Friday, April 28, 2017

रेणुलाई शाहज्यादी भनेपछि माओवादी केन्द्रमा हंगामा


बैशाख १५, २०७४  चितवन ।
प्रचण्डलाई महाराजाको दर्जामा राख्दै उनकी छोरी रेणुलाई शाहज्यादी उपमा दिँदै फेसबुकमा एक कवयत्रीले स्टाटस लेखेपछि माओवादी केन्द्र चितवनमा चर्चाको विषय बनेको छ ।
मााओवादी केन्द्रको तर्फबाट रेणु दाहाललाई भरतपुर महानगरपालिकामा मेयरको उमेदवारको रुपमा घोषणा गरेपछि स्थानीय कार्यकर्ताको अवमुल्यन गर्दै काठमाण्डौबाट ल्याएकोमा कवयत्री सरिता तिवारीको असन्तुष्टी त्यो स्टाटसमा झल्किन्छ ।
परम पुज्य पिताजी प्रचण्डको शक्तिको आडमा उनलाई उमेदवार बनाएकोले जित सुनिस्चित हुने भन्दै व्यङ्ग्यातमक शैलिमा नैतिक रुपले एक भोट दिने बताएकी छिन् ।



यसै गरी अर्का माओवादी कार्यकर्ता बरदान कँडेलले समेत नाताबाद, कृपावादका आधारमा रेणुलाई उमेदवार बनाएको भन्दै भोट पनि नदिने र अरुलाई पनि भोट नदिन आग्रह गर्दै फेसबुकबाट विरोधको स्वर उरालेका छन् । यि दुवै फेसबुक स्टाटसले माओवादी केन्द्र भित्र चरम असन्तुष्टिको भाव झल्किन्छ ।

संगै कवयत्री तिवारी आफ्नै ससुरा बुबा ठाकुर ढकाललाई माओवादी केन्द्रले माडी नगरपालिकाको मेयरमा उमेद्वार बनाएकोमा खुसी व्यक्त गर्दै शुभकामना दिएकी छिन् । यसबाट प्रस्ट झल्किन्छ– व्यक्तिवाद, नातावाद र कृपावाद माओवादी केन्द्रभित्र जब्बर रुपमा रहेको देखिन्छ । स्थानीयता, क्षेत्रीयता र नाताबादलाई मुख्य आधार बनाई उमेद्वार बनाउने गलत परिपाटीको खुलेर आलोचना गर्ने कामको सुरुवातको रुपमा लिने पङ्ति कमि नभएको भरतपुरका स्थानीय माओवादी केन्द्रका कार्यकर्ताको भनाई रहेको छ । एकले अर्कालाई सहयोग र समर्थन विरोधमा प्रचार गर्न थालेपछि माओवादी केन्द्रको पराजय हुने र त्यसले पार्टी संगठनलाई कमजोर बनाउने काम भइरहेको कार्यकताहरुको भनाई रहेको छ ।

त्याग, समर्पण, बलिदान भावका साथ लागेका कार्यकर्ता भन्दा ठूला नेताका सन्तानले स्थान पाउने भएपछि केही कार्यकता निरास र हिनता बोधका साथ लज्जित बन्दै गएका छन् । नैतिक रुपमा जनताकामा भोट माग्न गाह्रो भएको माओवादी केन्द्रका एक पुराना कार्यकताले बताए ।





















http://www.ratopost.com बाट साभार 

Thursday, April 27, 2017

अशोक सुवेदीलाई कोरियामा रामधुलाई - फरकपत्र संवाददाता


१३ वैशाख, काठमाडौं । जसले नेतृत्व गरेर विदेश लग्यो उसलाई आफैंले लगेका मान्छेबाट कुटाई खानुप¥यो भने के हालत होला ? त्यो पनि उत्तर कोरियाजस्तो अत्यन्त कडा कानुनी व्यवस्था भएको देशमा ?
उत्तर कोरियाका संस्थापक राष्ट्रनेता किम इल सुङको १०५ औं जन्मजयन्तीको अवसर पारेर नेपालबाट १५ जनाको समूह प्योङयाङ गएको थियो । जसमा फरक–फरक तीनओटा प्रतिनिधी मण्डल थिए । पुराना पत्रकार मञ्जुरत्न शाक्यको परिवारबाट चार जना थिए भने माणिकालाल लामके दम्पती अर्को समूहमा थियो । शंकर भारतीको नेतृत्वमा तीन जनाको अर्को समूह थियो । अनि झगडा प¥यो विप्लव समूहका अशोक सुवेदीले नेतृत्व गरेको ६ जनाको समूहमा । सुवेदीको टिममा त्रिविका इतिहासका प्रा.डा. सुरेन्द्र केसी र हस्तबहादुर केसीसँगै थप तिन जना थिए ।
काठमाडौंबाट सांघाई गएर त्यहाँबाट रेलमा सुवेदी समूह बेइजिङ पुग्यो । बेइजिङबाट चैत ३१ गते बिहिबार उत्तर कोरियाको राजधानी टेकेको टोली पुग्नासाथ आपसी झगडामा उत्रिएको हो । वैशाख ७ गतेसम्म प्योङयाङमा रहँदा अशोक समूहका कटुवाल, शाही र भण्डारीले आफ्नै नेता अशोक सुवेदीमाथि हात हालेका हुन् । विप्लव समूहबाट क्रान्ति गर्ने भन्दै घाँटीसम्म ट्याटु खोपेका तिनले विदेशमा नेपालको बेइज्जत गरेपछि आइन्दा उत्तर कारियाले नेपालबाट प्रतिनिधी लाँदा विस्तृत सोधखोज गर्ने र नरेशसम्पति शाक्यजस्ता फटिचरहरुलाई सहभागी नगराउने ललितपुरको कुपण्डोलस्थित उत्तर कोरियाली दूतावासले जनआस्थालाई बतायो ।
आफ्नै प्रतिनिधीमण्डलका नेतामाथि कुटपिट गर्नुपर्ने खास कारणचाँहि पैसाको लेनदेन रहेको बुझिएको छ । सबै सहभागीबाट नेपाल–कोरिया लेखक तथा पत्रकार संघका नाममा जनही तीन लाख रूपयाँ उठाइएको रहेछ । भिसाका लागि थप २ सय डलर पनि लिइएको बताइन्छ । कोरिया पुगेपछि जम्मा डेढ लाख रुपयाँमात्र बाटो खर्च परेको र भिसा शुल्क नलागेको थाहा पाएपछि कुटपिटमा उत्रिएका रहेछन् ।
हाम्रो पैसा फिर्ता दिन्छस् कि यहिँ मारिदिऊँ भन्दे अशोक सुवेदीलाई बाथरुममा लगेर युवाले मुड्की हानेको पार्टीमा उजुरी । उत्तर कोरिया पुगेका ४५ देशका पाहुनालाई आयोजकले बनभोज लगेको थियो । त्यहाँ पेय पदार्थ निशुल्क थियो । गोर्खालीले भेटेको निशुल्क रक्सी, त्यसमाथि नेपालमा जनयुद्ध गर्ने गुरिल्लाहरु । रक्सीमै पौडी खेलौंलाझैं गरेर पिएपछि आपसी झगडामा उनीहरु उत्रिएका हुन् । प्योङयाङबाट फर्कदा बेइजीङको विमानस्थलमा सोही समूहका एक व्यक्तिले अभद्र व्यवहार देखाएपछि चिनियाँ सुरक्षाकर्मीले १५ मिनेटजति सोधपुछ गरेको उजुरी पनि कोरियाली दुतावासले पाएको स्रोतको दावी छ ।
उत्तर कोरिया आफैंमा अत्यन्त कडा कानुनी प्रणाली भएको देश, त्यसमाथि त्यत्तिको अभद्र व्यवहार गर्दा सोझै लगेर जेल कोच्न सक्ने थियो । तर, आफ्ना नेताको जन्मजयन्तीका अवसरमा बोलाइएका पाहुनालाई थुन्नु पनि भएन । रक्सी त सबैले खान्छन् तर गोर्खालीले चाहिँ अपच हुनेगरि खाएर आपसी काटमार गरेपछि खै विप्लव कमरेडको अनुशासन भन्ने समाचार आजको जनआस्था साप्ताहिकमा प्रकार्शित छ । यो समाचार सत्यतथ्य हो होइन विप्लव माओवादीले तुरुन्त छानविन गरेर गलत हो भने कार्वाही गर्नुपर्छ भनेर विभिन्न विज्ञहरुले भनिरहेका छन् ।
http://www.farakpatra.com बाट साभार 

Monday, March 27, 2017

मैले आफ्नो जिन्दगीसँग खेलवाड गरेँ- मनीषा कोइराला



एउटा चर्चित भनाइ छ– जिन्दगी भनेको आकस्मिक घटनाहरूको संगालो हो। 

जतिबेला हामी कुनै रंगीन योजना बुन्नमा मग्न हुन्छौं, त्यही बेला ‘स्पिड–ब्रेकर’ झैं हाम्रो जिन्दगीको रफ्तार रोक्न आइपुग्छन्, ती घटना। हामीलाई पूर्वतयारीको मौकासम्म नदिई आउने यस्ता घटनाले नै हाम्रो जिन्दगीलाई नाजुक बनाउँछ। र, सुन्दर पनि।

साथीहरू, करिब २०–२५ वर्षअघि मैले यस्तो जिन्दगी बाँचेँ, जुन धेरैले कल्पना मात्र गर्न सक्छन्।

म ख्यातिप्राप्त कलाकार बन्न चाहन्थेँ। आफ्नो क्षेत्रको सर्वाधिक उचाइमा पुग्न चाहन्थेँ। एउटी नेपाली केटी भएर पनि म भारतको फिल्म उद्योगमा लोकप्रिय र सफल अभिनेत्रीका रूपमा स्थापित भएँ। पाँचवटा भाषाका लगभग ८० वटा फिल्ममा काम गरेँ। थुप्रै अवार्ड जितेँ। इमानदारीका साथ भन्नुपर्दा, गुणात्मक हिसाबले थोरै, तर संख्यात्मक रूपले धेरै काम गरेँ। र, जिन्दगीमा ती सबै चिज हासिल गरेँ, जुन हासिल गर्छु भनी सोचेकी थिएँ। वा, यसो भनौं, सोचेकोभन्दा बढी नै पाएँ।

ती आकर्षक र सुन्दर पलहरू बाँचिरहँदा मलाई थाहा थिएन, जिन्दगीले मेरो निम्ति अर्कै केही सोचेको छ। मलाई यस्तो मोडमा ल्याएर खडा गर्दैछ, जहाँ विगतका ती आकर्षक र सुन्दर पलहरू म विस्तारै–विस्तारै गुमाउन थाल्नेछु। 

यसको सुरुआत पनि अत्यन्तै आकस्मिक र थाहै नपाउने गरी भयो। मैले केही नराम्रा फिल्महरूमा काम गरेँ। ती फिल्म फ्लप भए। मेरो कामको आलोचना भयो। त्यसपछि फेरि अर्को गल्ती भयो। फेरि अर्को। फेरि अर्को। एकपछि अर्को गल्ती थपिँदै गए। तर, मैले वास्ता गरिनँ। किनकि, त्यो खराब समयमा पनि केही राम्रा निर्देशकहरू थिए, जो मसँग काम गर्न चाहन्थे। त्यसैले म सोच्थेँ, म कुनै पनि बेला सफलतालाई फेरि पछ्याउन सक्छु। 

तर, त्यो कहिल्यै भएन।

ती दिनहरूमा मेरो जीवनशैली अस्वस्थ हुँदै गयो। अस्वस्थ जीवनशैलीले मलाई खराब संगततर्फ तान्दै लग्यो। म एउटा खराब सम्बन्धबाट अर्को सम्बन्धतर्फ हुत्तिँदै गएँ। मेरो जिन्दगी झन् झन् अव्यवस्थित हुन थाल्यो। म सम्बन्धहरूबाट अस्वीकृत हुँदै गएँ। त्यही बेला जब मेरो वैवाहिक सम्बन्ध पनि असफल भयो, मलाई आफू सिधै जमिनमा उधोमुन्टो पछारिएको अनुभूति भयो। 

जिन्दगीको परीक्षा यतिमै टुंगिएन।

वैवाहिक सम्बन्ध टुटेको केही समयमै मलाई क्यान्सर भयो। त्यो क्यान्सर आफैंमा भयानक खालको थियो। क्यान्सर उपचार र किमोथेरापीका क्रममा म झन् दर्दनाक समयबाट गुज्रिएँ। मेरो कपाल खुइलिँदै गयो। मेरा आँखीभौंहरू झरे। हातगोडा कमजोर भए। बलिउडको त्यो ग्ल्यामरस ‘डिभा’ बाट म अचानक सिकिस्त, दुर्बल र कमजोर क्यान्सर बिरामीमा परिणत भएँ। 

मेरो निम्ति सुन्दरता गुम्नु मात्र ठूलो कुरा थिएन। त्योभन्दा दर्दनाक त मैले यस्तो मञ्जुरीनामामा हस्ताक्षर गरेकी थिएँ, जसले मेरो आत्मा काम्यो। मैले मेरो मुटु सधैंका लागि खराब हुन सक्छ भनेर स्वीकारेकी थिएँ। मेरो सुन्ने शक्ति सधैंका लागि गुम्न सक्छ र मेरा हातका औंलाहरू जिन्दगीभरि थरथर काम्न सक्छन् भन्ने जान्दाजान्दै त्यसमा मञ्जुरीको मोहर लगाएकी थिएँ। 

हो, त्यो बेला मेरो अन्तरआत्मा भित्रैदेखि कामेको थियो। म साँच्चिकै निकै डराएकी थिएँ। कतै यी पलहरू मेरो जिन्दगीकै आखिरी पल त होइनन् भन्ने चिन्ताले म भित्रैबाट गलेकी थिएँ। म सोच्दै थिएँ, कतै म त्यो अविश्वसनीय र अकल्पनीय मृत्युको नजिक त पुगिरहेकी छैन!

त्यसपछि मैले सोच्न थालेँ, यो मेरो जिन्दगीको अन्त्य हो भने मैले अहिलेसम्म कस्तो जिन्दगी बिताएँ? के मैले जिन्दगीको भरपुर आनन्द उठाएँ? के मैले आफ्नो जिन्दगीमा गौरव अनभूति हुने कुनै काम गरेँ?

अहँ, गरिनँ।

मैले त आफ्नै जिन्दगीसँग खेलवाड गरेँ। स्वास्थ्यसँग खेलवाड गरेँ। आफ्नो करिअरसँग खेलवाड गरेँ। ती सबै मान्छेको भावनासँग खेलवाड गरेँ, जो मलाई साँच्चिकै माया गर्थे, जो मेरो ख्याल राख्थे।

साथीहरू, साढे चार वर्ष भयो, म आज क्यान्सरमुक्त छु। ईश्वरले ममाथि ठूलो उदारता देखाएको छ। जिन्दगीले ममाथि ठूलो उदारता देखाएको छ। यसबीच त्यस्तो कुनै समय छैन, जब मैले आफैंसँग गरेको बाचा बिर्सेको होस्। त्यो बाचा, जुन मैले मृत्युसँग जुधिरहेका बेला गरेकी थिएँ।

मैले अब जिन्दगीका तीन प्राथमिकता तय गरेकी छु, जसलाई म उपहार भन्न चाहन्छु। 

यो प्राथमिकतामा सबभन्दा पहिला आउँछ, मेरो स्वास्थ्य। जब म क्यान्सरसँग जुधिरहेकी थिएँ, त्यतिबेला मैले आफ्नो स्वास्थ्यको महत्व बुझेँ। म अहिले स्वास्थ्यको सम्भार गर्दैछु। आफ्नो ख्याल राख्दैछु। म पढ्छु, खोजिनीति गर्छु, ती सबै काम गर्छु, जुन मेरो स्वस्थ जीवनका लागि अपरिहार्य छ।

दोस्रोमा आउँछ, मेरो परिवारसँगको सम्बन्ध। अहिले यो सम्बन्ध विश्वास, प्रेम र सम्मानले भरिपूर्ण छ। आखिर खराब समयमा सुरुदेखि अन्त्यसम्म मसँगै रहने, मलाई साथ दिने मेरो परिवार नै त थियो। मेरा साथीहरू पनि यो सूचीमा आउँछन्। कुनै समय यस्तो थियो, जब मेरा अनगिन्ती साथीहरू थिए। आज एकदमै थोरै छन्। तर, जति छन्, ती सबैसँग मेरो गहिरो र अर्थपूर्ण सम्बन्ध छ। म उनीहरूसँग आफ्नो सम्पूर्ण भावना साट्न सक्छु। उनीहरूसँग गहिरो सम्बन्धको अनभूति गर्न सक्छु। 

र, तेस्रोमा आउँछ मेरो काम। म अन्तरआत्मादेखि नै एउटा कलाकार हुँ। कलाकारका रूपमा म आफ्नो क्षमता अझ निखार्ने चुनौती मोल्न चाहन्छु। म आफ्नो कामबाट सन्तुष्ट हुन चाहन्छु। त्यसैले, अचेल होसियारीपूर्वक फिल्म छनौट गर्दैछु। पहिलेजस्तो जथाभाबी जे मन लाग्यो त्यो काम गर्दिनँ। 

मैले यो अवधिमा जिन्दगीको चौथो उपहार पनि पाएकी छु– सेवाको अनुभूति। 

म यहाँ तपाईंहरूलाई एउटा कथा सुनाउन चाहन्छु।

जब म न्यूयोर्कको अस्पतालमा थला परेर बस्दा खासै धेरै मान्छे मलाई भेट्न आइरहेका थिएनन्, त्यो बेला एउटी महिला थिइन्, जो हरेक आइतबार मलाई भेट्न आउँथिन्। उनी न्यूयोर्कको कर्निल अस्पतालकी डाक्टर थिइन्। उनको नाम थियो, नवनीत नरुला। उनी अस्पतालको त्यो साँघुरो कुर्सीमा बसेर पूरा दिन मसँग बिताउँथिन्। उनी एक व्यस्त महिला थिइन्, तर व्यस्तताको बाबजुद उनले आफ्नो जिन्दगीको एक दिन मेरो नाममा समर्पण गरेकी थिइन्। म उनको यो समर्पण देखेर छक्क परेकी थिएँ। 

मैले उनलाई सोधेँ, ‘तिमी यो किन गर्दैछौ? तिमी मेरो साथी होइनौ, र मलाई थाहा छ, तिमी मेरो फ्यान (प्रशंसक) पनि होइनौ?’

उनले जवाफ दिइन्, ‘मनीषाजी, म यहाँ यसकारण तपाईंलाई भेट्न आउँछु, ताकि कुनै दिन तपाईं यही काम अरूको निम्ति गर्नु हुनेछ।’

उनले कति सहज रूपमा कति गम्भीर जवाफ दिइन्!

त्यही बेला मैले बाचा गरेँ, जिन्दगीमा दोस्रो मौका पाएँ भने म जुनसुकै रूपमा, चाहे त्यो सानो होस् या ठूलो, आफ्नो सामर्थ्यले भ्याएसम्म अर्काको सेवा गर्नेछु।

यही कारणले हो, जब नेपालमा भुइँचालो गयो, म भुइँचालो प्रभावित क्षेत्रहरूमा गएँ। राष्ट्रसंघीय कार्यक्रम ‘युएनएफपिए’ को सहयोगमा हामीले भूकम्पपीडित महिलाहरूको आत्मसम्मान जागृत गराउने अभियान सञ्चालन गर्यौं। म अझै पनि नेपालका दुर्गम भेगहरूमा पुग्न चाहन्छु। त्यहाँ गएर केटीहरूको शिक्षाबारे जागरण ल्याउन चाहन्छु। बाल विवाहविरुद्ध वकालत गर्न चाहन्छु। र, म त्यो अवश्य गर्नेछु।

एक क्यान्सर विजेताका रूपमा म के सन्देश दिन चाहन्छु भने, क्यान्सर भनेको मृत्युदण्ड होइन। क्यान्सरपछि पनि जीवन छ। कोही मेरा परिचित वा साथीभाइ क्यान्सरसँग जुध्दै छन् भने म उसको निम्ति प्रेरणाको स्रोत बन्न चाहन्छु। उसलाई जिन्दगीसँग लड्ने हौसला दिन चाहन्छु।

मेरो कथाको ठूलो अंश, मेरो जिन्दगीको उतारचढाव, मैले कमाएको नाम, प्रतिष्ठा, ग्ल्यामर, मैले भोगेको क्यान्सरको दुरावस्था, त्यो दर्दनाथ किमोथेरापी र मृत्युको सामना– यी सबै कुनै अप्रत्यासित घटना मात्र होइनन्। जिन्दगीका त्यस्ता पल हुन्, जसले मलाई जिन्दगीको अर्थसँग साक्षात्कार गरायो। मैले यसबाट जिन्दगीका केही सामान्य पक्षहरू बुझेँ। ती सामान्य थिए, त्यही भएर हामीले सधैं बेवास्ता गर्यौं। मानौं, हाम्रो जिन्दगीमा त्यसको कुनै मतलबै छैन।

सामान्य लाग्ने तर जिन्दगीमा गहन अर्थ राख्ने ती पक्षहरूमा सबभन्दा पहिला त, यो हाम्रो जिन्दगी एउटा उपहार हो। 

मलाई थाहा छ, यो धेरै भनिँदै र सुनिँदै आएको कुरा हो। तर, सत्य यही हो। हाम्रो जिन्दगी एउटा उपहार हो। जिन्दगीसँग जोडिएर आउने हरेक चिज उपहार हुन्। हाम्रो यो शरीर नै उपहार हो। यसलाई हामीले सम्भार गर्नुपर्छ। ख्याल राख्नुपर्छ। यो शरीर पाएकोमा आभारी हुनुपर्छ। यसलाई मायाले अंकमाल गर्नुपर्छ। यो जिन्दगीको यात्रामा हामीसँग ठोक्किन आइपुग्ने ती सबै मान्छे पनि उपहार हुन्।

दोस्रो, आफ्नो अन्तरआत्मालाई चियाएर हेर्नुको महत्व। हामीले आफ्नो अन्तरआत्मामा पौडिएर आफ्नो अस्तित्वको महत्व बुझ्नुपर्छ। आफ्नो सत्यलाई महसुस गर्नुपर्छ। आफ्नो सत्यमा बाँच्नुपर्छ। 

हामीसँग समय थोरै छ, त्यसैले हामीले आफ्नो जिन्दगी जतिसक्दो धेरै बाँच्नुपर्छ, अर्थपूर्ण रूपमा। हामी कोही पनि अर्काको जिन्दगी बाँच्दैनौं। अर्कालाई ठिक वा सही लागेको जिन्दगी हामी किन बाँच्ने? हामीले आफ्नो जिन्दगी बाँच्नुपर्छ। आफ्नो इच्छाअनुसार, आफ्नो सर्तमुताबिक। यसका लागि हामीले आफ्नो अन्तरआत्मालाई चियाएर हेर्नुपर्छ। त्यस्तो चिजको खोजी गर्नुपर्छ, जसले हामीमा उत्प्रेरणा जगाउँछ। हामीलाई एउटा असल जिन्दगी बाँच्न घच्घच्याउँछ। ताकि, हरेक दिन आफ्नो अन्तरआत्माले मागेअनुसार हामी स्पष्ट र प्रेमपूर्वक बाँच्न सकौं। 

तेस्रो, हामीले जति नै तयारी गरे पनि जिन्दगीका विभिन्न मोडमा आश्चर्यहरू ठोक्किन आइपुग्छन्। जिन्दगीले हामीलाई पत्तै नदिई नयाँ–नयाँ चुनौती दिइरहन्छ। हामीले त्यसको तयारी गर्ने मौकै पाउँदैनौं। तर, हामी छनौट गर्न सक्छौं। हामी कि त जिन्दगीले दिने ती आश्चर्यहरूबाट आहत भएर, त्यसैको दुःखमा पिल्सिएर बाँच्न सक्छौं वा त्यसलाई आफ्नो क्षमता निखार्ने चुनौतीका रूपमा प्रयोग गर्न सक्छौं। कस्तो जिन्दगी बाँच्ने, त्यो छनौट गर्ने अधिकार हामीसँगै छ।

जिन्दगीले दिने ती अप्रत्यासित चुनौती र समस्याका पछाडि एउटा सन्देश भने सधैं रहन्छ– हामीले जस्तोसुकै कठिन अवस्थालाई पनि आफ्नो विजयको कथा बनाउन सक्छौं, आफ्नो बुद्धिमता र साहसको उदाहरणका रूपमा प्रस्तुत गर्न सक्छौं। र, यो सामर्थ्य हामीभित्रै छ।

(अभिनेत्री मनीषा कोइरालाद्वारा भारतको जयपुरमा हालै आयोजित ‘टेड जयपुर’ मा अभिव्यक्त भनाइको अनुवाद)

http://setopati.com बाट साभार 

रामजन्म भूमि , राम की नहीं बौध विहार है जिसे ब्राह्मणों ने तोडा था : वीरू कौशिक






अयोध्या का प्राचीन नाम साकेत है। मौर्य शासनकाल तक इसका नाम साकेत ही था। यहाँ पर कोशल नरेश प्रसेनजित ने बावरी नाम के बौद्ध भिक्षु की मृत्य के पश्चात उसकी याद में "बावरी बौद्ध विहार" बनवाया था। राजा प्रसेनजित गौतम बुद्ध के समय में थे। इस बौद्ध विहार को ब्राह्मण राजा पुष्यमित्र शुंग(राम)ने ध्वस्त कर दिया था। यह स्थान बावरी नाम से विख्यात हो गया था। 

बाद में राजा पुष्यमित्र शुंग (राम) ने अपनी राजधानी पाटलिपुत्र से बदलकर साकेत किया और साकेत का नाम भी अयोध्या कर दिया । अयोध्या=बिना युद्ध के बनाई गयी राजधानी.. 

बाल्मीकि कवि ने अपने राजा पुष्यमित्र शुंग (राम) को खुश करने के लिए एक काव्य की रचना की जिसमे राम के रूप में पुष्यमित्र शुंग और रावण के रूप में मौर्य सम्राटो का वर्णन करके उसकी राजधानी अयोध्या का गुणगान किया। 
बाद में राजा के निर्देश पर इस काव्य में कई दन्त कथाएं(बौद्ध धर्म की जातक कथाये) और काल्पनिक कथाएं,वंशावली आदि सम्मलित करके इसकी कथा में बदलाव किया और इसे धर्म ग्रन्थ बना लिया गया... 

अयोध्या का बावरी नामक स्थान पर किसी मुस्लिम शासक ने मस्जिद का निर्माण कराया । यह मस्जिद बावरी नामक स्थान पर बनी होने के कारण बावरी मस्जिद कहलाती थी। कुछ दिनों में इसका नाम बिगड़कर बाबरी मस्जिद हो गया। यह मस्जिद बाबर ने नही बनवाई। अगर यह मस्जिद बाबर बनवाता तो मुगल काल में पैदा हुआ तुलसीदास भी अपनी रामचरित मानस में ज़रूर लिखते.... 

फिर unpaid police(अन्य पिछड़ा वर्ग) को आगे करके बाबरी मस्जिद को गिरा दिया। इसके बाद केस हाई कोर्ट में गया। पुरातत्व विभाग द्वारा इस स्थान की खुदाई की गयी लेकिन राम मंदिर का कोई प्रमाण नही मिला क्योकि वहाँ राम मंदिर नही था। खुदाई में बौद्ध विहार के अवशेष प्राप्त हुए तो उस स्थान की खुदाई रुकवा दी। हाई कोर्ट के वकील ने फैसला सुनकर इस जमीन के तीन हिस्से कर दिए। 

हाई कोर्ट के वकील mr. Agrawal ने अपनी रिपोर्ट में लिखा की यह स्थान मूलतः बौद्ध स्थल था।अब केस सुप्रीम कोर्ट में है। 
इस बात की खबर बौद्ध धर्म के अनुयायियों को चली तो उन्होंने भी अपना दावा ठोक दिया। अब तीन लोग इस भूमि के दावेदार है। 

मूलतः यह ज़मीन बौद्धों की है और अयोध्या में उस स्थान पर राम मंदिर नही बनेगा.... 
ये आरएसएस के लोग जानते है लेकिन हमारे लोग नही जानते है।









अयोध्या का बावरी नामक स्थान पर किसी मुस्लिम शासक ने मस्जिद का निर्माण कराया । यह मस्जिद बावरी नामक स्थान पर बनी होने के कारण बावरी मस्जिद कहलाती थी। कुछ दिनों में इसका नाम बिगड़कर बाबरी मस्जिद हो गया। यह मस्जिद बाबर ने नही बनवाई। अगर यह मस्जिद बाबर बनवाता तो मुगल काल में पैदा हुआ तुलसीदास भी अपनी रामचरित मानस में ज़रूर लिखते.... 

फिर unpaid police(अन्य पिछड़ा वर्ग) को आगे करके बाबरी मस्जिद को गिरा दिया। इसके बाद केस हाई कोर्ट में गया। पुरातत्व विभाग द्वारा इस स्थान की खुदाई की गयी लेकिन राम मंदिर का कोई प्रमाण नही मिला क्योकि वहाँ राम मंदिर नही था। खुदाई में बौद्ध विहार के अवशेष प्राप्त हुए तो उस स्थान की खुदाई रुकवा दी। हाई कोर्ट के वकील ने फैसला सुनकर इस जमीन के तीन हिस्से कर दिए। 



http://www.januday.com बाट साभार 

Sunday, March 19, 2017

स्थिती यस्तै रहे नेपाल सकिने खतरा, पुनः नाकाबन्दी हुने खुलासा, भारतीय टिभीमा नेपाल बारे बहस (भिडियो सहित)


काठमाडौं, ४ चैत । पहाडले मधेसलाई अधिकार दिन चाहदैन र यहि स्थिति रहे पहिले भन्दा खतरा नेपालै सकिने नाकाबन्दी लाग्ने भन्दै नेपाल बारे भारतिय टेलिभिजनमा भएको ठुलो बहस भिडियो सहित हेर्नुहोस र सबैले सेयर गरौँ !
!
काठमाडौं, ४ चैत । पहाडले मधेसलाई अधिकार दिन चाहदैन र यहि स्थिति रहे पहिले भन्दा खतरा नेपालै सकिने नाकाबन्दी लाग्ने भन्दै नेपाल बारे भारतिय टेलिभिजनमा भएको ठुलो बहस भिडियो सहित हेर्नुहोस र सबैले सेयर गरौँ !
 http://www.todaykhabar.com बाट साभार 

Wednesday, March 15, 2017

एसडी मूनिकाे अघि डा. बाबुराम भट्टराइको दिल्लीमा माओवादी युद्धबारे यस्तो ब्रिफिङ (पूर्णपाठ सहित)


काठमाडौं, २ चैत्र २०७३ । नयाँ शक्ति नेपाल, पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नयाँ दिल्लीमा नेपालको माओवादी आन्दोलनबारे लामो भाषण दिएका छन् ।
भारतको नयाँ दिल्लीमा आयोजित ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा ‘बुलेट टु ब्यालेट’ शिर्षकको ब्यानरमा १० वर्षे माओवादी युद्धबारे लामो भाषण गरेका हुन् ।
आफूले माओवादी युद्धलाई शान्तिपूर्ण बाटोमा अवतरण गराएको उनको तर्क थियो । भट्टराईले संबोधन गरेको भाषणको पूर्ण पाठ यस्तो छ ।
आदरणीय सभापति महोदय, 
यस प्यानलका सदस्यहरु, 
महामहिम भद्र महिला, सज्जनवृन्द तथा मित्रहरु,
नमस्कार तथा अभिवादन
१. यहाँ उपस्थित यो गरिमामय सभा एवं प्रवुद्ध महानुभावहरुका सामु उपस्थित हुन पाउँदा गौरवान्वित महशुस गरेको छु । नेपालका जनता र त्यहाँको राजनीति मात्रै नभै समग्र दक्षिण एशिया क्षेत्रसँग सान्दर्भिक यो विषयको प्रस्तुतिको अवसर दिनुभएकोमा आयोजकलाई धन्यवाद दिन चाहन्छु । यो सन्दर्भमा म विगत दुई दशकमा नेपालको माओवादी आन्दोलनको संक्रमणकालीन प्रकृति मुख्यत: बुलेटदेखि व्यालेटसम्म, के कारण यो सम्भव भयो ? सोका परिणामहरु के के भए ? नेपाली अनुभवले हाम्रो समाजलाई लोकतान्त्रीकरण गर्न सघाउन के कस्ता खालका सिद्धान्तहरु प्रतिपादन गर्न मदत पुर्‍याउँछ भन्ने बारेमा केन्द्रित रहनेछु ।
२. विषयको प्रारम्भमा नै यो दर्शाउन चाहन्छु कि नेपालको राजनीतिमा संक्रमणकाल जारी छ । केही दीर्घकालीन समस्याहरु जो नयाँ रुपमा देखा परेका छन् तिनले नेपालको राष्ट्रिय राजनीतिको संक्रमणलाई अझै लम्व्याउने देखिन्छ । जसका कारण सन् २०१५ मा जारी भएको संविधानको कार्यान्वयन र सोको स्थायीत्वमा गम्भीर प्रश्न चिन्ह खडा भएको छ । म आफैं जो माओवादी जनयुद्धको अग्रपंक्तिमा एक दशक होमिएँ, त्यसपछि संविधान निर्माणको अग्रणी भूमिका निर्वाह गरें अहिले माओवादी पार्टीदेखि अलग भएको छु । संविधान निर्माणपछिको तत्कालीन परिदृश्यमा बदलिएको परिस्थितिका नयाँ समस्याहरुको सटिक र अर्थपूर्ण ढंगले समाधान गर्न सक्षम नयाँ राजनीतिक मार्गको रेखा कोर्ने गरी वैकल्पिक राजनीतिक शक्तिको निर्माणको पहल गरेको छु । तसर्थ वुलेटदेखि व्यालेटसम्म आउँदैमा हाम्रो समाजको लोकतान्त्रीकरणको कार्य समाप्त भैनसकेको सन्दर्भमा श्रीलंका र भारतको विभिन्न स्थानवाट  आउनुभएका साथीहरुले के कस्तो विचार प्रस्तुत गर्नुहुनेछ सो सुन्न म व्यग्र प्रतिक्षामा छु ।
३. वुलेटदेखि व्यालेटसम्म भन्ने अभिव्यक्ति सामान्य एवं शाब्दिक अर्थमा भन्नु पर्दा राजनैतिक साधनको वदलाव भन्ने वुझिन्छ । बुलेटले राजनीतिक उद्देश्य प्राप्तिकालागि अपनाइने हिंसात्मक तरिका जनाउँछ भने ब्यालेटले राजनैतिक उद्देश्य प्राप्त गर्ने शान्तिपूर्ण तरिका जनाउँछ । सैद्धान्तिक एवं दार्शनिक हिसावले भन्नु पर्दा हिंसा र अहिंसा सम्बन्धी निर्णायक समझदारीमा पुग्नु निकै नै चुनौतिपूर्ण काम हो । जब हामी यो विषयमा प्रवेश गर्छौं, तव इच्छाइएको वा नइच्छाएर हिंसात्मक वा अहिंसात्मक तरिकाको प्रयोग वा कुनै परिवेशमा हिंसात्मक वैधता वा अवैधताका रुपमा प्रयोगमा मात्रै वहस सीमित रहँदैन । हिंसा र अहिंसामा आधारित वहसहरुले नैतिक परिदृश्य धारण गर्दछन्, सैद्धान्तिक पण्डितहरुबीच युद्धको मानवीय मूल्य र आर्थिक एवं परिस्थितिको मूल्यका वारेमा तर्क वितर्क सिर्जना गरिदिन्छन् । यी निकै नै विरोधाभाष विषयहरु हुन र सो वारेमा निरपेक्ष नैतिक धारणा वनाउनु असम्भव प्राय: सावित हुनेछ । तसर्थ यी विषयहरुलाई निरपेक्ष तरिकाले हेर्नुभन्दा राजनीतिलाई केन्द्रमा राखेर सापेक्ष रुपमा हेर्नु उचित हुनेछ । किनकि दैनिक राजनीति निरपेक्ष भन्दा पनि विषय र परिस्थिति अनुसार सापेक्ष उत्तरहरुले भरिपूर्ण हुन्छ । सोको सापेक्षताले नै हामीलाई नयाँ तरिकाले सोच्ने, त्यस बमोजिम कार्य गर्ने र हाम्रो लोकतान्त्रिक परिधीबाहिर रहेकाहरुलाई समाहित गरेर अघि वढ्ने नयाँ अध्यायहरुको मार्ग प्रशस्त गरिदिन्छ ।
४. अब म नेपाल र नेपालको माओवादी आन्दोलनको विशेष सन्दर्भबारे छलफल गर्न गइरहेको छु । माओवादी आन्दोलनको सशस्त्र संघर्षदेखि शान्तिपूर्ण संवैधानिक रुपान्तरण केही कारणहरुले सम्भव भएको देखिन्छ ।
सबैभन्दा पहिले के बुझ्नु जरुरी छ भने नेपालको माओवादी आन्दोलन वैचारिक एवम् आर्थिक– सामाजिक मुद्दाहरुबाट निर्देशित राजनीतीक आन्दोलन थियो जसले जनस्तरमा ठूलै समर्थन प्राप्त गरेको थियो । अर्को कुरा के भने, यो आन्दोलनले नेपालमा बिगतमा प्रजातन्त्र प्राप्तिकालागि एकतन्त्रीय शासनविरुद्ध भएका संघर्ष र क्रान्तिहरुको मर्म बोकेको थियो । प्राध्यापक मुनी, जो यहाँ नै उपस्थित हुनुहुन्छ, उहाँकै शब्दमा भन्नुपर्दा नेपालको माओवादी आन्दोलन नेपालको तत्कालीन आर्थिक–सामाजिक एवम् राजनैतिक परिवेशको उपज थियो । राजनैतिक रुपमा भन्नुपर्दा आधुनिक नेपालको इतिहासमा राजतन्त्र र लोकतन्त्रबीचको संघर्ष नै नेपालको प्रधान अन्तर्विरोध थियो । नेपालका राजनैतिक दलहरुले आफ्नो गठनकालदेखि नै एकतन्त्रीय शासनविरुद्ध एक वा अर्को रुपमा विभिन्न लोकप्रिय संघर्षहरुको नेतृत्व गरेको देखिन्छ । सन् १९५० मा एकतन्त्रीय जहानियाँ राणा शासनको अन्त्यपछि नेपालमा पहिलो पटक संसदीय प्रजातन्त्रको मार्ग खुलेको थियो । 
मैले यहाँ नेपाल र भारतको परिस्थितिका बीचको एक प्रमुख भिन्नता दर्शाउन चाहें । भारतमा स्वतन्त्रता प्राप्तिपछि लोकतान्त्रिक निकायहरुको गठन एवम् सञ्चालन निर्वाध रुपमा हुन पायो भने नेपालमा करिव एक दशकमै प्राप्त उपलब्धी गुम्न पुग्यो । जसको एकमात्र सटिक कारण चाहीँ अस्तित्वमा रहेको राजतन्त्र नै थियो । विशेषत: जब राजा महेन्द्रले सन् १९६० मा निर्दलीय एकतन्त्रीय पञ्चायती ब्यवस्था अंगिकार गरे । यही पृष्ठभूमिमा नेपाली काँग्रेस र नेपालका कम्युनिष्ट पार्टीहरुले आफ्नो राजनीति सञ्चालन गरे । सन् १९९० को जनआन्दोलन राजतन्त्र र लोकतन्त्रमा विश्वास राख्ने पार्टीहरुबीचको संघर्षको उपज थियो, जसले जनता र राजनैतिक दलका मागहरुको रूपरेखा कोरेको थियो । यद्यपि यो संघर्ष राजनैतिक दल र शाह राजतन्त्रका बीचमा भएको सम्झौताका कारण टुंगियो । यो सम्झौताको त्रुटी तब देखियो जब संसदीय व्यवस्थाको बीचबाट नै निरंकुश राजतन्त्रको पुन: उदय भयो । सन् २००५ मा तत्कालीन राजा ज्ञानेन्ऽले सत्ता आफ्नो हातमा लिए । सन् १९९६ मा सशस्त्र संघर्ष सुरु गरेको माओवादीले संसदीय दलहरु र राजतन्त्रबीचको त्यो एकता नै नेपालको राजनीतिको प्रमुख कमजोरीका रूपमा पहिचान गर्‍यो, जसले नेपालको राजनीतिमा प्रमुख दुस्प्रभाव पारिरहेको थियो । राजा, पुरातन संसदीय दलहरु र क्रान्तिकारीहरुबीचको यो त्रिकोणात्मक संघर्षलाई दक्षताका साथ सतहमा ल्याउन नेपाली माओवादीले खेलेको भूमिका राजनीतिकर्मी एवम् प्राज्ञिक व्यक्तित्वहरुले सहर्ष स्वीकार्छन् । सन् २००५ को शाही ‘कू’ पछि निरंकुश राजतन्त्रका विरुद्ध लोकतान्त्रिक शक्तिहरुकाबीच समन्वित एवम् प्रभावकारी ढंगले संघर्षका कार्यक्रमहरु प्रस्तुत गर्नेे माओवादी नै पहिलो थियो । यो एउटा यस्तो पहलकदमी थियो जसले निरंकुश राजतन्त्रका विरुद्ध माओवादी पार्टी र संसदीय दलहरुबीच पूर्ण लोकतन्त्र प्राप्ति र राजतन्त्रको उन्मूलनकालागि साझा समझदारीको जग खडा गरिदियो । क्लाज्वीचले भनेजस्तै बुलेट र ब्यालेट दुबै राजनीतिको निरन्तरताका लागि चाहिने दुई फरक साधन हुन् । विगतका आन्दोलन देखिको जनताबाट निर्वाचित प्रतिनिधिहरुबाट संविधानको निर्माणको नेपाली जनताको माग एवम् चाहनालाई माओवादीले नयाँ उचाइमा पुर्‍यायो । तसर्थ नेपालको माओवादी आन्दोलनको विशिष्टता के छ भने यसले राजतन्त्रका विरुद्धको लोकतान्त्रिक शक्तिहरुको बुलेटदेखि ब्यालेटसम्मको अन्तिम लडाईंमा निर्णायक भूमिका निर्वाह गरेको देखिन्छ । तत्कालको राजनीतिक शक्ति अथवा माओवादीको शक्ति सशस्त्र आन्दोलनका बेला निर्माण भएकोले उनीहरु सो शक्तिका कारण अन्य पुरातनवादी संसदीय दलहरुलाई संविधानसभाको आवश्यकता महसुश गराउन सफल भएको देखिन्छ । तसर्थ, धेरैले अनुमान गरेभन्दा फरक, माओवादीले नै नयाँ संविधानको निर्माणका लागि निर्वाचनको आह्वान गरेको प्रस्ट हुन्छ ।
५. यहाँ यो बुझ्नु जरुरी छ कि यी घटनाक्रमहरु परिस्थितिजन्य थिएनन, न त शाही ‘कू’ का कारण नै माओवादी यी लोकतान्त्रिक पहलकदमीहरुको माग गर्न पुगेको थियो । सिद्धान्तत: पनि माओवादीहरुभित्रै कम्युनिष्टहरुले लोकतन्त्रलाई गम्भीर रुपमा लिने कुरा कार्यनीतिक रूपमा मात्र नभई दीगो रूपमा हुनुपर्ने प्रशस्त बहसहरु हुने गर्थे । तसर्थ, संवैधानिक  राजतन्त्र र संसदीय व्यवस्थाका त्रुटीहरु पहिल्याउनुका अलवा आफ्नै लोकतान्त्रीकरणमा पनि माओवादीले जोड दिइरहेको थियो । यो एउटा महत्वपूर्ण विन्दू हो । निश्चय नै सबै माओवादी नेताहरु यो बिषयमा सहमत थिएनन् । पार्टीको लोकतान्त्रीकरण र संसदीय पार्टीहरुसँग संयुक्त मोर्चा बनाउने बिषयमा पार्टी नेतृत्वमा गम्भीर मतभिन्नता थियो । वास्तवमा भन्नुपर्दा पार्टीको लोकतान्त्रीकरण र संसदीय पार्टीहरुसँग संयुक्त मोर्चा बनाउने बिषयमा जोड दिनेमा म नै पहिलो र केही मध्येमा पर्थें ।
अन्तत: यी मान्यताहरु औपचारिक रुपमा ‘२१औं शताब्दीमा लोकतन्त्रको विकासबारे’ शीर्षकको दस्तावेज मार्फत आत्मसात गरियो ।
यहीँनेर माओवादीले आत्मसमीक्षा गरे र आफैंलाई प्रश्न गरे कि विगतका समाजवादी र कम्युनिष्ट सत्ताहरुले गरेका गल्तीहरुबाट कसरी बच्न सकिन्छ ? यसैको मान्यताका आधारमा उल्लेखनीय प्रस्तावमा पुग्दै पार्टीका विभिन्न अंगहरु, नेता र कार्यकर्ताहरुको सम्बन्धलाई कसरी लोकतान्त्रीकरण गर्ने भन्ने मान्यताको विकास भयो ।
तर राज्यसत्ता र राजनैतिक स्वतन्त्रताका बारेमा पार्टीको दृष्टिकोण र मान्यता सबैभन्दा ध्यान दिन लायक छ । नेपाली माओवादीहरुले यो निर्णय गरे कि जब सत्ता प्राप्त हुनेछ तब प्रतिस्पर्धी पार्टीहरुले क्रान्तिकारी पार्टीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्, त्यसैले माओवादी पार्टीले पनि निर्वाचनको माध्यमबाट जनताको अनुमोदन प्राप्त गर्नेछन्, यसको अभावमा क्रान्तिकारी पार्टी पनि विस्तारै अधिनायकवादी नोकरशाही संस्थामा पतन हुनेछ ।
६. माओवादीको सैद्धान्तिक र वैचारिक मान्यताको विशिष्ठताका आधारभूत जानाकारी विनाको माओवादीले अवलम्वन गरेको बुलेट टु व्यालेटको संक्रमणसम्बन्धी वुझाई अधुरो र अपुरो हुन्छ ।
७. उचित समयमै माओवादी जनयुद्धको बुलेटबाट व्यालेटमा रुपान्तरणको अर्को महत्वपूर्ण पक्ष नेपालको भारत र चीन जस्ता दुई भीमकाय छिमेकीको बीचमा रहेको संवेदनशील भू–राजनीतिक अवस्थिति थियो । समयमै त्यो हिंसात्मक आन्दोलनको सम्बोधन नभएको भए त्यसले चर्कंदै जाँदा छरछिमेकलाई समेत तानेर ठूलो क्षेत्रीय संघर्षको रुप लिने खतरा थियो ।
८. सम्पूर्ण रुपमा हार वा जीतको प्रकृतिको द्वन्दको सन्दर्भमा नयाँ संविधानलाई पुरानो सत्ताको अन्त्य र नयाँ राजनीतिको आरम्भको प्रतिकका रुपमा लिने गरिन्छ । यसलाई राजनीतिशास्त्रीहरुले प्रतिस्थापन मोडेल पनि भन्ने गरेका छन् ।
तथापि राजनैतिक द्वन्दहरु कहिलेकाहीँ कुनै पनि पक्षको पूरै जीत वा हारको अवस्थामा पुग्न नसकी बीचैमा टुंगिएको पनि हुन्छ । यस्तो अवस्थामा संविधान निर्माण एक युद्धविरामको अवस्था वा शान्ति सम्झौताको अवस्थामा परिणत हुन्छ । यस्तो अवस्थामा वन्ने संविधान द्वन्दरत पक्षहरुको सम्झौताको दस्तावेजका रुपमा ग्रहण गरिन्छ ।
नेपालको संविधान निर्माण प्रक्रिया यी दुबै प्रक्रियाको बीचको अवस्थावाट गुज्रेको थियो भन्न सकिन्छ । राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा नेपालको नयाँ संविधानको एक उल्लेखनीय पक्ष हो जसले एक हिसावले पुरानो राजनैतिक सत्तावाट फड्को मारेको हो भन्न सकिन्छ । तर अर्कोतर्फ माओवादी र गैरमाओवादी पार्टीहरुका बीचमा संसदीय लोकतन्त्रमा संस्थागत सम्झौता भएको हो भन्न सकिन्छ ।
यो प्रक्रियामा संसदवादी दलहरुले उनीहरुको पुरानो राजनैतिक विश्वास परित्याग गरेर परम्परागत उदारवादी मान्यताको अलावा आर्थिक–सामाजिक रुपान्तरणको क्रान्तिकारी मान्यताको आत्मसात गरेको अवस्था हो । उदाहरणकालागि संघीयता, समानुपातिक समावेशी प्रतिनिधित्व सहितको सहभागितामूलक लोकतन्त्र, भूमिसुधार जस्ता उपलव्धीहरु प्राप्त भएका छन् । अर्कोतर्फ माओवादीले पनि आफ्ना केही वैचारिक मान्यताहरुलाई थाति राखेर परम्परागत रुपमा उदारवादी लोकतन्त्रसँग सम्वद्ध निजी सम्पत्तिको संरक्षण, कानुनी राज, शक्ति पृथकीकरण जस्ता मान्यतालाई आत्मसात गरेको छ । 
माओवादी र गैरमाओवादीहरुबीच भएका उपरोक्त प्रतिवद्धता र समझदारीहरु वा सम्झौताहरुले दीर्घकालीन शान्ति प्रक्रिया र संविधान निर्माणको आधार निर्माण गरेका हुन् । अर्को शब्दमा भन्ने हो भने यी मान्यताहरु नेपाली राजनीतिलाई बुलेटबाट व्यालेटमा संक्रमण गर्नकालागि आधारभूत मान्यताहरु हुन् ।
९. यदि हामीले मुख्य लक्ष्यका बारेमा पुन:स्मरण गर्ने हो भने नेपालको संविधान निर्माण र लोकतान्त्रिक संक्रमणका बारेमा वुझ्न धेरै गाह्रो पर्ने छैन । संविधान जारी भइसकेपछि पनि तराई/मधेशका जनता र आदिवासी जनजातिहरुको असन्तुष्टिले यसको अन्तर्यमा रहेको समस्यालाई वोध गर्न सहज बनाउँछ ।
१०. यदि द्वन्दको मूल कारणलाई सम्बोधन गरिएन भने, आर्थिक–समाजिक रुपान्तरणको जनताको राजनैतिक मागलाई पूरा गरिएन भने समाजको दीगो विकास र स्थायीत्वतर्फको शान्तिपूर्ण संक्रमण जोखिममा पर्न सक्छ । यो नेपालको हालैको अनुभवबाट सिक्न सकिने मध्येको एक महत्वपूर्ण पाठ हो । तथापि हामीले विषयवस्तुलाई धेरै सामान्यीकरण पनि गर्नुहुन्न । किनभने, बुलेटबाट व्यालेटमा संक्रमणका अनुभवहरु समय र परिवेश विशेषका अनुभवहरु हुन् । नेपालको सन्दर्भ एक यस्तो उत्तम सन्दर्भ हो जहाँ सिक्नु पर्ने र सिक्नु नपर्ने कैयौं विषयहरु छन् ।
११. अन्तमा, लोकतान्त्रिक संक्रमण एक निरन्तर जारी रहने नियमित प्रक्रिया हो । त्यसैले नयाँ संस्थाहरुको सिर्जना गर्नु र संवैधानिक उपचार प्राप्त गर्नु निश्चय नै कठीन कार्य हो तथापि राष्ट्रले विना कुनै थकान निरन्तर जनतासँगको सम्बन्धलाई लोकतान्त्रीकरण गर्न लागिरहनुपर्छ । यही मान्यताका आधारमा निर्देशित हुँदै मैले नयाँ लक्ष्य, उद्देश्य सहितको यात्रा आरम्भ गरेको छु । नयाँ शक्तिको विचार केवल नयाँ पार्टी वा नयाँ राजनीतिमात्रै नभएर सिंगै समाजलाई लोकतान्त्रीकरण गर्ने स्वाभाविक प्रक्रियाका साथै बुलेटबाट व्यालेटमा रुपान्तरण गर्ने एक महान अभियान पनि हो ।
क्रिष्टोफर कोलम्वसले एकपटक भनेका थिए – ‘तपाईं महासागर पार गर्न सक्नुहुन्न जबसम्म तपाईंले देखेको किनारालाई पछाडि छोड्ने साहस राख्नुहुन्न ।’ मैले त्यही बुलेटमा देखिएको किनारालाई पछाडि छोड्ने साहस वटुल्दै विश्व समाजलाई व्यालेटको माध्यमवाट प्रगतिशील विश्वमा परिणत गर्ने महासागर तर्ने प्रयत्न गरिराखेको छु ।

त्यसैले शान्ति, समृद्धि, न्याय र समानताको बस्तुगत अवस्था सिर्जना गर्न र कसैले पनि फेरि हतियार उठाउनु नपर्ने अवस्थाको सिर्जना गर्न हातमा हात काँधमा काँध मिलाऔं । 
धन्यवाद

http://diyopost.com बाट साभार