Saturday, June 11, 2016

वैकल्पिक इतिहास श्रृंखला - आहुति

वैकल्पिक इतिहास शृंखला-१

नेपाल कसरी पाँच महासभ्यताको संगम?



धेरै सभ्यता र संस्कृतिको घुलमिलले नै नेपाललाई सहिष्णु बनाएको हो

  • नेवार भाषामा नदीलाई 'खुशी' भनिन्छ। यो किरातभाषाको शब्द हो। यही 'खुशी' पछि 'कोशी' भएको हो। किरात राईहरूको बसोबास भएको क्षेत्रसम्म नदीको नाममा कोशी जोडिएको छ।
  • आर्यहरू सिन्धुघाटी प्रवेश गर्नुअगावै त्यहाँ आष्ट्रिक र द्रविड सभ्यता विकसित भइसकेको थियो। औलोसमेत पचाएर बसेका उनीहरूको शरीरले नै भन्छ- उनीहरू यो भूखण्डमा धेरै पहिले आएका हुन्।
  • खसहरू कौरवका तर्फबाट युद्धमा सहभागी भएका थिए। यसले उनीहरू तीन हजार वर्षपहिले नै गंगा मैदानसम्म फैलिसकेका थिए भन्ने देखिन्छ।
  • उत्तरतिरबाट सबैभन्दा पछि आएको ठूलो समुदाय तामाङ हो। उनीहरूको बसोबास भएको भूभागका मुख्य नदीहरूको नाम तामाङ भाषामा छैन, किरात भाषामै छ।
  • नेपालमा कति प्रकारका मुसलमान छन् भनेर अध्ययन चलिरहेको छ। बाग्मती उपत्यकामा मल्लकालमा भित्र्याइएका मुसलमानहरू छन्। उनीहरू चुराधागो बनाउने लगायत केही प्राविधिक कामका लागि भित्र्याइएका थिए। टर्किस मुसलमान पनि छन्। उनीहरू के प्रयोजनाका लागि कहिले नेपाल आए भन्ने धेरै अध्ययन भएको छैन।
हामीले लामो समयदेखि 'नेपाली समाज सहिष्णु छ' भन्दै आएका छौं। सामन्तवादबाट गुज्रिँदै गर्दा विश्वका थुप्रै सामन्ती समाजभन्दा हिजोको नेपाली सामन्ती समाज उदार तथा सहिष्णु थियो र आजको समाज पनि छ। यसका धेरै कारण छन्। मुख्यत: धेरैवटा सभ्यता र संस्कृतिका मानिस घुलमिल भएर बसोबास गर्नु नै प्रमुख कारण हो। जहाँ धेरैवटा सभ्यता र संस्कृतिको समानस्तरको बसोबास छ, जहाँ एकले अर्कालाई निषेध गर्न सक्दैन, त्यहाँको समाज स्वत: सहिष्णु हुन पुग्छ। त्यहाँ एकअर्कालाई स्वीकार गर्नुको विकल्प हुँदैन। त्यसैले, नेपाली समाज किन सहिष्णु भयो भन्ने प्रश्नको जवाफ खोज्दा नेपालमा कुन-कुन सभ्यता कसरी आइपुगे भन्ने अध्ययन गर्नुपर्ने हुन्छ। 
नेपालको इतिहास अध्ययनका लागि प्रशस्त लिखित सामग्री फेला पर्दैन। लिखित ग्रन्थ फेला पर्ने भनेको लिच्छवी कालदेखिको मात्रै हो। त्यसभन्दा अघिको कथा भन्ने गोपालराज वंशावलीले हो। त्यो पनि बाग्मती उपत्यकाको कथा हो तर बाग्मती उपत्यका बाहिर पनि त नेपाल छ। त्यहाँभन्दा पर दैलेख, दुल्लुको शिलालेखसम्म पुगेका छन्। तर, नेपालको वास्तविक इतिहास थाहा पाउन त्यहाँभन्दा पर जानु आवश्यक छ। 
नेपालबारे सुरुमा चिनियाँ र बेलायतीहरूले लेखे। त्यो उनीहरूको दृष्टिकोणमा, उनीहरुकै प्रयोजनका लागि लेखिएको हो। यद्यपि त्यो राम्रै कुरा थियो-- कम्तिमा केही इतिहास लेख्न त लेखियो। त्यसैगरी नेपालबारे थाहा पाउन केही कुरा चीन-तिब्बतको इतिहासबाट अध्ययन गर्नुपर्छ। भारतको उत्तराखण्डको इतिहास हेर्नुपर्छ। नेपालका विभिन्न समुदायको संस्कृति, भाषा र परम्परा अध्ययन गर्नुपर्छ। हामीसँग उपलब्ध सबै प्रकारका धार्मिक पुस्तक, श्रुतिपरम्पराका गाथा, गीतहरू सबै एकै ठाउँमा राखेर समग्रमा अध्ययन गर्नु आवश्यक छ। धार्मिक परम्परा र कुलपूजाजस्ता कुरा समेत एकै ठाउँ राखेर समग्रमा हेर्नुपर्छ।
यस आधारमा विश्वमा विकसित भएका पाँच महासभ्यताका विरासत नेपालमा पाइन्छ। 
१. ह्वाङहो र याङ्सी नदीको महासभ्यता
चिनियाँ महासभ्यता दुईवटा विशाल नदी, ह्वाङहो र याङ्सीको किनारमा विकास भएको हो। त्यही महासभ्यताबाट पटक-पटक मानव समूह तिब्बत हुँदै नेपालको आजको भूखण्डमा प्रवेश गरेको छ। यो प्रजाति मंगोलिया आसपासको क्षेत्रमा आधुनिक मानव, होमोस्यापेन्सको अवस्थामा आइपुगेको हो। त्यसैले उनीहरूलाई मंगोलियन पनि भन्ने गरिन्छ।
संसारका अधिकांश ठूला सभ्यता नदी किनारमै विकास भएका हुन्। चीनमा दुईवटा विशाल नदी ह्वाङहो र याङ्सीको किनारमा उनीहरूको सभ्यता विकसित भयो। चिनियाँ इतिहासमा पनि यही भनिएको छ। त्यहाँबाट केही समूह अहिलेको नेपाली भूखण्डमा आइपुगे। 
जसमध्ये एउटा समुदाय बाग्मती उपत्यकासहित पूर्वतर्फ बर्मासम्म फैलियो। यो प्रजातिलाई हामी किरात भन्छौं। तिब्बतको किरात नामसँग मिल्दो कुनै थलोमा केहिकाल बसोबास गरेको हुनाले उनीहरूको सभ्यताको नाम नै किरात रहेको मानिन्छ। बाग्मती उपत्यकामा मात्रै किरातहरूले ३२ पुस्तासम्म शासन गरेको सबैले मानेकै छन्। यो अवधी भनेको कम्तीमा पनि एकहजार वर्ष हो। उपत्यकाबाट किरातहरू लखेटिएको सन् १७१ देखि २०० को बीचमा हो। 
नेवार भाषामा अहिले पनि नदीलाई 'खुशी' भनिन्छ। यो किरात भाषाको शब्द हो। यही 'खुशी' पछि 'कोशी' भएको हो। किरात राईहरूको बसोबास भएको क्षेत्रसम्म नदीको नाममा कोशी जोडिएको छ। त्यसयता किरात लिम्बु जातिको बसोबास भएको क्षेत्रमा नामपछाडि 'वा' लाग्छ, जस्तो 'काँवा'। ताप्लेजुङ-पाँचथरमा बग्ने कावेली नदीको संक्षिप्त लिम्बु भाषाको नाम काँवा हो। यो पनि किरात भाषाकै शब्द हो। अहिले पनि नेवार भाषामा आकाशबाट पर्ने पानीलाई 'वा' भनिन्छ। यसले पनि किरातहरू बाग्मती उपत्यका हुँदै पूर्वतर्फ फैलिएका हुन् भन्ने देखिन्छ।
महाभारतको युद्धमा समेत किरातहरुको उपस्थिति देखिन्छ। उनीहरू कौरवको पक्षबाट युद्ध लडेका थिए। महाभारत भनेको आजभन्दा करिब तीन हजार वर्ष पहिलाको हो। अर्थात्, तीन हजार वर्षपहिला नै उनीहरू गंगामैदानसम्म फैलिएका थिए। 
महाभारतको समयभन्दा पहिले नै उनीहरू नेपाल आइसकेका र त्यसपछि एउटा झुन्ड गंगा मैदानतिर गएको हुनसक्छ। अथवा, तिब्बतबाट गंगामैदानमा फेरो मारेर पछि नेपाल प्रवेश गरेको हुनसक्छ। यो अहिले नै भन्न सकिन्न। तर, यस आधारमा उनीहरू तीनदेखि पाँच हजार वर्षअघि नेपाल आएका हुन् भन्ने प्रस्ट हुन्छ। 
उनीहरू ह्वाङहो र याङ्सी महासभ्यताबाटै आएका हुन् भन्नलाई प्रशस्त प्रमाण छन्। उनीहरूमा भएको खादा संस्कृति यसको प्रमाण हो। चीनमा खादा संस्कृतिको अध्ययन गर्दै जाँदा इतिहासकारहरू ५२ सय वर्ष पहिलेसम्म पुगेका छन्। यही संस्कृतिको निरन्तरता किरातहरूमा र उत्तरबाट आएका अरु समुदायमा पनि छ। किरात सम्बतलाई हेर्ने हो भने यो कुरा पुष्टि हुन्छ। अहिले किरात येले सम्बत् ५०७६ पुगिसकेको छ। ह्वाङ्हो र याङ्सी नदी किनारमा विकसित सभ्यताबाट सुरु भएका सवंतहरू पनि पाँच हजार वर्ष आसपासका छन्। 
यतैबाट अर्को कालखण्डमा आएको अर्को मानव समुदाय बाग्मती उपत्यका पश्चिमतर्फ गयो। यो समुदायले गण्डकी सभ्यता निर्माण गरेको छ। त्रिशुलीदेखि कालीगण्डकी नदीभित्रको भूभागमा उनीहरूको बसोबास छ। मगर र गुरुङ यहाँका प्रमुख जाति हुन्। मगरहरू अलि अगाडि यो भूगोलमा आएको देखिन्छ। किनकि उनीहरूको ल्होसार परम्परा छैन। उनीहरूको आफ्नै माघी परम्परा छ। उनीहरुभन्दा अलि पछि आएका गुरुङहरूसँग ल्होसार परम्परा छ। 
उत्तरतिरबाट सबैभन्दा पछि आएको ठूलो समुदाय तामाङ हो। उनीहरू पछि आएको किन पनि देखिन्छ भने उनीहरूको बसोबास भएको भूभागका मुख्य नदीहरूको नाम तामाङ भाषामा छैन, किरात भाषामा नै छ। अर्थात् उनीहरू आउनुपूर्व नै किरातहरूले नदीका नाम राखिसकेका थिए।
यी उत्तरी सभ्यताबाट आएका प्रमुख समुदाय हुन्। उनीहरूको जनसंख्या नेपालको कुल जनसंख्याको २५ प्रतिशत जति छ। राई, लिम्बु, गुरुङ, मगर र तामाङबाहेक अरु थुप्रै जातिहरू यो समुदायमा पर्छन्।
२. आष्ट्रिक र द्रविड महासभ्यता
आर्यहरू सिन्धुघाटी प्रवेश गर्नुअगावै त्यहाँ आष्ट्रिक र द्रविड सभ्यता विकसित भइसकेको थियो। आर्यहरू सिन्धुघाटी आजभन्दा पाँच हजार वर्षपहिले प्रवेश गरेको मानिन्छ। यो संसारका पुराना र ठूला सभ्यतामध्ये एक हो। आर्यहरूले राम्रोसँग खेतीपाती पनि गर्न नथालेको समयमा उनीहरूले नहर सहितको ठूला सभ्यता निर्माण गरेका थिए। 
त्यही महासभ्यताबाट केही मानव समूह नेपाली भूखण्डमा आइपुगे। तराईका अधिकांश जनजाति यो सभ्यताबाट आएका हुन्। थारू, राजवंशी, ताजपुरिया, दनुवार लगायतका जाति यो सभ्यताबाट आएका समुदाय हुन्। तराईमा रहेका पासवान लगायतका समुदायले पनि यो दाबी गरेका छन्। यद्यपि पुष्टि भएको छैन। 
यो सभ्यताका मानिस नेपालमा मात्रै नभएर सीमा जोडिएको भारतीय भूखण्डमा विशाल संख्यामा छन्। उनीहरू द्रविड अर्थात् आग्नेय परिवारको भाषा बोल्छन्। भारतमा अरू थुप्रै जातिले यो परिवारमा पर्ने भाषा बोल्छन्। उनीहरू सबै यही महासभ्यताबाट विकसित भएका समुदाय हुन्। 
नेपालमा उनीहरूको १० देखि १२ प्रतिशत जनसंख्या छ। यो सानो संख्या होइन। तर, यो समुदाय कहिले नेपाल आइपुग्यो भन्ने आधार केही भेटिँदैन। रानाथारूहरू भने १२ औं शताब्दीको आसपास आएको मानिन्छ। तर दगौरा लगायतका थारू र अरू आष्ट्रिक तथा द्रविड जाति योभन्दा सयौं वर्षअघि नै यो भूमिमा आइसकेका हुन्। औलोसमेत पचाएर बसेको उनीहरूको शरीरले नै भन्छ- उनीहरू यो भूखण्डमा धेरै पहिले आएका हुन्।
३. खस महासभ्यता
नेपाल प्रवेश गर्ने आर्यहरूको दुई समूह छ, एउटा ककेसियन र अर्को वैदिक आर्य। 
युरोपबाट यात्रा सुरु गरेर मध्यएसियाको ककेसिया हुँदै गंगा मैदानसम्म एउटा समुदाय फैलिएको छ। उनीहरू मानसरोवर हुँदै नेपाल र दक्षिणतिर प्रवेश गरेको देखिन्छ। यो समुदायलाई खस भनिन्छ। महाभारत युद्धमा पनि यो समुदायको सहभागिता देखिन्छ। खसहरू कौरवका तर्फबाट युद्धमा सहभागी भएका थिए। यसले उनीहरू तीन हजार वर्षपहिले नै गंगा मैदानसम्म फैलिसकेका थिए भन्ने देखिन्छ। तर किरातजस्तै उनीहरू पनि पहिला गंगामैदान गएर नेपाल आए वा नेपालबाट एउटा झुन्ड त्यता फैलियो भन्ने निर्क्योल हुन सकेको छैन। सन् २०० सम्ममा उनीहरुले नेपालको भेरी नदी पारीदेखि भारतको गढवालसम्म आफ्नो राज्य स्थापित गरेका थिए भन्ने सबैजसो इतिहासकारले स्वीकार गरेका छन्।
उनीहरूलाई कसले खस भन्यो, भन्न गाह्रो छ। उनीहरूलाई खस नामाकरण गर्ने कि त वैदिक आर्य हुनुपर्छ कि त द्रविडहरू हुनुपर्छ। ककेससबाट आएको हुनाले कसबाट अपभ्रंश भएर खस भएको हुनसक्छ। 'खस मिर' बाट नै काश्मिर भएको हो। 
नेपालमा उनीहरू मस्टोपूजकका रुपमा चिनिन्छन्। उनीहरू कुल देवताका रुपमा मस्टो पूजा गर्छन्। यो समुदायमा जात व्यवस्था थिएन। नेपालमा उनीहरूको मुख्य केन्द्र जुम्ला र डोटी हो। कहिले डोटी राज्य विस्तार हुने र जुम्ला खुम्चिने तथा कहिले जुम्ला विस्तार हुने र डोटी खुम्चिने भएको देखिन्छ। पाँचौ शताब्दीसम्ममा सिञ्जा एउटा ठूलो साम्राज्य नै विकसित भइसकेको थियो। 
त्यस्तै डोटीलाई केन्द्र बनाएर विस्तार भएको डोट्याल भाषाको प्रभाव यो क्षेत्र हुँदै अहिले भारतमा पर्ने कुमाउँ, गढवाल लगायत भूभागसम्म फैलियो। यो भाषाको प्रभाव बाग्मती उपत्यकासम्म पनि आइपुग्यो। काठमाडौंको नाम यही भाषामा रहन गयो। डोट्याल भाषामा माडौं भनेको मन्दिर हो। काठमाडौंको अर्थ 'काठको मन्दिर' भन्ने हुन्छ। खसका मुख्य तीन विशेषता छन् - मस्टोपूजक, मतवाली (जाँडरक्सी खाने) र जात व्यवस्था नभएका।  
४. वैदिक आर्य महासभ्यता
आर्यहरूकै अर्को समूह सिन्धुघाटी हुँदै गंगामैदानतर्फ फैलियो। वेद, उपनिषद र पुराणहरू रचना गरेर, महाभारतकाल हुँदै मनुस्मृति रचना भएपछि उनीहरू पश्चिमतिरबाट नेपाल प्रवेश गरे। नेपाल आउने क्रम दसौं शताब्दीपछि सुरु भएको देखिन्छ। इरानी मुसलमानहरूले भारतमा धेरैपटक आक्रमण गरिसकेपछि यो क्रम अलि तीब्र भएको देखिन्छ। 
उनीहरू जात व्यवस्थासहित यता आएका हुन्। पछि खस राजाहरूसँग मिलेर उनीहरूले पश्चिममा जात व्यवस्थासहित हिन्दुकरण गरेको देखिन्छ।
यिनै दुई महासभ्यता मिसिएर अहिले खस-आर्य भन्ने परिचय बनेको छ। अहिले त को खस को वैदिक आर्य छुट्याउन नसकिने भएको छ। तर उसको कुलदेवता के हो भनेर छुट्याउने हो भने खस र वैदिक आर्य छुट्याउन सकिन्छ। हिन्दु देवीदेवतालाई कुल देवता भन्ने वैदिक आर्य र मस्टोलाई कुल देवता मान्ने अवैदिक खस आर्यहरू हुन्। 
सुरुमा पश्चिम नेपालमा आइपुगेका वैदिक आर्यहरूले डोट्याल भाषा ग्रहण गरे। पछि यही भाषा अहिलेको नेपाली भाषा बन्यो। यी खस-आर्य अहिलेको पहाडी समुदायका रुपमा विकसित भए। 
यिनै वैदिक आर्य अर्को किसिमले पनि नेपाली भूमिमा आइपुगे। गंगा मैदानबाट क्रमश: बस्ती फैलिँदै फैलिँदै नेपालको तराईसम्म उनीहरू आइपुगेका छन्। राजा जनक र गौतम बुद्धको समयअघि नै यहाँसम्म उनीहरूको बस्ती फैलिसकेको देखिन्छ। यसरी फैलिएको बस्तीमा अष्ट्रिक र द्रविडहरू पनि छन्। उनीहरू जात व्यवस्थासहित यहाँसम्म आइपुगेका हुन्। वैदिक आर्यको यो समूह नै अहिले मधेसी भनेर चिनिन्छ। 
५. इस्लाम महासभ्यता
इस्लाम १४ सय वर्षअघि अरबमा विकसित भएको महासभ्यता हो। उनीहरू भारत हुँदै नेपाल आइपुगेका छन्। नेपालको कुल जनसंख्याको करिब पाँच प्रतिशत जनसंख्या इस्लाम समुदायको छ।
नेपालमा कति प्रकारका मुसलमान छन् भनेर अध्ययन चलिरहेको छ। बाग्मती उपत्यकामा मल्लकालमा भित्र्याइएका मुसलमानहरू छन्। उनीहरू चुराधागो बनाउने लगायत केही प्राविधिक कामका लागि भित्र्याइएका थिए। भारतको काश्मिरबाट आएको हुनाले उनीहरूलाई काश्मिरी मुसलमान भन्ने गरिन्छ। काश्मिरी बजार र काश्मिरी जामे मस्जिद भनेर नै नामाकरण पनि भएको छ।
यसैगरी नेपालमा टर्किस मुसलमान पनि छन्। उनीहरू के प्रयोजनाका लागि कहिले नेपाल आए भन्ने धेरै अध्ययन भएको छैन। उनीहरूलाई अहिले पनि तुर्की मुसलमान भन्ने गरिन्छ र उनीहरू आफैं पनि आफू टर्कीबाट आएको विश्वास राख्छन्। भारतबाट अरू जनसमुदायसँगै फैलिँदै फैलिँदै नेपालको तराईमा बसोबास गर्न थालेको मुसलमान समुदाय पनि छ। नेपालमा सबैभन्दा उपेक्षामा परेको समुदाय भएकाले मुसलमानबारे त्यतिधेरै अध्ययन नै हुन सकेको छैन। 
मुस्लिमहरूको नेपालमा बसोबास नयाँ होइन। उनीहरू ५०० वर्षभन्दा अघिदेखि बसोबास गरिरहेका छन्। इस्लाम धर्ममात्रै नभएर एउटा महासभ्यता हो। हिन्दू राज्यले यता मनुस्मृति बनाएझैं उता सरियत कानुन बनाइयो। तर त्यो शासकहरूले आफ्नो स्वार्थ रक्षाका लागि बनाएको हो। कुरानसम्म जाँदा अर्कै कुरा छ। 
नेपाल यी पाँच महासभ्यताहरूको महासंगम हो। यिनै महासभ्यताबाट विकसित समुदायहरू नेपालमा बसोबास गर्छन। तर, हामीले नेपाललाई यसरी बुझ्ने चेष्टा गरेका छैनौ। बेलायतीहरूलाई नेपालका यस्ता कुरामा चासो राख्नु नै थिएन। त्यसैले उनीहरूले लेखेको इतिहासमा यो कुरा आएन। बेलायती शिक्षा नै पढेकाहरूले पनि त्यही दृष्टिकोणले नेपालको इतिहासलाई बुझे। बनारस विश्वविद्यालय पढेकाले वैदिक आर्यको दृष्टिकोणबाट मात्रै इतिहासलाई हेरे। त्यसैले हाम्रो इतिहासको सही व्याख्या भएन। 
कतिपय प्रसंगलाई शासकहरूले आफ्नो स्वार्थअनुसार लेखाए वा व्याख्या गर्न लगाए। इतिहासका धेरै कुरा लुकाइयो पनि। जस्तो, जुम्लामा अहिले पनि मतवाली खसहरू छन्। उनीहरू हिन्दुकरण हुन नमानेका विद्रोही खस हुन्। उनीहरूको बारेमा कतै चर्चा भएको छ? शासकको स्वार्थ रक्षाका लागि उनीहरूको चर्चा आवश्यक भएन। कतिपय इमानदार इतिहासकारको ज्ञानको सीमाका कारण पनि इतिहासको सही व्याख्या भएन। कतिपयले बोल्ने आँट नगरेको पनि हुनसक्छ।
नेपाल यी विभिन्न महासभ्यताको संगम हो भन्ने स्वीकार गरियो भने मात्रै हामीले लोकतन्त्रलाई सम्मुनत, समावेसी र सबैका लागि स्वीकार्य बनाउन सक्छौं। नत्र भने फेरि पनि कुनै समुदायले अतिरिक्त लाभ पाइरहने र कुनै समुदायले विभेद र हिंसाको सामना गरिरहनुपर्ने हुन्छ।
नीति निर्माता, कर्मचारी तथा राजनीतिज्ञले त यी कुरा बुझ्नैपर्ने हुन्छ। पाँचवटा महासभ्यतासँग सम्बन्धित समाज नेपालमा छन् भनेर स्वीकार गरियो भने मात्रै यी सभ्यतामाझ सन्तुलन ल्याउन सकिन्छ। त्यसपछि मात्रै आर्थिक र राजनीतिक नीति बनाउँदा यी सभ्यता र संस्कृतिलाई ध्यानमा राख्ने काम हुन्छ। यसले नेपालको वास्तविक लोकतन्त्रको अभ्यास सुरु गर्न सहयोग पुर्याउछ। अन्यथा थाहा नभइकन वा नियोजित रुपमा कुनै समुदायले अतिरिक्त लाभ पाइरहने र कुनै समुदायमाथि विभेद र अन्याय भैरहने हुन्छ, नेपालमा अहिले भइरहेको त्यही हो।
उदाहरणका लागि, लोकसेवा आयोगको लिखित परिक्षामा नाम निकालेको मुस्लिमलाई बहुविवाहबारे प्रश्न सोध्यो भने के जवाफ आउँछ? उसले चारवटासम्म बिहे गर्नु त ठीकै हो भन्न सक्छ। तर, मुस्लिम महासभ्यता नै नबुझेको मानिसले अन्तर्वार्ता लियो भने त त्यो उम्मेद्वार स्वत: फेल हुन्छ।
त्यसैले इतिहास पढ्नकै लागि मात्रै यी कुरा अध्ययन गर्ने होइन। प्रत्येक नीति बनाउँदा यो कुरा हेक्का राख्नुपर्ने भएकाले यो इतिहास सबैले थाहा पाउनुपर्छ। लोकतन्त्रलाई नेपाली समाज सापेक्ष बनाउन पनि नेपाली समाजमा पाँच महासभ्यताको संयोजन छ भन्ने स्वीकार गर्नुपर्छ।


वैकल्पिक इतिहास श्रृंखला – २

को थिए नालापानी युद्धमा मारिएका महिला र बालबालिका?


- नालापानी किल्लामा मारिएका महिला र बालबालिका गोर्खाली सेनाका पक्षमा युद्ध लड्न गएका महिला थिएनन्। त्यो बेलाको गोर्खाली सेना हिन्दु उच्च जातिय पुरूषवादी सोचबाट निर्देशित फौज थियो जसमा महिलालाई फौजमा राख्ने कुरा कल्पना पनि गर्न सकिँदैन थियो।

- किल्लाभित्र मारिएका महिला र बालबालिका गोर्खाली सेनाले आफ्नो मनोरन्जनका लागि लगेका वादी महिला र तिनका केटाकेटी हुन सक्छन्। वा, कर्णालीपारिका थुम बस्तीहरूबाट करको भर्पाइ गर्न गोर्खाली फौजले तानेर ल्याइएका महिला पनि हुन सक्छन्।


नेपालको इतिहासमा नालापानी युद्ध जति चर्चित छ, त्यहाँ मारिएका महिला र बालबालिका को थिए भन्ने विषय त्यति नै गुमनाम छ। तर, यो विषयमा प्रश्न उठाउनु जरुरी छ।
यो युद्ध सन् १८८४ को ३१ अक्टोबरदेखि ३० नोभेम्बरसम्म भएको थियो। गोर्खाली सेना बलभद्र कुँवरको नेतृत्वमा नालापानीमा किल्ला गाडेर युद्धमा ओर्लिएको थियो। पहिलो आक्रमणमा गोर्खाली सेना विजयी भयो। धेरै अंग्रेज सेना मारिए। दोस्रो आक्रमणमा अंग्रेज सेनाको नेतृत्व गरिरहेका जनरल जिलेस्पी पनि मारिए। केही समयपछि कर्णेल माबीको नेतृत्वमा अंग्रेज सेनाले फेरि नालापानीमा आक्रमण गर्‍यो। यसपटक अंग्रेजले नेपाली सेनाको किल्लामा लगिएको पानीको मुहान बन्द गरिदिए। आफ्ना अधिकांश सैनिकको मृत्यु भएपछि बलभद्र कुँवर युद्ध छाडेर खलङ्गा किल्लातर्फ गए भनी नेपाली इतिहास भन्छ।
गोर्खाली सेनाको वीरता अहिले पनि संसार प्रसिद्ध छ। उनीहरू एकनिष्ठताका साथ लडेका थिए। नालापानी युद्धमा नेपाली सेना बहादुरीपूर्वक लडेको भनेर अंग्रेजहरूले पनि प्रशंसा गरेका छन्। उनीहरूले बलभद्र कुँवर र नेपाली सेनाको सम्मानमा स्मारक नै बनाएका छन्। विरोधी सेनाले आफूसँग लडेको सेनाका बारेमा प्रशंसा गरेर लेख्नु ठूलो कुरा हो।
यो युद्धपछि बलभद्र कुँवर कहाँ गए, के गरे भन्ने प्रस्ट छैन। उनी पन्जाबी राजा रणजित सिंहको सेनामा भर्ती भए भनिन्छ। तर, थप अनुसन्धान गर्न बाँकी छ। योसँगै प्रश्न उठाउनुपर्ने मुख्य पाटो किल्लाभित्र मारिएका महिला र बालबालिका को थिए भन्ने नै हो।
नालापानी युद्धपछि अंग्रेज सेनाका तर्फबाट लेखिएको संस्मरणमा त्यहाँ महिला र बालबालिका पनि मारिएका थिए भन्ने उल्लेख छ। नेपालको इतिहासमा भने 'महिला र बालबालिका पनि वीरतापूर्वक लडेका थिए' भनेर व्याख्या गरिएको छ। नेपाली महिलाको सौर्यगान जस्तो गरी यो विषय इतिहासमा पढाइन्छ। 
के साँच्चै नालापानीमा गोर्खाली फौजका तर्फबाट महिला र बालबालिका पनि लडेका थिए त?
यस्तो दाबीको कुनै ठोस आधार भने भेटिँदैन। 
गोर्खाली सेनाले कर्णालीपारि वा आजको सुदूरपश्चिमलाई नेपाल राज्यमा गाभ्दा र गाभेपछि पनि व्यापक दमन भएको थियो। त्यहाँ गोर्खाली सेनालाई अत्याचारी वा बलात्कारी सेनाका रूपमा चिनिन्थ्यो। त्यो समय युद्ध भएपछि यस्तो हुनु स्वाभाविक पनि थियो। डोटीका राजा दीप शाही र कुमाउँका राजनीतिज्ञ हर्षदेव जोशी त यसअघि अंग्रेजसँग मिलेर नै गोर्खाली सेनासँग लडेका थिए। 
पानीको मुहान अंग्रेजहरूले बन्द गरेका कारण गोर्खाली सेना हारेको भनिन्छ। इतिहासमा कहीँकतै मुहान खोल्न जाँदा यति मारिए वा यस्तो झडप भयो भन्ने उल्लेख छैन। सामान्यतया पानीको मुहान भनेको सधैं स्थानीयको नियन्त्रणमा वा पहुँचमा हुन्छ। स्थानीय जनताले पनि पानीको मुहान खोलिदिन प्रयास नगरेको नै बुझिन्छ। कर्णालीपारिकै स्थानीय किल्लाभित्र रहेको भए उनीहरू पानी नपाएर मर्ने स्थिति आउँदा त्यहाँका स्थानीयले केही न केही गरेको वा गर्न खोजेको हुनुपर्ने हो। त्यस्तो भएको भए इतिहास लेखनमा त्यो प्रसंग लुकाउनुपर्ने जरूरी थिएन। यसप्रकारको इतिहासलाई आधार बनाएर हेर्दा स्थानीय जनता गोर्खाली सेनाको साथमा युद्ध मैदानमा नरहेको सजिलै बुझिन्छ। 
अर्को कुरा गोर्खाली सेनाले कहिले पनि महिलाको भर्ती लिएको इतिहास छैन। आजको नेपाली सेना त्यही गोर्खाली सेनाको विकसित रूप हो। यो सेनामा पञ्चायत कालको अन्त्यतिरदेखि महिलालाई लिन थालिएको हो, त्यो पनि युद्धकार्यका लागि नभएर बन्दोबस्ती लगायतका कामका लागि मात्रै। पछि बहुदल आएपछि सबै सैन्य कामका लागि सानो संख्यामा महिलाको भर्ती सुरु गरिएको हो।
त्यो बेलाको गोर्खाली सेना हिन्दु उच्च जातिय पुरूषवादी सोचबाट निर्देशित फौज थियो जसमा महिलालाई फौजमा राख्ने कुरा कल्पना पनि गर्न सकिँदैन थियो। त्यसकारण गोर्खाली फौजले कर्णालीवारिबाट नै महिलाहरूलाई भर्ती गरेर लग्यो भन्ने त मान्नै सकिँदैन।
गोर्खाली फौजले महिलालाई भर्ती गरेको मान्दा पनि त्यहाँ अर्को प्रश्न उठ्छ- बालबालिका त्यहाँ किन आए त? फौजमा भर्ती भएका महिलाले युद्ध लड्न जाँदा आफ्ना छोराछोरी पनि लिएर त पक्कै गएनन्। यस तर्कले पनि गोर्खाली फौजमा महिला भर्ती भएका थिएनन् भन्ने नै पुष्टि हुन्छ।
गोर्खाली फौजले कर्णालीपारि विजय हासिल गरेपछि आफ्नो अधिनमा आएका राज्यहरूलाई कर तोकेको थियो। जसले कर तिर्थ्यो, उसलाई सजिलै थियो। जसले कर तिर्न सक्दैनथ्यो, उसले आफ्नो थुम बस्तीबाट चेलिबेटीसमेत करको भर्पाइस्वरूप गोर्खाली फौजलाई सुम्पनुपर्थ्यो। आफूले चाहेका युवती गोर्खाली सेनाले आफैं राख्थ्यो, बाँकी युवतीलाई काशीमा लगेर बेचिन्थ्यो। १० देखि १५० रूपैयाँसम्ममा पाँच सयजति महिलालाई गोर्खाली सेनाले बेचेको कुरा भारतको उत्तराखण्डको इतिहासका पुस्तक र कर्णालीपारिका बस्तीहरूको जनश्रुतीमा अहिले पनि जिउँदै छ। युद्धका कतिपय घटना र अत्याचारबारे थुप्रै लोकगीत नै छन्। यस्तो अवस्थाले भन्छ- स्थानीय महिला गोर्खाली फौजका लागि युद्ध लड्न आउने कुरै भएन। 
त्यसैले, किल्लामा मारिएका महिला र बालबालिका गोर्खाली सेनाका पक्षमा युद्ध लड्न गएका महिला थिएनन् भन्ने पुष्टि हुन्छ। इतिहासमा अहिलेसम्म हामी जे पढिरहेका छौं, त्यो गलत छ भन्ने प्रमाणित हुन्छ। नेपाली महिलाहरूले साँच्चिकै युद्ध लडेका भए, एक एक सैनिकको नाम लेख्ने राज्यसत्ताले ती महिला नायिकाको नाम किन लेखेन त? उनीहरूमध्ये कोही अलि बहादुर लडाकु महिला भएको भए उनलाई पनि बलभद्रलाई झैं 'आइकन' बनाउन किन छोड्थ्यो? यो त अझ ठूलो गौरवको कुरा हुन्थ्यो। भृकुटी र सीताजस्ता पीडित नारीलाई त महान् नारीका रुपमा प्रस्तुत गर्ने राज्य नालापानीमा पछि पर्ने थिएन। तर ती महिला लडेकै थिएनन्, उनीहरू युद्ध लड्न गएकै थिएनन्। त्यसैले कसैको नाम उल्लेख भएन।
अब प्रश्न उठ्छ, को थिए त ती महिला र बालबालिका ?
जसरी ती महिला गोर्खाली फौजका पक्षमा युद्ध लड्न गएका थिएनन् भन्ने स्पष्ट हुन्छ, ती महिला को थिए भन्नेचाहिँ त्यति स्पष्ट हुँदैन। 
मेरो अध्ययनमा यसका दुईवटा सम्भावना छन्।
पहिलो सम्भावना- ती वादी महिला हुन सक्छन्। भेरी वारिपारीका सल्यान, रुकुम र जाजरकोट लगायत राज्यहरू नेपालमा गाभिएपछि त्यहाँको वादी समुदाय अकस्मात दरबारको संरक्षणबाट सडकमा आइपुग्यो। उनीहरू जीविका चलाउनै नसक्ने अवस्थामा पुगे। उनीहरू दरबारको संरक्षणमा बस्थे। वादी महिलालाई 'पातर' भनिन्थ्यो। त्यसबेला पातर भनेका नर्तकी हुन्। उनीहरूलाई धेरै ठूलो सम्मान गरिन्थ्यो। उनीहरूलाई त्यसबेलासम्म छुवाछुत पनि गरिदैँन थियो भन्ने मानिन्छ।  
युद्धमा हारेपछि भेरी नदी वारिपारीका राजा कोही काठमाडौंसँग सम्झौता गरेर काठमाडौंतिर गए। कोही भागेर भारततिर गए। निष्कर्षमा, उनीहरू कर उठाएर सोख गर्नबाट वञ्चित हुन पुगे। किनकि, त्यहाँको कर गोर्खाली फौजले उठाउन थाल्यो। पातरहरू एक्कासि रोजगारविहीन भए। यसअघि नाच्ने, गाउने र दरबारको संरक्षणमा बस्ने भएकाले उनीहरू खेतीपाती पनि गर्दैनथे। उनीहरू जे गरेर भए पनि जीविका चलाउनुपर्ने ठाउँमा पुगेका थिए। त्यसैकारण उनीहरू यौन अत्याचार भोग्नसमेत बाध्य हुने अवस्थामा  पुगे। पछि उनीहरूमाथि छुवाछुत थोपरियो।

यसअघि त्यो समाजका राजा-महाराजा, सामन्तहरूले निम्तो गरेर विशेष अवसरमा नाच्ने महिलालाई गोर्खाली सेनाले सडकमा आएको अवस्थामा फेला पारेको थियो। फौजको रमाइलोका लागि उनीहरूलाई नाच्न लगाउन सजिलो त भयो नै, उनीहरूमाथि यौन शोषण पनि गर्न सकिने अवस्था भयो। यसरी फौजको मनोरञ्जनका लागि किल्लामा लगिएका महिलाले आफ्नो बालबच्चा त छोड्न सक्दैन थिए। त्यसैले, उनीहरू आफ्ना बालबच्चासहित किल्लामा लगिएका थिए। किल्लाभित्र मारिएका महिला र बालबालिका तिनै वादी पातर महिला हुन सक्छन्।
दोस्रो सम्भावना-  गोर्खाली फौजले तोकेको कर बुझाउन नसकेपछि कर्णालीपारिका थुम बस्तीहरूबाट करको भर्पाइ गर्न गोर्खाली फौजले तानेर ल्याइएका महिला हुन सक्छन्। जसलाई उनीहरूले काशी लगेर बिक्री नगरी आफैंसँग भोगविलासका निम्ति राखेका थिए। गोर्खाली फौजले कर्णालीपारि दखल गरेपछि नतिरेको कर भुक्तानीका रुपमा महिलाहरू लिने गरेकाले त्यतिबेलासम्म ती महिलाबाट सन्तान जन्मिसकेको हुनसक्ने सम्भावनालाई इन्कार पनि गर्न सकिन्न। यसरी त्यस किल्लामा मारिएका महिला र बालबालिका यी पनि हुनसक्छन्।
भेरी नदी वारिपारिदेखि कर्णाली वारिपारिसम्मको समाजशास्त्र, इतिहास र जनश्रुति हेर्दा यी दुई सम्भावना प्रमाणित हुनसक्ने आधार भेटिन्छ। नालापानी युद्धमा नेपाली महिलाहरू वीरतापूर्वक लडेका थिए र लडाइँमा भाग लिन उनीहरू किल्लामा बसेका थिए भन्ने दाबी गलत हो भनेर सजिलै भन्न सकिन्छ। यो त सत्य ढाकछोप गर्न र झुट स्थापित गर्न अतिरञ्जित गरी बनाइएको पञ्चायती इतिहास मात्रै हो।
किल्लामा मारिएका ती महिला जो भए पनि नेपाली हुन्। नेपालीहरूले अंग्रेजसँगको युद्धमा गरेको वीरताको बयान गर्दा त्यतिबेलाको गोर्खाली फौजले नेपाली महिलामाथि गरेको अत्याचारलाई छोप्न मिल्छ र? मिल्दैन। यो इतिहास बाहिर ल्याउँदा नेपाली सेनाको मानमर्यादामा आँच आउने कुरा होइन। यो त त्यतिबेलाको परिघटना हो, त्यसबेलाको राज्यको नीति हो। नेपाली सेना वीरतापूर्वक लडेको छ, रगत बगाएको छ, त्यसको महिमागान गर्ने कुरा एउटा पाटो भयो। तर, त्यसभित्र निरपराध नेपाली महिला र बच्चा युद्धमा मारिनुपर्ने जुन परिस्थिति निर्माण भयो, त्यो शोषणको विशिष्ट चक्र थियो भन्ने कुरा किन नभन्ने?

कर्णालीपारिका मानिस अहिले पनि वारिकालाई पूर्वीया भनेर फरक दृष्टिले हेर्छन्। यस्तो दृष्टिकोण त्यसै बनेको त होइन, बरू त्यही दर्दनाक इतिहासको निरन्तरता नै  हो। त्यो घृणाको कारण त इतिहासमा छोपिएको छ। इतिहासमा छोपिएको तथ्यलाई आज पनि न्याय गरेनौं भने उनीहरूको मनमा अहिले पनि घृणा भइरहने भयो। अत्याचार भएको विषयलाई एक हजार वर्षपछि भए पनि जस्ताको तस्तै अत्याचार नै हो भन्न सक्नुपर्छ।  मानवचेतना र अरूमा एउटा फरक यही त हो। हाम्रो इतिहासको थुप्रै सन्दर्भ गलत सूचना लुकाउने या मनगढन्ते सूचना दिने गरी पञ्चायतले तयार पार्यो। त्यसरी त नयाँ पुस्ता अगाडि जान सक्दैन वा भ्रममा बाँच्न बाध्य हुन्छ। इतिहासमा भएका अत्याचारलाई छोप्दै जाने, फेरि नयाँ अत्याचार गर्दै जाने, यसरी मानिसको मनमा घृणा रहिरहने हो भने त समाज कसरी अगाडि जान सक्छ?
त्यसैले, यो महत्वपूर्ण घटनाको  कथित इतिहाससँग नयाँ पुस्ताले जोरी खोज्नै पर्छ, थप अनुसन्धान आवश्यक छ।


वैकल्पिक इतिहास श्रृंखला–३

सुदूरपश्चिमको संघर्ष



सुदुरपश्चिमले बेलाबेला किन विद्रोह गरेछ भन्ने अहिले सात नम्बर प्रदेशका लागि भएको संघर्षबाट थाहा हुन्छ। उनीहरुले चाहेको त स्वायत्तता रहेछ। अढाई सय वर्षपछि भए पनि हामी त्यही ठाउँमा पुगेका छौं।  
·     १९०६-१९०७ सालमा अछामका राजपरिवारका सदस्य बलदेव शाहीले अछाम काठमाडौंबाट स्वतन्त्र भएको घोषणा गरेका थिए।
·     २००९-२०१० सालमा भीमदत्त पन्तले किसान विद्रोह गरेका थिए। उनको विद्रोह दबाउन भारतबाट सेना बोलाइयो। आन्तरिक विद्रोह दमन गर्न विदेशी सेना झिकाइएको नेपालको इतिहासमा यो नै एकमात्र घटना हो।
·     २०१८ सालमा  बझाङका राजपरिवार सदस्य ओम सिंहले बझाङ काठमाडौंबाट स्वतन्त्र हुनुपर्छ भनेर विद्रोह गरे।
·     संविधान जारी गर्ने समयताका भएको आन्दोलन यही संघर्षको निरन्तरता हो।

गोर्खा राज्यमा गाभिएपछि लामो समयसम्म कर्णालीपारिको भूभागले काठमाडौंसँग विद्रोह गरिरह्यो। वि. सं. २०१९ सालसम्म त्यहाँ स्वतन्त्रताका लागि सानाठूला विद्रोह भइरहे। २०१९ सालपछि भने सुदुरपश्चिमले आफ्नो संघर्षको स्वरुप बदल्यो।

कर्णालीवारि सिञ्जाली सभ्यता हो भने पारी डोटेली सभ्यता थियो। जसको अलग्गै भाषा र संस्कृति थियो। यो सभ्यता डोटी केन्द्र भएर कर्णालीपारिदेखि भारतको कुमाउँ गढवालसम्मको विशाल भूखण्डमा फैलिएको थियो। अहिलेसम्म डोटेली भन्दा उनीहरु गौरव गर्छन्। 
उनीहरुको फरक सभ्यता नै गोर्खा राज्यमा समाहित हुन अस्वीकार गर्नुको कारण हो। यो स्वाभिमानसँग गाँसिएको हुन्छ। सुदुरपश्चिमले बेलाबेला किन विद्रोह गरेको गरेछ भन्ने अहिले सात नम्बर प्रदेशका लागि भएको संघर्षबाट थाहा हुन्छ। उनीहरुले चाहेको त स्वायत्तता रहेछ। अढाई सय वर्षपछि भए पनि हामी त्यही ठाउँमा पुगेका छौं।  
उनीहरू किन विद्रोह गर्छन्, किन काठमाडौंबाट स्वायत्तता चाहन्छन् भन्ने थाहा पाउन इतिहास केलाउनु पर्छ। इतिहासमा काठमाडौंले गरेका ज्यादती थाहा पाएपछि त्यसलाई सच्याउन सकिन्छ। यो श्रृंखलालाई हामीले गोर्खाली फौजले सुदुरपश्चिमलाई गोर्खा राज्यमा गाभेको समयबाट हेर्नुपर्छ।  
नेपालमा गाभिएसँगै कर्णालीपारिका बासिन्दाले अरू नेपालीलाई 'पूर्वीया' भन्ने धारणा बनाए। तत्कालीन गोर्खा राज्यमा समाहित पूर्वी नेपालसँग उनीहरुले न आत्मियता महशुस गरे, न सम्मान गर्न सके। उनीहरुको मनमा रहेको घृणा  केही हदसम्म अहिलेपनि छ। यो घृणा हटाउन पनि इतिहासलाई बुझेर अगाडि बढ्नु जरुरी छ।
गोर्खाली फौजले पश्चिमका विभिन्न स–साना राज्य आफ्नो राज्यमा गाभ्दै जाँदा कतै सामान्य लडाईं र कतै सुलह सम्झौताद्वारा दैलेखसम्म जित्यो। 
तर, कर्णालीपारिले गोर्खाली फौजसमक्ष आत्मसमर्पण गरेन। त्यो भाषिक र सांस्कृतिक रूपमा पनि डोटेली सभ्यताभित्रको क्षेत्र थियो। डोटीका राजा दीप शाही र कुमाउँका राजनेता हर्षदेव जोशीले सुरुमा अंग्रेजसँग मिलेर गोर्खाली फौजविरुद्ध लडेको इतिहास छ। वि.सं. १८४७ मा अमरसिंह थापाको नेतृत्वमा गोर्खाली फौजले डोटीमाथि आक्रमण गरेको थियो। डोटीले यो युद्ध हार्‍यो। हारेपछि गोर्खाली फौजले त्यहाँ निकै अत्याचार गरेको पाइन्छ। डोटी र कुमाउँ क्षेत्रमा गोर्खाली सेना बलात्कारी सेनाको रुपमा समेत चिनिएको जनश्रुती अझैसम्म जिवित छ। त्यस क्रममा गोर्खाली सेनाले १४९८ जनाको  हत्या समेत गरेको कुरा आज पनि त्यस क्षेत्रमा प्रचलित जनश्रुतीमा पाइन्छ। आत्मसमर्पण गरेका वा हारेका  थुम बस्तीका रजौटाले कर तिर्न नसक्दा करको  भर्पाईको रूपमा युवतीहरू लिने, उनीहरूमाथि यौन शोषण गर्ने र काशीमा लगेर ती युवती बिक्री गर्ने गरेको समेत इतिहास पाइन्छ।
यसरी गोर्खा राज्यमा गाभिएपछि पनि उनीहरूले स्वायत्तताका लागि पटक पटक विद्रोह गरे। कर्णालीवारिका राज्यहरूले यसरी विद्रोह गरेको पाइन्न।   
वि.सं.१९०३मा जंगबहादुर राणाको उदय भयो। त्यसको तीन वर्षपछि १९०६ मा अछामका बलदेव शाहीले काठमाडौंबाट अछाम अलग भएको घोषणा गरे। उनी अछामको राजपरिवारका सदस्य थिए। अछामेलीहरू उनलाई अहिले पनि "बाँकावीर" भनेर चिन्छन्। बाँकावीरले त्यहाँका केही रावल, क्षेत्री र दलितको समेत सहयोग लिएर काठमाडौंसँग विद्रोह गरेका थिए। 
१९०७ मा गोरखाली फौजले जाजरकोट र दैलेखको समेत सहयोग लिएर बलदेव शाही र उनका सहयोगीको हत्या गर्‍यो। अछामको जनबोलीमा यो हत्याकाण्ड अहिलेसम्म बाँचेकै छ। गोर्खा राज्य बिस्तारपछि केन्द्रसँग गरिएको यो पहिलो र सबैभन्दा ठूलो विद्रोह थियो। जुन लखन थापाको विद्रोहभन्दा २७ वर्ष अगाडिको कुरा हो। तर यहाँ लखन थापा पहिलो सहिद भए। 
एकिकरणपछि काठमाडौंले कर्णालीपारिलाई आफ्नो पकडमा राखिराख्न दमन त गरेकै थियो, पछि रक्तनाता जोड्ने क्रम पनि सुरु गर्‍यो। विवाहमार्फत् नाता जोड्ने राणाहरूको निकै ठूलो कुटनीतिक हतियार थियो। आफ्नो सत्ता टिकाउन उनीहरूले राजपरिवारसँग पनि रक्तनाता जोडे। जंगबहादुरले काशी गएर गोत्र नै फेरेर आफ्नो थर कुँवरबाट राणा बनाए।  उनीहरुले सुदुरपश्चिममा पनि अलि विद्रोह गर्ने सम्भावना भएकालाई आफ्नो नाता परिवारमा जोड्थे, उनीहरुलाई काठमाडौं नै ल्याएर राख्थे। 
यसैअनुसार चन्द्रशम्शेरले आफ्नी छोरीको विवाह बझाङका राजा जयपृथ्वीबहादुर सिंहसँग गरेका थिए। सिंह त्यस समयका निकै ठूला मानवतावादी विद्वान थिए। उनी त्यसैबेला लोकतान्त्रिक विचार राख्ने गर्थे। उनले 'नेपालमा बेलायतको जस्तो संविधान चाहिन्छ' भनेको पाइन्छ। अन्ततः उनको चन्द्रशम्शेरसँग मतभेद भयो र उनी नेपाल छोडेर हिँडे। त्यतिबेलाको काठमाडौंको भव्यता र नाता त्यागेर भारत गए। त्यसपछि चन्द्रशम्शेरकी छोरी उनलाई भेट्न भारत गएकी थिइन् तर उनले स्वीकार गरेनन् भन्ने जनश्रुती छ। यहाँ पनि सुदुरपश्चिमले फरक मत राखेको छ। 
तेस्रो प्रसंग छ, भीमदत्तको विद्रोह। उनको विद्रोह केन्द्रीय शासन विरुद्धको विद्रोह मात्रै नभएर शोषक वर्गको शासन विरुद्धको विद्रोह पनि थियो। यो विद्रोह नेपालमा प्रजातन्त्र आइसकेपछि, २००९-२०१० सालमा भएको हो। उनको विद्रोह ठूलो महत्वको थियो तर आकारको हिसाबले सानो। सुदुरपश्चिमको सानो क्षेत्रमा सिमित। उनीसँग हजार सेना पनि  थिएन। त्यो एउटा सामान्य किसान विद्रोह थियो। तर विचित्रको कुरा यो छ कि नेपालको इतिहासमा विदेशी सेना बोलाएर कुनै विद्रोह दमन गरिएको यो एउटा मात्रै घटना हो।
मुलुकमा वि. सं. २००७ मा  प्रजातन्त्र आइसकेपछि भारतबाट सेना बोलाएर राज्यले उनको हत्या गरेको थियो। त्यति मात्रै होइन, उनको टाउको लगेर डडेलधुराको टुँडिखेलमा राखियो। बाँसको लिंगो गाडेर त्यसमा उनको टाउको झुन्ड्याएर प्रदर्शन गरियो। नेपालको आधुनिक इतिहास हेर्दा यस्तो क्रुरता अन्त कहीँपनि भेटिँदैन। यस्तो किन गर्‍यो काठमाडौंले?  यो क्रुरता अन्त किन देखिँदैन? किनकि मेरो अध्ययनमा कर्णालीपारिले पहिले पनि कुमाउँ र अंग्रेजसँग मिलेर लडेको थियो। पछि बलदेव शाहीले विद्रोहको प्रयास गरे। त्यसैले, कर्णालीपारिदेखि काठमाडौं सधैं सशंकित रह्यो। त्यहाँ विद्रोह हुने बित्तिकै यो त खतरनाक कुरा हो भनेर सोच्यो।  
कर्णालीपारिको विद्रोहको श्रृंखला भीमदत्त पन्तमा रोकिएन। २०१८ सालमा बझाङको राजपरिवारका सदस्य ओम सिंहले बझाङ काठमाडौंबाट स्वतन्त्र हुनुपर्छ भनेर विद्रोह नै गरे । राजा महेन्द्रले उनीसँग पारिवारिक साइनो गाँस्न चाहेका थिए भन्ने जनश्रुती छ तर ओम सिंहले अस्वीकार गरे। महेन्द्रको प्रस्ताव मात्रै अस्वीकार गरेनन्, बझाङ राज्य फेरि स्वतन्त्र हुनुपर्छ भनेर विद्रोह गरे। उनको विद्रोह संगठित भएको थिएन। एक किसिमले फरक मत जस्तो मात्रै थियो तर उनीवरुविद्ध सेना परिचालन भइहाल्यो। उनी भाग्दै लुक्दै दार्चुला पुगेका थिए। त्यहाँ उनी बास बसेकै ठाउँमा काठमाडौंबाट गएको सेनाले गोली हानेर हत्या गर्‍यो। यो २०१९ सालको कुरा हो जुन प्रसंग त्यस क्षेत्रमा अहिले पनि चर्चित छँदैछ।
कर्णालीपारिको विद्रोहको श्रृंखला यसरी यहाँसम्म लम्बिएको छ। यसपछि मात्रै नयाँ ढंगको राजनीतिको  संघर्ष सुरु भएको हो। केही व्यक्ति छिटोभन्दा छिटो दरबारसँग सम्बन्ध बनाउन लागे। अर्को पक्ष पञ्चायती राज्यसत्ता विरुद्धको संघर्षमा रहे। संविधान निर्माणको अन्तिम चरणमा सात नम्बर प्रदेशका लागि भएको संघर्ष पनि यही संघर्षको निरन्तरता हो। कर्णालीपारिको सभ्यता र त्यसको संघर्षलाई ठीक ढंगले ऐतिहासिकश्रृङ्खलामा युवाहरूले हेर्न अब सुरू गर्नैपर्छ।

वैकल्पिक इतिहास श्रृंखला-४

लाहुरेले बनाएका चार सहर


नेपाली समाजमा लाहुर जाने परम्परा लामो छ। यो विषयमा दुईवटा कोणबाट छलफल हुने गर्छ। एउटा, नेपाली समाजमा रोजगारको उचित अवसर नपाउँदा लाहुर जानु बाध्यात्मक परिस्थिति हो भन्ने छ। दोस्रो, जे गर्ने हो आफ्नै देशमा गर्नुपर्छ, लाहुर जानु अनुचित हो भन्ने छ। 
लाहुरे परम्पराको इतिहास र त्यसले नेपाली समाजमा पारेको प्रभाव हेर्दा यी दुई दृष्टिकोणबाहिर पनि छलफल गर्नुपर्ने आवश्यकता देखिन्छ। यसका थप ठूलाठूला आयाम भेटिन्छन्। त्यसैले, नयाँ पुस्ताले यसमा नयाँ नयाँ निष्कर्षको खोजी गर्नु आवश्यक छ। 
तराईमा खेतीयोग्य जमिनको मात्रा अलि बढी भएकाले त्यहाँ लाहुर जाने परम्परा त्यति थिएन। त्यहाँको जमिनले श्रमशक्तिलाई धानेको थियो। काम गर्न छोटो समय भारतका कुनै सहरमा जाने परम्परा भए पनि लामै समयका लागि घर छोडेर काममा जानुपर्ने आवश्यकता थिएन। हुन त अहिले त्यहाँको पनि परिस्थिति फेरिएको छ। इतिहासमा भने त्यहाँ लाहुरे परम्परा देखिँदैन। 
पश्चिम पहाडको कुरा गर्दा भारतमा मुगल शासन हुँदादेखि नै काम गर्न जाने परम्परा देखिन्छ। मुगलको शासन भएकाले नै भारतलाई उनीहरू मुग्लान भन्ने गर्थे। 
पृथ्वीनारायण शाहको राज्य विस्तारअघि पश्चिम नेपालमा स-साना राजारजौटाको शासन थियो। उनीहरूले बाली प्रथामै भए पनि विभिन्न सेवक समुदायलाई  संरक्षण दिएका थिए। राज्य विस्तारसँगै उनीहरूको शासन समाप्त भयो। ती सेवक समुदाय राज्यबाट पाउने संरक्षणबाट वञ्चित भए। त्यसैले रोजीरोटीका लागि उनीहरू भारत काम गर्न जाने क्रम अझ बढ्न पुग्यो। यस्तो सेवक समुदायमा विशेषत दलितहरू नै हुने हुँदा यसरी काम गर्न भारत जाने पनि दलितहरू नै धेरै भए। 
पछि बलभद्र कुँवर पञ्जाबका राजा रणजित सिंहको सेनामा भर्ती भएको पनि भनिन्छ, यद्यपि यो पुष्टि भएको छैन। नेपाल-अंग्रेज युद्धमा सन्धि भएपछि भारतको पन्जाबको लाहौर जाने क्रम सुरु भयो। यतिबेलैदेखि विदेश गएर फर्किनेलाई लाहुरे भन्ने थालियो।
जंगबहादुरको शासनकालमा उनले जनजातिलाई दुई खेमामा विभाजित गरे। मुलुकी ऐनमा मासिन्या र नमासिन्या मतवालीमा विभाजन गरे। पछि राणाकालमै गोर्खाभर्ती सम्बन्धि सम्झौता भयो। नमासिन्या मतवाली अन्तर्गत पर्ने मगर, गुरुङ, राई र लिम्बु ब्रिटिस सेनामा जाने क्रम सुरु भयो।
नेपालको खस-आर्य समुदाय नेपाली सेनामा नै खपत हुन सक्ने र नेतृत्वमा पुग्न सक्ने हुँदा विदेशी सेनामा जान उत्साही भएन। तर, यी चार जातिका युवाहरू ब्रिटिस सेनामा भर्ती भए । उनीहरूले विश्वयुद्धमा समेत भाग लिए। उनीहरूले अंग्रेजका निम्ति बहादुरीका साथ लडे।  पछि यसैको निरन्तरताका रूपमा ब्रिटिस सेना र भारतीय सेनामा जाने परम्परा सुरु गर्‍यो।  यसबाहेक नेपालबाट ल्हासा जाने क्रम पनि थियो। तर, त्यो श्रम गर्न नभएर मूलत व्यापारका लागि थियो। 
यसरी विभिन्न स्वरुपमा श्रमका लागि मुलुकबाहिर जाने प्रचलनले नेपाली समाजमा महत्वपूर्ण परिवर्तन ल्याएको छ।

पहिलो, दलितको नाममा खेत
पश्चिम नेपालमा जति पनि दलितहरूसँग खेत छ, त्यो भारतबाट फर्किएकाहरूले नै किनेका हुन्। नेपालमा उनीहरू बालीघरे प्रथा अन्तर्गत काम गर्थे। त्यसैले नगद उनीहरूको पहूँचमा थिएन। बारी त उनीहरूसँग हुनसक्थ्यो। बिष्टहरूले छाप्रो हाल्न दिएको जग्गा उनीहरूको नाममा नापी भएको हुनसक्छ। सिकर्मी र डकर्मी काम समेत गर्ने भएकाले घर बनाउन सक्थे। बालीघरे आधारमा श्रम गर्ने उनीहरूले खेत किन्न सक्ने गरी नगद जम्मा गर्न सक्ने सम्भावना भने थिएन। भारतमा श्रम गरेर नगद आर्जन गर्ने दलितले मात्रै खेत किन्न सके।
यसले नेपालको वर्णव्यवस्थाबाट निर्धारित पश्चिम नेपालको वर्ग बनावट एकहदसम्म यसले भत्कायो। नेपालको वर्ग बनावटमा यो निकै महत्वपूर्ण पाटो हो। किनभने नेपाली समाजको व्यवस्थाभित्रै रहेर दलितले खेत किन्न सम्भव नै थिएन।
दोस्रो, लाहुरेले बनाएका चार सहर
लाहुरे परम्पराले नेपालमा चारवटा ठूलाठूला सहर बनायो- धरान, नारायणगढ, पोखरा र बुटवल।
राई, लिम्बु, मगर र गुरुङ जातिले आ-आफ्नो ऐतिहासिक थातथलो प्रवेश गर्ने केन्द्रमा नयाँ सहर बसाएका हुन्। धरान राई र लिम्बु जातिको ऐतिहासिक बसोबास क्षेत्र प्रवेश गर्ने केन्द्र हो। नारायणगढ र पोखरा गुरुङ जातिको तथा बुटवल मगर जातिको पुरानो थातथलो  प्रवेश गर्ने क्षेत्र हो। त्यसैले यी जातिका लाहुरेहरू यिनै सहरमा केन्द्रीत भए। 
यदि यी चार जनजातिबाट ब्रिटिस सेनामा गएका थिएनन् भने यी सहरले यस्तो स्वरूप पाउने थिएनन्। धरान र पोखरामा पुरानो नेवार बस्तीमात्रै हुन्थ्यो। चितवनमा पनि पुनर्वास अन्तर्गत पहाडबाट झरेका केही मानिसहरूको मात्रै बसोबास हुन्थ्यो। बुटवलले पनि यो तामझाम पाउने थिएन।
नेपालको परम्परागत सामाजिक, आर्थिक र राजनीतिक संरचना अन्तर्गत यी सहरको विकास सम्भव थिएन। जस्तो, बन्दीपुरजस्ता परम्परागत सहरको विकास सम्भव भएन। यो संरचनालाई छल्दै यी सहरले यो स्वरुप प्राप्त गरेका हुन्।
नेपालको परम्परागत आर्थिक, राजनीतिक र सामाजिक संरचना अन्तर्गत रहेर जनजातिले यति ठूलाठूला घर बनाउन सम्भव थिएन। तर उनीहरूले बुटवल र पोखरामा ढुंगाका ठूल्ठूला घरहरू बनाए। धरानमा आकर्षक डिजाइनका राम्राराम्रा घर बनाए। नारायणगढमा पनि त्यहि भयो। अर्थात्, लाहुरेहरूले नेपालको परम्परागत समाज व्यवस्थाले डिजाइन गरेको ढाँचा भत्काइदियो र जनजाति भित्र नयाँ मध्यमवर्ग निर्माण गर्‌यो। यो इतिहासको एउटा महत्वपूर्ण क्रमभङ्ग हो।
तेस्रो, दलित भित्रको नयाँ वर्ग
यहि लाहुरे परम्पराले कामीभित्र सुनारहरूको एउटा मध्यम वर्ग सिर्जना गर्‍यो। लाहुरे परम्पराअघि पनि सुनारहरू छँदै थिए। जंगबहादुरको मुलुकी ऐनमा कामी र सुनारलाई छुट्टाछुट्टै उल्लेख छ। तर,नेपालको परम्परागत व्यवस्था अन्तर्गत उनीहरू मध्यम वर्गको रुपमा विकास हुन सम्भव थिएन। गहनाको काम गरे पनि उनीहरू बाली प्राप्त गर्थे। बाली उठाएर जीविकोपार्जन गर्न त सम्भव थियो तर सम्पत्ति जोड्न सम्भव थिएन। 
गहना परम्परा भएका राई, लिम्बु, गुरुङ र मगर, ब्रिटिस सेनामा पुगे पनि सुरुमा भारत पुग्यो। भारतमा गहना परम्परा अझ विकसित र लोकप्रिय थियो। त्यसले उनीहरूलाई झन् उत्साही बनायो। त्यसपछि उनीहरू बेलायत, सिङ्गापुर, बर्मा, ब्रुनाइ लगायतका मुलुक पुग्यो। उनीहरूले त्यहाँबाट फर्किँदा नगद लिएर आए। त्यसलाई गहना बनाउनमा पनि खर्च गरे। 
हिन्दु खस-आर्यहरूले दलितलाई बालीप्रथामा राखे पनि यी जनजातिहरू यो प्रथा अन्तर्गत प्रशिक्षित भएको थिएन। उनीहरूले गहनाको काम गरेबापत् सुनारहरुलाई नगद दिन सुरु गरे। राई,लिम्बु, गुरुङ, मगर पनि बालीप्रथामा अभ्यस्त हुन्थे भने यो सम्भव थिएन। यी समुदायमा बालीप्रथा नरहेकै कारण सुनारहरूले नगद संकलन गर्न पाए। सुनारहरूको एउटा खलक लाहुरेहरूको बसोबास रहेका धरान, नारायणगढ, बुटवल र पोखरामा केन्द्रीत भयो। यी सहरमा उनीहरूको नयाँ मध्यम वर्ग तयार भयो।
दलितभित्र तयार भएको यो मध्यमवर्ग लाहुरे परम्पराको उत्पादन हो। नेपालको परम्परागत समाज व्यवस्था अन्तर्गत दलित समुदायबाट यो स्तरमा उठ्न सम्भव नै थिएन। ती सुनार बाहेकका परम्परागत काम गरिरहेका कामीलाई यो स्तरमा उठ्न अहिले पनि सम्भव छैन।
लाहुरे परम्पराले हामीलाई आत्मविश्वास त दिएन। अरुमाथि आश्रित हुने  र आफ्नो सिर्जनाभन्दा अरुले बनाइदिएको सुत्रभित्र फिट हुन सिकायो। तर यसले नेपाली समाजको परम्परागत ढाँचालाई थोरै भए पनि भत्काइदियो। आज जति जनजातिबाट गायकलगायत निस्किएका छन्, ती लाहुरे परिवारसँग सम्बन्धित हुँदैनथे भने आजको स्तरमा आउन सम्भव थियो? आज लाहुर जान नपाएको तामाङको हालत के छ? तामाङ त मासिन्या मतवाली भित्र थियो, राज्यले उसलाई प्रोत्साहित गर्दैन थियो। केही लाहुर गएका थिए भने पनि गुरुङ थर लेखेर गएका पाइन्छ। 
लाहुर जान नपाएको भए गुरुङ, राई, लिम्बु र मगर पनि आजकै तामाङको हालतमा हुन्थे। जुनजुन समुदायबाट लाहुर जान पाए उनीहरूले नेपालको परम्परागत अर्थव्यवस्थाको नियन्त्रण भत्काए र नेपालमा नयाँ मध्यम वर्ग सिर्जना भयो। कतिपयले त व्यवसायमा अगुवाइ नै गरिरहेका छन्।  
यी समुदायभित्रका मानिसले विर्ता पाउन सम्भव थिएन। बरू भएकै किपट पनि खोसिएको थियो। त्यसैले जमिनबाट उनीहरूको प्रगति सम्भव थिएन। शिक्षाबाट बञ्चित गराइएको हुँदा शिक्षाबाट पनि प्रगति सम्भव थिएन।
त्यसैले लाहुरे परम्परा नेपालमा हुँदैनथ्यो भने राई, लिम्बु, मगर र गुरुङ भित्रको एउटा हिस्सा मध्यमवर्गको रुपमा स्थापित हुन सक्ने थिएन। उनीहरू नेपालको परम्परागत सामाजिक, आर्थिक, राजनितक पद्धतिलाई छलेर अगाडि बढेका हुन्। त्यही पद्धतिभित्र उनीहरू मध्यमवर्गका रुपमा स्थापित हुन सम्भव नै हुँदैनथ्यो। 
इतिहासको अध्ययन गर्दा लाहुरे परम्परा गम्भिरताका साथ अध्ययन गरिनु आवश्यक छ। नयाँ पुस्ताले इतिहास अध्ययन गर्दा यसका सिमित आयमभित्रको छलफलबाट बाहिर आएर थप आयाम खोजि गर्नु जरूरी छ।

वैकल्पिक इतिहास श्रृंखला–५

जंगबहादुरको मुलुकी ऐनमा जकडिएको नेपाल


·      विसं १९१० मा जंगबहादुर राणाले मुलुकी ऐन जारी गरे। त्यसको १६३ वर्ष बितिसक्दा पनि यो ऐनको प्रभाव र मुल दिशा कायमै छ।

·      यो ऐनले तागाधारीलाई समाजको सबैभन्दा मिथल्लो तहमा राख्यो। त्यसपछि नमासिन्या मतवाली, मासिन्या मतवाली,छोइछिटो हाल्नु नपर्ने अछुत र छोइछिटो हाल्नुपर्ने अछुतमा वर्गीकरण गर्‌यो।

·      यो ऐन बनेपछि भने राणा र राजाहरुले मात्र विर्ता दिन पाउने भए। यसले गर्दा जंगबहादुर खलक, शाह खलक र यी खलकसँग नजिक रहेका तागाधारीले मात्रै विर्ता पाउने अवस्था सिर्जना भयो।

·      सबै तागाधारी शोषक र शासक होइनन्, तागाधारी भित्रका निश्चित खलक मात्र शोषक र शासक हुन्। बाँकी तागाधारी त उनीहरूबाटै शोषित छन्। तर, संरचनाका कारणले पाउनले लाभ भने सबै तागाधारीले प्राप्त गरेका छन्।


विसं. १९०३ मा प्रधानमन्त्री बनेका जंगबहादुर राणाले विसं १९१० मा मुलुकी ऐन जारी गरे। त्यसपछिको १६३ वर्ष नेपाली समाजको राजनीतिक, प्रशासनिक, सैन्य तथा सांस्कृतिक क्षेत्रको इतिहास निर्माणमा पथप्रदर्शकका रुपमा यो ऐन रह्यो। धेरैवटा राजनीतिक परिवर्तनपछि पनि त्यसको प्रभाव र मूल दिशा कायमै छ। त्यसैले, विसं १९१० को मुलुकी ऐन नपढे नेपाल बुझिँदैन।
नेपालमा धेरै प्रकारका जाति तथा भाषिक समुदाय छन्। त्यो मुलुकी ऐनले नेपालका सबै जातिलाई निश्चित तहगत कानुनी व्यवस्थामा रहने गरी किटान गरेको छ। उनीहरुले पाउने राजनीतिक, आर्थिक र सांस्कृतिक अधिकार पनि तहगत रुपमा निर्धारण गरिदिएको छ।
यो ऐनले तागाधारी अर्थात् जनै लगाउनेलाई समाजको सबैभन्दा माथिल्लो तहमा राख्यो। यो वर्गमा तराई र पहाडका ब्राह्मण, क्षेत्री,राजपुत, ठकुरीलाई राखिएको छ। यसपछिको तहमा जनजाति छन्। तर, जनजातिलाई पनि दुई तहमा विभाजन गर्‍यो– मासिन्या मतवाली र नमासिन्या मतवाली। नमासिन्या मतवालीअन्तर्गत मगर, गुरुङ, राई, लिम्बु र सुनुवार राखियो। बाँकी रहेका तामाङ, थारु, भोटे लगायत सबै जनजाति मासिन्या मतवालीभित्र परे। मासिन्या मतवालीलाई दास बनाउन पाइने भनेर यो ऐनले परिभाषित गर्‍यो। 
ऐनले समाजको सबैभन्दा तल्लो तहमा 'अछुत' समुदायलाई राख्यो, जसलाई अहिले दलित भनिन्छ। यो समुदायलाई पनि दुई तहमा वर्गीकरण गरियो- पानी चल्ने (छोइछिटो हाल्नु नपर्ने) र पानी नचल्ने (छोइछिटो हाल्नुपर्ने)। छोइछिटो हाल्नुपर्ने जातका त व्यक्तिलाई पनि छुन नमिल्ने भनेर कानुनमा लेखियो। जाति व्यवस्था नै नभएको मुस्लिम समुदायलाई पनि अछुत भनेर किटान गरियो।
यो कानुनले अत्यन्तै विस्तृत ढंगले प्रत्येका जातका अधिकार किटान गरिदियो। यतिसम्म कि कुन जातले कसको जुठो खान हुने भनेर समेत कानुनमै लेखियो। यो तहगत संरचनाले नै आर्थिक र समाजिक अधिकार निर्धारण गर्‍यो।
कुनै पनि सामन्ती समाजको मुख्य सम्पत्ति भनेको जमिन नै हुन्छ। नेपाली समाजमा पनि त्यतिबेला जमिन नै मुख्य सम्पत्ति थियो। नेपालमा लिच्छवी, मल्ल वा सेन राजाहरुको समयदेखि नै विर्ताका रुपमा जमिन दिने चलन थियो। मुलुकी ऐनपछि विर्ता बाँड्ने परम्परामा पनि परिवर्तन आयो। यसअघि आफ्नो क्षेत्रका राजारजौटाले आ–आफ्नो क्षेत्रमा विर्ता बाँड्थे। यो ऐन बनेपछि भने राणा र राजाहरुले मात्र विर्ता दिन पाउने भए। यसले जंगबहादुर खलक, शाह खलक र यी खलकसँग नजिक रहेका तागाधारीले मात्रै विर्ता पाउने अवस्था सिर्जना भयो।
समाजको सबैभन्दा तल्लो तहमा राखिएका अछुतलाई शासकहरुले विर्ता दिने कुरै भएन। जसलाई मासिन्या मतवाली भनेर किटान गरियो, उनीहरुले पनि विर्ता पाउने कुरा भएन। नमासिन्या मतवाली पनि दरबारको निकट रहेर विर्ता पाउने हैसियतमा पुग्ने सम्भावना थिएन। उनीहरुले जंगबहादुरको खलक वा शाह राजाका खलकले झैं अवसर पाउने कुरा भएन। त्यसैले, यी समुदायका मानिस सम्पत्तिको मालिक बन्न सकेनन्। राजनीतिक र सांस्कृतिक अधिकार पनि सीमित गरिएको हुँदा यी समुदायका मानिसको जीवनस्तर तल पर्दै गयो। आज जीवनस्तरमा लिम्बुभन्दा तामाङ किन तल छ त? यो यही ऐनले किटान गरिदिएको हो।
मासिन्याभित्रको तामाङको अवस्थाभन्दा स्वाभाविक रुपमा नमासिन्याभित्रको लिम्बुको स्तर राम्रो छ। दलित समुदायभित्रको अवस्था हेर्‍यो भने पनि छोइछिटो गर्नुपर्ने र नपर्ने वर्गमा परेका जातको अवस्था फरक छ। मुस्लिम किन आम मधेसीभन्दा पछि परेको छ त? किनभने उसलाई अछुत वर्गभित्र यही ऐनले राखिदियो।
यसरी यो ऐनले निश्चित तागाधारी खलकबाहेक बाँकी सबै समुदायका लागि राज्यसत्ता, सेना, न्यायालय, कर्मचारी प्रशासनसम्म जाने ढोका बन्द गरिदियो। यो ऐनले नेपाली समाज हिँड्ने एउटा निश्चित बाटो बनाइदियो, जुन बाटोबाट को कहाँ पुग्ने भन्ने त्यतिबेला नै किटान भयो। जस्तैः तामाङ जाति आजको समयमा आइपुग्दा कुन अवस्थामा हुने भन्ने त त्यही ऐनमा लेखिएको छ। उनीहरुलाई नेपाली सेनामा जागिर खान निषेध गरियो, यही कारण ब्रिटिस सेनामा समेत जान पाएनन्। जसलाई मासिन्या वा दास बनाउन पाइने भनेको छ, उसको संस्कृतिको रक्षा गर्ने त कुरै आएन।
कतिपयलाई यो पनि भ्रम छ कि सबै तागाधारी शासक वा शोषक हुन्। वास्तविकता त्यो पनि होइन, तागाधारीभित्रका निश्चित खलकचाहिँ शासक हुन्। जस्तो कुँवर थर भएका जंगबहादुर काशी गएर गोत्र फेरेर आएपछि आफूलाई राणा बनाए। उनले नै नेपालमा राणा शासनको जग हाले। अब कुँवरहरु सबै जंगबहादुर हुन् भन्नु त भएन। तागाधारीभित्रबाट विकसित भएका केही खलक शासक र शोषक भए, बाँकी तागाधारी त उनीहरुबाट पनि शोषित भए। तागाधारीभित्र भएका शासकहरुले निर्माण गरेको राज्यभित्र विविध अवसरचाहिँ अरूले भन्दा तागाधारीले नै बढी पाएका हुन्। भाषा, संस्कृति आदिमा अलि बढी सुविधा पाउने स्थिति बन्ने नै भयो। तर, सबै तागाधारी शासक हुन् भनेर बुझ्नु भएन।
यो ऐनअनुसार जंगबहादुर र अरु राणाहरुले धेरै विर्ता बाँडे। ठूल्ठूलो क्षेत्रफल भएको जमिन विर्ताका रुपमा भाइभारदारलाई बाँडे। हिन्दु देवीदेवताको नाममा गुठी बनाए। त्यो जमिनको भोगचलन कसले गरिरहेको छ, त्यसमा कुन समुदाय आश्रित छ भन्ने नै नहेरी काठमाडौंमा बसेर विर्ता बाँडे। हजारौं वर्षदेखि बसोबास गरिरहेकाहरुले बनाएको जमिन रातारात काठमाडौंबाट गएका पुरोहित, जर्नेल–कर्णेल वा अरु भाइभारदारको नाममा जान्थ्यो। राणाहरुका विभिन्न प्रकारका श्रीमतीहरु थिए। ती श्रीमतीका तर्फबाट जन्मिएका सन्तानलाई पनि विर्ता बाँड्दै गए।
यो विर्ता परम्परा नै नेपाली समाजको वर्ग निर्माणको मुख्य कारण बन्यो। जसले त्यसबेला विर्ता पाए, उनीहरु नै समाजको माथिल्लो तहमा रहे। त्यही विर्ता परम्पराले नै आजसम्मको राजनीतिक र प्रशासनिक संरचनाको माथिल्लो तह निर्माण गर्‍यो। अपवादबाहेक नेपालका धेरैजसो प्रधानमन्त्री को भए त? जंगबहादुरको मुलुकी ऐनले जसलाई विर्ता दिन लायक ठहर्‍यायो, तिनकै नाति-पनाति प्रधानमन्त्री भए। उनीहरुसँगै जमिन थियो। उनीहरुले सम्पत्ति आर्जन गर्न सके र वनारस गएर पढ्न पाए। तिनै वर्गका मानिसले दरबार हाइस्कुलमा पढ्न पाए। तिनै मानिस समाजको माथिल्लो तप्कामा स्थापित हुँदै गए। उनीहरुले नै समाजको नेतृत्व गर्ने परम्परा बन्यो। त्यसपछिका प्रधानमन्त्री, मुख्यसचिव, सेनापति वा  प्रधानन्याधीश उनीहरु नै हुन पाए। पार्टीका मुख्य नेतासमेत उनीहरूकै खलकबाट  भए।
यसरी अगाडि बढ्ने अवसर तागाधारी समुदायका मानिसले मात्रै प्राप्त गरे। अरु जातिसँग अगाडि बढ्न आर्थिक सामर्थ्य नै थिएन। सांस्कृतिक र राजनीतिक हिसाबले पनि उनीहरुसामु बन्देज थियो। तल्लो तहको भनी किटान गरिएका समुदायका व्यक्तिसँग विशेष सम्बन्ध भयो भने राणाहरु व्यक्तिको जात समेत फेरिदिन्थे तर त्यो जातिलाई अगाडि बढ्न दिँदैनथे। भीमशमशेरले एक जना तामाङ युवतीलाई मन पराएर भित्र्याएका थिए, पछि उनले आफ्नो ससुराली खलकको थर नै परिवर्तन गरेर पाण्डे बनाइदिए र क्षेत्रीको दर्जा दिए। अर्थात् उनीहरु जात फेरिदिन तयार हुन्थे तर आर्थिक, राजनीतिक सांस्कृतिक अधिकार आफ्ना निश्चित खलक बाहिर जान दिँदैनथे।
बाग्मती उपत्यकामा पृथ्वीनारायण शाहले आक्रमण गर्नुअघि पनि विर्ता परम्परा थियो। मुलतः काजी खलकले त्यो विर्ता पाएका थिए। नेवार भित्रका पाँचथरी भनिने श्रेष्ठदेखीमाथिका जातका मानिसहरुको हातमा जमिन थियो, ज्यापुदेखि तलका सबै रैती वा मोही थिए। यो नेवारभित्रको अवस्थालाई त्यस मुलुकी ऐनले निरन्तरता दिएको थियो। अहिले नेवार भित्रका पनि तिनै जात सबै क्षेत्रमा अगाडि छन् जो जग्गाको मालिक तल्सिङ बन्न पाए। आज व्यापार, विश्वविद्यालय वा राजनीतिमा उनीहरु नै अगाडि बढे। जंगबहादुरको मुलुकी ऐनमा नेवारमा पनि श्रेष्ठदेखि माथिका जातलाई तागाधारी नजिकै राखिएको छ। उनीहरु ज्यापु र त्यसमुनिका जातभन्दा निकै अगाडि छन्।
यसरी १६३ वर्षअघि जारी भएको जंगबहादुरको मुलुकी ऐनले नेपाली समाजलाई अहिले पनि जबर्जस्त रुपमा आफ्नो प्रभावभित्र राखेको छ। नेपाली समाज उक्त ऐनले निर्धारण गरेको दायराबाहिर निस्कन सकेको छैन। तर, पनि यो ऐनबारे युवाहरूमध्ये असाध्यै कमलाई जानकारी छ। यो ऐन त कुनैपनि किसिमको आजको राजनीतिक, सामाजिक छलफलको निम्ति  बसहको सन्दर्भसामग्री बन्नु पर्ने हो।
यो पुस्तक पुस्तकालय छिर्ने प्रत्येक पाठकको ध्यान तान्ने गरी पुस्तकालयको ढोकामै राखिनु पर्ने हो। तर, अधिकांश पुस्तकालयमा त यो ऐन छँदैछैन। भएका स्थानमा पनि भित्र कता लुकाएर राखिएकोजस्तो भान हुन्छ। विश्वविद्यालयमा यसले पारेको प्रभावबारे पढाइ हुनुपर्थ्यो तर कानुनबाहेकका विषयमा यो पढाउनु आवश्यकै ठानिएन। यदि नेपाली समाजलाई साँच्चिकै समतामुलक बनाउने हो भने त प्राथमिक तहदेखि नै  त्यस मुलकी ऐनको ज्ञान दिँदै जानु पर्ने हो।
नेपाली समाजमा हिजो गरिएको बेइमानीबारे नयाँ पुस्ताले थाहा पाउनु पर्छ। आज प्रत्येक मान्छेले आफू कसरी यहाँसम्म आइपुगेको हो भन्ने जान्नु पर्छ। तर, यो मुलुकी ऐनलाई कानुन किताब खानाको कुनामा सिमित गरिएको छ। त्यो ऐन धेरै धेरै बेइमानीको पोल खोल्ने दसी हो।  त्यसैले आजको पुस्ता सबैले त्यो ऐन कहाँ छ भनेर खोज्नु जरुरी छ। किन पढाइएन भनेर सोध्नु जरूरी छ।

http://setopati.com बाट साभार


वैकल्पिक इतिहास श्रृंखला–६


नेपालको मौलिक लिपि कुन हो?

 सिञ्जाली सभ्यताबाट विकसित खस नेपाली भाषाको मौलिक संगीत हराउँदैछ

हामी खस नेपाली भाषाको गीत–संगीतको प्रगति भयो भनिरहेका छौं। एउटा कोणबाट हेर्दा प्रगति भएको छ। यसले कोइलीदेवी, तारादेवी जन्मायो। यसले नारायण गोपालहरु जन्मायो। गोपाल योञ्जन, अम्बर गुरुङजस्ता प्रतिभालाई लिएर आयो र एउटा विरासत निर्माण गर्यो। तर, खस नेपाली भाषाका प्रत्येक लोक गीतसंगीत र त्यसको हजारौं वर्षको शास्त्रीयताको रक्षा भएन, त्यो मौलिकता क्रमशः मर्दै आयो। 

...

नेपालका एक प्रख्यात संगीतकारले चीनमा प्रस्तुति दिएपछि चिनियाँहरूको टिप्पणी संगीतकर्मीहरूबीच चर्चित छ। चिनियाँहरूले यस्तो टिप्पणी गरेछन्, ‘उहाँ निकै उच्चस्तरको संगीतकार हुनुहुँदोरहेछ तर संगीतचाहिँ भारतीय बजाउनु हुँदोरहेछ!’ टिप्पणी निकै नै गम्भीर र मर्मस्पर्सी छ। 

 
नेपालमा लामो समयसम्म संस्कृति भनेका चाडपर्व र जात्रा मात्रै हुन् भन्नेजस्तो बुझाइ रहँदै आयो। तर, मानिसको दिमाग र हातले निर्माण गरेका प्रत्येक चिज संस्कृतिका अंग हुन्। ती सबैको समुच्चय संस्कृति हो भन्ने बुझाइले ठोस आकार र मान्यता प्राप्त गरिसकेको छ। 
 
यसर्थ ललितकलाका सबै आयाम, दार्शनिक सोचको तरिका, वास्तुकला, औषधिशास्त्र, खाद्यशास्त्र, खेतीपातीको प्रविधि आदि सबै नै संस्कृतिका अंग हुन् भन्ने स्पष्ट नै छ। कुनै जाति, राष्ट्र र देश आफ्नो मौलिक संस्कृतिको जगमै एउटा पृथक राष्ट्रका रूपमा परिचित र गौरवान्वित हुने गर्दछ भनी धेरैले पटकपटक भन्ने गरेकै विषय हो।
 
नेपालमा सरकारी चलनचल्तीमा देवनागरी लिपि चलाइन्छ, तर राष्ट्रसंघको सदस्यता लिँदा नेपालले आफ्नो मौलिक लिपिका रूपमा नेपाल भाषामा प्रयोग गरिंदै आएको रञ्जना लिपि प्रस्तुत गरी आफू अलग राष्ट्र भएको दाबी गरेर सदस्यता लियो। जुन नेपाल भाषा नेपालमा दमनमा परेको थियो र छ, त्यसैको लिपिले नेपाललाई पृथक राष्ट्रको मान्यता दिलाउन भूमिका खेल्यो।  
 
यही दृष्टान्तबाट पनि प्रस्ट हुन्छ, हाम्रो मौलिक संस्कृतिको महत्व कति छ! 
 
नेपालको आधुनिक संस्कृतिको इतिहास भने मौलिक नेपाली संस्कृति मृत्युको इतिहास बन्दै छ। हामी आफैं त्यो इतिहासको पात्रका रुपमा भूमिका निर्वाह गरिरहेका छौं। जब नेपालमा आधुनिक संस्कृति निर्माणको क्रम सुरु भयो, तब मौलिक संस्कृति मर्ने क्रम पनि सुरु भयो। यो क्रम अहिले पनि जारी छ। 
 
नेपालको आधुनिक सांस्कृतिक यात्रा पृथ्वीनारायण शाहको राज्य विस्तारसँगै सुरु हुन्छ। त्यसपछि नेपाल–अंग्रेज युद्ध र सुगौली सन्धी, जंगबहादुरको बेलायत यात्रा, चन्द्रशमशेरको बेलायत यात्रा सँगसँगै अघि बढ्छ। विसं २००७ सालपछि यसले अझ तीव्र गति लिँदै आएको छ।
 
यसलाई गहिरिएर हेर्यो भने संस्कृतिका विविध क्षेत्रको प्रगतिको इतिहास हाम्रो मौलिक संस्कृतिको क्रमशः मृत्यको इतिहासका रुपमा देखिन्छ। किनभने, कुनै पनि देश, राष्ट्र वा समुदाय आफ्नै मौलिक संस्कृतिसहित मात्रै समुदाय वा राष्ट्रका रुपमा जीवित हुन्छ। प्राणीहरुमध्ये मानिस मात्रै सांस्कृतिक प्राणी हो। यही संस्कृतिले मानिसको जीवन र चेतनाको परिचय दिन्छ। 
 
हाम्रो गीत–संगीतको मृत्युको इतिहास हेरौं। नेपाली गीत–संगीत रेडियो नेपाल स्थापना हुनुपुर्व धनी थियो कि त्यसपछि? मौलिक नेपाली गीत–संगीतको कुरा गर्ने हो भने रेडियो नेपाल स्थापनापूर्व धनी थियो। रेडियो नेपालको स्थापनासँगै निश्चित भाषाको गीत र निश्चित प्रवृत्तिको संगीतलाई देशव्यापी बनाउने क्रम सुरु भयो। नेपालका सयौं भाषाका लोकगीत र यी गीतसँग जोडिएका संगीतका परम्परामाथि हस्तक्षेपलाई निरन्तरता दियो। यी सबै लोकगीत र संगीत नेपालका मौलिकता थिए, यिनीहरु मर्ने क्रम सुरु भयो। 
 
हामी खस नेपाली भाषाको गीत–संगीतको प्रगति भयो भनिरहेका छौं। एउटा कोणबाट हेर्दा प्रगति भएको छ। एउटा निश्चित प्रवृत्तिको प्रगति नै भयो। यसले कोइलीदेवी, तारादेवी जन्मायो। यसले नारायण गोपालहरु जन्मायो। गोपाल योञ्जन, अम्बर गुरुङजस्ता प्रतिभालाई लिएर आयो र एउटा विरासत निर्माण गर्यो। तर, खस नेपाली भाषाका प्रत्येक लोक गीतसंगीत र त्यसको हजारौं वर्षको शास्त्रीयताको रक्षा भएन, त्यो मौलिकता क्रमशः मर्दै आयो। 
 
नेपालका एक प्रख्यात संगीतकारले चीनमा प्रस्तुति दिएपछि चिनियाँहरूको टिप्पणी संगीतकर्मीहरूबीच चर्चित छ। चिनियाँहरूले यस्तो टिप्पणी गरेछन्, ‘उहाँ निकै उच्चस्तरको संगीतकार हुनुहुँदोरहेछ तर संगीतचाहिँ भारतीय बजाउनु हुँदोरहेछ!’ टिप्पणी निकै नै गम्भीर र मर्मस्पर्सी छ। 
 
हामीले ‘सारेगमपधनि’ नै संगीतको एकमात्र भाषा हो भन्ने अर्थमा पढ्दै र बुझ्दै आयौं। खस नेपाली भाषाका प्रत्येक लोकगीत ‘सारेगमपधनि’ मा नै सिर्जना गरिएका थिए? खसआर्य समुदायमा खाँडो जगाउने परम्परा छ। खाँडो जगाउँदा प्रयोग गरिने लय पनि पूर्वीया वा भारतीय शास्त्रीय संगीतकै आधारमा सिर्जना गरिएको थियो त?
 
प्रधानमन्त्रीले गएको महिना प्रगतिशील लेखक संघको सम्मेलनमा भने, ‘हामी त्यस्ता ऋृषिमुनिका सन्तान हौं जसले सात सूरको आविष्कार गरे, न त्यो अब आठ बनाउन सकिन्छ न छ सुरमा झार्न सकिन्छ।’ नेपालको सत्ताधारी धारको परम्परागत बुझाइको यो उत्कृष्ट नमूना हो जुन सत्य होइन। 
 
‘सारेगमपधनि’ बाहेक संसारमा संगीतका अरु पनि थुप्रै भाषा छन्। के चिनियाँ संगीतलाई ‘सारेगमपधनि’ ले समेट्न सक्छ? अफ्रिकाको लोक संगीत सात सुरभित्र समाहित छ कि अलग? के ‘सारेगमपधनि’ कै सुत्र प्रयोग गरेर लिम्बू संस्कृति र भाषालाई न्याय हुने गरी मुन्धुम भट्याउन सकिन्छ? 
 
सभ्यताको स्तरमा विकास भएका प्रत्येक संगीतले आफ्नो भाषा र व्याकरण बनाएकै हुन्छ, भलै त्यो लिखित र प्रागिक बनाइनसकिएको हुन सक्छ। नेपालमा रहेका प्रत्येक भाषाका लोक संगीत पनि आफ्नो शास्त्रीयता सहित थिए र छन्। त्यसैले नै हाम्रा मौलिक संगीत हजारौं वर्ष बाँचेका थिए। जस्तो, राई लिम्बू संस्कृतिको मुन्धुमलाई सारेगमपधनिसा भित्र राखेर गाउन खोज्दा मिल्छ? मिल्दैन। त्यो संगीतको छुट्टै शास्त्र छ। 
 
हामीले गंगामैदानमा विकसित शास्त्रीय संगीतको आधारमा खस नेपाली भाषामा संगीतको विकास गर्यौं। यो विकासले मौलिक खस नेपाली भाषा परम्पराका विविध सुरहरुको रक्षा चाहिँ भएन। यसले भारतमा विकास भएको एउटा निश्चित प्रकारको संगीतलाई नै हाम्रो भाषामा फलाउने फूलाउने काम मात्रै गर्यो। यो निकै गम्भीर विषय हो। 
 
सिञ्जाली सभ्यताबाट विकास भएर आएको खस नेपाली भाषाको मौलिक संगीतको पनि मृत्यु हुँदै गएको देखिन्छ। चार–पाँच हजार वर्ष लगाएर यो समुदायले विकास गरेको संगीत भारतीय शास्त्रीय संगीत होइन। अहिलेसम्म नेपालमा ठूल्ठूला संगीतकारहरुले महत्वपूर्ण योगदान गरे। तर, उनीहरुले खस नेपाली भाषाको मौलिक संगीत परम्पराको विकास र रक्षा गरेनन्। उनीहरुले त विश्वले चिनेको भारतीय शास्त्रीय संगीतको अभ्यास खस नेपाली भाषामा गरे। जसकारण मौलिक खस नेपाली संगीत परम्परा भने मर्दै गयो। अहिले केही भाका र संगीत अवशेषको रुपमा मात्र बाँकी छन्।
 
राज्यले आफ्नो भाषा ठानेको खस नेपाली संगीतको इतिहास त यसरी मर्दै गएको छ भने अरु भाषाका संगीत परम्पराको अवस्था के होला? हामी सहजै अनुमान गर्न सक्छौं। 
 
नेपालमा प्रत्येक समुदायका आ–आफ्नै भाषा र संस्कृति छन्। ती सबैसँग आफ्नै मौलिक संगीत परम्परा थियो। तर राज्यले ती संस्कृतिमाथि दमन गर्यो। फलस्वरुपः ती मौलिक संगीत परम्परा पनि मर्दै गए। कतिपय समुदायको त संगीत परम्परा कस्तो थियो भनेर थाहा पाउन पनि मुस्किल हुने अवस्था आएको छ। नेपाली गीतसंगीतको आधुनिक इतिहासलाई नेपालको मौलिक लोक संगीत परम्परा मृत्युको इतिहास पनि हो भन्ने कोणबाट गम्भीर बहस अब सुरू हुनैपर्छ।

http://setopati.com बाट साभार 
http://setopati.com बाट साभार 

=============================================
टिप्पणीहरु 

डिल्ली राम खनाल · 
नेपालका पुराना जाति मध्ये नेवार समुदाय हो तर यो समुदाय जाति नभएर वर्ग हो | किनभने यो बर्गमा राजपोध्याय देखि दलित जाति यो यो वर्ग मा पनि छन् |नेपाल हुँदै यो बर्ग नेवार हुन् गएको हो | नदीको सभ्यता को जुन प्रसंग छ त्यो चाहि के हो भने जुन देसका नदि सफा हुन्छन त्यो देसको राजनीति पनि सफा हुन्छन | नेपालकै अझ राजधानीका नदि कति फोहोर छन् ? तेस्तै फोहोरी राजनीति छ मुलुकमा | नाग जाति पनि अस्तित्तोमा थियो नेपालमा \ यो जातिका समाधिस्थलमा अझै पनि उत्त्खानन गरि मणि,माडीक्य अबैध्य रुपले निकाल्ने समुह सक्रिय छ |गण्डकी प्रदेशलाई पहिला नगदेस भनिन्थ्यो | मगर जाति रुस र चीनको मध्ये भाग बाट घोडचडी युद्द गर्दै यो छेत्रमा आएका हुन् | मगधहुँदै आएकाले मगर भनिएको हो| मगरको मुख्य जात भनेको हुण जाति नै हो |अर्को पक्ष्य के छ भने इरान र अफागानिस्थान् को दक्षिणमा मकरान भन्ने ठाउँ छ | त्यो ठाउँमा युद्दको सिलसिलामा बसोबास गरेकाले मगर भानियेओ हो भन्ने तर्क छ इतिहासकारको |मुलुकमा यो समुदाय ७.१४% छ | किरांतको बर्णन रामायण र महाभारतमा र यजुरबेदमा पनि उल्लेख छ | फरक यति हो कसैले यो समुदायलाइ सिकार गर्ने समुह भनेका छन् भने बेदमा रोगीको उपचार गर्ने समुदाय भनेर सम्मान गरिएको छ | तेस्को प्रमाण पहाडमा पाइने चिरैत्तोको नाम किरात्तिक्त्त पनि भनिन्नछ |नेपाल एकीकरण पश्चात प्रिथिबी नारायण शाहले यो सहुदायाको पहिला देखि चल्दै आएको रितिरिवाज मुन्धुम मा र सनातन धर्म सास्त्रमा चलेका सामाजीक मान्यतालाई यथावत चल्न दिएका थिए | हाल यो समुदायको संख्या २.७९% छ |अर्को समुदाय हो तामांगयिनीहरु पनि घोडचडी युद्दमा निपूर्ण थिए | भिर्रकुटिको बिवाह सर्न्चन गम्बो संग भयो| बसाइ सराइकै क्रममा यो सममुदाय नेपाल आएका हुन् | यो समुदायको संख्या ५. ६४ % छ | गुरुङ प्राय सबै छेत्रमा उपस्थित भएको पाइन्छ | गुरुङका चार जात बाट सोर जातमा बाडिएका छन् \ मुख्य गरि लामा, लामी छने , घतानी र घले यी समुदायका का पनि उप समुदाय छन् |मुकुक भर यो समुदायको २.३९% संख्या छ|तेस्तै थकालीसमुदाय छ बिसेस गरि यो समुदाय ब्यापारी बर्गमा पर्छ |यिनको संख्या ०.०६% छ|शेर्पा समुदाय छ तिब्बतीमुलका हुन् यो समुदाय |बौध धर्म मान्छन | १५४६२२ को संख्या छ यिनीहरुको | तराइमा थारु छन् धर्ति पुत्र हुन् यिनीहरु| ६.७५% संख्या छ यिनीहरुको| सुनुवार-दनुवार,बाउन-छेत्रीलागायत सबैको भुमि हो यो | सबै जात-जातिले समान अवसर पाउनु पर्छ |आदि- बासि -जनाजातिका अधिकार राणाले खोसे अनि दोस शाहलाइ थोपारे यो भन्दा ठुलो अपराध अरु के नै होला र ? 


Tuesday, June 7, 2016

मेरो बुबा माओवादी केन्द्रको पेवा होइनन् - संगीता पनेरु

संगीता पनेरु
सोमबार नवराज ढुंगानाको फेसबुक वालमा नुवाकोट जिल्लाका जनयुद्धको संस्थापक सदस्य तथा हाल माओवादी केन्द्र कुमरीका इन्चार्ज शम्भु पनेरु नयाँ शक्तिमा भनेको स्टाटस सहित देवेन्द्र पौडेलले नयाँ शक्तिको सदस्यता प्रदान गरेको फोटो देखेपछि मनमा कताकता चिसो पस्यो बुबा किन नयाँ शक्तिमा लाग्नु भएछ भनेर ।  
फेसबुकमा पोष्ट हुने वित्तिकै नुवाकोटका एक दर्जन नेता कार्यकर्ताले मलाई फोन गरेर सोधे “बुबा नयाँ शक्तिमा जानु भएको हो ?” भर्खरै फेसबुकमा देखेको भरमा मैले कसरी हो भन्ने । बुबासँग सम्पर्क भएको थिएन  । त्यसैले फोन गर्नेहरुलाई “थाहा भएन बुबालाई सोध्नु” भन्ने जवाफ दिए । बुबाको फोन लागिरहेको थिएन सायद काठमाण्डौंबाट गाउँ जाँदै गर्नुभएकोले हुनसक्छ ।
साँझ फोन लाग्यो । सोधें, बुबा तपाई नयाँ शक्तिमा जानु भएको हो ? अँ सल्लाह गर्न पाइएन मैले नयाँ शक्तिको सदस्यता लिएँ बुबाले सहज रुपमा भन्नुभयो  । अहिले नगइहालेको भए पनि हुन्थ्यो किन हतार गर्नुभएको त ? मैले सोधें । त्यो विषयमा भेटेर कुरा गरौला भनेर बुबाले फोन राख्नुभयो ।
 मलाई पनि उत्साह र निराशा दुवै थिएन बुबा नयाँ शक्तिमा लाग्नु भएको कुराले । सामान्य रुपमा नै लिएँ । भोलीपल्ट बुबाको विषयमा फेसबुकभरी सकारात्मक र नकारात्मक टिप्पणी भए । बुबाले आफ्नो ढंगले स्पष्टिकरण दिनुहोला तर बुबाको विषयमा मैलाइ पनि केही भन्न मन लाग्यो  ।
अहिले जो जसले शम्भु पनेरुलाई पदको लोभमा नयाँ शक्तिमा गयो, माओवादी केन्द्रमा केही पाएन अनि  ठूलो भाग खान गयो के पाउँदो रहेछ हेरौ भन्नेहरुले यो कुरा पनि बुझ्न जरुरी छ ।  ६९ सालदेखि हेड मास्टरको जागिर चटक्क छोडेर ज्यानको बाजी थापेर युद्धमा होमिएका शम्भु पनेरु मेरा बुवा ७३ सालसम्म आइपुग्दा माओवादी केन्द्रमा किन गुमनाम भए ? मलाई अहिले पनि मुटु चसक्क घोच्छ, त्यो दिनले जुन दिन बुबाले जागिर छोडेर माओवादीमा पूर्णकालीन कार्यकर्ता बन्ने कुरा गर्नुभयो । त्यो दिन आमाले रुँदै त्यसरी जागिरै छोडेर माओवादीमा नलाग्नुहोस् ।  आम्दानीको श्रोत भनेकै तपाइको जागिर हो । चारजना छोराछोरी मैले कसरी पाल्ने भन्दा बुबाले भन्नुभएको थियो ‘बरु म परिवार त्याग्छु पार्टी त्याग्न सक्दिन ।’
६ कक्षामा पढ्ने मेरो बालमन त्यत्तिबेला धेरै रोेएको थियो । बुबाले जव जागिर छोडेर माओवादीको पूर्णकालीन कार्यकर्ता बनेर हिंड्नुभयो तव हाम्रा दुःखका दिन सुरु भए ।
घरको जेठी छोरी भएको नाताले आमापछि मैले घर व्यवहार हेर्नुपर्ने भयो । ११ वर्षदेखि अरुको मेला गएर कापी कलम किन्ने पैसा जोहो गर्नुप¥यो । घरमा दैनिक ३÷४ जनाका दरले बुबाका साथीहरु आउँथे तिनीहरुलाई भात पकाएर खुवाउने र भाइबहिनी हेर्ने जिम्मा मेरो काँधमा आयो । एकातिर कामको बोझ अर्कातिर बुबाको चिन्ता । बुबालाई कुन दिन कहाँ मारेको खवर आउने हो भनेर रातदिन हामी तड्पिरहन्थ्यौं ।
आमाको साहसको कारण हामीले कहिले स्कुल छुटाउनु भने परेन । ६२÷६३ को आन्दोलनले देशमा संकटकाल सकियो हाम्रो भाग्यले भनौं वा बुबाको भाग्य उहाँ बाँच्नु भयो । ज्यान बाँचेपछि पैसा केही होइन भन्ने लाग्थ्यो र मन त्यसै त्यसै फुरुङ्ग थियो ।  देशमा लोकतन्त्र गणतन्त्र सबै आयो । बुबाको राजनीति यात्रा खुलारुपमा अगाडी बढ्यो । हामीले घरको काम गरेर बुबालाई राजनीतिमा नै लाग्न दियौं ।
बुबाले कहिले पनि भ्रष्टाचार गर्न जान्नु भएन  । कसैलाई झुक्याउन पनि जान्नु भएन  । त्यसैले होला बुबाले पैसा कमाउन सक्नुभएन । बुबासँगै हिंडेकाहरुले काठमाण्डौंमा घर किने जग्गा किने तर बुबासँग गाडी चढ्ने पैसा हुन्थेन । कहिले काँही बुबालाई देख्दा टिठ लाग्थ्यो । १० वर्षे भाइले छिमेकीको पोलिथिनमा माटो भरेर कमाएको २० रुपैयाँ बुबालाई खर्च भनेर दिँदा बुबाले त्यत्तिबेला गहभरी  आँशु बनाएर तिमि नै राख भनेको अहिले जस्तो लाग्छ ।
जनयुद्धको समयमा नेकपा माओवादी नुवाकोटको ७ जना सदस्य भित्रको एक सदस्य ०७३ सालमा आइपुग्दा किन जिल्ला सदस्य समेत भएनन् ? यसको उत्तर कसले दिन्छ ? के शम्भु पनेरुले भ्रष्टचार गर्न नजानेर, अरुलाई झुक्याउन नजानेर वा फटाहा बन्न नसकेर हो ? जागिर त्यागेर माओवादी राजनीतिमा निरन्तर लागेका शम्भु पनेरुलाई एउटा विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष बन्न रोक लगाएर एमालेलाई समर्थन गर्न खोज्ने माओवादी केन्द्रमा शम्भु पनेरुको स्थान के छ अनि कहाँ छ ?
०६३ सालपछि माओवादीमा लागेका अन्य व्यक्तिहरुको छोराछोरी अमेरिका, चाइना र काठमाण्डौंका महंगा कलेजमा पढिरहँदा शम्भु पनेरुको २० वर्षे छोरो रहरलाई कुल्चेर किन खाडीमा पसिना बगाउन बाध्य छ ? यसको जवाफ कसले दिन्छ ? त्यसैले वास्तविकता बुझेर मात्र अरुमाथि टिप्पणी गर्न राम्रो हुन्छ भन्ने मेरो सुझाव छ ।  मैले माओवादी  गलत र नयाँ शक्ति  सहि भन्न खोजेको होइन । तर, शम्भु पनेरुको व्यक्तिगत अधिकार हो । जुन पार्टीमा मन लाग्छ त्यो पार्टीमा लाग्ने । त्यसैले जथाभावी गाली  गरेर समय खेर फाल्नुको कुनै तुक छैन । त्यसैले सबैलाई चेतना भया मेरो बुवा माओवादी केन्द्रको पेवा होइनन् ।

;f]daf/ gj/fh 9'+ufgfsf] km];a's jfndf g'jfsf]6 lhNnfsf hgo'4sf] ;+:yfks ;b:o tyf xfn dfcf]jfbL s]Gb| s'd/Lsf OGrfh{ zDe' kg]? gofF zlQmdf eg]sf] :6f6; ;lxt b]j]Gb| kf}8]nn] gofF zlQmsf] ;b:otf k|bfg u/]sf] kmf]6f] b]v]kl5 dgdf stfstf lr;f] k:of] a'af lsg gofF zlQmdf nfUg' eP5 eg]/ .  
km];a'sdf kf]i6 x'g] ljlQs} g'jfsf]6sf Ps bh{g g]tf sfo{stf{n] dnfO{ kmf]g u/]/ ;f]w] æa'af gofF zlQmdf hfg' ePsf] xf] <Æ ev{/} km];a'sdf b]v]sf] e/df d}n] s;/L xf] eGg] . a'af;Fu ;Dks{ ePsf] lyPg  . To;}n] kmf]g ug{]x?nfO{ æyfxf ePg a'afnfO{ ;f]Wg'Æ eGg] hjfkm lbP . a'afsf] kmf]g nflu/x]sf] lyPg ;fob sf7df08f}+af6 ufpF hfFb} ug'{ePsf]n] x'g;S5 .
;fFem kmf]g nfUof] . ;f]w]+, a'af tkfO{ gofF zlQmdf hfg' ePsf] xf] < cF ;Nnfx ug{ kfOPg d}n] gofF zlQmsf] ;b:otf lnPF a'afn] ;xh ?kdf eGg'eof]  . clxn] guOxfn]sf] eP klg x'GYof] lsg xtf/ ug'{ePsf] t < d}n] ;f]w]+ . Tof] ljifodf e]6]/ s'/f u/f}nf eg]/ a'afn] kmf]g /fVg'eof] .
 dnfO{ klg pT;fx / lg/fzf b'j} lyPg a'af gofF zlQmdf nfUg' ePsf] s'/fn] . ;fdfGo ?kdf g} lnPF . ef]nLkN6 a'afsf] ljifodf km];a'se/L ;sf/fTds / gsf/fTds l6Kk0fL eP . a'afn] cfkm\gf] 9+un] :kli6s/0f lbg'xf]nf t/ a'afsf] ljifodf d}nfO klg s]xL eGg dg nfUof]  .
clxn] hf] h;n] zDe' kg]?nfO{ kbsf] nf]edf gofF zlQmdf uof], dfcf]jfbL s]Gb|df s]xL kfPg clg  7"nf] efu vfg uof] s] kfpFbf] /x]5 x]/f} eGg]x?n] of] s'/f klg a'em\g h?/L 5 .  ^( ;fnb]lv x]8 df:6/sf] hflu/ r6Ss 5f]8]/ Hofgsf] afhL yfk]/ o'4df xf]ldPsf zDe' kg]? d]/f a'jf &# ;fn;Dd cfOk'Ubf dfcf]jfbL s]Gb|df lsg u'dgfd eP < dnfO{ clxn] klg d'6' r;Ss 3f]R5, Tof] lbgn] h'g lbg a'afn] hflu/ 5f]8]/ dfcf]jfbLdf k"0f{sfnLg sfo{stf{ aGg] s'/f ug'{eof] . Tof] lbg cfdfn] ?Fb} To;/L hflu/} 5f]8]/ dfcf]jfbLdf gnfUg'xf];\ .  cfDbfgLsf] >f]t eg]s} tkfOsf] hflu/ xf] . rf/hgf 5f]/f5f]/L d}n] s;/L kfNg] eGbf a'afn] eGg'ePsf] lyof] …a? d kl/jf/ TofU5' kf6L{ TofUg ;lSbg .Ú
^ sIffdf k9\g] d]/f] afndg TolQa]nf w]/} /f]]Psf] lyof] . a'afn] hj hflu/ 5f]8]/ dfcf]jfbLsf] k"0f{sfnLg sfo{stf{ ag]/ lx+8\g'eof] tj xfd|f b'Mvsf lbg ;'? eP .
3/sf] h]7L 5f]/L ePsf] gftfn] cfdfkl5 d}n] 3/ Jojxf/ x]g'{kg{] eof] . !! jif{b]lv c?sf] d]nf uP/ sfkL snd lsGg] k};f hf]xf] ug'{k¥of] . 3/df b}lgs #÷$ hgfsf b/n] a'afsf ;fyLx? cfpFy] ltgLx?nfO{ eft ksfP/ v'jfpg] / efOalxgL x]g{] lhDdf d]/f] sfFwdf cfof] . Psflt/ sfdsf] af]em csf{lt/ a'afsf] lrGtf . a'afnfO{ s'g lbg sxfF df/]sf] vj/ cfpg] xf] eg]/ /ftlbg xfdL t8\lk/xGYof}+ .
cfdfsf] ;fx;sf] sf/0f xfdLn] slxn] :s'n 5'6fpg' eg] k/]g . ^@÷^# sf] cfGbf]ngn] b]zdf ;+s6sfn ;lsof] xfd|f] efUon] egf}+ jf a'afsf] efUo pxfF afFRg' eof] . Hofg afFr]kl5 k};f s]xL xf]Og eGg] nfUYof] / dg To;} To;} km'?Ë lyof] .  b]zdf nf]stGq u0ftGq ;a} cfof] . a'afsf] /fhgLlt ofqf v'nf?kdf cuf8L a9\of] . xfdLn] 3/sf] sfd u/]/ a'afnfO{ /fhgLltdf g} nfUg lbof}+ .
a'afn] slxn] klg e|i6frf/ ug{ hfGg' ePg  . s;}nfO{ em'Sofpg klg hfGg' ePg  . To;}n] xf]nf a'afn] k};f sdfpg ;Sg'ePg . a'af;Fu} lx+8]sfx?n] sf7df08f}+df 3/ lsg] hUuf lsg] t/ a'af;Fu uf8L r9\g] k};f x'Gy]g . slxn] sfFxL a'afnfO{ b]Vbf l67 nfUYof] . !) jif{] efOn] l5d]sLsf] kf]lnlygdf df6f] e/]/ sdfPsf] @) ?k}ofF a'afnfO{ vr{ eg]/ lbFbf a'afn] TolQa]nf uxe/L  cfFz' agfP/ ltld g} /fv eg]sf] clxn] h:tf] nfU5 .
hgo'4sf] ;dodf g]skf dfcf]jfbL g'jfsf]6sf] & hgf ;b:o leqsf] Ps ;b:o &# ;fndf cfOk'Ubf lsg lhNnf ;b:o ;d]t ePgg\ < o;sf] pQ/ s;n] lbG5 < s] zDe' kg]?n] e|i6rf/ ug{ ghfg]/, c?nfO{ em'Sofpg ghfg]/ jf km6fxf aGg g;s]/ xf] < hflu/ Tofu]/ dfcf]jfbL /fhgLltdf lg/Gt/ nfu]sf zDe' kg]?nfO{ Pp6f ljBfnosf] Joj:yfkg ;ldltsf] cWoIf aGg /f]s nufP/ Pdfn]nfO{ ;dy{g ug{ vf]Hg] dfcf]jfbL s]Gb|df zDe' kg]?sf] :yfg s] 5 clg sxfF 5 <
^# ;fnkl5 dfcf]jfbLdf nfu]sf cGo JolQmx?sf] 5f]/f5f]/L cd]l/sf, rfOgf / sf7df08f}+sf dx+uf sn]hdf kl9/xFbf zDe' kg]?sf] @) jif{] 5f]/f] /x/nfO{ s'Nr]/ lsg vf8Ldf kl;gf aufpg afWo 5 < o;sf] hjfkm s;n] lbG5 < To;}n] jf:tljstf a'em]/ dfq c?dfly l6Kk0fL ug{ /fd|f] x'G5 eGg] d]/f] ;'emfj 5 .  d}n] dfcf]jfbL  unt / gofF zlQm  ;lx eGg vf]h]sf] xf]Og . t/, zDe' kg]?sf] JolQmut clwsf/ xf] . h'g kf6L{df dg nfU5 Tof] kf6L{df nfUg] . To;}n] hyfefjL ufnL  u/]/ ;do v]/ kmfNg'sf] s'g} t's 5}g . To;}n] ;a}nfO{ r]tgf eof d]/f] a'jf dfcf]jfbL s]Gb|sf] k]jf xf]Ogg\ .

http://www.sansarnews.com बाट साभार