Sunday, February 22, 2015

२०५२ साल फागुन १ को पर्चा

new logo










प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै 
नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं।
आदरणीय जनसमुदाय,
आज नेपाली समाज आर्थिक, राजनीतिक, सांस्कृतिक हरेक दृष्टिले भयावह सङ्कटको स्थितिमा छ । पचासौं वर्षदेखि विकास र निर्माणका कुरा गरेर नथाक्ने वर्तमान सत्ताले नेपाललाई आर्थिक रूपले कहाँ पुर्यायो ? त्यसले नेपाललाई इथोपियापछिको संसारकै दरिद्र देशको स्तरमा पुर्यायो । आत्मनिर्भर एवम् राष्ट्रिय अर्थतन्त्रको दिशामा सियोसम्म नबनाउने यो राज्यसत्ताले आज देशको सम्पूर्ण अर्थतन्त्र विदेशी दलाल एवम् नोकरशाही पुजीपति वर्गका एक दर्जन परिवारका हातमा केन्द्रित गराएको छ । ती मुट्ठीभर लुटेराहरू अरबौंपति बनेका छन् भने यो देश र यो सम्पतिका मालिक आमश्रमजीवी जनता अभाव र गरिबीको दुश्चक्रमा परी अस्तित्वको विकराल समस्या भोग्न बाध्य बनाइएका छन् । बेरोजगारी र गरिबीले आक्रान्त नेपाली मजदुर र किसानका छोराछोरीहरू रोजीरोटीका लागि भारत र विश्वका विभिन्न मुलुकमा अपमान र तिरष्कारको नारकीय जीवन बिताउन विवश बनाइएका छन् । विदेशी पुँजीपतिहरूसंग भीख मागी नेपाली जनताका भावी सन्तति समेतलाई ऋणको भार बोकाएर यहाँका सामन्त नोकरसाह र दलाल पुँजीपतिहरूले त्यसमा ब्रम्हलुट मच्चाउँदै आएका छन् । अहिले विदेशी पुँजीपतिवर्गकै स्वार्थ र इसारामा निजीकरण र उदारीकरणका नाममा सिङ्गो देश नै दलाल एवम् नोकरसाह पुँजीपतिहरूलाई बेच्ने प्रक्रिया जोडतोडले बढिरहेको छ । यो सब आर्थिक दुरावस्थाको मार जनसङ्ख्याको ९० प्रतिशत रहेको किसान वर्गले नै बढी भोग्नु परिरहेको छ । यो राज्यसत्ताअन्तर्गत बन्ने हर नयाँ सरकारले देशलाई आर्थिक रूपले झन्झन् टाट पल्टाउँदै लगेको र लाने कुरा इतिहाससिद्ध भएको छ ।

एउटा धर्म, भाषा र जातिको प्रभुत्वका लागि यो राज्यसत्ताले सयौं वर्षदेखि अन्य धर्म भाषा र जातिका जनतामाथि भेदभाव, शोषण र दमनको प्रक्रिया चलाएर देशको समुचित विकास र शुरक्षाका लागि अपरिहार्य राष्ट्रिय एकताको शक्तिलाई विखण्डित पार्ने षड्यन्त्र गर्दै आएको छ । उता विदेशी साम्राज्यवाद र विस्तारवादका अगाडि भने घुँडा टेकेर बारबार नेपालको राष्ट्रियता र सार्वभौमिकताको सौदाबाजी गर्दै आएको छ । नेपालको प्राकृतिक जलसम्पदादेखि नेपाल आमाको छातीमा समेत बुट बजार्न वर्तमान सत्ताले निर्लज्जतापूर्वक छुट दिंदै आएको छ । यो प्रक्रिया अझ केही समय जारी रहन दिने हो भने नेपालको अस्तित्व नै लोप हुन जाने कुरामा कुनै पनि देशभक्त, विवेकशील र स्वाभिमानी नेपालीका बीचमा दुई मत हुन सक्तैन ।

भ्रष्ट, छाडा साम्राज्यवादी विकृत संस्कृतिको बाढी लगाएर वर्तमान राज्यसत्ताले नेपाली जनताको राष्ट्रिय संस्कृतिको विकासका विरुद्ध युद्ध नै छेडेको छ । जनवादी सांस्कृतिक मूल्यमान्यता र आदर्शका विरुद्ध यौनवादी, शून्यवादी, अराजकतावादी मान्यता स्थापित गर्न सामन्तवादी र सनम्राज्यवादीहरू जोडतोडले लागिरहेका छन् । जनतालाई सांस्कृतिक रूपले विकृत पारी आफ्नो लुटको स्वर्गलाई बचाउने प्रतिक्रियावादी वर्गको यो भयानक षड्यन्त्रको परिणाम हो । आज समाजमा व्याप्त लागूपदार्थ, तस्करी, चोरी कालोबजारी, लूट, हत्या र बलात्कारका पछाडि विकृत सांस्कृतिक मान्यता कम जिम्मेवार रहेको छैन ।

मरणासन्न अवस्थामा पुगेको यो राज्यसत्ताअन्तर्गत अहिले आफ्नो राष्ट्रघात र जनहत्याका निम्ति नेपालको इतिहासमा कुख्यात पञ्च र काङ्ग्रेस गठबन्धन सरकार बनेको छ । यसले नेपालका मजदुर किसान मात्र होइन, सबै तह र पेसाका जनतालाई अभाव, अन्याय र आतङ्कको सन्त्रासमा बाँच्न विवश तुल्याएको छ । नेपाली महिलाहरूलाई दोस्रो दर्जाको नागरिकको रूपमा लिँदै आएको यो राज्यसत्ताले अहिले झन् बलात्कार, बेचबिखन र विज्ञापनको साधन बनाउने प्रक्रियालाई तीव्र पारेको छ । सम्पूर्ण शिक्षाक्षेत्र सत्ताको दास बनाउने ढङ्गले सञ्चालित छ र त्यहाँ अराजकता व्याप्त छ । यसरी आज के मजदुर, के किसान, के महिला, के शिक्षक, के विद्यार्थी, के साना व्यापारी र साना कर्मचारी, के डाक्टर, के प्राध्यापक जनताका सबै तप्का, यहाँसम्म कि देशभक्त राष्ट्रिय पुँजीपतिहरूसम्म यो सामन्त, नोकरसाह र दलाल पुँजीपतिहरूको राज्यसत्ताको सिकार बनाइएका छन् । सबै क्षेत्रमा आमूल परिवर्तनविना सुधारको सम्भावना अब मृगतृष्णा बनेको छ ।

प्रजातन्त्रको दुहाइ दिने सत्ताधारी वर्गले आफ्नो स्वार्थविपरीत राजनीतिक आस्था राख्ने राजनीतिक कार्यकर्ता एवम् सर्वसाधारण जनताका विरुद्ध बारम्बार बन्दुकको भाषा बोल्दै आएको छ । राष्ट्रियता जनतन्त्र एवम् जनजीवीकाको पक्षमा जनताले शान्तिपूर्ण रूपबाट आफ्नो विरोध र अभिमत जाहेर गर्दा “प्रजातन्त्र” को ठेकेदार सम्झने यो राज्यसत्ताले दूधमुखे बालकदेखि वृद्धसम्म नेपाल आमाका अनगिन्ती छोराछोरीहरूको रगत पिउ“दै आएको छ । न्यायको आवाज उठाउने लाखौ“लाख नेपालीहरू भयानक शारीरिक यातना र मानसिक प्रताडनाका सिकार बनाइएका छन् । निर्दलीय पञ्चायतीकालमा मात्र होइन, आजको राजतन्त्रात्मक संसदीय कालमा जनहत्या र दमनको त्यो फासिस्ट प्रक्रिया घट्नुको सट्टा झन् बढ्दै गएको यथार्थ नेपाली जनताले आफ्नो वास्तविक जीवनमा भोगिरहेको तीतो यथार्थ हो । आज यो प्रक्रिया सत्य र न्यायको पक्ष लिने निरपराध जनताका विरुद्ध सशस्त्र दमन अभियानका रूपमा विकसित भएको छ । पश्चिम नेपाल र देशका विभिन्न भागमा हालै चलाइएको सशस्त्र अपरेसन र राज्यआतङ्कले सत्ताधारी वर्ग खुल्लमखुल्ला जनताका विरुद्ध अन्यायपूर्ण युद्धमा उत्रिसकेको तथ्य दिनको घामझैँ छर्लङ्ग भएको छ । गरिब किसान र मजदुरका छोराछोरीहरूलाई नै भाडाका सिपाहीका रूपमा पुलिस र सेनामा भर्ती गरेर उनीहरूलाई आफनै भोकानाङ्गा आमाबाउ, दाजुभाइ, दिदीबहिनीका विरुद्ध हतियार उठाउन लगाउने प्रतिक्रियावादी सत्ताको घृणित खेल खुला रूपले देखा परेको छ । समयका साथ निश्चय नै ती पुलिस र सेनाले पनि वास्तविकता बुझ्ने छन् । त्यो अन्यायपूर्ण युद्धका विरुद्ध न्यायपूर्ण युद्धको झन्डा उठाउनुबाहेक जनताका अगाडि अस्तित्वको अर्को विकल्प छैन ।

आज राष्ट्रियता जनतन्त्र एवम् जनजीवीकाको यो भयानक अवस्था र जनताका विरुद्ध सत्ताको खुला युद्धको स्थिति कसरी आयो ? ऐतिहासिक र वैज्ञानिक भौतिकवादको आधारमा के कुरा स्पष्ट छ भने यो स्थितिको बीऊ नेपालको इतिहासमा धेरै वर्ष पहिलेदेखि नै रोपिएको थियो । साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको विकासस“गै संसारका सबैजसो उत्पीडित देशहरूमा झैं नेपालमा पनि सामन्तवाद र साम्राज्यवादको गठबन्धनमा आधारित अर्धसामन्ती एवम् अर्धऔपनिवेशिक आर्थिक–सामाजिक संरचना खडा गराइयो । सामन्तवादले विदेशी साम्राज्यवादका सामु घुँडा टेक्ने तथा साम्राज्यवादले सामन्तवादलाई काखी च्यापेर आमजनतालाई लुट्ने उपक्रम सुरु गरियो । नेपालमा यो प्रक्रिया ठोस रूपमा सन् १८१५/१६ को अङ्ग्रेज–भारतसँगको सुगौली सन्धिपश्चात् स्थापित गरिएको हो । यो प्रक्रियाको अनिवार्य परिणाम के हुन गयो भने त्यसले राष्ट्रिय पु“जीको विकासविरुद्ध जमिनदार र साम्राज्यवाद दुवैको हित गर्ने नोकरसाही पुँजीको विकासका लागि बाटो बनायो । यो लामो ऐतिहासिक अवधि यथार्थमा त्यही नोकरसाही पुँजीको जन्म, विकास र विनाशको प्रक्रियाको अवधिका रूपमा रहेको छ ।

नेपाली समाजमा १०४ वर्ष लामो राणासाही अत्याचार यही संरचनाअन्तर्गत चल्यो । निर्दलीय पञ्चायती तानाशाही र अहिलेको कथित राजतन्त्रात्मक बहुदलीय शासन पनि यसै संरचनाअन्तर्गत चलिरहेको छ । यो स्थितिका विरुद्ध नेपाली जनताले चलाउँदै आएको सङ्घर्ष मुख्य रूपमा अन्तर्राष्ट्रिय राजनीतिमा आउने उतारचढावसँगै सत्ताको अंशवण्डा मिलाउन कहिले उदार र कहिले कट्टर बन्दै व्यवस्था र सरकारका नाम फेरिएका छन्, तर यो राज्यसत्ताको मूल संरचना अविच्छिन्न कायमै छ । ७, १७, ०३६ र ०४६ सालका राजनीतिक घटनाक्रमहरूलाई त्यसरी मात्र बुझ्न सकिन्छ । ०७ सालयताको इतिहास मात्रमा ध्यान दियो भने पनि के कुरा छर्लङ्ग छ भने प्रतिक्रियावादी राज्यसत्ताभित्र गरिने सानातिना सुधारको गर्भमा देश र जनताका लागि झन् ठूलो सङ्कट हुर्कने गरेको छ ।

उपर्युक्त स्थितिका विरुद्ध नेपाली जनता अविरल सङ्घर्षमा छन् । सङ्घर्षको त्यो प्रक्रियामा जनताले पटकपटक प्रतिक्रियावादी दमन र षड्यन्त्रको मात्र होइन, सुधारवादीहरूको धोका र विश्वासघातको सिकार पनि बन्दै आउनुपरेको छ । आज सामन्तवाद र साम्राज्यवादको दलाली गरेर त्यही प्रतिक्रियावादी सत्ताको जुठोपुरो चाट्न पुगेका कम्युनिस्ट नामधारी संशोधनवादीहरूले नै जनतालाई सबैभन्दा बढी विश्वासघात गरेका छन् । आमूल परिवर्तन र कम्युनिस्ट पार्टीप्रति जनताको आस्थामाथि गरिएको विश्वासघात र हजारौं सहिदहरूको रगतमा टेकेर प्रतिक्रियावादी कुर्सीमा जाने ती गद्दारहरूलाई नेपाली जनता र नेपालको इतिहासले कहिल्यै माफी दिने छैनन् । अहिले पनि यदि कसैले यही प्रतिक्रियावादी सत्ताभित्र सुधारवादी सङ्घर्षमा नै सीमित रहने कुरा गर्दछ भने त्यो अर्को गद्दारीको प्रक्रियामात्र हुनेछ भन्ने तथ्य अब इतिहाससिद्ध भएको छ ।

ठीक यहींनेर बिसर्न नहुने अर्को कुरा के छ भने प्रतिक्रियावादी दमन, षड्यन्त्र तथा सुधारवादी धोका र विश्वासघात जस्तो नकारात्मकताको पटकपटकको पुनरावृत्तिले आमजनता राजनीतिक रूपले सचेत बन्ने तथा जनताको वर्गसङ्घर्ष एवम् त्यसप्रकारको सुधारवादका विरुद्ध लामो र भीषण विचारधारात्मक सङ्घर्षका बीचबाट नेपाली जनतालाई आफ्नो मुक्तिको एकमात्र क्रान्तिकारी सिद्धान्त मार्क्सवाद–लेनिनवाद–माओवाद प्राप्त हुने सकारात्मक स्थिति जन्मिएको छ । आज त्यो सर्वशक्तिमान क्रान्तिकारी सिद्धान्तद्वारा निर्देशित मार्क्सवादी–लेनिनवादी–माओवादी पार्टीको विकास आमनेपाली श्रमजीवी जनसमुदायको लामो सङ्घर्ष एवम् हजारौं सहिदहरूको रगतले सिंचिएको सुन्दर फक्रदो पुष्पगुच्छाका रूपमा रहेको छ । यस बिरुवालाई निमोठ्न आज तमाम प्रतिक्रियावादी र संशोधनवादीहरू पागल बनेर लागिरहेका छन् भने क्रान्तिकारी जनताबाट त्यसको रक्षा र विकास गर्ने काम भइरहेको छ ।

आदरणीय जनसमुदाय,
इतिहास र वर्तमानका उपर्युक्त तथ्यहरूबाट के कुरा स्पष्ट हुन्छ भने देशको आजको यो सङ्कटग्रस्त स्थिति एकातिर सामन्त, नोकरसाह र दलाल पुँजीपतिवर्गको राज्यसत्ताद्वारा जनतामाथि चलाइएको शोषण, उत्पीडन तथा अर्कोतिर त्यसका विरुद्ध जनताले चलाएको अविरल सङ्घर्षका बीचको अन्तर्विरोधको विकासको परिणाम हो । आफ्नो त्यो मरणासन्न र सङ्कटग्रस्त प्रतिक्रियावादी राज्यसत्ताको रक्षका लागि सामन्तवाद र साम्राज्यवादले नेपाली जनताका विरुद्ध अन्यायपूर्ण युद्ध खुलेआम थोपरिरहेका छन् । त्यो अन्यायपूर्ण युद्धका विरुद्ध न्यायपूर्ण जनयुद्धको झण्डा उठाएर त्यसमा विजयी बन्न नसकेमा नेपाली जनता र नेपाल राष्ट्र भयानक अन्धकारमा डुब्न जानेछन् ।

यसै ऐतिहासिक आवश्यकताप्रतिको आफ्नो कर्तव्यमा सचेत भई तपाईं जनसमुदायका हामी छोराछोरीहरूको सवर्गहारा वर्गीय पार्टी, नेपाल कम्युनिस्ट पार्टी ( माओवादी) प्रतिक्रियावादी राज्यसत्तालाई बलपूर्वक ध्वस्त गरी जनताको नयाँ जनवादी राज्यसत्ता स्थापनाको प्रक्रियामा लाग्न प्रतिबद्ध भएको छ । हाम्रो यो प्रतिबद्धतामा जनताको सेवा गर्ने तथा जनताकै निमित्त समर्पित रहने भावना, मानवजातिलाई वर्गीय शोषणको जुवाबाट सदाका लागि मुक्त गर्ने सर्वशक्तिमान् विचारधारा मार्क्सवाद–लेनिनवाद–माओवादप्रतिको निष्ठा र त्यस आधारमा नेपाली समाजको इतिहासको अध्ययनमा आधारित रहेको छ । हामी कुन कुरामा पूर्णतः सचेत छौं भने हजारौं वर्षदेखिको दासताको जन्जिर चचुँडाएर नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने यो लडाइं निकै कठिन, निकै बाङ्गोटिङ्गो र दीर्घकालीन प्रकृतिको हुने छ । तर, यही र केवल यही मात्र जनताको मुक्तिको महान् र उज्जवल भविष्यको बाटो हो । यो बाटो नेपालको ऐतिहासिक विकासको अवस्थाअनुसार सङ्घर्षका सबै रूपहरूको प्रयोग गर्दै मुख्यतः हामीले भन्दै आएझैं गाउँबाट सहर घेर्ने रणनीतिका आधारमा कृषिक्रान्तिलाई मेरुदण्ड मानी वर्गसङ्घर्षका बीचबाट र त्योसँग एकाकार हुँदै अघि बढ्नेछ र जनयुद्धको यो प्रक्रिया शक्तिसन्तुलनको आजको अवस्थामा रणनीतिक रक्षाको चरणअन्तर्गत छापामार जनयुद्धको प्रक्रियाबाट मात्र अघि बढ्न सक्ने छ । हामी कुन कुरामा विश्वस्त छौं भने विविध सङ्घर्षको यो क्रान्तिकारी प्रक्रियालाई सक्रिय सहयोग र समर्थन प्राप्त हुनेछ र त्यो विजयी बन्नेछ । यसका साथै हामी कुन कुरामा पनि सचेत र विश्वस्त छौं भने यो सङ्घर्षले विश्वभरिका कम्युनिस्ट क्रान्तिकारी एवम् सङ्घर्षशील जनसमुदायको समेत सहयोग र समर्थन प्राप्त गर्नेछ तथा ती सबै क्रान्तिकारीहरूलाई पनि सहयोग पुर्याउनेछ । किन कि हाम्रो यो सङ्घर्ष मानिसद्वारा मानिसमाथि भइरहेको शोषण, उत्पीडन र युद्धको सदाका लागि अन्त गर्न चलिरहेको विश्वसर्वहारा क्रान्तिको अभिन्न अङ्गको रूपमा रहनेछ । यस सन्दर्भमा हामी मार्क्सवाद–लेनिनवाद–माओवादका आधारमा अघि बढिरहेको पेरूको जनक्रान्ति एवम् त्यसै आधारमा सङ्गठित ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम) लगायत विश्वभरिका क्रान्तिकारी आन्दोलनहरूको विशेष उल्लेख गर्न चाहन्छौं ।

अन्तमा जनताको नयाँ जनवादी राज्यसत्ता स्थापनाका निमित्त जनयुद्धको प्रक्रियामा अघि बढ्न तथा आआफ्ना ठाउ“बाट हरतरहले यसलाई सहयोग र समर्थन गर्न हामी मजदुर, किसान, महिला, विद्यार्थी, शिक्षक, बुद्धिजीवी लगायत सबै तह र पेसागत जनसमुदायस“ग हार्दिक अपिल गर्दछौ“ ।

विद्रोह : जनताको अधिकार हो ।
जनयुद्ध : जिन्दावाद ।
प्रतिक्रियावादी राज्यसत्ता : मुर्दावाद । 
नयाँ जनवादी क्रान्ति : जिन्दावाद । 
मार्क्सवाद– लेनिनवाद–माओवाद : जिन्दावाद ।
क्रान्तिकारी अभिवादनसहित ।
केन्द्रीय समिति
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)

१ फागुन २०५२

==========================================
==========================================



ऎतिहासिक बेनि आक्रमण एक संस्मरण - धनी राम सिंखडा


 10729090_721843154558156_904457517_n


हाम्रो यात्रा पश्चिम नेपाल बाट शुरूवात भयो कैयौं उकाली ओराली डाडापाखा अनि भञ्ज्याङ चौतारी सग लुकामारी गर्दै योजनाको बिर्फिङ्ग कोचिङ स्थानमा आईपुगियो । बेनि आक्रमणको सम्पुर्ण तयारी रुकुमका भएको थियो बेनि बजारको स्याण्डमोडेल यति कलात्मक हिसाब बाट तयार गरिएको थियो अति सुन्दर सु स्पष्ट ढंगबाट अवलोकन गर्न सकिने थियो हेरियो अनि लुकुम गाउँको एउटा स्कुलमा भिडियो मार्फत बेनी बजारको दृश्यलाई मिहिन ढंगबाट भिडियो पनि देखियो ।

“विरहरुको रगतले इतिहास लेख्नु विरताको प्रतीक रहेछ सहिदको रगत लाई भुल्ने कायर गद्दार हरु लाई इतिहासमा कुनै बस्ने ठाँउ छैन “
बिग्रेड कमान्डर क. जित

अर्को दिन प्रत्येक बिग्रेड लाई छुट्टाछुट्टै  गरि बेनि कार्वाही बारे प्रशिक्षण भयो सो कार्वाहीको कमिसार क विप्लव र कमान्डर क पासाङले गर्नु भएको थियोे । उक्त कार्वाही मा पश्चिम डिभिजन को सहभागिता हुने कुरा सुनिश्चित थियो जनमुक्ति सेना नेपाल पश्चिम डिभिजनको निशानामा परेको उक्त ऎतिहासिक कार्वाहीमा चारवटा बिग्रेडको सहभागिता थियो । मंगलसेनस्मृति फस्ट बिग्रेड, घोराही सतबरिया स्मृति दोस्रो बिग्रेड ,लिस्ने गाम स्मृति तेस्रो बिग्रेड र बासु स्मृति चौथो बिग्रेडले लडाइँ लडनु पर्ने भयो क्रमशः बिग्रेड कमान्डर हरु क.परिवर्तन क.जित क.विविध क. प्रतीक्षा ले कमान्ड गर्नु भएको थियो ।


10177920_721299071279231_854707284063544272_n



सम्पुर्ण राजनैनिक वैचारिक संगठनिक र प्रविधिक तयारी पूरा गरि रुकुमको लुकुम गाउँ बाट जनमुक्ति सेना नेपाल को महाअभियान अघि बढ्छ रोल्पा हुँदै बागलुङको अति रमणीय ठाँउ ढोरपाटन वन्यजन्तु आरक्ष हुँदै गरिमामय क्रान्ति को आदर्श निडर जलजला पहाडको न्यानो स्पर्श ले अझ जनमुक्ति सेना लाई लाल र निपुर्ण बनाउन मद्दत गरेको थियो जलजला पहाडको मैदानमा जनमुक्ति सेनाले अन्तिम परेड खेल्दै दुश्मनका विरुद्ध लडाइँ लडने उच्च मनोबल साहस विवेक र बलिदानको कसम खादै वर्ग दुश्मन प्रतिको तिव्र घृणा लाई आक्रोशमा बदल्दै भोकाएको सिंह को गर्जनमा होमिङ गर्दै धौलागिरी हिमाल कम्पाएमान भएको थियो ।
यात्रा निरन्तर जारी छ जनसेना ,जन स्वयम सेवक आदरणीय जनसमुदायको लामबन्दीले उत्साह हौसला र खुशी तुल्याएको थियो घन्टौं हिडिसके पछि बल्लतल्ल म्याग्दीको मुना गाविस पुगियो त्यहा जनसमुदायले अद्भुत माया गरि जनमुक्ति सेना लाई स्वागत गर्दा हामी सबैका आँखा बाट हर्षका आँसु बगेका थिए । एक दुई दिनको अन्तिम बसाई पछि यात्रा निरन्तर जारी छ रातारात हिडेर म्याग्दीको दरवाङ बजार पुगियो दरवाङ म्याग्दी खोलाको किनारमा अवस्थित छ ।
२०६० साल चैत ०७ गते बिहान दरवाङ स्कुलमा खाना पकाएर खाने काम भयो सबैलाई तयारी हालतमा रहन निर्देशन आयो ठिक दिनको १ बजे रोलकल को आयोजना भयो पुरै डिभिजनको, अनि त्यहा अन्तिम सूचना आयो कमरेड हरु आज राती ११ बजे हाम्रो पार्टी नेकपा माओवादी को केन्द्रिय योजना मुताविक हाम्रो जनमुक्ति सेना नेपालले म्याग्दीको सदरमुकाम बेनि आक्रमण गर्ने योजना छ सबै जनमुक्ति सेनाका योद्धा कमरेड हरु मानसिक रूपमा र भौतिक रूपमा वैचारिक रूपमा तयारी रहदै बिजुलीको करेन्ट रफ्तारमा दुश्मन प्रती जाईलाग्न तयार हुनुहोला ।


10726788_721844174558054_51276169_n

दिनको १ बजे बाट दौडिन शुरु भएको जनसेनाको लाईन राती ११ बजे बेनि पुग्यो बेनि आक्रमणमा हतियारको सेटिङ गरिएको थियो निम्नअनुसार दुइटा ८१ एम एम आर्टिलरी हतियार बाट १४४ वटा ८१ एम एम मोटार शाही सेनाको ब्यारेकमा खसाल्ने लक्ष्य अनुसार अर्थुङ्गे डाडामा एक म्याग्दी खोला पारिपट्टी को डाडामा एक गरि दुई ८१ एम एम मोर्टार ले आक्रमण गरि ब्यारेक छिर्ने योजना थियो बम खसालियो जादा जाँदै बाटोमा गस्ती सग भिडन्त पर्यो गस्ति टोलि लाई कब्जा गर्दै अगाडि बढ्यो गस्ती सग भिडन्त हुदा जनमुक्ति सेना का कम्पनी कमान्डर क शिशिर को शहादत भयो । सदरमुुकाम लाई तीन तिर घेरा हाली जनमुक्ति सेनाले भीषण हमला गर्यो मुख्य सैनिक ब्यारेक लिस्ने गाम स्मृति बिग्रेड को निशानामा थियो । अरु बिग्रेडको जिल्ला प्रशासन जिल्ला प्रहरी कार्यालय बैंक कारागार लगायत सरकारी कार्यलय कब्जा गर्दै अन्तिममा सबै जनमुक्ति सेनाको हमलाको केन्द्रबिन्दु काली प्रसाद गण नै थियो कर्णेल राजु नेपाली भागिसकेको थियो ।
रातभरि देखि भोलिपल्ट बिहान १२ बजे सम्म लडाइँ चलिरहेको थियो आकाशमा नाइटभिजन हेलिकप्टर उडेका थिए तोराबोरा खसाल्दै थियो भने जनसेना ले सदरमुकाम कब्जा गर्यो लडाइँ सयौं सेना प्रहरी मारिए कोहि म्याग्दी खोलामा हामफालेर बगे हतियार बगाए तहसनहस पारी अन्तिममा ब्यारेकमा आगो लगाएर जनमुक्ति सेना विजयको नारा घन्काउदै फर्केको थियो ।
बेनि आक्रमणमा जनमुक्ति सेनाले उच्च बलिदान गर्यो जनयुद्धको इतिहासमा जनमुक्ति सेनाले दुइटा बिग्रेड सह कमान्डर क बहुविर र क योद्धा लाई बेनि आक्रमणका क्रममा गुमाउनु पर्यो उहाँ लगायत ८२ जना कमरेड हरुको शाहदत्त भयो भने घाइते ४४६ जना जनयोद्धा घाइते हुनुभयो ।  बेनि सदरमुकाम कब्जा बाट सेना पुलिस को सबै गरि हतियार १५० थान कब्जा भयो ३ एल एम जि २४ इन्सास राइफल एस एल आर र राइफल माउजर पिस्तोल बाह्रबोर हजारौं गोलि हरु कब्जा भयो भने CDO र DSP सहित ३७ जना प्रहरीले आत्मसमर्पण गरे उनी पनि अपहरण गरियो पछि आईसिआरसी को रोहबरमा रोल्पा बाट मुक्त गरियो ।
म्याग्दीका सिडियो सागरमणी पराजुली र डिएसपी रण बहादुर गौतम लाई जनसेना ले लिएर जादा एउटा अनौठो कुरा सुनाए ” तपाईंहरू सेति महाकाली देखि सात आठ हजार मानिस बेनि आक्रमण गर्न आउने कुरा हामी सेना पुलिस र प्रशासन लाई थाहा नै भएन कसरी आएर हामीलाई कब्जा गर्नु भयो हामी अच्चम मानिरहेका छौ तर जिल्ला बाट सेना पुलिसको गस्ती जान लाग्यो भने तपाईं माओवादी जनमुक्ति सेना लाई कति संख्यामा सेना गस्ती आउदैछ हतियार कति छ कुन बाटो आउदैछ सबै पहिला नै थाहा पाउनु हुन्छ तर हामी हजारौं संख्यामा तपाईंहरू आएर सदरमुकाम कब्जा गर्नु भयो यो कुरा हामीलाई थाहा नै हुदैन ” भनेर सिडियो सागरमणी पराजुलीले भनेका थिए ।
दुश्मन लाटो हुदोरहेछ भन्ने कुरा प्रमाणित भयो हामी फर्किने बेला हेलिकप्टरबाट को हवाई आक्रमण बाट बाटोमा बढी क्षति भयो अन्ततः दुश्मन लाई पराजित गरि जनसेना र नेकपा माओवादी को रणनैतिक हिसाबले विश्वभर विजय हासिल गर्यो बेनि कार्वाही जनयुद्धको इतिहासमा एक युगान्तकारी महत्त्वको विजयको दिन हो ।
जनमुक्ति सेना नेपाल – जिन्दावाद !
वीर सहिद – लाल सलाम !
विश्व क्रान्ति – जिन्दावाद !
नेकपा माओवादी – जिन्दावाद !
सबैखाले प्रतिक्रियावादी – मुर्दावाद !
- See more at: http://setoparewa.com/2014/10/13/10590#sthash.XPWAKTu5.dpuf

गद्दार मर्नुपर्छ, क्रान्तीको अनिवार्य शर्तहरू - विमल दाहाल

फ्रान्सेली राज्य क्रान्ती विकास क्रम मै राजा लुइ सोह्रौंले आफ्नो भविष्य देखेनन् । एक दिन सुटुक्क उनले रानी मेरीका साथ ससुराली अष्ट्रिया पलायन हुने चाँजो मिलाए । तर वाटोमा उनी चिनीए अनि क्रान्तीकारीले पक्रेर ल्याए । राजा जस्तो मान्छे संकटको वेलामा देश छाडेर भाग्नुलाई गद्दारीको अनुपम उदाहरणको रुपमा केवल क्रान्तीकारीहरुले मात्र लिएनन्, वरु अन्य सर्वसाधारणले पनि लिए । गद्दार मर्नुपर्छ – क्रान्तीको अनिवार्य शर्त थियो । लुइ सोह्रौ र उनको श्रीमती मेरीलाई १७९३ मा काटियो ।


फ्रान्सेली क्रान्तीकै दौरानमा कट्टर पंथी विचारलाई उस्काएर क्रान्तीलाई वर्वरतातिर धकेलेको आरोपमा जाँ पल मरालाई एउटा सामान्य महिलाले १७९३ मा मारिन् । त्यसैगरी त्यो क्रान्तीको महा नायक रोवेस्पेर लाई अन्ततः क्रान्तीलाई अराजक वनाइ नागरीकको उद्देश्य प्रति गद्दारी गरेको आरोपमा १७९४ मा काटियो । फ्रान्सेली क्रान्तीले एउटा प्रष्ट संदेश के दियो भने गद्दार मर्नैपर्छ ।

फ्रान्सेली क्रान्ती पछिको महत्वपूर्ण सामाजिक क्रान्ती रुसी क्रान्ती हो । यो क्रान्तीमा पनि फ्रान्सेली क्रान्तीले अंगालेको आदर्श विचलित भएन । प्रारम्भमा क्रान्तीलाई सहयोग गर्ने नाविकहरु (kronstadt) जव पछिल्ला दिनमा विचलित भए – वोल्सेविकले दिने सजाय केवल मृत्यु थियो । गद्दार नाविकहरुलाई दमन गरेको भोलिपल्ट वोल्सेविकले पेरिस कम्युनको पचासौं वर्षगाँठ मनाए ।

गद्दारीको आरोपमा मार्ने क्रम त्यस पछि पनि छुटेन । राजनितीक प्रतिघात गरी क्रान्ती प्रति गद्दारी गरेको आरोपमा लेनीन कै हत्या प्रयास पनि भयो । त्यसपछि स्टालीनले सहकर्मी ट्रस्कीलाई मात्र नभएर क्रान्ती प्रति फरक विचार राख्ने लाखौं रुसीलाई मारे ।

पश्चिमी सभ्यताको प्राचीन ग्रन्थ वाइवललाई हेर्दा पनि के देखिन्छ भने गद्दार मर्नु पर्छ – त्यो पनि विवत्स ढंगले । जुडासले जीससलाई धोका दिएको हुन्छ । जस्को प्रतिफल उसको विवत्स अन्त्य हुन्छ । शायद यही मान्यतालाई सेक्स्पीयरले उनको कृती जुलियस सिजरमा यसरी प्रस्तुत गरेका छन्ः कुनै गद्दारलाई पनि ज्यूँदो नछोड (Leave no traitors alive!)

तर पूर्वीय हिन्दु दर्शनमा भने कुरो अलि वेग्लै छ । सवै कुराहरु निरन्तर परिवर्तन भइरहने हुँदा आजको गद्दार भोलीको कामरेड हुन सक्छ । पर्सी फेरी त्यो गद्दार हुन सक्छ । सवै प्रभुको लिला हो । प्रभुको नियममा हस्तक्षेप गर्ने मान्छेको के अधिकार? कुनै मानिसलाई उसको गद्दारीको सजाय दिने सम्वन्धित पिडित पक्ष वा सरोकार वाला पक्ष हैन वरु एउटा तेश्रो पक्ष हो जसको वास्तविकतामा कुनै अस्तीत्व हुन्न वा देखिदैन । त्यस वाहेक पुराना हिन्दु ग्रन्थहरुमा गद्दारहरु पुरस्कृत भएको प्रशस्त पाइन्छ । उदाहरणको लागि रामायणमा विविशण, महाभारतमा दोर्णाचार्य जसले एकलव्यलाई घात गरेका थिए । यस्ता गद्दार पात्रहरु धर्मिक कथाहरुमा प्रशंसित भएता पनि गद्दारहरुलाई सामान्यत सामाजिक जीवनमा घृणा गरिन्छ ।
दोश्रो चीन जापान युद्ध (१९३७ – ं१९४५) मा गद्दार सुराकीहरुको कारणले जापानीहरु सित चीनले हार्नु परेको थियो । यसको उपाय स्वरुप करीव ६००० गद्दार हानचियन्स (Hanjians) लाई सार्वजनिक रुपमा मारियो । चीनिया क्रान्ती पश्चात कम्युनिष्टहरुले गद्दारीको प्रतिक्रान्ती हुन सक्छ भन्ने कुरो वुझेका थिए । त्यसैले उनीहरुले क्रान्ती रोकेनन् – भलै त्यसले केही अनापेक्षित परिणामहरु प्नि निम्त्यायो ।

घरमै हेर्दा 
नेपालको सन्दर्भमा हेदौ गद्दारीले सजाय पाएको देखिन्न । गैर वामहरुमा त गद्दारी एउटा संस्कार कै रुपमा विकास भएको हुन्छ जुन मौका परस्त पनि हुन्छ । तर वामहरु सैद्धान्तिक रुपले निर्देशित अनि क्रान्तीकारी परिवर्तनको पक्षमा क्रियाशिल भएका हुनाले गद्दारीले ठूलो क्षति निम्त्याउँदछ ।

तर त्यस्तो कहिल्यै भएन । संस्थापक सदस्य केशरजंग रायमाझी कम्युनिष्ट पार्टीको महासचीव भएकै वेलामा राजाको क्याम्पमा छिरेका थिए । पछी तिनी राज परिषदको अध्यक्ष सम्म भए । गद्दारीको यस्तो उत्कृष्ट नमुना अन्त विरलै देख्न पाइन्छ । तर उनलाई कसैले मारेन । मुटु रोगले उनी २०१२ मा मरे । यस कुरा परिजीवी मानसिकता भएका धेरै राष्ट्रिय गौरव व्यक्तित्वहरुमा लागू हुन्छ ।

२०४६ साल पछिको नयाँ राजनितीक परिवेशमा पनि गद्दारीको कुनै कमी रहेन । कृष्ण प्रसाद भट्टराई र गीरिजा प्रसाद कोइराला विच नेपाली काग्रेस भित्र चलेको अन्तरघात अन्ततः भाग्यवादमा गएर सुस्तायो । महाकाली संधीमा भएको राष्ट्रिय गद्दारीले जन्माएको माले र एमाले विचको फुट पनि अन्ततः भागवण्डामै समाप्त भयो । शेर वहादुर देउवाले गरेको काँग्रेस भित्रको आन्तरिक विद्रोह पनि पानीको फोका झैं भयो । यसै विचमा अन्य धेरै राजनितीक तथा सामाजिक प्रयासहरु पनि प्रशस्त भए – तर हात लाग्यो सुन्य ।

परिवर्तनक आकांक्षा वोकेका मानिसहरुमा “अव केही गर्न सकिंदैन” भन्ने भावनाले दह्रो जरा गाड्यो । “अव यहाँ केही हुन्न” भन्ने विचारले ग्रसित धेरै मानिसहरु मुग्लान जान थाले । सरकारले विकास र रोजगारीका जस्ता सुकै अलाप लगाए पनि मानिसहरुले त्यसलाई विश्वास गरेनन् । फलतः साइवेरियन वकुल्लाले ठाउँ छाडे झैं हुलका हुल नेपाली युवा आत्मसम्मान गुमाएर विदेशमा तुच्छ स्तरको काम रोज्न वाध्य भए ।  वाँकी रहेका तथा मुग्लान जान नसकेका अरु धेरैहरु जीवनयापनकै लागि भएपनि त्यही आत्मघाती प्रणालीमा मिसिन पुगे । तर मानिसहरु संख्यात्मक रुपले जतिसुर्क आवद्ध भए पनि त्रुटीपुर्ण प्रणालीको आफ्नै अन्तर विरोधले यौटा नयाँ सामाजिक आन्दोलनको अपरिहार्यतालाई पुष्ट्यायो । त्यो थियो माओवादी आन्दोलन ।

समय क्रममै माओवादी आन्दोलनले यौटा नयाँ उचाइ प्राप्त गर्यो । विविध कारणले आन्दोलनको विसर्जन गरी राजनितीक प्रकृयामा माओवादी पनि आयो । तर गद्दारीको त्यो सनातन संस्कृतीले माओवादी आन्दोलनलाई पनि वाँकी राखेन । फलतः केही समयमै पार्टी टुक्रियो । त्यस पार्टी भित्र पनि गद्दारी भयो भन्ने आवाज चर्को छ । एक थरीका मानिसहरु हामीले खोजेकै यही थियो भनेर आफ्नो तर्क पुष्ट्याइ गर्दछन् भने अर्का थरीकाहरु आमुल परिवर्तन नभइकन क्रान्ती नविसाउने वाचा थियो भनेर प्रति तर्क गर्दछन् । तर यथार्थ जे भए पनि माओवादी आन्दोलनका वाहकहरु मध्ये एउटा समुहले अहिले मुल राजनितीको नेतृत्व गर्दछ भने अर्कोले सिमान्तकृतको । यस्तो परिस्थितीमा वैचारिक स्तरमै गद्दारी भएको कुरा वुझ्न सकिन्छ । विविध भाषाको वहुअर्थित उपयोग अनि व्यवहारिकताको नाममा गरिने नितीगत संशोधनहरुले अन्ततोगत्वा माओवादी आन्दोलनलाई जटिल दिशाहिनताको अवस्थामा ल्यायपु¥याएको छ ।
क्रान्तीको उपयोगिता

क्रान्तीमा मानिसहरु विभिन्न ढंगले लागेका हुन्छन् । कोही लुटको फाइदा उठाउन लागेका हुन्छन् भने कोही समाज परिवर्तन गर्न । क्रान्तीको दौरानमा परिवर्तनकारीहरु शासनको तारो वन्दछन् , अवसरवादीहरु वच्छन् । कुनै पनि क्रान्तीमा शहीद थोरै हुन्छन् , तर अनुयायी प्रशस्त हुन्छन् । ती अनुयायीहरुमा पनि अवसरवादी अझ ज्यादा हुन्छन् । क्रान्तीको दौरानमा अवसरवादीहरु वच्दछन् भने ज्यादा जसो क्रान्तीकारीहरु मर्दछन् । क्रान्ती पश्चात तिनै वाँचेका अवसरवादीहरुको हातमा नेतृत्व पुग्दछ जसले केही वाँकी रहेका क्रान्तीकारीहरुलाई पनि सधैको लागि किनारा लगाउने प्रयत्न गर्दछन् । अवसरवादीहरुको लागि क्रान्ती केवल एउटा व्यवसाय हो, जसरी फाइदा हुन्छ, उनीहरुले त्यसको त्यसरीनै उपयोग गर्दछन् । यो कुरा सवै किसिमका सामाजिक आन्दोलनहरुमा लागू हुन्छ ।

नेपालमा भएका आन्दोलनहरु पनि यसवाट अछुतो छैन । २०४६ सालको आन्दोलन, (भलै त्यो भारतीय सहयोगमै भएको थियो) पछी नेपाललाई हेर्ने भारतिय दृष्टीकोणमा परिवर्तन भएको पाइन्छ । वफर जोन डक्ट्रीन वा नेहरु डक्ट्रीनलाई चन्द्र शेखर डक्ट्रीनले विस्थापित गर्यो । जन अनुरुप भुगोल भन्दा अर्थ राजनिती महत्वपूर्ण मानियो । फलतः राजनितीक परिवर्तन मार्फत नेपाललाई आर्थिक रुपले भारतमा निर्भर तुल्याउने अभ्यास शुरु भयो । धेरै उधोग तथा कल– कारखाना वेचिए, वन्द पारियो, औधोगिक सम्वन्ध (Industrial relation) लाई पुन परिभाषा गरेर नेपाललाई औद्योगिक रुपले अकुशल देश वनाइयो – जसले गर्दा न त स्थानीय पुजीको विकास भयो न वाहिर वाटै पुजी आयो । २०४६ पछि विदेशी सहयोग नआएको हैन – तर केवल नेता उत्पादन गर्न । उत्पादित नेताहरुले त स्वदेश मै जसो तसो जीविका चलाउन सके, नसक्नेहरु हानिए – मलेसिया, खाडी, कोरिया अनि अन्त । यस्तो किसिमको देश प्रतिको गद्दारी विश्व इतिहासमा कमै देख्न पाइन्छ । यस्तो निराशाजनक परिस्थितीमा पनि नेपाली नागरीकहरु हतास भएको पाइएन । मुग्लान जाने जाँदै थिए, घरमै वसेकाहरु समाजका विविध तप्काहरुलाई जोडेर सामाजिक परिवर्तनको लािग क्रान्तीको प्रयास गर्दे थिए ।

क्रान्तीको विविध स्वरुप हुन्छ । ती मध्ये हिंसात्मक र अहिंसात्मक स्वरुपका क्रान्तीलाई विशेष चर्चाको विषय वनाइन्छ । तर यो सजिलोको लागि मात्र हो । वास्तवमै हेर्दा क्रान्तीहरु  हिंसात्मक वा अहिंसात्मक भन्ने प्रकारका हुदैनन् । वरु, तिनमा हिंसा र अहिंसाको मात्रा कति छ भन्ने चाँही हुन्छ । हिंसा ज्यादा भयो भने त्यो सापेक्षित रुपमा हिंसात्मक हुन्छ , नत्र अहिंसात्मक । त्यो निरपेक्ष भन्ने हुन्न ।

नेपालको सन्दर्भमा हिंसात्मक क्रान्तीहरु धेरै पटक भए । २० औ सताव्दीका केही उल्लेखनिय हिंसात्मक विद्रोहमा २००७ सालमा काँग्रेसले गरेको विद्रोह, झापा विद्रोह अनि माओवादी विद्रोह हुन् । ती सवै हिंसात्मक विद्रोहहरु सापेक्षित रुपले सफल भए । तर लागत र पाmइदाको लेखाजोखा गर्दा के देखिन्छ भने त्यत्रो धन–जन, समय र उर्जा लगानी गरेर प्राप्त गरिएको परिवर्तनले आम मानिसमा अपेक्षित परिवर्तन ल्याएन । काँग्रेसले सत्ता जित्यो – काँग्रेसी मोटाए । मालेले जित्यो – माले मोटाए । माओवादीले जित्यो – माओवादी मोटाए । यो त एउटा अलि वृहदस्तरमा गरेको डकैती (mass scale bandictry)  जस्तो मात्र भयो । त्यो डकैतीमा पनि सवै काँग्रेसी, सवै माले, सवै माओवादीहरु मोटाएका छैनन् । तर क्रान्तीको नाममा खर्च गरिएको उर्जा, समय र मानव धन पुनः प्राप्त गर्न सकिन्न । त्यसैले प्रखर हिंसात्मक क्रान्तीका वाटाहरु अहिलेको परिवेशमा औचित्यहिन वन्दैछन् । फेरी पनि एउटा विशुद्ध हिंसात्मक वाटो अपनाइयो भने त्यसले आमुल परिवर्तन ल्याउला त? शायद कमैले मात्र यो अवधारणालाई विश्वास गर्दछन् ।

तव के गर्ने त?

यस्तो अवस्थामा उपलव्ध राजनितीक उपायहरुलाई गद्दार विरुद्ध उपयोग गर्नु पर्दछ । गद्दार चाहे जनसुकै दलको होस् त्यो गद्दार नै हो । भौतिक रुपले त्यसको सफाया गर्नु यौटा अन्तिम विकल्प हो, तर त्यस वाहेक गद्दारहरुलाई राजनितीक, सामाजिक, साँस्कृतिक आदी रुपले पनि मार्न सकिन्छ । उसैले जानेको खेलको तौर–तरिकालाई उसकै विरुद्ध उपयोग गर्न सकिन्छ । ग्राम्चीले यस्तो तरिकालाई अवस्थाको युद्ध (War of position) भनेका छन् । मिचेल फुकोले यसलाई प्रति संवाद (Counter discourse)  को रुपमा व्याख्या गरेका छन् । हाम्रो परिवेशमा यी धारणाहरुलाई हेर्दा “भोटेले सरापेर गाई कहाँ मर्छ र!” भन्ने जस्तो पनि लाग्छ । तर “शव्द व्रम्हा” भन्ने हाम्रा आदर्शहरुले शव्दको सामथ्र्यलाई पुष्टी गर्न पनि छाडेका छैनन् । वर्तमान सन्दर्भमा नागरिक अधिकारको अवधारणाहरुलाई गद्दारहरु विरुद्ध उपयोग गर्न सकियो भने शायद नेपाली राजनितीको इतिहास नौंटंकी भएर दोहरिने छैन ।

आसन्न संविधान सभाको चुनावको परिपेक्षमा सचेत नागरिकले गद्दारहरुलाई राजनितीक वृतवाट सखाप पार्न एवं भविष्यमा गद्दारीका यस्ता नाटकहरु दोहरिन नदिन केही गर्न सक्छन् ।

१. चुनाव वहिष्कार (Total rejection)

जसरी नागरिकलाई चुनावमा मतदान गर्ने अधिकार हुन्छ । ठिक सै गरी वहिस्कार गर्ने पनि अधिकार हुन्छ । अहिलेको चुनावमा तिनै पुराना पात्र र प्रवृतीले विशेष गरी भारत र दातृ निकायको चाहना वमोजिम चुनावको नौटंकी गरिरहेका छन् । नागरिकले यसलाई वहिस्कार गर्न सक्दछन् । आम रुपमा चुनाको स्वतः वहिस्कार भयो भने त्यसको वैधानिकतामा प्रश्न उठ्छ । भलै अहिले चुनाव चाहने दलहरुले वैधानिकता जनतावाट हैन वाहिरवाट खोजेका छन् । वाहिरवाट पाइएको वैधानिकताले देशमा काम गर्दैन, त्यो फगत कागजी नौटंकी मात्र हुन्छ ।
त्यसो त नेपालीहरुको मतदान गर्ने प्रकृया क्रान्तीकारी छ । उदाहरणको रुपमा उनीहरुले २०४६ साल पश्चात पहिलो पल्ट काँग्रेसलाई जिताए भने अर्को पल्ट एमालेलाई जिताए । त्यो पनि पहिलो पल्ट सापेक्षित रुपमा पश्चिमतिर काँग्रेसले जित्यो भने पूर्वतिर एमालेले जित्यो । तर दोश्रो पल्ट त्यसको ठिक उल्टो भयो । भनाईको मतलव पश्चिमतिर एमालेले जित्यो भने पूर्व तिर काँग्रेसले जित्यो । माओवादी आन्दोलन पश्चात नेपालीहरुले पुरातन शक्तिहरुलाई पत्याएनन् । वरु नयाँ शक्ति माओवादीलाई पत्यायो । यसवाट के देखिन्छ भने नेपाली जनताहरुमा परिवर्तनको चाहना मनैभित्र गढेको छ । उनीहरु कुनै एउटा नयाँ शक्तिलाई स्थापित गर्न आतुर छन् जसले परिवर्तनको शंखघोष गर्न सकोस् । तर अहिलेको संविधान सभाको चुनावमा त्यसतो शक्ति छैन । अहिलेको परिप्रेक्षमा  केवल  विभिन्न रंगका गद्दारहरु मध्ये कस्लाई छान्ने भन्ने बाध्यात्मक परिस्थिती छ । यस्तो परिस्थितीको उपज चुनाव हैन, लोकतन्त्र हैन । त्यो एउटा प्रायोजित उपनिवेशिकरण मात्र हो । त्यसैले स्वस्फुर्त रुपमा जनताले चुनाव वहिष्कार गरे भने राजनितीले यौटा नयाँ वाटोको खोजी गर्नेछ जसमा धेरै मानिसरु सँग सँगै हिड्न सक्नेछन् । त्यो नै एउटा क्रान्तीकारी लोकतन्त्रको पथ हुनेछ ।

२. छानेर सकार (Selective acceptance)
यही प्रणालीवाट गद्दारहरुलाई सखाप पार्न सकिन्छ भन्ने कसैलाई लाग्छ भने उसले चुनावलाई रणनितीक रुपले उपयोग गर्न सक्छ । त्यसको लागि मतदानको निर्णय गर्दा भ्रष्ट एवं गद्दारहरु के गर्दा हार्दछन् भनी सोच्नुपछै । साथ साथै नयाँ अनुहारलाई समथैन गर्दा विशेषगरी न्याय, समानता, अधिकारका कुराहरुमा प्रष्ट भएर चुनाव पछिको प्रणालीले डण्डहिनता, भ्रष्ट्राचारलाई अन्त्य गर्दछ भन्ने प्रत्याभूती हुनु पर्दछ । जस्तो की नयाँ अनुहारले युद्ध अपराधलाई न्यायको कठघरामा ल्याउनेछ भन्ने प्रतिवद्धता जाहेर गरेमा र त्यो विश्वसनिय भएमा निश्चित हदसम्म रणनितीक सकार उपयोगी हुन्छ । तर विडम्वनाको कुरा के छ भने त्यस्तो कुरा गर्ने मानिसहरु चाँही भेटिन्छन् तर राजनितीक पार्टी भने छैन । त्यसैले व्यक्तिवादी राजनैतिक चरित्रलाई विश्वास गर्न सकिन्न । तै पनि नयाँ वन्ने सभामा साना खालका गद्दारहरु ज्यादा भए भने उनीहरुले आफ्नो नयाँ समीकरणलाई प्रभावी तुल्याउनैको लागि भए पनि ठूला गद्दारहरुलाई सखाप पार्नेछन् । किनकी यस्तो किसिमको राजनितीमा कोही शत्रु वा मित्रु हुन्न । निती र कार्यहरु परिस्थिती जन्य हुन्छन् । त्यसैले नागरिकले छानेर सकार गर्दा पनि तुलनात्मक रुपमा गद्दारहरुलाई वेफाइदा हुन्छ ।

३. नयाँ वाटो (Another Way)

मथि भनिएका दुईवटा उपायहरु एउटै धरातलमा छन् । पहिलोले चुनाव चाहिने हो तर प्रकृया मिलेन भनेर वहिष्कार गर्दछ । दोश्रोले पनि चुनावको अपरिहार्यतालाई स्वीकार गरी रणनितीक उपयोग गर्न खोज्छ । तर तेश्रो उपाय –नयाँ वाटो – ले यी दुवै कुरालाई इन्कार गर्दछ । यो अवधारणा अनुसार विधमान समस्याहरु यी माथिका दुई उपाय मार्फत समाधान हुन सक्दैनन् । त्यसैले त्यस प्रति ध्यान दिनु आवश्यक छैन । केवल रणनितीक संचारको लागि तिनको उपयोग गर्न सकिन्छ , तर समस्याको समाधान अन्तै खोज्नु पर्छ । यस धारणामा संविधान वा संविधान सभा भन्ने विषयलाई नै प्रश्न गर्नु पर्छ । किनकी सामान्य मानिसहरु कुनै धारणा सित जोडिएका कथा वा मिथक (myth)  सुन्दा सुन्दा त्यसैलाई सत्य ठान्न थाल्दछन् । यो नयाँ वाटोले स्थापित सत्यहरुलाई प्रश्न गर्न सिकाउँदछ ।

के देशको लागि संविधान भन्ने एउटा किताव आवश्यक छ ? कयौं देशहरुमा लिखित संविधान छैन । अनि त्यो किताव यस्तो खर्चिलो चुनावको माध्यमले नै लेखिनु पर्छ ? के अन्य उपाय छैन ? अनि लेख्ने को? त्यो उमेद्दवारमा त्यस्तो के गुण छ कि उसले संविधान लेख्न सक्छ ? अनि कस्तो लेख्छ ? कसको फाइदाको लागि लेख्छ ? त्यसवाट मलाई के फाइदा? किन त्यो वोल्दछ म सुन्दछु? किन म वोल्ने अनि त्यो सुन्ने परिस्थिती भएन? अथवा अहिलेसम्म नागरिकले सुन्दै आएका एवं मान्दै आएका सत्तावाट प्रायोजित सत्यहरुलाई वास्तविकताको कसीमा जाँच्नु पर्दछ । यसो गर्दा के प्रष्ट हुनु पर्दछ भने नयाँ समस्याको लागि पुराना ज्ञान अर्थहिन हुन्छन् त्यसैले नयाँ ज्ञान र नयाँ सत्यहरुको खोजी अपरिहार्य हुन्छ । संविधानसभाको मुद्दामा पनि यो लागु हुन्छ ।

यी माथिका उपायहरुको उद्देश्य एउटै हो ः गद्दारको सफाया । चाहे त्यो सामाजिक रुपले होस् वा राजनितीक रुपले होस् वा अन्य कुनै रुपले होस् । यो आवश्यक किन छ भने गद्दार संस्कृती मौलाएको कारणले गर्दा नै आज हामीले यो दुःख भोग्नु परेको हो । डण्डहिनताको यो अवस्था फुत्त त्यसै आएको हैन, हिजो हामीले दोषीलाई सजाय नदिएकैले गर्दा आज झन अपराध वढेको हो । २०४६ सालको आन्दोलन पश्चात अनिल आयोगको प्रतिवेदन मात्र लागु गरिएको भए नयाँ फटाहाहरु जन्मने नै थिएनन् । तर फटाहा – गद्दारहरुको पनि  एउटा वर्गीय चरित्र हुन्छ जसले गर्दा प्रायः एउटा गद्दारले अर्को गद्दारलाई पूर्ण रुपमा सिध्याउँदैन वा गद्दारी संस्कृतीको अन्त्य गर्न सक्दैन । गद्दारी संस्कृतीको अन्त्य नभएसम्म सामाजिक क्रान्ती हुँदैन – दरवारी क्रान्ती हुन्छ । राजदरवारको ठाउँमा अर्को दरवार हुन्छ, राजाको ठाउँमा कुनै अर्को एउटा मान्छे हुन्छ । संरचना त्यही हुन्छ, प्रवृती त्यही हुन्छ । त्यस्ता परिवर्तनले समाजमा कुनै सकारात्मक योगदान दिदैनन् – केवल समय र उर्जाको नास मात्र हो ।

संविधान सभाको चुनावको मुखमा देखा परेका शान्ती ¥याली वा युवा दस्ता त्यही पुरानै संरचनाका प्रायोजित अंगहरु हुन् । त्यसवाट प्रभावित हुनु पर्ने कुनै कारण छैन । ति मानिसहरु सापेक्षित रुपमा शान्ती नै मन पराउँदछन् वा यथास्थिती नै चाहन्छन् । किनभने तिनीहरु ह्ुने–खाने , वा पाउने– खाने वर्गमा पर्छन् वा तिनकै छत्र छाँयामा हुर्केका हुन्छन् । गद्दारी संस्कृतीको सफायामा उनीहरुले  कुनै योगदान गर्दैनन्, त्यसैले उनीहरु परिवर्तन विरोधी हुन्छन् । त्यसको एउटा प्रष्ट कारण के छ भने परिवर्तनले उनीहरुलाई पाखा लगाउन सक्छ । विगतमा केही समय यता ट्युनिसिया, इजिप्ट, लिविया, सिरिया आदी देशहरुमा भएका यस्ता सवै आन्दोलनले समग्रमा सकारात्मक राजनितीक निकास दिन नसकेको तथ्य हाम्रो सामु छ । मुलतः यस्ता आन्दोलनहरु शासन विरोधी हुनु पर्ने हो । तर नेपालमा यस्ता आन्दोलनहरु शासनकै पक्ष मा छन् । त्यसैले ती प्रायोजित हुन् । खवरदारी गर्नु को सट्टा (watchdog) तिनले घुर्की लगाउने तरिका (lapdog)  देखाउँदछन् ।  त्यसैले नागरिकले आसन्न संविधान सभाको नौंटंकीमा आफ्नो विवेकको प्रयोग यसरी गर्नु पर्दछ कि गद्दार संस्कृतीको अन्त्य सदाको लागि होस् अनि साँचो अर्थमा एउटा सफल राजनितीक क्रान्ती मार्फत नेपाल नयाँ युगमा प्रवेश गर्न सकोस् ।

http://www.globalnepalnews.com

इतिहासले गद्दारहरु जन्माएछः वैद्य

काठमाडौं,फागुन २१ । 


नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले राष्ट्रियता ऐतिहासिक रुपमै खतरामा परेको धारणा व्यक्त गरेका छन् । झट्ट हेर्दा बाहिरी रुपमा लोकतन्त्र कमजोर बनेको देखिए पनि यथार्थमा मुलुकको अस्तित्व नै संकटमा परेको वैद्यको कथन छ । उनले यतिबेला मुलुकको सत्ता युरोपेली संघ (ईयु) र छिमेकी देश भारतको मुठ्ठीमा कैद रहेको ठोकुवा गर्दै भने, ‘चार पार्टीका नेतालाई भारतीय राजदूत र ईयुका प्रतिनिधिले प्रधानन्याधीशलाई प्रधानमन्त्री बनाउने निर्देशन दिएका हुन् । यहाँसम्म कि शीतल निवासमै गएर राष्ट्रपति र चार दलका नेतालाई हाम्रो मुलुक शासन सत्ताबारे उनीहरुले डिक्टेट गरेका छन् ।’ प्रधानन्यायाधीशलाई चुनावी सरकारको प्रधानमन्त्री बनाउने निर्णय बाह्य रुपमा एमाओवादीको देखिए पनि सबै एजेण्डा विदेशीकै भएको दाबी गर्दै वैद्यले सार्वजनिक गरेको धारणामा आफूलाई पनि विदेशीहरुले प्रधानन्यायाधीश नेतृत्वको स्वतन्त्र चुनावी सरकार बनाउने कुरा पहिले नै सुनाएको खुलासा गरे । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराई विदेशीका दलालका भरपर्दा शक्ति भएको आरोप लगाउँदै उनले समय आएपछि देशघातीहरु जनताको तहबाट बढारिने चेतावनी दिए । इतिहासले गद्दारहरु जन्माएछ भन्ने गुनासो गर्दै वैद्यले प्रचण्ड र बाबुरामप्रति रोष प्रकट गरे । 

Read more at: http://www.xpresskhabar.com

Monday, February 16, 2015

गद्दार फोविया - राजबहादुर कुँवर



निरंकुशता र सं क्रमणबाट तुहिएको पाठो झैं लुरे नेपालमा उत्कृष्टताभन्दा निकृष्टता हावी छ । वीरताका लागि केही थान योद्धा, इतिहासका लागि केही थान उदार राजा, परिवर्तनको संखघोषका निम्ति ज्ञातअज्ञात सहिद, कला, संस्कृति र सभ्यताका ऐतिहासिक परम्पराबाहेक मुलुकसँग कुनै नवीनतम् गीतहरु छ्रैनन्, जुन गौरवका साथ भावी पुस्ताले गाउन सकोस् । टिस्टाको गीत गाउँदागाउँदै कालापानी गुमाएको पुस्ता पनि सेतै फूलिसकेको छ । नालापानीको कथा सुसेल्दा सुसेल्दै पनि कोशी र गण्डकीमा बन्दे मातरमका नालहरु सोझिरहे कै छन् । यो देशमा अन्धकार, निराशा र अभाव गुन्जिएको छ । खाडी र समुद्री हजारौं गोलभूगोलमा सुपुत्र र सुपुत्रीहरुकोे पसिनाले धर्ति सिंगारिएको छ । देशको सिंगो बैशालु पुस्ता लाहुर जान्छ र लाहुरेको पाहुरले बुढो र रोगी देश बाँचिरहेको छ । यो देशलाई सवैभन्दा डर लागिरहेको छ गद्दारसँग । प्रत्येक सुन्दर भविष्यार्थ लडिएका लडाइँहरु गद्दारहरुबाट धोकामा बदलिएका छन् । कुनै दिन देशको नक्सा, नाम र परिचय नै बदलिने पो हो की ? देश गद्दार फोवियाले भयक्रान्त छ । आफूसँग एक मुठी माटो हुने किसानले एक हल गोरु, राँगा पालेर जोत्छ र उर्वरा माटोको सुरक्षा गरिरहेको छ । राष्ट्रलाई बाँझो हुनबाट जोगाइरहेका छन् । ति किसानसँग माटोप्रतिको जति माया छ, यो देशका शिक्षित महामुर्खहरुसँग छैन । महामुर्खहरु राजनीति, व्यापार र जागिरका नाममा मुलुकलाई नै जुवाघरकी दौपद्री झै बेइज्जत गरिरहेका छन् । पुराना इतिहासका पानामा अत्याचारी राजालाई जनगणले चारपाटे मुढेर चार डाँडा कटाएको कथाहरु पाइए पनि नेपालको आधुनिक इतिहास दलाल र गद्दारहरुको सिंगौरीबाट थकित र क्लान्त छ । आफू सत्ताको घोडा चढिरहदा कुनै पनि प्रकृतिका संघर्ष र विद्रोह अन्यायपूर्ण ठहर गर्नु शाषकीय चरित्र हो । राणाहरुको अन्धकार जुगबाट उज्यालो लोकतन्त्रमा अवतरण गर्ने अभियान पनि सैनिक ताकतमा आधारित लडाइँ थियो । राणाबाट खोसेको सेना दरवारलाई बुझाइयो र जसको जोत उसको पोतको नारामा संघर्षरत भीमदत्तको टाउको दिल्लीलाई गुहारेर बाँसको लिंगोमा झुन्डाइयो । प्रत्येक किसानको घरमा दुहुनो गाइको समाजबाद भीमदत्तको आलो रगतबाट नै गन्हाइसकेको देखिन्छ । यस्तो लक्ष्यघातको अर्को नामै त हो गद्दारी । गद्दारले देशको बागडोर सम्हाल्न हुँदैन । गद्दारहरु ऐजेरु हुन्, जो अरुद्धारा निर्मित दानापानी खाएर बाँच्छन् । नेपालमा गद्दारहरुले जब जब बागडोर सम्हाल्छन्, तब तब कञ्चन नदीहरु विक्री हुन्छन् । गण्डकी, कोशी, महाकाली हुँदै कर्णालीसम्म हेर्ने हो भने मुलुकको शीर्षासनमा गद्दारहरु बाँदरझै बसिरहेका छन् । भ्रष्टहरु पुजित र इमान्दार दण्डित भएको समाज पतन उन्मुख हुन्छ । अपराधको कुनै सीमा हुँदैन । आमा र छोरीहरुद्धारा आफ्नै श्रीमान र बुबाको हत्याको चक्रव्यूह रचिन्छ । जहाँ गद्दारहरुले शाषन गर्छन्, त्यहाँ राष्ट्रियता अपराध हुन्छ । उदारताका नाममा लिलाम विक्रीका सामानमा बदलिन्छन् मानिसहरु । पैसाका दासहरु पसिनाका नदी बगाउँछन् र कठपुतली मालिकहरु मोजमस्ती गर्छन् । कुनै पनि प्रकृतिका अपराध उद्योगमा बदलिन्छन् । पुलिस, सेना, प्रहरी र न्यायलय हात्तीका दाँतमा परिणत हुन्छन् । अख्तियारले नै घुस खान्छ । पुलिसले नै तस्करी गर्छ । सेनाले नै गैडा मार्छ र न्यायलयले नै कानूनगिरी गर्छ । देशकै नारा लगाएर देशघात गर्नु नैै गद्दारी हो । देशसँग जे छ, त्यो सम्पत्ति हो । नेपालसँग युवा जनशक्ति छ, रोजगार छैन । अथाह पानी छ, विद्युत छैन । जडिवुटी छ, औषधी छैन । माटो छ, उत्पादन छैन । मुलुकसँग जे छैन, त्यही त्यही थोपर्नु कुनै नयाँ चमत्कार होइन । मार्से, कागुनो फल्ने कर्णालीमा जापानी चामल पुर्याउनु कुनै बहादुरिता होइन । आखिर कमिसनको राग अलाप्न त्यही हुन्छ । जहाँ आफ्नो ग्याँस, तेललाई देवता बनाएर विदेशी तेलमा कार चढिन्छ । जहाँ आफ्नो कोदो खाने जनतालाई हेपेर विदेशी सेरलेक्स खाइन्छ, त्यो मुलुकका पाइलाहरु रसातलतिरै हुन्छन् । रसातलतिर हिंड्न गद्दारहरुलाई खुवै मनपर्छ । जहाँ योद्धाहरुको बैशाखी, वेपत्ताको आँसु र सहिदको रगत विक्री हुन्छ, त्यो क्रान्तिको दुर्दशा दुखान्त हुन्छ । यो क्रान्तिघातको अर्को नाम पनि गद्दारी नै हो । क्रान्तिबाट जन्मिएका गद्दारहरु खतरनाक हुँदारहेछन् । विजयको मञ्जिलमा पुगेको लडाइँ रोकिदोरहेछ । सुन्दर विहान पनि अन्धकारमा बदलिदो रहेछ । बहादुरहरुभन्दा काँतरहरुको विगविगी बढ्दोरहेछ । राणाहरुको चिहानबाट जन्मिएको छिसमिसे र नारायणहिटीको चिहानबाट जन्मिएको क्षितिज दुइटैको हत्या भएको छ । उज्यालोको नाममा उज्यालो कै हत्या गर्नु गद्दारहरुको विशेषता हो र प्रत्येक क्रान्ति पश्चात त्यही भइरहेको छ । गणतन्त्रले राउटेलाई फिरन्ते हुनबाट रोक्न सकेनभने सभ्यताको कुन नयाँ आयाम छ र गणतन्त्रसँग । दाइजोहिन चेली आलो सिउँदोसँगै जलिरहन्छन् भने गणतन्त्रले कुन नयाँ मुक्तिको गीत गाउँछ ? धर्म निरपेक्षताको काँधमा चढेर बाइवल र युद्ध बोकिरहेका चर्चहरु, तलाक दिइरहेका मस्जिदहरु र फ्रि तिव्वती गुम्बाहरुले युद्ध निम्ताइरहेको गणतन्त्र कस्तो हुन्छ ? टोपीधारी राजाहरुद्धारा शाषित जनताको अनुहार कस्तो हुनुपर्छ ? गणतन्त्रलाई गणतन्त्र हुन दिइरहेका छैनन् गद्दारहरु । मानवताभन्दा कूलिनता गद्दारहरुको नशामा हुन्छ । जो जो चढ्छन् सत्ताको शिखरमा, तिनैको निधारमा श्रीखण्ड झै घोटिन्छ गद्दारी । जुद्दशम्शेरलाई दार्जिलिङ नेपालमा मिसिनु हुँदैन किनकी जागृत जनगण मन पर्दैन शाषकलाई । चन्द्र शम्शेरलाई मन पर्दैन आविस्कार । नयाँ आविस्कार र अनुसन्धानले ढालिदिन्छ पुराना मान्यता । गद्दारलाई कूलगिरी नगरी शासनको गन्धदुर्गन्ध नै थाहा हुँदैन । शासनको बागडोरमा नपुगी राष्ट्रका लागि गद्दारी गर्नै सकिदैन । गद्दारीमा विश्व विजेता हुन प्रतिस्पर्धा चलिरहेको छ नेपालभरि । विश्वविद्यालयले लेख्छ भारतीय वुद्ध । मन्त्रीले खान्छ र बाट तलव । शिक्षकले खोल्छ बोर्डिङ । प्रधानमन्त्रीले खेल्छ देश नै जुवा । उद्योगीले लगाउँछ कारखानामा आगो । व्यापारीले मिसाउँछ चामलमा ढुंगा । सम्पादकले छाप्छ स्तुति । डाक्टरले चोर्छ मृगौला । सर्वोच्च कमाण्डरले गर्छ सेनाको विघटन । माटोको आवरणमा पैठारी हुन्छ युरेनियम । कलाकारले गर्छ बेश्यावृत्ति । छापामारले चराउँछ अरबमा भेडा । यी समाजका पतनोन्मुख लक्षण हुन् । यी सम्पूर्ण सिद्धान्त विचलनका विरुद्धमा नयाँ जागृति जरुरी छ । के नेपालमा गद्दारद्धारा निर्मित विद्रुप विम्बको विघटन हुन सक्दैन ? भ्रष्टाचारी बाबुभन्दा इमान्दार दुश्मनलाई सम्मान गर्ने सन्तति जन्माउन सकिदैन ? अवैध कुलीनताभन्दा बैध गरिबीलाई स्वीकार्ने पुस्ता निर्माण गर्न सकिदैन ? यो सम्भव छ । केवल सिद्धान्तघात, अभियानघात र मित्रघात हुनु हुँदैन । गद्दारीभन्दा उत्सर्ग श्रेयस्कर हुन्छ । नयाँ आविस्कारकहरुले विश्व मानचित्रमा मुलुकलाई नयाँ रेखांकन गर्नै पर्दछ, जहाँ कुनै जात, लिंग, वर्ण र धर्मको विभेद नहोस् । नयाँ सर्जकहरुले मुलुकको नयाँ बिम्ब रचना गर्नै पर्दछ, जहाँ गरिबी, भ्रष्टाचार, अन्याय, अराजकताको सगरमाथा नहोस् । नयाँ अनुसन्धानकर्ताहरुले मुलुकलाई नयाँ साँचोमा ढाल्नै पर्दछ, जहाँ हिमाल, पहाड र तराई मानव सभ्यताका अनुपम अनुकृति ठहरिउन् । एउटा भीषण आँधी तुफानद्धारा अजियासको तवेलाजस्तो फोहोर मुलुक सफा किन गर्नु नपरोस् । सलाम छ आँधीलाई । गद्दारहरुभन्दा प्रभाकरणहरु महान् हुन् किनकी योद्धाहरुलाई आत्मसमर्पणभन्दा हार उत्कृष्ट हुन्छ । जिउँदै मरिरहेका लासहरुले समाजलाई दुर्गन्धित मात्र गर्दैनन्, इतिहासको रथलाई नै उल्टो घुमाउँछन् । समयको ज्वारभाटामा पश्चगामीहरु हार्ने नै छन् र इतिहासको अग्रगतिका पक्षपातिले घोर विपतको समुद्र तैरिनै पर्दछ । घोर निशाचरविरुद्ध प्रभातको गीत गाउनै पर्छ । सगरमाथाको देशमा नयाँ विश्व सम्भव छ । उज्यालो अवश्यमभावी छ ।