Monday, May 30, 2016

माधव कुमार नेपालको विन्तीपत्र


हजार जना मारिएको, इतिहासमा कतै नलेखिएको : १८५० सालको तामाङ विद्रोह - राजकुमार दिक्पाल

नुवाकोटमा भैरवी जात्राको स्थान महत्वपूर्ण छ । यो जात्रा चैत्र शुक्ल चतुदर्शीका दिनदेखि सुरु हुन्छ । जात्राका क्रममा चैत्र शुक्ल पूर्णिमाको दिन भैरवी देवीलाई खटमा राखी शहर परिक्रमा गराइन्छ । साततले दरबारमा धमिनीको सिन्दुर जात्रा गरिन्छ । यस्तै देवीको खटलाई धामी धमिनीसहित देवीघाट लगिन्छ । प्रतिपदाको दिन भोगबली गरिन्छ । भोलिपल्ट चैत्रकृष्ण द्वित्तीयाको दिन देवीको खट र धामी–धमिनीलाई देवीथानमा ल्याई सिन्दुर जात्रा गरी तलेजुमा लगिन्छ । अष्टमीको दिन लिंगो ढालेपछि जात्रा सकिन्छ ।
यस जात्राको राजकीय महत्वलाई स्पष्ट पार्ने केही ऐतिहासिक पत्रहरु शंकरमान राजवंशीले पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ (संख्या ३ : पृष्ठ २७, २८ र २९) मा प्रकाशमा ल्याएका छन् । ती पत्रहरुले भैरवी जात्राको राजकीय महत्व र यसको प्राचीनतालाई स्पष्ट पार्छन् ।
विक्रम सम्वत् १८५० अर्थात आजभन्दा दुई सय २३ वर्षअघि एक हजार जनसंख्या सानो होइन । त्यो बेलाको विद्रोहमा एक हजार जनाभन्दा बढी तामाङ काटिनु पर्‍यो । रणबहादुर शाहले कालु पाँडेलाई लेखेका एक पत्रमा यो प्रसँग स्पष्टसँग उल्लेख हुन पुगेछ । त्यसबेलाको विद्रोहमा निक्कै ठूलो थियो ।
पृथ्वीनारायण शाहले आफ्नो राज्यविस्तार अभियानअन्तरगत सबैभन्दा पहिले विक्रम सम्वत १८०१ असोज १५ गते नुवाकोट जिते । गोरखा राज्यमा गाभिनुअघि नुवाकोट कान्तिपुर राज्यको अधिनमा थियो । नुवाकोटमै रहेको भैरवी देवीलाई मल्ल राजाहरुले राजकीय महत्व दिएका थिए । यस देवीको जात्रामा मल्ल राजाका भाई छोराबाट पूजा संकल्प हुने गथ्र्यो । नुवाकोट आफ्नो अधिनमा पारिसकेपछि राजाकै नातेदारहरुबाट पूजा संकल्प गराउन पृथ्वीनारायण शाहले शाही ठकुरीहरुलाई नुवाकोट दरबारमा द्वारेको जागिर दिएका थिए । विक्रम सम्वत १८२५ वैशाख ६ गते बिहीबार पूजा संकल्प र त्यसका लागि जिम्मेवारी प्रदान गर्दै पृथ्वीनारायण शाहले जारी गरेको लालमोहरको मुख्य ब्यहोरा यस्तो छ :
आगे नैजराम मेदासी साहीके अघि नुवाकोटका देवी जात्रा र दसैंमा नेपाली राजाका भाइछोराले पूजाविधि संकल्प गर्नुपर्दोरहेछ. त्यसनिमित्त ञाहा वडा जोसीलाई हेराउँदा तुम्रो नाउँमा जुर्‍यो अब उप्रान्त तहाँका —१—का जात्रामा दसैंमा —२— षड्ग जात्रामा हामीले गर्नुपर्ने पूजाविधि संकल्प तिमिले गर्नु। तिम्रा शेषपछि तिम्रा सन्तानले गर्नु. 
पृथ्वीनारायण शाहकी जेठी आमा रानी चन्द्रप्रभावति खाँची ठकुराईकी राजकन्या हुन् । जीवनको उत्तराद्र्धमा नरभुपाल शाह राजकाजमा उदासिन भई एउटा सुसारे केटो लिएर बन—बन घुमिहिड्न थालेपछि चन्द्रप्रभावतिले गोरखाको राजकाज सम्हाल्नुका साथै पृथ्वीनारायण शाहलाई राजपाठ सिकाएकी थिइन् । पृथ्वीनारायण शाहमा चन्द्रप्रभावतिको ठूलो प्रभाव थियो । नुवाकोट दरबारको जागिर पाउने नैजराम मेदासी शाही खाँचीकै हुनुपर्ने अनुमान राजवंशीले गरेका छन् ।

भैरवी जात्रामा धामीको काम गर्ने जिम्मा यहाँका डंगोलहरुले पाएका छन् । उनीहरुको यो जिम्मा पुस्तौनी हो । विक्रम सम्वत १८३१ आषाढ सुदि १० रोज २ मा पृथ्वीनारायण शाहले ग्यानदेउ (ज्ञानदेव) धामीलाई पूजाआजाका लागि लालमोहर दिएका थिए । यस्तै १८३२ चैत्र वदि ४ रोज ७मा प्रतापसिंह शाहले उनै ज्ञानदेवलाई भैरवीसम्बन्धी पजनीको अख्तियार दिएको लालमोहर महेशराज पन्तले पूर्णिमाको पूर्णाङ्क ७५ (पृष्ठ १७)मा ‘प्रतापसिंह शाहले ज्ञानदेव धामीलाई नुवाकोट–भैरवीसम्बन्धी पजनीको अख्तियार दिई गरिदिएको अहिलेसम्म प्रकाशमा नआएको पत्र’ शिर्षकमा प्रकाशित गरेका छन् । उनैको सन्तानले आजसम्म धामीको काम गर्दै आएका छन् ।
खट तान्ने तामाङ
भैरवी जात्रामा खट तान्ने र बोक्ने जिम्मेवारी लच्याङका तामाङहरुले सम्हाल्दै आएका छन् । भैरवी जात्रा आफैमा पुरानो हो । यसको एउटा हिस्सा प्राप्त तामाङहरुको पनि यस राजकीय अनुष्ठानमा महत्वपूर्ण भूमिका रहेको स्पष्ट हुन्छ ।
लच्याङको पुरानो र खास नाम ‘लछ्याङ’ हो । प्राचीनकालमा यहाँ लछ्य डोल्मो देवी उत्पति भएको स्थानीय जनश्रुति छ । यहीँबाट तिब्बतीहरुले लछ्य डोल्माको प्रतिमूर्ति तिब्बत लगेको पनि जनश्रुति पाइन्छ । ती तिब्बतीहरुले चेङ्रेसी अर्थात अवलोकेश्वरको मूति यहीँ छाडेका थिए । यही प्राचीन थलो लच्याङका तामाङहरु भैरवी जात्रामा खट बोक्छन्, लिंगोको ब्यवस्था गर्छन् । हरेक वर्ष १२ वटा चोयाको घुम, ६० रुपैयाँ र बोका शेराफाँटका भैरवी धामीलाई बुझाउनुपर्छ । भैरवी रथका लागि जाँड राख्ने र सात सय केजीको भारी बोक्ने काम पनि लच्याङका तामाङहरुले गर्नुपर्छ । यो दायित्व पृथ्वीनारायण शाहले आफूहरुलाई सुम्पिएको उनीहरुको मान्यता रहदै आएको छ ।
यस डरलाग्दो घटना खुल्ने दुई ऐतिहासिक पत्र ‘पूर्णिमा’का फरकफरक अंकमा दिनेशराज पन्तले ‘श्री ५ रणबहादुर शाहले कालु पाँडेलाई वि.सं. १८५०मा लेखेको अप्रकाशित पत्र’ शिर्षकमा र महेशराज पन्तले ‘विद्रोहपछि वि.सं. १८५० मा लच्याङ मुर्मीलाई थामिदिई गरिदिएको अहिलेसम्म प्रकाशमा नआएको पत्र’ शिर्षकमा ऐतिहासिक पत्र छापेर लच्याङको तामाङ विद्रोह र नरसंहारबारे प्रकाश पारेका छन् ।
स्थानीय जनश्रुतिअनुसार यहाँ गोले राजा स्थानीय प्रशासक थिए, पृथ्वीनारायण शाहको हाताम नुवाकोट पर्नुभन्दाअघि । गोले राजा र रानी गोरखालीहरुको छलकपटबाट मारिए । गोले राजाको १२ गाउँको जिम्मा थियो । प्रत्येक गाउँबाट पाँच जनाको दरले १२ गाउँबाट ६० जना भैरवीको रथ तान्न जानुपर्ने आदेश पृथ्वीनारायण शाहबाट भएको जनश्रुति यहाँ रहेको छ ।
लच्याङमा तामाङ विद्रोह
राजा रणबहादुर शाहको पालामा लच्याङका तामाङहरुले निक्कै ठूलो विद्रोह गरेका थिए । यहाँ राज्यका तर्फबाट नरसंहार मच्चाइएको थियो । यस्तो घटना विक्रम सम्वत १८५० को जेठ महिनाको पहिलो साता र साउन महिना दोस्रो साता (१० गते) गरी दुई पटक भएको थियो । यस घटनामा हजारौ तामाङ बलिदान भएको तत्कालिन राजा रणबहादुर शाह स्वयम्को अभिब्यक्तिले नै पुष्टि गर्छ ।
यस डरलाग्दो घटना खुल्ने दुई ऐतिहासिक पत्र संशोधन मण्डलको प्रकाशन ‘पूर्णिमा’ले प्रकाशमा ल्याएको छ । ‘पूर्णिमा’को पूर्णाङ्क ६४ (पृष्ठ १,२ र ३)मा दिनेशराज पन्तले ‘श्री ५ रणबहादुर शाहले कालु पाँडेलाई वि.सं. १८५०मा लेखेको अप्रकाशित पत्र’ शिर्षकमा र महेशराज पन्तले पूर्णाङ्क ७५ (पृष्ठ १८) मा ‘विद्रोहपछि वि.सं. १८५०मा लच्याङ मुर्मीलाई थामिदिई गरिदिएको अहिलेसम्म प्रकाशमा नआएको पत्र’ शिर्षकमा ऐतिहासिक पत्र छापेर लच्याङको तामाङ विद्रोह र नरसंहारबारे प्रकाश पारेका छन् ।
यसरी लच्याङमा विद्रोह गर्दा काटिएकाहरुको सन्तानको घरबारी थामिदिएको लालमोहर त्यहाँका मुर्मी (तामाङ)हरुको नाममा रणबहादुर शाहले १८५० साल श्रावणशुदि २ रोज ४ मा मुकाम कान्तिपुरबाट जारी गरे । रणजीत पाँडेमार्फत् त्यहाँ पठाइएको पत्रको ब्यहोरा यस्तो छ :
श्री दुर्गाज्यू १
श्री भैरवि

स्वस्ति श्रीमन्हाराजाधिराज कस्य रुक्का……..
आगे. लच्याङका मुःर्वि प्रजापति. तिमीहरुका गाउंका उपध्राया.कुल् पस्ता तेस् हुल्मुल्मा जो साञिधुवा हुन् काटिया. उन्का. कविलालाई. आफ्ना आफ्ना जग्गामा बस भनि फिराइ बक्स्यैको छ. तिहमेरुको घरवारि. षेत. षोरिया. जो रह्याको आल्माल्. भागिगयाका जो छौ. आफ्ना घरबारिमा आई बस. धामिका मार्फत…..को टहल परापूर्वको रित गर. ईति संम्वत १८५० साल श्रावणशुदि २ रोज ४ मुकाम कांतिपुर. शुभम्
हजार तामाङको एकै चिहान
विक्रम सम्वत् १८५० अर्थात आजभन्दा दुई सय २३ वर्षअघि एक हजार जनसंख्या सानो होइन । त्यो बेलाको विद्रोहमा एक हजार जनाभन्दा बढि तामाङ काटिनु पर्‍यो । रणबहादुर शाहले कालु पाँडेलाई लेखेका एक पत्रमा यो प्रसँग स्पष्टसँग उल्लेख हुन पुगेछ । यो पत्र पाउने कालु पाँडे पृथ्वीनारायण शाहको समयका प्रशिद्ध सेनापति नभई अर्को कालु पाँडे हुन् । त्यसबेलाको विद्रोहमा निक्कै ठूलो थियो ।
त्यो समय विद्रोहको आधार धार्मिक हुन्थ्यो । लच्याङका तामाङहरुले पनि धार्मिक आधार लिएर विद्रोह गरेका थिए । जंगबहादुर राणाको समयमा विद्रोह गर्ने सुपति गुरुङ तथा लखन थापाले पनि धार्मिक आधार नै लिएको पाइन्छ ।
जेठ महिना लाग्दैमा एक दुई जना तामाङले आफूलाई अवतारी हुँ भन्दै नालदुम (नगरकोट) पश्चिम र बेत्रावतिपूर्वका मानिसलाई भारनागल्यामा भेला गराए । उनीहरुसँग साँगाचोकमा लामाले विमति जनाएका कारण तिनको हत्या भयो । यो खबर पाएर त्यो विद्रोह दवाउन सरकारले दुई पल्टन सैनिक पठायो । केही तामाङलाई काटियो ।
फेरि त्यसको दुई महिनामा तामाङहरुले निक्कै ठूलो विद्रोह गरे । साउन १० गते शिखरबेसी, ताँवेसतार, नर्जा र कविलासका तामाङ भेला भए । उनीहरुले लुट मच्चाउन थालेको खबर सरकारलाई भयो । यो खबरपछि फौज पठाई एक हजार जनाको ज्यान लिने काम भयो । यो हत्याकाण्डमा गाउँका मिझार गौरुंका जहान परिवारलाई पनि काटिएको थियो । मिझार भनेको गाउँको जिम्मावाल ब्यक्ति हुन् । लिम्बूलाई किपट थाम्न सुब्बा दिएजस्तै तामाङलाई मिझार पद दिइन्थ्यो ।
त्यो समय विद्रोहको आधार धार्मिक हुन्थ्यो । लच्याङका तामाङहरुले पनि धार्मिक आधार लिएर विद्रोह गरेका थिए । जंगबहादुर राणाको समयमा विद्रोह गर्ने सुपति गुरुङ तथा लखन थापाले पनि धार्मिक आधार नै लिएको पाइन्छ ।
लच्याङको त्यो डरलाग्दो हत्याकाण्डको प्रसँग खुल्ने गरी तत्कालिन राजा रणबहादुर शाहले कालु पाँडेलाई पठाएको पत्रको सार यस्तो छ :
श्रीज्वाला १
स्वस्ति श्री गिरिराजचक्रमुडामणि नरनारायणेत्यादिविविधविरुदावलि विराजमानमानोन्नत श्रीमन्महाराजाधिराज श्रीश्रीश्रीमहाराजे रणबहादुरसाहबहादुरसम्सेर्जङ्गदेवानाम सदा समर विजयिनाम………….
स्वस्तिश्री राजभारासामर्थ श्रीकालु पांडेके सलामपूर्वक पत्र मिदम्……………………………

उप्रांत लाग्दै जेठमा १।२ मुर्मि प्रजाले औतारि हौं भनि नालदुम पश्चीम वेत्रावति पूर्वका प्रजा वटुलि भारनागल्यामा भेला भएछन्. इन्सँग नमिलन्या सांगाचोकका लामालाई मार्‍या भन्या षवर आयो र २ कंपनि पठाउंदा केहि काटिया. केहि भाग्याका थिया. फेरि साउनका १० जादा सिकव्र्यासी तांवेसतार नर्जा कविलास भोंट्या भेला भै घर पोलि लुट गर्‍यो भन्या खबर आयो. र फौज पठाई हजार मुर्मि साफ भया. गाउंल्याका कविला आफ्ना आफ्ना घरबारि राषि मिजार गौरुंका कवीला मासिया. देसको साहास पाईकन गर्‍याको रहेनछ. ई प्रजाका जाना मिलो छ्यागियाका रह्याछन्. सोहिमाफिक तंवि गरिउं……………………………………………..
ईति सम्वत १८५० साल मिती श्रावणशुदि ३ रोज ६. मोकाम कांतिपुर राजधानी शुभम्

यसरी राज्यबाट तामाङहरुमा नरसंहार मच्चाइयो । यो सामान्य विद्रोह थिएन । तर यति ठूलो घटना वा भइकन पनि इतिहासका पानामा यो प्रसंग त्यति उल्लेख भएको पाइँदैन ।

http://esamata.com बाट साभार 

उज्जन श्रेष्ठ हत्याको रिपोर्टः गाउँले भन्छन्- छोरीमान्छे देख्नै नहुने !

पत्रकार नरेश ज्ञवाली हालै ओखलढुंगाको भ्रमण गरेर फर्केका छन् । पूर्वसभाद वालकृष्ण ढुंगेल समेतलाई दोषी करार गरिएको उज्जनकुमार श्रेष्ठ (भुवन) को हत्या भएको भनिएको गाउँमा पुगेर फर्केका पत्रकार ज्ञवालीले यस्तो स्थलगत रिपोर्ट अनलाइनखबरलाई उपलब्ध गराएः
Sindhuli hatyakanda (3)
मिर्मिरे बिहानीमा गाउँलेहरुको निन्द्रा खुल्न लागेको थियो । तल लिखु खोलाको किनारामा पर्ने न्युरेमा ड्याङ्ग गरेको ठूलो आवाज आयो । गाउँलेहरुले आवाज सुने ।
तर, निद्राबाट बिउँझिदै गरेका गाउँलेहरुले सखारै आएको आवाजले कयौँ बर्षसम्म निदाउन दिनेछैन भन्ने अनुमान लगाउन सहज थिएन । तैपनि त्यो आवाज अनिष्टको संकेत हो भन्ने अड्कल त्यतिबेलै गाउँलेहरुले लगाए ।
त्यो गोलीको आवाज थियो । त्यही गोलीको आवाजले अहिले देशको राजनीतिलाई बहसमा तानिरहेको छ । र, यसलाई ‘बालकृष्ण ढुंगेल प्रकरण’ वा ‘उज्जन श्रेष्ठ हत्या प्रकरण’ पनि भनेर चिन्ने गरिएको छ ।
विसं.०५५ असार १०, बिहान करिब ४ बजे पड्केको गोलीको आवाजको हिजो-आज गाउँमा भन्दा बेसी शहरमा चर्चा छ । ‘गोली चलाएको’, ‘गोली चलाउन आदेश दिएको’, ‘घटना घटाउन टर्चलाईट बालेको’, ‘प्रहरी र न्यायालयलाई सही सूचना नदिएको’ लगायत अनेकौं छिर्काहरु गाउँ हुँदै शहरसम्म आएर विकृत भैरहेका छन् ।
यस वीचका यी ६ हजार ५ सय ४५ दिनहरुमा रामेछाप र ओखलढुंगाबीच बग्ने लिखु खोलामा धेरै पानी बगिसक्यो । रात रहे अग्राख पलाउँछ भनेजस्तै यी दिनहरुमा न्याय पाउनेले न्यायको सट्टा अन्याय पाए भने अन्यायको खेती गर्नेहरु न्यायका ठेकेदार बन्न भ्याए ।
अन्यायको दारुण कथा झेलेर अझै पनि पुरानै नियति भोग्न बाध्य ओखलढुंगेली टारकेरावारीका जनताको दुःखको कथामा शुरु हुन्छ- गाउँको सम्पन्नशाली व्यापारीको रुपमा दरिएका रामेश्वर नाम गरेका जगतदास श्रेष्ठका सात भाइ छोरामध्ये काइँला भुवन अर्थात उज्जनकुमार श्रेष्ठको ‘हत्या’ प्रकरणबाट ।
देशको सर्वोच्च निकायले भुवनको हत्या भएको निष्कर्ष निकालेर मानिसहरुलाई आजीवन कारावासको सजायँ दिँदा समेत एलिटहरुको भाषामा ‘अनपढ र गवाँर’ जस्ता लाग्ने गाउँलेहरुले सर्वोच्च अदालतको निर्णयमा अविश्वास र आशंका व्यक्त गरेका छन् ।
‘मर्ने बेलामा मलाई पाप बक्नु छैन, सत्य निसाप बक्ने हो, अदालताँ पनि त्यही बकेको हो, तपाईलाई पनि त्यही बक्छु,’ टारकेराबारी गाविसका पूर्ववडाअध्यक्ष ९४ बर्षीय भोजबहादुर खड्काले हामीसँग भने, ‘भुवन मरेको होला भन्ने मेरो चित्तले अझै देख्दैन, झूठो कुरा गरेको भए सात जुनी नर्कमा जान परोस् ।’
घटनाको विवरण
बुबा रामेश्वर श्रेष्ठको मिल रहेको टारकेरावारीको कोइरालेबाट ०५५ असार १० गते बिहान ४ बज्न केही मिनटअघि मिलका केही सामान तथा चिउरा लिन दुई जना भरियाका साथ रामेछापको धोवीतर्फ लाग्छन् भुवन ।
उनी अघि अघि र भरियाहरु रामबहादुर श्रेष्ठ र थिरबहादुर खत्री पछिपछि हिँडिरहेका हुन्छन् । त्यहीबेला अचानक भरुवा बन्दुक पड्केको चर्को आवाज आउँछ ।
आवाजसँगै भुवन र उनका दुईजना भरिया ज्यान जोगाउन भाग्छन् । बिहान गाउँलेहरु घटनास्थलमा गई खोजी गर्दा घटनास्थलमा भरुवा बन्दुकका केही छर्रा तथा एक ठाउँमा रगतका टाटाबाहेक केही भेटदैनन् उनीहरुले । दुईजना भरिया भने गाउँलेको सम्पर्कमा आउँछन् ।
‘गोली चलेको आवाज आएपछि हामीबीच भागाभाग भयो, को कता गयो केही थाहा भएन,’ थिरबहादुरको भनाइ छ ।
अनि तपाईहरुले सँगै रहेका भुवनलाई खोज्नुभएन त ? यो प्रश्नमा थिरबहादुरले भने- हामी र गाउँलेहरु समेत मिलेर खोजी गरियो, तर उनको लास र सास दुबै भेटिएन ।
Sindhuli hatyakanda (4)
गोली चलाउने दिनसम्म आइपुग्दा ओखलढुंगा र रामेछापको दुर्गम क्षेत्रमा पर्ने टारकेराबारी, पोकली, गाम्नाडटार र लेतीमा माओवादीले आफ्नो गतिविधि बढाइरहेको थियो । अचानक टारकेरावारीमा चलेको भरुवा बन्दुकको आवाजले राज्यलाई ‘एक्सन’ लिनै पर्ने निर्णयमा पुर्‍याइदियो । यही समय पारेर ओखलढुंगाको टारकेरावारी, गाम्नागंटार, लेतीमा व्यापक कुटपीट, धरपकड र सर्च अपरेशन चलाइयो । जसलाई स्थानीय गाउँले ‘प्रहरी दमन’ भन्छन् ।
भुवनको शव अझै पनि न राज्यको कुनै निकायले भेट्टाएको छ, न त गाउँलेले नै । प्रहरीले चलाएको व्यापक सर्चमा समेत उनको लास वा सास नभेटिएपछि उनलाई मरेकै भन्ठानियो । आजसम्म उनी मरे भन्ने विश्वास गरिएको छ । जसको हत्या अभियोगमा हाल दुईजनालाई आजीवन कारावासको सजायँ सुनाइएको छ ।
तर, गाउँलेहरु भने गाउँमा ३३ वर्ष र २७ वर्ष पछि पनि बिहे गरेर र्फकनेहरुलाई देखे भोगेको हुनाले लास नभेटेसम्म भुवन मरेकै हुन् भन्नेमा आशंका व्यक्त गर्छन् ।
भुवन हत्या आरोपमा सजायँ सुनाइएकामध्ये पुष्कर गौतम जसलाई तत्कालीन समयमा माओवादीले त्यस क्षेत्रमा खटाएको थियो, केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन् ।
अर्का आरोपी पहिलो संविधानसभामा चुनाव जितेर सभासद भएका माओवादी नेता बालकृष्ण ढुंगेल हुन्, जो यसै अभियोगमा जेल चलान भई पुनरावेदन अदालतबाट छुटे । तर, सर्वोच्चबाट पुनः दोषी करार गरिएका छन् ।
भुवनकी दिदी सावित्री श्रेष्ठद्वारा लिखित पुस्तक ‘पीडाका ५००० दिन’मा उनले पुस्कर गौतमबारे लेखेकी छन्ः पुस्कर खुलेआम काठमाडौंमा स्तम्भकारका रुपमा पत्रकारिता गरेर बस्यो तर, प्रहरीले पक्राउ गरेन । कृष्णमोहन श्रेष्ठ त्यतिबेला प्रहरीका एआईजी थिए । पुष्कर लुकिरहेको ठाउँ पत्ता लगाई म एआइजीलाई भेट्न पुगेँ । पुष्कर लुकेको ठाउँको सुइँको दिएँ… तर, कृष्णमोहनले पुष्करलाई पक्राउ गरेनन् । पुष्कर त हाम्रो इन्र्फमरजस्तै भइसक्यो भने । पछि थाहा भयो, पुष्कर माओवादी छाडेर प्रहरीको सूचनादाता भएछ ।’
भुवनको हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले गाउँबाट झण्डै १ सय १० जनालाई पक्राउ गर्‍यो । ५५ जनालाई मुद्दा लगायो । तर, अन्यलाई राजनीतिक पहुँचका आधारमा मुद्दा फिर्ता गरी १५ जनालाई मात्रै मुद्दा चलाइयो । त्यसमध्ये पनि ९ जनालाई पुनः छोड्दै ६ जनालाई जिल्ला अदालतमा मुद्दा दायर गरियो । उन्मुक्ति पाउनेमा कांग्रेस, एमालेसमर्थित मान्छेहरु थिए, सजायँ पाउनेमा माओवादी थिए ।
पक्राउ परेका ६ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जिल्ला अदालतले दियो । ती ६ जना थलबहादुर पौडेल, डोरबहादुर पौडेल, मनोज भट्राई, पर्वतराज भट्राई, रामबहादुर श्रेष्ठ र थिरबहादुर खत्री थिए । भने फरार अभियुक्तको नाममा पुष्कर, बालकृष्ण ढुंगेल र प्रलाहृद गौतम थिए ।
टारकेरावारी घर भएका थिरबहादुर खत्री तिनै मान्छे हुन्, जो भुवनमाथि गोली चलाइएको बिहान भुवनको भरिया थिए । त्यस घटनाका वास्तविक साक्षी खत्री पनि जेल परे, प्रहरीको यातनागृहमा आची र रगतमा लुटपुटिन बाध्य भए । कागजी चस्मदित गवाह डिल्लीबहादुर र बेदबहादुर खड्का भने थुनिएनन् ।
गाउँमै अत्यन्त निम्नस्तरको जीवन बिताइरहेका खत्री जसको भारी बोकेर जीवन धानिरहेका थिए उनैलाई हत्याको मतियार भन्दै हालियो । यसलाई जायज ठहर्‍याउन किताब लेखियो ।
टारकेरावारी-७ कै थलबहादुर पौडेल पनि कागजी गवाहका आधारमा लामो समयसम्म प्रहरीको यातनागृहको शिकार बने । तर, अन्तिममा निर्दोष करार गरिए । उनलाई न्यायालयले निर्दोष करार गर्दासम्म उनी यथेष्ठ रुपमा दोषी, हत्यारा, हत्याको मास्टर माईन्ड जस्ता विभुषणबाट पुरस्कृत भैसकेका थिए । समाजमा हत्यारा कहलिइसकेका थलबहादुरलाई न्यायालयले निर्दोष सावित गर्न १५ बर्ष लगायो ।
घटना हुनुभन्दा बर्षौ अघिदेखि थलबहादुर काठमाडौंमा बस्ने गर्दथे । अपर तामाकोशीको जागिरका सिलसिलमा काठमाडौं बस्न थालेका उनलाई अफिसकै काममा छँदाछँदै बिराटनगरबाट पक्राउ गरियो । उनलाई किन जेल हालियो, स्थानीय गाउँलेले अझैसम्म बुझ्न सकेका छैनन् ।
कागजले कागजकै भाषा बुझ्ने भएर हो कि जनताले कागजको भाषा बुझेनन् र सजायँ पाए । कागजको भाषा बुझ्न र बुझाउन जान्नेले किताव लेखेर आफूहरु पीडाको सागरमा डुबेको प्रचार गरे ।
किन हमला भयो भुवनमाथि ?
भुवनमाथि किन हमला गरिएको होला भन्ने प्रशंगलाई एउटा घटनासँग जोडेर हेर्दा अलिक सजिलो होला । भुवनले लक्ष्मी श्रेष्ठसँग विवाह गरे । बिहे गरेको केही समयमै भुवन र लक्ष्मीबीच खटपट हुन थाल्यो । कारण थियो, भुवनको जीवनमा अर्की महिलाको आगमन । श्रीमान अर्की महिलासँग लागेका छन् भन्ने थाहा पाएपछि त्यसलाई रोक्ने प्रयत्नमा थिइन् लक्ष्मी । तर, उनको प्रयास सफल भएन ।
अवैधानिक रुपमा चल्दै गरेको सम्बन्धलाई भुवनले औपचारिक सम्बन्धमा बदले । घरमा दोस्री श्रीमतीको आगमन भयो । उनको नाम थियो पवित्रा पौडेल । पौडेल भुवनको यौनसम्बन्धमा फसेपछि बिहे गर्नुपर्ने बाध्यतामा परिन् ।
बुबाआमाले बिहे गराइदिएकी केटी मन नपरेपछि भुवनले दोस्रो बिहे गरेको उनकी दिदी सावित्रीको दाबी छ ।
कान्छी श्रीमतीका रुपमा भित्रिएकी पवित्राले जेठीलाई भन्दा आफूलाई पतिले धेरै माया गर्छन् भन्ने कुरालाई आत्मसाथ मात्रै के गर्न थालेकी थिइन्, गाउँकी एउटी दलित महिलासँग भुवनको सम्बन्ध रहेको हल्ला चल्यो । त्यसअघि गाउँलेले ती महिलासँग भुवनको नाजायज सम्बन्ध रहेको चाल पाएको बताउँछन् ।
एक दिन दलित महिलाको कोखमा भुवनको वंश हुर्किरहेको भन्ने चर्चासँगै गाउँले र भुवनको परिवारबीच विवाद चुलियो । गाउँलेहरु ती दलित महिलाको जिम्मा भुवनले लिनुपर्छ भन्ने पक्षमा थिए । भुवनको परिवारले त्यसको प्रतिवाद गर्‍यो । त्यस विषयमा भुवनको र टारकेरावारी गाविसका वडा अध्यक्ष रहेका गाउँका बुढापाकासँग उनको विवाद हात हालाहालसम्म पुग्यो । अन्ततः सम्पन्न श्रेष्ठ परिवारले परिवारले केटीपक्षलाई केही रकम दिएर घटनालाई दबायो ।
स्थानीयको दाबी अनुसार दलित महिलासँगको विवाद टुगिंन नपाउँदै भुवनले अर्को चमत्कार गरे । काठमाडौंबाट महालक्ष्मी श्रेष्ठ भन्ने केटीलाई उनले श्रीमतीका रुपमा घरमा भित्राए । उनले त्यतिमात्र गरेनन्, उनले जुन परिवारबाट पवित्रालाई भित्राएका थिए, त्यही परिवारकी कान्छी बहिनीलाई पनि कान्छी श्रीमतीका रुपमा भित्राए । रेनुकालाई भुवनले मिलमा कुटाउन पिसाउन आएको मौका छोपेर दपेटेको गाउँलेको आरोप छ ।
यी उतार-चढाबबाट भुवनको महिलाप्रतिको आशक्ति कस्तो थियो भन्ने बुझ्न गाह्रो हुँदैन ।
काठमाडौंबाट घर फर्किएलगत्तै आफ्ना माइला दाइ गणेशकुमारलाई विस्थापित गरी पानी घट्ट आफ्नो जिम्मामा लिएका भुवनले मिलमा कुटाउन पेलाउन आउने महिलासँग जिस्कने, मस्कने र नमाने बल प्रयोग गर्ने स्थानीयको आरोप छ । भुवन जुवातासका अब्बल खेलाडीसमेत थिए ।
भुवनको यस्तो तडक-भडक र गाउँमा माओवादीको बढ्दो प्रभाव एकापसमा विरोधाभाषपूर्ण बन्यो ।
भुवनकी जेठी श्रीमती लक्ष्मीले हामीसँग भनिन्- हाम्रो बिहे भएपछिसमेत उनी गाउँमा महिलाहरु चाहार्दै हिँड्ने गर्थे
गाउँलेहरुको वयान अनुसार माओवादीहरु गाउँमा जुवातास रोक्न चाहन्थे भुवन जुवातास खेल्ने अड्डा खडा गर्न चाहन्थे । माओवादीहरु गाउँमा महिला र दलित अधिकारका कुरा गर्दै हिँड्थे । भुवन गाउँमा महिलालाई बाख्रा र आफू बाघ भएको बोध गराउन चाहन्थे ।
भुवनकी जेठी श्रीमती लक्ष्मीले हामीसँग भनिन्- हाम्रो बिहे भएपछिसमेत उनी गाउँमा महिलाहरु चाहार्दै हिँड्ने गर्थे । मैले त्यसो नगर्नुस् भन्दा मलाई नै पिट्न र गाली गर्न थाले । मिल आफूले चलाउन थालेदेखि त्यहाँ पुलिससँग उनको संगत बढ्न थाल्यो । यता माओवादीले तिम्रो बुढा सुराकी काम गर्छ, त्यसलाई गाउँमा नबस्नु भन्न थाले । मैले कति चोटि भनें तर, उनले मेरो कुरा सुनेनन् । आफ्नै खुट्टा ठाउँमा नभएपछि अरुलाई के भन्नु ?’
माओवादीले त्यसबीच भुवनलाई कैयौंपटक चेतावनी दिने र माफी मगाउने जस्ता कारवाही गर्‍यो । तर, भुवन यसबाट डराएनन् । उनी गाउँबाट माओवादी निमिट्यान्न पार्ने अभियानमा लागे । उनी त्यसबेला प्रहरीको तलबी मान्छे रहेको माओवादीको बुझाइ थियो ।
त्यसबेला जिल्लामा डीएसपीका रुपमा सोलुका मिनमार लामा, प्रहरी इन्सपेक्टरका रुपमा सुनसरीका प्रदीप श्रेष्ठ र गाम्नाङ्ग प्रहरी चौकीमा खोटाङ्गका असई दुर्गाबहादुर राई कार्यरत थिए । भुवनको सम्बन्ध उनीहरुसँग रहेको गाउँले दाबी गर्छन् ।
माओवादी ‘जनअदालत’मा भुवनविरुद्ध लगातार बढ्दै गरेका उजुरीपछि माओवादीले उनलाई गाउँबाट अन्यत्रै पठाउन परिवारलाई दबाब दिन थाल्यो । परिवारका सदस्यसमेत उनलाई काठमाडौं जान सुझाइरहन्थे । तर, भुवन त्यो मान्न तयार थिएनन् । त्यसैबेला माओवादी ब्युरोले भुवनलाई सामान्य भौतिक कारवाही गर्ने योजना बनायो ।
‘सफाया गर्ने नभई सामान्य भौतिक कारवाही गर्ने तहसम्मको हाम्रो योजना थिया, त्यसैक्रममा साथीहरुले भरुवा बन्दुक पड्काएका हुन्’ टारकेरावारीमा तत्कालीन समयमा पार्टीको काम गरेका माओवादी नेता गंगा कार्की विश्वले हामीसँग भने ।
तर, भुवनकी दिदी सावित्री श्रेष्ठले भने आफ्नो भाइलाई काटेर खोलामा बगाइएको पुस्तकमा उल्लेख गरेकी छिन् ।
९४ वर्षीय वृद्ध भन्छन् – झूठो बकेको भए सात जुनी नर्कमा पर्नुपरोस्
पूर्व वडा अध्यक्ष रहिसकेका टारकेरावारी-९ का ९४ वर्षीय भोजबहादुर खड्काको घर पुग्दा उनी भूकम्पले भत्काएको घर बनाउन व्यस्त थिए । घर बनाउँदा बनाउँदै आएको पानीले माटो बगाउँदै थियो, त्यसैको जतनमा लागेका थिए खड्का । उनै हजुरबासँग गरिएको कुराकानी उनकै शब्दमाः
Sindhuli hatyakanda (1)घर हेरिहाल्नुभयो, भूकम्पले लडाएपछि बस्ने बास पनि नभएर बनाउन लागेको छु । यो घर टारकेरावारी- ९ मा पर्छ । पहिला यो गाविस गाम्नाङटार- १ मा पर्थ्यो । त्यसैताका हो म लाहुरबाट आएर गाउँमै केही गर्नुपर्छ भन्ने सोचले समाजको अर्मपर्म, जेनतेन गर्दागर्दै वडा अध्यक्षमा चुनिएँ ।
जीवन जिउने क्रममा म हिन्दुस्तानको लडाइँसम्म पुगेर फर्कें । भारतका अनेकौं ठाउँ पुगे पनि आफ्नो देशको माटोजस्तो विदेशी माटो हुँदैनरहेछ त्यसैले फर्केर आएँ । उतातिर बस्न मन लागेन । पोहोरदेखि अलि कान सुन्न छोडेको छु । पेटको बेथा भएकाले वर्षमा एकपटक बैद्यको दवाइ खान जानुपर्छ । हामी भनेको कुटो कोदालो गरेर आफ्नो पसीनाको कमाइ खाने मान्छे हो ।
त्यो भुवन भन्ने श्रेष्ठ थरीको मान्छे हो । उसको बाउले यहाँ पसल थापेका थिए । उसको बाउको नाम रामेश्वर हो । (रामेश्वरको वास्तविक नाम भने जगतदास श्रेष्ठ हो) उनीहरुको साउटारमा पनि पसल थियो । गणेशकुमार भन्ने रामेश्वरको माइलो छोरो सिधाखालको मान्छे थियो । भुवनचाहिँ काइँलो हो । भुवन भने महाको गुण्डो थियो । त्यसले केटी भनेपछि देख्नै हुँदैथ्यो ।
यो गाउँकी दुईटी बाहुनी लगिदियो । त्यो पनि एउटै घरकी दुई बहिनी । अपराधी हो कि धर्माती, तपाई कुरा बुझ्नुस् ।
मैले भनिहालें नि केटी देख्नै नहुने त्यसलाई । कुनै राम्री केटी गाउँघरमा देख्यो भने कसरी हुन्छ, बाआमालाई फसाल फुसुल पारेर हुन्छ कि, केटीलाई फसाल फुसुल पारेर हुन्छ कि, नभए धम्काएर भए पनि हर तरिकाले त्यसले आफ्नो बसमा पार्थ्यो ।
अब मेरो बाँच्ने दिन पो कति छन् र ? मरेर जाने बेलामा नर्क जाने कुरा किन गरौँला र ? मर्नेबेलामा पाप बोक्नु छैन मलाई
गाउँघरका कुनै पनि छोरी मान्छे देख्न नहुने महाको गुण्डो थियो त्यो । माओवादीसँग पनि हिमचिम गर्ने, प्रहरीसँग पनि लटरपटर गरेर बस्नी गथ्र्यो । त्यस्तो खालको मान्छे हो त्यो । मैले जानेको यही हो । एउटै घरकी दुई बहिनी उडाइदिने धर्माती हुन्छ त्यो मान्छे ? ल आफै भन्नुस् । त्यो महाको हरामी मान्छे हो ।
त्यसलाई (भुवन) मारे भनेर माओवादीलाई दोष पनि दिएका छन् । यही गाउँका कति मान्छेले अझै पनि मुद्दा खेपिराखेका छन् । यिनीहरु निर्दोष हुन् भनेर मैले ओखलढुंगा सदरमुकाममा पनि बक्न गएँ । तर, मेरो बोली कसैले सुनेनन् । यही गाउँको कामीटोलकी एउटी केटीलाई भुँडी बोकाइदियो । त्यो मान्छे यति गुन्डो थियो !
त्यसलाई कुनै पीडित महिलाका परिवारले पो मारे कि ? वा अरु गुण्डा-गुण्डा मिलेर पो मारे कि ? वा बेपत्ता भयो कि ? गाउँका जति मान्छे त्यो मुद्दामा परेका छन्, ती सबै निर्दोष भएको मेरो आत्माले देखेको छ ।
उसको लास भेटिएको छैन । मारे र फाले भने पनि त्यसको कुनै हाडखोर भेटिएको छैन । मारेको भन्ने ठाउँमा देखिएको रगत त्यसैको हो कि अरु कसैको भन्ने कुरा पनि जाँच गरिएको छैन । अनि अनाहकमा मान्छेलाई खोराँ लगेर थुन्ने गर्दा के हुन्छ हाम्रो सरकारको निसाप ?
मान्छेको ज्यानको सवाल छ भनेर मैले पनि यो विषयलाई बुझें । मलाई त गाउँका मान्छे अनाहकाँ खोराँ परे भन्ने भएको छ ।
अब मेरो बाँच्ने दिन पो कति छन् र ? मरेर जाने बेलामा नर्क जाने कुरा किन गरौँला र ? मर्नेबेलामा पाप बोक्नु छैन मलाई, सत्य निसाप बक्ने अदालताँ पनि यही बकेको हो, तपाईहरुलाई पनि यही बक्छु । झूठो कुरा गरेको भए सात जुनी नर्कमा जान परोस् । यी मान्छेहरु मलाई निर्दोष लाग्छन् ।
गाउँका जतिलाई पनि मुद्दा लगाइएको छ, त्यो रिसइबी भन्दा बाहेक केही पनि होइन । त्यो गुण्डोखालको मान्छे थियो । कहाँ बिगार गर्‍यो, केमा पर्न गयो ।
प्रत्यक्षदर्शी थिरबहादुरको बयान
मेरो नाम थिरबहादुर खत्री हो । मेरा तीन छोरा एक छोरी छन् । मेरो उमेर पचास बर्ष भयो । जुन दिन भुवनमाथि गोली प्रहार भयो, म त्यसदिन उनीसँगै थिएँ । उनको मिलको सामान लिन हामी उनीसँगै गएका थियौं । त्यसवेला म, रामबहादुर श्रेष्ठ र भुवन तीन भाइ थियौं ।
Sindhuli hatyakanda (2)
हामी बिहानै धोबी जान भनेर हिँडेका थियौं । लिखुको खहरे खोला भन्दा पर्तिर दुई घर माथितिरबाट गोली चलेको आवाज आयो । गोलीको आवाजसँगै हामी भाग्यौं । गोली चलाउने को थिए भन्ने केही थाहा थिए ।
म भर्खर काठमाडौंबाट गाउँ आएको २५ दिन जति भएको थियो । गाउँमा के कसो छ भन्ने पनि मलाई राम्रो थाहा थिएन । काठमाडौंमा त्यसबेला म भारी बोक्ने, बालुवा बोक्ने ज्यामी काम गर्थें । अहिले पनि म ज्यामी काम नै गर्दैछु ।
गोलीको आवाज सुनेपछि सबैमा भागाभाग भयो । उज्यालो भएपछि खोजी गरियो । तर, उसलाई पत्ता लगाउन सकिएन । हिँड्दाखेरि भुवन अगाडि, हामी पछिपछि थियौं ।
गोली चलेपछि खोजी पनि गरियो । तर, उनको पत्ता लागेन । गोली उनलाई लागेको थियो कि थिएन भन्नेसमेत हामीले चाल पाएनौं । झूठो कुरो गर्न भएन, के जानम् के भयो भयो ।
उनीसँग हिँडेका कारणले हो अथवा अरु नै केही कारण हो, मलाई अनाहकमा तीन बर्ष जेलमा हालिदिए । ०५५ असार ११ गते पक्राउ गरेका हुन् । त्यसपछि म ०५८ सम्म जेल बस्नुपर्‍यो । कारण के हो भन्ने मैले आजसम्म पनि चाल पाउन सकेको छैन ।
म पहिला माओवादीको कुरा बुझ्दैनथें, अहिले पनि बुझ्दिँन, खासो खास कुरा गर्ने हो भने म एमालेको मान्छे हुँ
भुवनको हत्याको प्रत्यक्षदर्शी हामी हौं भनेर जसले वयान दिएका छन्, उनीहरु प्रत्यक्षदर्शी नै हुन् भन्नेसमेत मलाई यकिन छैन । किनभने त्यति बिहानै हामी बाहेक मैले अरु कसैलाई पनि देखिँन बाटोमा हिँड्दै गर्दा । यदि उनीहरु पनि त्यहीँ हुन्थे भने त्यस्तो हाहाकारमा सहयोग त गर्थे होलान नि ?
हामी भनेको त आलाकाँचा हौं । तैपनि मलाई यो घटनाबारे केही पनि थाहा थिएन । मलाईसमेत जेल जानु पर्‍यो । उनको हत्यामा मेरो पनि संलग्नता हुने थियो भने म गाउँमै बसिराख्ने थिएँ होला त ? म घटना भएपछि पनि गाउँ मैं थिएँ मलाई यहीँ गाउँबाटै पक्रिएर लगे ।
मलाई पक्राउ गरेर सिरिसेको अस्थाई प्रहरी चौकीमा राखिएको थियो । पछि खिजी फलाँटे हुँदै रामपुर र त्यहाँबाट ओखलढुंगा सदरमुकाम लगे । म मात्र होइन, रामबहादुरलाई पनि मसँगै लगे । हामी दुई भाइले निकै नै दुःख पायौं । तर, हाम्रो दुःख हेर्ने कोही पनि भएन ।
म ज्यामी काम गरेर गुजारा गर्ने मान्छेलाई समेत भुवनको हत्यामा दोषी देखाएर माओवादी भनिदिएछन । माओवादी भनेको कस्तो हुन्छ ? नीति हो ? के माम्लो हो ? के गरेर हिँड्छ ? त्यो मलाई थाहा थिएन । साँच्चै भन्ने हो भने बन्दुक मैले छोएको भए, हाताँ आगो छ, (चुरोट देखाउँदै) मलाई मारिदिनू । त्यो बन्दुकको वजन कति हुन्छ ? त्यो बन्दुक कसरी पड्किन्छ, मलाई केही पनि थाहा छैन ।
हलो जोतेर हिँडेको यस्तो मान्छेलाई अनाहकमा झ्याम्म पारेर जेल हाले ।
प्रहरीको पिटाइले गर्दा अहिले म न बाख्रा हेर्न सक्छु । न घाँस काट्न सक्छु मान्छेलाई मर्नु न बाँच्नु बनाए । हाम्रोबारे कसले बोल्छ ? अनाहकमा यातना दिँदा अहिले खुट्टाले राम्रोगरी टेक्नै हुँदैन ।
यातनाको कुरा गर्नु हुन्छ भने उत्तानो पारेर जाँड खाएको तालमा हरेक प्रहरीले हामीलाई लात्ती र लौरो हानेर माओवादीको रीस हामीमाथि पोखे । पाइतालामा चुटने, मुखमा पाइप लगाएर माथिबाट पानी हाल्ने, बस्न लगाएर तिघ्रा र साँप्राको बीचमा बाँस हालेर माथिबाट बेस्मारी दुईजनाले थिच्दा मरिँदो रै’छ । मलाई पिट्नसम्म पिटे नि आईटम आईटमले ।
म त मर्ने मान्छे हो हजुर, तर खोई कसरी बाँचे । पाइतालमा हानेर खुट्टा सुनिन्छ अनि उफ्री भनेर पिट्ने । केको उफ्रिन सक्ने नि । मैले त्यतिबेला पिटाइ सहन नसकेर कट्टुमै मुत्ने र छेर्ने गरेँ ।
एउटा मात्र कट्टु थियो । फेर्ने लुगा पनि थिएन । के गर्नु त । त्यसैमा छेर्यो, त्यहीँ सुकायो । हाम्रो हेरविचार कसले गर्ने ? मरेँ भन्ने हुँदोरहेछ, होस आउँदा अस्पतालाँ भैइँदोरहेछ । यसो हेर्दा छेउमा सेता लुगा लगाएकी आईमाई बसेकी रैछ बोल्न मन लाग्छ’ तर बोली नै नआउने । होइन यहाँ कसरी आइपुगंे भनेर सोच्दो रैछु । तर, वाक्य फुट्दैन । त्यही आईमाईले हो मलाई चिया र बिस्कुट खानू भनेर दिएको, खान मन लागे पो खानु ।
अदालतमा पटक-पटक बयान लिँदा मैले भुवनसँग नगएको होइन, भारी बोक्न गएको हो भनेर भनें । बन्दुक नपड्के को होइन, पड्केको हो । तर, यतिखेरसम्म लास पत्तो लाउन सकिएको छैन भनेको हो । र, मान्छे मैले चिन्न सकिँन र मान्छे देख्दा पनि देखिएन भनेर भनेकै हुँ ।
मसँगै पक्राउ परेका रामबहादुर त्यो घटनापछि विस्तापित भएर मधेसमा कता चन्द्रनिगाहपुरतिर बसेका छन् भन्ने सुनिन्छ ।
अलिकति पनि तल माथि पर्‍यो भने पिडौला फर्किइहाल्छ । खुट्टाको तलको औंला चल्दैन । आँखा देख्दिँन । आधी टाउको दुखेको दुखै गर्छ । पुलिसले पिटेको कारणले भुँडीमा गाँठो बसेको छ । भुँडीको गाँठो देखाउन कलकत्तासम्म गएँ । अपरेशन गर्नुपर्छ, धेरै पैसा लाग्छ भन्यो । तर, मैले कहाँबाट पैसा ल्याउनु ? ७० बर्षका मान्छेले एक अँगालो भारी बोकेर हिँड्छन्, भीरपाखामा आनन्दले हिँड्छन् म सक्दिँन ।
काठमाडौं टिचिङमा उपचार गर्न गएको १ लाख जति लाग्छ भनेपछि नसकेर यत्तिकै काल कुरिरहेको छु । मलाई टाउको दुख्ने गरेको मैले त्यतिबेला नै प्रहरीहरुलाई भनेको थिए- यो टाउको चटक्कै काटिदिनु हामीलाई अनाहकमा दुःख नदिनू भने । अहिले पनि टाउको दुख्दा ब्रुफिन खान्छु । तर, पाँचवटा खाँदासमेत टाउको दुख्न २० को १९ हुँदैन ।
म पहिला माओवादीको कुरा बुझ्दैनथें, अहिले पनि बुझ्दिँन । खासो खास कुरा गर्ने हो भने म एमालेको मान्छे हुँ । त्यसैबेला डोरबहादुर जस्ता एमालेका सर्वसम्मति मार्फत निर्वाचित गाविस अध्यक्षलाई समेत यसै मुद्दामा तानेर यातना दिने, मुद्दा चलाउने काम गरिएको थियो ।
http://www.onlinekhabar.com बाट साभार 
२०७३ जेठ १७ गते १०:५८ मा प्रकाशित

Wednesday, May 25, 2016

माओवादी जनयुद्का ऐतिहासिक साछी

मुटु कम्जोर हुनेहरुले यो पोस्ट नहेर्नु होला अग्रिम सुझाब सहित बिगतका ईतिहास फेरिपनी पल्टाउने जमर्को गर्दैछ भैरे स्मरण रहोस् छिटफुट छुटेका घटनाक्रम हरुलाई जोड्ने कोषिस गरि दिनुहोला ???
वि.स. २०५२ देखि २०६३ साल सम्म माओवादी जनयुद्का ऐतिहासिक साछी ईतिहासका पान्नामा कैद छ्न् नितान्त दु:खको कुरोको चुरो भने तल लेखिएका दुई लाइन भाबुक शब्दकोष बिपरित हुन सक्दैन ।
छोराछोरी आउने दिन गन्दैछन्,मेरो बाबा खै आमा भन्दैछ्न् 
सलाम तिमीलाई सहिद तिम्रो सपना बाँकी छ पुरा गर्नलाई !!!

२०५२ फाल्गुन १ गते - रोल्पा , रुकुम र सिन्धुली जिल्लाको एक एक वटा प्रहरी चौकी आक्रमण ।
२०५३ पुस १९ गते - रामेछापको बेथान प्रहरी चौकी मा आक्रमण , दुई प्रहरी र तीन माओवादी को मृत्यु ।
२०५५ पुस १८ गते - ललितपुरको भट्टे डाडा प्रहरी चौकिमा आक्रमण ।

२०५५ फल्गुन २० गते - दाङ को चिराघाट ईलाका प्रहरी कार्यलयमा आक्रमण , ७ प्रहरिको मृत्यु ।
२०५५ फाल्गुन २१ गते - रुकुम को एमाले साम्सद उमेदवार यदु गौतामको हत्या ।
२०५६ जेठ ३१ गते - माओवादी द्वार रुकुमको लह १ प्रहरी चौकिमा आक्रमण ।
२०५६ पुस १९ गते - जुम्लाको रारालिमा आक्रमण , ९ प्रहरिको मृत्यु ।
२०५७ जेठ २५ गते - जाजरकोटको पाँच कटरिया प्रहरी चौकी मा आक्रमण ।
२०५७ असोज ९ गते - डोल्पा दुनै मा आक्रम्ण , १४ प्रहरी को मृत्यु , ४० घाईते ।
२०५७ मङ्सिर १४ गते - कालिकोटको कोटबाडा प्रहरी चौकीमा आक्रमण , ११ प्रहरिको मृत्यु , ८ घाईते ।
२०५७ माघ २१ गते - प्रध्यानान्यायाधिस केशब प्रसाद उपध्यायको भ्रमण दल सुर्खेत जान लाग्द असफल आक्रमण ।
२०५७ माघ २१ गते - सुर्खेत को बिरेन्द्र नगर बाट 
प्रध्यान्यायाधिस को भ्रमण दल लाई जिल्ला सिमाना बबई नदि पुल सम्म स्वागत गर्न गएका पुनरबेदन अदालत सुर्खेतका रजिस्टार बलदेब धिताल सहित ५ सुरक्षा कर्मी को मृत्यु ।

२०५७ चैत २० गते - रुकुम को रुकुमकोट ठाटी डाडामा 
आक्रमण , ३० प्रहरिको घटना स्थलमानै मृत्यु ।

२०५७ चैत्र २१ गते - दोलखा मैन पोखरी चौकी मा आक्रमण , ५ प्रहरी सहित ३ माओवादी को मृत्यु ।
२०५७ चैत २४ गते - नौ मुले ईलाका प्रहरी कार्यलय दैलेख तोलि गा.बि.स. ५ मा आक्रमण ' ३२ प्रहरी र १ नागरिक को मृत्यु ।
२०५८ असार २३ गते - लमजुङ , नुवाकोट र गुल्मी प्रहरी चौकी हरु माथी एकसाथ आक्रमण । ४१ प्रहरिको मृत्यु ।
२०५८ असार २६ दाङ को भरतपुर क्याम्पस उप प्रा नारायण सल्यानिको अपहरण गरि हत्या ।
२०५८ असार २८ गते - माओवादी द्वार ७१ जना प्रहरिको अपहरण ।
२०५८ साउन ७ गते - बाजुराको पाण्डुसेन प्रहरी चौकिमा आक्रमण ।
२०५८ मङ्सिर ८ गते - पहिलो पटक सैनिक ब्यारेक मा आक्रमण , दाङको सदरमुकाम घोराही मा आक्रमण , १४ सैनिक सहित ३७ सुरक्षाकर्मिको मृत्यु ।
२०५८ मङ्सिर १० गते - सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरिमा आक्रमण ,प्रजिअ बुद्धिसागर त्रिपाठि लगाएत २७ प्रहरी सहित ३ सेनाको मृत्यु ।
२०५८ फाल्गुन ४ गते - अछामको सदरमुकाम मंगलसेन र साफेबगर स्थित बिमनास्थल मा एकैसाथ आक्रमण , प्रमुख जिल्ला अधिकारी मोहन सिंह खत्री सहित ५७ जना सेना तथा ७९ प्रहरी सहित १५० जनाको मृत्यु ।
२०५८ चैत ३० गते - पुर्व पश्चिम को राजमार्ग को दाङ खण्डमा तीन ठाउमा एकै साथ आक्रमण , सशस्त्र जनपद का अधिकृत सहित ४६ प्रहरिको मृत्यु ।
२०५९ बैशाख २४ गते - रोल्पा गामस्थित सुरक्षा फौजको अस्थायी शिविरमा आक्रमण ।
२०५९ जेठ १० गते - रुकुमको खारा मा नेपाली सेनाको ब्यारेक माथी असफल आक्रमण ।
२०५९ भदौ २३ गते सिन्धुलिको भिमानमा आक्रमण , प्रहरी निरीक्षक सहित ४९ को मृत्यु ।
२०५९ भदौ २४ गते - अर्घाखाची को सदरमुकाम सन्धिखर्कमा आक्रमण , ६५ सुरक्षा कर्मी सहित १ सर्बसाधरण को मृत्यु ।
२०५९ कात्तिक १० गते - ओखलढुङगा को रुम्जाटार विमनास्थल मा आक्रमण , आक्रमणमा नेपाली सेनाका क्याप्टेन दिनेश थापा सहित ३ जना सैनिक को मृत्यु ।
२०५९ कात्तिक २९ गते - जुम्लाको सदरमुकाम खलङगा र गोरखाको ताकुकोटमा आक्रमण , प्रमुख जिल्ल अधिकारी सहित ६१ सुरक्षा कर्मी र २ सर्बसाधरण को मृत्यु ।
२०५९ कात्तिक २४ गते - काठमाडौं विराटनगर जान लागेको अग्नि दिवा बसलाई सर्लाहिको रानिगन्जमा दिउँसो ३ बजे यात्रु उतारी आगजनी , सर्लाहिमै विरगन्ज जान लागेको भाडाको जिप एम्बुसमा परि दुई जनाको मृत्यु ।
२०५९ माघ १२ गते - ललितपुर मा सशत्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ , उहाकी पत्नी नुडुप श्रेष्ठ र अंगरक्षक स.हि. सुर्य बहादुर रेग्मी को गोलि प्रहार गरि हत्या , घटनास्थल बाट अस्पताल पुर्याइएका तिघ्रामा गोलि लागि घाईते कृष्ण हरि सैजु पक्राउ ।
२०६० भदौ २१ - दोलखाको मैनपोखरी मा यात्रुबाहक बसमा आक्रमण, चरिकोट बाट काठमाडौ तर्फ आउन लागेको यात्रु बस चरिकोटमै विद्युतीय धराप्मा पर्दा २ जना यात्रुको मृत्यु , त्यस्तै काठमाडौ बाट सिन्धुली गएको सिद्धबाबा बस सेवाको ना२३ख ५८३७ नम्बरको यात्रु बाहक बस सिन्धुलिको सदरमुकाम कमलामाई पुग्न १२ किमि अगाबै करकरेमा बिहान ७:३० मा एम्बुस म परि ५ यात्रु को घटनास्थलमानै मृत्यु , १४ घाईते ।
२०६० चैत्र ७ गते - म्याग्दिको सदरमुकाम बेनिमा आक्रमण , सैनिक सहित ५१ जनाको मृत्यु ।
२०६१ जेठ ६ गते - डोटिको घण्टेश्वोरमा नेपाली सेना माथी आक्रमण , डेढ दर्जन जति नेपाली सेनाको मृत्यु ।
२०६१ मंसिर १ गते - माओवादी द्वार धादिङ को कृष्णभिरमा एम्बुस थापी आक्रमण ।
२०६१ पुस ३ गते - काठमाडौ को साखु ईलाका प्रहरी कार्यलयमा आक्रमण ।
२०६२ बैशाख २३ गते - माओवादी द्वार वाचन शीरोमणी पण्डित नारायण पोखरेलको गोलि हानी हत्या ।
२०६२ साउन २३ गते - कालिकोट को पिलिमा आक्रमण , ५० भन्दा बढी सैनिक को मृत्यु ।
२०६२ जेठ २३ गते - चितवनको बादरमुडेमा यात्रु बाहक बसमा आक्रमण , ३९ सर्बसाधरण को मृत्यु ।
२०६२ जेठ २९ गते - कैलालिको अत्तेरियामा सशस्त्र प्रहरिको ७ परिवारको हत्या ।
२०६२ माघ २ गते - थानकोट प्रहरी चौकिमा आक्रमण , प्रहरी निरीक्षक सहित ११ जना प्रहरिको मृत्यु ।
२०६२ चैत्र ७ गते - काभ्रेको दाप्चा मा आक्रमण , १३ सैनिक को मृत्यु ।
२०६२ चैत्र २३ गते - सर्लाहिको मलङ्गवा मा आक्रमण , सैनिक हेलिकप्टर ध्वोस्त , १० सैनिक सहित २३ को मृत्यु ।
२०६३ बैशाख १० गते - सिन्धुपाल्चोक को सदरमुकाम चौतारामा अन्तिम आक्रमण, ५ माओवादी सहित १ सुरक्षा कर्मिको मृत्यु । 

अन्तत:नेपालका लागि माओवाद अथवा माओवादी आन्दोलन बिगतका बर्षहरुमा पनि निकै अभिसाफका रुपमा देखा परेको थियो । माओवादी आन्दोलनले देशको अस्तित्वनै धरापमा पार्ने काम गरेको थियो । राष्ट्रिय सुरक्षा पुरै अस्तब्यस्त बनाएको थियो । हजारौ युवा युवतीहरुको जीवन समाप्त पार्ने काम गरिएको थियो । ति होनहार युवाहरुको रगतले बाबुराम र प्रचण्ड जस्ता पतित मानिसहरुलाई जन्माउनु बाहेक राष्ट्र र जनताका लागि कुनै ठोस् उपलब्दी भएन । नेत्र बिक्रम चन्द बिप्लव क्रान्ति सकिएको छैन भन्दै फेरी युवा युवतीहरुलाई खुल्ला मन्चमा ल्याएर नचाउँदै छन ! कहिले पनि नसकिने क्रान्तिको आगोमा गरिव नेपाली युवा युवतीका जीवन पोल्ने कुकर्मलाई अव राजनीतिक आवरण दिनु अपराध मानिनु पर्छ । बाबुराम र प्रचण्ड सँगै कुम जोडेर भारतीय बिस्तारवाद सँग शुरुङ्ग युद्ध गर्ने हावादारी गफ हाक्ने बिप्लवहरु नेपालको राजनीतिमा पत्तासाफ भएका नालायक प्राणी हुन । नालायक यस कारण हुन कि यिनीहरुले प्रचण्ड र बाबुरामलाई सत्तामा पुगाउनका निमित्त निकै ठुलो जनताको बलीदानी गराउने कुरामा नेपाली युवाहरुलाई उक्साए ! बाबुराम र प्रचण्ड सँग बदला लिने उनिहरुको योजनामा नेपाली युवा युवतीहरुले फेरी बलीदान दिनु कुनै पनि अर्थमा जाहेज मानिने छैन । गरिवी,अन्याय,अत्याचार र बिभिन्न कारणले अभाव र दुखको जीवन बाँची रहेका जनतालाई उचालेर स्वदेश वा बिदेशका बिरुद्ध जनतालाई उत्तेजित गराउने र आफ्नो राजनीतिक अभिष्ट पुरा गर्ने घटिया खेल अव बन्द गरिनु पर्छ । बिप्लवहरुले अरु १५ २० हजार नेपाली युवाको जीवन समाप्त पारेर तिनै बाबुराम,प्रचण्ड र बाँची रहे भने केपी वली सँग हात मिलाएर क्रान्ति समाप्त भएको घोषणा गर्ने छन यो सत्य हो । कसैलाई अरुकै लागी मर्नुमै आनन्द आई रहेको छ भने मेरो भन्नु केही छैन ! भारतीयहरुका उक्साहटमा बिप्लवले हुँकार दिएका हुन भने फेरी पनि क्रान्ति होला र नेपालीहरुले मर्नु पर्ला । हेक्का रहोस् यदी भारतीयहरुको मिलेमतो छैन भने झल्ला क्रान्तिकारीहरुको श्रीलङ्कामा लिट्टेको के हालत भयो ? अन्तत: त्यही हालत हुने निश्चित छ अग्रिम सुझाब दिन्छ भैरे चेतना भया !

मनपर्‍योथप प्रतिक्रिया देखाऊनुहोस्
Comment
72 comments
टिप्पणीहरू
Khim Bdr Kc Yo sabai ma madar chood haru ho kutta haru garib jantako khun chusne bhusyaha haru.
Raj Belbase यो मान्छे मार्ने हत्यारा हो यस्को कारणले कति टुहुरा कति चेलीबेटी सिउदो पुछियो अनि देशलाई ५० बर्ष पछि धकेलिदियो जस्ले जे भनेपनी यो देशद्रोही हो
Tej Narayan Adhikari १० बर्से युद्धको पुरै फोटो हालियो त हौ भैरे ?
Tribikram Kunwar तस्बिर आफै बोल्छन केका लागि भएछ क्रान्ती केका लागी हुदैछ मदेश आन्दोलन ।
Kisan Darlami अबको सरकारले ती हत्यारालाई अद्दालत् मा उभ्याउनिहोकि भन्ने दरले फेरि एकता भै दराउन दिने गरि रहेका छन। यिन्ले उब्जाएको हत्या हिंसा अनमुलन गर्न अब असल नागरिक को अाबस्यक छ।
बिशाल बिक्रम श्रेष्ठ आतंककारी शैलीमा क. विप्लवले बिनासित्ति ताइनतुईको फुर्ती हाक्नुको औचित्य छैन सकियो भन्नुस् । मुलुक धेरै अगाडि बढी सकेको स्थिति हो । कथित् नपुङ्सक लेन्डुप ज्ञानेन्द्र शाह लाई पुन राजा बनाउने दिवा सपना नदेखे हुन्छ ? यस्ता...अझ धेरै हेर्नुहोस्
बिशाल बिक्रम श्रेष्ठ भैरेलाइ घम्पुलर एकतामा सरिक हुन आग्रह नगरेको अवस्था थिएन इमान्दरिताका साथ अनुरोध गरिएको स्थित थियो तर गास खाने क्रान्तिकारीताले बिद्रोह गर्न रुचाए घास खान रुचाएन भन्नुस् ।
Rabin Budhathoki प्रचण्ड लाई जिउदै काटेर नुन खोर्सानी दिनको दल्दै मार्नु परर्ने हो
अनिस तामाङ यो खाते बौलाहा हो।। थुक्का पाजी।। गद्दार भगौडा।
बिशाल बिक्रम श्रेष्ठ ०५२ साल देखि माओवादी आन्दोलनका पूर्णकालिन कार्यकर्ता युद्धकालिन घाईते वेपत्ता २ छोराका बाबु धादिङका जिल्ला अध्यक्ष रामबहादुर भण्डारीलाई केन्द्रीय सदस्य नबनाउन यस अघिका ३ प्रदेश सेक्रेटरी नारायण दाहालले लाखौं रकम पार्टी भित्रैबाट लिएको खबर आएछ घम्पुलर एकता केन्द्रमा तेरिमा टोक्ने हात्तिको दात !
तुल बहादुर थिङ भैरे तत्कालीन जनयुद्धको रिपोर्टिङ त देखियो तर मकवानपुर जिल्ला, फापरवारि गाबिस स्थित झुरझुरेमा भएको ६२ को रिपोर्टिङ चाहिँ खोइ? मेमोरिमा अटेन कि डिलिट भा?
बिशाल बिक्रम श्रेष्ठ भैरेले माथि उलेख गरेको छ जानकारी पाउ ?
Sushil Kumal Sushil Kumal भैरे यो सब गरेर तिमीहरूले खुब सुखद दिन बिताएका छौ है अब नेपाल देखी कांग्रेस र माओवादी पतन हुनु जरुरी छ 17000 जनता को हत्यारा प्रचण्ड बाबुराम लगायत अरु ह्त्यारा हरु लाई सजाय हुनु पर्छ ।
Teju Rawal Baburam. R prachand. Sun vateharu timi harule feri pani. janyudda chalayo vave thaha pauxau timra xori banilai ani timlai khetma kam ..salaharu aaudai xx vaire
Laxman Bhattrai Khub ramro kam gare vnne thanehola khateharu
बिशाल बिक्रम श्रेष्ठ जब म खाडीबाट अन्तिम पत्र लेख्दै थिए ???
http://www.majdooronline.com/2016/05/09/15380/
प्रिय क. विप्लव, अन्तिम जुझारु रातो सलाम ! भैरे घाम पर्खेर बस्ने मान्छे अलिकती कुहिरो फाटेपनि खुशीनै लाग्थ्यो जाबो कुहिरो…
MAJDOORONLINE.COM
Nabin Bro Dounda kal ma 11 jana matra mawobadi ko mritu vayako tho?????? Kina mawobadi ko mritu vayako record kam dakhayinxa??? Ani nepal army ra police ko chai kina dhar dakhinxa???? Yo post garna pakkai mawobadi nai hunu parxa????? Ki ta satya record dakhaunu paryo na vaya yesto joot ko post na garum????
बिशाल बिक्रम श्रेष्ठ भैरेलाइ घम्पुलर एकतामा सरिक हुन आग्रह नगरेको अवस्था थिएन इमान्दरिताका साथ अनुरोध गरिएको स्थिती थियो तर गास खाने क्रान्तिकारीताले बिद्रोह गर्न रुचाए घास खान रुचाएन भन्नुस् ।
Surya Prakash एकातिरको फोटो र प्रसंग लाई अर्कोसंग जोडेर यथार्थलाई वङ्ग्याउने काम नगरौं नेपाली जनता सबै क्रान्तिकारी हुन लडाई हामी पनि लडेका हौं।तपाईको परिवार का कोही मरेको लास संग तपाई हासेको फोटो जोडेर राख्यो भने कस्तो महसूस होला?
Nabin Magar ho aakarman ko gatna t sarba janik garnu vayo tara sabai garnuni ho kai salenko dama raorko aakrmn rolpa satipolr leko taor ani fast rolpako holero ilaka pahari caoki dui dui coati vako tiyo diosai aakrmn sfl vako tiyo ani rolpa gartigao ani lisne lagayt sauo vako tiyo ni sabai sarba janik garnu na garne nai vay
Nabin Magar parcnd vaneka t desvakt hon kina ki garib sarb hara barg ka nitito gas bas kapas wste sixey surxe ko gerenti oha bat huna sakxa maks bad lelin bad mao bad ra parcnd pad ho samune xiti ta vai halxa ni kihi paon ko lagi hehi gumanu parxa xiti bina op...अझ धेरै हेर्नुहोस्
Bibek R Magar सर्व साधारण जनतालाई माओवादीको नाममा सरकारबाट मारिएका १३ हजार जनताको रेकर्ड छ मिस्टर एडमिन ज्यू??? कि तिनीहरू मान्छे थिएनन् र? सुरक्षाकर्मी मात्र मरेको रेकर्ड रहेछ त तपाईसंग हँ?सरकारमा विराजमान महामहिमहरूको ठाडो आदेशमा तमाम निर्दोष जनता मारिएको रेकर्ड देखाउन सक्नुहुन्छ? सर्व साधारण जनतालाई जिउदै आगोमा जलाइएका रेकर्ड छ तपाईसँग?
Shambhu Kushwaha नेपाली जन्ता र युवाहरुले माओवादी लाई के के दिएन र माओवादी ले के दिएको छ नेपाली जन्तालाई र युवाहरूलाई
आचार्य डा. केशव शरण बिर्तामोड को चौकी मा र ट्राफिक मा गरेर झण्डै १५ जना मारिएको थियो ६२ सालमा त्यो छुटेछ ।
Nepal Hari sarba sadharan mare tara yin ka xora wa xori mareta priya ho tesaile le jana aandolanko bahanama yini harule nam kamai hale aba yina lai k ko wastha jantako
Nepal Hari janatako nam ma aafno nam banai hale hama abiswasi kamred harule
Durga Thapa ज्यानमारा हो साले कुकुरहरू----!
Nabin Kumar janata aafai jagaruk hunuparxa natra kura garo kuraiko dukh ho
Preeti Kamal asko bapjut nepal ma ganatanta prapta



https://www.facebook.com बाट साभार