Sunday, February 22, 2015

जनयुद्ध र थाकेका अगुवाहरू - ऋषिराज बराल

Baral 3
ऋषिराज बराल

नेपाली सन्दर्भको जनयुद्धको चर्चा गर्दा यसको उमेर १८ वर्ष भएछ । असाध्यै हलक्क बढेको, तर निश्चित चरणमा पुग्दा अर्थात् समय नपुग्दै आँधी, हुरी र बतासले लछारपछार पारेको वासनादार कुनै फूलको बिरुवाका झैँ भएको छ यसको इतिहास । अथवा आकाश छुन तछाडमछाड गर्दै अग्लिन खोजेको, तर तुषाराले कठ्याङ्ग्रिएर  भुइँमै कतै हराएको हिमाली भेकमा उम्रेको धुपीको कुनै विरुवा झैँ भएको छ यसको इतिहास ।
त्यसबेला जन्मेको कुनै मान्छे पात्र अब लक्का जवान भइुसकेको छ । दश वर्ष पुग्दासम्म मान्छेको संस्मरण शक्ति परिपक्व हुन केही समय लागे पनि उसले आफू वरिपरिको कुराको संझनालाई केही न केही मात्रामा सँगालेकै हुन्छ ।  जो २०६३ पछि जन्म्योउसले विगतका घटनाहरूमा,  इतिहासका पानाहरूमा अथवा बाआमाका कथाहरूमा  सुन्नेछ हाम्रो महान् जनयुद्धको महागाथा । ती देखिजान्नेहरू र ती सुनीजान्नेहरूले  कथा हाल्ने छन् एका देशमा …।
म अलिकति भावुक भएको छु । यो भावुकताभित्र रोमान्टिक भाव होइन,  केही आक्रोस र केही विद्रोहभाव छपीडा पनि छ । हामी जो चकडस्टर छोडेर युद्धमोचार्मा सहभागी भयौँ हाम्रो छापामार हाम्रो लाला सेना…। हामी जसले हिउँतुषारोहुरी बतासचट्याङ र हेलीआतङ्क विरुद्ध प्रतिरोध गर्दै युद्ध मोर्चाका समाचारहरू लाइभ टेलिकास्टगर्यौँ ”कमरेडहरूठीक यतिबेर, ठीक यतिबेर हाम्रो एसल्ट ग्रुप  दुस्मनको अन्तिम बङ्कर कब्जाको तयारीमा छ र केही बेरपछि हाम्रो रातो झन्डा त्यहाँ फहरिने छ…।  सायद हामीले त्यति सारो केही गुमाएनौँ । बरु थुप्रै कुरा आर्जन गर्यौँ  । हामी  अनुभवले समृद्ध भयौँ । सुन्थ्यौँपढ्थ्यौँरुसमा यस्तो भयोचीनमा यस्तो भयो  भनेर । भोग्यौँ हामीले । मान्छेहरू प्राणको आहुति दिन  कति सारो तँछाडमछाड गर्दा रहेछन् ! मान्छेहरू बलिदानका लागि कतिसारो प्रतिस्पर्धा गर्दा रहेछन् ।  प्यारो भनेको आफ्नो जीवन  न हो । त्यही जीवन बलिदान गर्न मान्छे भुँइँमा बन्दुक खस्न नपाउँदै कसरी लामबद्ध हुँदो रहेछ । कहाँबाट आउँदो रहेछ त्यो त्यागत्यो उत्सर्गभाव ! साथी ढलेको देख्दा कसरी तात्तो रहेछ छाती र मुटु !  कसरी हाँसीहाँसी पठाउन सक्ता रहेछन् बाआमाहरू छोराहरूलाई बन्दुक समाउन । मुटुको टुक्रा न होकसरी पो गर्वका साथ भन्न सक्छन्— देश र जनताको मुक्तिका लागि मेरो सन्तान सहिद भयो भनेर । तर सक्ता रहेछन्यस्तै रह्यो हाम्रो जनयुद्ध ।
त्यसै आएको छैन यो उदात्तभाव । छएउटा सन्दर सपना छ त्यहाँ । एउटा नयाँ संसारहाम्रो संसार शोषण र दमन नभएको संसारको कामना छ त्यहाँ । वर्षौदेखि उत्पीडनबाट मुक्त हुने उत्कण्ठा छ त्यहाँ । मन रमाउने हरियो धरती र सुनौलो आकासका लागिबिहान खाए बेलुका के खाउँ भन्ने संसारबाट मुक्त हुनका लागि त बोकेका थियौँ हामीले बन्दुक । एउटा कासनमा ऊ मृत्युवरण गर्न तमतयार हुन्थ्योमरे सहिदजिते संसार । तर त्यसो भएन । उज्यालो हुनहुन लाग्दा फेरि साँझ पर्योकुनै दन्त्यकथाका झैँ भयो । अचानक के के भएजस्तो भयो  । बेतालपच्चिसीको कथाझैँ भयोकता हिँडेको मान्छे कता पुगियो । रात परेर जङ्गलमा बाटो हराएको मान्छेको कथाझै भयो । 
पढेका त थियौँ हामीले  इतिहासमाक्रान्ति मुखमुख त प्रतिक्रान्ति घाँटीघाँटी भनेर । पढेका थियौँ हामीले अमुक देशमा अमुक नेताले क्रान्तिप्रति  यस्तो गर्यो  भनेर । गद्दारीका थुप्रै कथाहरू पढेका थियौँ हामीले । तर हामीले आफ्नै आँखा अगाडि देख्यौँ,  भोग्यौँ— चुलिएको त्यत्रो पहाड कसरी गल्र्यामगुर्लुम हुँदो रहेछ  । आदर्शहरू कसरी भत्किँदा रहेछन् र नायकहरू कसरी खलनायकमा पतन हुँदा रहेछन् । बलिदानमाथि खेलवाड गरियो,  सहिदको रगतमाथि महलहरू ठडिए । कसैका परिवारको अझैसम्म अत्तोपत्तो छैन । कसैका परिवारका सदस्यहरू नवराजकुमारमा परिणत भएका छन् । ती महिनैपिच्छे श्रीमती फेर्छन् ।  कोही भोकको कारण कर्णलीमा हाम फालेर मृत्यु रोज्न बाध्य छ र कोही राजमहलको ठाँटबाठमा विराजमान छ । गम्छु कहिलेकाहीँ के कालागि जान फ्याल्यौ बाबै कसका लागि ज्यान फ्याल्यौ !
गजबको भएको छ हाम्रो इतिहास— कसरी एक कालखण्डको नेता अर्को कालखण्डमा गद्दारमा परिणत हुँदो रहेछ ।  कसरी क्रान्न्तिकारी पार्टीको इतिहासलाई एकाध गद्दारहरूले फोहोरको डङ्गुरमा परिणत गर्दा रहेछन् । कसरी सिङ्गो पार्टी, नेतृत्वमा रहेका एकाधकै कारणा सिद्धिँदो रहेछ । सिङ्गो सङ्गठन कसरी एकाध नेताहरूलेडोर्याएको मृत्युपथको यात्री बन्दो रहेछ ।  यो अनुभव पनि चानचुने अनुभव होइन/छैन ।  बलिदान र त्यागको इतिहासजस्तै धोका र गद्दारीको इतिहास पनि चानचुने खालको  छैन । यो समृद्ध अनुभवयो  नकारात्मक शिक्षा पनि साँच्चिकै घतलाग्दो छ । अलिअलि त युद्धकालमै  पनि देखिन्थ्यो,   अचम्म पनि लाग्थ्योयस्तै हो युद्धको विशिष्ट अवस्थामा भन्ने बुझिन्थ्यो ।  तर स्थिति  अर्कै पो  भइसकेको रहेछ ।
कुरा त अर्को कोणबाट पनि सोच्नु आवश्यक छ । स्थिति एकैचोटि यस्तो भएको होइन । धोका र गद्दारीको यो गुणात्मक चरित्रपार्टीभित्रको नवसामन्तवादको यो घिनलाग्दो स्वरूप एकैचोटि  आएको होइन/थिएन ।  पक्कै पनि एकैचोटि प्रचण्ड,बाबुराम, महराहिसिलाअनन्त लगायतका फटाहा र नवसामन्तहरूको विकास भएको होइन । यसको बिउ त युद्धकालमै थियो । युद्धको आवरणमा लुकेर बसेको रहेछ सामन्तवाद । हाम्रो साम्यवादी आदर्श  पनि सामन्ती श्रद्धाभावमा रूपान्तरित भएछ । अति विश्वास,  अति श्रद्धा र वीरपूजक प्रवृति पनि थियो दोषीनयाँ सामन्तहरूको विकासमा । कहिलेकाहीँ त लाग्छकतै हामी साम्यवादी आन्दोलभित्रै सामन्तवादको अभ्यास त गरिरहेका थिएनौँ ! प्रश्न  गर्न मन लाग्छ। हामीले नै जन्माएका होइनौँ र  प्रचण्डबाबुरामजस्ता गद्दारहरूलाई ! ती रातारात जन्मेका नभएर हामीले तिनको निर्माण गरेका होइनौँ र  ! कम्युनिस्ट आन्दोलनमा सारै छोटो इतिहास बोकेको बाबुराम कतैबाट प्रायोजित पात्र थियो र प्रचण्ड साम्यवादी आवरणभित्र लुकेको नवसामन्तवादको विकासे (हाइब्रिड)  स्वरूप थियो भन्ने कुरालाई हामीले समयमै बुझ्न सकेनौँ । अहिले हाम्रा लागि यो शिक्षा र समीक्षाको विषय भएको छ । हामीले विद्रोह त गर्यौँतर यो ढिलो भइसकेको थियो । अब महान् जनयुद्धसित  गाँसिएको एउटा टोली महान् गद्दारी” को बाटोमा छ त्यो आन्तरिक रूपमा विचारबाट पतन भइसकेको छ र बाह्य रूपबाट अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद मूलतः भारतीय विस्तारवादको दलालमा परिणत भइसकेको छ ।
प्रश्न हामीसित पनि छ । समस्याको समाधान उता तेर्स्याएर मात्र हुँदैन । प्रश्नहरूले हामीबाट पनि उत्तर खोजेका छन् । हामीले नै निर्माण गरेका हौँ महलजीवी प्रचण्डबाबुरामहरूलाई । यसमा हामी पनि केही बिन्दुसम्म जिम्मेवार छौँ । कहाँकहाँ पुगेन हामी क्रान्तिकारी भनिएकाहरूको पनिहिजोको इतिहासको नयाँ किसिमले समीक्षा गर्नु जरुरी छ । यो क्रम मूलतः पार्टीको चौथो विस्तारित बैठकबाट आरम्भ गरेर दोस्रो राष्ट्रिय सम्मेलन, “प्रचण्डपथ” को घोषणा र चुनवाङ बैठक हुँदै अघि बढुनुपर्दछ । विचलन र गद्दारीका बिउहरू यहीँभित्र छन् । यी सन्दर्भहरूलाई पर सारेर यिनको चिरफारबिना प्रचण्डबाबुरामलाई गाली गरेर मात्र पुग्दो छैन । 
 यी सबै  सन्दर्भसित गाँसिएका प्रक्रियाहरूमा  हामी क्रान्तिकारी  भनिएकाहरू कहाँनेरी उभियौँ,  हाम्रो इतिहासलाई कसरी बुझ्ने र हाम्रो भूमिकालाई कसरी विश्लेषण गर्ने प्रश्नहरू छन् ।  हामी किनाराका साक्षी मात्र भयौँ भन्छौँ भने कम्युनिस्ट पार्टी सामूहिकता र जनवादका आधारमा होइनहिटलरी शैलीमा चल्दो रहेछ   भनेर भन्नुपर्छ   । तर सत्य यो होइन । इतिहासको कठघरामा थेरथोर हामी सबै उभिनैपर्ने हुन्छ ।  पहिले आफैँबाट आत्मसमीक्षा गररे अघि बढ्नु आवश्यक छ । विचारनेतृत्वकार्यदिशा र दुईलाइन सङ्घर्षमा चुक हुँदा केसम्म हुँदो रहेछ भन्ने कुरा हामीले भोगेका छौँ । विदेशी प्रभुहरूलाई रिझाउन प्रचण्डबाबुरामले क्रान्तिप्रति गद्दारी गरे भन्ने कुरामा अब कुनै भ्रम छैन । नयाँ दलालहरूनयाँ सामन्तहरू नयाँ गद्दारहरू जन्माउन हामी पनि केही मात्रामा जिम्मेवार छौँ भन्ने कुरालाई  हामीले प्रस्ट रूपमा भन्नैपर्ने हुन्छ । पहिले कमरेड गौरव र पछि  कमरेड किरण योजनाबद्ध ढङ्गले प्रचण्डबाबुरामकै सहमतिमा  भारतीय विस्तारवादद्वारा पक्राउ परेका हुन् । यो गिरफ्तारीसित चुनवाङ बैठकका निर्णयहरू गाँसिएका छन् ।  त्यसबेला अरू क्रान्तिकारी कमरेडहरूको  भूमिका केकस्तो रह्यो भन्ने कुराले पनि उत्तर मागिरहेको छ । 
जनयुद्धकालका छद्म प्रकृतिका विचलनहरू शान्तिप्रक्रिया” मा आएपछि विस्तारित हुनु स्वाभाविक थियो । यसको फैलावटमा एकताका नाममा भए/गरेका कामहरू सबैभन्दा खतरनाक थिए । गौर हत्या काण्डमा हाम्रै प्रतिवेदनमा हत्यारा किटान गरेका अपराधीहरूलाई हामीले कामरेड बनाएर भित्र्याएका थियौँ र यसमा रातो टीका लगाइदिन हामी क्रान्तिकारी भनिएकाहरू पनि लामबद्ध थियौं । एकताका नाममा जेजस्ता तत्वहरू भित्रिए, पार्टीलाई सिध्याउन त्यहाँ गम्भीर  कमजोरी रह्यो । एकताकेद्रसितको एकताप्रक्रिया” नै गलत थियो । यसबाट पनि क्रान्तिकारी भनिएका हामीहरू भाग्न मिल्दैन । प्रचण्ड एक्लैले भित्र्याएका होइनन्फूलमाला लगाएर नाच्नेमा हामी पनि थियौँ र हौँ । जनवादी केन्द्रीयताका नाममा माथि” काले गरेका गलत काम तालिपिटेर र टुलुटुलु हेरेर ठीक छ कमरेड” भनेर बुझ्नुपर्ने संस्कृतिको विकासमा धेरथोर हामी पनि जिम्मेवार छौँ । हामीले त कम्युनिस्ट आन्दोलनमा माथि” काले पनि गल्ती गर्छन् र त्यसको आलोचनाको पनि वैज्ञानिक नियम र पद्धति छ भनेर बुझेका थियौँ र हौँ ।
जे होस्जनयुद्धले थुप्रै कुराको शिक्षा दियो । अरू देशको कुरा होइनसबै कुरा हामी आफैँले भोग्यौँ,  इतिहासको सही र वैज्ञानिक विश्लेषण र समीक्षा गरे मात्र नयाँ बाटो खुला र प्रस्ट देखिन्छ । लिपपोतको अर्थ छैन । अनि मात्र यहाँयहाँ  कमजोरी भयो भनेर सच्याउन सकिन्छ । हामीले विचलनका बीहरू  हामीसितै लिएर आएका छौँ भन्ने कुरामा पनि हामी प्रस्ट हुनुपर्छ । नयाँ पार्टी बन्नुको अर्थ शिक्षा हो । कम्युनिस्ट पार्टी  दलालसामन्त र सुविधभोगी वर्ग जन्माउने कारखाना नबनोस् भन्ने सचेतता पनि हो ।
अब गफलेशब्दजालले पुग्दो छैन ।  इतिहासबाट शिक्षा लिएर प्रस्टताका साथ अघि नबढ्ने हो भने क्रान्तिका कुराहरू गँजेडीको गफभन्दा बढी साबित  हुने छैनन् । एकताका नाममा झारपात-पतिङ्गर भित्र्याउनेतिर भन्दा आफूभित्रका उर्जाशील युवाशक्तिलाई पूर्ण क्षमताका साथ परिचालको नीति आवश्यक छ ।   पार्टीभित्रको शक्ति र सामर्थ्यलाई सही किसिमले व्यवस्थापन गर्नुको सट्टा भागेका र थाकेकाहरूको झुन्ड प्रवेश गराउनुको कुनै अर्थ छैन ।   ग्रामिण वर्गसङ्घर्षसित  जोडेर जनजीविकासितसम्बद्ध  सहरिया आन्दोलन चर्काउनुको सट्टा कथित राष्ट्रिय सहमति’ को पट्यारलाग्दो नारा अलाप्नुको पनि कुनै अर्थ छैन । प्रस्टताका साथ भन्नुपर्दा  राष्ट्रिय सहमति” को नारा थाकेकाहरूको विश्रामस्थल बनेको छ । जब वर्ग हराउँछ र जातीयतावादी अतिवाद हाबी हुन्छजब सर्वहारा वर्गको पार्टी जातक्षेत्र,लिङ्गको कोटावादको परिपञ्चमा फस्छ,  विसर्जनको श्रीगणेश” पनि त्यहीँबाट हुन्छ ।  प्रचण्डबाबुराम पनि रातारात जन्मेका होइनन् ।
जनयुद्ध इतिहास भयोतर यो अनुभव र शिक्षा मात्रै होइनयो वर्तमान पनि हो र भविष्य पनि हो । यसको अनुभवशिक्षा,  वलिदानी भावत्यागस्पिरिट क्रान्तिचेत वर्तमान हो । त्यसको प्राप्तिको लामो यात्रा यसको भविष्य हो ।  बिनावलिदान,बिनात्याग कथित राष्ट्रिय सहमति र भाषणबाट नयाँ जनवाद आउँथ्यो भने १३ हजारसित बलिदानको इतिहास गाँसिँदैनथ्यो । भँडुवा विकासवादी चिन्तनशैली सारतः यथास्थितिवाद  हो । यसले क्रान्तिकारी चिन्तनलाई जहिले पनि उग्रवाद मात्र देख्छ ।भँडुवा विकासवादले क्रान्तिकारी चिन्तन र व्यवहारलाई जहिले पनि ‘शीघ्र विजयको मानसिकता’ देखछ । समयले  क्रमभङ्गताको माग गरेको छ । यही नै हिजोको जनयुद्धलाई नयाँ निरन्तरतामा जोड्ने कार्य हो । थाकेकाहरूबाटभागेकाहरूबाट अर्तिउपदेश सुन्न सकिन्छसल्लाह पनि लिन सकिन्छ,  तर अघि लगाएर गतन्यसम्म पुग्न सकिने कुरामा भने अब सोच्नैपर्नै हुन्छ । यही नै हो महान् जनयुद्धले दिएको शिक्षा ।
 फेरि भन्छु बन्नु हुँदैन जनयुद्ध एकादेशका कथा मात्र । हुनु हुँदैन यो इतिहासमा मात्र सीमित । यो त हाम्रो बर्तमान र भविष्य दुवै हो । 
०००

http://thenextfront.com
Posted by admin on February 11th, 2014

अब छिनोफानो हुनुपर्छ : डा. ऋषिराज बराल

यही असार १ गते हुने भनिएको एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को स्थायी समितिको बैठक बस्न  सकेको  छैन । तयारी नपुगेको भनिए पनि कारण अर्कै रहेको कुरा सबैले बुझेको कुरा हो । यताका दिनहरूमा प्रचण्डले पार्टी बैठकसित संबद्ध सबै मूल्यमान्यताको हरण गरी तानाशाही शैलीमा आफुलाई जे मन लाग्छ त्यही गरेको कुरा सबैलाई थाहा छ । एकपछि अर्को गरेर केन्द्रीय समितिका निर्णयहरू उनले मनोमानी किसिमले उल्टाएका छन् र असाध्यै दूरगामी प्रभाव पार्ने र जनयुद्धका सम्पूर्ण इतिहासलाई ध्वस्त पार्ने गम्भीर प्रकृतिका निर्णयहरू एकमना ढङ्गले गरेका छन् ।  यसले बैठकको आवश्यकता, औचित्य र सार्वभोमिकताका साथै पद्धति र प्रक्रियाको अर्थ र औचित्यमाथि नै प्रश्न उठाएको छ । प्रचण्डले पार्टीलाई आफ्नो लगानीमा सञ्चालित कुनै व्यापारिक संस्था वा निजी क्लबमा परिणत गरिदिएका छन् । बैठक बस्नु र नोट अफ डिसेन्ड लेखेर प्रचण्डलाई मनपरी गर्ने बाटो खुला गर्नु अथवा गलत निर्णयलाई जनवादी केन्द्रीयताका नाममा वैधानिकता दिनुभन्दा बढी बैठकको औचित्य पनि यतिबेर देखापर्दैन ।
कमरेड मोहन वैद्य पक्षधर विचार समूहको भेला र बैठकहरू निरन्तर भइरहेको कुरा पत्रपत्रिकामा आइरहेका छन्, र यो साँचो पनि हो । अहिले पत्रपत्रिकाका लागि यो एक किसिमको रमाइलो पनि भएको छ । यो रहर वा समय काट्ने मेलो नभएर समयको अनिवार्य परिणाम हो । विचारको रक्षा र क्रान्तिको निरन्तरताका लागि सङ्घर्षका सबै मोर्चाहरू र सबै रूपहरूको प्रयोग गर्नु आवश्यक र औचित्यपूर्ण छ । वर्गसङ्घर्षकै शैली र रूपमा विकसित हुन थालेको दुई लाइन सङ्घर्षबाट भागेर वा नोट अफ डिसेन्ट लेखेर मात्र विचार, क्रान्तिकारी कार्यकर्ता र इतिहासको रक्षा र विकास हुने स्थिति छैन । पूरा छलाङमय गतिमा प्रचण्डको दक्षिणयात्राको गति सबैका सामु छ र यस्तो बेला क्रान्तिका पक्षधरहरूले चुपो लागेर बस्ने स्थिति हुँदैन ।
जनमुक्ति सेनाका कमाण्डरहरूको भेलापछि आँखा चिम्लेर दक्षिणतिर कुदेका प्रचण्ड केही हच्केका देखिन्छन् । दुईतीन जना कमाण्डरहरुबाहेक अधिकांशले प्रचण्डको आत्मसमपर्णवादलाई उनले चाहेजस्तो गरी साथ नदिएको कुरा बाहिर आइसकेको छ । यसपल्ट कृत्रिम रुवाइमार्फत प्रभावित पार्ने उनको पुरानो चाल र शैलीले पनि काम दिएको  देखिएन । अधिकांश कमाण्डरहरू जनमुक्ति सेनाको बेइज्जत हुने गरी आत्मसमर्पणा गर्ने प्रचण्ड–निर्णयको विरोधमा खुलेरै उत्रिएको थाहा भयो । यस्तो बेला उनी विरामी पर्नु स्वाभाविक थियो । भ्रष्टाचारी, लठैत र अपराधी मनोवृत्ति र प्रवृत्तिका  केही व्यक्तिहरूबाहेक पार्टीका कार्यकर्ताको ठूलो पंक्ति क्रान्तिकारी धारतिर केन्द्रित हुँदै जानथालेको यस घडीमा प्रचण्डलाई बिरामीले  नसताउने भन्ने कुरा भएन । अझ कमरेड मोहन वैद्यले प्रस्तुत गर्नु भएको भनेर सार्वजनिक भएको १८ बुँदे सूची प्रचण्डका लागि ठूलै बिरामीको कारण बनेर लामो अवधिसम्म बैठक नबस्ने स्थिति नबन्ला पनि भन्न सकिँदैन ।
वास्तवमा क्रान्तिकारी कवि पूर्ण विरामले आफ्नो कवितामा भनेझैँ सगरमाथाझैँ देखिने प्रचण्डको बिम्ब आजभोलि पिउरीको सानो सुइरोझैँ देखिन थालेको छ । आफूले बनाएको बिम्ब यसरी ढल्दा परिवर्तनका पक्षधर आमजनमानसमा पीडाबोध हुनु पनि स्वाभाविक छ, हामीलाई त झन् छ । प्रचण्डको स्थिति यस्तो छ भने केही दिन यता बाबुराम चाहिँ ‘सरकारले राजिनामा दिनुपर्छ, माओवादीको नेतृत्वमा सरकार बननुपर्छ’ भनेर रट लगाइरहेका छन् । अझ  प्रणव मुखर्जीको नेपाल आउने समय नजिकिँदै जाँदा उनको स्वर चर्किँदै गएको देखिन्छ । उनका आसेपासेहरूले उनको पक्षमा सवाइ गाइररहेका भेटिन्छन् । ‘वैद्य समूहको सहयोग र समर्थन  बाबुरामलाई छ’ भन्दै  उनीहरू दक्षिण राग दिक्क लाग्दो गरी अलापिरहेका छन् । उनीहरूले दुनियाँलाई मूर्ख बनाउँदै भन्ने गरेको पाइन्छ: वैद्य पार्टीका नेता,  बाबुराम सरकारका नेता । यतिबेर एउटा प्रायोजित सूचना र समाचार बडो योजनाबद्ध ढङ्गले फैलाउने काम भइराखेको देखिन्छ ।
वैद्य विचार समूह भनेको माथिका एक दुई जना मात्र होइनन् । यो भनेको सेलदेखि स्थायी समितिसम्मका क्रान्तिकारी कमरेडहरूको विचार र चेतनाको समुच्चय रूप हो । विचार समूह भनेको विचार, प्रतिबद्धता र क्रियाशीलताको समग्र पक्ष हो । यहाँ पनि पारदर्शिता र सामूहिकताको आवश्यकता छ । हामीले प्रचण्डको एकमनावाद, प्राधिकारवाद, हैकमवाद र तानाशाही प्रवृत्तिका विरुद्ध झन्डा उचालेका हौँ । बाबुरामलाई प्रधानमन्त्री बनाउनमा वैद्य समूहले निर्णय गरिसकेको वा  समझदारी भइसकेको भनेर जसरी कुराहरू बाहिर आएका छन्, यसमा अलिकति पनि सत्यता छैन र यसको तर्कपूर्ण आधार पनि छैन । अझ बाबुराम संसदीय दलको नेता  र गौरव संसदीय दलको उपनेता भनेर जसरी कुराहरू बाहिर आएका छन्, यो त हास्यास्पद नै देखिन्छ । विचार समूहको  नाम अघि सारेर अहिलेको विशिष्ट स्थितिमा कसैले यस्तो  निर्णय दिन्छ या गर्छ भन्ने लाग्दैन ।
प्रचण्ड बेठीक भन्नुको अर्थ बाबुराम ठीक भनेको कदापि होइन । वास्तवमा क्रान्तिकारी धारले प्रचण्डको रिसले बाबुरामलाई समर्थन गर्ने कुरै हुँदैन, बरु आफ्नो स्वतन्त्र धारको विकास र विस्तारमा जोड दिनु आवश्यक छ । यसका सम्बन्धमा बाबुराम पक्षले जुन किसिमको प्रोयोजित प्रचार गरिरहेको छ, यसले कार्यकर्तामा भ्रम उत्पन्न गराएको छ । भ्रमले अविश्वासको वातावरण तयार पार्छ भन्ने कुराप्रति क्रान्तिकारी विचारसमूहको नेतृत्वको जिम्मा लिनुभएका कमरेडहरू सचेत हुनु आवश्यक छ । चाहे संसदमा होस्, चाहे सरकारमा विकल्पहरूको निर्माण र तयारी क्रान्तिकारी धारबाट नै खोज्नुपर्दछ । नत्र क्रान्तिकारी आवरणमा अर्कै स्वार्थ लुकेको यथार्थलाई स्वीकार गर्नुपर्ने देखिन्छ । मूल कुरा क्रान्तिलाई सर्वोच्च हितमा राखेर तत्काल र दीर्घकालीन योजना बनाउनु र त्यसैअनुसार पात्रको चयन र जिम्मेवारी बाँडफाँड गर्नु अहिलेको आवश्यकता हो । क्रान्तिकारी विचारसमूहभित्र पनि अवसरवादीहरू छैनन् भनेर ठोकुवा गर्ने ठाउँ छैन । को के हुने वा कसले कुन मोर्चाको जिम्मेवारी लिने कुरा क्षमता, दक्षता, अनुभव, प्रतिबद्धता र आन्दोलनमा गरेको लगानीका आधारमा सामूहिक निर्णयद्वारा तय भए मात्र विगतका कमजोरी र प्रचण्ड मनोवृत्तिबाट बच्न सकिन्छ । प्रचण्ड मनोवृत्ति व्यक्ति होइन, प्रवृत्ति हो र त्यही स्कुलिङबाट आएका कतिपय कमरेडहरू यसबाट मुक्त छैनन् भनेर पनि बुझ्नु जरुरी छ । हाम्रा सबै कमरेडहरूले एकको दुईमा विभाजित छौँ भनेर बोध गर्नु जरुरी छ ।
जेठ १४ को स्थायी समितिको बेठकमा बहुमतका नाममा पेलेर प्रचण्डले एकमना शैलीमा जेजस्तो निर्णय गरे सारतः त्यो निर्णय दक्षिणपन्थी आत्मसमर्पणवादको द्योतक थियो । यो विन्दुमा आइसकेपछि क्रान्तिकारीहरूका सामु बाँकी भनेको राष्ट्रिय स्वाधीनता र क्रान्तिका लागि क्रान्तिकारी निरन्तरताको बाटोमा अघि बढ्नु नै हो ।  कमरेड वैद्यका १८ बुँदामा प्रचण्ड ‘राजनीतिमा मध्यपन्थी अवसरवादी हुँदै दक्षिणपन्थी सुधारवादतर्फ उन्मुख र राष्ट्रिय आत्मसमर्पणवादतर्फ उन्मुख देखिएको’ भनिएको छ । प्राविधिक तारतम्य मिलाएर प्रचण्ड दक्षिणपन्थी सुधारवाद र राष्ट्रिय आत्मसमर्पणवादमा पतन भएको कुरा प्रस्ट पार्न खोजिएको कुरा सहजै बुझ्न सकिन्छ । महाधिवेशन वा अन्य रूपहरू सक्छन्, तर यति भनिसकेपछि कि प्रचण्डलाई नेतृत्वबाट हटाउनुपर्छ कि आफूले सम्बन्ध विच्छेद गर्नुपर्छ, यो विचार र नैतिकतासित गाँसिएको प्रश्न हो ।
‘प्रचण्डलाई ठीक पार्न बाबुरामसित मिल्ने वा बाबुरामलाई सरकारको प्रमुख बनाउने र पार्टीको प्रमुख वैद्य हुने कुरामा वैद्य समूहसित समझदारी भएको’ भनेर आजभोलि जसरी कुराहरू बाहिर आएका छन, यी कुरा क्रान्तिकारी विचारको रक्षा र निरन्तरताको कोणसित त पटक्कै मेल खाँदैनन्, साथै गम्भीर षड्यन्त्रको आभास दिने खालका पनि छन् । वास्तवमा यो  भारतीय विस्तारवादको ग्रान्ड डिजाइनको उपज हो र यसो गर्नु विचारविचलन र आत्मघाती चिन्तनमात्र हुन्छ । खासखास बुंदा र सन्दर्भमा क्रान्तिको आवश्यकतालाई हेरेर कहिले कोसित र कहिले कोसित सहकार्य हुन सक्ने वा अल्पकालीन मोर्चा बनाउन सकिने कुराप्रति विमति नभए पनि प्रचण्डको रिसमा, आफूलाई घोषित रूपमै भारतपरस्त देखाउनमा गर्व गर्ने र आजको मार्क्सवादका नाममा युरोकम्युनिज्मको वकालत गर्ने बाबुरामलाई प्रचण्डको विकल्पमा उभ्याउन खोज्ने प्रवृत्ति वैचारिक विचलनको उपज मात्र हुन्छ । कुटनीतिक चालका नाममा अथवा पार्टीसत्ता प्रचण्डका हातमा भएकाले उनलाई  प्रमुख निसाना बनाउन बाबुरामसित मिलेर जाने ‘प्रधान दुस्मनलाई ठीक पार्न गौण दुस्मनलाई नछुने’  फर्मुला लागू गर्ने हो भने यो संसदीय गोलचक्करमै रमाउने अर्को घातक कदम हुनसक्छ । यसले क्रान्तिकारी विचारको गति, नीति र योजनालाई सघाउ पुग्दैन । यस्तो निर्णय क्रान्तिकारी विचार समूहको निर्णय हुन सक्तैन र हुनु पनि हुँदैन । यो पनि अन्ततः वाम कोणबाट गरिएको दक्षिणपन्थी अवसरवाद र राष्ट्रिय आत्मसमर्पणवादी कदम हुन्छ भन्ने कुरामा ध्यान दिनु आवश्यक छ । क्रान्तिकारीहरूले सारमा समान तर शैलीमा फरक प्रचण्ड–बाबुराम प्रवृत्तिको निर्मम भण्डाफोर गरी आफ्नो क्रान्तिकारी धारको विचारको रक्षा र नेतृत्वपङ्क्तिको विकास गर्नमा जोड दिनुपर्दछ ।
यतिबेरको क्रान्तिकारीहरूको प्रधान र केन्द्रीय पक्ष विचार र राजनीतिको उच्चता र निरन्तरतालाई सङ्गठन र व्यवहारमा रूपान्तरण गर्ने हुनुपर्दछ । जनमत सिर्जना अभियान जसरी गइरहेको छ, यसको आवश्यकता र महत्त्व दुवै छ, तर मूल जोड योजना र दिशातर्फ हुनुपर्दछ । यतिबेर आवेगले होइन विवेकले काम गर्नुपर्दछ, भन्ने कुरामा विमति छैन, तर समयलाई पाको हुन दिने वा प्रक्रिया मिलाउने नाममा माझीको सल्लाहझैँ  हुने कुराप्रति पनि त्यत्तिकै ध्यान दिनु जरुरी छ । एकताका नाममा ‘प्रचण्डमार्ग’ सितको निरन्तरता पनि विसर्जन हो र बिनातयारीको छलाङ पनि विसर्जनवादी खतरायुक्त हुनसक्छ भन्ने कुरामा सचेत हुनु आवश्यक छ ।
प्रचण्डबाट अझै ‘रूपान्तरणा’ को आशा गर्नु नैतिक र वैचारिक दृष्टिले पनि तर्कपूर्ण देखिँदैन । प्रचण्ड धेरै पर पुगिसकेका छन् । अब उनीबाट नेपाली क्रान्तिको नेतृत्वको आशा गर्नु भनेको हावामा महल बनाउनु मात्र हो । बालुवामा पानी हालेर समयको नाश गर्नुको औचित्य छैन । यसले क्रान्तिकारीहरूमा सचेतन प्रयासप्रति अरुचि, दृड इच्छाशक्तिको अभाव र  क्रान्तिकारी आशावादिता र प्रतिबद्धताको कमीको मात्र द्योतन गर्दछ । आवश्यकताको संसारबाट स्वतन्त्रताको संसारमा छलाङ मार्नुको अब विकल्प छैन ।
०००
www.thenextfront.com बाट साभार 
==============================================

प्रचण्ड ”कामरेड” को प्रतिबद्धता

Prachanda-letter-to-Sonia-G






















यस्ता दलाल पात्रसित एकता गर्ने अनि सँगै जनयुद्ध दिवस मनाउने कसरी सोचेका होलान् ! हुन त भनाइ नै छ, भेडा भेडासित, बाख्रा बाख्रासित l

www.thenextfront.com  बाट साभार 

ज्ञवाली कमरेड ! इतिहासलाई विकृत नपारौँ - ऋषिराज बराल


आफूलाई क्रान्तिकारी क्याम्पको भन्नु र देखिनु पर्ने, तर क्रान्तिकारी आदर्श, नैतिकता र मूल्यको पालना गर्नु नपर्ने मार्क्सवादकै उपहास हुने काम एकीकृत माओवादी  पार्टीको सांस्कृतिक मोर्चाका ‘कमाण्डरहरू’ बाट भइरहेको छ र बडे कमरेडहरूको मौनता पनि यसमा रहस्यमय बनेको छ । ऋषिराज बरालको विचार, प्रतिबद्धता, दृढता र सक्रियतालाई पराजित गर्न नसकेपछि अनेक फत्तुर र आधारइलाकीय दम्भ बोकेको केही ठेट्नाहरू र ईश्वरचन्द्रहरूको संयुक्त मोर्चाले होहल्ला र हुलहुज्जत गरेर ऋषिराज बराललाई अखिल नेपाल जनसांस्कृतिक सङ्घको नेतृत्वबाट हटाउने बडो योजनाबद्ध काम भयो । बरालले जेजे भनेका र अवधारण प्रस्तुत गरेका थिए, अहिले आएर ती सबै  सही साबित र प्रमाणित भएका छन् । महान् सहिदहरूको रगतसित गाँसिएको सङ्घ ‘महासङ्घ’ बन्दै अराजकताको पराकाष्टामा पुगेको छ ।  यसबारे बरालको पुस्तक सत्ता र संस्कृतिमा वृस्तृत रूपमा पढ्न पाइन्छ ।

यो मात्र होइन, सो सम्मेलनपछि सिङ्गो जनसांस्कृतिक आन्दोलन र यसमा महत्त्वपूर्ण भूमिका खेलेका ऋषिराज बरालका विरुद्ध जसरी युद्धकै घोषणा गर्ने  काम भयो, यो सांस्कृतिक आन्दोलनको इतिहासमा एउटा कलङ्क नै थियो । पार्टीको सांस्कृतिक विभागले समेत पारित गरेको सम्मेलनमा बरालद्वारा प्रस्तुत प्रतिवेदनलाई उल्टाइयो र २०६० सालमा मात्र मोर्चाको केन्द्रमा आएका ईश्वरचन्द्र ज्ञवालीलाई २०४८ मा केन्द्रमा आएको भनेर लेखियो । यस्तै थुप्रै मनगढन्ते कुराहरू लेखियो ।   प्रमाण र  आधारसहित यसको खण्डनमनन पनि सत्ता र संस्कृतिमा गरिएको छ । सो पुस्तक प्रकाशित भएपछि कम्तीमा पनि बडे कमरेडहरूले विचारविमर्श गरेर त्यो गल्ती सच्याउन लगाउलान् भन्ने लागेको थियो, तर त्यसो भएन । पछिल्लो राष्ट्रिय सम्मेलनपछि प्रकाशित प्रतिवेदनमा अझ थप गल्ती गरिएको छ । यो बडो उदेकलाग्दो विषय हो ।
हामीले बुझेको कुरा के हो भने क्रान्तिकारीहरू आदर्श र नैतिकतामा विश्वास गर्छन्, यसको पालना गर्छन् । उनीहरू  मूल्यको राजनीति गर्छन् । तर गजबको परिदृश्य देखिएको छ सांस्कृतिक मोर्चामा । २०४८ सालमा केन्द्रमा आएको मान्छेको नामगाम छैन । २०४८मा जिल्ला तहमा मात्र राखन योग्य ठानेर जिल्लामा राखिएका ज्ञवालीले आफूले तयार पारेको २०६३ को प्रतिवेनमा आफू २०४७ सालदेखि नै र २०६५ को प्रतिवेदनमा २०४८ मा केन्द्रमा रहेको भनेर लेखेका छन् । यो भन्दा लाजमर्दो र नैतिकताहीन काम  अरू हुन सक्तैन ।
साँच्चै हो,  क्रान्तिकारी देखिएर ताउरमाउर गर्नु र सही अर्थमा क्रान्तिकारी हुनु अलग रहेछ । कम्तीमा पनि चैतन्य कमरेड सांस्कृतिक मोर्चाको इञ्चार्ज भएको अवस्थामा यस्ता प्रवृत्तिहरू सच्याउने  काम हुन्छ भन्ने आशा गरिएको थियो । तर यहाँ पनि निरासा नै हात लाग्यो । कमरेडहरू ! हामी क्रान्तिकारी हौँ र आफूलाई क्रान्तिकारी  ठान्छौँ भने इतिहासलाई विकृत नपारौं र जे सत्य हो त्यसको सामना गरौँ । आत्मसात गरौँ। इमानदार बनौँ । होइन भने यस्तो ढोंगी र पाखण्डी क्रान्तिकारीताले फाइदा होइन, व्यक्ति र आन्दोलन दुवैलाई हानी नै पुर्याउंछ । आशा गरौँ क्रान्तिकारी इमानदारी र नैतिकताको पालना  हुनेछ ।

http://thenextfront.com/
Posted by admin on May 29th, 2011

तीन टिप्पणी : ऋषिराज बराल

१. डाबरमय बनेको महासङ्घ
हिजोका दिनहरूमा बाइबल बोकेर पादरीहरूले जनताको विरुद्धमा र साम्राज्यवादको पक्षमा काम गरेझैँ आजभोलि गैरसरकारी अन्तर्राष्ट्रिय संस्थाहरू, मल्टिनेसनल कम्पनीहरू र  सूचनासाम्राज्यवादी संयन्त्रहरू त्यही काम गरिरहेका छन् । त्यसमा पनि भारतकेन्द्रित बहुराष्ट्रिय कम्पनीहरूको काम सूचना–सञ्चार, स्वास्थ्य, सहयोग, शिक्षा आदिमार्फत नेपालको राष्ट्रिय स्वाधीनतामाथि धावा बोल्नु र  विज्ञापनका नाममा माध्यमहरू कब्जा गर्नु रहेको छ । मैले यसबारे धेरै ठाउँ चर्चा गरिसकेको छु । खास गरेर स्वास्थ्य र दैनिक उपभोग गरिने वस्तुहरूको विज्ञापनमार्फत भारतीय राजनीति, अर्थतन्त्रको प्रभावविस्तार र सांस्कृतिक प्रदूषण फैलाउने काम तीव्र रूपमा भइरहेको छ र यसमा डाबर कम्पनी सबैभन्दा अघि छ भन्ने कुरा रियल जुस प्रकरण र कान्तिपुर को कागज प्रकरणलगायत थुप्रै सन्दर्भहरूबाट थाहा पाउन सकिन्छ ।
रियल जुस प्रकरणमा भारतका लागि नेपाली  राजदूतसमेत मुछिनुबाट यो कुरा प्रमाणित हुन्छ। राजस्व छलीका साथै डाबरले  जनताको स्वास्थप्रति के–कति खेलवाड गरेको रहेछ भन्ने कुरा सार्वजनिक भएपछि र जनताका आँखामा यसको जनघाती–राष्ट्रघाती चाल सार्वजनिक भएपछि यस कम्पनीले डाबरको ‘छवि’ सपार्न ‘समाजमा नाम चलेका’ सेलिब्रेटीहरू राजेश हमाल र कमरेड प्रचण्डकी प्रिय नायिका भनेर चर्चा पाएकी करिश्मा मानन्धरलाई  लाखौँ दिएर रियल जुसको विज्ञापनको मोडलका रूपमा निकै तामझामका साथ प्रस्तुत गर्यो। यसको चौतर्फी टीकाटिप्पणी र विरोध भयो । ‘महानायक’ ‘महानायिका’ भनिएकाहरू जनताका आँखामा घृणाका पात्र बने । माध्यमहरूले तीव्र टिप्पणी गरे ।  राष्ट्रियता र जनतन्त्रप्रति प्रतिबद्ध सांस्कृतिककर्मीहरूले पैसाका नाममा इमान बेच्नेहरूविरुद्ध आवाज उठाए । तर विडम्बवना, चुनु गुरुङ, कृष्ण सेन सहित १६० जना सांस्कृतिक सहिदरूको त्याग, बलिदान र आत्मोत्सर्गले भरिएको इतिहास बोकेको ‘अखिल नेपाल जनसांसकृतिक महासङ्घ’ अन्तर्गतको चलचित्रकर्मी सङ्घले  प्रगतिशील र देशभक्त जनताका नजरमा  खलनायक साबित भएका तिनै राजेश हमाल र करिश्मा मानन्धरलाई विशेष अथिति बनाएर उच्च सम्मान प्रकट गर्यो ।
‘शान्तिप्रक्रिया’ पछि एमालेबाट माओवादीमा पसेका माधव ढुङ्गेलको  चलाचित्रसम्बन्धी पुस्तकको प्रकाशन र सो कार्यक्रमको खर्चसमेत डाबरले व्यहोरेको भनिएको सो कार्यक्रमा सो पुस्तकको विमोचन कमरेड बाबुराम भट्टराईले गर्नुलाई संयोग मान्न सकिए पनि ‘जागै बस’  भनेर राष्ट्रियता र जनतन्त्रप्रति जनतामा चेतना जगाउने र क्रान्तिकारी धारका भनेर परिचित माइला लामाले समेत मच्चीमच्ची राजेश हमाल र करिश्मालाई महानायक र महानायिका भन्नु चाहिँ निकै गम्भीर विषय हो । सबैको ध्यान हाम्रा महानायकहरु सेन, शारदा र च्याङवा आदितिर जानु स्वाभाविक छ । कहाँ पुग्यौं हामी !  कति नराम्रो गरी फस्यौँ उपभोक्तवादमा । हाम्रा नेताहरू  कहिले  आध्यात्मवाद र भौतिकवादको फ्युजनको कुरा गर्छन कहिले गरुड पुराणका प्रमुख आथिति बन्छन्, कहिले भैंसी पूजामा सरिक हुन्छन् अनि कार्यकर्ताहरूचाँहि डाबरको तालमा नाच्न थाल्छन्,  यो अरू केही नभयर विसर्जजनवादको थालनी नै हो । घुस्यो, घुस्यो डाबर पेरिस डाँडामा घुस्यो । मजदुरमा घुस्यो र सबैभन्दा सचेत हुनुपर्ने सांस्कृतिक मोर्चामा पनि घुस्यो । लौ  उठौँ साथी हो, जुटौं यसका विरुद्ध ।

२.साझा प्रकाशनमा  चमत्कार
राजतन्त्रको अन्त्यपछि सबै क्षेत्रमा नयाँ विचार, नयाँ व्यवस्थापनका सन्दर्भहरू जोडदार रूपमा उठे र उठिरहेका छन् । पुरानो विचार र व्यवस्थापनलाई विस्थापन गर्दै  पुराना पात्रहरूका स्थानमा नयाँ विचार बोकेका पात्रहरू पठाउनुपर्दछ भन्ने आवाज र चिन्तन  आमजनमानस र सचेत समुदायबाट अहिले पनि जोडदार रूपमा उठिरहेको छ ।
साझा प्रकाशनको वार्षिक साधारण सभामा हामी सबैले जोडबल गरेर यस्तै प्रयास गर्यौँ। प्रगतिशील चेतना बोकेका कम्तीमा पनि दुई जना पात्र पठाउन हामी सफल भयौँ । साझा प्रकाशनको नीतिगत पक्ष, व्यवस्थापन र आर्थिक पक्षमा केही गर्लान् भन्ने आशा थियो । राजनीतिक सङ्क्रमणको स्थितिमा त्यतातिर खास गर्न नसकिए पनि साहित्यिक–बौद्धिक क्षेत्रसित गाँसिएको गरिमा पत्रिकालाई समयअनुकूल र फेरिएको परिस्थितिअनुसार नयाँ र राम्रो बनाएर लग्लान् भन्ने लागेको थियो ।  तर गरिमाले केही नयाँ दिन सकेन । बरु यो त उल्टो दिशामा पो हिँड्यो ।  यसको स्तर, पाठकीय आकर्षण र लोकप्रियता झन् पो  घट्तै गएको देखियो । माओवादी पार्टीसित सम्बद्ध स्रष्टाहरूलाई मात्र होइन, सामान्य प्रगतिशील चेतना बोकेका रचनालाई समेत निषेध गरिन थालियो । हुँदाहुँदा पञ्चायती कालमा दरवारको सेरोफेरोमा रहेका विवादास्पद र  नागरिकता काण्डमा मुछिएका मधुपर्क रसमकालीन साहित्यमा छँदा साहित्यिक क्षेत्रमा निकै ‘नाम कमाएका ’ र संस्थालाई नै अप्ठेरोमा पारेको भनिएका पात्रलाई गरिमाको सम्पादकमा दुई वर्षको नियुक्ति दिइएछ । एसका लागि सक्षम र सक्रिय कर्मचारी  साझा प्रकाशनमा हुँदाहुँदै बाहिरबाट मान्छे लानु साझा प्रकाशनलाई थप डुबाउने  कार्य हो र जनयुद्ध र  जनआन्दोलनविरोधी मान्छे सम्पादकमा लानु लोकतन्त्र र गणतन्त्रको उपहास हो । अझ यस्तो पात्र नियुक्ति गर्न एक समयका माओवादी आन्दोलनविरोधी र अहिले माओवादी पार्टीका केन्द्रीय सल्लाहकार बनेका कमरेड नै सबैभन्दा सक्रिय थिए भन्ने सुन्दाचाहिँ व्यङ्गले हाँस्नुपर्ने स्थिति बनेको छ । कार्यकर्ताहरु प्रश्न गर्छन् हाम्रा यी कमरेड माओवादीका सल्लाहकर हुन् कि कांग्रेसका हँ ?

३.कमरेड ! के अब वर्ग हराएकै हो त ?
हामी मार्क्सवादी हौँ । खास जात, क्षेत्र, लिङ्गआदिका खास विशिष्ट पक्ष  रहे पनि यी सबै समस्याको हल वर्गीय मुक्तिको आन्दोलनबाट मात्र  हुन्छ र हल गर्न सकिन्छ भन्दछौँ र यो यथार्थ पनि हो । अवश्य पनि हो, उत्पीडित जातजाति, क्षेत्र र लिङ्गका केही विशिष्ट समस्याहरू हुन्छन्। मार्क्सवादले द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणका आधारमा तिनको अध्ययन र विश्लेषण गरेर समस्याको हल गर्ने गर्दछ ।
मार्क्सवादको शक्तिशाली विचार र रूपान्तरणको क्रान्तिकारी माध्यमलाई ध्वस्त पार्न साम्राज्यवाद र उसको शून्यवादी दर्शनले नसकेपछि यसले जातीय, क्षेत्रीय र लिङ्गीय उत्पीडनलाई मार्क्सवादबाट कटाउन मार्क्सवादको अनुहारजस्तै लाग्ने समाजशास्त्रवादलाई अघि सार्यो ।  यत्तिले मात्र नपुगी यसले भिन्नताको सिद्धान्तलाई अधि सार्यो | यसले जात, क्षेत्र लिङ्ग फरक चिज हुन्, यिनलाई मार्क्सवादले समाधान गर्न सक्तैन भनेर मार्क्सवादका विरुद्ध जातिवाद, क्षेत्रवाद, दलितवाद, बाहुनवाद र नारीवादजस्ता सरसरती हेर्दा उत्पीडित जातजाति, क्षेत्र र लिङ्को पक्षमा रहेजस्तो देखिने, तर सारमा उनीहरूकै विरुद्धको  चिन्तन अघि सार्यो  । त्यसपछि साम्राज्यवादले एनजिओ/आइएनजिओमार्फत यसलाई व्यवहारीकृत गर्यो । आजभोलि यसले समावेसी र सीमान्तकृत नागरिकका नाममा निकै भ्रम दिइरहेको छ ।
अहिले सूचनाभूमण्डलीकरणमार्फत साम्राज्यवादले मार्क्सवादका विरुद्ध जातिवाद, लिङ्गवाद र क्षेत्रीयतावादलाई उचालिरहेको छ । साम्राज्यवादले दलित समस्या मार्क्सवादले हल गर्दैन भन्दै अम्डेकरवादलाई उचालिरहेको छ । नेपालको सन्दर्भमा साम्राज्यवाद र विस्तारवादले लिङ्गवाद, जातिवाद र क्षेत्रीयतावादलाई उचालिरहेको छ । पहाडमा जनजातिवाद, तराईमा एकमधेस एकप्रदेशको विखण्डनकारी क्षेत्रीयतावादका वितण्डा यसैका उदाहरण हुन् ।
उत्पीडित जात, लिङ्ग र क्षेत्रका समस्याहरूको  हल आधारभुत सिद्धान्तभित्र रहेर गर्नुपर्दछ र गर्न सकिन्छ,  मार्क्सवादको विरुद्ध गएर होइन । तर उल्टो भएको छ । राजनीति र अन्य क्षेत्रमा त भएकै छ, सौन्दर्यशास्त्र जस्तो दार्शनिक र सौन्दर्यमूल्य प्रधान हुने स्थानमा समेत  मगरवादी,  किराँतवादी, नारीवादी र दलितवादी सौन्दर्यशास्त्र भन्दै वितण्डा मच्चाउने काम भएको छ. यो हाँसउठ्दो र दुख लाग्दो कुरा हो।  कोही माओवादी पार्टीको जिम्मेवार पदमा बसेर मार्क्सवादी सौन्दर्यशास्त्रविरुद्ध जातिवादी सौन्दर्यशास्त्रको वकालत गर्छ र कोहीचाहिँ माओवादी पार्टीको सांस्कृतिक मोर्चाको सेरोफेरोमा रहेर ‘मलाई मार्क्सवादप्रति होइन, नारीवादमा मात्र विश्वास छ” भनेर सार्वजनिक रूपमा भन्दै हिँड्छ भने यो भन्दा विडम्बनानाको विषय अरू के हुनसक्छ ? नबुझेर  वा अज्ञानताबस कसैले भन्न सक्छ । तर कसैले आफूलाई माओवादी पार्टीको  नेता तथा कार्यकता भन्छ र खुलेआम मालेमालाई चुनौती दिएर जातिवाद, क्षेत्रवाद र लिङ्गवादको पुर्पक्ष गर्छ भने एउटा क्रान्तिकारी मार्क्सवादीको काम यस्ता गलत चिन्तनको निर्मम भण्डाफोर गर्नु हो । तर सौन्दर्यशास्त्रको क्षेत्रमा अगुवा पात्रका रूपमा रहेका कमरेडहरूबाट नै प्रत्यक्ष–अप्रत्यक्ष रूपमा यस्ता  प्रवृत्तिलाई प्रोत्साहित गर्नै काम हुन थालेपछि चाहिँ साँच्चिकै प्रश्न उठाउनुपर्ने हुन्छ —कमरेडहरू ! के अब वर्गको युग समाप्त भएको हो । हामी सबै उत्तरआधुनिकतावादी रमझममा रमाउन थालेको हो ? अहँ यस्तो हुँदै होइन, सहि आर्टका मार्क्सवादीहरू मार्क्सवादी सौन्दर्यशास्त्रको विदृपीकरन्  विरुद्ध निरन्तर सङ्घर्षरत छन् |
http://thenextfront.com