Saturday, February 14, 2015

कमरेड आफ्नो वर्ग छोड्यौ, अर्को वर्गको हुन सकेनौ, अब यसो गर - मणि थापा


mani thapa  (2)
मणि थापा

२०४६ सालको आन्दोलनबाट स्थापित बहुदलीय संसदीय व्यवस्थाले जनताका सामान्य समस्याको समेत समाधान गर्न नसकेपछि माओवादी आन्दोलनको प्रारम्भ भएको हो ।
छोटै समयमा संसदीय व्यवस्थाप्रति मानिसहरुमा वितृष्णा पैदा भयो । जनताका लागि बहुदलपछि याँ मूल्य मान्यतासहितको शक्ति खाँचो प¥यो । तत्कालिन जनमोर्चाले भण्डाफोरका साथै चुनावमा भाग लिएर जनताका पक्षमा काम गर्न खोजेको थियो । त्यसलाई पनि काँग्रेस सरकारले दबाउन खोज्यो । त्यही पृष्ठभूमिमा माओवादीका नाममा नयाँ शक्तिको जन्म भयो । २०५२ फागुन १ मा जनयुद्धको विधिवत सुरुआत गरियो । मध्यपश्चिमका जनता जातीय, क्षेत्रीय र वर्गीय रुपले लामो समयदेखि उत्पीडनमा थिए ।
जातीय रुमले मगर र दलितहरुको बाहुल्यता रहेको र राष्ट्रिय मुलधारबाट पछाडि पारिएका रुकुम, रोल्पाजस्ता क्षेत्रका जनतामा जनयुद्धले मुक्तिको आशा जगायो । जनयुद्धले नेपालको भुईं तहका जनताको नेतृत्व ग¥यो । आधारभूत वर्गको सहभागितामा थालिएको आन्दोलन भएकाले जनयुद्ध २÷४ महिनाभित्रै देशैभर लोकप्रिय र स्थापित भयो । जनसरोकारका विषय उठाएर जनयुद्ध थालिएको थियो । त्यही कारण जनयुद्ध छोटै अवधिमा जनताको महान आन्दोलनका रुपमा विकास भयो । एकपछि अर्को सफलताले जनयुद्धको पहल र त्यसले उठाएका मुद्दा सही थिए भन्ने पुष्टि भयो । दुरदराजका गाउँमा अपमान र पीडा सहेर बाँचेका गरिब, दलित र महिलाले जनयुद्धको बाटो आफ्नै मुक्तिको बाटो हो भन्ने ठाने । समग्र मुक्ति हुन्छ भन्ने विश्वासमा पिछडिएका दुरदराजका गाउँहरु जनयुद्धमा लामबद्ध भए । जनता हाम्रो आह्वानमा ठूलठूला बलिदन गर्न तयार भए । पाँच÷छ वर्षकै अवधिमा जनयुद्ध नेपालभर फैैलियो । त्यतिमा होइन । जनताले जनमुक्ति सेना बनाए । आधार इलाका, जनकम्युन र जनसरकार बन्यो । जनयुद्धले दुरदराजका गाउँहरुलाई राष्ट्रिय राजनीतिको मुलप्रवाहमा ल्याउन भूमिका खेलको कुरा कसैले नकार्न सक्दैन ।
यसरी भयो माओवादीको अधोपतनको यात्रा

जनयुद्धले १० वर्षमै राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय रुपमै प्रभाव पार्न सफल भएको हो । माओवादी आन्दोलन जनताको आशा र भरोसाको केन्द्र बन्दै गर्दा केन्द्रीय सत्तामा बकेका शासकहरुलाई समेत धक्का दिन सफल भयो । जनताको अपार समर्थन देखेरै सत्तासीन वर्ग माओवादीसँग वार्ता नगरी हुँदैन भन्ने निष्कर्षमा पुग्यो र वार्ताको वातावरण बन्यो । जब माओवादी आन्दोलनले ठूलो आकार ग्रहण गर्दै गयो तब भ्रष्टीकरण पनि सँगसँगै सुरु हुन थाल्यो । पार्टीभित्र आत्मकेन्द्रित व्यक्तिवाद, युद्ध सरवदारवाद र जुझारु संसदवाद जबर्जस्त रुपमा स्थापित हुन पुग्यो । केन्द्रदेखि जिल्ला र क्षेत्रसम्म भएका कामको जस कुन नेता र कार्यकर्ताले लिने भन्ने होडबाजी सुरु भयो । शीर्षस्थ नेताहरुले एकअर्काको अस्तित्व स्वीकार नगर्ने र मेरो विचारले गर्दा मात्र माओवादी आन्दोलन यहाँसम्म आइपुगेको हो भन्ने दाबीमा लागे । कसेको विचार र नेतृत्वमा जनयुद्ध भएको हो भन्नेमै विवाद भयो । यद्यपि त्यो अmभै पनि जारी छ ।
एकथरिले क्षेत्रीय रुपमा रोल्पा रुकुमका कारणले जनयुद्धले उचाइ हाँसिल गरेको दाबी गरे । त्यसमा पनि अमुक नेताले बढी जस लिने होडबाजी चल्यो । शक्ति आर्जन गर्दै गएपछि सामूहिकताबाट आत्मकेन्द्रित व्यक्तिवाद र महत्वकांक्षातिर गयो । त्यो नै विचलन र विघटनको सुरुआत थियो । नामको पछाडि पद झुण्डयाउनै पर्ने डरलाग्दो प्रवृत्तिको विकास भयो । आलोकले आफ्नै नाममा आलोक पथ बनाउन खोज्नु त्यसैको एउटा सानो दृश्टान्त मात्रै हो । पश्चिममा आधार इलाका भएपछि पूर्वमा पनि चाहिने, पश्चिमले बढी हतियार लुटेपछि पूर्वले पनि लुट्नैपर्ने भन्ने अनावश्यक प्रतिस्पर्धा पैदा भयो । पैसा उठाउनमा, फौजी कारबाहीमा, पूर्णकालिन कार्यकर्ता उत्पादन गर्नमा र मान्छे मार्नमा अस्वस्थ प्रतिस्पर्धा देखिन गयो । यी कारणहरुले गर्दा नेताहरुमा विभाजन आउने र जनताबाट कट्ने अवस्था आयो । फौजी संघर्ष माथि उठाउने नाममा जनसंघर्ष र जनजिवीकाका विषय छाडियो ।
पार्टीभन्दा फौज ठूलो, फौजभन्दा व्यक्ति ठूलो, नेपालभन्दा अन्तर्राष्ट्रिय शक्ति सन्तुलन ठूलो, कार्यकर्ताभन्दा नेता ठूला भन्ने गलत प्रवृत्ति हाबी भयो । र अन्तिममा जानतालाई उपेक्षाको वस्तु ठानियो । यसले माओवादी जनयुद्धको उठान र बीचको चरणमा अन्तरविरोध देखाप¥यो । शक्ति आर्जन गरेपछि नेताहरुमा जसरी पनि सत्तामा जाने हतारो प्रवृत्ति देखियो । फौजी संघर्षलाई वार्ता वा सत्तामा जाने दबाका रुपमा बुझ्न थालियो । अन्ततः फौजी संघर्ष सम्पूर्ण मुक्तिका लागि नभई सत्ताका लागिजस्तो हुन गयो । माओवादी आन्दोलन र मालेमावादलाई सत्ता प्राप्तिका लागि बार्गेनिङको हतियार बनाइयो । यही बिन्दुबाट माओवादी आन्दोलनको विचलन सुरु भएको हो । ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ रणनीति परित्याग गरेर हतारहतार १२ बुँदे सम्झौतामार्फत संसदीय व्यवस्थालाई स्वीकार गर्नु देखिने गरी भएको विचलन थियो । १२ बुँदेमा हस्ताक्षर भएपछि नेतृत्वले फौजी संघर्षलाई
तिलाञ्जली दियो र बुर्जुवा वर्गको प्रतिनिधि नेपाली काँग्रेसको नेतृत्व स्वीकार गरियो । व्यवहारतः यो माओवादी आन्दोलनको विचलन थियो । विचलनकै शिकार भइसकेका कारण पहिलो संविधानसभामा ठूलो पार्टी बनिसेपछि पनि माओवादीले संविधान, शान्ति, प्रगति केही पनि दिन सकेन । मात्र पार्टीलाई नवधनाढ्य र बिचौलिया वर्गको केन्द्रका रुपमा विकास गरियो । जसले पार्टीमा टुटफुट आयो । समग्रमा माओवादी आन्दोलन रक्षात्मक अवस्थामा पुग्यो । जनसमर्थनमा भारी गिरावट आयो ।
आफ्नो वर्ग छाडेपछि यस्तै हुन्छ

सर्वहारा वर्गीय आन्दोलनको नारा दिएर उठेको माओवादी आन्दोलनले श्रमिक वर्गाको राम्रो साथ पाएको हो । आन्दोलन शान्ति प्रक्रियामा आइसकेपछि यसले वर्गीय धरातलमाथि विश्वासघात ग¥यो । विशेष गरेर मध्यम र उपल्लो वर्गलाई साथ लिने प्रयत्न ग¥यो । जुन वर्गले माओवादी आन्दोलनको वर्गीय धरातलाई परिवर्तन गरायो । माओवादी किसान र मजदुरको नभएर नवधनाढ्य र बिचौलियाको पार्टी बन्यो । असामाजिक हुन गयो । वर्ग परिवर्तन हुनु भनेको उसको विचारमा पनि परिवर्तन हुनु हो ।
। अहिले माओवादी आन्दोलनको जुन आत्मगत अवस्था छ, त्यो आफ्नो वर्गलाई छाडेर विरोधी वर्गलाई आत्मसात गर्दाको परिणाम हो । माओवादी रुपान्तरण हुन नसके उसलाई पुँजीपति वर्गले निल्ने खतरा छ । माओवादी पार्टीले जुन वर्गलाई आत्मसात गरेको छ । त्यो बिचौलिया वर्गबाट आएको वर्ग हो । रैथाने शासक वर्गले त्यो सर्हहारा वर्गलाई विश्वास गर्दैन । माओवादीले अर्को वर्गलाई आकर्षित गर्ने नाममा आफ्नो वर्ग छाडिसकेको छ । तर दुःखको कुरा के छ भने आफ्नो वर्गलाई छाडेर अंगालिएको अर्को वर्गले माओवादीलाई आफ्नो ठान्न र पत्याउन सकेको छैन ।
माओवादी आन्दोलनको अपराधीकरण गरियो

माओवादी आन्दोलन मुलतः वैचारिक, राजनीतिक र सांस्कृतिक रुपमा निष्ठावान आन्दोनल थियो । बीचको चरणमा आवश्यकताभन्दा बढी पैसा, हतियार र सैनिकमा जोड दिने र राजनीतिक वैचारिक आन्दोलनलाई नजर अन्दाज गर्ने काम भयो । माओवादी आन्दोेलन अशिक्षित, अनपढ र दुःख पाएकाहरुकै लागि हो । तर पार्टीभित्र पढेलेखेका मानिसहरुप्रति
बढी आक्रोश पोख्ने गरिएको थियो । जुझारु प्रवृत्तिलाई मात्र पार्टी र आन्दोलनको मुख्य प्रवृीत्त बनाइयो । शान्तिकालमा आउँदा त्यो प्रवृत्ति जुझारु अर्थवाद (पैसाका लागि लडाईं गर्ने) प्रवृत्तिमा रुपान्तरण हुन पुग्यो । जुझारु अर्थवादले माओवादी आन्दोलन साजिकीकरणको आन्दोलनतिर होइन, अपराधीकारण अर्थात मसल आन्दोलनमा फेरियो ।
शान्ति प्रक्रियामा आएपछि युद्धकालमा गाउँमा गरिएजस्तै सहरमा मुद्दा मामिला मिलाउने र ठेक्का पट्टामा हात हाल्ने प्रवृत्ति मुख्य प्रवृत्ति बन्यो । विस्तारै माओवादी आन्दोलन अपराधिकरणतिर गयो । अहिले जसरी समाजमा विक्रिती देखिएको छ । त्यो भनेको माओवादी आन्दोलनको अपराधिकरण रोक्न नसक्नुको परिणाम हो । समाज शास्त्रीहरुले त्यसैगरी अथ्र्याएका छन् । जनयुद्धमा सहभागी भएका हामीहरुलाई समेत त्यस्तो लाग्ने गरेको छ । अपराधीकरण र असामाजिकरणमा पतन भएको माओवादी आन्दोलनको एउटा पाटो हो । त्यही पाटोलाई देखाएर समग्रमा माओवादी आन्दोलान र माओवादमाथि नै प्रतिक्रियावादी र यथास्थितिवादीले आक्रमण गरिरहेका छन् ।
अबको बाटो
हामी माओवादी आन्दोलनका पक्षधरहरुले यो गल्तीबाट पाठ सिक्ने प्रयास होइन । गल्तीपछि गल्ती दोहो¥याउने समस्या बल्झिइरहेको छ । माओवादी आन्दोलोन विभिन्न घटकमा विधभाजित भए पनि सकारात्मक वप्रवृत्ति नै मुख्य छ । सकारात्मक प्रवृत्तिलाई एउटै टेबलमा बसेर माओवादी आन्दोलन उचाइबाट कसरी गिरावट आयो भन्ने बारेमा वस्तुनिष्ठ संश्लेषणको आवश्यकता छ । अहिले पनि समाजमा माओवादी आन्दोलनले उठाएका मुद्धा राष्ट्रिय मुद्धाका रुपमै छन् । टुट्फुट र विचलनका कारणले माओवादी आन्दोलन कमजोर देखिएको छ । तर माओवादी आन्दोलनका सकारात्मक प्रवृत्तिहरुलाई एउटै बास्केटमा राख्ने हो र रुपान्तरणलाई जोड दिएर माओवादी आन्दोलनले फेरि नयाँ रुपान्तरणको आन्दोलन सुरु गर्ने हो भने फेरि पुनर्जिवीत हुने सम्भावना कायमै छ । किनकी राष्ट्रले अग्रगमन र रुपान्तरण खोजिरहेको छ । मुलधारका राजनीतिक पार्टीहरु खास गरी काँग्रेस–एमाले संख्यामा ठूलो भए पनि उनीहरु अग्रगमनको पक्षमा छैनन् । उनीहरु नेपाली समाजलाई पुरानै यथास्थितिमा फर्काउन चाहन्छन् । माओवादी आन्दोलनले इतिहासका गम्भीर भुलहरुबाट पाठ सिक्दै देश र जनतासँग क्षमा माग्दै जनताका मुद्दाहरु फेरि उठाउने प्रतिबद्धता गर्ने हो भने माओवादी आन्दोलनलाई फेरि जनताको साथ पाउने सम्भावना छ । तर त्यसका निम्ति समय भने घर्कंदै गएको छ । जति छिटो ध्रुवीकरण र रुपान्तरणको प्रक्रिया सुरु ग¥यो । त्यति नै फलदायी हुनेछ । अझै पनि माओवादी आन्दोलन पूर्णतः सकिएको अवस्था छैन । सबै मिल्ने हो भने पुर्नजागृत हुने हुने अवस्था अझै छ ।

प्रचण्ड, वैद्य र विप्लवका आ–आफ्नै दाउ
प्रचण्ड धु्रवीकरणकै पक्षमा हुनुहुन्छ । तर उहाँमा त्यसका लागि आवश्यक इच्छा शक्ति कमजोर देखिन्छ । किनकी मुख्य नेतृत्व भएकाले इतिहासले जनयुद्ध र त्यसपछिका सबै गुण र दोषको भारी उहाँमाथि नै थुपार्छ । आफ्नै विचलनका कारणले उहाँले चौनौती मोलेर एकताका लाथि प्रयास गर्न अप्ठेरो भइरहेको अवस्था छ । तर उहाँमा ध्रुवीकरण हुनुपर्छ भन्ने पक्ष बलियो छ । बाबुरामजीमा ध्रुवीकरणभन्दा नयाँ शक्तिको खोजीमा लागेको देखिन्छ । त्यो नयाँ शक्ति माओवादी आन्दोलनभित्रैबाट वा बाहिरबाट भन्नेमा उहाँ प्रष्ट देखिनुहुुन्न । मोहन वेद्यले क्रान्तिकारी छवि जोगाउने प्रश्नलाई नै मुख्य बनाउनुभएको छ । आन्दोनलाई मुख्य बनाउनुभएको छैन । वैद्यजी आन्दोलनमा रुपान्तरण भएर आउने चुनौतीहरुको सामना गर्न तयार हुनुहुन्न । उहाँहरु भित्रै एकता र ध्रुवीकरणबारे मतभेद छ । बादलहरु एकताको पक्षमा हुनुहुन्छ । वैद्य बरु एक्दै झण्डा उठाइरहने तर शुद्ध भएर मर्ने अडानमा हुनुहुन्छ । विप्लवको समग्र माओवादी आन्दोलनलाई एकताबद्ध गर्ने एजेण्डा नै छैन । उहाँ माओवादी आन्दोलनभन्दा आफ्नै पार्टीलाई कसरी बलियो बनाउने भन्ने एजेण्डामा हुनुहुन्छ । मात्रिका यादव समग्र कम्युनिष्ट आन्दोलन बलियो बनाउनेभन्दा मधेसको मुद्धामा केन्द्रित हुनुहुन्छ । त्यसको बाबजुद उहाँ पनि ध्रुवीकरणकै पक्षमा हुनुहुन्छ । हामी पनि ध्रुवीकरणको पक्षमा छौं । तर रुपान्तरणसहति ध्रवुीकरण हुनुपर्छ भन्ने हाम्रो स्पष्ट अडान र मान्यता छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल रुपान्तरणसहितको माओवादी आन्दोलनको ध्रुवीकरणको पक्षमा छ । तर यो चाहिं स्वीकार गर्नैपछि कि एकता र ध्रुवीकरणका लागि त्यहीअनुसारको पहलकदमी गर्न सकएिको छैन ।

http://kathmandutoday.com/2015/02/78093.html#sthash.x5UDORbW.dpuf

No comments:

Post a Comment