हिमालय क्षेत्रमा जाने भूकम्पीय जोखिमका वारेमा फ्रान्सबाट बिद्यवारिदी गरेका भूःगर्भ विभागका उपमहानिर्देशकडा.सोमनाथ सापकोटा भन्छन् ‘मंगलबारको भूकम्पले संसारभरका बैज्ञानिकको अनुमान र अनुसन्धानलाई फेल गरिदियो । बैशाख १२ मा गएको विनाशकारी भूकम्प होस या २९ बैशाखमा गएको शक्तिशाली भूकम्प होस त्यसपछि नेपाली जनजिवन त्रसित छ । अव के होला ? सवैको प्रश्न यही छ । हामीले पनि सापकोटासँग यही प्रश्न गरेका छौ ।
भर्खरै आएका दुई ठुलो भूकम्पले तत्काल नेपाल भूकम्पीय ठुलो जोखिमबाट बचेको छ या छैन ?
जब मंगलबार दिउसो करिव १ बजे ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गयो । त्यो भूकम्प हामीले अनुमान गरेभन्दा फरक भूकम्प गयो । किनभन्दा हामीले ६ को हाराहारीमा भूकम्प जाने अनुमान गरेका थियौँ । हामीले गरेको अहिलेसम्मको अध्ययन अनुसन्धानले त्यही देखाएको थियो तर मंगलबार ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गयो । जुन हाम्रो अनुमानभन्दा फरक थियो ।
बैशाख १२ मा गोरखाको वारपाकमा जुन शक्तिशाली भूकम्प गयो, मंगलबार गएको भूकम्प पनि त्यसको पराकम्पन नै हो भन्छु म । यो क्षेत्रमा भूकम्पको जुन शक्ति थियो मंगलबारको भूकम्पले त्यसलाई स्खलन गराएको छ ।
तपाईको भनाईमा अव ठुलो भूकम्प जाने संभावना अहिलेलाई कम भएको हो ?
हो तत्काललाई फेरी ठुलो भूकम्प जाने संभावना एकदम न्यूनछ । पराकम्पनहरु मुख्य कम्पनभन्दा ठुला कहिले हुँदैन । तर यहाँ ७ भन्दामाथी ८, ९ रेक्टर स्केलको भूकम्प जान्छ भन्ने हल्लाहरु आएका थिए । ७ दशमलव ६ रेक्टर स्केलको भन्दा ठुलो भूकम्प वारपाक या यो क्षेत्रमा जान सक्दैन । मंगलबार मैले मात्र हैन संसारभरका बैज्ञानिकहरुले गरेको अनुमान भन्दा अलि फरक र ठुलो पक्कै पनि गएको हो । यो अर्काे भूकम्प गएको अहिले नै भनिहाल्न मिल्दैन यो पहिलो भूकम्पको पाराकम्पन हो । त्यहाँ केही बढि शक्ति थियो । मंगलबारको भूकम्पले त्यसलाई स्खलन गरिदिएको छ । अब फेरी मेजर भूकम्प जान्छ की भन्ने संभावनालाई अहिले न्यून गरिदिएको छ ।
कतिपय बैज्ञानिकहरुका अध्ययनलाई उर्दृध गर्दै काठमाडौं उपत्यका मुनी पनि केही दरारह फल्टलाईन पनि छन् । अझै पनि काठमाडौ उपत्यकामा ठुलो भूकम्प जान सक्छ भन्ने छ नी ?
काठमाडौंको मुनी मात्र हैन उच्च हिम श्रंखलाको भेदमा ३ हजार मिटर उचाई छ जुन हाम्रो सतहमा त्यसको करिव १८ किलोमिटर गहिराईमा ठुलठुला भूकम्पहरु जाने गर्दछन् । २०९० सालको भूकम्प होस या १२५५ सालको भूकम्प होस या राजा अभय मल्ल मरेको भूकम्प होस अथवा १८३० भूकम्प होस सवै भूकम्प जाने हाम्रो एउटै स्रोत हो उच्च हिमाली हिमश्रंखला । उच्च हिमाली हिमश्रंखलाको फेदमा ३ हजार मिटरदेखि चुरेको फेदसम्म कतै ८० किलोमिटर होला कतै सय किलोमिटर होला चौडाई अनुसार फरक फरक छ । यो क्षेत्रमा के हुन्छ भन्दा खेरी प्रत्येक पटक भूकम्प जाँदा दक्षिणतिरको भाग धस्सिएको हुन्छ । काठमाडौं उपत्यका मुनीको १२ देखि १५ किलोमिटरको गहिराईमा सरफेस छ । जुन चुरेसम्म फैलिएको छ । तर केही समयपछि काठमाडौं मुनी नै केन्द्रविन्दु बनाएर भूकम्प जाने भन्दापनि माथीका भूकम्पहरु जव छिन हुन्छन् तब दक्षिणतिरको जुन जमिन विस्थापित गरेको छ त्यहीबाट काठमाडौं वरपर केन्द्रविन्द बनाएर साना साना भूकम्पहरु जान सक्छन् ।

अब फेरी ठुलो स्तरको भुकम्प जानलाई केही दशक लाग्न सक्छ भन्ने एउटा तर्क पनि छ । त्यो तर्कमा बल छ ?
छ किन भने इस्वीसम्वत १८३३ मा जुन दरार भाँचियो, संचय भएको शक्ति क्षण भयो, त्यही दरारमा १८२ बर्षपछि अहिले भाँचिएको अवस्था हो । अहिलेको भूकम्पीय अवस्थाको क्राइसिस कसरी अन्त्य हुन्छ ? कहिँ कतै गएर अन्त्य त हुनु परयो । तर मंगलबारको भूकम्पले हामीलाई नयाँ तरिकाले सोच्न बाध्य पारेको छ । पहिलो भूकम्पपछि हामीले जनतालाई अन्तरापनि घट्यो, भुलो भूकम्प जाँदैन तर पराकम्पनहरु आइरहन्छन् । होसियार त हुनुहोस तर ठुलो पराकम्पन आउँदैन भन्दा भन्दै फेरी अर्काे ठुलो पराकम्पन गएपछि दुनिँयाभरका बैज्ञानिकलाई सोच्न बाँध्य बनाएको छ ।
विश्वका अन्यदेशहरुमा पनि एक पटक भूकम्प गएपछि लगभग त्यही बरावरका भूकम्पहरु गएका इतिहासँ पनि त रहेछन नी तर तपाईहरुले किन संभावन कम भनेको त ?
हामीले मात्र हैन संसारभरका बैज्ञानिकले १५, २० दिन भइसक्यो, पराकम्पनहरु बिस्तारै डिले भइसक्ये, हाइटीमा पनि १२ दिनपछि अर्काे पराकम्पन आएको थियो । संभावना न्यून देखेको तर नकारेको भने होइन । ७ दशमलव ६ भन्दा ठुलो आउने संभावनालाई हामीले नकारेको हो, तर त्यो भन्दा सानो आउने संभावनालाई हामीले न्यून मात्र भनेको हो नकारेको होइन फेरी ।
पहिलो भूकम्प जुन ठुलो प्रकारको आउनु पथ्यो त्यो आएन अझै आउने संभावना छ भन्ने तर्क पनि छ त्यसमा बल छ ?
यसमा पनि बल छ । किनभन्दा खेरी नेपाल भूकम्पीय जोखिममा पर्ने मुलुक हो । यसमा केही बल छैन भन्दापनि बारपाक र दोलखालाई केन्द्र बिन्दु बनाएर फेरी अर्काे ठुलो भूकम्प आउन भन्नेमा कुनै तुक छैन । पूर्वतिर पनि मलाई लाग्छ ९० सालको भूकम्पले चिरा पारेको शक्तिपनि क्षण भइसकेको छ । त्यो क्षेत्रमा संभावन न्यून छ । तर हिमालयको संभावना त यथावत नै छन् नी ।
त्यसो भए काठमाडौं उपत्यकाभन्दा उत्तरपश्चिमतिर संभावना छ ?
अझै पनि त्यो क्षेत्रमा केही चिराहरु छन् । त्यो हाम्रा लागि ठुलो जोखिम छ । किनभन्दा खेरी ति चिराहरु एकै पटक भाँचिन्छन या खण्ड खण्डमा भाँचिन्छन अथवा ति भाँचिन हजार बर्ष लाग्छ अथवा ५ सय बर्षमा भाँचिने हुन त्यसको बारेमा अध्ययन अनुसन्धान धेरै सिमित छ । वारपाकपछि नेपालको भूकम्पीय खोजिमका बारेमा नयाँ सोचबाट अध्ययन गर्न जरुरी छ ।
http://yeskathmandu.com बाट साभार
No comments:
Post a Comment