Monday, April 13, 2015

उपचुनावः किन भयो एमाओवादीको जमानत जफत ? १० कार्यकर्ताका १० बिचार


काठमाडौं ।
पहिलो संविधानसभाको निर्वाचनमा अप्रत्यासित पहिलो दल भएको एमाओवादीले दोश्रो संविधानसभाको मूल निर्वाचन र त्यसपछि भएका उपनिर्वाचनमा नराम्रो हार ब्यहोरेको छ । पछिल्लो उपनिर्वाचनका क्रममा बागलुङ १ मा एमाओवादी उम्मेदवारको जमानत नै जफत भएको छ । कतिपयले सामाजिक सञ्जालमा अव लोकसेवाको परीक्षामा ‘माओवादी पतनका कारण विवेचना गर्नुहोस् भनेर प्रश्न आउनेछ‘ भनेर समेत ब्यङ्ग गरेका छन् । यस अघिको निर्वाचनमा भन्दा पनि उपनिर्वाचनमा माओवादीको मत घट्यो । नेपाली हेडलाइन्सले एमाओवादीका १० कार्यकर्तालाई पार्टीले बागलुङमा एमाओवादीका उम्मेदवारले किन जमानत समेत गुमाए भनेर प्रतिक्रिया मागेको थियो । यहाँ १० माओवादी कार्यकर्ताको मत जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

maoist ekata1
एमाओवादीले चुनाव हार्यो त भन्दा हार्यो । किन हार्यो भन्दा जित्न नसकेर हार्यो। ‘ आजकल माओवादीको नेतृ्त्व पंक्तिले हार प्रति गर्ने विश्लेषण यहि हो। तिनको मनमा शान्ति भएसी जनतातिर ध्यान दिने होलान् । त्यतिबेला सम्म जनताका माझमा हामी सकिइसकेका हुनेछौं । ठ्याक्कै जनयु्द्ध अगाडीको जनआधार भन्दा गतिलो स्थिति हाम्रो हुन्न। त्यति बेला त हामी नै हुन्छौ कि हुन्नौं यही पार्टीमा । अनि खाउन् ठुलो भाग।
***

बागलुङको चुनावले देशको प्रतिनिधित्व गर्दैन । पहिलो कुरा त यो सेन्टिमेन्ट भोट हो । विधवाले सेता कपडा लगाएर भोट माग्न जाँदा जनताले नेपालमा सँधै भोट दिएका छन् । विद्या भण्डारी देखि चम्पादेवी एउटै उदाहरण हुन् । यसलाई माओवादीको पराजय भनेर कोकोहोल मचाउन जरुरी छैन । तर त्यसो भन्दैमा सुख पाइन्न । यो चुनाव हार्नुको कारण पुरानै हो । माओवादी पराजका कारण केवल एउटा प्रश्नमा जवाफ दिन सकिन्न । पार्टीको लोकप्रियताको प्रश्न मात्र होइन ।
MI 6 assisted NA to kill Maoist Rebels
***
धेरै कुरा गरिरहनु नै पर्दैन । चुनावको नतिजाले १ मात्र कुरा भन्छः बिग्रेको माओवादीलाई जनताले कारवाही गरेका हुन् । अव सुध्रनु पर्छ ।
***
मार्क्सवाद भनेको हो पनि होइन पनि भनेर सिकाए । अहिले पार्टी नै छ पनि छैन् पनि भन्ने भइसक्यो। आन्दोलन भने दुई दिनमै फिर्ता लिए। संविधान भने त्यो पनि छैन्। न सडकमा पार्टी न संविधानसभामा पार्टी न जनतामा पार्टी । कहाँ छ त एमाओवादी भन्दा कहिं पनि छैन् ।
***
Maoist 3 Leaders
***
चुनाव हारेर त केही बिग्रेको छैन् । हाम्रा पानीमरुवाहरु भिड्नै डराए। दिनानाथ कमरेड लड्ने कुरा थियो । खूट्टा कमाउनु भयो । ठुलो नेता आउइदिएको केही न केही माहोल बन्थ्यो । हारेपनि दुइ चार मत बढि आउँथे । सन्देश फरक जान्थ्यो । पार्टीका उपल्ला नेतामै अनुशासन र पार्टीप्रति माया देखिएन । हाम्ले मात्र हाडछाला घोटेर के गर्नु ।
***
हाम्ले हार्ने पहिल्यै निश्चितै थियो। माथी कुरो नमिलेसम्म तल यस्तै हो । पहिले पार्टी फुट्यो। अहिले पनि गुटै गुट। कतिसम्म भने त्यसलाई भन्दा अर्को पार्टीलाई भोट दिन्छु भन्ने पनि देखिए। त्यसै हारेका त हैनौ नी हामि पनि। रोग त पुरानै हो उपचार गरिदिने कोही भएनन् । अवस्था यही रहे जहाँबाट चुनाव लडेपनि हारिन्छ ***
आन्दोलन भनेर लागियो । यो उपचुनावमा त ध्यानै दिइएनकी भन्ने लाग्छ । मोर्चामा अहिले खटपट बढ्यो। कमरेडहरु सत्तामा पनि गइन्छ कि भन्दै हुनु हुन्छ। यो उपचुनावलाइ त्यति महत्व नै दिइएन । नत्र पुरै पार्टी पंक्ति लाग्दा जमानतै फिर्ता नआउने भन्ने हुँदैनथ्यो । तर हामीले कराएर नहुने । दुःख त लाग्छ पार्टी हार्दा । पुरै पार्टीका ठीक लाइनमा आएपछि हार पनि जीतला बदलिन्छन् । हामीले मधेशी दलसंग मोर्चा गर्दा भारतप्रति ज्यादै नरम, जनजातिसंग मोर्चाबन्दी गर्दा जातीयता पार्टी गयो कि भन्ने भान जनतामा पर्न गयो। अब आन्दोलनमा पनि पार्टी एक्लै जानु पर्छ । यो एउटै हारले केही बिग्रेको छैन् तर हामीले हाम्रो रणनीतिमा परिवर्तन नल्याउने हो र जनतालाई विश्वासमा नलिने हो भने चैं पार्टीका ठुलै संकटमा पर्छ। मैले पार्टीमा यहि कुरा राखिरहेको छु। नेता कमरेडहरु हुन्छ हुन्छ भन्नु हुन्छ, व्यवहार पनि केही देखिएको छैन्। कोशिसै नभएको पनि नभनौ। तर पार्टी माथि चैं गएको छैन् ।  
***
अब हामी फूटेर हुन्न भन्ने सन्देश यो उपचुनावले दियो । प्रचण्ड-बाबुराम, बैद्य बादल र विप्लव एकै ठाउँमा बस्नै पर्छ। कार्यगत एकता मात्र गरेर पनि हुन्न। पार्टी एकता नै गर्न पर्छ। हामी माओवादी नमिल्दासम्म हाम्रो अवस्था यही हो । हिजो संगै लडेकाहरु आज फुट्दा अरुले त फाइदा लिनै नै भए। तर पार्टीको यो हारमा नेता कमरेडहरुले पनि ध्यान पुर्याउन नसकेको चैं पक्का हो ।
****
प्रचण्डले आन्दोलन गर्ने कि नगर्ने भनेर विजय गच्छेदारसँग लोलीमा बोली मिलाउन थालेपछि के गरेर जितोस् पार्टीले चुनाव । उपचुनावमा टिकट दिएको र प्रवक्ताले नै फिर्ता गरेको सुनेपछि मलाई लागिसकेको थियो कि सक्किगो नि ! तर पनि एउटा माघले जाडो जाँदैन कमरेडहरु हरेश नखानुस् !
***
maoist combatant
***
पार्टी फुटेर चिराचिरा परेपछि पनि पार्टी नेतृत्वमा नआएको चेत । निराश भएका पूर्व लडाकु र कार्यकर्ता । दिक्क मानेका जनता । कारण यत्ति हो यसमै खोज्नु पर्छ समाधान । नत्र पूर्व लडाकु मात्र होइन प्रचण्ड बाबुराम मात्र होइन विप्लव पनि ‘अयोग्य’ सावित हुनेछन् ।
***
यी प्रतिक्रिया दिने कार्यकर्ताका नाम भने उनीहरुकै अनुरोधमा गोप्य राखिएको होः सम्पादक
www.nepaliheadlines.com  बाट साभार 

No comments:

Post a Comment