयो हामीलाई हानी बक्सेन भनेर । म उठेर गएँ । त्यहाँ अरु मान्छे ढलिराखेको थियो । के के भाछ भनेर मैले कान्छो बुवाका गएँ । पारस मेरो खुट्टा चलाउन मैले खुट्टै चलेन अं. …… मेरा खुट्टा खुम्च्याउन सक्दिन खुट्टा चलाई देउ । अलिकति चलाएँ, फिल गर्न सकिबक्सेन ।
त्यसपछि यता केटाकेटीलाई हेर भन्नु भयो, मैले त मेरो मुमा ढलेको पनि देखेको छैन । मुमा पनि देखेको छैन, यता अधिराजकुमारी शान्ति पनि देखेको छैन, उता उता …… वडामहारानी सरकार निराजनको त वाहिरै कुरा भयो मैले त्यति देखेकै छैन । अनि त्यो बेलामा हेर्दा खेरी मुमा भर्खर उठि बक्सिराथ्यो, ढली बक्सेको । मूमा तल होइसिन्थ्यो । अधिराजकुमारी शान्ति माथि होइसिन्थ्यो । मुमाले चाही घचडेर उठिबक्सेको देखें । म जभउि गरेर उठाएँ मुमालाई । …… मठिक छैन, म ठिक छैन भन्नु भयो, माथबाटपनि रगत आइराखेको यस्तो समातेर बसिबक्स्याथ्यो । माथको रगत चाहिने अधिराजकुमारी शान्तिको रगत रहेछ । मैले त माथमा लागेछ भन्ठानेको थिए पहिला ।
अधिराजकुमारीको रगत रहेछ । त्यतिगरे पछि कहाँ लागेको छ भन्दा यहाँ लागेको छ हुकुम भयो, माथ पनि चेक गरें मैले, केही पनि छैन । त्यसपछि म दौडेर गएर यता मुमा वडामहारानी सरकारकाँ गएँ । वाहिर पनि मैले त फायरिङ्ग सुनेको थिएँ । मैले त उता भन्ठाने, मूमा वडामहारानी सरकरको खोपिमा भन्ठानें । दौडेर त्यहाँ गए त्यहाँ त केही पनि भएको छैन । त्यहाँ यस्तो यस्तो भयो भनेर जाहेर गरें, त्यो बेलासम्म फायरिङ्ग सकिसकेको थियो, म जाँदा मुमा वडामहारानी सरकार ……
समितिः मुमा वडामहारानी सरकार भनेको उता सानो बैठकमा …
जवाफः उता सानो बैठक, वाहिर पट्टीको । त्यहाँ होइबक्सन्थ्यो । त्याहाँ जाँदासम्म firing बन्द भएको थियो । जब म मान्छेहरुलाई हेर्न गएको थिए त्यो वेलासम्म कोही फायरिङ्ग भइ राखेको थियो । वाहिर ….. त्यो चौरमा फायरिङ्ग भइ राखको थियो । लास्ट भएकै चौरमा हो । त्यसमा पनि के भयो म केही भन्न सक्दिन । मैले देखेको होइन । कसलाई हानिबक्स्यो, त्यहाँ कसरी घटना भयो, त्यो पहिला कसलाई हानिबक्स्यो, पछि कसलाई हानीबक्स्यो मलाई थाहा छैन । मैले त मुमालाई लागेको देखेको होइन, अहिले कुरा सुन्दाखेरी वाहिरबाट हानीबक्सेको मुमालाई पछाडी दुइटा वाहिरबाट हानीबक्सेको मात्र सुनें । त्यो मलाई थाहा छैन मैले नदेखेको कुरा म भन्न सक्दिन । मैले देखेको कुराचाही यति हो । म पनि त्यसपछि मान्छेहरुलाई हेरें, सवैजना ढली राखेको छन् । खुट्टा चलाई देउ भन्नु भयो । पाउ चलाएँ, सिधै हेर्न सकिदैन यता केतकी फुपुलाई हेर भन्नु भयो, कान्छो बुबाुले । म खुट्टा पनि चलाउन सक्दिन म हेल्प भन्दा धेरै त्यो जाहेर गरें । दौडेर आपूmमुमा कहाँ गएँ मुमावडामहारानी सरकारकाँ ३ जना होइबक्सन्थ्यो, त्यहाँ केही पनि भएको छैन । बाहिर दौडेर ए.डि.सी.हरुलाई भित्र ल्याएँ । त्यो ए.डि.सी.हरु वाहिर गयो, वाहिर जाँदाखेरी ….. हरु ठ्याक्क आइराखेको थियो ।
म वाहिर पुग्नु र ADC हरु आइपुग्न almost सेम टाइम थियो । अनि त्याहाँ बाहिर गएर के भने यो भित्र मरेको मान्छे पनि छ घाइते मान्छेहरु पनि छ । मरेको मान्छेहरुलाई छाडदेउ । घाइते मान्छेहरुलाई दौडाइहाल पहिला, भित्र लगें घाइते मान्छेहरु सबै जना पहिला उठाएर यलभ दथ यलभ सबै जनालाई जो जो पहिला गए जो जो हाल्न सकें पठाएथें, ५—६ मर्डरहरु थिए । जो जो आए हाल्दै पठाउँदै थिएँ । अब दाइ, बडामहारानी सरकार र भाइलाई भेटाउन, गएको तिमीहरु खोज भनेर ३ जना । दाइको एडिसी दौडेर आयो he shot himself, he shot himself भन्दै आयो।
त्यसपछि भाइ कहाँ भन्दा भाइलाई पनि हानिबक्स्यो । ठूलोमुमा खोइ, ठूलो मुमालाई पनि डाउन, सबै जना डाउन ठुलोमुमाको chance नै छैन भनेर उनीहरुले मलाई भन्यो । मैले देखेको होइन, ठुलोमुमाको चान्स छैन, दाइचाही ऐया ऐया गरेर लडीबक्स्याथ्यो, माथमा लागेको थियो । ल हाल भनेर दाइ र भाइलाई चाही मैले सँगै हालेर दाइको एडिसीले हाल्यो, म अगाडी बसे, पछाडि एकजना ड्राइभरले दाइलाई समाइराथ्यो र भाइलाई समोतेको थियो पछाडी अर्को एक जना थियो । दुइजना चाही म र दुईजना एडिसी अर्को एक जना ड्राइभर भएर अस्पताल पु¥याको । त्यतिवेला महाराजाधिराज सरकारको सवारी चलाइसकेको थियो । ………. सबैभन्दा पहिला त सुन्दर भन्ने एडिसी छ, त्यो गर्दा उ आयो, उता उताबाट घुमेर आयो त्यहाँ त फायरिङ्ग भइ राखेको थियो । उसले अरु मान्छे ल्याउन सकेन, उताबाट वाहिर घुमेर फायरिङ्ग भइ राखेको थियो, उता ढोकाको शिशा फुटाएर मैले आउ भन्दिए । यो फुटाएर भित्र आएर ठूलो बुबा महाराजाधिराज सरकारलाई लग्यो, महाराजाधिराज सरकारलाई पहिला लगेको हो ।
यो राजीव कहाँ थ्यो के थ्यो, राजीव गएको पनि देखेको छैन, हजुर, म पछाडि गर्दै थिए यता मान्छेहरु हेर्दै थिएँ, राजीव गएको मैले देखेको होइन, सबभन्दा पहलिा चाही महाराजाधिराज सरकारलाई लिएर गएको । त्यसपछि चाहीं म गएर मान्छेहरुलाई हेर्न गएको । ए.डि.सी. हरुलाई मैले नै बोलाएर त्यो शिशा ढोका फुटालेर महाराजाधिराज सरकारको सवारी चलाएँ । मैले देखेको त यत्ति नै हो ।
समितिः सरकारले कति weapon use भएको देखिबक्स्यो ?
जवाफः मलाई जहाँसम्म लाग्दछ एउटा एम १६ यूज भएको छ । Glock यूज भएको छ । चारवटा यूज भएको छ । मैले त्यो 12 bore फायर गरेको देखेको छैन । त्यसको फाएर देखेको होइन मैले । अरुचाहीं फायर भएको देखेको छु मैले । यो एम १६ फायर भएको देखेको हुँ ।
समितिः युवराजधिराजको कसरी ? ।
जवाफः मैले सुने अनुसार दाइले आफूलाई हानिवक्स्यो, ब्रिजमा हानिवक्सेको ।
समितिः– यसको पछाडि के यस्तो कारण ?
जवाफः– यो विवाहकै हो हजूर । मलाई जहाँसम्म लाग्छ, विवाहकै हो । यो शुरु भएको पोहोर गएको जन्मोत्सवमा शुरु भएको कुरा हो । पार्टी भएपछि पार्टी भएको त्यही ठाउँमै त्यही ठाउँमा भएको कुरा हो । त्यहीं नै हामी आएर कुरा गर्दाखेरी जो जो against अघि जो जो ] with अब भाई र म ] with जहिले पनि वीथ । दाइको त हामी जे जे हुकुम हुन्छ त्यही गर्ने मान्छे । भाई र म ] with थियौं । अब राजिव त डा. ] with भयो, श्रुती, गोरखहरु र अरु बहिनीहरु against थियो विवाहकोमा । मेन कुरा यही नै जस्तो लाग्दछ । मेन कुरा यही हो जस्तो लाग्दछ ।
समितिः– तर त्यो दिन त्यहाँ त्यो कुरा चल्यो कि चलेन ?
जवाफः– म संग कुरा गरिवक्स्या छैन । मैले अघि तपाईलाई भनेको जस्तो म जाने बित्तिकै के मर्जीभयो भने मलाई मूमासंग पनि कुरा गरें, आफु मुमासंग पनि कुरा गरें, नहुने भयो । अब म बुबासंग आइतबार दर्शन पाउँछु, त्यो बेला कुरा गर्छु, त्यत्ति मात्र हुकुम भाथ्यो मलाई ।
समितिः– राम्रो मुड थियो ?
जवाफः– लागेको जस्तो भएको थियो । एकदमै राम्रो थियो मूढ । त्यस्तो होला भन्ने केही सोचेकै थिएनौं हामीले । एकदमै जोक गरी बक्सेको जस्तो सबैलाई हँसाइवक्सेको थियो, त्यहाँ तल होइवक्सँदासम्म त ।
समितिः– सरकार माथि कसले पु¥याएको ?
जवाफः– हजूर । हामी चारजनाले पु¥याएको । हामी चारजना, एकजनाले कहाँ सक्नु !
समितिः– बोकेरै लगिवक्स्यो ?
जवाफः– दुईजना साइडमा म पछाडि यसरी उचालेर गोरख र भाइले, अं…. राजीव र भाइले दुईजना साइडमा मैले पछाडी समाएर माथि लग्यौं । गोरख होइन, गोरख पछि पछि आउँदै थियो । माथि ……
समितिः– तल सुताइवक्स्यो ?
जवाफः– तल, मेन गद्दीमा त सुताएनौं । तल सुतायौं । मैले भाईलाई भनेको वेपनहरु झिक लैजाऊ, अप्ठ्यारो हुन्छ झिक । ….. पर्दैन होला …..
समितिः– त्यो कोठाबाट ?
जवाफः– कोठाबाट । माथिको कोठाबाट । जुन मेन गद्दी थियो, त्यो गद्दी भन्दा तल अर्को एउटा बेड … ऊ ….. ग्राउण्ड बेड जस्तो त्यहाँ सुताएर हामी तल आएको ।
जवाफः– वेपन्सहरु ?
जवाफः– वेपन्स अब त्यो, त्यस्तो त बोकिवक्सेको छैन । एमपी ५ र मैले देखेको छैन कहाँ थियो । अँ, …… अनि एम १६ चाहिनी त्यो तखताहरु छ नि, जाने बित्तिकै तखताहरु जस्तो छ ।
समितिः– त्यसमा कार्टिजहरु पनि निस्किराखेको थियो ?
जवाफः– हो, त्यो तखतामा छ । त्यो होला … अँ…. बटृाभित्रै बक्स भित्र नै थियो । त्यो तखतामा नै देखेको थिएँ मैले । त्यो चाहीं एम १६ चाहिनी । …… पनि म चिन्छु हजूर जहिले पनि चलाईवक्सिराखेको हो । अब यस्तो हुन्छ भनेर कसले भन्न सक्ला र ?
समितिः– अरु सरकारलाई सम्झिनुपर्ने त्यस्तो केही बाँकी ?
जवाफः– म अब सम्झें भनेदेखि, म त्यही सम्झन खोजिरहेको छु । त्यो यस्तो छिटो भैद्याथ्यो कि सबै कुरा मैले गर्न सकेको काम गरेको हो । अब सक्नेजति गरेको हो । बचाउन खोजेको हो मान्छेलाई । त्यही पनि अरु पनि बचाउन सक्थें कि जस्तो लाग्छ । आफूलाई अहिले, सोंच्दाखेरी । जे जति गरें त्यो कम भयो जस्तो लाग्छ आफूलाई।
समितिः हस् त ।
श्री ५ शाहज्यादी हिमानी राज्यलक्ष्मी देवी शाह
समितिः– त्यो १९ गतेको पारिवारिक जमघटमा सरकारको सवारी भएको भन्ने कुरा आइराखेको छ । लिष्ट प्राप्त ग¥यौं । अब सरकारलाई के कति सम्झना छ ? डिटेलमा पाउन पाएदेखि हामीलाई रिपोर्टको लागि सजिलो पर्छ ।
जवाफः– डिटेलमा त अब के भयो हामीलाई त्यो त थाहा भएन । तर सुरुदेखिन् पहिला हामी गएको आफुमुमा सवारी भयो ८ बजे । त्यसपछि ठूलो बुबा सवारी हुँदाखेरी अलि अगाडि समय त मलाई थाहा छैन ठूलो बुबा सवारी हुनु भन्दा पहिले crown prince लाई निराजन सरकार, पारश, राजीव ज्वाई, गोरख बोकेर खोपीमा सवारी चलाको । पछि महाराजाधिराज सवारी भएको एकै ड्याङ्ग आवाज आयो । अनि ……… अनि त्यसपछि ……. कान्छो बुबा अगाडि सर्नुभयो……..
कान्छा वुवा लाई हानी बक्स्यो अनि ….. कुनातिर यसो सायड परेर लुकेर वसिराखेका थियौं अनि त्यसपछि चुप लागेर बस्यौं …… त्यसपछि फेरी आएर परर पर्र बन्दुक पड्केको सुनेको …………… त्यत्ति नै
समितिः यसमा, अतिरिक्त जानकारी सरकारलाई छ, छैन ? अनि आफ्नो चाही ?
जवाफः हामीतिर पनि बन्दुक तेस्र्याइ रहनु भएको थियो ।
समितिः सरकारहरु चाही उतापट्टी राज होइबक्सेको होला, वारको उतापट्टी?
जवाफः डाइनिङ्ग रुम जाने डोर छ नि त्यसैको एतापट्टी एउटा कर्नर छ, त्यसमा हामी ।
समितिः कहाँनेर ?
जवाफः यतापट्टी चाहिने यतापट्टी साइडमा म थिए ……….. ।
समितिः अनि त्यो बगैचाका कुरा ?
जवाफः बन्दुकहरु पड्केको मात्र सुनें ……….. ।
समितिः धन्यवाद ।
http://www.mysansar.com बाट साभार
No comments:
Post a Comment