Sunday, January 23, 2011

मोडेल थरीथरीका -खगेन्द्र संग्रौला




दूध तताएँ । दूधको रूप विरूप हुँदै जाँदा पन्तको प्रकट छविभित्रको गुप्त छवि शनैःशनैः सतहमा उत्रिँदै गयो । दूध फाट्यो । दूधसँगै पन्तको दृश्यमान् छवि फाट्यो । दूधले ढाकेजति आयतनको झन्डैजसो आधा भाग पी� ोले ढाकियो । सोचेँ, दूधको छद्म भेषमा लुकिबसेको यो भूमिगत पी� ो यी पन्तको आन्तरिक छविको प्रकटीकरण हो । यहाँनेर मेरा आँखासामु पन्तको भ्रान्तिकारी रोड मोडेल व्यक्तित्व खोटो मालको विज्ञापनमा बेचिखाने तुच्छ उपभोक्तावादी व्यक्तित्वमा पतीत भयो ।
भ्रामक रोल मोडेल वास्तविक � ग मोडेलमा फेरिएको त्यो दृश्य सम्झँदा अहिले मेरो कल्पना विस्तारित भयो र मेरा आँखा अघिल्तिर विविध क्षेत्रका, विविध बान्कीका � ग मोडेलहरूको झुन्ड दृष्टिगोचर भयो ।
बनियाँ बन्धुका खोटा मालमा छलकारी चहक भरेर ग्राहकलाई � ग्न तिरिमिरी मार्काका मोडेल उत्पादन गर्ने कारखाना मिस नेपालमात्र होइन । तर मोडेल चोरी, चयन वा खरिद गर्ने वा मोडेल बन्न आत्म-बिक्रय गर्ने शैली भने फरक छ । मिस नेपालको उत्पादन प्रक्रियामा निधारमा विद्वताको काइते प्रमाणपत्र भिरेका ज्यालादारी जज र जुरी भर्ती गरिन्छन्, मिसहरूलाई नखरा र बिराले चालको प्रशिक्षण दिइन्छ, तिनलाई सौन्दर्य प्रसाधनहरूले चिरिच्याँट्ट सिँगारिने मैनका पुतली बन्न उक्साइन्छ । अनि ती पुतलीहरूको नाटकीय प्रदर्शन गरी उद्दण्ड हाँसो र अशिष्ट हल्लाबीच कुनै एकका निधारमा सुन्दरी नम्बर एकको छाप � ोकिन्छ । यो आयोजन, यो अभ्यास र यो अभिनयको उदात्त मानवीय मूल्य एवं आत्मिक सौन्दर्यसँग गोरु बेचेको साइनो पनि हुँदैन । यो भयो मोडेल चयन गर्ने एउटा अभ्यास ।
व्यापार वा सत्ता फाँटका मोडेलका कुरा सम्झँदा मलाई यहाँ विद्वताको क्षेत्रका एक रोल मोडेल सीके लालको याद आयो । उनले शाही शासनको अस्तित्वको एकमात्र आधार युद्ध-अर्थतन्त्र हो भनी � ोकुवा गरेका छन् । लालको कथनमा अशान्ति यो शासनको प्राणवायु हो भनेर थप्नु तर्कसंगत हुन्छ । युद्ध अर्थतन्त्रले शासकीय स्वेच्छाचार, बर्मलुट र दण्डहीनतालाई दुई दिनकै लागिमात्र भए पनि मुन्टो लुकाउने दूलो बनाइदिन्छ । तर स्वेच्छाचारी शासकहरूका आपmनै दुःख हुन्छन् । शासनको अमानवीय अनुहारलाई छल्न प्रजातन्त्र, मानवअधिकार, लोकसम्मति र जनसेवाको रट लगाएर मात्र पुग्दैन । त्यो कुरूप अनुहारमा कृत्रिम जलप लगाउन छाँटछाँटका मोडेलहरूको खाँचो पर्छ । अनि मोडेलहरूको गर्जो टार्न आदर्शका मोर्चाहरूमा घुसेर पात्रहरू चोर्नुपर्ने ले� ो आइलाग्छ । चोर्नलाई बल्छी थापिन्छन् । ती बल्छीमा पद र प्रतिष्� ा, पैसा र पावर, पदवी र ग्ल्यामोरको प्रलोभनकारी चारो खिलिन्छ । मानवीय आदर्शको कष्टसाध्य यात्रामा थाकेका लोभी र पापीहरू, लम्पट र आडम्बरीहरू स्वेच्छाले बल्छीमा पतीत हुन्छन् । र सुरु हुन्छ तिनको आत्म-बिक्रयको विद्रुप नाटक ।
मध्ययुगीन शाही शासनका मोडेलहरू बहुरंगी छन् । प्रकाश कोइराला र आरके मैनाली राजनीतिक मोर्चाबाट चोरिएका मोडेल हुन् । रूपज्योती र राजेशकाजी श्रेष्� व्यापारको बजारमा किनिएका मोडेल हुन् । दुर्गा पोखरेल र रोशन कार्की नारी अस्मिताको चौतारीबाट टिपिएका मोडेल हुन् । माधवप्रसाद घिमिरे र गोवन्द भट्ट काव्य र प्रज्ञा फाँटका आत्म- बिक्रयकारी मोडेल हुन् । मोडेल एकसेएक गजप छन् ! आदर्शको मोर्चामा आबद्ध भएका, अनुहारमा किञ्चित् आभा चढेका र नाकमा धेरथोर नैतिकताको पाइन भरिएका पात्रहरूको मोडेलीकरण आदर्श स्वयंलाई कलंकित तुल्याउने र नैतिक क्षयीकरणको रोग फैलाउने एउटा कुटिल अभियान हो । प्रकाश कोइराला शाही मोडेलमा ढलान हुँदा बीपी कोइरालाको अनुहारमा दाग लागेको छ । आरके मैनाली निरंकुश मोडेलमा पतीत हुँदा हँसिया-हथौडाको झन्डा लज्जित भएको छ । माधवप्रसाद घिमिरे वृद्ध मोडेलमा फेरिँदा काव्य संसार प्रदूषित भएको छ । र आत्म-बिक्रयको मोर्चामा गोविन्द भट्टले आत्मसमर्पण गर्दा प्रगतिशील लेखक संघको शिर निहुरिएको छ । इतिहासको डिलमा उभिएर हेर्नु, शाही टाट्नामा बाँधिएर अनेक रूपी मोडेलहरू सन्तुष्ट भई उग्राइरहेका देखिन्छन् । यी सबै मानवीय आदर्शको कलंकीकरण र नैतिकताको क्षयीकरण गर्ने इतिहासका खलपात्र हुन् ।
हो, व्यक्तित्वको मोडेलीकरण एउटा सरुवा रोग हो । मोडेलीकरणको पतनकारी मोर्चाबाट जब लोभ र लाभ तथा भोग र विलासका किटाणु वातावरणमा सल्किन्छन्, बल्छीको चारोलाई आपmनो स्व र अस्मिता अर्पण गर्न कतिपय दुष्टात्माहरूका खुट्टा उत्ताउलिएर उचालिन्छन् । प्रकाश कोइरालाका पदचिह्नमा आपmना पद राख्दै चारतारे आदर्शको मोर्चाका केही थकित र दिग्भ्रान्त पात्रहरू दरबारको द्वारतिर लुसुलुसु अघि बढेका म देख्छु । ती को हुन् ? के ती शैलजा आचार्य र तारानाथ राणाभाट हुन् ? अनि केही पर संकोच र लाज मानेझैँ गरी बांगे लौरो टेकेर सुस्तसुस्त प्रकाश पथतिर पाइला चालिरहेका ती को हुन् ? के अनुहार उति राम्ररी नचिनिने ती पात्र ज्ञानवान् वकिल गणेशराज शर्मा हुन् ? अनि हँसिया-हथौडाको आदर्श मोर्चाबाट पतीत आरके पथतिर उन्मुख हुन दरबारको इसाराको व्यग्र प्रतीक्षा गरिरहेको त्यो लुब्ध झुन्डका ती अस्पष्ट अनुहार ककसका हुन् ? यो प्रश्न आदर्शको मोर्चाका बागी युवाहरूलाई म सोध्दैछु ।
अरूको हेरी माधव घिमिरे र गोविन्द भट्टको मोडेलीकरणको कथा अलि घुमाउरो छ । कथाको प्रारम्भमा दरबारले घिमिरेलाई ‘राष्ट्रकवि’ को पगरी गुथायो । यो पगरी कुनै अशुभको संकेत पो हो कि भनी मेरो अन्तर्ज्ञानले मेरा कान फुक्यो । लाग्यो, ‘राष्ट्रकवि’ रूप हो, भित्रको सार भने ‘राजकवि’ हो । मैले आपmनो आशंका लोकार्पण गरेँ । प्रत्युत्तरमा थुप्रै स्वनामधन्य विद्वान्- विदूषीहरू मेरो क� ालो समात्न आइलागे । धन्न भागेर म जोगिएँ । यो भारदारी पगरी गुथाइलाई तिनले एक राष्ट्रिय उत्सव, एक राष्ट्रिय गौरवका रूपमा हेरे । यो पगरी निख्लो थिएन । पगरीसँगै मासिक केही हजारको नुन पनि आएको थियो । मालिकको नुन खाएपछि नुनको सोझो गर्नु त नुन खाने पात्रको अनिवार्य कर्तव्य नै हो । कर्तव्य पूरा गर्न घिमिरेले ‘मेरो मोबाइल’ को उद्घाटन गरिदिए । दरबारका नातेदारको ‘मेरो मोबाइल’ नागरिकको ‘तेरो मोबाइल’ को तेजोबध गर्ने एक विनाशकारी अस्त्र थियो । सके घिमिरेले ‘मेरो मोबाइल’ को उद्घाटनमा मैनबत्ती बालेर ‘तेरो मोबाइल’ को दाहसंस्कार गरे हुनन् । दुर्भाग्यवश, त्यतिले मात्र नुनरूपी गुनको पैँचो पूरा भएन । अनि लोकतन्त्रको बध र एकतन्त्रको उत्थान गर्न जुटेको भारदारी राजपरिषद्को भेलामा आपmना निर्मम पाउले नागरिकका सपना कुल्चिँदै युद्ध र अशान्तिको पक्षमा ल्याप्चे � ोकेर घिमिरेले नुनको बाँकी गुन चुक्ता गरे । बिजुली पर्दामा देखेँ ।
मोडेलीकृत माधव घिमिरेको यो यात्रा मलाई उति विस्मयकारी लाग्दैन । किनभने उनी चिन्तन र संस्कारमा सामन्तवादका झर्रा सन्तान र शिल्पमा छन्दोबद्ध कविताका महान् शिल्पी हुन् । काव्य साधनाको दीर्घ यात्रामा नागरिक अस्मिता र नागरिक सर्वोच्चता उनको रुचि र अनुरागको विषय कहिल्यै बनेन । उनी नेपाली काव्यमा सामन्ती संस्कारका अन्तिम कडी हुन् । उनको अवसानसँगै एक्काइसौँ शताब्दीको मानिसका जटिल र बहुविद् अनुभूति नअटाउने संकुचित पिन्जरारूपी छन्दको पनि अवसान हुनेछ । लाग्छ, जनजनका मुक्तिकामी आकाङ्क्षाको बध गर्न राजसी मोडेलमा ढलान हुनु उनको पि्रय अभीष्ट र अनिवार्य नियति दुवै हो ।
तर गोविन्द भट्टको मामिला भने अर्कै हो । धेरै अघि, विक्रमाब्दको बीसको दसकको एउटा घटना सम्झन्छु । त्यो बेला भट्ट नेपाल-चीन मैत्री सङ्घमा जागिर खान्थे, र अभि सुवेदी विश्वविद्यालयमा आङ्ल साहित्य पढ्थे । भट्टले अभिलाई चिनियाँ लेखक लु स्युनबारे केही लेख्न आग्रह गर्दा के कारणले हो कुन्नी अभि पन्छिएछन् । असन्तुष्ट भएका भट्टले मुख फाल्दै मलाई सुनाए- यो अभि माक्र्सवादी होइन, अवसरवादी हो । तर अहिले इतिहासको अर्काे कालखण्डमा म घनघोर माक्र्सवादी हुँ भन्ने भट्ट र भट्टद्वारा अवसरवादको अलंकार पहिराइएका अभिको स्थान साटासाट भएको म देख्छु । हुन त अभि म वादको झोली र दलको झन्डा बोक्दिनँ भनिरहन्छन् । तर माक्र्सवादलाई सामाजिक न्यायको सिद्धान्त मान्ने हो भने अभि आपmनै गतिमा र आपmनै शैलीमा पिटर गिरीले समेत भेउ पाउने गरी शाही दासताविरोधी मोर्चामा नित्य जुधिरहेका छन् । अनि निष्णात् माक्र्सवादी गोविन्द भट्ट ? तिनले एकतन्त्रको ध्वजा उचालेर शाही प्रज्ञा प्रतिष्� ानमा आत्म-बिक्रय गरेका छन् ।
अरू सहधर्मी मोडेलहरूझैँ भट्ट साथमा दुईवटा मुकुन्डा लिएर हिँडेका म देख्छु । एउटा मुकुन्डो अनुहारमा छ, अर्को झोलामा । जब शाही प्रज्ञा प्रतिष्� ानमा पस्छन्, उनी शाही मुकुन्डो धारण गर्छन् । तर जब बल्खु मुख्यालयमा पाइला टेक्छन्, उनी झोलाबाट झिकेर माक्र्सवादी मुकुन्डो फेर्छन् । अधोमुखी विचार र त्यो विचारले डोर्‍याएको पथका दृष्टिले आरके मैनाली र गोविन्द भट्ट खिया लागेको एउटै सिक्काका दुई पाटा हुन् । आरके मैनाली राजनीतिका गोविन्द भट्ट हुन्, र गोविन्द भट्ट हुन् साहित्यका आरके मैनाली । तर कतिपय द्वैतमार्गी कलमकर्मीहरू मैनालीलाई थुक्दै भट्टलाई ढोगिरहेको म देख्छु । मलाई लाग्छ, यो न्यायको असमान वितरण हो ।
इतिहासका पतीत पात्रहरू भ्रमको खेती गरी जनमतलाई अन्धकारमा बराल्न र तिनलाई सत्यको पथबाट दिग्भ्रान्त तुल्याउन सदैव यत्नशील हुन्छन् । यो तिनको स्वामिभक्तिको अभिव्यक्ति हो । र नै तिनले दुईथरी मुकुन्डा बोकेका हुन्छन् । यसरी मिथ्या अभिनय गर्न विवश हुनु आदर्शको उचाइबाट स्वार्थको कालीदहमा खस्ने मोडेलहरूको मौलिक दुःख हो । दुःख अथाह छ !
कान्तिपुरबाट साभार

===================================================
==================================================
के यो  हल्ला मात्रै हो कि साँचो समाचार हो ? 

के तपाईहरुलाई थाहा छ?

के तपाईहरुलाई थाहा छ?
मधेशका कुन-कुननेताहरु कहाँबाट आएका हुन्?
उनीहरुको वास्तविकजन्मथलो कहाँ हो?
जानीराखौं:
1. महन्थ ठाकुर (तमलोपा ) सुरसण्ड, विहार, भारत
2. रामचन्द्र झा (एमाओवादी) जयनगर, भारत
3. सरिता गिरी (नेसपा, आनन्ददेवी) सोनपुर, बिहार, भारत
4. रेणु कुमारी यादव (मजअफो, जनतान्त्रिक) मधुवनी, बिहार, भारत
5. उर्मिला महतो कोईरी (तमलोपा) सितामढी बिहार, भारत
6. कलावती दुसाध (मजअफो, लोकतान्त्रिक) पुर्वी चम्पारण, मोतिहारी बिहार, भारत
7. कृष्ण ठाकुर (नेपाली काँग्रेस) समस्तिपुर, बिहार, भारत
8.चन्दन शाह (तमलोपा) डुमर्वाना, बैरगानिया, बिहार, भारत
9. दुर्गा देवी महतो (मजअफो, लोकतान्त्रिक) रक्सौल, भारत
10. निलम बर्मा (मजअफो, लोकतान्त्रिक) रक्सौल, भारत
11. रामनारायण सिंह (राप्रपा नेपाल ) कबई, भारत
12. मुन्नी गुप्ता (नेपाली काँग्रेस) पिपरा बजार, सुपौल बिहार, भारत
13. निर्मला प्रसाई (नेपाली काँग्रेस) सिक्किम, भारत
14. मोहम्मद्द सिद्दिकी (नेपाली काँग्रेस) गोरखपुर, युपी, भारत
15. बसन्ती झा (तमलोपा) सितामढी, बिहार, भारत
16. लीला देवी मेहता (एनेकपा,माओवादी)सोनपुर, बिहार, भारत
17.सुरिता कुमारी शाह (मजअफो,नेपालगणतान्त्रिक) मधुवनी, बिहार, भारत
18.रम्भादेवी यादव (मजअफो, नेपाल) मोतिहारी, पुर्वी चम्पारण, बिहार, भारत
19.रमधी राम (तमलोपा) मधुवनी बिहार, भारत

अब भनौं,आखिर किन मागीदैछ ''समग्र मधेश, एकप्रदेश''?
खै कहाँ छन्हाम्रा मधेशी जनताहरुका वास्तविक
अनि स्थानिय जनप्रतिनिधिहरु ?

- See more at: 
http://coloradokhabar.com/news/flash/17.html#sthash.OJmw7SCy.dpuf

http://coloradokhabar.com/news/flash/17.html