Wednesday, February 11, 2015

स्विट्जरल्याण्डमा अर्बौं कालो धन लुकाउने आठमध्ये एक सुमार्गी !



ajaya sumargi


काठमाण्डु, २८ माघ– स्विजरल्यान्डको एचएसबीसी बैंकमा ८ नेपालीको ५ अर्ब ४० करोड रुपैयाँ (५४ मिलियन अमेरिकी डलर) कालोधन लुकाएर राखिएको खुलासा भएपछि ती को–को होलान् भन्ने चासो धेरैले राख्ने गरेका छन् ।

एक संस्थाले उपलब्ध गराएको सूचनाका आधारमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले केही दिनअघि सो समाचार बाहिर ल्याएका थिए । समाचारमा कालोधन लुकाउने नेपालीको नाम खुलाइएको छैन ।

सम्पत्ति शुद्धीकरण विभागले ती व्यक्तिको खोजी पनि सुरु गरिसकेको छ । स्रोतका अनुसार कर छलीबाट आर्जन गरेको अकुत सम्पत्ति लुकाउने मध्येका एक विवादास्द व्यापारी अजयराज सुमार्गी हुन् ।

लुकाइएको ५ अर्बमध्ये सुमार्गीको मात्र तीन अर्बभन्दा बढी रकम रहेको दाबी श्रोतको छ ।

यसअघि सुमार्गीको श्रोत नखुलेको करिब तीन अर्ब रूपैयाँ नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा फेला परेको थियो ।

जोदा इन्भेष्टमेन्ट नामको स्याट्लाइट कम्पनीमार्फत विभिन्न देशबाट आएको उक्त रकम रोक्का गर्न नेपाल बैंकले ती दुवै बैंकलाई पत्राचार गरेको थियो । नेपालमा दर्ता नै नभएको कम्पनीका नाममा आएको उक्त रकम आएको खुलासा राष्ट्रबैंकले गरेको थियो ।

बैंकले सो रकमको श्रोत खुलाउन भनेको छ । सुमार्गीले अझै त्यसको श्रोत खुलाउन सकेका छैनन् । सुमार्गीले विदेशी लगानी भित्र्याउने बहानामा कालो धनलाई सेतो बनाउने उद्देश्यका साथ सो रकम नेपाल ल्याएको खुलासा यसअघि नै भएको हो ।

रकम वैधानिक बनाउन उनी अहिले पनि प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री रामशरण महत र उद्योगमन्त्री महेश बस्नेतको दलाली गर्दै आएका छन् । तर उनीहरुबाट काम नहुने देखिएपछि सुमार्गी रकम माया मार्ने मनस्थितिमा पुगेका छन् ।

साभार -       www.kathmandutoday.com

No comments:

Post a Comment